काठमाडौं ।
प्रविधिको यो दुनियाँमा कम्प्युटरमा काम गर्नु अनिवार्य नै भइसकेको छ । सूचना प्रविधिको क्षेत्रमा मात्र नभइ हरेक क्षेत्रमा आजको दिनमा कम्प्युटरमा नै काम हुने गर्छन् । कम्प्युटरमा काम गर्नु अत्यावस्यक बनिसकेको छ ।
कुनै पनि क्षेत्रको कुनै पनि कामका लागि अहिले कम्प्युटरको प्रयोग बढ्दो छ । लामो समयमा कम्प्युटरमा काम गर्नु दैनिकी जस्तै भएको छ । यसले गर्दा हामी आफैलाई पनि विभिन्न चिन्ताले सताउने गर्छ । सबैभन्दा पहिलो चिन्ता हामीलाई हाम्रो आखाँको लाग्छ ।
आँखाका कुनै समस्या आयो भने कम्प्युटरमा धेरै समय बिताएर हो कि भन्ने डर पक्कै पनि आउँछ । स्क्रिनमा बढी समय बिताउँदा हाम्रो कार्काडियन रिदमलाई हानी गर्छ ।
कार्काडियन रिदम सजीव प्राणीहरूको शरीरमा भएको एउटा यस्तो आन्तरिक प्रक्रिया हो जसले स्लिप-वेक साइकल (निदाउने-ब्यूँझने चक्र) लाई नियमन गरेको हुन्छ । त्यस्तै लामो समयसम्म आँखामा प्रकाश पर्दा त्यसले शरीरमा भौतिक असर जस्तै आँखा चिलाउने समस्या पनि निम्तिन्छ ।
वेब एमडीले गरेको एक अध्ययन अनुसार ५० देखि ९० प्रतिशत रिमोट वर्कर (घरबाटै कम्प्युटरमा बसेर काम गर्ने मानिस) मा डिजिटल आई स्ट्रेनको लक्षण देखिएको छ ।
डिजिटल आई सिन्ड्रम जसलाई कम्प्युटर भिजन सिन्ड्रम (सीभीएस) पनि भनिन्छ, यो यस्तो अवस्था हो जहाँ डिजिटल डिभाइसका कारण मान्छेको भिजन (दृष्टि) मा समस्या आउँछ । विशेषगरी कम्प्युटर, स्मार्टफोन, ट्याबलेट र अन्य विद्युतीय उपकरण अत्यधिक प्रयोग गर्दा यस्तो समस्या निम्तिन्छ ।
हुन त ब्लु लाइट ब्लक गर्ने चस्माले ब्लु लाइटबाट हाम्रो स्लिप-वेक साइकललाई जोगाउँछ भनिएको छ । तर, त्यस्ता ग्लास कम्प्युटर भिजन सिन्ड्रम अर्थात् डिजिटल आइ स्ट्रेनबाट हामीलाई जोगाउन त्यति प्रभावकारी छैनन् ।
कम्प्युटर भिजन सिन्ड्रमका लक्षणहरू के के हुन् ?
यदि तपाईं पनि लामो समय कम्प्युटर स्क्रिनमा काम गर्नुहुन्छ भने तलका मध्ये पक्कै पनि कुनै लक्षण तपाईंमा देखा परेका हुनसक्छन् । कम्प्युटर भिजन सिन्ड्रमका केही लक्षणहरू तल उल्लेख गरिएको छ ।
– आँखा सुख्खा हुनु
-आँखा चिलाउनु
-आँखा रातो हुनु
– टाउको दुख्नु
– धमिलो देखिनु
– घाँटी दुख्नु
– मांसपेशी ऐँठन हुनु
हामी यहाँ डिजिटल उपकरणका कारण हुने कम्प्युटर भिजन सिन्ड्रम वा भनौं आइस्ट्रेन (आँखा दुखाई) का समस्यालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।
१) रातको समयमा स्क्रिनको ब्राइटनेस घटाउनुहोस्
कम्प्युटरको स्क्रिनले आँखामा पार्ने असर कम गर्नका लागि रातको समयमा स्क्रिनको ब्राइटनेस कमभन्दा पनि कम राख्नुहोस् । अधिकांश डिभाइसमा अटो ब्राइटनेसको सुविधा हुन्छ । जसले तपाईंको वरपरको प्रकाशलाई मध्यनजर गर्दै तपाईंका लागि उपयुक्त ब्राइटनेस मिलाउँछ ।
आईफोन डिभाइसमा स्क्रिनको ब्राइटनेस स्टान्डर्ड डिस्प्ले सेटिङभन्दा पनि कम गराउने सुविधा हुन्छ । समग्रमा के भन्न खोजिएको हो भने तपाईंले कम्प्युटर प्रयोग गर्दा आफूलाई उपयुक्त हुने गरी कमभन्दा कम ब्राइटनेस राख्नुहोस् ।
२) स्क्रिनभन्दा टाढा रहनुहोस्
हामीमध्ये अधिकांशले विस्तरामा बसेर ल्यापटममा फिल्म हेर्नुपर्यो वा काम गर्नुपर्यो भने निकै नजिक राख्छौं । वास्तवमा यसरी आँखाको नजिक स्क्रिनलाई ल्याउँदा त्यसले आँखालाई असर गर्छ । यसबाट जोगिनका लागि तलका प्रक्रिया अपनाउनुहोस् ।
– कम्प्युटर स्क्रिन वा ल्यापटप आफूभन्दा टाढा राख्नुहोस् । विशेषगरी कुनै टेबल वा डेस्कमा राख्नु भएको छ भने पनि आफूभन्दा टाढा नै राख्नुपर्छ ।
– मोबाइल प्रयोग गर्दा आँखाभन्दा ३० इन्च टाढा राख्नुहोस् ।
– घाटीलाई असर नपर्ने गरी डिभाइसलाई आँखाको अगाडि राख्नुहोस् ।
– पेन मेडिसिनका अनुसार आँखाभन्दा स्क्रिन चारदेखि आठ इन्च तल राख्नुपर्छ । यस्तो गर्दा घाँटीमा पर्ने दबाब कम हुन्छ र आँखा पनि जोगिन्छ ।
३) स्क्रिनबाट ब्रेक लिनुहोस्
कम्प्युटरमा बसेर काम गर्ने भइसकेपछि समय समयमा ब्रेक लिने गर्नुपर्छ । हुन त यस्तोमा प्रायः मानिसहरू एकाग्र भएर काम गर्छन् । तर, पनि आँखा, मस्तिष्क र शरीरलाई आराम दिन तपाईंले समय समयमा ब्रेक लिनुपर्छ ।
विज्ञहरूका अनुसार हरेक दुई घण्टा कम्प्युटरमा काम गरिसकेपछि तपाईंले १५ मिनेट आराम लिनुपर्छ । ब्रेकको समयमा आँखाको व्यायाम गर्नुपर्छ ।
४) सही तरिकाले बस्ने बानी बसाल्नुहोस्
तपाईं डेस्कटपअघि कसरी बस्नुहुन्छ भन्ने कुराले पनि तपाईंको शरीरको अवस्था निर्धारण गरेको हुन्छ । यदि तपाईं सहज र सही तरिकाले बस्नुभयो भने त्यसले घाँटी, आँखा र पछाडिको भागलाई आराम दिन्छ । बस्ने सही तरिकाहरू तल उल्लेख गरिएको छ ।
– आफ्नो कुर्सीलाई यसरी राख्नुहोस् जहाँ घुँडाले खुट्टासँग ९० डिग्री कोण बनाउन सकियोस् ।
– भूइँमा आफ्नो खुट्टा समतल बनाएर राख्नुहोस् ।
– कुर्सीमा अडेस लागेरभन्दा पनि सिधा पर्नेगरी बस्नुहोस् ।
– डेस्कमा हात ९० डिग्री पर्नेगरी राख्नुहोस् ।
– कम्प्युटर टाढा परे पनि माउसलाई आफ्नो हातको नजिक पर्नेगरी राख्नुहोस् ।
५) आँखाका लागि उपयुक्त ड्रप
हामी कम्प्युटरमा काम गर्दा आँखा कम झिम्काउँछौँ । यसरी आँखाको झिम्काइ कम हुँदा आँखा चिलाउने समस्या निम्तिन्छ । त्यसैले आँखालाई उपयुक्त हुने ड्रप राख्दा आँखा सुख्खा हुने, चिलाउने समस्याबाट मुक्त हुन सकिन्छ । आँखामा उपयुक्त हुने ड्रप अस्पतालमा गइ आँखा जाँच गराएर डाक्टरको सुझावमा औषधी खरिद गर्न सक्नुहुन्छ । टेच पाना
प्रेमचन्द्र झा,असार०३ गते रौतहट ।
माधव नारायण नगरपालिकाको एउटा विशाल पोखरीलाई व्यवस्थित गरि भगत ताल नामाकण गरिएको छ।विशाल पोखरीलाई तालको रुपमा विकास गर्न स्थानिय जनता लागि परेका हुन ।माधव नारायण नगरपालिका वडा नम्बर ४ विसुनपुर्वा मानपुर स्थित प्राचिन माईधिया पोखरीलाई व्यवस्थापन गरि भगत ताल बनाउन लागिएको समाजसेवी पारस भण्डारीले बताए ।

सो गाउं पुर्व शिक्षक समाजसेवी स्वर्गीय देवनारायण भगतको सम्झनामा स्थानियको सल्लाहमा भगत ताल नामाकरण गरिएको समाजसेवी भण्डारीले बताए । एउटा छुट्टै इतिहास बोकेको माईधिया पोखरी जस्को नाम परिवर्तन गरि भगत ताल नामाकरण भएपछी गाउँमा अब केही हुन्छ भने आश जागेर गएको हो।
करिब २२ विगहा क्षेत्रमा फैलिएको माईधिया पोखरी उच्च पर्यटकीय सम्भावना बोकेको पोखरी हो । यसको उचित व्यवस्थापन र प्रचार प्रसारको कमिको कारणले निष्क्रिय जस्तै बनेका थिए ।
तर विगत केही वर्ष देखि मधेस प्रदेश सरकारले संरक्षणमा जुटेका कारण स्थानिय ताल बनाई प्रचार प्रसार गरि पर्यटन स्थल बनाउन लागि परेका छन ।

प्राचिनकालमा माईधिया पोखरी माई , धिया मिलेर बनेको छ । जसमा माईको अर्थ , माई (आमा) र ,धियाको अर्थ बेटि ( छोरी ) हुन्छ । सोही माईधिया पोखरीको नाउँबाट माईधिया मानपुर गाउको नामाकरण गरिएको छ ।

स्थानियको भनाई अनुसार यो पोखरी कुनै मान्छेले न खनी देवी देवताले आमा र छोरी रुपमा धारण गरि एक रातमै उक्त पोखरी खनेको बताईन्छ। पोखरीको सौन्दर्यीकरण गरेर मात्र भएन वोटिङ्ग तथा आउने पर्यटकलाई कसरी मनोरञ्जन दिन सकिन्छ त्यस तर्फ जुटनका लागि स्थानीयले माग समेत गरेका छन ।

मधेश प्रदेश सरकारको लगानीमा सो पोखरीमा करिब एक किलो मिटर पक्कि बाल लगाउने तथा पिकनिक स्थल निर्माण गरिएको समाजसेवी भण्डारीले बताए ।

मुम्बई, ३ असार ।
फिल्म ‘आदिपुरुष’का निर्माताहरु भलै पहिलो दिन फिल्मले विश्वभर १ सय ४० करोड रुपैंयाँ कलेक्सन भएको दाबी गरिरहेका छन् । तर फिल्मलाई लिएर विरोध गर्नेको संख्या पनि कम छैन ।
फिल्ममा जसरी रामकथा देखाइयो र भगवान राम–हनुमान र लंकेश रावणको भूमिका बताइयो, त्यो कुरामा दर्शकको गुनासो बढिरहेको छ । फिल्मको समीक्षा र सामाजिक सञ्जालमा फिल्ममाथि आम दर्शकको प्रतिक्रिया हेरेपछि कैयौं मानिसहरुले एडभान्स बुकिङ गरेका टिकट धमाधम रद्द गर्न थालेका छन् । उनीहरुले रद्द गरेका टिकट सामाजिक सञ्जालमा राखिरहेका छन् ।
सामाजिक सञ्जालमा आदिपुरुष, बाइकट आदिपुरुष र डिजास्टर आदिपुरुष ह्यासट्याग ट्रेण्ड भइरहेको छ । अधिकांश दर्शकले शनिबार र आइतबारका लागि बुक गरेका टिकट रद्द गरिरहेका छन् । फिल्मलाई लिएर हरेक स्थानमा असन्तोष बढिरहेपछि अनलाइन बुकिङ गर्नेहरुले टिकट रद्द गर्ने लहर चलाइरहेका छन् ।
रामको रुपमा दर्शकले प्रभासलाई स्वीकार्न सकेका छैनन् । फिल्मको खराब भीएफएक्सले दर्शक दुःखी बनेका छन् । सोहीकारण पनि एडभान्स बुकिङ धमाधम रद्द भइरहेको छ । टिकट रद्द गरेका एक ट्वीटर प्रयोगकर्ताले आफ्नो छोरीलाई गलत रामायण नपढाउनकै लागि फिल्मको टिकट रद्द गरेको उल्लेख गरेका छन् । अर्का प्रयोगकर्ताले फिल्म रामायण नभएको उल्लेख गरेका छन् ।
मुम्बई, ३ असार
करिब १० वर्षसम्म टेलिभिजनमा बिग बोस होस्ट गरेपछि अभिनेता सलमान खान अब ओटीटीमा डेब्यू गर्दैछन् । १६ जुनमा बिग बोस ओटीटी प्रोमोसनल इभेन्ट भएको थियो । यो मौकामा सलमानले शोसँग जोडिएका केही स्मरण साझा गरेका थिए ।
सलमानका अनुसार यो १० वर्षसम्म उनलाई कैयौं फोन आयो । ठूला ठूला राजनीतिकर्मीदेखि लिएर कलाकारसम्मले उनलाई यो शोमा आफ्ना मान्छेलाई सहभागी गराउन आग्रह गरेका । ‘तर मैले कहिल्यै पनि शोका निर्मातासँग कसैको नाम सिफारिस गरिनँ’, सलमान भन्छन्, ‘एकपटक मैले एक इच्छुक व्यक्तिको नाम सिफारिस गरेको थिएँ । तर उनीहरुले यो कुरालाई स्वीकारेनन् । त्यसपछि कहिल्यै पनि मैले कसैको सिफारिस गरिनँ ।’
सलमानका अनुसार शो शुरु हुनासाथ उनलाई यति धेरै फोन आउँछ कि आजित भएर उनी मोबाइल नै स्वीचअफ गर्छन् । ‘मलाई नेता, कलाकारदेखि कैयौं क्षेत्रका मानिसहरुको फोन आउँछ’, उनी भन्छन् ।
सलमानको बुझाईमा उनलाई मानिसले आफूलाई जानेर बुझेर फोनको जवाफ नदिने गरेको ठान्छन् ।
ब.स.मञ्जय राम,कटहरिया,असार ०२ गते
रौतहटको कटहरिया नगरपालिकाका बिद्यालय बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण सो नगरपालिकाको बिद्यालयहरू सुनसान देखिएको छ ।

कटहरिया नगरपालिकाले एक सुचना जारी गरि असार ०१ गते शुक्रबार सम्मका लागी पुनः बाल विकास देखि कक्षा १२ सम्म विद्यालय बन्द रहने जनाएको थियो ।

यस अघि जेठ १९ गते देखि २६ गते सम्म कटहरिया नगरपालिकाको सम्पूर्ण सामुदायिक बिधालयहरु बन्द गरिएको थियो ।

यता जिल्लाको अन्य पालिकाहरुमा गर्मी अत्याधिक भएपछि सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरेका छन् गर्मी अत्याधिक बढेकाले विद्यार्थीहरु बेहोस हुन सक्ने देखिएपछि विद्यालयहरुमा बुबा आमा विधार्थीहरुलाई विधालयमा पठाईरहेको छैन । त्यसैले विधालयहरु सुनसान देखिएको छ ।

काठमाडौँ, ३ असार ।
आज देखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द हुने भएको छ ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखी अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो ।
बिद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाईसकेका छन ।

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै केही समय देखी आन्दोलन गर्दै आईरहेको छ । आन्दोलनकारी शिक्षकहरुका अनुसार पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सम्पन्न भईसक्दा समेत आफनो माग प्रति सरकार गम्भिर नभएको तथा आन्दोलनको क्रममा उल्टै प्रहरी दमन गरे पछि पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गराउन लागिएको हो ।
आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रमको बुदाँ नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषय सम्बोधन गरे पनि बजेट बक्तब्यमा भने उक्त विषय छुटाए पछि परिषद् आन्दोलनमा उत्रिएको हो ।
काठमाडौं, १ असार ।
रौतहटस्थित श्रीराम सुगर मिल्सको सम्पत्ति लिलाम हुने भएको छ ।
नेपाल बैंकले बिहीबार सूचना जारी गर्दै कम्पनीको सम्पत्ति लिलामीमा राखेर बिक्री गर्न लागेको जानकारी दिएको हो ।
गोल्छा समूहको लगानी रहेको मिल्स दुई अर्ब रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको जनाईएको छ । मिल्सले ऋण तिर्न नसकेपछि बैंकले लिलामीको सूचना निकालेको हो ।

कम्पनीले ०७६ फागुन १३ मा सार्वजनिक सूचना प्रकाशित गरेर स्थायी रूपमा बन्द भएको घोषणा गरेको थियो, सो उद्योग बन्द भएको तीन वर्ष चार महिनापछि लिलामीमा परेको हो । कम्पनीले ०७६ फागुनमा आर्थिक वर्ष ०७५/७६ सम्म दुई अर्ब १७ करोड ७५ लाख रुपैयाँ खुद घाटा पुगेको जनाएको थियो ।
सो बैंकले ४ साउनसम्म इच्छुकले कम्पनी प्राप्तिका लागि आवेदन दिन सक्ने जनाएको छ । कम्पनीमा जेजस्तो अवस्थामा मेसिनरीहरू छन्, त्यो लिनुपर्ने भन्दै बैंकले लिलाम गर्ने न्यूनतम मूल्य ३८ करोड ११ हजार रुपैयाँ कायम गरेको छ ।
इच्छुकले यसको १० प्रतिशत रकम बुझाएर लिलाम प्रक्रियामा भाग लिन सकिने आज जारी सूचनामा उल्लेख छ ।
बैंग्लौर, १ असार ।
कर्नाटक उच्च अदालतले फेसबुकलाई भारतमा बन्द गर्न चेतावनी दिएको छ ।
साउदी अरेबियामा थुनामा रहेका भारतीय नागरिकको मुद्दाको अनुसन्धानमा राज्य प्रहरीसँग फेसबुकले गरेको असहयोगको बिषयलाई लिएर सोअदालत फेसबुक बन्द गर्ने चेतावनी दिइको छ ।
न्यायाधीश कृष्ण एसले दक्षिण कन्नड जिल्लाको मङ्गलुरु नजिकै बिकर्णकट्टे निवासी कविताले दायर गरेको याचिकाको सुनुवाइ गर्दै दीक्षितले यस्तो चेतावनी दिएका हुन्। इजलासले फेसबुकलाई निर्देशन दिएको छ, ‘आवश्यक जानकारीसहितको पूर्ण प्रतिवेदन एक साताभित्र अदालतमा पेस गर्नुपर्छ ।’
साथै, भारतीय नागरिकलाई झुटो मुद्दामा पक्राउ गरेकोमा के कारबाही अघि बढेको छ ? भन्ने जानकारी केन्द्र सरकारले दिनुपर्ने पनि बताए । मङ्गलुरु प्रहरीले पनि उचित अनुसन्धान गरी प्रतिवेदन बुझाउनुपर्ने भन्दै अदालतले सुनुवाइ २२ जुनसम्म स्थगित गरेको छ।
५२ वर्षीय श्रीमान् शैलेश कुमार २५ वर्षदेखि साउदी अरेबियाको एउटा कम्पनीमा काम गर्दै आएको बेला उनलाई पक्राउ गरिएको थियो ।
कविताको पतिले नागरिकता संशोधन ऐन २०१९ र राष्ट्रिय नागरिकता दर्ताको समर्थनमा (एनआरसी) का बारेमा फेसबुकमा एक पोस्ट पोस्ट गरेका थिए । तर पछि अज्ञात व्यक्तिले उनको नाममा नक्कली फेसबुक खाता खोलेर साउदी अरबका राजा र इस्लाम धर्मको विरुद्ध आपत्तिजनक पोस्ट गरिदिए ।
फेसबुकमा साउदी अरबको बिरुद्धमा पोष्ट गरेको जानकारी पाए लगत्तै उनल कुमारले परिवारलाई यसबारे सुरुमा जानकारी गराए । लगत्तै, उनकी श्रीमती कबिताल नक्कली फेसबुक अकाउन्ट खोल्नेलाई कारबाही गर्न माग गर्दै मङ्गलुरुमा प्रहरीमा उजुरी दिए।
तर, सोही फेसबुक स्टाटसलाई लिएर साउदी प्रहरीले शैलेश कुमारलाई पक्राउ गरी जेल हालिदियो । उनी बिगत पाँच बर्ष देखी साउदी जेलमा छन् ।

सो घटनाको अनुसन्धानको जिम्मा लिएर मंगलुरु प्रहरीले फेसबुकलाई पत्र लेखेर नक्कली फेसबुक खाता खोलिएको बारे जानकारी मागेको थियो। तर, फेसबुकले प्रहरीलाई कुनै प्रतिक्रिया दिएन ।
निवेदकले अनुसन्धानमा ढिलाइको बारेमा प्रश्न गर्दै उच्च अदालतमा निवेदशन पुगे। कविताले आफ्ना श्रीमानलाई जेलबाट रिहा गर्न केन्द्र सरकारलाई पत्र पनि लेखेकी थिइन् ।
कविताले भारतीय सञ्चारमाध्यमसँग भनिन, ‘यदी फेसबुकले मैग्लरु प्रहरीको जवाफ दिएको भए, मेरो श्रीमानले जेलमा बस्नु पर्दैनथ्यो, उसले जवाफ नदिएका कारण नै आजसम्म मेरो श्रीमान जेलमा छन् ।’
जनकपुर, १ असार ।
मधेस प्रदेशको बजेट आज आउँदैछ ।
मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०(८१ को बजेट आज सार्वजनिक गर्न लागेको हो ।
हिजो बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले आगामी आर्थिक २०८० ८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाईएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराएका थिए ।
रोम, ३२ जेठ ।
ग्रीसको तटीय क्षेत्रमा सयौं आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाको मृत्यु भएको छ ।
सोही समयमा दुर्घटना पछि ग्रीस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ ।
मिडिया रिपोर्टका अनुसार घटना बुधबार बिहान भएको हो। उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । कालामाटाका मेयरले उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेको बताए । डुंगामा महिला र बालबालिका पनि सवार रहेको उनले बताए ।
राति अन्धकारका कारण खोजी तथा उद्धार कार्य स्थगित गर्नुपरेको तटरक्षकले जनाएको छ । डुबेकाहरुको खोजी कार्य बिहीबारबाट पुनः सुरु गरिने छ । सञ्चारमाध्यमका अनुसार दुर्घटना हुँदा डुङ्गामा कति जना सवार थिए भन्ने खुलाइएको छैन । बाँचेकाहरूका अनुसार डुङ्गामा ७५० यात्रु सवार हुन सक्छन्। ग्रीसका अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन् । अधिकारीहरुका अनुसार डुङ्गा लिबियाको टोब्रुकबाट गएको थियो ।
यसअघि संयुक्त राष्ट्रसंघले ग्रीसको पाइलोसमा डुङ्गा पल्टिएपछि ३२ जनाको शव निकालिएको ट्वीट गरेको थियो । खोजी र उद्धार प्रयास जारी छ र धेरै हताहत भएको आशंका छ। प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा ४ सय जना सवार थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले डुङ्गा डुबेको घटनालाई भयानक भएको बताएका छन् ।