काठमाडौं, २ साउन।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको छ । बैठकको फेसबुकबाट लाइभ गरिएको छ । बैठक सुरुमै महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिक इतिहासमा पहिलोपटक पार्टीको बैठक लाइभ गरिएको बताए ।
इथोपिया, २ असार ।
आजको जमानामा धेरै प्रकारका फेसन ट्रेन्डहरू देखिन्छन् । फेसन परिवर्तन गरिरहन्छ। कहिलेकाहीँ पुराना चलनहरू फेरि सदाबहार बन्छन् र कहिलेकाहीँ नयाँ डिजाइन मानिसहरूमा देखा पर्दछ।
यदि तपाईंलाई फेसन भनेको शहरवासीहरूले मात्र थाहा पाउने कुरा हो भन्ने सोच्नुहुन्छ भने, पर्खनुहोस्। इथियोपियाको मुर्सी जनजाति सहरको चमकबाट टाढा छन्। तर तिनीहरूको फेसन सबैभन्दा फरक छ। यहाँ मानिसहरूको झुन्डिएको ओठले तिनीहरूलाई सुन्दर बनाउँछ ।
हो, जहाँ सहरका केटीहरूले लिपस्टिक लगाएर आफ्नो ओठलाई सुन्दर बनाउँछन् तर मुर्सी जनजातिका केटीहरूले ओठ झुण्डाएर सुन्दर बनाउँछन्। हो यो जनजातिमा जति धेरै ओठ झुण्डिन्छ, त्यति नै सुन्दर मानिन्छ । केटी मात्र होइन, केटाहरूले पनि यहाँ ओठ झुण्ड्याउँछन्। तर, यसको विधि निकै पीडादायी छ । यति हुँदाहुँदै पनि आफ्नो जनजातिको परम्पराका लागि यी मानिसहरू यो पीडा सहन तयार हुन्छन्।
मुर्सी जनजातिलाई निकै डरलाग्दो मानिन्छ । तिनीहरूको जनसंख्या करिब दस हजार छ। यस जनजातिका मानिसहरू आफ्नो परम्परामा धेरै बाँधिएका छन्। तिनीहरूले आफ्नो उपेक्षा सहन गर्दैनन्। प्रथाको नाममा गाईको रगत पिउने गर्छन् । यसबाहेक ओठ झुन्ड्याउन, यसको भित्र एक ठूलो डिस्क राखिएको छ।
यहाँ विवाहका लागि झगडा पनि हुन्छ । दुईजना मानिसले बिबाहका लागि लाठी लिएर एक आपसमा लड्छन्। यो युद्धमा जसले जित्छ, उसैले बिहे गर्दछ । उसले सुन्दर श्रीमती पनि पाउँछ।
मुर्सी जनजातिका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा उपलब्ध छन् तर पहिले यस्तो भएको थिएन । यो जनजातिले बाहिरीलाई प्रवेश दिदैनन । विना अनुमति कोही गएमा उसको ज्यान पनि लिन्छन। तर, अहिले यो जनजाति बाहिरी संसारसँग क्रमश घुलमिल हुदैँ गएको छ । जसकाकारण यसका तस्बिर र जनजातिको जानकारी प्राप्त भइरहेको छ ।
न्युर्योक, २ साउन ।
संसार सबै प्रकारका अनौठो मानिसहरूले भरिएको छ। इतिहास मानिसको नराम्रो र राम्रो कर्मले भरिएको छ।
मानव अंगको तस्करी सुन्नु भएको होला तर मानव अवशेषको तस्करी विरलै सुनिन्छ। अमेरिकामा मानव कंकालको कालो व्यापारको चकित पार्ने घटना सार्वजनिक भएको छ । एफबीआईले एक व्यक्तिको घरबाट एक दुई होइन, ४० वटा मानव कंकाल बरामद गरेको छ । आउनुहोस् हामी तपाईंलाई यी अनौठो अभियुक्त व्यक्तिको डरलाग्दो कथाको बारेमा बताउँछौं।
अमेरिकाको केन्टकी राज्यको लुइसभिलमा बस्ने ३९ वर्षीय
ले एफबीआईलाई निद्रा नलागेको बयान दिएका छन् । अभियुक्तबारे सूचना पाएपछि एजेन्सीले उनको घरमा छापा मारेको थियो । छापा मारेर अभियुक्तको घरबाट ४० वटा मानव कंकाल बरामद भएको छ । पक्राउ परेसँगै उसले ओछ्यानमा कंकाल राखेर सुत्ने गरेको खुलेको छ ।
थप कारबाहीमा अभियुक्त अवैध रूपमा मानव कंकाल किनबेच गर्ने असुरक्षित भूमिगत समूहसँग आवद्ध रहेको पाइएको छ । मानव कंकाल चर्को मुल्य तिरेर कालोबजारीमा किनिन्छ । मानिसहरूले सजावटका लागि यी कंकालहरू प्रयोग गर्छन्। अभियुक्त नटलाई पक्राउ गरी उनको घर सिल गरिएको छ ।
यो भूमिगत समूहको बारेमा भनिएको छ कि यसका सदस्यहरूले हार्वर्डको प्रतिष्ठित मेडिकल स्कूलहरूबाट मानव मस्तिष्क, मुटु, छाला र भ्रूणहरू चोर्छन् र तिनीहरूसँग कारोबारको व्यवहार गर्छन्। उनको घर नजिकैबाट दर्जनौं मानव खप्पर, कम्मर र मेरुदण्डका कर्डहरू बरामद भएका छन् ।
यसअघि पनि जेरेमी पाउली नामक समूहका एक सदस्यलाई पक्राउ गरिएको एफबीआई अधिकारीले बताए । नटले यी मानव कंकालहरू जेरेमीबाट किनेका थिए।
बेइजिङ, २ साउन ।
चीनका विदेशमन्त्री किन ग्याङ ९५७० तीन सातादेखि सार्वजनिक रूपमा देखिएका छैनन् ।
जसका कारण चीनमा अनुमानको सिलसिला तीव्र भएको छ । मिडिया रिपोर्टका अनुसार संयुक्त राज्य अमेरिकाका लागि राजदूतको रूपमा छोटो कार्यकाल पछि डिसेम्बरमा विदेश मन्त्रीमा बढुवा भएको थि
यो।
ग्याङ एक पेशेवर कूटनीतिज्ञ हुन् र उनलाई चिनियाँ नेता सी जिनपिङको भरपर्दो सहयोगी मानिन्छ। विदेश मन्त्रीको रूपमा किनले अमेरिकामा प्रक्षेपण गरिएको संदिग्ध चिनियाँ जासूस बेलुनको मुद्दामा वाशिंगटनलाई गाली गरेका थिए । त्यसपछि दुई देशबीचको सम्बन्ध निकै चिसिएको थियो ।
तर, बिग्रिएको सम्बन्धलाई पुनःस्थापना र दुई पक्षबीचको वार्तालाई पुनःस्थापना गराउने प्रयासमा पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए । मध्य जुनमा बेइजिङको भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटघाट पनि यसमा समावेश छ।
काठमाडौं, २ साउन ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरु राष्ट्रिय पार्टीको रुपमा उदय भए पछि बिदेशिनेको संख्या बढेको आरोप लगाएका छन् ।
नेकपा एमालेको सरकार हुदाँ बिदेशिनेको संख्यामा कमी आएको दावी गर्दै महासचिव पोखरेलले पुराना पार्टी भनेर एमाले नजोडन आग्रहसमेत गरेका छन ।
‘नेकपा एमाले सरकारमा आउदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारवाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ,’ पोखरेलले भने, ‘तर, तथ्यहिन रुपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा (एमाले) लाई समेत जोड्ने प्रयास गर्नु कु–प्रचार हो।
उनले बिदेशमा रहेकालाई फर्काउँछु भन्नेहरुले राष्ट्रिय मान्यता पाएको पार्टी आए पछि थप समस्या भएको बताएका छन । ‘विदेशमा गएकाहरुलाई देश फर्काउछौ भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकपृय मत दिए तर उनीहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदयभएपछि नै विदेशीनेको संख्या झनै वढ्यो,’ उनले भनेका छन, ‘के यसको जिम्मेवारी नेकपा (एमाले) ले नै लिनुपर्ने हो र ? त्यसैले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाडिनुभन्दा एजेण्डाका आधारमा ठिक र वेठिक छुट्याउनेगरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ ।’
काठमाडाैं, २ साउन ।
बहुचर्चित कमेडी शाे ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द हुने भएकाे छ ।
साे च्याम्पियनका प्रमुख बिशाल भण्डारीले त्यसबारेमा जानकारी दिएका छन । साे कमेडी शाे ६९ श्रृखंलाहरू प्रसारण भइसकेकाे छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छनः
यो १६ महिनाको हाम्रो यात्रा निकै रोमांचक थियो । कतिपय एपिसोडमा हामी हसाउन सफल भयौं भने कतिमा भएनौपनी तर दर्शकको मायामा कहिले कमी आएन ।
यही उर्जाले काम गर्दा गर्दै सुरुवातको वर्षनै Best Popular Tv Show को Award जित्न पनी सफल भयौं । यस्को श्रेय कलाकार, लेखक,क्रियटिम टिम, Three Production team, Key advertising, Key Entertainment team र मुख्य गरेर दर्शकको माया लाई जान्छ ।
६९ Episode को यो यात्राले थकित हाम्रो टिमलाई केही समयको लागी छोटो Break लिन आवश्यक देखेर Team Comedy Club With Champions तपाईको TV SCREEN मा देखिने छैनौं।
तर हामी चॉडै छोटो विश्राम पछि Recharge भई सुरुवाती उर्जामै फर्केर यहाहरुलाई हासोको फोहरा छुटाउन अवश्य आउने छौं ।
तव सम्मलाई हाम्रो टिम Comedy Champion season 3 लिएर चॉडै ऑउदै छौं। माया र साथ कायम रहोस् । हास्ने र हसाउने क्रम जारी रहने छ ।
धन्यबाद ।
काठमाडौं, २ साउन ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने भएको छ । मंगलबारबाट सुरु हुन लागेको केन्द्रीय कार्यसमिति बैठक पार्टीकै आधिकारिक फेसबुक पेजबाट लाइभ गर्न लागिएको हो ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजेबाट सुरु हुने बैठक लाइभ गर्न लागिएको हो । सोमबार पदाधिकारीसहितको बसेको बैठकमा सभापति शेरबहादुर देउवाले बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए ।
काठमाडौं, २ साउन ।
नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन् ।
गृह जिल्ला अछाम पुगेका पुर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन । अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिबिधि र काम कारबाहीका बारेमा छलफल गरेका छन । उनले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका छन् ।
चितवन महाधिवेसनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल पछिल्लो समयमा पार्टी गतिबिधिवाट टाढा रहदैँ आएका छन । केन्द्रिय सदस्यसमेत अस्विकार गरेका रावलले पार्टीको पद तथा गोपनियताको सपथसमेत लिएका थिएन । उनलाई पार्टीमा सक्रिय बनाउनका लागि बार्ता टोली गठनसमेत गरिएको थियो ।
तर, लामो समय देखी पार्टी गतिबिधिमा असंलग्न रहदै आएका रावल आज भने गृह जिल्ला अछाममा पार्टीको ब्यानर र झन्डा मुनी बसेर छलफल गरिरहेका छन् ।
काठमाडौ, २ साउन ।
ङादी ग्रुप पावरले साउन १४ गते विशेष साधारण सभा बोलाएको छ । सभा, लर्ड पार्टी भेन्यु, धुम्बाराही काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदै छ ।
यस्तै, हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र पथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । कम्पनीले यसअघि नै शतप्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाइसकेको छ ।
हाल ङादी ग्रुपको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।
यसले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत सम्भार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ । सभा प्रयोजनका लागि यसले बिहीबार साउन ४ गते बुक क्लोज गर्नेछ । यसर्थ, बुधबार साउन ३ गतेसम्म कायम सेयरधनी विशेष सभामा भाग लिन सक्नेछन् ।
काठमाडौ, २ साउन ।
जानकी फाइनान्सले साउन १३ गते साधारण सभा बोलाएको छ । कम्पनीले २६ औं सभा डाकेको हो । यता, फाइनान्सले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।
कम्पनीले गत वर्ष भने १५% बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सभामा अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुँदै छ ।
यस कम्पनीको आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा मसाला कटेज, तिरहुतिया गाछी जनकपुरधाममा बिहान ११ बजे सुरु हुनेछ ।
सभा प्रयोजनका लागि जानकीले आज मंगलबार साउन २ गतेदेखि १३ गतेसम्म बुक क्लोज गरेको छ । साउन १ गते सोमबारसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।