२०८३ बैशाख ४
२०८३ बैशाख ४

 

काठमाडौं, ३ असार ।

काठमाडौं सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्समा राखिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । सुन पसलको सटर अगाडि राखिएको बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा बम नभएको पुष्टि भएको ।

सुन पसलमा शंकास्पल बस्तु राखेर त्रास फैलाएको आरोपमा   प्रहरीले रौतहटका खजाञ्ची पासवानलाई पक्राउ गरेको छ । उनलाई सुन पसल नजिकैको होटलमा लुकेर बसेको अवस्था प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पासवानलाई  गौशाला प्रहरीमा राखिएको छ ।

आफूसँग पटक पटक फाोन नगरेर पाँच लाख रुपैयाँ नदिए बम राख्न धम्की आएको सुन पसल सञ्चालक मने विश्वकर्माले बताएका छन् ।

 

सुन पसलमा संयोजक सफलको नाममा पर्चा टाँसिएको थियो । जसमा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला ।’

 

काठमाडौँ, ३ साउनज।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन् ।

 

बुधबार  काठमाडौँमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ। विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु।’

 

सम्बोधनकाे पूर्णपाठ 

 

नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सवका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इन्जिनियर÷आर्किटेक्टहरूमा हार्दिक बधाइसहित शुभकामना व्यक्त गर्दछु।

 

मानव जीवनलाई सहज बनाउने विधि, प्रविधि र प्रणालीको खोजी गरी तिनलाई कार्यान्वयनमा ल्याउने इञ्जिनियरहरूसँग देश निर्माणका महत्वपूर्ण खम्बा हुन्। हामी राजनीतिक क्षेत्रबाट जनताको आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन प्रयासरत छौँ। तपाईहरू अत्याधुनिक प्राविधिक शिक्षा, भौतिक पूर्वाधारको निर्माण, हरेक क्षेत्रमा प्रविधिको उपयोगका माध्यमबाट नागरिकको जीवनमा गुणात्मक परिवर्तन ल्याउँदै देशको मुहार फेर्न आधुनिक ज्ञान, सीप र अनुभव लिएर समर्पित भइरहनुभएको छ। हामी सबैको लक्ष्य एउटै छ, देश र जनताको सर्वोपरि हित र समुन्नति।

 

मुलुकको आर्थिक विकासको लागि भौतिक पूवार्धारको निर्माण पहिलो शर्त हो। भौतिक पूर्वाधार विकासको सम्बन्ध इञ्जिनियरसँग अभिन्न रूपले जोडिएको हुन्छ। ६० वर्षदेखि निरन्तर राष्ट्रको विकास र निर्माण लागिरहनुभएका इन्जिनियरहरुका सोंच–विचार, अनुभव र देश विकासको मार्गचित्रको बारेमा प्रत्यक्ष सुन्ने अवसर पाउँदा म खुसी छु।

 

नेपाली जनताको निकै ठूलो त्याग र बलिदानको जगमा देश संघीय लोकतान्त्रिक गणतन्त्रमा छ। यसलाई सुदृढ गर्दै समाजवादको आधार तयार पार्न पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ। राजनीतिक परिवर्तनका हिसाबले हामी सही मार्गमा छौँ। समावेशी लोकतन्त्रले देशका सबै जातजाति, वर्ग, समुदाय, धर्म र लिंगका नेपालीहरुलाई राजनीतिक, प्रशासनिक, शैक्षिक, आर्थिक र सामाजिक विकासका हर क्षेत्रमा समाहित गरेको छ। तीनै तहका सरकारहरू नागरिकको हितलाई  केन्द्रमा राखेर काम गरिरहेका छन्। नागरिक अपेक्षा सम्बोधन गर्ने चुनौती अहिले पनि हाम्रोसामु छ।

 

सूचना र सञ्चार प्रविधिले साघुरिँदै गएको विश्वमा जब मानिसले आफूले चाहेजस्तो सुविधा आफू जन्मिएको हुर्किएको गाउँ, ठाउँ र शहरमा नपाउँदा बौद्धिक पलायनको खतरा रहन्छ, जुन परिस्थिति आज सिंगो देशले सामना गरिरहेको छ।  यसलाई रोकेर देशमै रोजगारी र अवसरको सिर्जना गर्नेतर्फ सिंगो देशले गम्भीरतापूर्वक पहलकदमी लिनुपर्ने बेला आएको छ।

 

आन्तरिक स्रोत साधन कम भएको हाम्रो देशमा विकास बजेट चालु खर्चको तुलनामा त्यसै पनि न्यून छ। त्यो बजेट पनि हामी समयमा खर्च गर्न सकिरहेका छैनौँ। विकास बजेटको ठूलो हिस्सा असारमा खर्च हुन्छ। असारमा गरिएका विकास र निर्माण कार्य मनसुनको बाढी र पहिरोले बगाउछ। बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ। विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु। यसमा रहेका कानुनी, संरचनागत र प्रक्रियागत समस्या र त्रुटिहरूमा सहजीकरण गर्न सरकार सबै तत्पर छ।

 

एशोसिएसनले स्थापना दिवसको अवसरमा तय गरेको “आर्थिक उन्नतिको आधारः विकास र पूर्वाधार” शीर्षकको नारा निकै सान्दर्भिक छ। विकास र पूर्वाधार विना आर्थिक उन्नति संभव छैन।

 

विकासका लागि सरकारसँग स्रोत कम छ। त्यसैले निजी क्षेत्रको लगानी आवश्यक देखिएको छ। पूर्वाधारको क्षेत्रमा पनि वैदेशिक लगानी आउन सकोस्। आन्तरिक राजश्व तथा लगानी पनि बढोस् र ठूला पूर्वाधारमा विदेशी लगानी पनि आओस्। विकासको गति तीव्र भएपछि नै हाम्रो आर्थिक अवस्थामा सुधार आउने छ। देशको मुहार फेरिने छ। सबै नागरिकको मुहारमा हाँसो आउने छ, यसका लागि नेपाल सरकार र प्रधानमन्त्रीकारुपमा म स्वयं लागिरहेको छु।

 

वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध छ। सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ। सरकारको यस अभियानमा तपाईहरूलगायत आम जनसमुदायले देखाउनुभएको अपार समर्थन र ऐक्यवद्धताप्रति नेपाल सरकारको तर्फबाट विशेष आभार व्यक्त गर्दछु।

 

अन्त्यमा, ६१ औँ इन्जिनियर दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ट काम गरेर पुरस्कृत र सम्मानित हुनुभएका इञ्जिनियर मित्रहरूमा हार्दिक बधाइ ज्ञापन गर्दै फेरि एकपटक नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औँ वार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै विदा हुन्छु, धन्यवाद।

 

काठमाडौं, ३ साउन ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार, संसद् र पार्टीबीचको समन्वयले मात्रै विकासले गति लिने बताएका छन्।

 

आज पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता महरले सरकार, सदन र पार्टीबीचको समन्वयमा केही समस्या रहेकाले त्यसको अन्त्य गर्नुपर्ने धारणा राखेका हुन्।

 

‘कांग्रेस केन्द्रीय समिति, संसदीय दल र सरकार/प्रदेश समिति तथा स्थानीय तहकाबीच ठूलो खाडल देखिन्छ। संसद्ले पास गर्ने विधेयकप्रति केन्द्रीय समिति बेखबर छ। यो अवस्थाको अन्त्य हुनुपर्छ,’ महरले भने। वार्ड सदस्यदेखि वार्ड अध्यक्ष, पालिकाका प्रमुख, प्रदेशदेखि सघीय सांसदहरूले प्रत्येक ३/३  महिनामा जनताका पक्षमा गरेको कार्य र कांग्रेसलाई जनताको लोकप्रिय पार्टी बनाउन गरेको कार्यको समीक्षा रिपोर्ट बुझाउनु पर्ने महरले बताए।

 

जनताबाट छानिएका प्रतिनिधिलाई पार्टीको घोषणा पत्रप्रति उत्तरदायी बनाउन तथा मूल्याङ्कन गर्ने एक संयन्त्र बनाउनु पर्ने महरको भनाइ छ। सभापति, महामन्त्री, उपसभापतिलगायत पदाधिकारीको धारणा फरक भएका कारण कांग्रेसप्रति जनताको भ्रम सिर्जना भएको प्रसङ्ग उल्लेख गर्दै यसले पार्टीका सदस्यमा समेत विभाजन र दोधार सिर्जना गराएको उनले बताए।

 

‘कांग्रेस सहितको वर्तमान सरकार सञ्चालनलाई थप प्रभावकारी, पार्टीको घोषणापत्रको बाटोमा काम गर्नेगरि सहयोग गर्न पार्टीभित्र मन्त्रालय अनुसारको विज्ञ टोली गठन गर्नुपर्छ। सरकारका मन्त्रीहरूको कार्यमूल्यांकन, प्रगति र आवश्यक सहयोगमा पार्टी लाग्नपर्छ,’ उनले भने।

 

यस्तै महरले तल्लो तहदेखि माथिल्लो तहसम्म पार्टीलाई गतिशील बनाउने हुटहुटी नेता–कार्यकर्तामा रहेको र त्यसलाई कांग्रेसको केन्द्रीय समितिले सम्बोधन गर्न सक्नुपर्ने बताए।

 

नेता महरले पार्टीमा व्यापक गतिशीलताको खाँचो रहेको औँल्याए। ‘प्रतिनिधि सभामा ८८ सिट, १७५ प्रदेश सांसद, ३२९ पालिका प्रमुख, २ हजार ६५८ वडा अध्यक्ष र १० हजार ७६ वडा सदस्यमा निर्वाचन जितेर हामी सबैभन्दा ठूलो दल भएका छौं,’ उनले भने, ‘हाम्रो काँधमा देशप्रति ठूलो जिम्मेवारी छ। देशलाई सही मार्गमा लैजान हामी सशक्त बन्नुपर्छ।’

 

कांग्रेस यति बेला जागृत भएर शुद्धीकरणको बाटोबाट सुदृढीकरणको मार्गमा अगाडी बढ्नै पर्ने अवस्थामा रहेको नेता महरले औंल्याए। राजनीतिक अवस्था पनि फेरिँदै गएको र विश्वराजनीतिमा तीव्र परिवर्तन आएकाले कांग्रेस सोही अनुरूप अगाडि बढ्नुपर्ने उनले बताए।

 

कांग्रेस यति बेला जागृत भएर शुद्धीकरणको बाटोबाट सुदृढीकरणको मार्गमा अगाडी बढ्नै पर्ने अवस्थामा रहेको नेता महरले औंल्याए। राजनीतिक अवस्था पनि फेरिँदै गएको र विश्वराजनीतिमा तीव्र परिवर्तन आएकाले कांग्रेस सोही अनुरूप अगाडि बढ्नुपर्ने उनले बताए।

 

विशाल बस्नेत,महोत्तरी, ३ साउन ।

महोत्तरीमा नै पहिलोपटक नर्सिङ कलेजको  सम्बन्धन प्राप्त भएको छ  ।

सिटिइभिटीबाट मान्यता प्राप्त उक्त कलेज संचालनको जिम्मेवारी  शुभ स्वस्तिक टेक्निकल इष्टिच्युटले  पाएको हो ।

जिल्लाको बर्दिबास नगरपालिकामा संचालित उक्त इष्टिच्युटले प्रमाणपत्र तहको ३ बर्षे नर्सिङ अध्यापन गराउने उक्त कलेजका संचालक दिपक कार्कीले जानकारी दिए ।

जिल्लाका झण्डै २ हजार भन्दा बढी किशोरीहरु नर्सिङ अध्यणको लागी बाहिर गइरहेको बेला यो कलेजले केही हदसम्म भए पनि राहत प्रदान गरेको स्थानियहरुको बुझाइ छ ।

प्रारम्भिक चरणमा कलेजले ४० जनाको  सिट मात्र निर्धारण गरेको छ । यसमध्य ४ जनालाइ छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ ।

एकजनाले नर्सिङ पूरा गर्न सिटिइभिटीले निर्धारण गरेको रकम  ६ लाख २५ हजार तिर्नुपर्ने  कलेज व्यवस्थापनले जनाएको छ ।

 

 

 

काठमाडौं, ३ साउन ।

काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको भवन भत्काएको छ ।


सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवनमा  बुधबार डोजर चलाएको हो ।

यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगरप्रहरीले डोजर चलाएको हो ।
 

 

कञ्चनपुर, २ साउन।

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।  पानीको बहाव बढेपछि मंगलबार बिहान ११ बजेदेखि चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार साँझ पानीको बहाव १ लाख ४३ हजार ६९८ क्युसेक पुगेको छ। बिहान पानीको बहाव १ लाख ५७ हजार क्युसेक पुगेपछि चारपांग्रे सवारी साधन आवागमन बन्द गरिएको थियो।

महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ।

 

मस्को, ३ साउन ।

रुसले युक्रेन विरुद्ध युद्ध गरेको डेढ वर्ष बितिसकेको छ ।

 

विज्ञहरुका अनुसार यस युद्धमा रुसले धेरै गुमाएको छ । यही कारणले युद्धक्षेत्रमा आफ्ना अत्याधुनिक ट्याङ्कहरू पठाउनुको सट्टा पुराना र सोभियत युगका ट्याङ्कहरू पठाइरहेको छ । डच ओएसआईएनटी परियोजना ओरिक्स अनुसार १७ महिना अघि रूसले मे ३१ देखि युक्रेनमा आक्रमण गर्दा लडाईका लागि तयार ३ हजार ट्याङ्कहरूको मूल भण्डार मध्ये २ हजार भन्दा बढी गुमाइ सकेको छ।

 

लगातार बढ्दो घाटा र त्यस गतिमा नयाँ आधुनिक ट्याङ्कहरू बनाउन नसक्दा मस्कोले पुरानो सोभियत युगका टि ५४, टि ५५ र टि ६२ ट्याङ्कहरू भण्डारणबाट निकालेर युद्ध क्षेत्रमा पठाएको थियो ।

 

अर्कोतर्फ, युक्रेनले आफ्ना पश्चिमी सहयोगीहरूबाट लगातार आधुनिक ट्याङ्क र अन्य उपकरणहरू प्राप्त गरिरहेको छ। यी रूसी ट्याङ्कहरू आधुनिक युद्धको मैदानमा उनीहरूको अभिप्रेत लडाई भूमिकाहरू पूरा गर्न अपर्याप्त छन्।

 

जसका कारण रूसले आफ्ना पुराना ट्याङ्कहरूलाई आत्मघाती हतियारको रूपमा युद्धमा पठाउनु पर्ने अवस्था आएको छ । गत महिना रुसको टि ५५ ट्याङ्क युक्रेन युद्धको हिस्सा रहेको भिडियो सार्वजनिक भएको थियो । युक्रेनी सिपाहीले प्रहार गरेको एन्टिट्याङ्क मिसाइल विस्फोट हुनु अघि नै ट्याङ्क विस्फोट भयो र रोकियो। विज्ञहरू भन्छन् कि यी आत्मघाती ट्याङ्कहरू हुन्।

 

स्वतन्त्र सैन्य विशेषज्ञ पावेल लुजिनले मस्को टाइम्सलाई भने, ‘के आतंककारीहरूले मानिस माथि आक्रमण गर्न विस्फोटक पदार्थले भरिएको कार प्रयोग गर्न सक्छन् ? हामीलाई थाहा छ तिनीहरूले गर्न सक्छन्।’ संगठनात्मक रूपमा कमजोर बन्दै गएको सेनाले आईएसआईएसले जस्तै विस्फोटक पदार्थले भरिएका यन्त्रहरू प्रयोग गरेर अनियमित संरचनाको गुच्छामा परिणत हुन सक्छ ।’

 

खैर, यो एक वर्ष देखि यो गरिरहेको छ। रूसले सक्रिय कर्तव्यको लागि युद्ध संग्रहालय राखेका ट्याङ्कहरूको पुनः प्रयोग गरिरहेको खबर पहिलो पटक गत मार्चमा बाहिर आएको थियो । त्यसपछि रेलले पुराना टयांकरसहितको सवारीसाधन बोकेको भिडियो सामाजिक सञ्जालमा भाइरल हुन पुगेको थियो ।

 

वासिंगटन डिसी, ३ साउन ।

पश्चिमी अफ्रिकी देश मालीले अमेरिकी सेनाको संवेदनशील जानकारी भएका हजारौं इमेलहरूमा पहुँच कायम गरेको छ।

 

मिडिया रिपोर्टका अनुसार डोमेनको नाममा भएको गल्तीका कारण महत्वपूर्ण जानकारी लीक भएको प्रतिवेदनमा भनिएको छ ।

लीक भएको जानकारीमा अमेरिकी कूटनीतिक कागजात, कर रिटर्न जानकारी, शीर्ष अधिकारीहरूको यात्रा विवरण आदिलगायत समावेश रहेका छन् ।

मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले एमआईएल डोमेन नाम प्रयोग गर्छ तर मेल पठाउँदा गल्तीले डोमेन नाममा एमएल मात्र टाइप गरेको थियो, जसले गर्दा मालीको डोमेन नाम एमएल भएकाले सबै संवेदनशील जानकारी मालीमा पुग्न गएको जनाइएको छ । उल्लेखनीय कुरा के छ भने माली रुसको सहयोगी हो। यस्तो अवस्थामा अमेरिकी सेनासँग सम्बन्धित यो लीक पनि अमेरिकाका लागि समस्याको कारण बन्न सक्छ ।

 

मिडिया रिपोर्टका अनुसार संवेदनशील सूचना लीक गर्ने घटना यो पटक मात्रै भएको होइन । पहिलो पटक करिब एक दशकअघि अमेरिकी सेनाको यस्तो संवेदनशील सूचना मालीमा पुगेको थियो, त्यसयता धेरै घटना भएका छन् । यो खुलासा एक डच इन्टरनेट व्यवसायी, जोहानेस गेर्बेयरले गरेका हन्। वास्तवमा, केवल जरबेयरले मालीको डोमेन प्रबन्ध गर्दछन।

 

जनवरी २०२३ देखि अमेरिकी सेनाको संवेदनशील जानकारीसँग सम्बन्धित करिब एक लाख १७ हजार इमेलहरू मालीको डोमेनमा पुगेका छन्। बुधबार नै झण्डै एक हजार यस्ता इमेल पठाइएको छ ।

 

योहान्स गर्बेयरले अमेरिकी अधिकारीहरूलाई यो जानकारी दिएका छन्। योसँगै ह्वाइट हाउसलाई पनि यसबारे जानकारी दिइएको छ । यस वर्ष लीक भएको इमेलमा अमेरिकी सेना प्रमुख जनरल जेम्स म्याकनभिलको भ्रमणसँग सम्बन्धित जानकारी लीक भएको थियो। अमेरिकी पेन्टागनका प्रवक्ता लेफ्टिनेन्ट कमाण्डर टिम गोर्मनले यी घटनाबारे एक विज्ञप्ति जारी गर्दै आफूलाई अवस्थाबारे जानकारी रहेको र यसलाई रोक्नका लागि आवश्यक सबै कदम चालिरहेको बताए ।

 

काठमाडौं, ३ साउन ।

ललिता निवास प्रकरणको सुनवाई नसकिए पछि बन्दी प्रत्यक्षीकरण सबन्धी मुद्धाको पेशी आज राखिएको छ ।

ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आजको पेशीमा राखिएको हो ।

गत सोमबारबाट सुरु भएको सुनुवाइ मंगलबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी आजका लागि पेशी तोकिएको हो ।

 

सञ्चार सचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलगायतले आफूहरूलाई गैरकानुनी थुनामा राखिएको बन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।

 

तर, उनीहरुको रिटमा सुनवाई जारी रहेको भन्दै न्यायधिसद्धय न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले आजका लागि पेशी तोकेको हो ।

 

काठमाडौं, ३ साउन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज  बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उदघाटन गर्ने भएका छन् ।

 

लामो समयको प्रतीक्षा पछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले आज फिल्ड कार्यालयको उदघाटन गर्न लागेको हो ।

 

 

आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ कार्यालय रहेको सिउरेनीटार, गोरखामा सो आयोजनाको फिल्ड कार्यालय आज उद्घाटन गरिने छ ।

 

बूढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार आयोजना प्रभाबित क्षेत्र धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहनेछ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।