काठमाडौँ । अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ ।
आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले ४३.३ ओभरमा अल आउट हुदै १९५ रन बनाएको हो ।
अमेरिकाका लागि स्मित पटेलले सर्बाधिक ८३ रन बनाएका थिए भने शेहान जयसूर्याले ५० र मिलिंद कुमारले २८ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुलशन झाले एक एक विकेट लिएका थिए ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । लखनउ सुपर जाईन्टले जारी आइपिएलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा लखनउले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १८८ रनको लक्ष्य पछाएको लखनउले १६.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
लखनउको जितमा मिचेल मार्शले ९० रन बनाएका थिए भने जोस इंगलिसले ३६ र निकोलस पुरनले ३२ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १८७ रन बनाएको थियो । चेन्नईका लागि कार्तिक शर्माले सर्बाधिक ७१ रन बनाए भने डेवाल्ड ब्रेभिसले २५, शिभम दुबेले ३२ र संजु सामसनले २० रन बनाएका थिए ।
त्यस्तै लखनउका आकाश सिंहले ३ विकेट लिएका थिए ।
यो लखनउको यस सिजनमा चौथो जित हो ।१२ खेलमा ८ अंक रहेको लखनउ अंक तालिकामा पुछारमा रहेको छ । त्यस्तै चेन्नईलाई भने यो हारले ठुलो धक्का लागेको छ । चेन्नईको १२ खेलमा १२ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ । यो हारपछि चेन्नईको प्लेअफको बाटो मुश्किल बनेको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा, लुम्बिनी र कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्वयम सम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी हिमाली, पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा सुदुरपश्चिम प्रदेशको हिमाली, पहाडी भू-भागका र मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ जेठ २ गते शनिवार ईस २०२६ मे १६ नेपाल सम्बत ११४६ बछलागा आमै, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ कृष्ण चतुर्दशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, सौभाग्य योग, शकुनी करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १६ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ६ बजेर ४६ मिनेटमा हुनेछ ।
आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ५५ मिनेट देखि ८ बजेर ३७ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
आज तपाईंको आत्मविश्वास र कार्यक्षमता बढ्नेछ। नयाँ योजना सुरु गर्ने अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा मेहनत अनुसारको परिणाम मिल्ने संकेत छन्। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ, तर खर्चमा नियन्त्रण राख्नु आवश्यक हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ। विद्यार्थीका लागि अध्ययनमा प्रगति हुने दिन छ। स्वास्थ्य सामान्य रहनेछ, तर आरामको कमीले थकान बढ्न सक्छ। छोटो यात्राबाट लाभ प्राप्त हुने सम्भावना देखिन्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)–
आज धैर्य र संयमले काम सफल बन्नेछ। व्यवसाय तथा जागिरमा क्रमिक प्रगति हुनेछ। सहकर्मी तथा साथीभाइको सहयोग प्राप्त हुनेछ। आर्थिक लाभका अवसर देखिए पनि अनावश्यक खर्च बढ्न सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुनेछ। परिवारमा खुसीको वातावरण बन्नेछ। प्रेम तथा दाम्पत्य जीवन सुखद रहनेछ। स्वास्थ्यमा सुधार आउने संकेत छन्। धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)–
आज सिर्जनात्मक सोच र नयाँ योजनाले फाइदा दिलाउन सक्छ। अध्ययन, लेखन तथा बौद्धिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। कार्यक्षेत्रमा तपाईंको विचारको प्रशंसा हुन सक्छ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। आर्थिक अवस्था सामान्य रहनेछ, तर भविष्यका लागि योजना बनाउन सकिनेछ। प्रेम सम्बन्धमा खुलेर संवाद गर्दा सम्बन्ध अझ बलियो बन्नेछ। स्वास्थ्यमा मानसिक तनाव कम गर्न आराम आवश्यक हुनेछ। नयाँ अवसरले उत्साह थप्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
आज परिवारको साथ र सहयोगले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा केही चुनौती आउन सक्छन्, तर धैर्य राखे समाधान भेटिनेछ। आर्थिक लाभको सम्भावना देखिन्छ। व्यवसायमा नयाँ अवसर प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा समझदारी र विश्वास बढ्नेछ। विद्यार्थीले मेहनत अनुसार सफलता प्राप्त गर्न सक्नेछन्। स्वास्थ्य सामान्य रहनेछ, तर खानपानमा ध्यान दिनु राम्रो हुनेछ। शुभ समाचार सुन्न पाइने सम्भावना पनि देखिन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
आज सामाजिक तथा व्यावसायिक क्षेत्रमा प्रभाव बढ्नेछ। नेतृत्व क्षमता देखाउने अवसर प्राप्त हुनेछ। नयाँ जिम्मेवारी आउन सक्छ र त्यसलाई सफलतापूर्वक पूरा गर्न सकिनेछ। आर्थिक पक्ष बलियो बन्ने संकेत छन्। परिवारसँग रमाइलो समय बित्नेछ। प्रेम जीवनमा खुसी र उत्साह बढ्नेछ। साथीभाइसँग भेटघाट र मनोरञ्जनमा समय बित्न सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। यात्राबाट लाभ प्राप्त हुने योग देखिन्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)–
आज मेहनत अनुसार राम्रो फल प्राप्त हुने दिन छ। कार्यक्षेत्रमा प्रगति हुनेछ र नयाँ अवसर प्राप्त हुन सक्छ। आर्थिक लाभको सम्भावना बलियो देखिन्छ। परिवारमा सुखद वातावरण बन्नेछ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। विद्यार्थीका लागि अध्ययनमा राम्रो प्रगति हुने संकेत छन्। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक कामले थकान बढ्न सक्छ। नयाँ चिनजानले भविष्यमा फाइदा दिलाउन सक्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)–
आज मनमा सकारात्मक सोच र उत्साह बढ्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुन सक्छ। व्यापार तथा व्यवसायमा लाभ हुने संकेत छन्। आर्थिक अवस्था सुधारतर्फ जानेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। प्रेम सम्बन्धमा नयाँ खुसी प्राप्त हुन सक्छ। स्वास्थ्यमा सुधार आउने संकेत छन्। छोटो यात्राबाट फाइदा मिल्ने सम्भावना देखिन्छ। विद्यार्थीले अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सक्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–
आज धैर्य र मेहनतले सफलता दिलाउने दिन छ। कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्न सक्छ, तर अन्ततः सफलता तपाईंको पक्षमा आउनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। परिवारको सहयोगले महत्त्वपूर्ण निर्णय लिन सहज हुनेछ। प्रेम सम्बन्धमा बोलीमा संयम राख्नु राम्रो हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ। धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। यात्राबाट सकारात्मक अनुभव प्राप्त हुन सक्छ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)–
आज भाग्यले राम्रो साथ दिने दिन छ। लामो समयदेखि रोकिएका काम पूरा हुन सक्छन्। व्यवसाय तथा जागिरमा प्रगति हुनेछ। आर्थिक लाभको सम्भावना बलियो देखिन्छ। परिवारसँगको सम्बन्ध अझ नजिक बन्नेछ। प्रेम जीवन सुखद रहनेछ। विद्यार्थीका लागि अध्ययनमा सफलता प्राप्त हुने दिन छ। स्वास्थ्य राम्रो रहनेछ। धार्मिक तथा सामाजिक कार्यमा सक्रियता बढ्न सक्छ। यात्राबाट लाभ प्राप्त हुने संकेत छन्।
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)–
आज कामको चाप बढ्न सक्छ, तर परिणाम सकारात्मक रहनेछ। व्यवसायमा नयाँ योजना सफल हुन सक्छ। आर्थिक अवस्थामा सुधार आउने संकेत छन्। परिवारका सदस्यसँग सल्लाह गरेर अघि बढ्दा फाइदा हुनेछ। प्रेम सम्बन्धमा समझदारी कायम रहनेछ। स्वास्थ्यमा थकान महसुस हुन सक्छ, त्यसैले आराम आवश्यक हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने सम्भावना छ। यात्राको योग पनि देखिन्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)–
आज सिर्जनात्मक क्षमता बढ्नेछ। नयाँ अवसर प्राप्त हुन सक्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सफल बन्नेछ। आर्थिक लाभका संकेत देखिन्छन्। परिवारसँग रमाइलो वातावरण बन्नेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। विद्यार्थीका लागि अध्ययनमा ध्यान केन्द्रित गर्नुपर्ने दिन छ। स्वास्थ्य सामान्य रहनेछ। अनावश्यक तनावबाट टाढा रहनु राम्रो हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)–
आज मनमा शान्ति र सकारात्मकता बढ्नेछ। पारिवारिक सुख र सहयोग प्राप्त हुनेछ। व्यवसाय तथा जागिरमा राम्रो प्रगति हुने सम्भावना छ। आर्थिक पक्ष बलियो बन्न सक्छ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। विद्यार्थीले मेहनत अनुसार राम्रो सफलता प्राप्त गर्न सक्नेछन्। स्वास्थ्यमा सुधार आउनेछ। नयाँ योजना तथा नयाँ चिनजानले भविष्यमा लाभ दिलाउन सक्ने सम्भावना रहेको छ।
एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ को एसइईको नतिजा सार्बजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सोमबार राति नतिजा प्रकाशन गरेको हो । यस बर्षको एसइईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
एसइई परीक्षामा सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२ रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै जीपीए (३.२० देखि ३.६०) सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ भने २.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ ।
त्यसैगरी ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएको बोर्डले जनाएको छ । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् भने १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जानकारी दिएको छ ।
कार्यालयले केहीबेरमा एसइई २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमइस,आईभीआर र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ । जसअनुसार नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस, युएसएसडी र आईभीआर सेवा उपलब्ध हुनेछ । यस्तै जानकी टेक्नोलोजी प्रालिको ३५००१ तथा एम्बिसन गुरु प्रालिको ३१००३ नम्बरमार्फत पनि एसएमएस सेवा प्रयोग गर्न सकिनेछ । साथै अन्य प्राविधिक साझेदारमार्फत् विभिन्न वेबसाइट तथा मोबाइल एपमार्फत् पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।
गत चैत्र १९ देखि २९ सम्म भएको यस बर्षको एसइई परीक्षाको नतिजा एक महिना भित्र प्रकाशित गर्न सरकारले दिएको निर्देशन दिएको थियो ।
यस बर्षको एसइईमा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १२ हजार ४२१ रहेको थियो । यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गरिएको थियो । हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण गरिएको र प्रत्येक तेस्रो दिनमा अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा उपलब्ध गराइने गरि व्यवस्थापन गरिएको थियो । त्यस्तै परीक्षा सकिएको चौथो दिनमा विद्यार्थीले प्राप्त गरेको अंक परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्था मिलाइएको थियो ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ को एसइईको नतिजा सार्बजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सोमबार राति नतिजा प्रकाशन गरेको हो । यस बर्षको एसइईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
कार्यालयले केहीबेरमा एसइई २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमइस,आईभीआर र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ । जसअनुसार नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस, युएसएसडी र आईभीआर सेवा उपलब्ध हुनेछ । यस्तै जानकी टेक्नोलोजी प्रालिको ३५००१ तथा एम्बिसन गुरु प्रालिको ३१००३ नम्बरमार्फत पनि एसएमएस सेवा प्रयोग गर्न सकिनेछ । साथै अन्य प्राविधिक साझेदारमार्फत् विभिन्न वेबसाइट तथा मोबाइल एपमार्फत् पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।
गत चैत्र १९ देखि २९ सम्म भएको यस बर्षको एसइई परीक्षाको नतिजा एक महिना भित्र प्रकाशित गर्न सरकारले दिएको निर्देशन दिएको थियो ।
यस बर्षको एसइईमा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १२ हजार ४२१ रहेको थियो । यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गरिएको थियो । हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण गरिएको र प्रत्येक तेस्रो दिनमा अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा उपलब्ध गराइने गरि व्यवस्थापन गरिएको थियो । त्यस्तै परीक्षा सकिएको चौथो दिनमा विद्यार्थीले प्राप्त गरेको अंक परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्था मिलाइएको थियो ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा जोगाउन नागरिकलाई सुन खरिद नगर्न आग्रह गरेपछि सोमबार भारतीय सेयर बजारमा गहना कम्पनीहरूको सेयरमा ठूलो गिरावट आएको छ ।
प्रमुख गहना कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले घटेको देखिएको छ । सबैभन्दा धेरै गिरावट स्काई गोल्डको सेयरमा देखिएको छ । कम्पनीको सेयर मूल्य करिब १२ प्रतिशतले घटेर ४७५ भारतीय रुपैयाँमा पुगेको छ ।
त्यस्तै, सेनको कम्पनीको सेयर झण्डै ११ प्रतिशतले घटेर ३२५. ०५ रुपैयाँमा झरेको छ । यसअघि उक्त कम्पनीको सेयर मूल्य ३६५. ४० रुपैयाँ रहेको थियो । कल्याण ज्वेलर्सको सेयर पनि करिब १० प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य ४२४. ५५ रुपैयाँबाट घटेर ३८२. १० रुपैयाँमा पुगेको छ ।
त्यस्तै टाइटन कम्पनीको सेयर प्रारम्भिक कारोबारमै करिब ८ प्रतिशतले घटेर ४१५०. १० रुपैयाँसम्म झरेको थियो ।
सोमबार बिहान १० बजेतिर सेन्सेक्स १. ३५ प्रतिशतले घटेर ७६२८२. २८ अंकमा कारोबार भइरहेको थियो भने निफ्टी १. २३ प्रतिशतले घटेर २३८७७. ८० अंकमा पुगेको थियो । क्षेत्रगत सूचकहरू पनि रातो चिन्हमा कारोबार भइरहेका थिए । विशेषगरी निफ्टी उपभोक्ता टिकाउ वस्तु समूह सबैभन्दा धेरै प्रभावित भएको देखिएको छ । उक्त क्षेत्रगत सूचक ३ प्रतिशतभन्दा बढीले घटेको थियो । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नेपाल ए ले अभ्यास खेलमा अमेरिकालाई २६५ रनको लक्ष्य दिएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिला ब्याटिंग गर्दै ४९.५ ओभर अल आउट हुदै २६४ रन बनाएको हो ।
नेपालका लागि सन्दीप जोराले शतकीय पारि खेलेका थिए । सन्दीपले ११५ बलमा १११ रन बनाएका थिए । त्यस्तै बसिर अहमदले ३८, मयन यादवले २४, पवन सराफले २० रनको योगदान दिएका थिए ।
त्यस्तै अमेरिकाका बलर सौरभ नेत्राभल्करले ३ विकेट लिए भने जसदीप सिंहले २ विकेट लिएका थिए । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार असफल भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले सरकारले जनताको बाच्न पाउने संबिधान अनुसारको अधिकारको उलंघन गरेको आरोप लगाउदै सरकार असफल भएको बताए ।
उनले सुकुम्बासीको होल्डिङ सेन्टरमा प्रधानमन्त्री नगएको आरोप लगाउदै सीमामा पठाउनुपर्ने सेनालाई सुकुम्बासी बस्तीमा पठाएको भन्दै आलोचना गरेका छन् । उनले भने- ‘नेपाली सेनालाई सीमा रक्षा गर्न पठायो कि सुकुम्वासी बस्तीमा दादागिरी देखाउन पठायो ? सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ? त्यसको उत्तर चाहिन्छ ।’
उनले देश अभिभावक विहीन बनेको बताउदा सरकारको औचित्य नभएको जिकिर गरे । साम्पाङले सरकारले भारतलाई नोट पठाएर मात्र सीमा समस्या समाधान नहुने भन्दै दुई पक्षीय वार्ता गर्न नसकेको आरोप लगाए । एभरेष्ट न्यूज एजेन्सी
जनकपुरधाम । मधेश प्रदेशमा सरकारमा सत्तासाझेदार चार दलहरुले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् ।
सरकारका चार दल नेपाली काँग्रेस, जसपा नेपाल, नेकपा र लोसपा नेपालले काँग्रेस नेता कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गर्दै यथाशिघ्र विश्वासको मत लिने निर्णय गरेका छन् ।
यादव नेतृत्वको सरकारमा रहेको जनमतले वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार परिवर्तनको चलखेल शुरु भएको थियो ।
१०१ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५१ सिट आवश्यक पर्दछ । जसमा सरकारमा रहेका चार दलमा काँग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५ र लोसपाको ८ सिट गरेर कुल ६३ सिट रहेको छ ।
मधेश प्रदेशमा नेकपा एमालेको सबै भन्दा धेरै २४ सिट रहेको छ भने नेपाली काँग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५, जनमत पार्टीको १२, लोसपाको ८ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको एक एक सिट रहेको छ । एभरेष्ट न्यूज एजेन्सी