काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९४ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ५०४० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५०६० मा कारोबार भएको थियो ।
काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको जेठ २ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार परालको आगो, लालिबजार, मालती मंगले र गुरु आमाको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ ।
जस अनुसार बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म परालको आगोले बक्स अफिसमा दर्शकलाई आकर्षित गरेको देखिएको छ । यस फिल्मले अहिलेसम्म ४ करोड २२ लाख २३ हजार ४३५ कमाई गरेको छ । त्यस्तै यस फिल्मका एक लाख ५१ हजार ९२८ तिक्त बिक्रि भएका छन् ।
त्यस्तै बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले पनि बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले करोड ४२ लाख ६१ हजार ७७९ कमाई गरेको छ । त्यस्तै यस फिल्मले एक लाख १४ हजार ४८६ टिकट बिक्री गरेको छ ।
त्यसैगरी बैशाख २५ गते नै प्रदर्शनमा आएको रामकृष्ण ढकालले निर्माण गरेको फिउल्म मालती मंगलेले भने आशा गरे अनुसार दर्शकको मन जित्न सकेको देखिएको छैन । फिल्मले केवल ४४ लाख ७८ हजार ६०८ कमाई गरेको छ भने केवल १३ हजार ८९० टिकट बिक्री भएको छ ।
त्यस्तै बैशाख २५ गते बी रिलिज भएको फिल्म गुरु आमाले २८ लाख ४४ हजार ४५१ कमाइ गरेको छ । यस फिल्मले ८ हजार ९७४ टिकट बिक्री गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ् सहित हल्का देखि मध्यम पानी परिरहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपात तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ जेठ ४ गते सोमवार ईस २०२६ मे १८ नेपाल सम्बत ११४६ अनालाथ्व द्धितीया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल द्धितीया , चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, सुकर्मा योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १४ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४८ मिनेटमा हुनेछ ।
आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर १३ मिनेट देखि ६ बजेर ५५ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
मेष राशि
आजको दिन कामकाजमा निकै व्यस्तता ल्याउने खालको देखिन्छ। बिहानदेखि नै विभिन्न जिम्मेवारीहरू एकपछि अर्को आउन सक्छन्। अधुरा काम पूरा गर्न अतिरिक्त मेहनत गर्नुपर्ने अवस्था बन्न सक्छ। आर्थिक पक्ष सामान्य रहे पनि अनावश्यक खर्च बढ्ने सम्भावना भएकाले खर्च नियन्त्रणमा ध्यान दिनु राम्रो हुन्छ। पारिवारिक वातावरणमा सानो मतभेद देखिन सक्छ, त्यसैले बोलीमा संयम आवश्यक हुनेछ। साथीभाइ वा आफन्तको सल्लाहले रोकिएको काम अघि बढाउन सहयोग पुर्याउन सक्छ। स्वास्थ्यतर्फ थकान र निद्राको कमीले असर गर्न सक्छ ।
वृष राशि
आजको दिन सकारात्मक ऊर्जा र उत्साहले भरिएको रहने संकेत छ। काममा तपाईंले गरेको मेहनतको राम्रो परिणाम प्राप्त हुने सम्भावना बलियो छ। व्यापार गर्नेहरूका लागि नयाँ अवसर वा नयाँ व्यक्तिसँग सहकार्यको सम्भावना देखिन्छ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। परिवारमा खुसीको वातावरण बन्नेछ र नजिकका व्यक्तिबाट साथ तथा समर्थन प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। अध्ययन र सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन उपयोगी बन्न सक्छ।
मिथुन राशि
आज मन अलि चञ्चल र अस्थिर बन्न सक्छ। एकैपटक धेरै विषय सोच्दा निर्णय लिन कठिन हुन सक्छ। काममा ध्यान केन्द्रित गर्न सके राम्रो उपलब्धि प्राप्त हुनेछ, नत्र साना गल्तीले समस्या ल्याउन सक्छ। आर्थिक लेनदेन गर्दा विशेष सावधानी अपनाउनु राम्रो हुन्छ। पुरानो साथी वा आफन्तसँग भेटघाट हुन सक्छ जसले मन हलुका बनाउनेछ। परिवारभित्र साना कुरामा विवाद हुन सक्ने भएकाले धैर्य आवश्यक हुनेछ। स्वास्थ्यतर्फ टाउको दुख्ने वा थकान महसुस हुन सक्छ।
कर्कट राशि
आज आत्मविश्वास बढ्ने दिन छ। विगतदेखि रोकिएका कामहरू अघि बढ्ने सम्भावना बलियो देखिन्छ। परिवारको साथ र सहयोगले मन उत्साहित रहनेछ। शिक्षा, अध्ययन तथा नयाँ सीप सिक्ने क्षेत्रमा रुचि बढ्न सक्छ। आर्थिक रूपमा सामान्य सुधार देखिनेछ। यात्राको अवसर बन्न सक्छ र त्यसबाट लाभ पनि प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा निकटता बढ्ने संकेत छ। मानसिक रूपमा शान्ति महसुस हुने भएकाले नयाँ योजना बनाउन अनुकूल समय रहनेछ।
सिंह राशि
आज प्रतिस्पर्धा र चुनौती दुवै बढ्न सक्छन्। काममा थप मेहनत गर्नुपर्ने अवस्था आउनेछ, तर धैर्य र आत्मविश्वास कायम राखे सफलता मिल्नेछ। आर्थिक रूपमा लाभको संकेत देखिए पनि खर्च पनि बढ्न सक्छ। कार्यक्षेत्रमा तपाईंको क्षमता प्रमाणित गर्ने अवसर प्राप्त हुन सक्छ। परिवारसँग समय कम बित्दा केही असन्तुष्टि देखिन सक्छ। स्वास्थ्यमा थकान, तनाव वा निद्राको समस्या देखिन सक्ने भएकाले आराममा ध्यान दिनु राम्रो हुनेछ।
कन्या राशि
आज धैर्य र संयमले मात्र सफलता दिलाउने दिन हो। काममा केही ढिलाइ वा अवरोध आउन सक्छ, तर हतारमा निर्णय गर्दा झन् समस्या बढ्न सक्छ। व्यवसायमा सानो फाइदा भए पनि दीर्घकालीन सोच आवश्यक हुनेछ। परिवारका सदस्यसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ। खानपानमा लापरवाही गर्दा स्वास्थ्यमा असर पर्न सक्छ, त्यसैले सावधानी अपनाउनु राम्रो हुनेछ।
तुला राशि
आज आर्थिक पक्ष बलियो बन्ने संकेत छ। रोकिएका रकम प्राप्त हुन सक्छन् वा नयाँ आम्दानीको बाटो खुल्न सक्छ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। काममा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। परिवारमा रमाइलो वातावरण बन्नेछ र नजिकका व्यक्तिसँग सम्बन्ध अझ मजबुत बन्नेछ। प्रेम जीवनमा मिठास कायम रहनेछ। पुरानो तनाव कम हुँदै जानेछ र मन हलुका महसुस हुनेछ।
वृश्चिक राशि
आज जिम्मेवारीहरू बढ्न सक्छन्। काममा दबाब भए पनि तपाईंको मेहनत र लगनशीलताले राम्रो नतिजा दिलाउनेछ। सहकर्मी वा साथीभाइबाट सहयोग प्राप्त हुनेछ। आर्थिक रूपमा सामान्य सुधार देखिए पनि ठूलो निर्णय गर्दा सोचविचार गर्नुपर्नेछ। परिवारसँग समय बिताउँदा मानसिक राहत मिल्नेछ। स्वास्थ्यतर्फ कमजोरी, थकान वा तनाव महसुस हुन सक्छ, त्यसैले आराम आवश्यक हुनेछ।
धनु राशि
आज नयाँ योजना सुरु गर्न उपयुक्त दिन देखिन्छ। आत्मविश्वास बढ्नेछ र रोकिएका कामहरू अघि बढ्ने सम्भावना बलियो छ। यात्राको अवसर बन्न सक्छ र त्यसबाट लाभ मिल्ने संकेत छ। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। परिवारसँगको सम्बन्ध अझ मजबुत बन्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा राम्रो प्रगति हुने समय हो। सकारात्मक सोचले आजको दिनलाई अझ सफल बनाउनेछ।
मकर राशि
आज कामकाजमा स्थिरता आउने संकेत छ। जिम्मेवारी धेरै भए पनि धैर्य र निरन्तर प्रयासले सफलता दिलाउनेछ। आर्थिक रूपमा सामान्य लाभ हुने सम्भावना छ। परिवारका सदस्यको साथ र सुझाव उपयोगी बन्न सक्छ। भविष्यका योजना वा लगानीबारे सोच्ने समय उपयुक्त देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ, तर आरामलाई बेवास्ता नगर्नु राम्रो हुनेछ।
कुम्भ राशि
आज सोचविचार गरेर मात्र निर्णय लिनुपर्ने दिन हो। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। साथीभाइ वा सहकर्मीको सहयोगले काम सहज बन्न सक्छ। नयाँ अवसर प्राप्त भए पनि हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक रहनेछ। मानसिक तनाव कम गर्न आराम र मनोरञ्जनमा समय दिनु उपयोगी हुनेछ।
मीन राशि
आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुने संकेत छ। परिवारबाट सहयोग र हौसला प्राप्त हुनेछ। अध्ययन, लेखन, कला वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। आर्थिक अवस्था सामान्य रहनेछ, तर सानो लाभ प्राप्त हुने सम्भावना पनि छ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ र दिन समग्रमा सुखद तथा सन्तुलित बन्ने देखिन्छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । रोयल च्यालेंजन्स बैंगलुरुले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा बैंगलुरुले पञ्जावलाई २३ रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
बैंगलुरुले दिएको २२३ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ८ विकेट गुमाउदै १९९ रन बनाएको थियो ।
पञ्जावका लागि शशांक सिंहले सर्बाधिक ५६ रन बनाए भने कूपर कोन्नोलीले ३७, मार्कस स्टोइनिसले ३७ र सुर्यांश शेडजेले ३५ रन बनाएका थिए ।
त्यस्तै बैंगलुरुका बलर रसिख सलामले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको बैंगलुरुले वेंकटेस अय्यरको अविजित ७३, विराट कोहलीको ५८ र देवदत्त पाडिकलको ४५ रनको मद्धतले २० ओभरमा ४ विकेट गुमाएर २२२ रन बनाएको थियो ।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १८ अंक भएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै पञ्जावको भने १३ खेलमा १३ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । रूसको मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
रूसस्थित भारतीय दूतावासले आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणमा भारतीय कामदारको ज्यान गएको जनाएको हो । दूतावासका अधिकारीहरूले घटनास्थल र अस्पताल पुगेर घाइतेहरूसँग भेट गरेको पनि बताइएको छ ।
दूतावासले घाइतेहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन कम्पनी व्यवस्थापन र स्थानीय प्रशासनसँग समन्वय भइरहेको जनाएको छ ।
यसअघि रूसी अधिकारीहरूले युक्रेनतर्फबाट मस्को क्षेत्रमा ठूलो स्तरको ड्रोन आक्रमण भएको दाबी गरेका थिए । रूसी प्रशासनका अनुसार आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।
क्षेत्रीय गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार राजधानीको उत्तरस्थित खिम्की क्षेत्रमा एक महिलाको मृत्यु भएको छ भने पोगोरेल्की गाउँमा एक पुरुष र एक महिलाले ज्यान गुमाएका छन् । मस्कोका मेयर सर्गेई सोब्यानिनले शहरको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा १२ जना घाइते भएको बताएका छन् ।
रूसी सेनाले ५५६ वटा ड्रोन खसालिएको दाबी गरेको छ । यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने युक्रेनका शहरमाथि रूसले गरिरहेको घातक आक्रमणको जवाफस्वरूप यी कारबाही ‘पूर्ण रूपमा जायज’ रहेको बताएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
कञ्चनपुर । ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-४ बुटाबारी बस्ने ६० वर्षीय देव सिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
देव सिंहले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । चन्द्रागिरी नगरपालिका-३ थानकोट खरीबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई प्रहरीले पक्राउ गरेको छ ।
समिले घरायसी विवादको क्रममा धारिलो हतियार चक्कु प्रहार गर्दा जाकिर गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका जाकिरको मेडपोइन्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्समा जारी कान्स फिल्म फेस्टिभलमा सहभागी हुन त्यसतर्फ जाने भएकी छन् ।
आइतबार भएको महानगरको ४९औं कार्यपालिका बैठकमा डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुने प्रस्ताव पारित गरिएको थियो ।
डंगोलले काठमाडौँ महानगरले आयोजना गर्ने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को घोषणाको लागि आफु त्यसतर्फ जान लागेको बताएकी छन् ।
फ्रान्सको कान्समा जारी फिल्म फेस्टिभल मे १२ देखि शुरु भएको छ भने मे २३ सम्म चल्ने छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । राप्रपा नेता तथा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहलाई सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले वर्तमान सरकारले देशमा चर्चामा रहेका ६५ वटा ठूला भ्रष्टाचार काण्डका मुख्य दोषीलाई कानुनी कठघरामा उभ्याउने विश्वास व्यक्त गरेका हुन् ।
उनले लाउडा विमान घोटाला, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड, वाइडबडी विमान खरिद विवाद, सुडान एपीसी काण्ड, ३३ किलो सुन प्रकरण, मेलम्ची खानेपानी आयोजना विवाद तथा सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डजस्ता बहुचर्चित घटनामा निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्।
त्यस्तै ओम्नी समूह स्वास्थ्य सामग्री खरिद विवाद, टेरामक्स काण्ड, बालुवाटार जग्गा प्रकरण, सहकारी घोटाला, नेपाल ट्रस्ट जग्गा विवाद, कर फर्छ्योट आयोग घोटाला, फास्ट ट्र्याक मुआब्जा प्रकरण, बुढीगण्डकी मुआब्जा काण्ड तथा एनसेल कर विवादलाई पनि उनले प्रमुख भ्रष्टाचार प्रकरणका रूपमा उल्लेख गरेका छन् ।
शाहीले नेपाल आयल निगम इन्धन खरिद विवाद, रेल्वे खरिद काण्ड, कृषि अनुदान घोटाला, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ऋण तथा ठेक्का विवाद, कोभिड–१९ परीक्षण तथा क्वारेन्टिन खर्च अनियमितता, प्रश्नपत्र चुहावट, ढुंगा–गिटी उत्खनन काण्ड र रासायनिक मल खरिद घोटालामा पनि कारबाही आवश्यक रहेको बताएका छन् ।
उनले सांसद विकास कोष दुरुपयोग, नक्कली शैक्षिक प्रमाणपत्र, काठ तस्करी, गोर्खा फाइनान्स घोटाला, ओरियन्टल सहकारी काण्ड, युनिटी लाइफ घोटाला, नक्कली भ्याट बिल प्रकरण, भन्सार राजस्व चुहावट तथा विदेश रोजगार ठगी काण्डलगायतका विषयमा पनि दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।
शाहीले सुशासन कायम गर्न सरकार कठोर रूपमा प्रस्तुत हुनुपर्ने र भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।एभरेष्ट न्यूज एजेन्सी