२०८३ आश्विन २४
२०८३ आश्विन २४

काठमाडौं । सरकारले निर्वाचनसँग सम्बन्धित दुई विधेयक प्रतिनिधसभामा प्रस्तुत गरेको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यी विधेयकहरु प्रस्तुत गरेकी हुन् ।

जसमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रस्तुत गरिएको छ । जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनस्म्बधी विधेयक ल्याइएको मन्त्री गौतमले बताएकी थिइन् ।

प्रतिनिधसभाको अर्को बैठक जेठ ७ गते बिहीबार विहान ११ बजे बस्ने गरि बोलाइएको छ ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद राम्रोसँग चलेको प्रतिक्रिया दिएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर प्रतिक्रिया दिदै संसदमा विपक्षीको आवाज अलि बढी सुनिने र अहिले त्यो भइरहेको बताउदै संसद राम्रोसँग चलिरहेको प्रतिक्रिया दिएका छन् ।

उनले सरकारले संसदमा उठेका विषयको जवाफ दिने बताउदै त्यसको तयारी सरकारले गरिरहेको बताए । उनले सबै बैठकमा सबै मन्त्री बसेर त्यसको जवाफ दिन सम्भव नहुने भन्दै सिस्टमेटिक ढंगले संसदमा उठेका प्रश्नको जवाफ सरकारले दिने गरि तयारी भइरहेको जानकारी दिए  ।

साथै उनले रास्वपा महाधिवेशनको तयारीमा लागेको बताउदै पार्टीको सभापति रवि लामिछाने नै हुने बताए ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । स्वीजरल्याण्डले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम २६ सदस्यीय टोली सार्वजनिक गरेको छ । १३औँ पटक विश्वकपमा सहभागिता जनाउने तयारीमा रहेको स्वीजरल्याण्डको सबैभन्दा राम्रो उपलब्धि सन् १९३४, १९३८ र १९५४ मा पुगेको क्वार्टरफाइनल नै हो ।

मुख्य प्रशिक्षक याकिनले अनुभवी खेलाडी र युवा प्रतिभालाई समेट्दै सन्तुलित टोली तयार गरेका छन् । लामो समयदेखि चोटका कारण कम खेलिरहेका फरवार्ड जेकी आम्दोनी पनि अन्तिम टोलीमा परेका छन् । उनको घुँडामा गम्भीर चोट लागेको थियो तर उनी पुनः टोलीमा फर्किएका छन् ।

टोलीको नेतृत्व ३३ वर्षीय मिडफिल्डर ग्रानिट जाकाले गर्नेछन् । उनले योसँगै लगातार चौथो विश्वकपमा कप्तानी गर्दै आफ्नो राष्ट्रिय कीर्तिमान १४४ क्याप पनि विस्तार गरेका छन् ।

याकिनको छनोटमा केही अप्रत्याशित नाम पनि परेका छन् । क्रिस्टियन फास्नाख्ट र सेड्रिक इत्तेन पछिल्ला वर्षमा धेरै कम खेल्ने भए पनि उनीहरूलाई टोलीमा समावेश गरिएको छ। फास्नाख्टले भने यस सिजन घरेलु लिगमा १८ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।

स्विस क्लबबाट भने सीमित खेलाडी मात्र समावेश भएका छन्। फास्नाख्ट र गोलकिपर मार्विन केलर मात्र घरेलु क्लबबाट टोलीमा परेका हुन्।

स्विट्जरल्यान्डलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सधैं अन्डरडग टोलीका रूपमा हेरिन्छ। तर उनीहरूले ठूला टोलीविरुद्ध पनि महत्वपूर्ण जित निकाल्दै आश्चर्यजनक प्रदर्शन गर्ने गरेका छन्। यस पटक पनि उनीहरू प्रतियोगितामा प्रभाव छोड्ने लक्ष्यमा छन्।

विश्वकप खेल्ने टिम: 

गोलकिपर: ग्रेगर कोबेल, योभोन म्भोगो । मार्विन केलर

डिफेन्डर: म्यानुएल अकान्जी, निको एलभेदी, रिकार्डो रोड्रिगेज, सिल्भान विडमर, मिरो मुहाइम, अरेल आमेन्दा, एराय कोमर्ट र लुका याकेज ।

मिडफिल्डर:  ग्रानित झाका, जोहान मान्जाम्बी, रेमो फ्रुलर, डेनिस जाकारिया, आर्डोन जाशारी, द्जिब्रिल सोउ, क्रिस्टियन फास्नाख्ट, मिशेल आबिशेर, फाबियन रिडर र रुबेन वर्गास ।

फरवार्ड; ब्रिल एम्बोलो, नोआ ओकाफोर, डान न्दोये, जेकी आम्दोनी र सेड्रिक इत्तेन ।

विश्वकपमा स्विट्जरल्यान्डले जुन १३ मा कतारसँग, जुन १८ मा बोस्निया र हर्जगोभिनासँग र  जुन २४ मा क्यानडासँग खेल्ने छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई  भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। साथै बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

 

आजको राशिफल बिस २०८३ जेठ ६ गते बुधवार ईस २०२६ मे २० नेपाल सम्बत ११४६ अनालाथ्व चतुर्थी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल चतुर्थी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, शूल योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४९ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर १२ मिनेट देखि ०६ बजेर ५४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

मेष राशि

आजको दिन कामकाजमा प्रगति हुने संकेत देखिन्छ। विगतदेखि रोकिएका केही कामहरू पूरा हुन सक्छन्। कार्यक्षेत्रमा तपाईंको मेहनत र सक्रियताको प्रशंसा हुने सम्भावना छ। आर्थिक रूपमा सामान्य सुधार देखिए पनि अनावश्यक खर्च नियन्त्रणमा राख्नु आवश्यक हुनेछ। परिवारका सदस्यसँगको सम्बन्ध राम्रो रहनेछ, तर सानो विषयमा विवाद हुन नदिन संयमित बोली उपयोगी हुनेछ। स्वास्थ्यतर्फ थकान र तनाव बढ्न सक्ने भएकाले आरामलाई प्राथमिकता दिनु राम्रो हुनेछ।

वृष राशि

आज धैर्य र समझदारीले राम्रो परिणाम दिलाउने दिन हो। व्यवसाय वा जागिरमा स्थिरता आउनेछ। आर्थिक रूपमा लाभको संकेत देखिन्छ, विशेष गरी रोकिएका रकम प्राप्त हुन सक्छन्। परिवारको साथ र सहयोगले आत्मविश्वास बढाउनेछ। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्ने सम्भावना छ। खानपानमा ध्यान दिनु राम्रो हुनेछ, किनकि सामान्य स्वास्थ्य समस्या देखिन सक्छ।

मिथुन राशि

आज आत्मविश्वास र उत्साह दुवै बढ्नेछन्। नयाँ योजना सुरु गर्न वा महत्वपूर्ण निर्णय लिन अनुकूल समय देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक रूपमा सुधारका संकेत छन्। अध्ययन, सञ्चार, लेखन वा सिर्जनात्मक क्षेत्रमा राम्रो प्रगति हुने सम्भावना छ। यात्राको अवसर पनि आउन सक्छ। परिवारमा खुसीको वातावरण बन्नेछ।

कर्कट राशि

आज भावनात्मक रूपमा केही संवेदनशील बन्न सक्नुहुन्छ। कामको चापले थकान बढाउन सक्छ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ, तर खर्च बढ्ने सम्भावना भएकाले सावधानी आवश्यक छ। परिवारका सदस्यसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ। स्वास्थ्यतर्फ पेट वा पाचनसम्बन्धी समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ।

सिंह राशि

आज प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ। काममा तपाईंको नेतृत्व क्षमता देखिनेछ र वरिष्ठ व्यक्तिबाट प्रशंसा प्राप्त हुन सक्छ। व्यवसायमा लाभको संकेत छ। सामाजिक रूपमा मान–सम्मान बढ्नेछ। परिवारको साथले आत्मबल बढाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना पनि देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।

कन्या राशि

आज निर्णय गर्दा धैर्य अपनाउनु आवश्यक हुनेछ। काममा केही ढिलाइ वा अवरोध आउन सक्छ, तर निरन्तर प्रयासले सफलता दिलाउनेछ। आर्थिक रूपमा स्थिरता रहनेछ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक हुनेछ। अध्ययन वा नयाँ सीप सिक्न चाहनेहरूका लागि दिन उपयोगी बन्न सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी वा थकान महसुस हुन सक्छ।

तुला राशि

आजको दिन उत्साहजनक रहने संकेत छ। नयाँ अवसर प्राप्त हुन सक्छ र सामाजिक भेटघाट बढ्न सक्छ। आर्थिक पक्ष बलियो बन्ने सम्भावना छ। प्रेम सम्बन्धमा खुसी र विश्वास बढ्नेछ। सिर्जनात्मक तथा कलात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन राम्रो रहनेछ। परिवारमा रमाइलो वातावरण बन्नेछ।

वृश्चिक राशि

आज जिम्मेवारी बढ्न सक्छ। काममा दबाब भए पनि तपाईंको मेहनतले सकारात्मक परिणाम ल्याउनेछ। आर्थिक लाभको संकेत भए पनि खर्च पनि बढ्न सक्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। पुराना समस्या समाधानतर्फ जाने सम्भावना छ। स्वास्थ्यतर्फ आरामको कमीले थकान बढ्न सक्छ।

धनु राशि

आज नयाँ अवसर र नयाँ योजना दुवै प्राप्त हुन सक्छन्। आत्मविश्वास बढ्नेछ र रोकिएका कामहरू अघि बढ्नेछन्। यात्राबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक रूपमा सुधारका संकेत देखिन्छन्। साथीभाइ तथा परिवारसँगको सम्बन्ध अझ राम्रो बन्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुने समय हो।

मकर राशि

आज काममा स्थिरता र जिम्मेवारी दुवै बढ्नेछन्। धैर्य र मेहनतले राम्रो परिणाम ल्याउनेछ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। परिवारबाट सहयोग प्राप्त हुनेछ। भविष्यका योजना र लगानीबारे सोच्ने समय अनुकूल देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक कामले थकान बढ्न सक्छ।

कुम्भ राशि

आज सोचविचार गरेर निर्णय लिनुपर्ने दिन हो। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। सहकर्मी वा साथीभाइको सहयोगले काम सहज बन्नेछ। नयाँ अवसर आए पनि हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा धैर्य र समझदारी आवश्यक रहनेछ। स्वास्थ्यमा सामान्य तनाव महसुस हुन सक्छ।

मीन राशि

आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुनेछ र मेहनतको फल प्राप्त हुन थाल्नेछ। परिवारबाट साथ र हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। कला, लेखन, अध्ययन वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। आर्थिक अवस्था सामान्य रहे पनि सानो लाभ प्राप्त हुने सम्भावना छ। दिन समग्रमा सुखद र सन्तुलित रहने संकेत देखिन्छ ।एभरेष्ट न्यूज एजेन्सी

वीरगन्ज । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँविरुद्ध प्रहरीले विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ ।

सोमबार साँझ वीरगन्जबाट पक्राउ परेका प्रसाईविरुद्ध मंगलबार विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको छ ।

सोमबार काठमाडौंबाट सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेका पर्साईले वीरगन्जमा आज कार्यक्रम गर्ने तालिका रहेको थियो ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । कक्षा १२ को परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत उत्तरसहित सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन्।

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षाको ‘म्यानेजमेन्ट ओन्ली’ नामक ह्वाट्सएप समूह तथा फेसबुक मेसेन्जरलगायत विभिन्न समूह बनाएर उत्तरसहित प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ परेको ब्यूरोले जनाएको छ ।

प्रहरीले मंगलबार काठमाडौंको रत्नपार्क क्षेत्रबाट गोरखाको भीमसेन थापा गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवन बस्दै आएका २९ वर्षीय सन्तोष बन्जारा र गोरखाकै गण्डकी गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–१ वनस्थली बस्दै आएका २० वर्षीय अश्विन अधिकारी पक्राउ परेका छन् ।

उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका तराई तथा बाकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बाँकी  हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बागमती र गण्डकी  प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्म वर्षा/हिमपात सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  तराई  भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ जेठ ५ गते मंगलवार ईस २०२६ मे १९ नेपाल सम्बत ११४६ अनालाथ्व तृतीया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल तृतीया, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, धृति योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १४ मिनेट र सूर्यास्त साँझ ६ बजेर ४८ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण  खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर १८ मिनेट देखि १२ बजेर ०० मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

मेष राशि

आजको दिन कामकाजमा नयाँ उत्साह र ऊर्जा लिएर आउने देखिन्छ। विगतदेखि रोकिएका वा अधुरा रहेका कामहरू फेरि अघि बढ्ने सम्भावना बलियो छ। कार्यालय वा व्यवसायमा तपाईंको सक्रियता र मेहनतको प्रशंसा हुन सक्छ। आर्थिक रूपमा सामान्य सुधारको संकेत देखिए पनि खर्च बढ्न सक्ने भएकाले बजेट व्यवस्थापनमा ध्यान दिनु राम्रो हुनेछ। परिवारका सदस्यसँगको सम्बन्ध सकारात्मक रहनेछ र घरको वातावरण रमाइलो बन्न सक्छ। प्रेम सम्बन्धमा खुलेर संवाद गर्दा सम्बन्ध अझ मजबुत बन्नेछ। स्वास्थ्यतर्फ थकान, टाउको दुख्ने वा निद्राको कमीले असर गर्न सक्ने भएकाले आराम आवश्यक रहनेछ।

वृष राशि

आज धैर्य र समझदारीले मात्र राम्रो परिणाम दिलाउने दिन हो। काममा केही ढिलाइ वा अवरोध आए पनि अन्ततः परिस्थिति तपाईंको पक्षमा आउने सम्भावना छ। आर्थिक लेनदेन गर्दा विशेष सावधानी अपनाउनु आवश्यक हुनेछ। व्यापार गर्नेहरूले नयाँ लगानी वा ठूलो निर्णयमा हतार नगर्नु राम्रो हुन्छ। परिवारबाट साथ र समर्थन प्राप्त हुनेछ, जसले मानसिक रूपमा बलियो बनाउनेछ। प्रेम सम्बन्धमा भावनात्मक निकटता बढ्ने संकेत छ। स्वास्थ्य सामान्य रहे पनि खानपानमा ध्यान दिनु राम्रो हुनेछ।

मिथुन राशि

आज आत्मविश्वास उच्च रहनेछ। नयाँ योजना सुरु गर्न, पुराना योजना कार्यान्वयन गर्न वा महत्वपूर्ण निर्णय लिनका लागि दिन अनुकूल देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक रूपमा लाभको सम्भावना छ र रोकिएको रकम प्राप्त हुन सक्छ। अध्ययन, लेखन, सञ्चार वा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन विशेष उपलब्धिमूलक बन्न सक्छ। परिवारसँगको सम्बन्ध मधुर रहनेछ। यात्राको अवसर आउन सक्छ, जसबाट फाइदा हुने संकेत पनि देखिन्छ।

कर्कट राशि

आज मनमा केही चिन्ता वा तनाव बढ्न सक्छ। कामको चापका कारण थकान महसुस हुन सक्छ र निर्णय लिन कठिन हुने अवस्था बन्न सक्छ। यस्तो समयमा परिवार वा नजिकका व्यक्तिसँग समय बिताउँदा मानसिक राहत मिल्नेछ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ, तर अनावश्यक खर्च बढ्न सक्छ। स्वास्थ्यमा पेट, पाचन वा खानपानसम्बन्धी समस्या देखिन सक्ने भएकाले सावधानी आवश्यक छ। धैर्य राखेर अघि बढ्दा दिनको अन्त्यतिर स्थिति सहज बन्दै जानेछ।

सिंह राशि

आज प्रतिस्पर्धात्मक वातावरणमा आफूलाई प्रमाणित गर्ने अवसर प्राप्त हुनेछ। काममा तपाईंको क्षमता र नेतृत्व देखिने सम्भावना छ। मेहनतअनुसार उपलब्धि प्राप्त हुने संकेत बलियो छ। व्यवसायमा लाभको सम्भावना देखिन्छ भने जागिर गर्नेहरूका लागि नयाँ जिम्मेवारी आउन सक्छ। सामाजिक रूपमा सम्मान बढ्नेछ। परिवारको साथ र हौसलाले आत्मविश्वास थप मजबुत बन्नेछ। यात्राको सम्भावना पनि देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक कामले थकान बढ्न सक्छ।

कन्या राशि

आज निर्णय गर्दा हतार नगर्नु राम्रो हुनेछ। काममा साना अवरोध आउन सक्छन्, तर धैर्य राखे समाधान भेटिनेछ। आर्थिक पक्षमा स्थिरता रहने संकेत छ, तर ठूलो लगानी गर्दा सावधानी आवश्यक हुनेछ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक रहनेछ। कामको चापका कारण मानसिक थकान बढ्न सक्छ। स्वास्थ्य सामान्य रहे पनि पर्याप्त आराम र सन्तुलित खानपान उपयोगी हुनेछ।

तुला राशि

आजको दिन सकारात्मक र उत्साहजनक रहने देखिन्छ। नयाँ व्यक्तिसँग भेटघाट वा सहकार्यको अवसर प्राप्त हुन सक्छ। आर्थिक रूपमा सुधार आउने संकेत छ र नयाँ आम्दानीको बाटो खुल्न सक्छ। प्रेम सम्बन्धमा खुसीको वातावरण बन्नेछ। विद्यार्थी तथा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन उपलब्धिमूलक बन्न सक्छ। सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ। परिवारसँगको सम्बन्ध पनि मधुर रहनेछ।

वृश्चिक राशि

आज जिम्मेवारी बढ्न सक्छ। काममा दबाब भए पनि तपाईंको मेहनत र लगनशीलताले राम्रो परिणाम ल्याउनेछ। आर्थिक लाभको संकेत भए पनि खर्च पनि बढ्न सक्छ, त्यसैले सन्तुलन आवश्यक हुनेछ। परिवारका सदस्यको सल्लाह उपयोगी बन्नेछ। पुरानो समस्या समाधानतर्फ जाने संकेत देखिन्छ। स्वास्थ्यतर्फ कमजोरी, थकान वा तनाव महसुस हुन सक्छ, त्यसैले आराममा ध्यान दिनु राम्रो हुनेछ।

धनु राशि

आज नयाँ अवसरहरू प्राप्त हुने सम्भावना बलियो छ। रोकिएका काम अघि बढ्नेछन् र नयाँ योजना सुरु गर्न आत्मविश्वास बढ्नेछ। यात्राबाट लाभ मिल्न सक्छ। आर्थिक रूपमा सुधारका संकेत छन्। परिवार र साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ। विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुने समय हो। सकारात्मक सोच र सक्रियताले दिनलाई अझ सफल बनाउनेछ।

मकर राशि

आज काममा स्थिरता आउनेछ। जिम्मेवारी धेरै भए पनि धैर्य र निरन्तर प्रयासले सफलता दिलाउनेछ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ र सानो लाभ प्राप्त हुन सक्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। भविष्यका योजना, लगानी वा नयाँ कामको तयारीका लागि समय उपयोगी बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ, तर पर्याप्त आराम लिनु राम्रो हुनेछ।

कुम्भ राशि

आज सोचविचार गरेर मात्र निर्णय लिनु राम्रो हुनेछ। खर्च बढ्ने सम्भावना भएकाले आर्थिक व्यवस्थापन आवश्यक छ। काममा सहकर्मी वा साथीभाइको सहयोगले सहजता आउनेछ। नयाँ अवसर प्राप्त भए पनि हतारमा अघि बढ्नु उचित हुँदैन। परिवारसँगको सम्बन्धमा धैर्य आवश्यक हुनेछ। स्वास्थ्यमा सामान्य थकान वा तनाव महसुस हुन सक्छ, त्यसैले आराम र मनोरञ्जनका लागि समय निकाल्नु राम्रो हुनेछ।

मीन राशि

आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुनेछ र मेहनतको परिणाम प्राप्त हुन थाल्नेछ। परिवारबाट साथ, सहयोग र हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ। अध्ययन, कला, लेखन वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। आर्थिक अवस्था सामान्य रहनेछ, तर सानो लाभ प्राप्त हुने सम्भावना पनि छ। दिन समग्रमा सुखद, सन्तुलित र आशावादी रहने संकेत देखिन्छ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२ चैत मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जाको आकार उल्लेख्य रूपमा बढेको छ ।

चैत्र मसान्तसम्मको तथ्यांकअनुसार कुल निक्षेप जीडीपी अनुपात १२९. ६५ प्रतिशत पुगेको छ भने कुल कर्जा जीडीपी अनुपात ९६.७३ प्रतिशत कायम भएको छ । कुल निक्षेपको तुलनामा कुल कर्जा अनुपात ७४. ६१ प्रतिशत रहेको छ ।

बैंकिङ प्रणालीमा खराब कर्जा अर्थात् निष्क्रिय कर्जा कुल कर्जाको ५. ६० प्रतिशत पुगेको छ । यस्तै कुल कर्जामा कर्जा नोक्सानी व्यवस्था अनुपात ५.९२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । तरलता अवस्थातर्फ हेर्दा कुल निक्षेपको तुलनामा तरल सम्पत्ति अनुपात ३५. ३७ प्रतिशत पुगेको छ । त्यस्तै सरकारी ऋणपत्रमा गरिएको लगानी कुल निक्षेपको १४. ८९ प्रतिशत रहेको छ । पूँजी पर्याप्तता सूचकमा कोर क्यापिटल अनुपात ९. ७२ प्रतिशत र कुल पूँजी पर्याप्तता अनुपात १२. ६२ प्रतिशत कायम रहेको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार हाल देशभर ५४ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । ती संस्थाका शाखा संख्या ६ हजार ४१९ पुगेका छन् । बैंकिङ पहुँच विस्तारसँगै निक्षेप खाताको संख्या ६ करोड २४ लाखभन्दा बढी पुगेको छ भने ऋण खाताको संख्या २० लाख ४४ हजारभन्दा धेरै रहेको छ ।

मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ९७ लाख ७५ हजारभन्दा बढी पुगेका छन् । इन्टरनेट बैंकिङ प्रयोगकर्ता २४ लाखभन्दा बढी छन् । एटिएम मेसिन संख्या ५ हजार १७४ पुगेको छ । डेबिट कार्ड प्रयोगकर्ता १ करोड ३८ लाखभन्दा बढी रहेका छन् भने क्रेडिट कार्ड संख्या ३ लाख २९ हजारभन्दा बढी पुगेको छ ।

ब्याजदरतर्फ औसत निक्षेप ब्याजदर ३.४० प्रतिशत कायम भएको छ । बचत निक्षेपमा औसत ब्याजदर २.९० प्रतिशत, मुद्दती निक्षेपमा ५.०९ प्रतिशत र कल निक्षेपमा ०.६७ प्रतिशत रहेको छ । यस्तै औसत कर्जा ब्याजदर ६.७७ प्रतिशत कायम भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।