काठमाडौं । अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
जैविक विविधता सम्बन्धी महासन्धिको सचिवालयले जैविक विविधता दिवस २०२६ को नारा ‘विश्वव्यापी प्रभावको लागि स्थानीय रूपमा कार्य गर्ने’ तय गरेको छ ।
सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गरेको थियो । त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यास थालियो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र संघको महासभा बैठकको निर्णय नम्बर ५५ र २०१ ले थप अङ्गीकार गर्यो र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा भएको हो ।
कानुनतः नेपालमा जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार व्याख्या गरिँदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।
छोटो दुरीमा धेरै भौगोलिक संरचना, भिन्न भिन्न मौसम एवं भिर, पहरा, गल्छी र उपत्यकाहरू छन् । पहाड र हिमाली क्षेत्रमा उत्तर-दक्षिण दुवैतिर फर्केका भित्ता पाखाहरूका कारण एकातिर घाम लाग्ने र अर्कोतिर ओसिलो हुन्छ । नेपालमा समुद्र सतहदेखिको न्यूनतम उचाइ ६० मिटरको झापा जिल्लाको केचना र अधिकतम उचाई ८,८४८ मिटरको सगरमाथा छ ।
नेपालमा २०७ प्रजातिका स्तनधारी, ८ ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, एक सय प्रजातिका सरिसृप र १८५ प्रजातिका माछा, ६५३ जातका पुतली, ३ हजार ९६६ भन्दा बढी राति उड्ने पुतली, ५ हजार बढी किरा, २ सय प्रजातिका माकुरा र ६ हजार बढी फुल फुल्ने वनस्पति, ४७१ प्रजातिका झ्याउ, १ हजार ८२२ प्रजातिका ढुसी र ३८३ प्रजातिका उन्यूहरू रहेको तथ्य छ । वनस्पतिमा गुराँस प्रजातिको संख्या ३० वटाभन्दा बढी छ । सुनगाभा र सुनाखरी परिवारका ३६३ भन्दा बढी प्रजाति छन् । सम्पूर्ण युरोपको भूभागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् । पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छ । नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खान योग्य छन् । त्यसमध्ये २ सय प्रजातिको खेती गरिन्छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । मध्य अमेरिकी देश होन्डुरसमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घटनामा १० मजदुर र ६ प्रहरीको ज्यान गएको हो ।
पहिलो आक्रमण उत्तरी होन्डुरसको ट्रुजिलो नगरस्थित एक खेतीयोग्य क्षेत्रमा भएको थियो । राष्ट्रिय प्रहरीका प्रवक्ता एडगार्डो बाराहोनाका अनुसार बन्दुकधारी समूहले त्यहाँ काम गरिरहेका मजदुरमाथि अन्धाधुन्ध गोली चलाएको थियो । घटनामा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ । उक्त क्षेत्र लामो समयदेखि जमिन र खेतीसम्बन्धी विवादका कारण तनावग्रस्त रहँदै आएको बताइएको छ ।
दोस्रो आक्रमण ग्वाटेमाला सीमाना नजिक पर्ने कोर्टेस क्षेत्रको ओमोआ नगरमा भएको थियो । त्यहाँ आक्रमणकारीले प्रहरी टोलीमाथि गोली चलाउँदा ६ प्रहरीको मृत्यु भएको हो । ज्यान गुमाउनेमध्ये एक वरिष्ठ प्रहरी अधिकारी पनि रहेका छन् ।
प्रहरीका अनुसार ती अधिकारीहरू गिरोहविरुद्धको अभियानमा खटिएका थिए । उनीहरू राजधानी तेगुसिगाल्पाबाट ओमोआतर्फ जाँदै गर्दा आक्रमणमा परेका हुन् ।
होन्डुरसको सुरक्षा मन्त्रालयले दुवै घटनाको अनुसन्धानका लागि फरेन्सिक विज्ञ र सरकारी अभियोजकसहितको टोली गठन गरिने जनाएको छ । प्रभावित क्षेत्रमा थप प्रहरी र सेना परिचालन गरिने पनि मन्त्रालयले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
जनकपुरधाम । कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारको समीकरण परिवर्तन भएको छ ।
जनमत र जसपा नेपाललाई बाहिर राखेर काँग्रेसले एमालेसँग सत्ता गठबन्धन गरेको छ । एमालेका मोहम्मद समिरलाई बिहीबार राती नै बिना विभागीय मन्त्री नियुक्त गरिएको छ । यता, कांग्रेस नेतृत्वको सरकारमा रहेका जनमत पार्टीका दुई मन्त्री अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाजकल्याण मन्त्री वसन्त कुशवाहले बिहीबार राति नै राजीनामा गरेका छन् ।
कांग्रेस, एमाले र नेकपाबीच केन्द्रीय तहमै भएको सहमतिअनुसार मधेश प्रदेश सरकारमा पनि जनमत र जसपा नेपाललाई सत्ताबाहिर राखिएको छ ।
जसपा नेपालले सरकारलाई विश्वासको मत दिने निर्णय गरेपनि उसलाई गठबन्धनबाट बाहिर राखिएको छ । मुख्यमन्त्री कृष्ण यादवले मधेश सरकारमा भौतिक पूर्वाधार तथा विकास मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी र श्रम तथा यातायात मन्त्री मनीष सुमनलाई हटाएका छन् । गुप्ता, तिवारी र सुमन जसपा नेपालबाट मन्त्री बनेका थिए । जसपा नेपालका तीनै जना मन्त्रीलाई मुख्यमन्त्री यादवले सत्ता समीकरण फेरबदल हुने भन्दै राजीनामा दिनका लागि भनेका थिए । राजीनामा नदिएपछि बर्खास्त गरेका हुन् ।
जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची तय गरिएको छ । एमालेले समर्थन गरेपछि कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारसँग बहुमत रहेको छ ।
मधेश प्रदेशमा नेकपा एमालेको सबै भन्दा धेरै २४ सिट रहेको छ भने नेपाली काँग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५, जनमत पार्टीको १२, लोसपाको ८ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको एक एक सिट रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कोशी प्रदेश, मधेश प्रदेश ,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल रही बाँकी भू-भागमा आंशिक बादल लागिरहेको छ । गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भैरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको केहि स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ ।
आजको राशिफल बिस २०८३ जेठ ८ गते शुक्रवार ईस २०२६ मे २२ नेपाल सम्बत ११४६ अनालाथ्व षष्ठी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल षष्ठी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, वृद्धि योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५० मिनेटमा हुनेछ ।
आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ५३ मिनेट देखि ८ बजेर ५३ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
मेष राशि
आजको दिन कामकाजमा सकारात्मक परिवर्तन ल्याउने खालको देखिन्छ। विगतदेखि रोकिएका केही योजना फेरि अघि बढ्न सक्छन्। कार्यक्षेत्रमा तपाईंको सक्रियता र निर्णय क्षमताको प्रशंसा हुने सम्भावना छ। आर्थिक रूपमा सामान्य सुधार देखिए पनि खर्च बढ्न सक्ने भएकाले अनावश्यक खर्चमा नियन्त्रण आवश्यक हुनेछ। परिवारका सदस्यसँगको सम्बन्ध राम्रो रहनेछ। प्रेम सम्बन्धमा खुलेर कुरा गर्दा गलतफहमी हट्नेछ। स्वास्थ्यतर्फ थकान र निद्राको कमीले असर गर्न सक्ने भएकाले आराममा ध्यान दिनु राम्रो हुनेछ।
वृष राशि
आजको दिन शान्त र सन्तुलित रहने संकेत छ। काममा धैर्य राख्दा राम्रो परिणाम प्राप्त हुनेछ। व्यवसाय वा रोजगारीमा क्रमिक प्रगति देखिन सक्छ। आर्थिक रूपमा सानो लाभ प्राप्त हुने सम्भावना छ। परिवारबाट सहयोग र हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ, तर खानपानमा लापरवाही नगर्नु राम्रो हुनेछ।
मिथुन राशि
आज आत्मविश्वास र उत्साह दुवै बढ्नेछन्। नयाँ योजना सुरु गर्न वा पुराना कामलाई गति दिन उपयुक्त समय देखिन्छ। साथीभाइ र सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक रूपमा लाभको सम्भावना छ। अध्ययन, लेखन, सञ्चार वा सिर्जनात्मक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुन सक्छ। परिवारमा खुसीको वातावरण बन्नेछ। यात्राको सम्भावना पनि देखिन्छ।
कर्कट राशि
आज मन अलि संवेदनशील बन्न सक्छ। कामको चाप र जिम्मेवारीका कारण मानसिक थकान महसुस हुन सक्छ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ, तर खर्च बढ्ने सम्भावना भएकाले सावधानी आवश्यक छ। परिवारसँग समय बिताउँदा राहत मिल्नेछ। स्वास्थ्यतर्फ पेट वा पाचनसम्बन्धी समस्या देखिन सक्ने भएकाले खानपानमा ध्यान दिनु राम्रो हुनेछ।
सिंह राशि
आज प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने संकेत छ। काममा तपाईंको नेतृत्व क्षमता देखिनेछ र वरिष्ठ व्यक्तिबाट प्रशंसा प्राप्त हुन सक्छ। व्यवसायमा लाभको सम्भावना बलियो छ। सामाजिक रूपमा मान–सम्मान बढ्नेछ। परिवारको साथले आत्मविश्वास थप मजबुत बन्नेछ। यात्राबाट लाभ मिल्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ।
कन्या राशि
आज निर्णय गर्दा हतार नगर्नु राम्रो हुनेछ। काममा केही ढिलाइ वा अवरोध आउन सक्छ, तर धैर्य राख्दा समाधान भेटिनेछ। आर्थिक रूपमा स्थिरता रहनेछ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक हुनेछ। नयाँ योजना अघि बढाउनुअघि राम्रोसँग सोचविचार गर्नु उपयुक्त हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी वा थकान महसुस हुन सक्छ।
तुला राशि
आजको दिन उत्साहजनक र उपलब्धिमूलक रहने संकेत छ। नयाँ अवसर प्राप्त हुन सक्छ। आर्थिक रूपमा सुधार आउने सम्भावना बलियो छ। प्रेम सम्बन्धमा खुसी र निकटता बढ्नेछ। सामाजिक भेटघाट र सहकार्यबाट लाभ मिल्न सक्छ। सिर्जनात्मक तथा कलात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन विशेष राम्रो रहनेछ।
वृश्चिक राशि
आज जिम्मेवारी र कामको दबाब बढ्न सक्छ। मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुने सम्भावना छ। आर्थिक लाभको संकेत भए पनि खर्च पनि बढ्न सक्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। पुराना समस्या समाधानतर्फ अघि बढ्ने संकेत देखिन्छ। स्वास्थ्यमा आरामको कमीले थकान महसुस हुन सक्छ।
धनु राशि
आज नयाँ अवसर र नयाँ योजना दुवै प्राप्त हुन सक्छन्। रोकिएका कामहरू अघि बढ्नेछन्। आत्मविश्वास बढ्नेछ र सकारात्मक सोचले सफलता दिलाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक रूपमा सुधारका संकेत छन्। परिवार र साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ। विद्यार्थीहरूका लागि दिन उपयोगी बन्न सक्छ।
मकर राशि
आज काममा स्थिरता आउनेछ। जिम्मेवारी धेरै भए पनि धैर्य र मेहनतले राम्रो परिणाम दिलाउनेछ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। परिवारको साथ र सहयोगले मनोबल बढाउनेछ। भविष्यका योजना वा लगानीका विषयमा सोच्ने समय उपयुक्त देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।
कुम्भ राशि
आज सोचविचार गरेर मात्र निर्णय लिनु राम्रो हुनेछ। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। सहकर्मी वा साथीभाइको सहयोगले काम सहज बन्नेछ। नयाँ अवसर आए पनि हतारमा अघि बढ्नु उचित हुँदैन। परिवारसँगको सम्बन्धमा धैर्य र समझदारी आवश्यक हुनेछ। स्वास्थ्यमा सामान्य तनाव महसुस हुन सक्छ।
मीन राशि
आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुनेछ र मेहनतको परिणाम प्राप्त हुन थाल्नेछ । परिवारबाट साथ, सहयोग र हौसला प्राप्त हुनेछ । प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ । अध्ययन, कला, लेखन वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। आर्थिक अवस्था सामान्य रहे पनि सानो लाभ प्राप्त हुने सम्भावना छ। दिन समग्रमा सुखद र सन्तुलित रहने संकेत देखिन्छ ।एभरेष्ट न्यूज एजेन्सी
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि सुशासन, पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिँदै सार्वजनिक सेवामा प्रविधिको प्रयोग बढाउने जनाएको छ। युवालाई सरकारी सेवामा आकर्षित गर्न ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।
पूर्वाधारतर्फ सडक विस्तार, तमोर–चिसाङ डाइभर्सन, तमोर–लेउती सुरुङमार्ग र चतरा–चौरीखर्क रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाइने भएको छ। ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
सरकारले २०८३ साउनदेखि २०८५ असारसम्म ‘कोशी प्रदेश भ्रमण वर्ष’ मनाउने घोषणा गरेको छ। पाथीभरा, हलेसी, कन्याम, श्रीअन्तुलगायत पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरिनेछ ।
कृषिमा चिया, अलैँची, अदुवा, दूध तथा तरकारी उत्पादन र निर्यातमा जोड दिइएको छ भने शिक्षातर्फ प्राविधिक शिक्षा र ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
स्वास्थ्य क्षेत्रमा प्रदेश अस्पताललाई स्तरोन्नति गरी विशेषज्ञ सेवा विस्तार गरिने तथा मानसिक स्वास्थ्य र लागुपदार्थ दुर्व्यसन नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने सरकारले जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल सुरु गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संविधान संशोधन बहसपत्र सम्बन्धी सुझाव संकलनका लागि राजनीतिक व्यक्तित्व छलफल गरिरहेको छ।
काठमाडौँ । जर्मनीले फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि आफ्नो टिमको घोषणा गरेको छ । अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने विश्वकप सुरु हुन तीन सातामात्र बाँकी रहँदा मुख्य प्रशिक्षक युलियन नागेल्समानले बिहीबार अन्तिम टोली सार्वजनिक गरेका हुन् ।
घाइते भएका कारण सर्ज ग्नाब्री र मार्क आन्द्रे टर स्टेगन टोलीमा परेका छैनन् । यसअघि टोलीमा पर्ने चर्चा चलेका कोलोनका सइद एल माला पनि अन्तिम सूचीमा अटाउन सकेनन् ।
बायर्न म्युनिखका अनुभवी गोलरक्षक मानुएल नोयर अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास फिर्ता गर्दै टोलीमा समावेश भएका छन् ।
जर्मनीको विश्वकप टोलीः
गोलरक्षकः ओलिभर बाउमान, मानुएल नेउएर, अलेक्जान्डर न्युबेल ।
डिफेन्डर: जोसुआ किमिच, निको श्लोटरबेक, नाथानिएल ब्राउन, डेभिड राउम, वाल्डेमार एन्टोन, एन्टोनियो रुडिगर, जोनाथन टा, र मलिक थियाउ ।
मिडफिल्डर: जमाल मुसियाला, जेमी लेवेलिङ, अलेक्जान्डार पाभ्लोभिच, नादिम अमिरी, लियोन गोरेट्स्का, पास्कल ग्रोस, लेनार्ट कार्ल, फेलिक्स नमेचा, लिरोय साने, एन्जेलो स्टिलर र फ्लोरियन भिर्ट्ज ।
फरवार्ड: काइ हाभर्ट्ज, डेनिज उन्डाभ, म्याक्सिमिलियन बाएर र निक वोल्टेमाडे ।
जर्मनी विश्वकपमा समुह इ मा कुराकाओ, आइभरी कोष्ट र इक्वेडरसँग रहेको छ । जर्मनीले विश्वकपमा आफ्नो पहिलो खेल जुन १४ मा कुरकाओसँग खेल्ने छ भने दोस्रो खेल जुन २० मा आइभरी कोष्टसँग र तेस्रो खेल इक्वेडरसँग जुन २५ मा खेल्ने तालिका रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। साथै बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ। । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भैरहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भू-भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा, मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ जेठ ७ गते विहिबार ईस २०२६ मे २१ नेपाल सम्बत ११४६ अनालाथ्व पञ्चमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल पञ्चमी, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, गण्ड योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४९ मिनेटमा हुनेछ ।
आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर १२ मिनेटदेखि १० बजेर ४८ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
मेष राशि
आज कामकाजमा राम्रो गति आउनेछ। रोकिएका काम अघि बढ्ने संकेत देखिन्छ। जिम्मेवारी बढे पनि तपाईंको क्षमता अनुसार नतिजा राम्रो आउनेछ। आर्थिक रूपमा सामान्य सुधार देखिए पनि खर्च नियन्त्रणमा राख्नु आवश्यक हुनेछ। परिवारमा सानो खुसी वा भेटघाटले वातावरण रमाइलो बन्न सक्छ। स्वास्थ्यतर्फ थकान महसुस हुन सक्छ, त्यसैले आरामलाई प्राथमिकता दिनु राम्रो हुनेछ।
वृष राशि
आजको दिन स्थिर र सन्तुलित रहनेछ। काममा धैर्य राखे राम्रो परिणाम प्राप्त हुनेछ। व्यापार वा रोजगारी दुवैतर्फ सामान्य लाभको संकेत छ। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। आर्थिक रूपमा ठूला उतारचढाव नदेखिए पनि सानो खर्च बढ्न सक्छ।
मिथुन राशि
आज आत्मविश्वास बढ्ने दिन हो। नयाँ योजना सुरु गर्न वा पुराना कामलाई गति दिन अनुकूल समय छ। साथीभाइ वा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक रूपमा सुधारका संकेत छन्। अध्ययन, लेखन वा सञ्चारसम्बन्धी क्षेत्रमा राम्रो प्रगति हुन सक्छ। परिवारमा खुसीको वातावरण बन्नेछ।
कर्कट राशि
आज मन केही संवेदनशील बन्न सक्छ। कामको चाप र जिम्मेवारीले तनाव बढाउन सक्छ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ, तर अनावश्यक खर्चबाट बच्नु राम्रो हुनेछ। परिवारसँग समय बिताउँदा मन हलुका हुनेछ। स्वास्थ्यतर्फ पाचन वा पेटसम्बन्धी समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउनु उपयुक्त हुनेछ।
सिंह राशि
आज प्रतिस्पर्धामा सफलता प्राप्त हुने सम्भावना छ। काममा तपाईंको मेहनतको राम्रो मूल्यांकन हुनेछ। सामाजिक रूपमा मान–सम्मान बढ्न सक्छ। व्यवसायमा लाभको संकेत देखिन्छ। परिवारको साथले आत्मबल बढ्नेछ। यात्राको सम्भावना पनि देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।
कन्या राशि
आज निर्णय गर्दा हतार नगर्नु राम्रो हुनेछ। काममा साना अवरोध आउन सक्छन् तर धैर्यले समाधान दिनेछ। आर्थिक अवस्था स्थिर रहनेछ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक हुनेछ। नयाँ काम वा योजना अघि बढाउँदा सोचविचार आवश्यक छ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ।
तुला राशि
आजको दिन उत्साहजनक रहने संकेत छ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। आर्थिक रूपमा सुधार देखिन सक्छ। प्रेम सम्बन्धमा खुसी र निकटता बढ्नेछ। सामाजिक भेटघाट बढ्नेछ र मान–सम्मान प्राप्त हुन सक्छ। सिर्जनात्मक काममा राम्रो प्रगति हुने समय हो।
वृश्चिक राशि
आज जिम्मेवारी बढ्नेछ। काममा दबाब भए पनि नतिजा राम्रो आउनेछ। आर्थिक लाभको सम्भावना छ, तर खर्च पनि बढ्न सक्छ। परिवारबाट सहयोग मिल्नेछ। पुराना समस्या समाधानतर्फ अघि बढ्ने संकेत छ। स्वास्थ्यमा थकान वा तनाव देखिन सक्छ, त्यसैले आराम आवश्यक हुनेछ।
धनु राशि
आज नयाँ अवसरहरू प्राप्त हुन सक्छन्। रोकिएका काम अघि बढ्नेछन्। आत्मविश्वास बढ्नेछ। यात्राबाट लाभ मिल्ने संकेत छ। आर्थिक रूपमा सुधार देखिन्छ। परिवार र साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ। विद्यार्थीहरूका लागि दिन उपयोगी बन्न सक्छ।
मकर राशि
आज काममा स्थिरता आउनेछ। जिम्मेवारी बढे पनि मेहनतले राम्रो परिणाम दिलाउनेछ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। भविष्यका योजना बनाउन उपयुक्त समय हो। स्वास्थ्य सामान्य रहनेछ।
कुम्भ राशि
आज सोचविचार गरेर निर्णय लिनु राम्रो हुनेछ। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापन आवश्यक छ। काममा सहकर्मीको सहयोग मिल्नेछ। नयाँ अवसर आए पनि हतार नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा धैर्य आवश्यक हुनेछ। स्वास्थ्यमा सामान्य थकान देखिन सक्छ ।
मीन राशि
आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुनेछ। परिवारबाट साथ र हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। अध्ययन, कला वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। आर्थिक अवस्था सामान्य रहे पनि सानो लाभ प्राप्त हुने सम्भावना छ। दिन समग्रमा सुखद रहनेछ ।एभरेष्ट न्यूज एजेन्सी