काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत आगामी आर्थिक वर्षदेखि पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा घोषण गरेका छन् ।
अर्थमन्त्री डा. वाग्लेले आगामी आव २०८३/८४ को बजेट मार्फत सेयर कारोबारमा भएको लाभमा लाग्ने पूँजीगत लाभकर अन्तिम हुने घोषण गरेका हुन् ।
यस घोषणासँगै पूँजीगत लाभ कर तिरेको आय व्यक्तिको आयमा गणना हुने वा व्यक्तिगत आयकर सीमाभित्र पर्ने छैन । पूँजीगत लाभकरको व्यवस्था एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेले ७.५ प्रतिशत तथा १ वर्षभन्दा लामो अवधि होल्ड गर्नेले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।
त्यस्तै पूँजी बजारमा गैर आवासीय नेपालीको लगानी सहजीकरण गर्न अर्थमन्त्रीले विभिन्न नीतिगत संशोधन गर्ने घोषणा गरेका छन् ।
बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. वाग्लेले गैरआवासीय नेपालीलाई धितोपत्र बजारको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखाकंन, नाफा फिर्ता र पूँजीगत लाभकर सम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गर्ने बताएका छन् ।
अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ३१ निकाय खारेज गर्ने घोषणा गरेका छन् ।
बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले सरकारी संरचना चुस्त बन्ने, दरबन्दी कटौती गरिने र ३१ निकाय खारेज हुने तथा १८ निकायको पुनर्संरचना हुने घोषणा गरेका हुन् ।
उनले अनावश्यक संरचना र निकाय खारेजबाट २० अर्ब बचत हुने बताएका छन् ।
अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण शुरु गरेका छन् ।
अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गर्न शुरु गरेका हुन् ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३-८४ को वार्षिक बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई संघीय संसदमा पेश गर्न लाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आजै अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेस गर्ने कार्यक्रम रहेको छ ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
आज बजेट पारित गर्न प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा योजना आयोगको पूर्ण बैठक दिउसो १ बस्दैछ भने त्यसपछि स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस हुने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि बजेट वक्तव्य संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था रहेको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । संयुक्त राष्ट्रसंघको नयाँ जलवायु प्रतिवेदनले आगामी पाँच वर्षभित्र पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने चेतावनी दिएको छ ।
प्रतिवेदनअनुसार यही अवधिमा पृथ्वीको सबैभन्दा तातो वर्षको कीर्तिमान पटक पटक तोडिन सक्ने सम्भावना रहेको छ । विश्व मौसम विज्ञान संगठनले सन् २०३० सम्म आर्कटिक क्षेत्रको तापक्रम करिब १ दशमलव ६६ डिग्री सेल्सियसले बढ्न सक्ने अनुमान पनि गरेको छ ।
प्रतिवेदनमा अमेजन क्षेत्रमा गम्भीर खडेरी र डढेलोको जोखिम बढ्ने उल्लेख गरिएको छ । वैज्ञानिकहरूले कोइला, तेल र ग्यासको बढ्दो प्रयोगका कारण विश्वव्यापी तापक्रम वृद्धि भइरहेको र यसले बाढी, खडेरी तथा अत्यधिक गर्मीजस्ता मौसमी विपद् झन् बढाउने बताएका छन् ।
संयुक्त राष्ट्रसंघको जलवायु निकाय र बेलायतको मौसम विभागले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनमा सन् २०२६ देखि २०३० बीच विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिअघिको अवस्थाभन्दा १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि रहने सम्भावना ७५ प्रतिशत रहेको उल्लेख छ ।
प्रतिवेदनअनुसार तापक्रममा सामान्य वृद्धि भए पनि यसले मानव मृत्यु, प्राकृतिक जोखिम र जीवजन्तुका प्रजातिमा गम्भीर असर पार्नेछ । प्रवाल भित्ते र हिमनदीजस्ता प्राकृतिक प्रणालीले थप तापीय दबाब सहन नसक्ने चेतावनी दिइएको छ ।
विश्व मौसम विज्ञान संगठनका अनुसार आगामी पाँच वर्षमध्ये कम्तीमा एक वर्षमा १ दशमलव ५ डिग्री सेल्सियसको सीमा पार हुने सम्भावना ९१ प्रतिशत रहेको छ । यस्तै सन् २०२४ मा बनेको पृथ्वीको सबैभन्दा तातो वर्षको कीर्तिमान फेरि तोडिने सम्भावना ८६ प्रतिशत रहेको जनाइएको छ ।
अनुमानअनुसार सन् २०३० सम्म प्रत्येक वर्षको तापक्रम १९औँ शताब्दीको अन्त्यतिरको अवस्थाभन्दा १ दशमलव ३ देखि १ दशमलव ९ डिग्री सेल्सियससम्म बढी रहनेछ ।
प्रतिवेदनमा ‘एल निनो’ को प्रभाव फेरि देखिन सक्ने सम्भावना पनि औँल्याइएको छ । छोटो अवधिको मौसम पूर्वानुमानमा ‘एल निनो’ सक्रिय हुन सक्ने संकेत देखिएको र यसको असर सन् २०२८ सम्म कायम रहन सक्ने विश्व मौसम विज्ञान संगठनले जनाएको छ । यसका कारण सन् २०२७ मा सन् २०२४ को तापक्रम रेकर्ड तोडिन सक्ने अनुमान गरिएको छ ।
संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले पछिल्ला वर्षहरूमा केही प्रगति भए पनि तापक्रम वृद्धि नियन्त्रण गर्ने प्रयास पर्याप्त नभएको बताएका छन् । प्रतिवेदनकी सहलेखिका मेलिसा सिब्रुकले १ दशमलव ५ डिग्री सेल्सियस अन्तिम सीमा नभएको उल्लेख गर्दै प्रत्येक ० दशमलव १ डिग्री तापक्रम वृद्धि हुँदै जाँदा यसको असर झन् गम्भीर बन्ने बताइन् ।
लन्डनकी जलवायु वैज्ञानिक फ्रेडरिक ओटोले यदि तापक्रम पूरा वर्ष १ दशमलव ५ डिग्रीभन्दा माथि रह्यो भने संसारले अत्यन्त खतरनाक मौसमीय अवस्था सामना गर्नुपर्ने चेतावनी दिएकी छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हाँसिल गर्न सबै तहका सरकार निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्र्रपति पौडेलले गणतन्त्र दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राखी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्दै सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माण गर्न आ-आफ्नो क्षेत्रबाट योगदान पुऱ्याउनका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्वद्ध सबैमा आह्वान समेत गरेका छन् ।
उनले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएक आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका श्रद्धेय नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवम् राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गरेका छन् ।
उनले भनेका छन्- ‘नेपाली जनताको लामो संघर्ष र बलिदानको प्रतिफल स्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट वि.सं. २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं ।’
राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको उल्लेख गरेका छन् । उनले यस ऐतिहासिक दिवसले सबै नेपालीहरूबीच आपसी विश्वास सहकार्य र राष्ट्रिय एकताको भावना अझ सुदृढ हुँदै जाओस् भन्ने कामना समेत गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जारी काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुदैछ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने फाइनल खेलमा इरान र काजकिस्तान खेल्दैछन् । फाइनल खेल अपराहन्न साढे ४ बजेदेखि शुरु हुने छ ।
इरानले नेपाललाई र काजकिस्तानले सेमिफाइनलमा भारतलाई पराजित गरेर फाइनलमा पुगेका हुन् । त्यस्तै तेस्रो स्थानका लागि आजै नेपाल र भारतबीच खेल हुदैछ । यो खेल दिउसो १ बजे हुनेछ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टिको वैधानिक समाधान पनि गणतान्त्रिक व्यवस्थामार्फत मात्रै सम्भव हुने बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले परिवर्तनको गति अपेक्षाअनुसार तीव्र हुन नसकेको स्वीकार गर्दै त्यसबाट प्रणालीप्रति असन्तुष्टि उत्पन्न हुन सक्ने र त्यस्ता असन्तुष्टिको वैधानिक समाधान पनि गणतान्त्रिक व्यवस्थामार्फत मात्रै सम्भव हुने जिकिर गरेका हुन् ।
उनले भनेका छन्- ‘चाहेजति गतिमा परिवर्तन हुन नसक्दा प्रणालीसँगै असन्तुष्टि हुन पनि सक्छ, तर ती असन्तुष्टिको वैधानिक रूपमा सम्बोधन गर्न पनि गणतान्त्रिक प्रणाली नै चाहिन्छ । त्यसैले, यस व्यवस्थाको रक्षा गर्न सकिए मात्र जनताले अवस्था परिवर्तन गर्न पाउँछन्। लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नारा बीचको भिन्नता समाजले तत्काल होइन, जीवन भोगाइको नतिजामा बिस्तारै थाहा पाउने कुरा हो ।’
ओलीले गणतन्त्र स्थापना नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागको परिणाम भएको बताएका छन् । उनले आजभन्दा ठीक १८ वर्षअघि नेपाली जनताले आफैं निर्वाचित गरेको संविधानसभाबाट गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन भएको उल्लेख गरेका छन् । उनले बोल्ने, लेख्ने, संगठित हुने तथा राजनीतिक विचार राख्ने अधिकार प्राप्त गर्न हजारौं अग्रजहरूले जीवन बलिदान गरेको र धेरैले जेल, यातना तथा निर्वासन भोग्नुपरेको स्मरण गरेका छन् ।
ओलीले जनताको ठूलो संघर्षपछि हुकुमबाट चल्ने शासन प्रणाली अन्त्य भएर कानुनबाट चल्ने व्यवस्था स्थापना भएको बताएका छन् । व्यक्तिको इच्छाअनुसार चल्ने शासनको सट्टा लोकतान्त्रिक अङ्ग र संरचनाबाट सञ्चालन हुने पद्धति सुरु भएको उनको भनाइ छ । अध्यक्ष ओलीले गणतान्त्रिक अभ्यास छोटो समयमै भए पनि सामाजिक र भौतिक विकासमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै गणतन्त्र केवल शासन प्रणाली परिवर्तन मात्र नभई नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको बताएका छन् ।
उनका अनुसार शताब्दीयौँसम्म ‘प्रजा’ भएर बाँचेको समाज संविधानमार्फत सार्वभौम नागरिकमा रूपान्तरित भएको उल्लेख गर्दै गाउँगाउँसम्म स्थानीय सरकार पुगेको, राज्यका हरेक तहमा महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएको समुदायको प्रतिनिधित्व बढेको, अभिव्यक्ति स्वतन्त्रता विस्तार भएको, डिजिटल सेवामा पहुँच बढेको तथा सडक र सञ्चार विस्तार भएका विषयलाई गणतन्त्रका उपलब्धिका रूपमा उल्लेख गरेका छन् ।
ओलीले जनताको निराशाबाट फाइदा उठाएर लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाउने र भावनालाई भड्काएर संरचना कमजोर बनाउने प्रवृत्तिप्रति पनि चेतावनी दिएका छन् । उनले संविधान, संसद्, न्यायपालिका र स्वतन्त्र प्रेसको रक्षा नै अहिले गणतन्त्रको रक्षा भएको बताएका छन् । लोकतान्त्रिक संस्थाहरू कमजोर भए समाज र जनताको भविष्य पनि असुरक्षित हुने उनको भनाइ छ ।
गणतन्त्र दिवसका अवसरमा अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष सम्झन र लोकतन्त्र कमजोर भए भविष्य कस्तो हुन्छ भन्ने विषयमा गम्भीर चिन्तन गर्न सबैलाई आह्वान गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन आज गणतन्त्र दिवस मनाइदै छ ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बनेको थियो ।
विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।
विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।
आज गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुदैछ । एभरेष्ट न्यूज एजेन्सी