२०८३ आश्विन २४
२०८३ आश्विन २४

काठमाडौँ । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुदैछन् ।

आज पहिलो सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार अपराहन्न सवा ४ बजेदेखि हुदैछ ।

समुह ए बाट नेपालले दुवै खेल जितेर समुह बिजेताको रुपमा सेमिफाइनलमा पुगेको छ भने बंगलादेश समुह बी मा २ खेलमा एक जित र एक हारसहित उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै आजै दोस्रो सेमिफाइनलमा भारत र भुटान पनि खेल्दैछन् । यो खेल राति सवा ८ बजेदेखि शुरु हुने छ ।

समुह ए बाट भुटान २ खेलमा एक जित र एक हारसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो भने समुह बी बाट भारतले दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार हुने तालिका रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।

आज बिहान ९ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधि सम्बन्धि छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै आज बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपसमिति गठन, समितिको आन्तरिक कार्यविधि पारित गर्ने कार्यसुची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल तथा कोशी, मधेश र बागमती प्रदेशको तराई भू-भागमा मुख्यतया सफा लागेको छ। लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा कोशी बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश  प्रदेशमा तथा  कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन  हुने सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल,  पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ जेठ २० गते बुधबार ईस २०२६ जुन ३ नेपाल सम्बत ११४६ अनालागा तृतिया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ कृष्ण तृतिया, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, शुभ योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५६ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ८ मिनेटदेखि ६ बजेर ५१ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

मेष

आजको दिन आत्मविश्वास र उत्साहले भरिएको रहनेछ। कार्यक्षेत्रमा तपाईंका योजना र प्रयासले सकारात्मक परिणाम दिन सक्छन्। लामो समयदेखि रोकिएका कामहरू अघि बढ्ने सम्भावना छ। व्यवसाय गर्नेहरूका लागि नयाँ अवसर देखा पर्न सक्छ। आर्थिक पक्षमा सुधारका संकेत देखिए पनि खर्चमा संयम अपनाउनु राम्रो हुनेछ। परिवारका सदस्यहरूसँगको सम्बन्ध सुमधुर रहनेछ र घरमा खुसीको वातावरण बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ, तर थकान बढ्न नदिन आराममा ध्यान दिनु उचित हुनेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्न सक्छ र नयाँ व्यक्तिसँगको परिचय लाभदायक बन्नेछ।

वृष

आज धैर्य र विवेकको प्रयोग गर्नुपर्ने दिन छ। कार्यक्षेत्रमा साना चुनौतीहरू देखा पर्न सक्छन्, तर तपाईंको अनुभव र समझदारीले समाधान निकाल्न सहयोग गर्नेछ। आर्थिक पक्षमा सामान्य सुधार देखिनेछ। पुरानो लगानी वा प्रयासबाट लाभ मिल्न सक्ने सम्भावना छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप बलियो बन्नेछ। घरायसी विषयमा महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यमा खानपान र आरामतर्फ विशेष ध्यान दिनु राम्रो हुनेछ। अनावश्यक विवाद वा बहसबाट टाढा रहनु फाइदाजनक हुनेछ।

मिथुन

आजको दिन व्यस्त रहने सम्भावना छ। एकैपटक धेरै जिम्मेवारी आउन सक्ने भएकाले समय व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुनेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग प्राप्त हुनेछ र केही महत्वपूर्ण काम सम्पन्न हुन सक्छन्। आर्थिक पक्षमा सन्तुलन कायम रहनेछ, तर अनियोजित खर्च बढ्न सक्ने संकेत देखिन्छ। परिवारसँग समय बिताउने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा समझदारी बढ्ने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि सकारात्मक महसुस हुनेछ।

कर्कट

आज परिवार र व्यक्तिगत जीवनमा खुसीको वातावरण बन्न सक्छ। आफन्त वा साथीभाइसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनतको कदर हुन सक्छ र नयाँ अवसर प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सुधारका संकेत देखिन्छन्। रोकिएको रकम प्राप्त हुन सक्छ। स्वास्थ्य सामान्य रहनेछ, तर पुराना स्वास्थ्य समस्याप्रति सजग रहनु राम्रो हुनेछ। दिनभर सकारात्मक सोच कायम रहनेछ र आत्मविश्वास बढ्नेछ।

सिंह

आज नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ र त्यसबाट राम्रो परिणाम प्राप्त हुने सम्भावना छ। वरिष्ठ व्यक्तिको सहयोग र विश्वास प्राप्त हुनेछ। आर्थिक पक्ष बलियो देखिए पनि ठूलो लगानी गर्नुअघि राम्रोसँग सोचविचार गर्नु आवश्यक छ। परिवारको साथ र सहयोगले मनोबल बढाउनेछ। सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र ऊर्जा स्तर उच्च रहनेछ।

कन्या

आज अध्ययन, अनुसन्धान र नयाँ ज्ञान हासिल गर्नका लागि अनुकूल दिन रहेको छ। कार्यक्षेत्रमा धैर्यका साथ काम गरे राम्रो परिणाम प्राप्त हुनेछ। व्यवसायमा साना सुधार देखिन सक्छन्। आर्थिक पक्ष स्थिर रहनेछ। परिवारमा समझदारी र सहयोगको वातावरण कायम रहनेछ। यात्राको सम्भावना बन्न सक्छ र त्यसबाट लाभ प्राप्त हुन सक्छ। स्वास्थ्यमा सामान्य सावधानी अपनाउनु राम्रो हुनेछ। आफ्नो लक्ष्यप्रति केन्द्रित रहेमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने दिन छ।

तुला

आज आर्थिक पक्षमा सकारात्मक संकेत देखिन्छन्। आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन् वा रोकिएको रकम प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा सहकर्मी र मित्रहरूको सहयोगले काम सहज बन्नेछ। परिवारमा खुसीको वातावरण रहनेछ। सामाजिक तथा सामुदायिक गतिविधिमा सहभागिता बढ्न सक्छ। नयाँ योजना सुरु गर्न वा पुरानो योजना विस्तार गर्न उपयुक्त समय देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ र मनमा उत्साह कायम रहनेछ।

वृश्चिक

आज मेहनतको उचित प्रतिफल प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा प्रतिस्पर्धा भए पनि तपाईंको क्षमता र लगनशीलताले सफलता दिलाउन सक्छ। आर्थिक पक्षमा सुधार देखिनेछ। परिवारमा कुनै शुभ समाचार प्राप्त हुन सक्छ। सम्बन्धमा विश्वास र पारदर्शिता कायम राख्न सके सम्बन्ध अझ बलियो बन्नेछ। नयाँ योजना वा सोचले भविष्यका लागि राम्रो अवसर सिर्जना गर्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ।

धनु

आजको दिन उत्साह, उमंग र सकारात्मक ऊर्जाले भरिएको रहनेछ। नयाँ अवसरहरू प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा तपाईंको सक्रियता र मेहनतले राम्रो परिणाम दिनेछ। यात्रा वा बाहिरी कामबाट लाभ मिल्न सक्छ। आर्थिक पक्षमा सुधारको संकेत देखिन्छ। सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्न सक्छ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। दिनभर आशावादी सोच कायम रहनेछ र नयाँ काम सुरु गर्ने आत्मविश्वास प्राप्त हुनेछ।

मकर

आज जिम्मेवारी बढ्न सक्ने दिन हो। कार्यक्षेत्रमा अतिरिक्त कामको भार आउन सक्छ, तर योजनाबद्ध तरिकाले अघि बढे सफलता प्राप्त हुनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। खर्चमा नियन्त्रण राख्नु लाभदायक हुनेछ। परिवारको सहयोगले मानसिक बल प्रदान गर्नेछ। स्वास्थ्यमा थकान महसुस हुन सक्ने भएकाले आराममा ध्यान दिनु आवश्यक छ। भविष्यका योजनामा प्रगति हुने संकेत देखिन्छ। धैर्य र अनुशासनले दिन सफल बनाउन मद्दत गर्नेछ।

कुम्भ

आज नयाँ सोच, नयाँ योजना र नयाँ अवसरको दिन हुन सक्छ। कार्यक्षेत्रमा प्रगति देखिनेछ र रोकिएका कामहरू अघि बढ्न सक्छन्। साथीभाइ तथा सहकर्मीको सहयोग प्राप्त हुनेछ। आर्थिक अवस्थामा सुधार आउन सक्छ। परिवारभित्र खुसीको वातावरण कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुने सम्भावना छ। कुनै पुरानो चिन्ता हट्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ र मन प्रसन्न रहनेछ।

मीन

आज मिश्रित परिणाम दिने दिन भए पनि धैर्य र सकारात्मक सोचले राम्रो उपलब्धि दिलाउन सक्छ। कार्यक्षेत्रमा केही चुनौती देखिए पनि समाधानका बाटा भेटिनेछन्। आर्थिक पक्षमा सावधानी अपनाउनु आवश्यक हुनेछ। परिवारको साथ र सहयोगले मानसिक शान्ति प्रदान गर्नेछ। पुराना कामहरू सम्पन्न गर्ने अवसर प्राप्त हुन सक्छ। नयाँ योजना बनाउनुअघि सबै पक्षको मूल्यांकन गर्नु उचित हुनेछ। दिनको अन्त्यतिर कुनै सुखद समाचार प्राप्त हुने सम्भावना छ, जसले मनमा नयाँ उत्साह थप्नेछ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४६ कम्पनिका एक करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर ५ अर्ब २६  करोड ५२ लाख ७५ हजार २९९ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको शेयर १३.६७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी नबिल डिभेन्चरको शेयर ४.५९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४६ करोड ७६ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २६ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौं । विपक्षी दलका सांसदहरुको विरोधका कारण राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

मंगलबार बैठक सुरु हुनासाथ सीमा बारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक बुधबारम्मका लागि स्थगित भएको हो ।

बैठकको शुरूमै आकस्मिक समय माग गर्दै राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले प्रधानमन्त्री स्वयं उपस्थित भएर उक्त अभिव्यक्ति फिर्ता लिदै माफी माग्नुपर्ने माग गरेका थिए ।

आकस्मिक समयपछि सदस्यहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेपालमा विदेशी पर्यटकको अगामन मे महिनामा १९.०७ प्रतिशतले बढेको । गत बर्षको मे महिनामा भन्दा यस बर्षको मेमा नेपाल आउने विदेशी पर्यटकको संख्या १९ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

यस बर्षको मेमा कुल एक लाख २ हजार ६२६ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको मेमा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को मेमा यो संख्या ७८ हजार ३२९ रहेको थियो ।

मे महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट मेमा ४० हजार ७८२ जना अर्थात ३९.७४ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै मेमा चीनबाट दोस्रो धेरै ११ हजार ५१४ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।

त्यसैगरी अमेरिकाबाट ९ हजार १, बंगलादेशबाट ५ हजार २९८ जना, बेलायतबाट ३ हजार ३७५ जना, अस्ट्रेलियाबाट २ हजार ८७० जना, मलेसियाबाट २ हजार ८५७ जना र जापानबाट १ हजार ७५६ पर्यटक मे महिनामा नेपाल आएका छन् ।

पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल ४८ हजार ४६१, एशियाका अन्य देशबाट २० हजार ४६२ जना, युरोपबाट १३ हजार ४४० जना, अमेरिका क्षेत्रबाट १० हजार ६१८ जना, ओसिनियाबाट ३ हजार १८८ जना मे महिनामा नेपाल आएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।

राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग लगायतको हत्या भएको थियो ।

दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेको र पछि आफैंलाई गोली हानेको भन्ने छानविन प्रतिवेदन सार्वजनिक भए पनि आम रुपमा त्यसलाई विश्वास गरिएको छैन । दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीश केशव प्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य रहेको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनाको विवरण सार्बजनिक गरेको थियो ।

उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यमय नै रहेको छ । देशमा राजतन्त्र हताटाएर गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को घटनाप्रतिको दुख अहिले पनि आम नेपालीहरुमा रहेको देखिन्छ ।

राजा वीरेन्द्रको वंश नाशपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजा भए । उनले प्रत्यक्ष शासन हातमा लिदाको परिणाम २०६२/६३ मा दोस्रो जनआन्दोलनमार्फत देशमा गणतन्त्र आयो र राजसंस्था नै अन्त्य भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बनेका थिए ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार अपराहन्न १: १५ बजेदेखि शुरु हुदैछ ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै राष्ट्रिय सभाको आजको बैठकमा आजदेखि आर्थिक बर्ष २०८३-८४ को राजश्व र व्ययकको बार्षिक अनुमानमाथिको छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार दिउसो १ बजेदेखि शुरु हुने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यतालिका रहेको छ ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३-८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा आव २०८३-०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।