२०८३ आश्विन २४
२०८३ आश्विन २४

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग, लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ र अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भाग, तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा ४-५ दिनमा मनसुन बिस्तार हुने सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ र तराईमा आंशिक बादल लागेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ, तराईमा मौसम मूख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भू-भाग साथै मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशका थोरै स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तातो लहर हुने सम्भावना छ ।

त्यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशको केही स्थानमा,  बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ असार १३ गते शनिबार ईस २०२६ जुन २७ नेपाल सम्बत ११४६ तछलाथ्व त्रयोदशी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल त्रयोदशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, साध्य योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १२ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आज नयाँ सोच र उत्साहका साथ दिनको सुरुवात हुनेछ। विगतदेखि रोकिएका कामले गति लिन सक्छन् र मेहनतअनुसारको प्रतिफल प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा तपाईंको सक्रियता र आत्मविश्वासले राम्रो छाप छोड्नेछ। सहकर्मी वा वरिष्ठ व्यक्तिबाट सहयोग प्राप्त हुन सक्छ। आर्थिक पक्षमा सामान्य सुधार देखिए पनि अनावश्यक खर्चमा नियन्त्रण गर्नु आवश्यक हुनेछ। परिवारका सदस्यहरूसँग रमाइलो समय बित्नेछ र घरमा सकारात्मक वातावरण रहनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर पर्याप्त आराम र सन्तुलित भोजनमा ध्यान दिनु उचित हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य, संयम र व्यवहारिक सोचले तपाईंलाई सही दिशामा अघि बढाउनेछ। काममा केही ढिलाइ भए पनि अन्ततः सफलता हात पर्ने सम्भावना छ। आर्थिक पक्ष स्थिर रहनेछ र बचत गर्ने अवसर मिल्न सक्छ। परिवारका सदस्यहरूसँग खुला संवाद हुँदा सम्बन्ध अझ प्रगाढ बन्नेछ। पुराना साथी वा आफन्तसँग भेटघाटले मन प्रसन्न बनाउनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर नियमित दिनचर्या अपनाउनु लाभदायक हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज व्यस्तता बढे पनि त्यसको प्रतिफल सन्तोषजनक रहनेछ। नयाँ योजना बनाउने वा पुराना कामलाई नयाँ ढंगले अघि बढाउने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। आर्थिक रूपमा आम्दानीका केही नयाँ सम्भावना देखिन सक्छन्। परिवारमा रमाइलो वातावरण रहनेछ र प्रियजनसँग बिताएको समय सुखद हुनेछ। अध्ययन तथा बौद्धिक कार्यमा संलग्न व्यक्तिहरूका लागि दिन फलदायी रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज घरपरिवारसँग सम्बन्धित विषयले प्राथमिकता पाउनेछ। परिवारका सदस्यहरूसँगको सहयोग र विश्वासले मनलाई सन्तुष्टि दिनेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ, तर तपाईंको लगनशीलताले सबै काम सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक पक्षमा सामान्य सुधार देखिनेछ। मानसिक रूपमा शान्ति र सन्तुलन कायम रहनेछ। कुनै शुभ समाचारले दिनलाई अझ खुसीमय बनाउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज आफ्नो क्षमता देखाउने राम्रो अवसर प्राप्त हुनेछ। नेतृत्वदायी भूमिकामा सफलता मिल्ने सम्भावना छ। कार्यक्षेत्रमा तपाईंको सुझाव र निर्णयलाई महत्व दिइनेछ। आर्थिक रूपमा लाभदायक अवसर प्राप्त हुन सक्छ, तर ठूलो लगानी गर्दा सोचविचार गर्नु राम्रो हुनेछ। सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्ने संकेत छन्। परिवारको साथले आत्मविश्वास थप बलियो बनाउनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज ज्ञान, अध्ययन र नयाँ सीप सिक्ने अवसर प्राप्त हुन सक्छ। कुनै पुरानो योजना पुनः सुरु गर्ने वातावरण बन्नेछ। कार्यक्षेत्रमा धैर्य र निरन्तरताले राम्रो परिणाम दिनेछ। आर्थिक अवस्था सामान्य रहनेछ, तर खर्चमा नियन्त्रण राख्नुपर्ने देखिन्छ। परिवारमा खुसीको वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ, तर पर्याप्त पानी पिउन र आराम गर्न नबिर्सनुहोस्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक गतिविधिमा सकारात्मक परिवर्तन आउने संकेत छन्। रोकिएको रकम प्राप्त हुने वा आम्दानीको नयाँ स्रोत फेला पर्ने सम्भावना छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय राम्रो रहनेछ। परिवारमा खुसीको वातावरण बन्नेछ र प्रियजनसँगको सम्बन्ध अझ प्रगाढ हुनेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। नयाँ योजना वा लगानीबारे सोच्ने उपयुक्त समय बन्न सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज तपाईंको मेहनत र लगनशीलताले राम्रो परिणाम दिलाउनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। आर्थिक रूपमा लाभका संकेत देखिए पनि हतारमा निर्णय नगर्नु उचित हुनेछ। परिवारमा खुसीको खबर आउन सक्छ। सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। मानसिक रूपमा उत्साह र आत्मविश्वास बढ्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज उत्साह, उमंग र सकारात्मक सोचले दिनभर साथ दिनेछ। नयाँ योजना सुरु गर्न वा पुराना कामलाई गति दिन अनुकूल समय छ। यात्रा, व्यापार वा अध्ययनसँग सम्बन्धित काममा लाभ मिल्न सक्छ। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्ने सम्भावना छ। आर्थिक पक्षमा सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्ध थप सुमधुर बन्नेछ र घरमा खुसीको वातावरण रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढे पनि धैर्य र अनुशासनले सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा मेहनतको उचित मूल्यांकन हुन सक्छ। आर्थिक रूपमा खर्चमा नियन्त्रण गर्नु आवश्यक हुनेछ। परिवारको साथ र सुझावले कठिन निर्णय लिन सजिलो हुनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्छ, त्यसैले विश्रामका लागि समय निकाल्नु उपयुक्त हुनेछ। दिनको अन्त्यमा सन्तोषजनक उपलब्धि प्राप्त हुन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज सिर्जनात्मक सोच र नयाँ विचारले तपाईंलाई विशेष अवसर दिलाउन सक्छ। कार्यक्षेत्रमा प्रगति हुनेछ र रोकिएका योजनाहरू अघि बढ्नेछन्। साथीभाइ तथा सहकर्मीको सहयोगले आत्मविश्वास बढ्नेछ। आर्थिक रूपमा सुधार आउने सम्भावना छ। परिवारमा समझदारी र खुसी कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुने र नयाँ व्यक्तिसँग परिचय हुने सम्भावना पनि देखिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य, संयम र सकारात्मक सोच आवश्यक पर्ने दिन हो। केही काम अपेक्षाभन्दा ढिलो सम्पन्न हुन सक्छन्, तर निरन्तर प्रयासले राम्रो नतिजा दिनेछ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु उचित हुनेछ। परिवारका सदस्यहरूको साथ र सहयोगले मानसिक बल मिल्नेछ। पुराना अधुरा काम पूरा गर्ने अवसर प्राप्त हुन सक्छ। दिनको उत्तरार्धमा सुखद समाचार प्राप्त हुने वा मन खुसी बनाउने घटना घट्न सक्ने सम्भावना छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जारी फिफा फुटबल विश्वकपअन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा आज राति हुदै छ । नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि शुरु हुने खेलमा  फ्रान्स र नर्वे तथा सेनेगल र इराक खेल्दैछन् ।

यस समुहमा फ्रान्स र नर्वे शीर्ष स्थानका लागि भिड्दै छन् । दुवै टोली यसअघि नै अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेका छन् । त्यसैले अब यो खेल समूह विजेता बन्ने र नकआउट चरणमा अपेक्षाकृत सहज प्रतिद्वन्द्वी पाउने लक्ष्यमा केन्द्रित हुनेछ ।

अर्कोतर्फ यही समूहको अर्को खेलमा सेनेगल र इराक आमनेसामने हुनेछन् । दुवै टोलीका लागि यो ‘गर या मर’ को अवस्था हो । शीर्ष दुईमा पुग्ने सम्भावना समाप्त भइसके पनि उत्कृष्ट आठ तेस्रो स्थानमा रहने टोलीमध्ये पर्न जित अनिवार्य छ ।

समूह चरणकै सबैभन्दा आकर्षक खेलमध्ये एक मानिएको यस भेटमा विश्व फुटबलका दुई चर्चित फरवार्ड किलियन एम्बाप्पे र इर्लिङ हालान्ड आमनेसामने हुनेछन् । हालान्डले इराकविरुद्ध दुई तथा सेनेगलविरुद्ध थप दुई गोल गर्दै दुई खेलमा चार गोल गरिसकेका छन् । यदि उनले फ्रान्सविरुद्ध पनि दुई वा त्यसभन्दा बढी गोल गरे विश्वकपका पहिलो तीन खेलमै लगातार दुई वा बढी गोल गर्ने इतिहासका तेस्रो खेलाडी बन्नेछन् । उता एम्बाप्पेले पनि इराकविरुद्ध दुई गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्‍याएका छन् । उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ताको दौडमा अगाडि बढिरहेका छन् ।

फ्रान्सले पहिलो खेलमा सेनेगललाई ३-१ ले तथा दोस्रो खेलमा इराकलाई ३-० ले हराएको थियो । मुख्य प्रशिक्षक डिडिए देसाँ पारिवारिक शोकका कारण स्वदेश फर्किएका छन् । त्यसैले यस खेलमा सहायक प्रशिक्षक गी स्तेफानले टोली सम्हाल्नेछन् । यदि फ्रान्सले नर्वेलाई हरायो भने विश्वकप इतिहासमा दोस्रो पटक समूह चरणका तीनै खेल जित्ने उपलब्धि दोहोर्याउनेछ । यसअघि सन् १९९८ मा घरेलु भूमिमा फ्रान्सले तीनै खेल जित्दै अन्ततः उपाधि उचालेको थियो । रक्षापङ्क्तिमा मालो गुस्टो पूर्ण रूपमा फिट भएपछि पहिलो रोजाइका रूपमा स्थान बनाउन दबाब सिर्जना गरेका छन् ।

नर्वेले पहिलो खेलमा इराकलाई ४-१ तथा दोस्रो खेलमा सेनेगललाई ३-२ ले हराएको थियो । सेनेगलविरुद्धको खेलको अन्त्यतिर धेरै खेलाडीलाई मांसपेशी बाउँडिने समस्या देखिएकाले प्रशिक्षक स्टोले सोलबाकेनले यस खेलमा केही नयाँ खेलाडीलाई अवसर दिने संकेत दिएका छन्। जुलियन रायर्सनको फिटनेस पनि टोलीका लागि चिन्ताको विषय बनेको छ।

यस समुहबाट अन्तिम ३२ मा पुग्ने समीकरण हेर्दा फ्रान्स वा नर्वे विजेता टोली समूह विजेता बन्दै तेस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ । पराजित टोली समूह ‘ई’ को उपविजेतासँग भिड्नेछ ।

त्यस्तै सेनेगलले इराकमाथि जित हासिल गरेर तीन अंकसहित उत्कृष्ट तेस्रो स्थानको दौडमा रहनेछ । बराबरी वा हार भए प्रतियोगिताबाट बाहिरिनेछ ।

त्यस्तै इराक जित बाहेक अर्को विकल्प छैन । तर कमजोर गोल अन्तरका कारण जिते पनि अन्य समूहको नतिजामा भर पर्नुपर्ने अवस्था छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

शुक्रबार दिउसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । सामाजिक सञ्जाल एप स्न्यापच्याटको मूल कम्पनी स्न्यापविरुद्ध अमेरिकाको मिसौरी राज्यमा मुद्दा दायर गरिएको छ । स्न्यापमाथि १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनाका लागि जिम्मेवार रहेको आरोप लगाइएको छ ।

उजुरीमा स्न्यापच्याटका ‘क्विक एड’ र ‘स्न्याप म्याप’ सुविधामार्फत २५ वर्षीय गाब्रियल जोएल भ्यालेन्टिन रियोसले ‘जेएफ’ नामले चिनाइएकी १२ वर्षीया बालिकासँग सम्पर्क स्थापित गरी उनलाई फकाएर शोषण गरेको आरोप लगाइएको छ ।

मुद्दाअनुसार ‘क्विक एड’ सुविधाले भ्यालेन्टिन रियोसलाई ती बालिका र सोही क्षेत्रमा रहेका अन्य नाबालिग बालिकासँग जोडिन सुझाव दिएको थियो । साथै, स्न्यापच्याटले उनलाई मिलनसार युवकका रूपमा देखाएको र ती प्रयोगकर्ता अपरिचित वा जोखिमपूर्ण हुन सक्ने चेतावनी नाबालिग प्रयोगकर्तालाई दिन असफल भएको आरोप पनि लगाइएको छ ।

अदालतमा दर्ता गरिएको उजुरीमा स्न्यापका अधिकारीहरूले ‘डार्क वेब’ मा भेटिएको एउटा पुस्तकबारे जानकारी पाएको उल्लेख छ । उक्त पुस्तकमा स्न्यापच्याटका विभिन्न सुविधाको प्रयोग गरेर किशोर किशोरीलाई कसरी निशाना बनाउने भन्ने तरिकाहरू समावेश रहेको दाबी गरिएको छ ।

‘हिट इनिसियटिभ’ नामक संस्थाले गरेको सर्वेक्षणअनुसार गत वर्ष स्न्यापच्याट प्रयोग गर्ने नाबालिगमध्ये करिब आधाले असुरक्षित सामग्री वा सन्देश देखेको बताएका छन् । यसले बालबालिकाका लागि उक्त मञ्च पर्याप्त सुरक्षित नरहेको भन्दै चिन्ता बढाएको छ ।

स्न्याप मात्र होइन, फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने मेटा, टिकटक, युट्युब तथा अन्य ठूला सामाजिक सञ्जाल कम्पनीहरू पनि विभिन्न कानुनी विवादमा तानिएका छन् । अमेरिकाको क्यालिफोर्निया राज्यका अदालतमा सामाजिक सञ्जालको लतसँग सम्बन्धित तीन हजार तीन सयभन्दा बढी मुद्दा विचाराधीन रहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ । घटनामा ज्यान गुमाउनेको संख्या १८८ पुगेको छ भने एक हजार ५०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले सरकारी टेलिभिजनमार्फत उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प लगभग एकै समयमा आएका थिए । भूकम्पका कारण राजधानी क्षेत्र ग्रेटर काराकास र ला गुआइरा राज्यमा सबैभन्दा बढी क्षति पुगेको छ । अरागुआ, काराबोबो तथा अन्य राज्यहरू पनि प्रभावित भएका छन् ।

भूकम्पपछि हराइरहेका आफन्तको खोजीमा भेनेजुएलाभर परिवारजनले तस्बिरसहितका पोस्टर टाँस्न थालेका छन् । धेरैले हातैले तयार पारेका सूचीमार्फत पनि बेपत्ता व्यक्तिको जानकारी संकलन गरिरहेका छन् भने विदेशमा रहेका भेनेजुएलावासी पनि आफ्ना आफन्तसँग सम्पर्क गर्ने प्रयासमा छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर आपत्काल घोषणा गरेकी छन् । उनले अस्पताल र भत्किएका घरहरूको पुनर्निर्माणका लागि २० करोड अमेरिकी डलरको विशेष कोष स्थापना गरिने जानकारी दिइन् । साथै, उक्त कार्यको अनुगमन गर्न अर्थ तथा वित्त मन्त्रालयलाई निर्देशन दिइएको छ ।

भेनेजुएलाआमा राहत र उद्धारको लागि अमेरिकासहित युरोपका देशहरुले सहयोग गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

विराटनगर । झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवाखोला पुल नजिकको भित्री सडकखण्डमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

बिहीबार साँझ करिब ७ बजे रामचोकबाट भद्रपुरतर्फ आउँदै गरेको मे १ क ६४३ नम्बरको गिट्टी लोड गरेको टिपरले पैदलयात्री स्थानीय १० वर्षीया अनुकृती चापागाईलाई ठक्कर दिएको हो । गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पुर्‍याइएकोमा चिकित्सकले साँझ ७:२५ बजे मृत घोषणा गरेका हुन् ।

घटनापछि टिपर चालक बुद्धशान्ति गाउँपालिका–१ बस्ने ५३ वर्षीय श्यामप्रसाद दाहाललाई नियन्त्रणमा लिइएको छ । घटनापछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गरी अगाडिको सिसा फुटाएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको र अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहरको अवस्था रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा पनि तातो दिनको अवस्था रहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा बागमती, गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशका थोरै स्थानमा, बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि  तातो दिन हुने सम्भावना छ ।

त्यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई भू-भाग र मधेश प्रदेशको थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ असार १२ गते शुक्रबार ईस २०२६ जुन २६ नेपाल सम्बत ११४६ तछलाथ्व द्वादशी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल द्वादशी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, सिद्ध योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १० मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आजअन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस मनाइँदैछ  ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

दिनको सुरुवात केही व्यस्ततासँग भए पनि अन्त्य सन्तोषजनक रहनेछ। लामो समयदेखि सोचिरहेका योजना कार्यान्वयन गर्ने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा तपाईंको सक्रियता र आत्मविश्वासले अरूको ध्यान आकर्षित गर्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ, जसले भविष्यमा राम्रो अवसरको ढोका खोल्न सक्छ। आर्थिक रूपमा आम्दानी र खर्च दुवै पक्ष सक्रिय रहनेछन्, त्यसैले बजेटमा ध्यान दिनु उपयुक्त हुनेछ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप नजिकिनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक कामको बोझले थकान महसुस गराउन सक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य र विवेकको प्रयोग गर्न सके धेरै काम सहज बन्नेछन्। हतारमा गरिएको निर्णयले पछि समस्या ल्याउन सक्छ, त्यसैले सोचविचार गरेर मात्र कदम चाल्नु राम्रो हुनेछ। कार्यक्षेत्रमा स्थिर प्रगति देखिनेछ। आर्थिक पक्षमा सुधारका संकेत देखिए पनि खर्च व्यवस्थापन आवश्यक रहनेछ। परिवारमा खुसी र सहयोगको वातावरण रहनेछ। पुराना साथी वा आफन्तसँगको भेटले मन प्रसन्न बनाउन सक्छ। मानसिक शान्ति कायम रहने भएकाले दिन सहज रूपमा बित्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज नयाँ अवसर र नयाँ विचारले तपाईंलाई उत्साहित बनाउनेछ। कामको चाप बढे पनि त्यसबाट सकारात्मक परिणाम प्राप्त हुनेछ। सहकर्मी तथा साथीभाइको सहयोगले जटिल काम पनि सजिलै सम्पन्न हुनेछ। आर्थिक रूपमा साना लाभका अवसर प्राप्त हुन सक्छन्। परिवारमा रमाइलो वातावरण बन्नेछ र प्रियजनसँग समय बिताउने अवसर मिल्नेछ। अध्ययन तथा ज्ञानसँग सम्बन्धित क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि दिन फलदायी रहनेछ। स्वास्थ्य सामान्य रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज घरपरिवार र व्यक्तिगत जीवनलाई विशेष महत्व दिने दिन रहनेछ। परिवारका सदस्यहरूसँग खुला संवाद हुँदा पुराना असमझदारी हट्न सक्छन्। कार्यक्षेत्रमा तपाईंको लगनशीलता र जिम्मेवारीबोधको प्रशंसा हुनेछ। आर्थिक रूपमा सामान्य सुधार देखिन सक्छ। मानसिक रूपमा हल्का र सन्तुलित महसुस हुनेछ। कुनै शुभ समाचारले मन प्रसन्न बनाउन सक्छ। स्वास्थ्यमा पनि सकारात्मक ऊर्जा महसुस हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

तपाईंको नेतृत्व क्षमता आज विशेष रूपमा चम्किने देखिन्छ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ र महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुने सम्भावना छ। आफ्नो विचार स्पष्ट रूपमा प्रस्तुत गर्न सके राम्रो उपलब्धि हात पर्न सक्छ। आर्थिक पक्ष बलियो देखिए पनि अनावश्यक जोखिम लिनु उचित हुनेछैन। परिवारको साथ र विश्वासले मनोबल उच्च बनाउनेछ। सामाजिक क्षेत्रमा पनि सम्मान बढ्ने सम्भावना छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन, अनुसन्धान, लेखन तथा बौद्धिक कार्यमा राम्रो सफलता प्राप्त हुन सक्छ। कुनै नयाँ सीप सिक्ने अवसर प्राप्त हुन सक्छ। काममा धैर्य राखे राम्रो परिणाम मिल्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ, तर खर्च नियन्त्रण गर्नुपर्ने देखिन्छ। परिवारमा सकारात्मक वातावरण रहनेछ। छोटो दूरीको यात्रा लाभदायक बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ, तर आरामलाई बेवास्ता नगर्नु राम्रो हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक गतिविधि सक्रिय रहने दिन हो। रोकिएको रकम प्राप्त हुन सक्छ वा नयाँ आम्दानीको सम्भावना देखिन सक्छ। कार्यक्षेत्रमा सहकार्य राम्रो रहनेछ र सामूहिक प्रयासबाट सफलता प्राप्त हुन सक्छ। परिवारमा खुसीको वातावरण बन्नेछ। साथीभाइसँगको सम्बन्ध अझ प्रगाढ बन्ने सम्भावना छ। आत्मविश्वास बढ्ने भएकाले नयाँ योजना सुरु गर्न पनि अनुकूल समय रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मेहनतको उचित प्रतिफल प्राप्त हुने संकेत छन्। कार्यक्षेत्रमा तपाईंको क्षमता प्रमाणित गर्ने अवसर प्राप्त हुन सक्छ। प्रतिस्पर्धी वातावरणमा पनि राम्रो प्रदर्शन गर्न सक्नुहुनेछ। आर्थिक लाभका केही अवसर देखिन सक्छन्। परिवारमा खुसीको खबर सुन्न पाइने सम्भावना छ। सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ र मन उत्साहित रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज सकारात्मक सोच र आत्मविश्वासले तपाईंलाई अघि बढाउनेछ। नयाँ अवसरहरू प्राप्त हुन सक्छन्, विशेष गरी यात्रा, व्यापार वा अध्ययनसँग सम्बन्धित क्षेत्रमा। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्न सक्छ। आर्थिक रूपमा सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्ध राम्रो रहनेछ र घरमा खुसीको वातावरण बन्नेछ। नयाँ योजना सुरु गर्न प्रेरणा मिल्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी र कामको दबाब केही बढ्न सक्छ। योजनाबद्ध ढंगले अघि बढ्न सके सबै काम सहज रूपमा सम्पन्न हुनेछन्। आर्थिक पक्षमा सावधानी आवश्यक देखिन्छ, विशेष गरी अनावश्यक खर्चबाट बच्नुपर्छ। परिवारको साथ र सुझाव उपयोगी साबित हुन सक्छ। स्वास्थ्यमा थकान वा कमजोरी महसुस हुन सक्ने भएकाले पर्याप्त आराम आवश्यक हुनेछ। धैर्य राखे दिनको अन्त्यमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज नयाँ सोच र सिर्जनात्मक क्षमताले तपाईंलाई विशेष लाभ दिलाउन सक्छ। कार्यक्षेत्रमा प्रगति देखिनेछ र रोकिएका कामहरू अघि बढ्नेछन्। साथीभाइ तथा सहकर्मीको सहयोग प्राप्त हुनेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। परिवारमा समझदारी र खुसीको वातावरण कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुने र नयाँ अवसर प्राप्त हुने संकेत देखिन्छन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य र संयमको आवश्यकता पर्ने दिन हो। केही काम योजना अनुसार अघि बढ्नेछन् भने केहीमा थप प्रयास गर्नुपर्ने हुन सक्छ। आर्थिक पक्षमा सावधानी अपनाउनु उपयुक्त हुनेछ। परिवारका सदस्यहरूको साथ र सहयोगले मानसिक सन्तुलन कायम राख्न मद्दत गर्नेछ। पुराना अधुरा काम पूरा गर्ने अवसर मिल्न सक्छ। दिनको उत्तरार्धमा सुखद समाचार प्राप्त हुने सम्भावना छ, जसले मनमा उत्साह थप्नेछ ।एभरेष्ट न्यूज एजेन्सी

रौतहट,१० गते असार । रौतहट । यमुना माइ गाउँपालिका को १२औँ गाउँसभा बुधवार सम्पनन भएको छ। आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत तथा पारित गर्ने उद्देश्यले गाउँसभाको अधिवेशन प्रारम्भ गरिएको हो। गाउँसभाको उद्घाटन गाउँपालिका अध्यक्ष शेख ईर्सादको अध्यक्षतामा सम्पन्न भएको थियो।

अधिवेशनमा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो। गाउँसभामा आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, खानेपानी तथा सामाजिक सुरक्षासम्बन्धी योजना तथा कार्यक्रमहरू प्रस्तुत गरिने जनाइएको छ।

साथै, गाउँपालिकाको समग्र विकासलाई प्राथमिकतामा राख्दै बजेट तथा नीतिगत कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ। गाउँपालिका नेतृत्वले स्थानीय आवश्यकताअनुसार जनमुखी र विकासमुखी कार्यक्रमलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिएको जनाएको छ। गाउँसभाबाट पारित हुने नीति, कार्यक्रम तथा बजेटले स्थानीय विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। गाउँसभाका अन्य कार्यसूचीहरू क्रमशः छलफल तथा निर्णय प्रक्रियामार्फत अघि बढाइने गाउँपालिकाले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।