२०८३ बैशाख ४
२०८३ बैशाख ४

काठमाडौ

 पछिल्लो समय गीत संगीतको क्षेत्रमा गजल लोकप्रिय बन्दै गएको छ । परम्परागत साहित्यिक शैलीलाई समेट्दै समसामयिक विषयवस्तु प्रस्तुत गर्ने माध्यमको रूपमा गजलको प्रभाव विस्तार भइरहेको छ । नेपाली गजलकारहरूले राजनीतिक, सामाजिक, प्रेम, पीडा, परदेशी जीवनजस्ता विषयहरूलाई गजलमार्फत प्रभावशाली ढंगले प्रस्तुत गर्दै आइरहेका छन् जसले गर्दा जनमानसको भावना उजागर गर्न गजलले सहयोग पुर्याएको छ भने गजलले नेपाली साहित्यमा भाषिक सौन्दर्य, लयात्मकता, प्रतीकात्मकता र गहन अर्थ भित्राएको छ । गजलले साहित्यिक विधामा विविधता समेत ल्याएको छ । नयाँ पुस्ताका लेखक तथा पाठकहरू पनि गजलप्रति आकर्षित भइरहेका छन् । नेपाली गजल अहिले साहित्य, संगीत र समाजको बीचमा सेतुको काम गर्दै, परम्परा र आधुनिकताको सन्तुलनमा गहिरो प्रभाव छोडिरहेको अनुभूति भइरहेको छ ।

भर्खरै सार्वजनिक नेपाली साहित्यको गजल परम्परामा आधारित गजल ‘को हौ तिमी’ गजलका शेरहरूले आत्मचिन्तन, आत्मनिर्भरता, एकान्त र जीवनको गहन दार्शनिक पक्षलाई छोएको अनुभूति हुन्छ । गजलमा मानव जीवनको अस्थिरता, खुशीको खोजी, मित्रता र दुःख, पिडा, विरह, वेदना सम्हाल्ने तरिकाको चित्रण गरिएको छ। गजल आध्यात्मिक र दार्शनिक छ जसले दर्शक, श्रोताहरुलाई धेरै कुरा आफैंभित्र खोज्न प्रेरित गर्छ। यो गजलमा गजलकारले मानिसलाई बाहिरी संसारको मोहबाट मुक्त भई आत्मकेन्द्रित जीवन जिउन सल्लाह दिएको अनुभूति हुन्छ ।

 

 

को हौ तिमी के गर्दैछौ सोध आँफै संग
पाइदैन खुसी अन्त खोज आँफै संग …

गजलको यो शेर आत्मचिन्तनको प्रारम्भिक बिन्दु हो । गजलकारले मानिसलाई आफ्नो पहिचान र क्रियाकलापबारे प्रश्न सोध्न आग्रह गर्छन् तर यो प्रश्न बाहिरी संसारतर्फ नभई आफैंतर्फ केन्द्रित अनि निर्देशित छ, गजल ‘को हौ तिमी’ले आत्मपरिचयको खोजी एवं, आत्मान्वेषण गरेको छ । आँफू को हुँ भनेर बाहिरी दुनियाँलाई सोध्ने भन्दा पनि आँफूले आफूलाई नै प्रश्न गर म वास्तवमा को हुँ? म के गर्दैछु? मेरो जीवनको उद्देश्य के हो? हामी सुख अनि खुसी खोज्न यत्रतत्र भौतारिन्छौ बास्तवमा सुख र शान्ति बाहिरी वस्तु वा अरू मान्छेमा खोज्दा कदापि पाइँदैन। वास्तविक खुसी आफ्नै मनमा, आफ्नै सोचमा, आफ्नै आत्म–सन्तोषमा हुन्छ। अरूलाई दोष दिएर वा बाहिरी स्रोतमा निर्भर भएर जीवनमा शान्ति सम्भव छैन। समग्रमा यो शेरले मानव मनको द्वन्द्व र समाधानलाई काव्यात्मक रूपमा चित्रण गर्छ। आत्म–चिन्तन, आत्म–परिचय र आत्म–निर्भरितामार्फत मात्र वास्तविक खुशी प्राप्त हुने गहिरो सन्देश दिएको छ । दर्शनशास्त्रले पनि यही भन्छ— मानव जीवनको सबैभन्दा ठूलो विजय भनेको बाहिरी जगतलाई जित्नु होइन, आफ्नो अन्तरिक संसारलाई चिन्नु र स्वीकार्नु हो।

पक्कै खास होला र त जाग्छन् जूनतारा
लुकाएर राख्नु पर्छ रात आँफै संग …

गजलमा जून र तारालाई विशेष प्रतीकको रूपमा प्रयोग गरिएको अनुभूति हुन्छ । जुन र तारा जाग्नु भनेको कुनै असाधारण, सुन्दर वा महत्वपूर्ण कुरा देखिनु हो अर्थात्, जुन–तारा जस्तै चम्किने वस्तु वा भाव अवश्य नै खास हुन्छ, जुन र ताराको जागरण केवल दृश्यात्मक मात्र होइन जीवनको रहस्य र महत्वपूर्ण भावनाको सन्देश हो त्यसैले मात्र जून तारा अन्धकारबीचमा जाग्छन्, चम्कन्छन् र आफ्नो उपस्थितिको विशेष अनुभूति गराउँछन् । रात प्रतीक हो अन्धकार, रहस्य र गहिरो मनस्थितिको । जुनतारा जागे पनि, ती सबैलाई सबैसँग बाँड्न सकिँदैन। जीवनका कतिपय कुरा त्यस्ता हुन्छन्, जसलाई शब्दमा व्यक्त गर्न सकिँदैन ती केवल मौनताको तहभित्र, आत्माको अन्धकारमा रहस्य बनेर बाँचिरहन्छन्। जूनतारा जस्तै जीवनका विशेष पलहरू बाहिरी दुनियाँबाट बचाउनु पर्छ, लुकाउनु पर्छ अन्यथा तिनीहरूको मूल्य घट्छ। यो भावले गहिरो आर्थ बोलेको छ, रात ‘प्रेम एवं आत्मिकताको प्रतीक’ पनि हो, जीवनका गोप्य र विशेष पक्षहरूलाई आफैंसँग लुकाएर राख्नु पर्छ, यी भावहरु बाहिरी प्रदर्शनबाट टाढा रहनु पर्दछ भन्ने गहिरो सन्देश पनि यो शेरले दिएको अनुभूति हुन्छ ।

छुटि जान्छन् साथीसंगी खेल समयको
एक असल मित्र तिमी बन आँफै संग ..

गजलको यो शेरले जीवनको सत्य उजागर गरेको छ । समयसँगै बाल्यकाल, साथीहरूको संगतका रमाइला क्षणहरू क्रमशः हराउँदै, मेटिदै, विलाउदै जान्छन् । ती क्षणहरू सुन्दर भए पनि स्थायी हुँदैनन्, स्थायी होस् भएर चाहेर मात्रै पनि ती रहदैनन्, बिलिन हुन्छन्, यो विलयले व्यक्तिलाई गहिरो चिन्तन, गहिरो शोक, गहिरो भावमा विरही पनि बनाउन सक्छ ।
गजलको अर्को हरफ “एक असल मित्र तिमी बन आँफै संग“ ले गहिरो आत्म–सन्देश को भाव बोकेको छ । अरू साथीहरु सबैतिरबाट टाढा भए पनि अन्ततः जीवनमा सबैभन्दा स्थायी साथी आफ्नै आत्मा हुन्छ । यदि मानिसले आफूलाई राम्रोसँग चिन्न सक्यो, आफ्नो मनसँग मित्रता गर्न सक्यो भने समयले ल्याउने एक्लोपन, कठिनाई वा अन्य परिस्थितिले उसलाई कहिल्यै हराउन अनि विचलित बनाउन सक्दैन । गजलको यो शेरले बाह्य साथी र रमाइलोभन्दा बढि महत्वपूर्ण कुरा भनेको आत्म–मैत्री हुनु हो, आत्म–मैत्री भएमा जीवनमा शान्ति, आत्मबल र सुख टिकाइरहन सकिन्छ, साथी, संगी संगका सबै रमाइला पलहरु यी स्थायी होइनन्, यी सबै समयको पखेटामा चढेर अन्ततः टाढिँदै जान्छन, ती क्षणहरू फिर्ता आउँदैनन्, जीवनको यस यात्रामा, सबै छुटेपछि पनि जुन मित्र कहिल्यै टुट्दैन, त्यो तिमी आफैं हौ, समयको परिवर्तनले नछुने, परिस्थितिले नहराउने, संसारले नचिन्ने मित्रता भनेको आत्म–मैत्री नै हो भन्ने सन्देश दिएको छ । आफ्नै आत्मासँग मित्रता गर, आफ्नो अन्तरमनसँग घनिष्ठ सम्बन्ध गाँस, किनकि जब सबै सम्वन्धहरु क्षणभङ्गुर भएर हराउँछन् त्यति बेला आत्म–मैत्री मात्र अमर रहन्छ ।गजलको यो शेर दार्शनिक रूपमा भगवद्गीता सँग पनि मेल खान्छ, जहाँ आत्मा नै सबैभन्दा ठूलो साथी हो भनिएको छ । गजलको यो शेरले मानव सम्बन्धको क्षणभंगुरता र आन्तरिक शक्तिको स्थिरतालाई काव्यात्मक रूपमा उजागर गर्दै जीवनको सार सत्य उजागर गरेको छ ।

यहाँ बुझ्ने कोहि छैनन् तिम्रो पीर व्याथा
सम्हालिदै हरेक पल बाँच आँफै संग …

मानव जीवन नै पीडा र संघर्षको अखडा हो । प्रत्येक मानिसका आफ्ना दुःख, व्यथा र मनका घाउ हुन्छन् तर ती सबैलाई समाजले बुझ्छ भन्ने अपेक्षा यथार्थमा खतरनाक भ्रम मात्र हो । जीवनमा दुःख, पीडा र व्यथा अरूलाई सजिलै देखाउन त सकिन्छ तर वास्तवमै बुझ्ने मानिस पाउन गाह्रो हुन्छ अझ भनौ पाइदै पाइदैन । प्रत्येक व्यक्तिको पीडा, मनको भारी र भोगाई अरूले पूर्ण रूपमा महसुस गर्न सक्दैनन् पनि । किनकी भोगाईको अनुभूति आफैले मात्रै संगाल्न सकिन्छ अरुले त अनुमान मात्रै गर्ने हुन् । त्यसैले बाह्य सहारा वा सहानुभूतिमा भर पर्नुभन्दा आफूलाई आफैं सम्हाल्दै, मनलाई दृढ बनाएर बाँच्नुपर्ने सन्देश गजलको यो शेरले दिएको छ । खासमा आत्म–संयम र आत्मबल नै जीवनको कठिन क्षण पार गर्ने सर्वोत्तम उपाय पनि हो ।
गजलको यो शेरले आत्मनिर्भरतालाई पनि सर्वोच्च मूल्यका रूपमा प्रस्तुत गरेको छ । बाह्य संसार अस्थिर छ; मित्रता, सम्बन्ध र सहानुभूति सबै क्षणिक छन् तर आत्मबल र आत्मसंवाद शाश्वत हुन् जसले आफैंसँग संवाद गर्न सक्छ, आफ्नो मनलाई सम्हाल्न सक्छ, उसलाई सिंगो संसारले नबुझ्दा पनि जीवन सहज लाग्छ । गजलको यो शेरले मानिसलाई आफ्नो जीवनको भार आफैं वहन गर्न प्रेरित गर्छ । संसारमा सबैले बुझिदिने, साथ दिने वा सान्त्वना दिने कुरा सम्भव पनि हुँदैन तर जब मानिसले आफैंलाई आत्मसात गर्छ, आफ्नै अन्तरमनसँग कुरा गर्छ र कठिनाइलाई धैर्यपूर्वक सहन्छ तब जीवन सहज बन्छ यसले आत्मबल, आत्मविश्वास र आत्मनिर्भरतालाई सर्वोच्च स्थान दिएको छ र “यहाँ बुझ्ने कोहि छैनन् तिम्रो पीर व्यथा” भन्ने वाक्यले मानिसको एक्लोपन र अस्तित्वको गहिरो सत्यलाई उजागर गरेको छ, बाह्य जगत् प्रायः सतही सहानुभूति दिन सक्छ तर अन्तर्मनको वास्तविक पीडालाई बुझ्ने सामर्थ्य कसैसँग हुँदैन, ‘तिमीले आफ्‌नो मानेको, अत्यन्त विश्वास गरेको मान्छे पनि स्वार्थी छ त्यसैले कसैको भर नपर’ भन्ने भाव पनि यो शेरले बोलेको छ । यसैले जीवनका कठिन क्षणहरूमा हामीले आफैंलाई आफ्नै साथी र सहयात्री बनाउनुपर्छ । आफ्नै भोगाइलाई स्वीकार गर्दै, समयसँग सम्झौता गर्दै, आफैंलाई सम्हाल्दै अघि बढ्नुपर्छ, आत्मसंयम नै जीवनको सर्वश्रेष्ठ आश्रय हो । जीवनमा अन्ततः हामी एक्लै हुन्छौं र आफ्नो निर्णय, आफ्नो पीडा र आफ्नो जिम्मेवारी आफैंले बोक्नुपर्छ । अरूले बुझिदिने वा समाधान गरिदिने आशा राख्नु अन्ततः निराशाको मूल हो, सबै मान्छे स्वार्थी हुन्छन्, विश्वास कसैको छैन त्यसैले आत्मकेन्द्रित जीवनशैली अपनाउनु पर्छ ।

समग्रमा यो गजल नेपाली साहित्यको दार्शनिक धारालाई प्रतिबिम्बित गरेको छ जसमा आत्मचिन्तन मुख्य विषय बनाइएको छ, गजलले दर्शक, श्रोताहरुलाई बाहिरी मोहबाट मुक्त भई आन्तरिक शान्ति खोज्न सिकाएको छ ।

यति दार्शनिक भावको गजल लेख्ने गजलकार हुन् आरजु गिरी । उनका यी दार्शनिक शेरहरुलाई गायिका तथा संगीतकार बबिना भट्टराईले आफ्‌नो मधुर र लययुक्त स्वर एवं संगीतमा सजाएकी छिन् । उक्त गजलमा लालकाजी श्रेष्ठ एरेन्ज रहेको छ । स्टुडियो साउण्ड मिलमा रेकर्ड भएको गजल ‘को हौ तिमी’ बरिष्ठ ध्वनी इन्जिनियर महेश्वरमान राजभण्डारी रेकर्ड तथा मिक्सिङ मास्टरिङ गरेका छन् ।
ए.जे. अजुले निर्देशन गरेका गजल ‘को हौ तिमी’ को भिडियो सम्पादन भने अनिल विष्ट प्युठानीले गरेका छन् । भिडियोमा बबिना आफै फिचर्ड भएकी छिन् । ‘को हौ तिमी’ गजलको भिडियोमा प्रिया नगरकोटीले श्रृङ्गार सहित भुवन गन्धर्व तवला, सञ्जिव बराइली गितारमा रहेर बबिनाको गायनलाई गजलमय बनाएका छन् । गजल ‘को हौ तिमी’ को भिडियो नेपाली गजलबहार युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
गायिका तथा संगीतकार बबिना भट्टराईले गजल ‘को हौ तिमी’ सार्वजनिक भएको खुसी साट्दै भन्छिन् ‘अर्जु गिरीका गहिरो दार्शनिक भाव बोकेको यो गजललाई यहाँहरु सबैले मन पराइदिने अपेक्षा राखेकी छु, गजल सुनेर तथा हेरेर गजलको बारेमा आफ्‌नो अमुल्य सल्लाह, सुझाव दिन पनि मेरा दर्शक तथा श्रोताहरुलाई अनुरोध गर्दछु साथै यस गजलको श्रृजनामा जोडिने सम्पूर्ण टिम प्रति आभार व्यक्त गर्दछु ।’
गजलकार अर्जु गिरी गायिका तथा संगीतकार बबिना भट्टराई प्रति कृतज्ञ हुदै प्रतिक्रिया जनाएका छन् ‘म कसरी खुशी व्यक्त गरौ अलमलमा परेको छु । यो मिठो साथको लागि हाम्रो युगको सशक्त गायिका एवं सङ्गीतकार आदरणीय बबिनाजी एवं सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु !’ साथै आफ्‌नो गजल आफै हेरेर दंग पर्दै एउटा गजलको शेर लेखेका छन् :

मर्ने छैन धीत अब हेरी आफ्नै गजल
लागेको छ आहा मिठो जेरी आफ्नै गजल …

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्दमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने पछिल्लो समय बबिना भट्राईको आफ्‌नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत उनका भजनहरु सार्वजनिक हुदै आएका छन् । महाशिवरात्री पर्वको अवसरमा शिव भजन ‘जय जय शम्भु’ र राम नवमीको अवसरमा ‘मनमा बसाएर राम’ श्री भजन्स् युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । भजन गायनमा विशेष रुचि राख्दै विभिन्न धार्मिक पर्वहरुमा सान्दर्भिक भजनहरु सार्वजनिक गर्दै आएकी बबिना भर्खरै शिव तण्डव भजन सार्वजनिक गरेर आफ्‌नो भजन प्रतिको लगावलाई दर्शक, श्रोताहरु माफ अझ शसक्त बनाएकी छिन् ।

आरके श्रीवास्तव,राैतहट,भदौ १८ गते । 

श्री आधारभुत बिद्यालय लक्ष्मिनिया, बिजयपुर-९, रौतहटको ६४ औं वार्षिकोत्सव तथा स्थापना दिवस सफलता साथ सम्पन्न भएको छ । पहिलो पटक स्थानीय सरकारी विद्यालयले यति भव्य कार्यक्रम आयोजना गरेपछि यसलाई फतुवा बिजयपुर नगरपालिकाको शिक्षाक्षेत्रमा ऐतिहासिक सुरुवातको रूपमा लिइएको छ ।

 

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अम्बेया खातुन रहनुभएको थियो ।

उहाँले कार्यक्रममा बोल्दै भनिन् -“आजको दिन हामी सबैका लागि गौरवको विषय हो । सरकारी विद्यालयले यति व्यवस्थित र समावेशी कार्यक्रम गर्न सक्नु भनेको स्थानीय नेतृत्व, शिक्षकहरूको मेहनत र समुदायको विश्वासको प्रतिफल हो। नगरपालिकाले आगामी दिनमा पनि यस्ता शैक्षिक प्रयासहरूलाई पूर्ण साथ र सहयोग दिनेछ।”

 

कार्यक्रममा वडा नं. ९ का अध्यक्ष राकेश यादव (पप्पु) ले विद्यालयप्रति आफ्नो प्रतिबद्धता जनाउँदै भन्नुभयो —”म सधैं विद्यालयको विकासमा साथ दिँदै आएको छु र आगामी दिनमा कक्षा १० सम्म विस्तार गर्नका लागि आवश्यक पहल गरिनेछ । लक्ष्मिनिया बस्तीको समग्र विकासका लागि शिक्षा मेरै पहिलो प्राथमिकता हो।”

उक्त अवसरमा वडा नं. ८ का अध्यक्ष नितेश चौधरी, प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव, कार्यपालिका सदस्य उमाशंकर जयसवाल, पप्पु चौधरी लगायत नगरपालिकाका विभिन्न जनप्रतिनिधिहरू, समाजसेवी, अभिभावक, शिक्षक, महिला समूह तथा युवा समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

विभिन्न विद्यालयका प्रधानाध्यापकहरू तथा शिक्षा क्षेत्रमा योगदान पुर्याइरहनु भएका अग्रजहरूको समेत उपस्थिति कार्यक्रमलाई अझ गौरवमय बनाएको थियो । विद्यार्थीहरूद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम, अभिभावकहरूको सहभागिता, र सम्मान कार्यक्रममा वातावरण अत्यन्त उत्साहपूर्ण बनेको थियो ।

 

विद्यालयले लामो समयदेखि उत्कृष्ट योगदान दिने विद्यार्थी, अभिभावक तथा स्थानीय सहयोगीहरूलाई सम्मानपत्र र प्रमाणपत्र प्रदान गरी कदर व्यक्त गरेको थियो ।

 

विद्यालयका प्रधानाध्यापक जयकिशाेर प्रसाद साहले आफ्नो मन्तव्यमा २०६१ सालदेखि निरन्तर सेवा गर्दै आएको स्मरण गर्दै भने — “शुरुआती अवस्थामा कक्षा ५ सम्म मात्र सीमित रहेको यो विद्यालय अहिले कक्षा ८ सम्म विस्तार भएको छ, जुन सामूहिक प्रयास, समर्पण र समुदायको साथको परिणाम हो । यस सफल यात्रामा साथ दिने सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु।”

 

कार्यक्रममा अतिथिहरूले विद्यालयको प्रगति, शैक्षिक गुणस्तर र भविष्यको योजनाका विषयमा प्रेरणादायी विचार राख्दै विद्यालय परिवारको प्रशंसा गरेका थिए।

 

श्री आधारभुत बिद्यालय लक्ष्मिनिया परिवारले सम्पूर्ण सहभागी, अभिभावक, विद्यार्थी, अतिथि तथा स्थानीय समुदायलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

आरके श्रीवास्तव,राैतहट,भदौ १८ गते । 

राैतहटकाे गरुडा नगरपालिकामा हालै नियुक्त प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेलाई आज एक विशेष कार्यक्रमबीच नगर प्रमुख कन्थमणी प्रसाद जयसवालज्यूले स्वागत गर्नुभयो ।

 

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उप–मेयर पुनम कुमारी चौधरीको उपस्थिति रही, साथै इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक राजन कार्की, नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरू, सम्पूर्ण कार्यालयका कर्मचारीहरू तथा शाखा प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्वागत कार्यक्रममा नगर प्रमुख जयसवालले प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई स्वागत गर्दै समन्वयात्मक रूपमा नगरको समुन्नत विकासमा अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

 

नव नियुक्त अधिकृत न्यौपानेले विश्वासका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै सबै पक्षसँग सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो ।

 

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराइएको छ ।

 

आरके श्रीवास्तव,राैतहट,भदौ १८ गते । 

जनता समाजवादी पार्टी, नेपाल (जसपा) रौतहट जिल्ला समितिको आयोजनामा आज कटहरिया नगरपालिकाको कटहरिया बजारमा एक विशाल विरोध प्रदर्शन सम्पन्न भयो । पार्टीका जिल्ला अध्यक्ष राजिव रञ्जन यादवको अध्यक्षतामा सम्पन्न उक्त प्रदर्शन भूमि विधेयक र गौर राइस मिल घटनाको विरोधस्वरूप आयोजना गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले भूमि विधेयक तत्काल खारेज गर्नुपर्ने मागसहित जोरदार नाराबाजी गर्दै नगरभरि परिक्रमा गरेका थिए । प्रदर्शनलाई एक विशाल र सशक्त रुपमा अघि बढाइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीले भूमि विधेयक गैरसुकुम्बासीलाई हाबी गराउन ल्याइएको आरोप लगाउँदै भने, “यो विधेयक जसपा नेपालले कुनै पनि हालतमा स्वीकार गर्न सक्दैन।”

कार्यक्रमका अन्य वक्ताहरू पूर्व अध्यक्ष श्यामबिहारी यादव, राजकुमार दास, अनिल यादव, पुनित राम, ईश्वरीप्रसाद यादव लगायतले पनि आफ्नो धारणा व्यक्त गर्दै भूमि विधेयकको कडा विरोध जनाए ।

कार्यक्रमको स्वागत मन्तव्य युवा नेता पुणप्रताप पटेलले दिएका थिए भने कार्यक्रमको सञ्चालन जसपा नेपालका युवा नेता राजाबाबु साहले गरेका थिए ।

प्रदर्शनमा जसपा नेपालका केन्द्रीय सदस्य तथा गुजरा नगरपालिकाका नगरप्रमुख सन्तलाल चौधरीसहित विभिन्न तहका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष राजिव रञ्जन यादवले भदौ ०९ गतेदेखि मधेस प्रदेशभरि निरन्तर विरोध प्रदर्शन भइरहेको जानकारी दिँदै भने, “१९ वर्षपछि अदालतको परमादेशपछि जसपा नेपाल मात्र होइन, अन्य दलका नेताहरू पनि आन्दोलनमा सक्रिय छन्।”

उनले गौर घटनाका प्रमुख योजनाकारको नाम तत्कालीन लाल आयोग र खिलराज रेग्मी नेतृत्वमा गठित छानबिन आयोगको प्रतिवेदनमा उल्लेख भएको भन्दै ती प्रतिवेदन सार्वजनिक गर्न माग समेत गरेका छन् ।

जसपा नेपालको यो विरोध कार्यक्रमले रौतहटमा नयाँ राजनीतिक बहसको सुरुवात गराएको छ । पार्टीले आन्दोलनलाई अझ व्यापक बनाउँदै लैजाने जनाएको छ ।

काठमाडौँ ।

नेपाली कथानक चलचित्र ‘द प्रोफेस्नल गाइज’ निर्माण भएको छ । चलचित्रका लेखक तथा निर्देशक मार्टिन भण्डारी र डार्विन श्रेष्ठ रहेका छन् । सह–लेखन एवं सिर्जनात्मक निर्देशन अमन श्रेष्ठले गरेका हुन् । जे. के. एस. इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र चाँडै प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

सुकेधारा स्थित अस्कर इन्टरनेसनल कलेजको साधना घर थिएटरमा चलचित्रका लेखक तथा निर्देशक डार्विन श्रेष्ठ र जे.के.एस इन्टरटेन्मेन्टका फाउन्डर अमन श्रेष्ठका बुबा झनकुमार श्रेष्ठको जन्मदिनको अवसर पारेर चलचित्रको टाईटल एनाउन्समेन्ट कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा चलचित्रसँग सम्बन्धित निर्देशक, निर्माता, कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा चलचित्र प्रेमी दर्शकहरूकोे उपस्थिति रहेको थियो ।
अस्कर कलेजमै पहिले चलचित्रको कन्सेप्ट सुनाएको र त्यही कलेजमा चलचित्र निर्माणपछि टाईटल एनाउन्समेन्ट कार्यक्रम आयोजना गरिएको चलचित्रको लेखक तथा निर्देशक मार्टिन भण्डारीले बताए । सबैको मेहनतले चलचित्र निर्माण गर्न सफल भएको चलचित्रका सह–लेखक एवं सिर्जनात्मक निर्देशक अमन श्रेष्ठले बताए । चलचित्रको पोष्टर, टिजर, ट्रेलर तथा चलचित्रसँग सम्बन्धित समाग्रीहरु केहि समयपछि सार्वजनिक गरिँदै जाने निर्माण पक्षले जनाएको छ । चलचित्रको एनिमेटेड शीर्षकलाई हेर्दा चलचित्रको विषयवस्तु थ्रिलर कमेडी भएको अनुमान गर्न सकिन्छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ १७ गते ।
गौर राजनैतिक घटना र प्रस्तावित भूमि विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा), नेपालद्वारा २०८२ भदौ १८ गते (बुधबार) रौतहटको कटहरिया बजारस्थित बिवाह भवनमा एक विरोध तथा जन-जागरण कार्यक्रम आयोजना गरिने भएको छ ।

कार्यक्रम दिउँसो २:०० बजे सुरु हुने तय भएको छ । जसपा, नेपाल रौतहटका कार्यालय सचिव दिनेश कुमार यादवले एक विज्ञप्तिमार्फत कार्यक्रममा सहभागी भइ सशक्त उपस्थिति जनाउन सबैलाई हार्दिक अनुरोध गरेका छन् ।

यसै सन्दर्भमा, भोलि हुने विरोध कार्यक्रमको विशेष तयारी सम्बन्धी छलफल सम्पन्न भएको जानकारी पनि प्राप्त भएको छ । छलफलमा कार्यक्रमलाई सफल बनाउन आवश्यक व्यवस्थापन, जनसहभागिता, सुरक्षा व्यवस्था लगायतका विषयमा विस्तृत योजना बनाइएको छ ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष गाेबिन्द चाैधरी,केन्द्रीय सदस्य एवम् गुजरा नगरपालिकाका मेयर सन्तलाल चाैधरी,यूवा नेता श्रीकान्त यादव लगायतका नेताहरूकाे उपस्थिति रहेको थियो ।

जसपाका स्थानीय नेता तथा कार्यकर्ताहरूले उक्त कार्यक्रम गौर घटनामा न्यायको माग र भूमि विधेयकको विरोध स्वरूप आयोजित गरिएको जनाउँदै, कार्यक्रमले मधेशको आवाज बुलन्द पार्ने विश्वास व्यक्त गरेका छन् ।

आरके श्रीवास्तव,रौतहट,भदौ १७ गते ।
राैतहटका गरूडा नगरपालिकामा आयोजना हुने मेयर कप क्रिकेट टुर्नामेन्टका लागि खेल सामग्री (क्रिकेट कीट) वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । यूथ क्लब अफ रौतहटको आयोजनामा सम्पन्न कार्यक्रममा क्लबका उपाध्यक्ष बलराम ठाकुरको अध्यक्षतामा कार्यक्रम संचालन भयो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कन्थमनी जयसवालले खेलकुदले युवाहरूमाझ एकता, अनुशासन र स्वस्थ प्रतिस्पर्धा ल्याउने बताउँदै भने, “खेलकुदले समाजलाई जोड्ने माध्यम हो । नगरपालिकाले सधैँ खेलकुद गतिविधिमा साथ दिँदै आएको छ र भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तर समर्थन गर्नेछ।”

त्यसैगरी, वडा नं. ५ का वडा अध्यक्ष रामबिनोद जयसवालले यूथ क्लब र खेलाडीहरूलाई धन्यवाद दिंदै भने, “यस प्रकारका प्रतियोगिताले स्थानीय युवाहरूमा प्रतिभा उजागर गर्न मद्दत पुर्‍याउँछ । हामी सबैले मिलेर यस्ता सकारात्मक गतिविधिलाई अझ सशक्त बनाउनु पर्छ।”

कार्यक्रममा वडा नं. ६ का अध्यक्ष रामबाबु जयसवाल, वडा नं. ७ का अध्यक्ष प्रविण यादव, कार्यपालिका सदस्यहरू, खेलाडीहरू लगायतको उपस्थिति रहेको थियो ।

यूथ क्लब अफ रौतहटका अनुसार मेयर कप क्रिकेट प्रतियोगिता विगत ४ वर्षदेखि सञ्चालन हुँदै आएको हो । यस वर्ष प्रतियोगितामा प्रथम हुने टिमलाई रु. १ लाख २५ हजार र प्रमाणपत्र, द्वितीय टिमलाई रु. ६५ हजार र प्रमाणपत्र प्रदान गरिने यूवा समाजसेवी शैलेस जयसवालले जानकारी गराएका हुन् ।

त्यसैगरी, म्यान अफ द म्याचलाई रु. १५ हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई जनही रु. १० हजार र प्रमाणपत्र प्रदान गरिनेछ ।

कार्यक्रमको सञ्चालन राजेश्वर पाण्डेले गरेका थिए ।

आरके श्रीवास्तव,राैतहट,१६ गते भदौ । 

नेकपा माओवादी केन्द्र रौतहटको प्रथम जिल्ला बैठक आइतवार गरुडा नगरपालिकास्थित अनुष पार्टी प्यालेसमा सम्पन्न भएको छ । जिल्ला ईन्चार्ज अशोक जयसवालको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा पार्टी संगठन सुदृढीकरण र आगामी चुनावी रणनीतिबारे महत्वपूर्ण निर्णयहरू गरिएका छन् ।

 

कार्यक्रममा केन्द्रीय सदस्य वहिद अंसारी, पूर्व सांसद देवेन्द्र पटेल, प्रदेश सभा सदस्य विनदेश्वर राय यादव, पूर्व राज्यमन्त्री सत्यनारायण भगत लगायत जिल्लाभरिका पालिकास्तरीय नगर अध्यक्षहरू, जिल्ला समन्वय समितिका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

 

बैठकमा प्रत्येक स्थानीय तहमा पार्टी ईन्चार्जहरूको जिम्मेवारी तोकिएको छ । पार्टीले संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आगामी निर्वाचनका लागि तयारी तीव्र बनाउने निर्णय गरेको छ ।

 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र कटहरिया नगर अध्यक्ष तथा मेयर पदका प्रत्यासी नसरूदिन अन्सारीले पार्टीको आगामी यात्रामा युवा र स्थानीयस्तरका कार्यकर्ताको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै सबैलाई संगठित भएर अघि बढ्न आग्रह गरेका छन् ।

 

उनले स्थानीय विकासका सवालमा जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै, माओवादी केन्द्रले विगतमा देखाएको परिवर्तनको यात्रालाई पुनः सबल बनाउने वाचा गरेका छन् ।

 

कार्यक्रम सकारात्मक वातावरणमा सम्पन्न भएको र आगामी दिनहरूमा यस्ता बैठकहरूलाई निरन्तरता दिँदै संगठन निर्माणलाई तीव्रता दिने सहमति पनि भेलामा बनेको जनाइएको छ ।

आरके श्रीवास्तव,रौतहट, भदौ १६ । 

जनता समाजवादी पार्टी, नेपाल (जसपा) रौतहट जिल्ला समितिको आयोजनामा सोमबार चन्द्रपुर चौकमा भूमि विधेयकको विरोधमा बृहत विरोध प्रदर्शन सम्पन्न भएको छ । “मधेशी एकता जिन्दावाद! उपेन्द्र यादव जिन्दावाद!” नारासहित आयोजित कार्यक्रममा सहभागीहरूले सो विधेयकलाई “राष्ट्रघाती” भन्दै तीव्र विरोध जनाए ।

 

कार्यक्रममा जसपा नेपालकी केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य पुजा चाैधरीले वन विनाश गरेर मधेशलाई मरुभूमि बनाउने नियोजित प्रयत्न अन्तर्गत ल्याइएको सो विधेयकले मधेशी जनताको हक, हित, र अस्तित्वमाथि गम्भीर प्रहार हुने चेतावनी दिए । उनले भूमि विधेयक खारेज नगरे सरकारविरुद्ध अझ कडा आन्दोलन छेडिने बताए ।

 

वक्ताहरूले गौर राजनीतिक घटनालाई समेत स्मरण गर्दै मधेशको पीडा र बलिदानलाई बिर्सिन नहुने कुरा औंल्याए । प्रदर्शनमा सयौंको संख्यामा सर्वसाधारण, विद्यार्थी, महिला, युवा तथा पार्टीका कार्यकर्ताहरू सहभागी थिए ।

 

जसपाले यस प्रकारका विरोध कार्यक्रमलाई जिल्लाभरि फैलाउने र संघीय सरकारमाथि दबाब सिर्जना गर्ने योजना समेत सार्वजनिक गरेको छ ।

 

गोडैता (सर्लाही) — मधेशमा महिलाले अझै पनि समान अधिकार र स्वतन्त्रता सहजै उपभोग गर्न पाएका छैनन् भन्ने उदाहरण हुन् गोडैता नगरपालिका–२, जयपुरकी अमृता। पत्रकारितामा सक्रिय रहेकी उनी महिलामाथि हुने विभेद र सामाजिक बन्धनको सामना गर्दै निरन्तर कलम चलाइरहेकी छन्। तर, उनी आफैं महिल भएकै कारण समाजबाट अपमान, बेइज्जत र विभेदको शिकार भइरहेकी छन्।

अमृताले बताइन् — “मलाई महिला भएकै कारण धेरै प्रतिबन्ध लगाइन्छ। चश्मा लगाउन पाइदैन, गाडी चलाउन पाइदैन, बोल्न पाइदैन भन्ने सोच अझै बलियो छ। यो मानसिकता समाजकै प्रगतिका लागि हानिकारक हो।”

उनको भनाइमा, महिलाले आफ्नो पहिचान अनुसार स्वतन्त्रता उपभोग गर्न नपाउनु ठूलो अन्याय हो। पत्रकार भएर आवाज उठाउँदा उनी अझ बढी आलोचना र सामाजिक दबाबमा पर्नुपर्ने अवस्था छ।

परिवारलाई समेत असर

अमृताको मात्र नभई उनको परिवारले समेत विभेदको असर भोगिरहेको छ।
“मेरो बुवालाई समेत बेइज्जत र अपमान गरियो। महिलाको स्वतन्त्रतामा रोक लगाउने सोचका कारण हाम्रो सम्पूर्ण परिवार नै मानसिक पीडामा परेको छ,” अमृताले दुखेसो पोखिन्।

मधेशमा गहिरो लैंगिक विभेद

महिला अधिकारकर्मीहरूको भनाइमा मधेशमा अझै पनि लैंगिक विभेदको जरा बलियो छ। समाजमा पुरुषलाई स्वतन्त्र र अगाडि बढ्ने अधिकार सहजै दिइन्छ भने महिलालाई अझै घरको चारदिवारमा मात्र सीमित गर्न खोजिन्छ। यसले महिला पत्रकारलाई अझ बढी कठिन परिस्थिति सिर्जना गरेको छ।

जनस्तरमा चेतना बढ्दै गएको भए पनि अझै परम्परागत सोच, असमान व्यवहार र सामाजिक दबाबकै कारण महिलाहरू खुला रूपमा आफ्नो अधिकार प्रयोग गर्न सकिरहेका छैनन्।

विशेषज्ञहरूको दृष्टिकोण

समाजशास्त्रीहरूका अनुसार, महिलालाई स्वतन्त्रता नदिनु केवल व्यक्तिगत समस्या होइन, यो सम्पूर्ण समाजको प्रगतिको लागि बाधक हो।
“जबसम्म महिलाले स्वतन्त्रता र समान अधिकार पाउँदैनन्, तबसम्म लोकतन्त्रले पनि पूर्णता पाउँदैन। पत्रकारिता जस्तो पेशामा महिलालाई रोक्नु लोकतन्त्रको आत्मामाथि आघात हो,” महिला अधिकार अभियानकर्मीहरूले बताएका छन्।

अमृताको संकल्प

विभिन्न दबाब र अपमानका बाबजुद अमृताले आफ्नो कलम रोकेकी छैनन्।
“सत्य, न्याय र समानताको पक्षमा कलम चलाउन छाड्दिनँ। समाजले विभेद गरे पनि म पत्रकार भएर आवाज उठाइरहन्छु,” उनले

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।