२०८३ आश्विन २०
२०८३ आश्विन २०

काठमाडौं । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको करिब पौने चार मिनेट लामो ट्रेलरमा प्रेम, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात तथा मानवीय सम्बन्धका विभिन्न पक्षलाई प्रस्तुत गरिएको छ ।

हाँसो र भावनाबीचको सम्बन्धलाई देखाइएको ट्रेलरले पारिवारिक सम्बन्धमा आउने आरोह–अवरोहलाई कथाको मुख्य आधार बनाएको छ। निर्देशक बोहराले चलचित्र विशुद्ध मनोरञ्जनात्मक रहेको बताउँदै दर्शकलाई साढे दुई घण्टा मनोरञ्जनसँगै भावनात्मक अनुभव दिने उद्देश्यले निर्माण गरिएको बताएका छन् । चलचित्र असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।

करिब १८ वर्षपछि यही चलचित्रमार्फत ठूलो पर्दामा फर्किएका हास्य अभिनेता नारायण त्रिपाठीले पुनरागमनलाई लिएर आफू उत्साहित रहेको बताएका छन्। अमेरिकामा आयोजित विशेष प्रदर्शनमा दर्शकबाट पाएको माया र प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको उनको भनाइ छ। चलचित्रमा मुकुन, विल्सन विक्रम राई, उमेश राई, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय रहेको छ ।

निर्माता रामनारायण उपाध्यायले दर्शकलाई भरपूर मनोरञ्जन दिने उद्देश्यले चलचित्र निर्माण गरिएको बताउँदै यसमा सामाजिक सद्भाव र पारिवारिक प्रेमको कथासमेत समेटिएको जानकारी दिएका छन् । धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई आरआर फिल्मस्ले देशभर वितरण गर्नेछ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । एन्टिगा एन्ड बारबुडा फाल्कन्सले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनलमा प्रतियोगिताको पहिलोपटक फाइनल पुगेको जमैका किङ्समेनलाई आठ विकेटले पराजित गर्दै फाल्कन्सले आफ्नो तेस्रो सिजनमै पहिलो उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको जमैका किङ्समेनले माज सादाकतको ११४ रनको उत्कृष्ट इनिङ्सका बाबजुद २० ओभरमा ९ विकेट गुमाएर १७० रन बनाएको थियो । सादाकतले ५८ बलमा नौ छक्का र आठ चौकासहित ११४ रन बनाए । तर अन्य ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोली ठूलो योगफल बनाउनबाट रोकिएको थियो । फाल्कन्सका सफियान मोकिमले चार विकेट लिएका थिए ।

१७१ रनको लक्ष्य पछ्याएको फाल्कन्सले १६ ओभर ४ बलमै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । अमिर जाङ्गु र हसन नवाजले अविजित ८९ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । जाङ्गुले अविजित ५७ तथा नवाजले अविजित ४७ रन बनाए ।

यसअघि रहकीम कर्नवालले सुरुआती ओभरमै दुई चौका र दुई छक्का प्रहार गर्दै २० रन जोडेर फाल्कन्सलाई आक्रामक सुरुआत दिलाएका थिए । दोस्रो विकेटका लागि एभिन लुइस र जाङ्गुले ६४ रनको साझेदारी गरेपछि फाल्कन्सले खेलमा पूर्ण नियन्त्रण बनाएको थियो । प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित शादाब खानले फाल्कन्सका लागि १३२ रन बनाउनुका साथै ११ विकेट लिएका थिए । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । एन्टिगा एन्ड बारबुडा फाल्कन्सले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनलमा प्रतियोगिताको पहिलोपटक फाइनल पुगेको जमैका किङ्समेनलाई आठ विकेटले पराजित गर्दै फाल्कन्सले आफ्नो तेस्रो सिजनमै पहिलो उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको जमैका किङ्समेनले माज सादाकतको ११४ रनको उत्कृष्ट इनिङ्सका बाबजुद २० ओभरमा ९ विकेट गुमाएर १७० रन बनाएको थियो । सादाकतले ५८ बलमा नौ छक्का र आठ चौकासहित ११४ रन बनाए । तर अन्य ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोली ठूलो योगफल बनाउनबाट रोकिएको थियो । फाल्कन्सका सफियान मोकिमले चार विकेट लिएका थिए ।

१७१ रनको लक्ष्य पछ्याएको फाल्कन्सले १६ ओभर ४ बलमै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । अमिर जाङ्गु र हसन नवाजले अविजित ८९ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । जाङ्गुले अविजित ५७ तथा नवाजले अविजित ४७ रन बनाए ।

यसअघि रहकीम कर्नवालले सुरुआती ओभरमै दुई चौका र दुई छक्का प्रहार गर्दै २० रन जोडेर फाल्कन्सलाई आक्रामक सुरुआत दिलाएका थिए । दोस्रो विकेटका लागि एभिन लुइस र जाङ्गुले ६४ रनको साझेदारी गरेपछि फाल्कन्सले खेलमा पूर्ण नियन्त्रण बनाएको थियो । प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित शादाब खानले फाल्कन्सका लागि १३२ रन बनाउनुका साथै ११ विकेट लिएका थिए । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केहीबेरमा शुरु हुदैछ । बैठकमा सहभागी हुने एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको भनीमण्डलस्थित रामबाग महल पुगेका छन् ।

यसअघि आजै बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको ऐजेन्डा तय गरेको छ ।

च्यासलमा बसेको बैठकले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तथा केन्द्रीय सदस्य मनोनयन गर्ने एजेन्डा रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

भट्टले आजको सचिवालय बैठकमा  पुनर्गठन कार्यदलको प्रतिवेदनमा छलफल नभएको बताए । सो प्रतिवेदन केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने नहुने बारेपनि भट्टले स्पष्ट जानकारी दिएनन् । आजबाट ललितपुरको रामबाग महलमा सुरु हुने केन्द्रीय कमिटी बैठक बुधबारसम्म चल्ने छ । एभरेष्ट न्यूज एजेन्सी,

गोरखा । मनास्लु हिमाल आरोहणका क्रममा क्याम्प-३ मा हिउँले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४७ वर्षीय जर्मन नागरिक ध्रुवज्योति गुहा र संखुवासभाको मकालु गाउँपालिका–२ का ४८ वर्षीय नेपाली गाइड फुर्सेम्बा शेर्पा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार दुवै जना असोज ३ गते राति १० बजेसम्म सम्पर्कमा थिए । त्यसपछि सम्पर्कविहीन भएपछि खोजीका लागि क्याम्प–२ बाट पासाङ पेम्बा शेर्पा र दावा शेर्पाको टोली क्याम्प–३ पुगेको थियो ।

खोजीका क्रममा चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु क्याम्प–३ मा दुवै जना टेन्टभित्र हिउँले पुरिएको अवस्थामा मृत फेला परेका थिए । मकालु एड्भेन्चर कम्पनीले उपग्रह सम्पर्कमार्फत क्याम्प–२ सँग सम्पर्क गरेपछि घटनाको पुष्टि भएको हो ।

दुवै जना मकालु एड्भेन्चर कम्पनीमार्फत मनास्लु आरोहणका लागि भदौ २२ गते सामागाउँ पुगेका थिए । मृतकको शव उद्धार गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी रहेको छ ।

प्रवक्ता जगदीश खरेलका अनुसार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक केन्द्रीय कार्यालय बनस्थलीमा जारी रहेको हो ।

बैठकमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको कांग्रेसको महाधिवेशन प्रक्रियामा आफू सहभागी नभएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा आएका टिप्पणीबारे स्पष्ट पार्दै खड्काले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमितिको वैधानिकताबारे आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको कारणले आफु महाधिवेशनको प्रक्रियामा सहभागी नभएको बताएका हुन् ।

उनले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गगन थापाको नेतृत्वमा सुरु भएको महाधिवेशनमा सहभागी हुनु आफूलाई ‘चरम अनैतिक काम’ हुने बताएका छन् ।

खड्काले भनेका छन्, ‘सम्बन्धित सबैमा स्पष्ट होस् कि यो महाधिवेशनको कुनै पनि प्रक्रियामा मेरो सहभागिता छैन, रहने छैन ।’

उनका अनुसार गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा समेत यही कारणले आफू उम्मेदवार नबनेका हुन् । उनले गगन थापाको हस्ताक्षर भएको टिकटबाट चुनाव लड्नु नैतिक रूपमा उचित नहुने आफ्नो विश्वास रहेको बताएका छन् ।

खड्काले सर्वोच्च अदालतको पूर्ण इजलासले निर्वाचन आयोगले अपनाएको प्रक्रिया र यसअघिको निर्णयमा त्रुटि देखाउँदै आफूहरूले दायर गरेको मुद्दा पुनरावलोकनका लागि निस्सा दिएको बताएका छन् ।

महाधिवेशनका सबै प्रक्रिया रोक्न आफूहरूले सर्वोच्च अदालतमा निवेदन दिएको भए पनि अदालतबाट महाधिवेशन रोक्न आवश्यक नदेखिएको भन्दै रिट जारी नभएपछि कांग्रेसको नाममा अलग-अलग दुईवटा महाधिवेशन हुने अवस्था बनेको खड्काले बताएका छन् ।

उनले भनेका छन्, ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ ।’

यद्यपि सम्भावित पार्टी विभाजन रोक्न आफूहरू अन्तिम प्रयासमा रहेको उनले बताएका छन् । कांग्रेस विभाजन भए त्यसको असर पार्टीमा मात्र नभई नेपालको लोकतन्त्रमा समेत बहुआयामिक प्रभाव पर्न सक्ने उनको धारणा छ ।

खड्काले सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूलाई विचाराधीन पुनरावलोकनको मुद्दाको गम्भीरता मूल्यांकन गरी सम्भव भए अग्राधिकार दिएर ‘अन्तिम फैसला यथाशीघ्र’ गर्न आग्रह समेत गरेका छन् । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । दाहाललाई साइबर अपराधसम्बन्धी मुद्दामा प्रहरीले मोरङबाट पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ। नेपाल प्रहरीले साइबर अपराधसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाउने गरेको जनाएको छ ।

उनलाई आजै काठमाडौँ ल्याउन लागिएको छ । दाहालले पछिल्लो समयमा बालेन्द्र शाह नेतृत्वको सरकारको कडा आलोचना गर्दै आएका थिए ।एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु गरेको छ ।

यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको अनुमतिपत्र छपाइको समस्या समाधान गर्न नयाँ प्रणालीबाट छपाइ सुरु गरेको हो । नयाँ प्रणालीबाट नयाँ अनुमतिपत्र लिने र पुरानो अनुमतिपत्र नवीकरण गर्ने प्रक्रिया छिटो र सहज हुने विभागले जनाएको छ ।

प्रणालीमा सेवाग्राहीको विवरण प्रविष्ट भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रणमा पुग्नेछ । सुरक्षण मुद्रणले अनुमतिपत्र छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ ।

पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ ।

प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा अनुमतिपत्र छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ । सोहीअनुसार मधेश प्रदेशले अनुमतिपत्र छपाइ गरिरहेको छ भने लुम्बिनी प्रदेशले पनि शुक्रबारदेखि छपाइ सुरु गरेको छ ।

प्रदेश सरकारले सम्झौता नगरेको अवस्थामा सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा अनुमतिपत्र छपाइ गरिने विभागले जनाएको छ। एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । बेलायतको सानो पिज्जा चेन ‘नेपोली अन द रोड’ ले इटालीका चर्चित पिज्जा पसललाई पछि पार्दै विश्वकै नम्बर एक पिज्जा चेनको उपाधि जितेको छ।

इटालीको नेपल्सस्थित तेआत्रो मर्कदांतेमा आयोजित ‘५० टप पिज्जा’ पुरस्कारको १०औँ संस्करणमा ‘नेपोली अन द रोड’ पहिलो भएको हो । यसअघि सातमध्ये छ वर्ष इटालीका पिज्जा पसलले शीर्ष स्थानमा कब्जा जमाएका थिए ।

गोप्य निरीक्षकले स्वाद, सामग्रीको गुणस्तर, मौलिकता र खानाको अनुभवका आधारमा मूल्यांकन गरेका थिए । ३४ वर्षीय संस्थापक तथा मुख्य परिकार बनाउने मिकेले पासकेरेल्लाले यो सफलता पिज्जा क्षेत्रको ‘ओस्कार’ जस्तै भएको बताएका छन् ।

पासकेरेल्लाले इटालीको कासेर्तामा पिज्जा बनाउन सिकेका थिए । उनले लन्डनको चिसविक, रिचमन्ड र सोहोमा तीनवटा पसल सञ्चालन गरिरहेका छन् । खाद्य गाडीबाट सुरु भएको उनको व्यवसाय अहिले तीन स्थायी पसलमा विस्तार भएको हो ।

पासकेरेल्लाले सन् २०२३ मा ‘विश्वकै उत्कृष्ट पिज्जा निर्माता’को उपाधि पनि जितेका थिए । यसपटक भने उनले इटालीका चर्चित पिज्जा पसलसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्दै विश्वकै शीर्ष स्थान हासिल गरेका हुन् ।

शीर्ष १० मा ‘उना पिज्जा नेपोलिताना’ अमेरिकाको न्युयोर्क दोस्रो, ‘कन्फाइन’ इटालीको मिलान तेस्रो र ‘आई मसानीली’ इटालीको कासेर्ता चौथो स्थानमा रहेका छन् । लन्डनको ‘नेपोली अन द रोड’ शीर्ष १० मा पर्ने बेलायतको एक मात्र पिज्जा पसल बनेको छ ।

‘नेपोली अन द रोड’को सफलतामा ‘चिजविक’ नामक विशेष पिज्जाको समेत महत्वपूर्ण भूमिका रहेको छ । यसमा पाँच प्रकारका इटालियन चीज र घरमै तयार गरिएको टमाटरको जाम प्रयोग गरिन्छ । पासकेरेल्लाले स्वाद र सामग्रीको गुणस्तरमा सम्झौता नहोस् भनेर आफ्नो व्यवसायलाई ठूलो चेनमा विस्तार गर्ने केही व्यावसायिक प्रस्तावसमेत अस्वीकार गरेका छन् । एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।