२०८३ आश्विन २२
२०८३ आश्विन २२

काठमाडौँ । रौतहटको गढीमाई नगरपालिकाको समनपुरघाटको बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन ठेक्कामा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुख श्यामप्रसाद यादवसहित चार जना व्यक्ति र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/७७ का लागि समनपुर नाकाबाट बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन, संकलन, बिक्री तथा निकासीको ठेक्का भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालिले ३ करोड २५ लाख रुपैयाँमा कबोल गरेको पाइएको अख्तियारले जनाएको छ।

बोलपत्रको सर्तअनुसार सम्झौताअघि सात दिनभित्र सम्पूर्ण रकम बुझाउनुपर्ने व्यवस्था भए पनि कम्पनीले तोकिएको समय नाघेर २४ दिनपछि ८४ लाख ६३ हजार रुपैयाँ मात्र दाखिला गरी सम्झौताका लागि निवेदन दिएको अनुसन्धानबाट खुलेको छ।

त्यसपछि कम्पनीले एक करोड रुपैयाँ पहिले नै दाखिला गरिसकेको भनी झुट्टा विवरण समावेश गरेर टिप्पणी पेश गरिएको र नगर प्रमुखले त्यसलाई स्वीकृत गर्दै बोलपत्रको सर्तविपरीत एक महिनाका लागि १० हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन, संकलन, बिक्री तथा निकासी गर्न अस्थायी अनुमति दिएको आरोप लगाइएको छ।

तर उक्त अवधिमा ५४ हजार ३५५ घनमिटर नदीजन्य पदार्थ उत्खनन तथा निकासी गरी ३ करोड ३२ लाख ६९ हजार ७८९ रुपैयाँ ५८ पैसा बराबरको लाभ लिएको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ।

अनुसन्धानअनुसार कम्पनीले ठेक्का सम्झौताबापत १ करोड ९ लाख ६३ हजार रुपैयाँ मात्र दाखिला गरेको थियो। यसरी ठेक्काको बाँकी २ करोड १५ लाख ३७ हजार रुपैयाँ तथा मूल्य अभिवृद्धि करबापत ४२ लाख २५ हजार रुपैयाँ गरी कुल २ करोड ५७ लाख ६२ हजार रुपैयाँ राजस्व दाखिला नगरी नेपाल सरकार तथा गढीमाई नगरपालिकालाई हानि पुर्‍याएको आरोप छ।

यसका साथै रकम दाखिला नभइसकेको अवस्थामा दाखिला भइसकेको भन्दै गलत प्रतिवेदन तयार गरी राजस्व चुहावट गराइएको निष्कर्षसहित नगर प्रमुखयादवसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखाका प्रमुख बालकिशोर राय, भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रा.लि., बत्तीसपुतली, काठमाडौँ तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने राधेश्याम साहविरुद्ध आज विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ असार २४ गते बुधबार ईस २०२६ जुलाई ८ नेपाल सम्बत ११४६ तछलागा अष्टमी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण अष्टमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, अतिगण्ड योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १५ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज विश्व छाला स्वास्थ्य दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन आशावादी सोच र निरन्तर प्रयासले सफलता दिलाउने संकेत देखिएको छ। बिहानदेखि नै नयाँ काम सुरु गर्ने वा अधुरा योजना पूरा गर्ने उत्साह बढ्नेछ। कार्यक्षेत्रमा तपाईंको आत्मविश्वास, लगनशीलता र निर्णय क्षमताले वरिष्ठ व्यक्तिको ध्यान आकर्षित गर्न सक्छ। व्यापार–व्यवसायमा साना तर महत्वपूर्ण उपलब्धि हात लाग्ने सम्भावना छ। आर्थिक रूपमा आम्दानी सन्तोषजनक रहनेछ, तर अनावश्यक खर्चमा नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ। परिवारका सदस्यहरूसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। स्वास्थ्य सामान्य रहनेछ, तर पर्याप्त निद्रा र आरामलाई बेवास्ता नगर्नु राम्रो हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य र सन्तुलित व्यवहारले धेरै जटिल काम सहज बन्नेछन्। कार्यक्षेत्रमा पुराना प्रयासले सकारात्मक परिणाम दिन थाल्ने संकेत देखिन्छ। नयाँ जिम्मेवारी आउन सक्छ, जसलाई धैर्यपूर्वक पूरा गर्न सक्नुहुनेछ। आर्थिक अवस्था स्थिर रहनेछ र भविष्यका लागि बचत गर्ने सोच बलियो बन्नेछ। परिवारमा मेलमिलाप र सहयोगको वातावरण कायम रहनेछ। आफन्तसँगको भेटघाट वा शुभ समाचारले मन प्रसन्न बनाउनेछ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक रूपमा शान्ति महसुस हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ योजना सफल हुने सम्भावना छ। सहकर्मी तथा साथीभाइको सहयोगले चुनौतीपूर्ण काम पनि सहज रूपमा सम्पन्न हुनेछ। सञ्चार, लेखन, अध्ययन वा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन निकै फलदायी रहनेछ। आर्थिक पक्षमा सामान्य सुधार आउनेछ र रोकिएको रकम प्राप्त हुने सम्भावना पनि देखिन्छ। परिवारसँग बिताएको समयले मनमा नयाँ ऊर्जा थप्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज परिवारको साथ र विश्वासले तपाईंलाई ठूलो हौसला दिनेछ। घरमा खुसी, मेलमिलाप र समझदारीको वातावरण कायम रहनेछ। कार्यक्षेत्रमा तपाईंको इमानदारी र जिम्मेवारीको प्रशंसा हुनेछ। रोकिएका काम पूरा हुने सम्भावना छ। आर्थिक पक्षमा सामान्य सुधार आउनेछ र आवश्यक खर्च सहज रूपमा व्यवस्थापन गर्न सकिनेछ। कुनै शुभ समाचारले मन प्रसन्न बनाउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि सन्तुलित महसुस हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज नेतृत्व क्षमता र आत्मविश्वासले तपाईंलाई विशेष सफलता दिलाउन सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ। व्यापारमा विस्तार गर्ने योजना अघि बढ्न सक्छ। आर्थिक रूपमा लाभका अवसर देखिए पनि हतारमा ठूलो लगानी नगर्नु उचित हुनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्ने सम्भावना छ। परिवारको साथले मनोबल उच्च रहनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ ज्ञान प्राप्त गर्ने कार्यमा उल्लेखनीय प्रगति हुनेछ। कार्यक्षेत्रमा निरन्तर मेहनतले राम्रो परिणाम दिनेछ। नयाँ सीप सिक्ने वा आफ्नो अनुभवलाई उपयोग गर्ने अवसर प्राप्त हुनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ, तर खर्च व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुनेछ। परिवारमा सुखद वातावरण कायम रहनेछ। छोटो यात्रा वा बाहिरी भेटघाट लाभदायक बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ र नियमित जीवनशैलीले थप ऊर्जा दिनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना बलियो देखिन्छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा नयाँ आम्दानीको स्रोत खुल्न सक्छ। व्यापार वा व्यवसायमा विस्तार गर्ने योजना सफल बन्ने संकेत देखिन्छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। परिवारसँग रमाइलो समय बित्नेछ र घरमा खुसीको वातावरण कायम रहनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध स्थापित हुनेछ, जसले भविष्यमा राम्रो अवसर दिलाउन सक्छ। स्वास्थ्य पनि राम्रो रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मेहनत, धैर्य र अनुभवले राम्रो प्रतिफल दिलाउने दिन रहनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना बलियो छ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ र नयाँ अवसर प्राप्त हुन सक्छ। आर्थिक रूपमा लाभका संकेत देखिए पनि ठूलो निर्णय गर्दा सोचविचार गर्नु आवश्यक हुनेछ। परिवारमा खुसीको वातावरण रहनेछ। सम्बन्धमा विश्वास र आत्मीयता अझ मजबुत बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह कायम रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज सकारात्मक सोच, उत्साह र आत्मविश्वासले तपाईंलाई अगाडि बढाउनेछ। व्यापार, अध्ययन, यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा शुभ संकेत देखिन्छ। कार्यक्षेत्रमा मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्नेछ। नयाँ योजना सुरु गर्न वा भविष्यका लक्ष्य तय गर्न दिन उपयुक्त रहनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र विश्वास प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ। बचत गर्ने योजना सफल बन्ने सम्भावना छ। परिवारका सदस्यहरूको सुझावले महत्त्वपूर्ण निर्णय लिन सहयोग पुर्‍याउनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले आरामका लागि समय छुट्याउनु उचित हुनेछ। दिनको अन्त्यमा उपलब्धिले मनमा सन्तोष ल्याउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज सिर्जनशील सोच र नवीन योजनाले तपाईंलाई विशेष उपलब्धि दिलाउन सक्छ। कार्यक्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् र नयाँ अवसर पनि प्राप्त हुन सक्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले कठिन काम सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना बलियो छ। परिवारमा खुसी, मेलमिलाप र समझदारी कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र नयाँ परिचय भविष्यमा लाभदायक बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ र मनमा सकारात्मक ऊर्जा रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य, संयम र सकारात्मक सोचले दिनलाई सफल बनाउनेछ। केही काममा ढिलाइ भए पनि अन्तिम परिणाम सन्तोषजनक रहनेछ। कार्यक्षेत्रमा आफ्नो अनुभव र सीपको सही उपयोग गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु आवश्यक हुनेछ, साथै बचत गर्ने अवसर पनि प्राप्त हुन सक्छ। परिवारको साथ र सहयोगले मानसिक शान्ति तथा आत्मबल बढाउनेछ। पुराना अधुरा काम पूरा हुने सम्भावना छ। साँझतिर कुनै सुखद समाचार प्राप्त हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि निरन्तर बढ्दै जानेछ।

एभरेष्ट न्यूज एजेन्सी

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवलाई नियन्त्रणमा लिएको छ ।

आयोगका अनुसार राजविराज नगरपालिका–३ स्थित उक्त कार्यालयमा कार्यरत उनीहरूले भ्याक्सिनेटरहरूलाई सेवा उपलब्ध गराएबापत पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसन माग गरेको भन्ने उजुरीका आधारमा इटहरी कार्यालयबाट खटिएको टोलीले कारबाही गरेको हो ।

टोलीले चालक यादवलाई सेवाग्राहीबाट घुसस्वरूप ३३ हजार ३५० रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । त्यसक्रममा ४८ हजार ७० रुपैयाँ स्रोत नखुलेको नगदसहित कुल ८१ हजार ४२० रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ ।

त्यसैगरी, एक लाख २९ हजार रुपैयाँ बराबरका चार थान चेक, एक थान मोबाइल तथा निमित्त कार्यालय प्रमुख डा. दासको साथबाट एक थान मोबाइल र एक लाख २५ हजार रुपैयाँ बराबरको एक थान चेकसमेत बरामद गरिएको छ । आयोगले दुवै जनालाई आइतबार नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

मोरङ । मोरङको ग्रामथान गाउँपालिका-६ झोवाबनीमा देवरको खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ ।

स्थानीय कपिल खवासकी श्रीमती अन्दाजी २० वर्षीया सिमा राजवंशीलाई उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरीले घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा ४७ वर्षीय शिवलाल खवास (ठूलोबुबा) समेत घाइते भएका छन् । उनको दाहिने काँधमा गहिरो चोट लागेको छ । उनको स्थानीय नेता चोकस्थित मेडिकलमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था मध्यम रहेको छ ।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरैंचाबाट तथा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले खुकुरीसहित आरोपित सौचन खवासलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेकोप्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ  । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज राष्ट्रिय सभाको बैठक अपराहन्न १२: १५ बजेदेखि शुरु हुदैछ ।

आज राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमध्ये विभिन्न मन्त्रालयको विनियोजन शीर्षकहरू मध्ये छलफल उठेका प्रश्नको विभिन्न मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, गृह मन्त्रालय, उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय , राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आतोगको कार्यालयको विनियोजन शिर्षकमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८३ मा विभिन्न शिर्षकहरुमा प्रस्तुत खर्च कटौतीजा प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकलाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जानकारी दिएको छ ।

हाल कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । मधेश र सुदुरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केहि स्थान तथा मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भू-भागका केहि स्थानमा हावाहुरीको सम्भावना छ ।

त्यस्तै आज राति देशभर अधिकांश बादल लाग्नेछ।  देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका साथै सुदूरपश्चिम  प्रदेशका तराई भु-भागका धेरै स्थान र कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भू-भागको थोरै स्थान तथा  मधेश प्रदेशका साथै गण्डकी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ असार २३ गते मंगलबार ईस २०२६ जुलाई ७ नेपाल सम्बत ११४६ तछलागा सप्तमी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण सप्तमी, चन्द्रमा मीन राशिमा, उत्तराभाद्रपदा नक्षत्र, शोभन योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १४ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज विश्व चकलेट दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन नयाँ सोच र सकारात्मक ऊर्जाका साथ सुरु हुनेछ। बिहानदेखि नै काममा सक्रियता बढ्नेछ र रोकिएका योजनाले गति लिने सम्भावना छ। कार्यक्षेत्रमा तपाईंको मेहनत, आत्मविश्वास र नेतृत्व क्षमताको प्रशंसा हुनेछ। महत्त्वपूर्ण व्यक्तिसँगको भेटघाटले भविष्यका लागि नयाँ अवसर सिर्जना गर्न सक्छ। आर्थिक रूपमा आम्दानी बढ्ने संकेत देखिए पनि अनावश्यक खर्चलाई नियन्त्रण गर्नु आवश्यक हुनेछ। परिवारमा आपसी विश्वास र आत्मीयता बढ्नेछ। साथीभाइसँगको सहकार्य लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ, तर अत्यधिक कामका बीच विश्रामका लागि पनि समय निकाल्नु उचित हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य र विवेकले तपाईंलाई सही निर्णयतर्फ डोर्‍याउनेछ। कार्यक्षेत्रमा विगतको मेहनतको प्रतिफल प्राप्त हुने सम्भावना छ। नयाँ काम सुरु गर्नुभन्दा पहिले पुराना जिम्मेवारी पूरा गर्नु लाभदायक हुनेछ। आर्थिक अवस्था स्थिर रहनेछ र बचत गर्ने अवसर प्राप्त हुनेछ। परिवारका सदस्यहरूसँग आत्मीय सम्बन्ध कायम रहनेछ। आफन्त वा पुराना साथीभाइसँगको भेटले मन प्रसन्न बनाउनेछ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक रूपमा पनि शान्ति तथा सन्तुलन महसुस हुनेछ। दिनको अन्त्यमा कुनै सुखद समाचार प्राप्त हुन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज व्यस्तताका बीच पनि उपलब्धिले सन्तुष्टि दिनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ र तपाईंले त्यसलाई सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। सञ्चार क्षमता, सिर्जनशील सोच र व्यवहारले अरूको विश्वास जित्न मद्दत गर्नेछ। सहकर्मी तथा साथीभाइको सहयोगले जटिल काम पनि सहज बन्नेछ। आर्थिक पक्षमा सामान्य सुधार देखिनेछ। अध्ययन, लेखन, सञ्चार तथा सिर्जनात्मक क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। परिवारसँग बिताएको समयले मानसिक शान्ति प्रदान गर्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज परिवारसँगको सम्बन्ध थप आत्मीय बन्नेछ। घरमा खुसी, मेलमिलाप र सहयोगको वातावरण कायम रहनेछ। कार्यक्षेत्रमा तपाईंको लगनशीलता, इमानदारी र जिम्मेवारीको उचित मूल्यांकन हुनेछ। रोकिएका काम पूरा हुने सम्भावना बलियो देखिन्छ। आर्थिक पक्षमा सामान्य सुधार आउने संकेत छ। भविष्यका लागि नयाँ योजना बनाउन अनुकूल समय रहनेछ। मानसिक रूपमा शान्ति र सन्तुलन कायम रहनेछ। स्वास्थ्य पनि राम्रो रहने सम्भावना छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज आफ्नो नेतृत्व क्षमता र प्रतिभा देखाउने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ। नयाँ जिम्मेवारी वा पदसँग सम्बन्धित विषयमा सकारात्मक संकेत देखिन सक्छ। आर्थिक रूपमा लाभका अवसर देखिए पनि लगानी गर्दा पर्याप्त अध्ययन गर्नु उचित हुनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्ने सम्भावना छ। परिवारको साथ र प्रोत्साहनले मनोबल उच्च रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर उत्साह कायम रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन, अनुसन्धान, तालिम वा नयाँ ज्ञान प्राप्त गर्ने कार्यमा राम्रो सफलता मिल्नेछ। आफ्नो अनुभव र सीपलाई व्यवहारमा उतार्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा निरन्तर मेहनतले अपेक्षाभन्दा राम्रो परिणाम दिनेछ। आर्थिक अवस्था सामान्य रहनेछ, तर खर्च व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुनेछ। परिवारमा सुखद वातावरण कायम रहनेछ। छोटो यात्रा वा बाहिरी भेटघाट लाभदायक बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ र नियमित दिनचर्याले थप ऊर्जा दिनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना छ। रोकिएको रकम प्राप्त हुने वा नयाँ आम्दानीको स्रोत खुल्ने संकेत देखिन्छ। व्यापार वा व्यवसायमा विस्तार गर्ने योजना सफल बन्न सक्छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। परिवारसँग रमाइलो समय बित्नेछ र घरमा खुसीको वातावरण कायम रहनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध स्थापित हुनेछ, जसले भविष्यमा लाभ पुर्‍याउन सक्छ। आत्मविश्वास बढ्ने भएकाले महत्त्वपूर्ण निर्णय लिन सहज हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मेहनत, धैर्य र अनुभवले राम्रो प्रतिफल दिलाउनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना बलियो देखिन्छ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ र नयाँ अवसर पनि प्राप्त हुन सक्छ। आर्थिक रूपमा लाभका संकेत देखिए पनि ठूलो निर्णय गर्दा सोचविचार गर्नु आवश्यक हुनेछ। परिवारमा खुसीको वातावरण रहनेछ। सम्बन्धमा विश्वास र आत्मीयता अझ बलियो बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साहित महसुस गर्नुहुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज सकारात्मक सोच र आत्मविश्वासले तपाईंलाई धेरै अवसर दिलाउन सक्छ। व्यापार, अध्ययन, यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा शुभ संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्नेछ। नयाँ योजना सुरु गर्न वा दीर्घकालीन लक्ष्य निर्धारण गर्न आजको दिन अनुकूल रहनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सहज रूपमा सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र विश्वास प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ र बचत गर्ने सोच पनि सफल बन्न सक्छ। परिवारका सदस्यहरूको सुझावले महत्त्वपूर्ण निर्णय लिन सहयोग पुर्‍याउनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त आराम गर्नु राम्रो हुनेछ। दिनको अन्त्यमा कुनै उपलब्धिले मनमा सन्तुष्टि ल्याउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज सिर्जनशील सोच, नयाँ योजना र सकारात्मक दृष्टिकोणले तपाईंलाई सफलता दिलाउनेछ। कार्यक्षेत्रमा रोकिएका कामले गति लिनेछन् र नयाँ अवसर प्राप्त हुन सक्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले कठिन काम पनि सहज बन्नेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। परिवारमा खुसी, मेलमिलाप र आपसी विश्वास कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र नयाँ परिचय भविष्यमा उपयोगी बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह कायम रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य, संयम र सकारात्मक सोचलाई साथमा राख्न सके दिन उपलब्धिमूलक बन्नेछ। केही काममा अपेक्षाभन्दा ढिलाइ भए पनि अन्तिम परिणाम सन्तोषजनक रहनेछ। कार्यक्षेत्रमा अनुभव र सीपको सही उपयोग गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु उचित हुनेछ, साथै बचत गर्ने अवसर पनि प्राप्त हुन सक्छ। परिवारको साथ र सहयोगले मानसिक शान्ति र आत्मबल बढाउनेछ। पुराना अधुरा काम पूरा हुने सम्भावना छ। साँझतिर कुनै खुसीको समाचार प्राप्त हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि दिनप्रतिदिन मजबुत बन्दै जानेछ ।एभरेष्ट न्यूज एजेन्सी

रौतहट, असार २२

रौतहटको कटहरिया नगरपालिकाको १२ औँ नगरसभा तथा १०औँ बजेट अधिवेशन सोमवार सम्पन्न भएको छ । आन्तरिक विवादका कारण निर्धारित समयमै नगरसभा हुन नसकेपछि असार २२ गते नगरसभा सम्पन्न गरिएको हो ।

नेपाल सरकारको प्रचलित कानुनी व्यवस्थाअनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट असार १० गतेभित्र गाउँसभा वा नगरसभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ। तर कटहरिया नगरपालिकामा देखिएको आन्तरिक विवादका कारण नगरसभा निर्धारित समयमै हुन सकेको थिएन।

नगरसभामा आर्थिक वर्ष २०८३÷८४ का लागि ४८ करोड ७७ लाख ४७ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ । यसमध्ये चालुतर्फ ३३ करोड ८८ लाख ७२ हजार रुपैयाँ तथा पुँजीगततर्फ १४ करोड ८८ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, पशुपालन, स्वास्थ्य सेवा विस्तार, शिक्षा, खानेपानी, सरसफाइ, सडक तथा अन्य पूर्वाधार विकास, विपद् व्यवस्थापन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, युवा तथा रोजगार प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ ।
यद्यपि, नगरसभा विवादरहित हुन सकेन । नगर प्रमुख अजय प्रकाश जैसवालले एकलौटी ढंगले नगरसभा सञ्चालन गर्न खोजेको आरोप लगाउँदै पाँच जना वडाध्यक्षले सभा बहिष्कार गरेका छन्।

 


वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहाको नेतृत्वमा वडा नम्बर १ का भूपेन्द्र महतो कोइरी, वडा नम्बर २ का हरेन्द्र साह, वडा नम्बर ६ का जयराम चौधरी तथा वडा नम्बर ९ का रुपेश यादवले आफ्ना माग सम्बोधन नगरी बलजफ्ती रूपमा नगरसभा सञ्चालन गरिएको आरोप लगाएका छन्। उनीहरूले सभा स्थगित गर्न माग गरे पनि सुनुवाइ नभएको भन्दै आक्रोसित वडा अध्यक्षहरुले टायर बालेर बिरोध प्रर्दशन गरेका थिए । प्रर्दशनका क्रममा प्रहरी प्रर्दशनकारीहरलाई हस्तक्षेप गरेका थिए ।
नगरसभा बहिष्कारपछि सञ्चारकर्मीसँग कुरा गर्दै वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहाले नगरसभा कानुनी प्रक्रिया विपरीत सञ्चालन भएकाले आफूहरू कानुनी उपचारको बाटोमा जाने र सम्बन्धित निकायमा निवेदन दर्ता गराउने बताए।
वडा नम्बर ९ का अध्यक्ष रुपेश यादवले नगरसभा कानुनविपरीत सञ्चालन भएको दाबी गर्दै त्यसबाट भएका निर्णय आफूहरूले स्वीकार नगर्ने बताए।

त्यस्तै वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र महतो कोइरीले नगरपालिकाका कर्मचारीले तलब नपाएको, आर्थिक विवरण सार्वजनिक नगरिएको तथा प्रक्रियाविपरीत नगरसभा गरिएको आरोप लगाउँदै त्यसकै विरोधस्वरूप बहिष्कार गरिएको बताए।
वडा नम्बर ६ का अध्यक्ष जयराम चौधरीले पनि आफूहरूलाई पर्याप्त जानकारी नदिई नगरसभा गरिएको तथा आय–व्ययको विवरण प्रस्तुत नगरी बजेट अधिवेशन सञ्चालन गरिएको आरोप लगाए।

विरोधका क्रममा बहिष्कारमा सहभागी जनप्रतिनिधिहरूले नगर प्रमुखविरुद्ध नाराबाजीसमेत गरेका थिए।
उता नगरपालिकाले भने नगर प्रमुख अजय प्रकाश जैसवालको अध्यक्षतामा सम्पन्न नगरसभामा नगर उपप्रमुख रीता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंह, लेखा प्रमुख कामेश्वर सहनी, जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा स्थानीयवासीको उपस्थितिमा नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी आवश्यक निर्णय पारित गरिएको जनाएको छ।

पाँच जना वडाध्यक्षले नगरसभा बहिष्कार गरेपछि नगरसभाको प्रक्रिया, वैधानिकता तथा निर्णयलाई लिएर स्थानीय राजनीतिक वृत्तमा थप बहस सुरु भएको छ। यस विषयमा नगरपालिकाको आधिकारिक धारणा र बहिष्कारमा सहभागी वडाध्यक्षहरूको दाबीबीच फरक मत देखिएकाले आगामी दिनमा यो विषय कानुनी तथा प्रशासनिक तहमा पुग्ने सम्भावना रहेको छ।

काठमाडौँ  । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज राष्ट्रिय सभाको बैठक अपराहन्न १२: १५ बजेदेखि शुरु हुदैछ ।

आज राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमध्ये विभिन्न मन्त्रालयको विनियोजन शीर्षकहरू मध्ये छलफल उठेका प्रश्नको विभिन्न मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

आज युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । अस्ट्रेलियाले इङ्ल्यान्डलाई सात विकेटले पराजित गर्दै महिला टी- २० विश्वकप क्रिकेटको उपाधि सातौँ पटक जितेको छ । उत्कृष्ट बलिङ प्रदर्शनपछि बेथ मुनीको अर्धशतकीय इनिङ्सको मद्दतमा अस्ट्रेलियाले सहज जित दर्ता गरेको हो ।

टस जितेर पहिले बलिङ रोजेको अस्ट्रेलियाले इङ्ल्यान्डलाई निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५० रनमा सीमित गरेको थियो । १५१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १७.१ ओभरमा तीन विकेट मात्र गुमाएर १५३ रन बनाउँदै उपाधि आफ्नो नाममा लेखायो ।

महिला टी-२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र इङ्ल्यान्डबीच भएको यो चौथो भेट थियो । यसअघिका सबै फाइनलमा जस्तै यसपटक पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई पराजित गर्दै आफ्नो वर्चस्व कायम राख्यो ।

यसअघि अस्ट्रेलियाले सन् २०१२, २०१४ र २०१८ को फाइनलमा पनि इङ्ल्यान्डलाई हराएर उपाधि जितेको थियो । सन् २०२६ को फाइनलमा समेत विजय हासिल गर्दै अस्ट्रेलियाले विश्वकप फाइनलमा इङ्ल्यान्डविरुद्ध आफ्नो शतप्रतिशत जितको कीर्तिमान कायम राखेको छ ।

योसँगै अस्ट्रेलियाले महिला टी-२० विश्वकपको इतिहासमा कीर्तिमानी सातौँ पटक उपाधि जित्दै आफ्नो प्रभुत्वलाई थप मजबुत बनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।