२०८२ चैत्र ३०
२०८२ चैत्र ३०

काठमाडौं: शिक्षक सेवा आयोगले अन्तर्वार्ता स्थगित गरेको छ। देशमा विद्यमान परिस्थितिका कारण भदौ २६ गतेदेखि असोज १ गतेसम्मका लागि तय भएको अन्तर्वार्ता स्थगित गरिएको उपसचिव गणेश प्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार साउन १९ गते तय भएको मावि तहको स्थायी शिक्षक पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा छनोट भएकाको अन्तर्वार्ता अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको हो।  अन्नपूर्ण

null

काठमाडौँ ।

झापाको बिर्तामोडमा मंगलबार जेन–जी आन्दोलनकारी र सुरक्षाकर्मीबीचको झडपपछि तनावपूर्ण स्थिति सिर्जना भएको छ । आन्दोलनकारीहरूले एमाले पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले पार्टी कार्यालयमा आगजनी भएको पुष्टि गर्दै साना प्रहरी बिटहरूमा समेत तोडफोड भएको जानकारी दिए ।

उनका अनुसार घटनापछि थप अप्रिय स्थिति नहोस् भन्नका लागि प्रहरीले सुरक्षा व्यवस्था कडाइ गरेको छ ।

टेक पाना

आरके श्रीवास्तव,राैतहट,भदौ २४ गते । 

कटहरिया – भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, र काठमाडौं लगायतका प्रमुख शहरहरूमा सोमबार भएको जेनजी आन्दोलनमा प्रहरीको गोली प्रहारबाट १९ जनाको ज्यान गएपछि देशभरि आक्रोश चुलिएको छ ।

यही आक्रोशको प्रतिविम्बस्वरूप आज रौतहटको कटहरिया बजारमा जेनजी (जेनेरेसन जेड) युवाहरूले आक्रामक विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले ईलाका प्रहरी कार्यालय कटहरिया घेराउ गर्दै टायर बालेर सडक अवरुद्ध पारेका छन् । उनीहरूले “केपी चोर देश छोड”, “विद्यार्थी मार्न पाइँदैन”, “नेपाल सरकार मुर्दाबाद” लगायतका आक्रोशपूर्ण नारा लगाउँदै सरकार र सुरक्षाकर्मीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

विद्यार्थीहरूमा आक्राेेश देखिएपनि प्रदर्शन भने शान्तिपूर्ण रूपमा नै गरेका छन् । अहिलेको सरकारको रवैयाले मुलुकलाई जुन दिशातर्फ धकेलिरहेको छ । त्यो गम्भीर चिन्ताको विषय बनिसकेको छ ।

कटहरियाका स्थानीय यूवा नेता नसरूदिन अन्सारीले जेनजीकाे माग जायज रहेकोले यसमा आफनाे समर्थन रहने बताएका छन् ।

 

आरके श्रीवास्तव,राैतहट,भदौ २३ गते । 

विकास मसला उद्योग, विरगंज पर्सा द्वारा उत्पादित ‘क्यूरी मसला’ को प्रचारप्रसार तथा व्यवसाय विस्तारको उद्देश्यले रौतहटको मौलापुरस्थित होटल पार्कमा होलसेल स्कीम वितरण कार्यक्रम सम्पन्न भएको छ ।

‘हरेक गृहणीको रोजाई क्यूरी मसला’ नारासहित सम्पन्न सो कार्यक्रमको अध्यक्षता स्थानीय व्यवसायी तथा निरला जेनरल किराना पसलका सञ्चालक महाशक्ति निरालाले गर्नुभएको थियो ।

कार्यक्रममा विकास मसला उद्योगका सञ्चालकद्वय विकास अग्रवाल र विवेक अग्रवाल उपस्थित रहनुभएको थियो । उहाँहरूले उत्पादनमा अपनाइएको गुणस्तर, स्वाद र नेपाली परिकारहरूसँगको सामञ्जस्यबारे जानकारी दिनुभएको थियो ।

 

कार्यक्रममा सहभागी व्यवसायीहरूलाई कुपन सिस्टममार्फत आकर्षक उपहारहरू वितरण गरिएको थियो । कार्यक्रममा हिमगिरी हाईजिन लिमिटेडका पुण्य लुँइटेल र मिन्टु सिंह, खेतान चिया उद्योगका प्रबन्ध निर्देशक ईश्वर दवाडी, जनक खड्का र महेश गुप्ता, तथा हाईजिन पैक्स नेपालबाट भोला महतो र मदन साह लगायत थुप्रै अतिथिहरूको उपस्थिति रहेको थियो ।

सञ्चालक महाशक्ति निरालाले कार्यक्रमको सफलता प्रति सन्तोष व्यक्त गर्दै स्थानीय व्यवसायीहरूलाई गुणस्तरीय घरेलु मसला उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो ।

सञ्चालक विकास अग्रवालले भने, “हामीले क्यूरी मसला विशेष गरी नेपाली स्वाद अनुसार उत्पादन गरेका छौँ, र हरेक गृहणीको भान्सामा हाम्रो स्थान बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेका हौँ।”

 

कार्यक्रमले स्थानीय स्तरमा घरेलु उद्योगको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ । साे अवसरमा क्यूरी मसालाकाे राम्रो व्यवसाय गर्ने दुई जनालाई टिभिएस माेटरसाईकिल,ईभि माेटरसाईकिल र अन्य उपहारहरू पनि प्रदान गरिएको थियोे ।

 

राकेश ठाकुरले सञ्चालन गरेको कार्यक्रममा भाेजपुरीका चर्चित कलाकार सुनिल पंण्डित,एमएल पटेल लगायतका कलाकारहरूले सहभागीहरूलाई भरपूर मनाेरंजन गराएका थिए । कार्यक्रममा बारा,राैतहट र सर्लाहीका व्यवसायीहरू सहभागीता रहेको थियो ।

 

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । शान्ति, सु–व्यवस्था कायम गर्नु÷गराउनुको साटो ओली नेतृत्वको वर्तमान सरकारले उल्टै नेपाली नागरिकको हत्या–आतंकमा उत्रिनु दुःखद रहेको जनाउदै उनले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

जेन–जी पुस्ताको आजको प्रदर्शनमा कलिला युवाहरुमाथि बर्बरतापूर्वक सरकारले नरसंहार मच्चाएको साहको ठहर छ । भ्रष्टाचार, अनियमितता, कुशासन, सामाजिक संजाल बन्द गर्ने सरकारको निर्णय बिरुद्ध आवाज उठाउँदा शान्तिपूर्ण आन्दोलनमा सरकारले ताकिताकि गोली चलाउदा दर्जनौँ युवाहरुको मृत्यु हुनुका साथै सयौँ युवाहरु घाईते भएका छन् ।

‘आज सेप्टेम्बर–८ मा भएको ‘जेन–जी’ पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा नेपाल सरकारको तर्फबाट गोली लागेर दर्जनौं प्रदर्शनकारीको मृत्यु र सयौंको संख्यामा घाईते भएको खबरले मर्माहत भएको छु । कलिला उमेरका युवाहरूको यो बर्बरतापुर्ण नरसंहारले लोकतन्त्र र कानुनी शासनको उपहासमात्र नभई मानवताकै हत्या भएको छ । अहिलेको २१औं शताब्दीमा शान्ति, सु–व्यवस्था कायम गर्नु÷गराउनुको साटो केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उल्टै आफ्नो नागरिकको हत्या–आतंकमा उत्रिनु दुःखद हो । प्रधानमन्त्रीले यो नरसंहारको जिम्मा लिई देशमा शान्ति, अमनचयन, सुशासन र स्थिरता कायम गर्न÷गराउनको लागि पनि तत्काल राजीनामा गर्न जोडदार माग गर्दछु । साथै, प्रहरीको गोली लागेर मृत्युवरण गरेका महान युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना तथा शोक सन्तप्त परिवार एवं आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ आजपा अध्यक्ष साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

काठमाण्डौ – जेन–जी भनिने नयाँ युवा पुस्ताले गरेको आन्दोलनको दबाबका कारण सरकार सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन बाध्य भएको छ । हिजो बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

यससँगै सरकारले बन्द गरेका फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालहरु सञ्चालनमा आउन थालेका छन् । सूचीकरण नभएको भन्दै सरकारले गएको बिहीबारदेखि यी सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय बनाएको थियो ।

फेसबुकसहितका सामाजिक सञ्जाल बन्द हुँदा अनलाइन व्यापार, व्यवसायदेखि विद्यार्थीहरूको पढाइ, विदेशमा रहेका आफन्तसँगको कुराकानी र सूचना आदानप्रदानमा समस्या भएको थियो । सामाजिक सञ्जालमाथि लगाइएको रोक, बेथिति र अव्यवस्थाको बिरोधमा युवा पुस्ताले प्रदर्शन गरेका थिए । उज्यालो अनलाइनमा याे खबर उपलब्ध छ ।

 

काठमाडौं, २३ भदौ – भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गरेको विरोधमा सोमबार जेनजी पुस्ता (जेनेरेसन जेड) का नाममा काठमाडौंलगायत प्रमुख शहरहरूमा भएको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको छ । भीडमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा १९ जनाको ज्यान गएको छ ।

विभिन्न अस्पतालमा भर्ना गरिएका घाइतेमध्ये एक दर्जनभन्दा बढीको अवस्था गम्भीर छ । काठमाडौंमा १७ र सुनसरीमा २ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदर्शनकारी र प्रहरीसहित ४२२ जना घाइते भएका छन् । मृत्यु र घाइते हुनेमा अधिकांश ३० वर्ष मुनि उमेरका छन् ।

देशमा संघीय गणतन्त्र घोषित भएपछि सरकारविरुद्धको प्रदर्शनको क्रममा यति धेरै संख्यामा हताहती भएको यो पहिलो घटना हो । काठमाडौंको नयाँ बानेश्वरमा भएको झडपका घाइतेहरूको सिभिल अस्पताल बानेश्वर, ट्रमा सेन्टर, टिचिङ, केएमसीलगायतका अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न अस्पतालबाट संकलित तथ्यांकअनुसार सिभिल सेवा अस्पतालमा १७० जना घाइते उपचारत छन्, तीनजनाको मृत्यु भएको छ । एभरेस्ट अस्पतालमा १०२ जना घाइते उपचारत छन् भने तीन जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा आठजनाको मृत्यु भएको छ भने ५९ जना घाइते उपचाररत छन् ।

केएमसीमा उपचाररत ३१ घाइतेमध्ये सात जना डिस्चार्ज भएका छन् भने दुईको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा १८ जना उपचाररत छन् भने एक जनाको मृत्यु भएको छ । धरानको बिपी प्रतिष्ठानमा लगिएका चार घाइतेमध्ये दुईजनाको मृत्यु भएको छ । ४२२ घाइतेमध्ये १० जनालाई डिस्चार्ज गरिएको मन्त्रालयको तथ्यांकमा छ ।

जेनजीको प्रदर्शनमा सरकारको दमनले २०६२-६३ को १९ दिने जनआन्दोलनलाई पनि छायामा पारेको छ । जनआन्दोलन–२ मा २५ जनाले ज्यान गुमाएका थिए । सोमबार काठमाडौंसहित पोखरा, बुटवल, चितवन, विराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायतका देशका विभिन्न शहरहरूमा विरोध प्रदर्शन भएका छन् ।

देशभरका प्रदर्शनमा प्रहरीले सक्दो दमन गरेको छ भने प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमाथि तोडफोड, आगजनी गरेका छन् । भीडलाई ताकेर प्रहरीले गोली चलाएपछि आक्रोसित प्रदर्शनकारीले एम्बुलेन्स, गाडी, मोटरसाइकलमा पनि आगो लगाएका छन् ।

प्रदर्शनमा झडप भएलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले हतार–हतार नयाँ बानेश्वर, शितल निवास, सिंहदरबार परिसरलगायतमा कर्फ्यु आदेश जारी गरेको थियो ।

कर्फ्यु आदेशलाई बेवास्ता गर्दै प्रदर्शनकारीले सोमबार बेलुकी पनि प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलाहुँदै संघीय संसद् भवन प्रवेश गर्न खोजेका प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस, गोली प्रहार गरेको थियो । सरकारले युवाहरूलाई मारेको भन्दै गठबन्धनमध्येको कांग्रेसले सरकार छाड्नुपर्ने मागसमेत उठेको छ ।

जेनजी भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मेकाहरूको पुस्ता वर्गीकरण हो । यसभित्र २८ वर्ष उमेर समूहका युवा पर्छन् । युवाले गर्ने भनिएको विरोध प्रदर्शनमा कोही पनि नेतृत्वकर्ता घोषणा गरिएको थिएन । प्रदर्शनमा दुर्गा प्रसाईं समूह, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतको घुसपैठ भएका कारण स्थिति हिंसात्मक भएको सुरक्षा निकायले सरकारलाई ब्रिफिङ गरेको छ ।

काठमाडौंमा सोमबार ११ बजेदेखि माइतीघर मण्डलामा गर्ने भनिएको प्रदर्शन एक्कासि नयाँ बानेश्वर पुगेपछि उग्र बनेको थियो । तोकिएको समयभन्दा अगावै बिहान ९ बजेदेखि नै माइतीघरमा प्रदर्शनकारीको उपस्थिति देखिएको थियो । प्रदर्शनमा भ्रष्टाचारविरोधी, प्रधानमन्त्रीविरोधी, सामाजिक सञ्जाल बन्दबारे प्लेकार्ड बोकेर विद्यालय–कलेज पोसाकमै विद्यार्थी सहभागी थिए ।

आन्दोलनकारीको भीड अनियन्त्रित हुँदै सरकारले निषेधित क्षेत्र घोषणा गरेको संघीय संसद् भवन वरपर पुगेको थियो । त्यहाँ पुगेपछि संसद् भवनभित्र छिर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो ।

सरकारले फेसबुक, युट्युब, म्यासेन्जरलगायतका २६ वटा सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयसँगै देखिएको असन्तुष्टि आन्दोलनमा परिणत भएको हो । जेनरेसन जीका नाममा लामो समयदेखि सामाजिक सञ्जाल टिकटकमा आन्दोलन गर्ने भन्दै युवाहरू निकै उग्र बनिरहेका थिए ।

नेताका छोराछोरीको विलासीपूर्ण जीवनको विषयमा टिप्पणी गर्दै उनीहरूको भिडियो पनि भाइरल बनाइरहेका थिए । देशमा उठाइने करबाट नेताका परिवार, छोराछोरी मस्ती गर्ने र देशमा भ्रष्टाचार गरेको भन्दै आन्दोलित बनेका थिए ।

समाचार तयार पार्दासम्म काठमाडौंको ट्रमा सेन्टरले जारी गरेको सूचीअनुसार ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षका श्रीराम चौलागाई, २१ वर्षका सुलभराज श्रेष्ठ, ४२ वर्षमा बुद्धिबहादुर तामाङ, २८ वर्षका गौरव जोशी, २५ वर्षका सौरभ कटुवाल, २६ वर्षीय ईश्वतबहादुर अधिकारी छन् । दुई जनाको अझै सनाखत हुन सकेको छैन । न्यूज २४ दैनिकमा याे खबर छापिएको छ ।

आरएन पटेल,राैतहट,भदौ २२ गते।
नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा बैजू प्रसाद बाबरा पुनः निर्विरोध चयन भएका छन। नेपाल मदिरा उत्पादक संघको पाँचौं अधिवेशन तथा दशौं वार्षिक साधारण सभाबाट रौतहटका उद्योगपति बैजू प्रसाद बाबरा दोस्रो कार्यकालका लागि पुनः केन्द्रीय अध्यक्षमा निर्विरोध चयन भएका छन्।
भदौ २१ र २२ गते संघीय राजधानी काठमाण्डौमा सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा बाबरालाई नेतृत्वको जिम्मेवारी सुम्पिएको हो।


रौतहटको कटहरिया नगरपालिका-९ डुमरियामा अवस्थित ज्योति डिस्टिलरी प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रहेका बाबरा लामो समयदेखि मदिरा उद्योगसँग आबद्ध रहँदै आएका छन्। संघको केन्द्रीय अध्यक्षमा पुनः निर्वाचित भएपछि उनले नेपाल मदिरा उत्पादक संघलाई अझ सबल बनाउँदै आवद्ध सम्पूर्ण उद्योगी-व्यवसायीका हकहितको लागि निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन्।
बाबराले आफूलाई दिएको विश्वास र समर्थनप्रति आभार प्रकट गर्दै संघलाई समावेशी, सबल र परिणाममुखी बनाउन सम्पूर्ण उद्योगी-व्यवसायीको सहकार्य आवश्यक रहेको बताएका छन्।

अब्दुल सलाम,राैतहट,भदौ २२ गते । 

लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा सक्रिय रहँदै आएका युवा अब्दुल सलामले हालै सरकारले सामाजिक सञ्जालमा सरकारका कामकारबाहीबारे प्रत्यक्ष टिप्पणी तथा आलोचना गर्न रोक लगाउने निर्णयको कडा आलोचना गरेका छन्।

उनका अनुसार, सामाजिक सञ्जाल आजको युगमा नागरिकले आफ्ना विचार अभिव्यक्त गर्ने सशक्त माध्यम हो, र यसमा नियन्त्रण लगाउनु अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार हो।

लोकतान्त्रिक मुल्य–मान्यतामा विश्वास गर्ने सरकार आफैंले आलोचना सहन नसक्ने हो भने त्यसले निरंकुशताको संकेत दिन्छ, सलामले बताएका छन्।

उनले सरकारको उक्त निर्णयलाई गैरजिम्मेवार र अलोकतान्त्रिक कदम भन्दै खारेज गर्न माग गरेका छन्। साथै, यस्तो निर्णयले सरकारप्रति जनताको विश्वास थप कमजोर हुने चेतावनी पनि दिएका छन्।

सलाम विगत केही वर्षदेखि सामाजिक विकृति–विसंगति विरुद्ध, जनताको हकअधिकारका लागि, तथा राज्यका गलत नीतिहरूको विरोधमा आवाज उठाउने युवा स्वरको रुपमा परिचित छन्।

उनका अनुसार,सञ्चार माध्यम र सामाजिक सञ्जाल कुनै पनि लोकतान्त्रिक मुलुकको मेरुदण्ड हो। यदि त्यसलाई बन्द गर्न खोजिन्छ भने त्यो राष्ट्रको स्वतन्त्रता, पारदर्शिता र जवाफदेहिताको अन्त्यतिर उन्मुख हुने संकेत हो।

अब्दुल सलाम जस्ता सचेत र क्रियाशील युवाहरुको आवाजले अहिलेको परिस्थितिमा नागरिक सचेतना र जिम्मेवार शासन प्रणालीका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास समाजका धेरै वर्गले व्यक्त गरेका छन्।

 

ओम प्रकाश यादव,रौतहट,भदौ २२ गते ।

रौतहटको नेकपा एमालेकी महिला नेतृ जमुना साहले केहीदिन अघि मात्र आगोले जलेर मृत्यु भएका लक्षमण पासवानको परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेकी छन् ।

रुबी हत्याकाण्डको मुख्य आरोपित रहेका लक्षमण पासवानले आफैले शरीरमा आगो लगाई आत्मदाह गरेपछि उनको श्राद्ध र भोजभतेरको लागि महिला नेतृ साहले खाद्यान्न सामग्री उपलब्ध गराएकी हुन्।

माधवनारायण नगरपालिकाकी उपप्रमुख प्रत्यासी समेत रहेकी माधोपुर घर भएकी नेकपा एमाले नेतृ जमुना साहले आर्थिक अवस्था निकै कमजोर भएका लक्षमण पासवानको परिवारलाई आफ्ना व्यक्तिगत तर्फबाट खाद्यान्न सामग्री सहयोग गरेकी छन्।

नेतृ साहले माधवनारायण नगरपालिका -६ माधोपुर घर भएका पासवानका बुबा र श्रीमतीलाई ५० किलो चिउरा, ५० किलो आलु, २० किलो चिनी, ४० किलो दही, १० किलो चना, १० किलो प्याज, खाने तेल ५ किलो लगाएतका खाद्यान्न सामग्री हस्तान्तरण गरेकी हुन् ।

लक्षमण पासवानको मृत्युपछि आर्थिक अवस्था निकै कमजोर रहेका उनका परिवारलाई पासवानको श्राद्धमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले खाद्यान्न सामग्री सहयोग गरेको नेतृ जमुना साहले बताइन् ।

आर्थिक अवस्था निकै दयनीय रहेका पासवानको परिवारलाई क्रिया र श्राद्ध गर्न पैसाको अभावमा कुनै सामान किन्ने अवस्था नरहेकोले केही सहयोग होस भन्ने उद्देश्यले आफूले खाद्यान्न सामग्री उपलब्ध गराएको उनले बताइन् ।

चर्चित सुटकेस काण्ड रुबी साह हत्याकाण्डका मुख्य आरोपित लक्षमण पासवानको केहीदिन अघि मात्र उपचारको क्रममा मृत्यु भएको थियो।

बुबाको एक्लो छोराको रूपमा रहेको पासवानको मृत्युपछि आर्थिक रुपमा निकै कमजोर र विपन्न रहेका उनको परिवार अहिले विचलिमा परेका छन्।

पासवानको दुई छोरा र श्रीमती छन् भने उनको बुबा र आमा पनि छन् ।

लक्ष्मणको मृत्यु पछि उनको सिंगो परिवार नै ठूलो आर्थिक समस्यामा परेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।