काठमाडौं, ८ वैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
अमेरिकी डलरको भाउ शुक्रबार घटेको छ । बिहीबार ३० पैसाले वृद्धि भएको अमेरिकी डलर शुक्रबार १३ पैसाले घटेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । यसअघि बिहीबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ८७ पैसा कायमम गरिएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरो ४३ पैसाले बढेको छ । शुक्रबार युरो एकको खरिददर १४३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ। बिहीबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ४८ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ १३ पैसा कायम गरिएको थियो।
शुक्रबार बेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३४ पैसाले बढेको हो । बिहीबार यसको खरिदमूल्य १६२ रुपैयाँ ७९ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ५४ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८८ रुपैयाँ ३० पैसा र बिक्रीमा ८८ रुपैयाँ ७१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८० पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा कायम गरिएको छ ।
शुक्रबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६९ पैसामा पाइनेछ ।
उता, कुवेती दिनार एकको खरिदमा शुक्रबार ४२७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ९२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ४४ पैसा तोकिएको छ।
काठमाडौ, ८ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १२० रुपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २८ रुपैयाँ रहेको छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती २३० रुपैयाँ, कुरीलो २३० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी र गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, घिरौला २८ रुपैयाँ, चमसूरको साग ७० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैया, लोकल परवर ८० रुपैयाँ, न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ, पुदीना १२० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ३० रुपैयाँ केजी कायम गरिएको छ ।
ब्रोकाउली ६० रुपैयाँ, भान्टा लाम्चो २५ रुपैयाँ, भिण्डी ६० रुपैया केजी, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुई कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका १५ रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ ।
यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा १८० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
काठमाडौं, ८ बैशाख । लामो समय पछि नेपाली सेनामा जागिर खुलेको छ ।
नेपाली सेनाले आज गरेको बिज्ञापन अनुसार ४५ सय जनाका लागि जागिर खुलाएको हो ।
जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ ।
भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी अडडाका अनुसार महिला कोटामा ३ सय ९०, आदिवासी जनजाति कोटामा ६ सय १७, मधेशी कोटामा ५ सय ४०, दलित कोटामा २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाएर नेपाली सेनाले जागिर खुलाएको हो ।
सुचना अनुसार आवेदकले अनलाइन मार्फत फारम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सबन्धित छनौट स्थलमा बुझाउनु पर्ने नेपाली सेनाले जनाएको छ ।
सेनाले १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न मिल्ने ब्यवस्था गरेको छ भने बहालवाला सैनिकको हकमा भने उमेरको हदबन्दी २६ बर्ष राखिएको छ ।
फाराम भर्ने अन्तिम मिति जेठ १४ गते तोकिएको भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी अडडाले जनाएको छ ।

बारा, ८ बैशाख । नक्कली विवरण बनाएर नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् ।
मावली हजुरबुवावाट बंशजको आधारमा नागरिकता दिलाउनका लागि सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका– १० का वडाध्यक्ष महम्मद साबिरसहित ३ जनालाई पक्राउ गरिएको हो ।
वडा अध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । उनका अनुसार कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन् । रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएको खुले पछि उनीहरु पक्राउ परेका हुन ।
गोप्य उजुरीको आधारमा उनीहरु पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।
उनका अनुसार नागरिकता लिन सिफारिस गरेका वडाध्यक्ष साबिरलाई बुधबार नियन्त्रण लिई अदालतबाट ५ दिनको म्याद थपेर हिरासतमा राखी अनुसन्धान सुरु भइसकेको छ ।
काठमाडौ, ८ बैशाख । भिटामिन बि १२ शरीरको लागि सबैभन्दा आवश्यक भिटामिन मध्ये एक हो। जुन शरीरमा धेरै कार्यहरू गर्न जिम्मेवार हुन्छ।
शरीरमा भिटामिन बि १२ ले शरीरमा रातो रक्त कोशिका बनाउनुका साथै यसले मस्तिष्क र स्नायु कोशिकाहरूलाई बलियो बनाउन पनि मद्दत गर्छ। यो भिटामिनको कमी को लक्षण धेरै खतरनाक हुन सक्छ।
यदि तपाईलाई भिटामिन बी १२ को कमीका लक्षणहरू पनि थाहा छैन भने आउनुहोस जान्नुहोस, यहाँ शरीरका विभिन्न भागहरूमा देखा पर्ने केही लक्षणका वर्णन गरिएको छ।
भिटामिन बि १२ को कमीले छालाको समस्या, कमजोर आँखाको स्वास्थ्य र न्यूरोलोजिकल जस्ता धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।
– छालामा पहेंलोपन बढाउँछ
– जिब्रोमा दुखाइ हुन्छ र रातोपन बढाउँछ ग्लोसाइटिस
– हिँड्ने र हिंड्ने तरिकामा परिवर्तन
– आँखा धमिलो हुने
– चिडचिडापन
यी अंगहरूमा भिटामिन बी १२ को कमीका लक्षणहरू देखा पर्छन्
हात र खुट्टामा झमझमाउने
काँटेदार महसुस हुनुको मतलब यो होइन कि तपाईमा भिटामिन बी १२ को कमी छ। यो स्नायुमा दबाब, पिन्च नर्भ, स्नायु रोग, हाइपरभेन्टिलेशन, मधुमेह, मल्टिपल स्क्लेरोसिस, हाइपर थाइराइडिज्म र अन्य धेरै कारणले हुन सक्छ।
जिब्रो
भिटामिन बि १२ को कमीले मुखको समस्या पनि निम्त्याउन सक्छ, जसले मुखमा अल्सर, घाउ, सुन्निने र जिब्रो रातो हुन सक्छ। घाँटी दुख्नु पनि भिटामिन बि १२को कमीको संकेत हो।
मस्तिष्क
अध्ययनले देखाएको छ कि भिटामिन बी १२ को कमीले स्मरणशक्ति गुमाउन सक्छ। यसको साथसाथै झनझन र सुन्निने महसुस हुन सक्छ।
काठमाडौं, ८ वैशाख । निर्वाचन आयोगले १० वैशाखमा हुने उपनिर्वाचनका लागि आजवाट प्रचारप्रसार गर्न राेक लगाएकाे छ ।
बिहीबार मध्यराति १२ बजेदेखि १० वैशाखसम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदै छ ।
‘प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन २०८० का लागि निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयन भइरहेको अवगत नै छ,’ उनले भने, ‘उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाबमोजिम आज मिति २०८० वैशाख ७ गतेको राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहनेछ ।’

विज्ञप्ति :
यही वैशाख १० गते आइतबार हुने बारा निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० का लागि निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयन भइरहेको अवगत नै छ ।
उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाबमोजिम आज मिति २०८० वैशाख ७ गतेको राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएकाले सम्बन्धित सबैमा स्मरण गराइन्छ । साथै, निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न÷नगराउन आयोग हार्दिक आग्रह गर्दछ ।
सूर्यप्रसाद अर्याल
उपसचिव एवं सहायक प्रवक्ता
बारा, ८ चैत । वैशाख १० हुन गईरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजवाट नेपाल भारत सिमा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द रहने जनाएको हो
यसैगरी, मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाईएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।
काठमाडौं, ७ बैशाख । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र ओमान बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युएइ र हङकङ बीच प्रतिस्पर्धा हुनेछ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।
काठमाडौं, ८ चैत । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूर पश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आँशिक देखी सामान्यतया बदली रही देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
राती भने देशका पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ।
पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। लुम्बिनी, मधेश र कोशी प्रदेशहरूका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
गाैर,बैशाख ७ गते
रौतहट जिल्लामा संचालनमा रहको आरम्भ परियोजना अन्र्तगत कार्यशाला मंगलवार देखि सुरु भइ आज सम्पन भएको छ । गैरमा रहेको होटेल सिया पैलैसको सभा हलमा सकारात्मक सामाजिक मान्यताहरू विकास र प्रवद्र्धन गर्न धार्मिक,सामाजिक आगुवाहरू र परिवर्तन सम्बाहकहरूसँग ३ दिनको कार्यशाला २०८० बैसाख ५ गते देखि सुरु भइ ७ गते सम्पन भएको छ । कार्यक्रममा स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, सथानीय सरकारले पाउने अनुदान, योजना छनौट गर्ने प्रक्रिया र छनौट भएको योजना लाइ प्राथिमिकिकरण गर्ने आधारहरुको बारेमा प्रस्तुति गर्दै शिक्षा अधिकृत अरविन्द कुमार साहले तेस्रो चरणको योजना प्रक्रिया ९बस्ति स्तरको योजना तर्जुमा ० मा स्थानीय नागरिक समाज, सामाजिक अगुवा,महिला, बालबालिका,अपांगता भएको व्यक्ति, बिधालय,आमा समुह, तथा गैर सकारी संस्थाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनु पर्ने तथा स्थानीय आवश्यकताको आधारमा योजना छनौटमा सबैको भूमिका हुनु पर्छ साथै बालिका शिक्षा प्रबर्धन तथा हानिकारक सामाजिक मूल्यमान्यता न्यूनीकरण गर्न आवश्यक क्रियाकलापको बारेमा छलफनल भएको थियो शिक्षा,स्वास्थ्य,जिविकोपार्जन,बालविवाह लगायतको क्षेत्रमा काम गर्द आएको गैर सरकारी संस्था आसमान नेपालले आरम्भ परियोजना अन्तरगत शिक्षाबाट बञ्चित रहेका १० दखि १९ बर्षको विवाहित तथा अविवाहित किशोरीहरुलाइ शिक्षामा पहुँच पुयाउने तथा शिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउदै आएको परियोजनाका शिक्षा अधिकृत साहले बताउनु भयो । पहिलो बर्षमा आरम्भ परियोजना रौतहटको दुर्गा भगवती र यमुनामाइ गाउँपालिकामा कार्यक्रम संचालन गरेको थियो ।

दोस्रो बर्षमा कटहरिया र मौलापुर नगरपालिकामा संचालन भएको कार्यक्रम तेस्रो बर्षमा राजपुर र माधवनारायण नगरपालिकामा संचालन भएको थियो । भने चौथौ बर्षमा गरुडा,गढीमाइ,परोहा र बौद्धीमाइ नगरपालिकामा संचालनमा रहेको छ । एफसिडिओको आर्थिक सहयोग पिपुल इन निड,समाजिका संस्था जिल्ला समन्वय समिती, आसमान नेपाल तथा सम्बन्धित पालिकाको सहकार्यमा रौतहटमा संचालन रहेको आरमभ परियोजनाले ४ वटा प्रतिफलमा कार्यक्रम गर्दै आएको छ प्रतिफल १ विद्यालय छोडेका किशोरीहरुको साक्षरता र गणित कक्षाको सुधारात्मक हाजिरी। प्रतिफल २ विद्यालय छोडेका किशोरीहरुको संज्ञात्मक तथा असंज्ञात्मक सीपहरु विकास गर्ने एवमं भविष्यका लागि योजना बनाउने। प्रतिफल ३ विद्यार्थीका लागि विद्यालयमा सिक्नका लागि अनुकूल वातावरण सिर्जना गर्ने र विवाहित, विद्यालय छोडेका किशोरीहरुका लागि भावी योजना बनाउनका लागि सहयोग गर्ने। प्रतिफल ४ उमेर पुगी मात्रै विवाह गर्न, समुदाय र सम्बन्धित निकायलाई सकरात्मक समाजिक मान्यताका लागि प्रोत्साहन गर्ने र विवाहित, विद्यालय छोडेका किशोरीहरुको भावी योजनाका निम्ति बोध गराउने रहेको थियो । गरुडा वडा नम्बर १ का चेंज च्याम्पियन शेख साविर हुसैनले आरम्भ परियोजनाको सराहना गर्दै शिक्षाको पहुँचबाट टाढा रहेका बालिकाहरुलाइ किशोरी सिकाइ केन्द्रमा सहभागी गराउन लागि परेको बताए । अगामी दिनहरुमा पनि किशोरीहरुलाइ शिक्षामा पहुँच पु¥याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै कुनै पनि बालबालिकालाइ शिक्षाबाट बञ्चित हुन न दिने बताए । यस्तै कार्यक्रममा सहभागी बौद्धिमाइ नगरपालिका का महिला,बालबालिका ज्येष्ठ नागरिक शाखाका प्रमेश कुमार रजकले आरम्भ परियोजनाले गाउँ घरमा धेरै परिवर्तन गर्न सफल भएको धारणा राख्दै रजकले आफ्नो अनुभव सुनाउदै २० वर्ष भन्दा मुनीको बालबाालिकाहरुको हुने बालविवाह रोक्नमा आफु पनि लागि परेको बताए । रजकले आफ्नै भतिजीको १८ वर्षको उमेरमा हुन लागेको विवाह रोक्न सफल भएको बताए । अगामी दिनहरुमा पनि यस्तै सक्रियताका साथ लागि रहने प्रतिबद्धता गर्नु भएको छ । गरुडा नगरपालिका महिला,बालबालिका ज्येष्ठ नागरिक शाखाका प्रमुख अस्मिता यादबले आरम्भ परयोजना एकदम प्रभावकारी रहेको बताए । समाजका विपन्न दलित पिछिडिएका समुदायका शिक्षाको पहुँचबाट टाढा रहेका बालिकाहरु शिक्षामा पहुँच गराएर मुलधारमा ल्याउन सफल भएके बताउदै यस्ता कार्यक्रमलाइ नगरपालिकाले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । परोहा नगरपालिकाका महिला,बालबालिका ज्येष्ठ नागरिक शाखाका आयसा हसनले आफ्नो पालिकाको वडामा बालविवाह रोक्न सफल भएको अनुभव सुनाउदै आरम्भ परयोजनाले जुन तरिका समाजमा प्रभाव पारेको छ यसले निरन्तरता पायो भने अझै धेरै सुधार हुदै जाने बताए । हामीले हमेसा बालविाह,लैंिगक हिंसा,दाइजो प्रथा सहति गाउँघरमा विद्यमान रहेका कुरितीहरुलाइ न्युनिकरण गदैै शिक्षाको पहुँचबाट टाढा रहेका बालिकाहरुलाइ विद्यालय सम्म पु¥याउन अहम भुमिका खेल्ने बताए । कार्यक्रमको प्रस्तुतिको क्रममा १४१८ किशोरी माध्ये १०७१ जना किशोरीहरु बिधालय भर्ना गर्ने लक्ष्य लिएको साथै बिधालय भर्ना हुन नसकेको किशोरीहरुलाई बिभिन्न किसिमको व्यवसायिक तालिम दिने शिक्षा अधिकृत साहले बताउनु भएको थियो कार्यक्रममा खास गरि हाम्रो समुदायमा रहेको हानिकारक सामाजिक मुल्य मान्यता जस्त्तै बाल बिवाह,दाइजो प्रथा,लिंगको आधारमा बिभिन्न किसिमको हिंसा लाइ न्यूनीकरण गर्न क्रियाकला छनौट गरि न्युनिकरणको लागि रणनीतिक योजना तयारी भएको र सोहि अनुसार अगाडी बढ्ने बाल संरक्षण संयोजक सपना सेन्चुरीले बताउनु भयो कार्यक्रममा निलु झाले प्रशिक्षण गर्नु भएको थियो भने कार्यक्रमा परोहा नगरपालिका वडा नं २ का वडा अध्यक्ष,गरुडा महिला सेलका फुलमाया गुरौ,गरुडा,बौधिमाई र परोहा नगरपालिकाका महिला बालबालिका शाखा प्रमुखहरु सममिक धार्मिक अगुवा,पत्रकार लगाएत आसमान नेपाल संस्थाको क्रमचारिको उपस्थिति रहको थियो ।