काठमाडाै, १० बैशाख । आज अक्षय तृतीया ।
आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।
आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ । आजकाे तिथिबाटै सत्य युग सुरुवात भएको थियो भने आजकै दिनवाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको मानिन्छ ।
आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबिच विवाह भएकाले आजकाे दिन बिशेष रूपमा लिइने गरिन्छ । राजा भगीरथको तपस्याबाट गंगाजी यही अक्षय तृतीयाका दिन पृथ्वीमा झरेकी थिइन् भने यसै दिन रेणुकाका गर्भबाट परशुराम जन्मेका थिए।
यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारतलगायतका हिन्दु धर्मालम्बीहरूले जाैकाे सातु खाएर वा दान दक्षिणा दिएर याे पर्ब मनाउछन् ।
अक्षय तृतीयामा मुख्यत: सातु खाने चलन रहि आएकाे छ । यस दिनमा जाै गहुँलगायतवाट बनेका सातु खाने चलन छ । यसले शितलतासमेत दिने भएकाले हिन्दु धर्ममा जाैलाइ पवित्र मानिन्छ । बढदाे गर्मीलाइ शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोकाे सातु खाने चलन छ ।
आज माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गरिन्छ । यस्तो घडामा ब्रह्मा, विष्णु र शिव तीनै स्वरुपका भगवान्को निवास हुने मान्यता छ ।
जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ ।
भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।
हरेक वर्ष अक्षय तृतीयाका दिन सुनका गहना किन्ने चलन छ । यस दिन किनेको सुन सुख, समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ । यस दिन किनेको वा लगानी गरेको सुन कहिल्यै समाप्त नहुने जनविश्वास छ । अक्षय तृतीयाको दिन भगवान विष्णु र देवी लक्ष्मीले खरिद गरेको सुन र लगानीले स्वयम् रक्षा र वृद्धि गर्ने जनविश्वास रहेको छ ।
यस पर्वमा सुन वा गरगहनाबाट बनेका नयाँ वस्तुको किनमेल गर्नुलाई निकै शुभ मानिन्छ । स्कन्द पुराणका अनुसार यस दिन गरेको शुभकर्म र दानले पुण्य अक्षय पुण्य प्राप्त हुनेछ ।
काठमाडौं, १० बैशाख । निर्वाचन आयोगलाई मत हाल्न जाँदा मोबाइल लैजाने देखी आफुले हालेको मत संकेत अरुलाई देखाएमा कारबाही गर्ने भएको छ ।
आज सम्पन्न हुन गईरहेको उपनिर्वाचनलाई भयरहित तथा निष्पक्ष रुपमा निर्वाचन गराउन १० बुदेँ निर्देशन जारी गर्दै आयोगले नाम ढाँटी अर्काको नाममा मतदान गर्न आउनेलाई कारबाहीसमेत गर्ने जनाएको छ ।
‘कुनै मतदाताले मतपत्रको दुरुपयोग गरेमा, गैरकानुनी तवरले मतपत्र दिने वा लिने कार्य गरेमा, मतदानको अधिकार बिना वा पटक पटक मतदान गर्न आएमा, मतदान गर्न बाधा हुने कुनै कार्य गरेमा, उक्त मतदान केन्द्रमा नाम नभएको वा मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति नपाएको व्यक्ति प्रवेश गर्न आएमा, नाम ढाँटी अर्काको नाममा मतदान गर्न आएमा, मतपत्रमा आफूले लगाएको मत संकेत सार्वजनिक गरेमा, मतपत्रलाई बिगार्ने वा नष्ट गर्ने कार्य गरेमा, मत संकेत गरेको मतपत्र मतपेटिकामा नखसालेमा वा मतपत्र बाहेक अन्य वस्तु मतपेटिकामा खसालेमा त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्ने’ आयोगको निर्देशनमा उल्लेख छ ।
निर्वाचन आयोगका अनुसार मतदानस्थलमा गर्न हुने तथा नहुने कार्यहरु यस्ता छनः
१. मतदाताहरूलाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाई मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामानहरू साथमा लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निधेष गर्ने ।
२. निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान कार्यमा खटिने कर्मचारी र उम्मेदवारको प्रतिनिधिलाई तोकिए अनुसारका अनुसूची बमोजिमको प्रतिबद्धतापत्रमा दस्तखत गराई सोको पूर्ण पालना गर्ने÷गराउने ।
३. अशक्त ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी वा गर्भवती वा आफ्नो काखे बच्चा साथमा भएकी महिला, किरियापुत्री आदि जस्ता मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई सहजरुपमा मतदान गर्ने व्यवस्था मिलाउने ।
४. मतदान अधिकृतले दृष्टिबिहीन वा शारीरिकरूपले पूर्ण अशक्त वा अति अशक्त अपाङ्गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले आफैँ मतदान कक्षमा गई एक्लै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्ता आफै मत संकेत गर्न नसक्ने मतदाताका हकमा एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा जान अनुमति दिई मतदान अधिकृतको रोहबरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्ने उपयुक्त व्यवस्था मिलाउने ।
५. दृष्टिबिहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मत संकेत गर्न सहयोग मागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने कार्यमा सहयोग गर्ने ।
६. बुँदा नं. ४ र ५ मा उल्लेख भएदेखि बाहेक कुनै मतदाताले कुनै कारण देखाई सहयोगीसहित मतदान कक्षमा जान चाहेमा पूर्णरुपमा निधेष गर्ने ।
७. कुनै मतदाताले मतपत्रको दुरुपयोग गरेमा, गैरकानुनी तवरले मतपत्र दिने वा लिने कार्य गरेमा, मतदानको अधिकार बिना वा पटक पटक मतदान गर्न आएमा, मतदान गर्न बाधा हुने कुनै कार्य गरेमा, उक्त मतदान केन्द्रमा नाम नभएको वा मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति नपाएको व्यक्ति प्रवेश गर्न आएमा, नाम ढाँटी अर्काको नाममा मतदान गर्न आएमा, मतपत्रमा आफूले लगाएको मत संकेत सार्वजनिक गरेमा, मतपत्रलाई बिगार्ने वा नष्ट गर्ने कार्य गरेमा, मत संकेत गरेको मतपत्र मतपेटिकामा नखसालेमा वा मतपत्र बाहेक अन्य वस्तु मतपेटिकामा खसालेमा त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्ने ।
८. निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिने र त्यस्तो अवस्था सिर्जना भएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी मतदान कार्यलाई सुचारु गर्ने ।
९. मतदान केन्द्रमा मतदान प्रारम्भ भएको र प्रत्येक दुई घन्टामा मतदाताको कूल संख्या, खसेको मत, तथा मतदानसम्बन्धी अन्य विवरण छिटो माध्यमबाट निर्वाचन अधिकृत तथा आयोगलाई जानकारी गराउने ।
१०. मतदान प्रारम्भ भई सम्पन्न नभएसम्म कुनै पनि किसिमको अवाञ्छित क्रियाकलाप वा असामान्य परिस्थिति सृर्जना भएमा तत्काल निर्वाचन अधिकृत, सुरक्षा संयन्त्र र आयोगमा जानकारी गराई मतदान कार्य सुचारु गर्न आवश्यक वातावरण मिलाउने ।
काठमाडौं, १० बैशाख । उपनिर्वाचनका लागि आज मतदान हुदैँछ ।
निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजे देखी साँझ ५ बजेसम्म हुनेछ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आज उपनिर्वाचन हुन लागेको हो ।
चितवन–२ वाट बिजयी रबी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन भने नेकपा एमालेवाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसवाट जीतनारायण श्रेष्ठका विचमा त्रिपक्षीय भिडन्त हुने मानिएकाे छ ।
यसैगरीऽ बारा–२ वाट बिजयी रामसहाय यादव उपराष्ट्रपतिमा तथा तनहु–१ वाट बिजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन भने तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।
काठमाडौं, १० बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
राती भने देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको र अपरान्ह पछि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पोखरा ९ बैशाख । नेकपा एमालेले नेतृत्व गरेको दोस्रो प्रदेश सरकार पनि ढलेको छ ।
विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको हो ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज भएको मतदानमा विश्वासको मत पाउन नसके पछि उनको सरकार ढलको छ । साथै, उनी स्वतः पदमुक्तसमेत भएका छन् ।
मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभा समक्ष राखेको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसे पछि उनी पदमुक्त भएका हुन । उनले आफुलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए ।
केन्द्रिय राजनीतिमा बदलाव आएसँगै नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि संवैधानिक ब्यवस्था अनुसार दोस्रो पटक विश्वासको मत लिएका अधिकारीले आज विश्वासको मत प्राप्त गर्न नसकेका हुन ।
अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सांसद रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो ।
आरके श्रीवास्तव,गरुडा,वैशाख ०९ गते
रौतहटको गरुडा नगर उद्योग वाणिज्य संघको साधारण सभा आगामी वैशाख २२ गते हुन गइरहेको छ । धेरैदिन देखि साधारणसभा बोलाउन माग गरिदै आएको थियो । तर सधारणसभा बोलाइएको थिएन् । वर्तमान अध्यक्ष हरेन्द्र जयसवालको कार्यकाल समाप्त भएको १ वर्षभन्दा बढी समय बित्दा पनि साधारण सभा नबोलाइएपछि व्यापारीहरु आक्रोशित बनेका थिए । उनीहरुले साधारणसभा बोलाउन बारम्बार माग गर्दै आएका थिए । गरुडा नगर उद्योग वाणिज्य संघका अध्यक्ष जयसवालले पत्रकारहरुसँग कुराकानी गर्दै आउँदो वैशाख २२ गते शुक्रवार संघको नव निर्मित भवनको उद्धघाटन र साधारणसभा एकै दिन बोलाइएको जानकारी गराए । संघको विधान अनुसार कार्यकाल समाप्त भइसकेपछि नयाँ कार्यसमिति चयनका लागि बन्दसत्र बोलाउने प्रावधान छ । सहमती नभएको खण्डमा चुनावी प्रक्रियाले नयाँ समिति चयन गर्ने गरिन्छ । समयमै नयाँ नेतृत्व चयन भए व्यापारीहरुको हकहितका लागि राम्रो हुने व्यापारीहरुको भनाइ छ । बारम्बार साधारण सभा बोलाउन माग गरेपनि आफूहरुले कुनै ठोस् जवाफ नपाएको उनीहरुले गुणासो गर्दै आएका थिए । अन्नतः यसै महिना साधारण सभा हुने भएको छ ।
आरके श्रीवास्तव,गरुडा,वैशाख ०९ गते
रौतहटको बौद्धीमाइ नगरपालिका ४ नम्बर वडाको इनरवारी स्थित उतर–पूर्व चौरतिर ग्रामिण कृषि सडक विस्तार गरिएको छ । वडा स्तरीय योजना बाट करिब १६ लाखको लागतमा सो नयाँ सडक विस्तर गरिएको हो । वर्षौदेखि सो सडक नहुँदा स्थानियहरुलाइ समस्या हुने गरेको थियो ।

किसानहरुलाइ धानबाली,मकै,गहुँ लगायत अन्नपात ढुवानी गर्न समस्या भइरहेको थियो । त्यसकै मध्यनजर गरी सो सडक निकालिएको हो । सो वडाका वडा अध्यक्ष तुरन्तनारायण यादवले ग्रामीण कृषि सडक निर्माणलाई प्राथमिकता दिएका छन् । स्थानिय विसेश्वर यादवको घरदेखि झगरु राय यादवको घरसम्म कालेपत्र सडक सम्म १६ लाख रुपैयाँको लगानीमा ग्रामिण कृषि सडकको निर्माण भएको छ । सडक निर्माण भएपछि स्थानीयहरुलाई कृषिबस्तुको ढुवानी गर्न सहज हुनेछ । आफनो लक्ष्य अनुसार वडामा सडक निर्माण लगायतको कामलाई तिब्रता दिएको वडा अध्यक्ष यादवले बताए । सडक निर्माण भएपछि किसानहरुलाइ आ–आफ्नो खेती योग्य जमिनमा पुग्न सहजै पहुँच हुनेछ । सडक निर्माण भएपछि स्थानिय किसानहरु हर्षित भएका छन् ।

काठमाडौं, ९ बैशाख । एक महिनासम्म चल्ने जात्राका लागि रातो मच्छिन्द्रनाथ देउतालाइ रथमा राखिएको छ ।
ललितपुरमा शुक्रबार साँझ ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको हो ।
हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ ।

एजेन्सी, ९ बैशाख । फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) सहज रूपमा बिजयी भएकाे छ ।
पिएसजीले घरेलु टोली एन्जर्समाथि २–१ को जित निकाल्दै उपाधिको होडमा नजिक पुगेको छ । पिएसजीको जीतमा फरवार्ड केलियन एमबाप्पेले दुई गोल हानेका थिए ।
शुक्रबार राति एन्जर्सको घरेलु मैदानमा भएको खेलको नवौं मिनेटमा जुआन बर्नाटको पासमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए भने उनै एम्बाप्पेले खेलको २६औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।
लियोनेल मेस्सीको पासलाई सदुपयोग गरेका एम्बाप्पेले पहिलो हाफमा नै पिएसजीलाई २–० को अग्रता दिलाउन सफल भए ।
उता, खेल सकिनै लाग्दै एन्जर्सका सादा थिओवले ८७औं मिनेटमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । अन्ततः खेल २–१ को अवस्थामा सकियो ।
यस जितसँगै शीर्षस्थानको पिएसजीले ३२ खेलबाट ७५ अंक बटुलेको छ भने पराजित एन्जर्स भने १४ अंकमा सिमित रहेर पुछारमा छ ।
काठमाडौं, ९ बैशाख । विश्व पृथ्वी दिवसलाई अन्तर्राष्ट्रिय आमा दिवस पनि भनिन्छ। यो दिवस हरेक वर्ष अप्रिल २२ मा मनाइन्छ। पृथ्वी दिवस मनाउनुको उद्देश्य वातावरण संरक्षण र वातावरणलाई कसरी क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने बारे मानिसहरूलाई सचेत गराउनु हो। वातावरण संरक्षणमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पृथ्वीको शोषण गर्नुभन्दा पनि यसको संरक्षणमा ध्यान केन्द्रित गर्नु हो । र, सकेसम्म दिगो र पर्यावरणमैत्री जीवन जिउनु हो ताकि पृथ्वी हामीजस्तै सुखी र फुलिरहोस् ।
रुख रोपेर मात्रै वातावरण जोगाउन सकिँदैन तर वातावरण जोगाउन वा वातावरणको ख्याल गर्न यस्ता धेरै बानी र कामहरू गर्न सकिन्छ। यात्राको क्रममा केही सामान्य कुराहरूलाई ध्यानमा राखेर पृथ्वी बचाउने काम गर्न सक्नुहुन्छ।
सार्वजनिक यातायात द्वारा यात्रा
जति धेरै सवारी साधनको प्रयोग हुन्छ, त्यति नै बढी वायु प्रदुषण हुन्छ र इन्धन बढी खर्च हुन्छ । यस्तो अवस्थामा यात्रा गर्दा बढीभन्दा बढी सार्वजनिक सवारी साधनको प्रयोग गरेमा पृथ्वीलाई फाइदा हुनेछ छ र वातावरण संरक्षण पनि हुने छ ।
प्लास्टिकलाई निषेध गर्नुहोस
यात्राको क्रममा, प्लास्टिकका चीजहरू कम मात्रामा प्रयोग गर्ने प्रयास गर्नुहोस्। यदि तपाईं चाहनुहुन्छ भने, तपाईं कागज प्लेट, काठको चम्चा र कागज झोला आदि लिएर घर छोड्न सक्नुहुन्छ। थोरै सामान तपाईको लागि भारी हुन सक्छ तर यसले तपाईलाई प्लास्टिकको प्रयोगबाट बचाउनेछ।
कलाकृतिहरू बुद्धिमानीपूर्वक किन्नुहोस्
हामी मध्ये कोही कतै यात्रामा गयो भने सम्झनाको रूपमा त्यहाँबाट केही न केही ल्याउँछौं । यस्तो अवस्थामा, वन्यजन्तु कलाकृतिहरूबाट केहि पनि किन्न प्रयास नगर्नुहोस्। जन्तुको कुनै अंगबाट बनेको, यातना दिएर बनेको वा लोप हुँदै गएको कुनै पनि जनावर छ भने उसको शरीरका अंगबाट बनेको वस्तु किन्नु हुँदैन ।
आफु बस्ने ठाउँ सेयर गर्नुहोस्
सबैलाई आफ्नो व्यक्तिगत ठाउँ मनपर्छ तर यदि हामी यात्रामा जान्छौं र पहाड वा खोलाको छेउमा कुनै होटलमा बस्छौं भने, हाम्रो प्रयास त्यहाँको वातावरण बचाउने प्रयास गर्ने हुनुपर्छ । यसका लागि तपाईले बस्ने ठाउँ बाँडफाँड गरेर बस्दा पैसाको बचत हुनुका साथै वातावरणमा हुने क्षतिलाई कम गर्न, कोठामा कम इन्धन प्रयोग गर्न, बिजुली बचत गर्न र गडबडी कम गर्न सकिन्छ।