काठमांडौ,२५ गते भादौ ।
नेपाली सेनाले समस्या समाधानका लागि सम्बद्ध पक्षबीच समन्वय भइरहेको जनाएको छ । आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गर्न सेनाले जारी कर्फ्यु आदेश भोलि बिहान ६ बजेसम्म रहने बताएको छ ।
त्यसपछि परिस्थितिअनुसार निर्णय लिइने जङ्गी अड्डाको भनाइ छ । तोडफोड,लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिलक्षित आक्रमण गर्नेलाई कडा कारबाही हुने चेतावनी पनि दिइएको छ ।
सामाजिक सञ्जालमा जथाभावी सामग्री नफैलाउन आग्रह गर्दै सेनाले अवकाश प्राप्त सैनिक,सुरक्षाकर्मी,राष्ट्रसेवक, सञ्चारकर्मी र आम नागरिकलाई आधिकारिक सूचना मात्रमा विश्वास गर्न अनुरोध गरेको छ ।
तर,यता सामाजिक सञ्जालमा आन्दोलनकारी समूह जेन जीको नाममा सहमतिका बुँदा,आगामी सरकारको स्वरुपजस्ता बिना मिति र हस्ताक्षरका भ्रामक सामग्री सम्प्रेषण गर्ने क्रम बढेको छ । आन्दोलनपछिको अवस्थामा उपद्रवकारीहरुमाथि कुनै कार्वाही नहुने,दलहरुमाथि प्रतिबन्ध लाग्ने,नयाँ सरकार गठन भैहाल्नेजस्ता मनगढन्ते सामग्री सञ्जालमा व्यापक बनाइएको छ ।
नेपाली सेनाले समस्या समाधानका लागि सम्बद्ध पक्षबीच समन्वय भइरहेको जनाएको छ । आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गर्न सेनाले जारी कफ्र्यू आदेश भोलि बिहान ६ बजेसम्म रहने बताएको छ । आस्था
काठमांडौ,२५ गते भादौ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्ति व्यवस्था कायम राख्न अनुरोध गरेका छन् ।
पछिल्ला दुई दिनमा नेपालमा भएका घटनालाई हृदयविदारक भन्दै उनले सामाजिक सञ्जालमार्फत नेपालमा शान्ति व्यवस्था कायम राख्न नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई आग्रह गरेका हुन् । आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनु परेकोमा आफ्नो मन विचलित भएको पनि भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।
‘आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरूको बारेमा विस्तृत छलफल भयो,’ उनले भनेका छन्, ‘नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ। नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ। म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु। वर्ण मेडित
काठमांडौ,२५ गते भादौ ।
प्रदर्शनकारीहरूको आगजनीका कारण सिंहदरबारका दर्जनौँ मन्त्रालय जलेका छन्। प्रारम्भिक विवरण अनुसार, केही सीमित निकाय बाहेक अधिकांश मन्त्रालयमा क्षति पुगेको छ।
सिंहदरबारको मुख्य भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगोले ध्वस्त हुने अवस्थामा छ र अहिले पनि आगो बलिरहेको छ। गृह, ऊर्जा, शिक्षा, परराष्ट्र लगायतका मन्त्रालयमा पनि आगो लागेको छ। केही कार्यालयभित्रको अवस्था हाल थाहा नभएको सुरक्षाकर्मीले बताएका छन्।
प्रदर्शनकारीहरूले अधिकांश मन्त्रालय, निकाय र परिसरमा रहेका सवारीसाधनमा समेत आगो लगाएका छन्। संघीय संसदको सिंहदरबारस्थित सचिवालयका गाडी जलेका छन् भने प्रायः सबै दलको संसदीय कार्यालय र एक मन्त्रीको गाडीसमेत क्षति पुगेको छ।
अदालत प्रशासनले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सम्पूर्ण पेसी स्थगित गरिएको जनाएको छ ।
“आगजनीको कारण सर्वोच्च अदालत पूर्ण रूपमा जली अदालतमा रहेको मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको र भोलिदेखिका पेसीमा रहेका मुद्दाहरूको सुनुवालाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा समेत जानकारीको लागि अनुरोध छ,” सूचनामा भनिएको छ ।
मिडिया र सुरक्षा निकायमा असर
नेपाल टेलिभिजनमा प्रवेश गरी तोडफोड गरिएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र रेडियो नेपालको कार्यालयमा पनि कर्मचारीहरुको अनुनय विनयले प्रदर्शनकारी रोकिएका थिए।
अहिले सिंहदरबार परिसरमा नेपाली सेनाको टोली गस्ती गरिरहेको छ र सर्वसाधारण तथा कर्मचारीलाई प्रवेशमा रोक लगाइएको छ। मुख्य भवन र केही कार्यालयहरूबाट अझै आगो दन्किरहेको छ।
सेनाको परिचालन र सुरक्षा व्यवस्था
काठमाडौँ उपत्यकासहित देशभर नेपाली सेनासहितका सुरक्षा फौज शान्ति सुरक्षा कायम गर्न परिचालन भएका छन्। सेनाको टोलीले टोल–टोलमा पसल बन्द गर्न आग्रह गरिरहेका छन् र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिक स्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सबै सुरक्षा निकाय तैनाथ छन्। अवाञ्छित गतिविधि भएमा तत्काल सुरक्षा फौजलाई खबर गर्न सेनाले पुनः आग्रह गरेको छ।
दुई दिन सेयर बजार बन्द
यसबीच, आज र भोलि सेयर कारोबार नहुने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जारी गरेको सूचनाअनुसार, “हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ।”
बैंकहरू पनि नखुल्ने
बुधबार देशभरका सबै बैंक पूर्ण रूपमा बन्द हुने भएका छन्। राष्ट्र बैंकसँग छलफल गरी नेपाल बैंकर्स संघले बन्द गर्ने निर्णय गरेको हो।
बैंकका महत्त्वपूर्ण कागजात जलाउनुपर्ने धम्कीपूर्ण सन्देश आएकोले बन्द गरिएको संघले जनाएको छ ।
सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै वातावरण क्रमशः शान्त हुँदै गएपछि बैंकहरू बिहीबारबाट क्रमशः खुल्नेछन्।
मंगलबारको प्रदर्शन, तोडफोड र आगजनीका क्रममा केही बैंकका कार्यालयहरूमा क्षति पुगेको छ। धेरै एटीएमहरू तोडफोड भए पनि नगद सुरक्षित रहेको जनाइएको छ।
राष्ट्रिय वाणिज्य बैंकको नयाँ बनेश्वर शाखामा भल्टमा प्रवेश गर्ने प्रयास भए पनि नेपाली सेनाले संलग्नहरूलाई नियन्त्रणमा लिएको थियो।
उक्त शाखामा भौतिक क्षति भए पनि भल्ट सुरक्षित रहेकोले नगदमा कुनै क्षति भएको छैन।
भत्तभटेनी सुपरमार्केट, बत्तिसपुतलीमा प्रदर्शनकारीले जलाउँदा हिमालयन बैंकको शाखा पूर्ण रूपमा जलेको छ। लैनचौरमा रहेको प्रभु बैंकको शाखामा समेत तोडफोड गरिएको छ भने एटिएम मेसिनमा पनि तोडाफोड गरिएको छ ।
यद्यपि, भल्ट सुरक्षित भएकाले नगद सुरक्षित नै रहेको बैंकका अधिकारीहरूले पुष्टि गरेका छन्।
चितवनको भरतपुर र मोरङको विराटनगरस्थित भाटभटेनी स्टोरमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकका दुई शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भए पनि भल्ट सुरक्षित छ।
सरकारी कार्यालयमा आगजनी हुँदा त्यहाँ रहेका बैंकको सेवा केन्द्रहरू पनि क्षतिग्रस्त भएका छन्।
संघका अनुसार राष्ट्र बैंकको समन्वयनमा देशभरका शाखा र एटीएमहरूमा भएको क्षतिको विवरण संकलन भइरहेको छ। धेरै सरकारी एक्सटेन्सन काउन्टर र एटीएमहरू तोडफोडमा परेका छन्, तर नगद लुटिएको सूचना आएको छैन। अर्थ डबली
काठमांडौ,२५ गते भादौ ।
बेपत्ता भनिएका ३२ जना संसदभित्र मृत फेला परेको भन्ने सूचना भ्रामक भएको नेपाल प्रहरीले प्रस्ट पारेको छ ।
अन्य देशमा भएको घटनाको हिंसात्मक तस्बिर प्रयोग गरेर आम जनमानसमा भ्रम सिर्जना गर्ने काम भएको प्रहरीले जानकारी दिएको हो ।
‘अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्विरलाई प्रयोग गरी हाल भइरहेको आन्दोलनमा ‘बेपत्ता भएका ३२ जना संसद् भवनभित्र मृत फेला’ भन्ने भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइरहेको सम्बन्धमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ,’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक र नकारात्मक समाचार सिर्जना गरी स्थितिलाई थप भड्काउने कार्य नगर्न प्रहरीले आग्रह गरेको छ । लोकान्तर खबर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्।
मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन्।
रवि लामिछाने जेलबाट निस्केपछि भाषण गरिरहेको भिडिओ सामाजिक सञ्जालमा रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले राखेकी छन्।
लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा थिए।
नख्खु जेलका प्रमुख सत्यराज जोशीका अनुसार प्रदर्शनकारीहरूले ढुंगा मुढा गरेका थिए।
‘कारागारमा रहेका अरू कैदीहरूको सुरक्षाका लागि उहाँलाई छाडिदिएका छौं,’ उनले भने।
आरके श्रीवास्तव,राैतहट,भदौ २४ गते ।
रौतहट जिल्लामा उत्पन्न असामान्य परिस्थितिलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोद कुमार खड्काको आदेशमा मिति २०८२ साल भदौ २४ गते दिउँसो ३:०० बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको आदेशअनुसार अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र सर्वसाधारणले कुनै किसिमको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका क्रियाकलाप गर्न नपाउनेछ ।

प्रमुख जिल्ला अधिकारी खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जिल्लाको शान्ति सुरक्षा कायम राख्न कर्फ्यू आदेश आवश्यक भएको छ।” कर्फ्यू अवधिमा अत्यावश्यक सेवामा संलग्न सवारीसाधन तथा व्यक्तिहरूलाई भने सुरक्षाकर्मीको सहजीकरणमा आवागमन गर्न छुट दिइनेछ । ती सेवामा एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, पर्यटक सवारीसाधन, मानव अधिकार र कूटनीतिक नियोगका सवारी तथा हवाई यात्रुहरू (हवाई टिकटको आधारमा) परेका छन् । स्थानीय प्रशासनले नागरिकहरूलाई आदेशको पालना गरी शान्ति र सुरक्षामा सहयोग पुर्याउन आग्रह गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनको सचिवालयले राजीनामा दिएको जनाएको छ । जेन जीको आन्दोलनले संसद्, सिंहदरबार सैबतिर कब्जा गरेपछि ओलीको राजीनामा आएको हो ।
सोमबारको जेन जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । मंगलबार आन्दोलन झन् उग्र बनेको थियो । मंगलबार प्रदर्शनकारीले संसद् र सिंहदरबार कब्जामा लिएको केही मिनेटपछि प्रधानमन्त्रीको राजीनामा दिएको छ ।
ओलीले मुलुकमा असमान्य स्थिति आएको भन्दै राजीनामा दिएको बताएका छन् ।

काठमाडौं । काठमाडौंको हिलटन होटलमा प्रदर्शनकारीले आगो लगाएका छन् ।
उनीहरुले आज प्रदर्शनका क्रममा आगो लगाएका छन् ।
काठमाडौँ– जेन-जी आन्दोलनकारीका कारण देश अनिश्चिततातर्फ धकेलिइरहेका बेला प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै सांसदले राजीनामा दिएका छन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघ र प्रदेशका समेत सबै ४२ जना सांसदहरूले राजीनामा घोषणा गरेको खबरहबलाई बताएका छन् ।
सडक आन्दोलनमा आएको जेन–जी पुस्ताले काठमाडौंको माछापोखरीमा रहेको गुणस्तर तथा नापतौल विभागमा आगजनी गरेका छन् । मंगलबार प्रदर्शनकारीले देशभरका सरकारी कार्यालय र नेताका निवासहरूलाई लक्षित गरेर आगजनी र तोडफोड गरिरहेका छन् ।