२०८३ श्रावण २७
२०८३ श्रावण २७

आरके श्रीवास्तव,गरुडा,वैशाख १३ गते
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको टेंग्राहामा बर्थिङ्ग सेन्टर भवनको शिलान्यास भएको छ ।

बुधबार एक कार्यक्रमका बीच वडा अध्यक्ष सतिश कुमार यादव उर्फ गौरवले वडा नम्बर ४ को लागि बर्थिङ्ग सेन्टरको शिलान्यास गर्नुभएको हो ।

केन्द्र सरकारको बजेट अन्तर्गत श्री माध्यमिक विद्यालय टेंग्राहाको उतरपट्टी ७ कोठे भवनको बुधबार वडा अध्यक्ष यादवले शिलान्यास गर्नुभएको हो ।

बर्थिङ्ग सेन्टर निर्माणको लागि केन्द्र सरकार बाट ३० लाख बजेट बिनियोजन भएको वडा अध्यक्ष यादवले बताउनुभयो । बर्थिङ्ग सेन्टर नहुँदा यहाँका स्थानीयहरूलाई बाहिर जानुपर्ने बाध्यता रहेको थियो । भवन निर्माण भएपछि उक्त समस्या समाधान हुने भएको छ । वडावासी लगायत आसपासका बासिन्दाहरू लाभान्वित हुने भएका छन् ।


बर्थिङ्ग सेन्टर शिलान्यास कार्यक्रममा भवन निर्माणको उपभोक्ता समिति अध्यक्ष नागेन्द्र राय यादव,श्री माबि टेंग्राहाको प्रधानाध्यापक अनिल यादव,अशोक यादव,शिव राय यादव,दिनेश यादव,किशोरीलाल यादव, सुबाश यादव, लगायत स्थानीय भद्रभलादमीहरूको सहभागिता रहेकोे थियो ।

 

आरके श्रीवास्तव,गरूडा,वैशाख १३ गते
रौतहट । नयाँ शैक्षिक सत्र सुरू भएसँगै विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण कार्य चलिरहेको छ । नयाँ शैक्षिक सत्र गत वैशाख २ गतेबाट सुरु भएको छ ।
यस पटक भर्नासँगै विद्यार्थीको हातमा पनि पुस्तक पु¥याउने लक्ष्य केन्द्रले लिएको छ । सोही अनुरूप आज फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ३ मेवामा रहेको श्री आधारभूत बिधालय मेवामा अध्ययनरत छात्रछात्राहरू पुस्तक वितरण गरिएको छ ।

एक कार्यक्रमका बिच सो वडाका वडा अध्यक्ष रामईश्वर राय यादवले विद्यार्थीहरूको हातहातमा पाठ्यपुस्तक वितरण गर्नु भएको हो । वितरण गर्ने क्रममा वडा अध्यक्ष यादवले कोही पनि बिद्यार्थीहरू लाई नछुुट्टाउने गरि वितरण गर्न आग्रह गर्नु भयो ।

श्री आधारभूत बिधालय मेवामा पढ्ने कक्षा १ का ३२ जना,कक्षा २ का ४४ जना,कक्षा ३ का ३५ जना,कक्षा ४ का ६५ जना,कक्षा ५ का ६१ जना,कक्षा ६ का ५० जना र कक्षा ७ का ४२ जना बिद्यार्थीहरूलाई पुस्तक वितरण गरिएको प्रधानाध्यापक प्रमोद कुमार साहले जानकारी गराउनु भयो । कक्षा ८ मा अध्ययन गर्ने २८ जना बिद्यार्थीहरू भोली पुस्तक वितरण गरिने उनले बताए ।

सो अवसरमा वडा अध्यक्ष यादवसँगै,प्रअ प्रमोद कुमार साह,कार्यपालिका सदस्य कामेश्वर पंडित,शिक्षक रामप्रवेश साह,शिक्षिका माधुरी कुमारी कुशवाहा,संगिता कुमारी पंडित,बालविकास सहयोगी रिता कुमारी साह,विन्दु कुमारी पंडित, कार्यालय सहयोगी राजेश कुमार साह सहित बिद्यार्थी ,स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।

 

बज्जिकाञ्चल,गरुडा,वैशाख १३ गते
आर्थिक रुपमा बिपन्न बर्गको लागी सरकारले जनता अवास योजना लागु गरेको छ । तर सरकारी अदुरदर्शिताको कारण जनता आवास योजना उद्देश्य प्राप्तिभन्दा पनि बजेट खपाउने योजना साबित भइरहेको छ । मध्य तराईमा विगत ५ वर्ष आगाडिदेखि निर्धारण गरिएको बजेट रकमबाट भवन निर्माण गर्दा कमसल सामाग्रीले निर्माण भएका भवनबाट रौतहटका दलितहरु खुशीभन्दा पनि बढी दुःखी हुने गरेका छन् ।

यो कार्यक्रम लागु भएको मध्ये एउटा हो– रौतहटको देवाही गोनाही नगरपालिकाको कर्कच कर्मैया गाउँमा रहेको दलित वस्ती, यहाँका दलितहरुको गृहसुखको लागी जनता आवास योजना लागु गरिएको थियो । तर एक बर्ष अगाडि लागु भएको यो योजनाबाट दलीतहरुलाई गृहसुख भन्दा पनि घरमै च्यापिएर मर्ने डरले सताउने थालेको छ ।

तराईमा आउने हुरी बतासले छाना उडाउने र घरमै च्यापिने डरले दलितहरुलाई चिन्तीत बनाएको छ । यो बस्तीमा निर्माण भएका घरहरुमा प्रयोग गरिएको कमसल सामग्रीका कारण निर्माण भएको घरहरुको अवस्था जर्जर देखिन्छ । जनता अवास कार्यक्रमले विपन्न बर्गको जिवन उकास्नु भन्दा पनि कार्यालयको लागी बजेट खपाउने र नेताको लागी भोट कमाउने माध्यम मात्रै साबित भएको छ । शौचालय बिनाको आवास त्यसमा पनि कमसल सामाग्रीबाट भवनहरु निर्माण गरिएको कर्कच कर्मैया दलितहरुको गुनासो छ ।
मधेश प्रदेश सरकारको लगानी बालुवामा पानी ,जनता आवास कार्यक्रम भएको छ । प्रदेस सरकारको कर्मचारी र नेताका ठेक्दारले कर्कच कर्मैयामा निर्माण गराई रहेको ४७ वटा जनता अवास घरमा कमसल र दुई नम्बर ईटा बाट घर निर्माण गराई रहेकोले पिडित हरुले पत्रकार संग आफ्नो दुखेसो पोखेका छन् ।
मधेश प्रदेशका कर्मचारी र नेताका ठेकदारहरुले बल जबरजस्ती कमसल र दुई नम्बर ईटा प्रयोग गरिरहेकोले पिडित दलितहरुले बिरोध गर्दा उल्टै ठेकदारहरुले धम्काउने काम गरिरहेका छन् । कर्कच कर्मैयाका सरगुन हजराले भने तल जब मजबुती हुदैन भने माथी के मजबुती हुन्छ । ठेकदारले बल जबरजस्ती कमसल र दुई नम्बर ईटा धमाधम प्रयोग गराईरहेको गुनासो गरे । प्रदेश सरकारले जनता आवास कार्यक्रममा प्रति घर ३ लाख ३६ हजार रकम पठाएमा मधेश प्रदेश सरकारका कर्मचारी र नेताका ठेकदारहरु कमिशन खानको लागि कमसल समाग्री र दुई नम्बर ईटा प्रयोग गरिरहेकोले घर समेत कमजोर हुने छ । यता सो वडाका पूर्व वार्ड अध्यक्ष अनिल झाले काम कुनै किसिमको कमी कमजोरी नभएको प्रतिक्रिया दिएका छन् ।

 

काठमाडौं, १३ वैशाख

काठमाडौंमा सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षाबाट नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक जनालाई बुधबार दिउँसो पक्राउ गरेको प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

धादिङका २८ वर्षीय राजेश शाहीलाई काठमाडौंको दक्षिणढोका ट्रायल सेन्टरबाट पक्राउ गरेको हो। उनले धादिङकै प्रकाश पोखरेलको दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल दिँदै गर्दा पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त बौद्धमा पठाइएको छ ।

काठमाडौं, १२ वैशाख

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन् ।

परीक्षा नियन्त्रण कार्यालयले कतिपय विषयको नमुना प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकहरुको सुझाव अनुसार परिमार्जन गर्दै लगिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । अथवा राखेर वैकल्पिक प्रश्न नराखिएको केही विषयमा पनि राखिनुपर्ने सुझाव आएकोले त्यसरी परिमार्जन गरिएको उनले बताए ।

नयाँ पुरानो गरेर करिब तीन सय प्रश्नपत्रहरु तयार भइरहेको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए ।

विद्यार्थीको उत्तरपुस्तिका दुर्गम जिल्लाका परीक्षा केन्द्रमा पुगिसकेको छ । कोभिडको कारण बोर्डले शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको छ । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।

चार लाख ६७ हजार परीक्षार्थीहरु परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

धनगढी, १२ वैशाख

सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २०६ जनाको नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरू मध्ये १४ जनाको एन्टिजेन र एक जनाको आरटी पीसीआर विधीबाट परीक्षण गरिएको थियो ।

वीरगञ्ज, १२ वैशाख

बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले मतान्तर घटाउँदै लगेका छन् ।

यसअघि करिब पाँच हजार मतले पछि परेका कुशवाहाले अहिले मतान्तर घटाएका छन् ।

ताजा मतपरिणामअनुसार यादव कुशवाहाभन्दा २६६५ मतले मात्रै अघि रहेका छन् । यादवले २० हजार ४६३ पाउँदा जनमतका कुशवाहाले १७ हजार ७९८ मतका साथ पछ्याइरहेका छन् ।

एमालेका पुरुषोत्तम पौडेलले ६१२१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४६६ मत ल्याएका छन् ।

काठमाडौं, १२ वैशाख

सरकारले काठमाडौं-तराई/मधेश फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

उनले बैठकमा सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णयसमेत गरेको बताए ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको उनले बताए ।

ज्वालाले जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको उनले जानकारी दिए ।

काठमाडौं, १२ वैशाख

नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार छनले मंगलबार परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उक्त अवसरमा राजदूत छनले परराष्ट्रमन्त्री साउदलाई नेपालको परराष्ट्रमन्त्री नियुक्त भएकोमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री छिन काङको तर्फबाट बधाई सन्देश पनि हस्तान्तरण गरेका थिए ।

परराष्ट्रमन्त्री साउदलाई सोमबार यूरोपेली संघको नेपालका लागि राजदूत नोना डेप्रेजसहित फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदूतहरुले पनि भेटेका थिए । परराष्ट्रमन्त्री नियुक्त भएपछि साउदसँग भारत र अमेरिकाका राजदूतले पनि शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।

काठमाडौं, १२ वैशाख

इजरायल पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका-७ स्थायी घर भई हाल काठमाडौंको कपन बस्ने हरीकला दाहाल रहेको प्रहरीले जनाएको छ ।

पाँच जनालाई वैदेशिक रोजगारीको लागि इजरायल पठाइदिन्छु र ‘कन्स्ट्रक्सन’ मा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी पटक पटक गरी ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।