२०८२ चैत्र २९
२०८२ चैत्र २९

आरके श्रीवास्तव,राैतहट,असाेज १३ गते । 

राैतहटकाे गरूडा नगरपालिका वडा नं. १, जयनगरमा बसोबास गर्ने दलित, गरिब तथा विपन्न वर्गकी एकल महिला मीना खातुन ओस्ताकी २३ वर्षीया छोरीको विवाहको लागि वडा अध्यक्ष शेख वहाब ज्यूले व्यक्तिगत रूपमा नगद आर्थिक सहयोग गर्नु भएको छ ।

 

विपन्न वर्गका नागरिकको पीडा बुझ्दै वडा अध्यक्ष वहाबले मानवीय भावना र सामाजिक उत्तरदायित्वको उदाहरणीय परिचय दिनु भएको हो । उहाँको सहयोगले विवाहको तयारीमा सहजता पुगेको पीडित परिवारको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण विवाह गर्न कठिनाइ भएको समयमा वडा अध्यक्षको सहयोगले ठूलो राहत मिलेको बताइएको छ ।

वडा अध्यक्ष शेख वहाबले यस्ता सामाजिक कार्यहरूलाई प्राथमिकतामा राख्दै अगामी दिनहरूमा पनि यस्तै खालका सहयोग गर्न आफू सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भयो, “समाजका सबै वर्गसँग सहकार्य गर्दै हामीले एक आपसमा सहयोग र सद्भावकाे भावना विकास गर्नुपर्छ । यो सहयोग मेरो व्यक्तिगत प्रयास हो, तर यसले अरूलाई पनि प्रेरणा देओस् भन्ने चाहना छ।”

 

स्थानीय बासिन्दाहरूले वडा अध्यक्षको यस कार्यको खुलेर प्रशंसा गरेका छन् । विपन्न तथा दलित समुदायप्रति देखाइएको संवेदनशीलता र सहयोगको भावना अन्य जनप्रतिनिधिहरूका लागि पनि उदाहरणीय बन्न सक्छ ।

 

सामाजिक न्याय, समावेशिता र समानताको मार्गमा अग्रसर हुँदै वडा नं. १ का वडा अध्यक्ष शेख वहाबले देखाएको यो सद्भावपूर्ण कदमले समुदायमा सकारात्मक ऊर्जा र भरोसा थपिएको छ ।

 

काठमाडौं, १३ असोज
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकारमा जेनजी वा जेनजी आन्दोलनका शहिद परिवारको पनि प्रतिनिधित्व हुनुपर्ने सुझाव दिएका छन ।

रौतहटको फतुवाबिजयपुर नगरपालिका-२ सितलपुरमा आयोजित शुभकामना कार्यक्रमलाई आज सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो बताएका हुन् ।

जेनजी आन्दोलनकै बलमा बनेको सरकारमा त्यही समूहको प्रतिनिधित्व नहुनु दुखद भएको टिप्पणी उनले गरे ।

`अहिलेको सरकार जेन-जी आन्दोलनको बलमा गठन भएको छ । यो सरकारमा जेन-जी वा जेनजी आन्दोलनका शहिद परिवारको पनि प्रतिनिधित्व हुनुपर्छ,´ आजपा अध्यक्ष साहले भने ।

कांग्रेस र एमालेको दुई तिहाई शक्तिशाली सरकारले मुलुकको जोगाउन नसकेको टिप्पणी समेत उनले गरे । अहिले एमाले, कांग्रेसमै नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस चलिरहेको बताउदै साहले केपी ओली, शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरेर अगाडी बढदा मुलुक र सोही पार्टीको हितमा हुने बताए ।

उनले एमालेले ओलीलाई अगाडि नलगाओस र कांग्रेसले देउवा देखाएर दाईं नगरोस भन्दै बलपूर्वक हटाईएका यी बुढा नेताहरुलाई अब राजनीतिबाट स्थायी रुपमा बिदाई गर्नुको विकल्प पनि नभएको टिप्पणी गरे ।

मुलुकलाई झनै ठूलो संकटको भूमरीमा फसाईयो बताउदै उनले अहिलेकै संविधान कायमै राखेर समस्याको समाधान नहुने ठोकुवा समेत गरे । अन्तरिम सरकारका साथै अन्तरिम संविधानबाटै मुलुकले निकास पाउने उनले बताए ।

काठमाडौं,असाेज १२ गते । 

पाकिस्तानलाई हराउँदै भारतले नवौँपटक एसिया कपको उपाधि जितेको छ।

गएराति भएको एसिया कप २०२५ को फाइनलमा पाकिस्तानलाई ५ विकेटले जित्दै भारतले उपाधि हात पारेको हो।

भारतले यसअघि सन् १९८४, १९८८, १९९०–९१, १०९५, २०१०, २०१६, २०१८ र २०२३ मा पनि एसिया कपको उपाधि जितेको थियो।

पाकिस्तानले दिएको १ सय ४७ रनको लक्ष्य भारतले २ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो।
भारतका लागि तिलक बर्माले ६९ रनको अविजित पारी खेले। उनले ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
भारत एक समय ४ ओभरमा ३–२० को अवस्थामा थियो। चौथो विकेटका लागि सञ्जु सामसन र तिलकले ५७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। सञ्जु सामसनले २४ रन थपे। रिंकु सिंह २ रनमा नटआउट रहे। शिवम दुवेले ३३ तथा शुभमन गिल १२ रन बनाउँदै पेभेलियन फर्के।
पाकिस्तानका लागि फहिक असरफले ३ विकेट लिए। शाहिन शाह अफ्रिदी र अब्रार अहमदले समान एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि दुवई क्रिकेट रगंशालाामा भारतले टस जितेर फिल्डिङ गरेपछि ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा १ सय ४६ रन बनाउँदा अलआउट भयो।
पहिलो विकेटका लागि ओपनर जाहिबजादा फरान र फखर जमानले ८४ रनका उत्कृष्ट साझेदारी गर्दै पाकिस्तानलाई राम्रो सुरुवात दिलाएका थिए।
ओपनर जाहिबजादा फरानले सर्वाधिक ५७ रन बनाए। उनले ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। फखर ४६ रनका आउट भए। तेस्रो नम्बरमा ब्याटिङमा आएका सैम अयुबले १४ रन थपे।
त्यसपछि पाकिस्तानको ब्याटिङ लाइन ध्वस्त हुँदा विशाल योगफल बनाउने सुन्दर मौका टोलीले गुमायो। पाकिस्तानका ८ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
भारतका लागि कुलदिप यादवले ४ विकेट लिए। जसप्रित बुमराह, वरुण चक्रवती र अक्षर पटेलले समान २ विकेट लिए। सभार नेपाल खबर

बज्जिकाञ्चल संवाददाता,रौतहट,असोज १२ गते । 

रौतहट जिल्लाको चर्चित बजार कटहरियामा भव्यताका साथ दुर्गा पूजा मनाइँदैछ । असोज महिनाको दशहराकाे विशेष पूजा-अर्चना, झाँकी प्रदर्शनी र बेलनेवतन यात्राले धार्मिक उत्सवलाई थप रौनक दिएको छ ।

यस वर्षको दुर्गा पूजामा कटहरियामा निकालिएको बेलनेवतन विशेष आकर्षणको केन्द्र बनेको छ । स्थानीय युवाहरू, महिलाहरू र वृद्धहरूले बाजागाजासहित बेलको गाभा बोकेर नगर परिक्रमा गरेका थिए ।

बेलनयात्रा देवीको प्रतीकस्वरूप शुद्धता र पवित्रताको प्रतीक मानिन्छ । पुजास्थलमा सिंगारिएका दुर्गा माताको मूर्ति, रातभर नाचगान, भक्तजनहरूको भिड, धार्मिक झाँकी र रंगीन बत्तीहरूले बजारलाई उज्यालो बनाएका छन् ।

पूजा समितिका सदस्यहरूका अनुसार यस वर्षको दुर्गा पूजा विगत वर्षहरूभन्दा भव्य र व्यवस्थापनका हिसाबले सुदृढ रहेको छ ।तस्बिर:अरबिन्द सर्राफ

    

बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज १२ गते । 

रौतहटकाे गरूडामा भएको मेयर कप क्रिकेट प्रतियोगिता सिजन ४ अन्तर्गत पहिलो खेलमा गत सिजनका विजेता गेडही टिमले गरुडा यूथ क्लबलाई १६९ रनको फराकिलो अन्तरले पराजित गर्दै सशक्त सुरुवात गरेको छ ।

 

टस जितेर पहिले ब्याटिङ गरेको गेडही गेठ्ठी टिमले निर्धारित ओभरमा २ सय २२ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । टिमका तर्फबाट पंकजले ६६ रन, दिपेसले ७६ रन तथा मनिषले ३८ रन बनाउँदै टिमलाई सशक्त स्थितिमा पुर्‍याए ।

 

जवाफी ब्याटिङमा उत्रिएको गरुडा यूथ क्लब २ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा जम्मा ५२ रनमा समेटिँदै खेल गुमाएको हो । गेडही टिमका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्द्वी टोलीलाई दबाबमा राख्न सफल भए ।

 

१५२ रनको शानदार जितसँगै गेडही टिमले सिजन ४ मा विजयी सुरुवात गरेको छ । टिमका खेलाडीहरूको उत्कृष्ट समन्वय र प्रदर्शनका लागि स्थानीय क्रिकेटप्रेमी तथा समर्थकहरूले प्रशंसा व्यक्त क्रिकेटप्रेमी हाेसनारायण यादवले जानकारी गराउनु भएको हाे ।

 

गत वर्षको उपाधि विजेता गेडही गेठ्ठी टिमलाई पुनः सशक्त प्रदर्शनका लागि अनेक शुभकामना र धन्यवाद व्यक्त गरिएको छ । आजै भएको एक कार्यक्रमका बिच नगर प्रमुख कन्थमनी जयसवालले गरूडा मेयर कपकाे समुदघाटन गर्नु भएको थियोे । साे अवसरमा गरूडा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनाेद जयसवाल सहितका जनप्रतिनिधिहरूकाे सहभागीता रहेको थियो ।

बज्जिकाञ्चल संवाददाता,राैतहट, असोज १२
रौतहट जिल्लाका विभिन्न स्थानीय तहहरूमा बेल नेवतनको परम्परागत विधि भव्य रूपमा सम्पन्न भएको छ । सप्तमीको दिनको विशेष अवसर पारेर जिल्लाका १८ वटै स्थानीय तहमा बाजागाजा, झाँकी र सांस्कृतिक झिलिमिलीका साथ बेल नेवतन गरिएको हो ।

कटहरिया, फतुवा बिजयपुर, गरुडा, गुजरा, मौलापुर, माधवनारायण, देवाही गोनाही, गौर, मत्सरी, राजदेवी लगायतका स्थानहरूमा बेलको पूजा र नेवतन विधि स्थानीयवासी तथा भक्तजनहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भएको छ ।

परम्पराअनुसार सप्तमीका दिन दुर्गा पूजाको विशेष विधिमा प्रयोग गरिने बेलपत्र बेलको रुखबाट तान्त्रिक विधिपूर्वक टिपेर ल्याउने चलन रहिआएको छ । षष्ठीका दिनबाटै विशेष पूजा आरम्भ गरिने यो विधिमा मन्दिरहरूबाट बेलको रुखसम्म विशेष झाँकी निकालिन्छ, जसमा सांस्कृतिक तामझाम, बाजागाजा र धार्मिक रीतिरिवाजहरूसहितको कार्यक्रम गरिन्छ ।

रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मत्सरीस्थित प्रसिद्ध शक्तिपीठ दुर्गा मन्दिर र राजदेवी नगरपालिका–१ स्थित ऐतिहासिक राजदेवी मन्दिरमा समेत हजारौं श्रद्धालुहरूको सहभागितामा बेल नेवतन सम्पन्न भएको छ । दुर्गा पूजा अन्तर्गतको यो अनुष्ठान रौतहटमा विशेष महत्वका साथ मनाइन्छ ।

स्थानीयवासीका अनुसार बेल नेवतनको परम्परा पुस्तौंदेखि चलिआएको धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको प्रतीक हो । यो अवसरमा स्थान–स्थानमा मेलासमेत लाग्ने, भजन–कीर्तन हुने र सामूहिक पूजा गरिने परम्परा रहिआएको छ ।

यसरी बेल नेवतन मार्फत रौतहट जिल्लामा दुर्गा पूजाको प्रारम्भिक चरण धार्मिक श्रद्धा, तामझाम र भव्यताका साथ सम्पन्न भएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज १२ गते । 

हिन्दू समुदायको महान पर्व विजयादशमी, तिहार तथा छठको पावन अवसरमा गरूडा नगर उद्योग वाणिज्य सङ्घ परिवार, रौतहटले विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष सतीश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालयका डीएसपी शंकर आचार्य प्रमुख अतिथिकाे रूपमा सहभागी हुनुहुन्थ्यो ।

 

विशिष्ट अतिथिको रूपमा दुधियाबार सशस्त्र प्रहरी बलका प्रमुख इन्सपेक्टर रामचन्द्र लागेजु, गरूडा नगरपालिका मेयर पदका प्रत्याशी द्वय ब्रिजकिशोर राय यादव,दीपक यादव, गरूडा नगरपालिका पूर्व उपमेयर  रंगिला देवी जसवाल, सुनचाँदी व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष रामजी साह सुनार, उद्योग वाणिज्य सङ्घका भूतपूर्व अध्यक्ष रामभरोस यादव र हरिन्द्रप्रसाद जसवाल, श्री नमुना माध्यमिक विद्यालयका अध्यक्ष सन्तोष सीह लगायत समाजसेवी, व्यापारी, राजनीतिकर्मी तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको गरूडा समाजसेवी छठु प्रसाद साहले जानकारी गराउनु भएको हाे ।

 

कार्यक्रममा वक्ताहरूले नेपाली समाजको एकता, सहकार्य र मेलमिलापको सन्देश बोकेको यस्ता पर्वहरूले सामाजिक सद्भावलाई बलियो बनाउने धारणा व्यक्त गरेका छन् । साथै, देश-विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई पर्वको अवसरमा मङ्गलमय शुभकामना व्यक्त गरिएको थियो ।

 

कार्यक्रमको अन्त्यमा गरूडा नगर उद्योग वाणिज्य सङ्घ परिवारले सबै अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै, यस्ता कार्यक्रमले नगरको समृद्धि र सहकार्यको भावना बढाउने विश्वास व्यक्त गर्‍यो ।

काठमाडौं,असाेज १२ गते ।

युनिटी कप अन्तर्गत संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रंगशालामा सम्पन्न ऐतिहासिक खेलमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसि) को पूर्ण सदस्य राष्ट्र तथा दुई पटकको ट्वान्टी–२० विश्व विजेता वेस्टइन्डिजलाई पराजित गरेकोमा देशभर खुसी छाएको छ । उक्त ऐतिहासिक सफलतापछि उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले नेपालले प्रदर्शन गरेको उत्कृष्ट बलिङ र अनुशासित फिल्डिङको प्रशंसा गर्दै यस सफलताले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको बढ्दो क्षमताको सशक्त परिचय दिएको बताउनुभएको छ । उहाँले खेलाडीहरू, प्रशिक्षक टोली तथा नेपाल क्रिकेट संघलाई विशेष धन्यवाद दिँदै राष्ट्रको नाम विश्वसामु उजागर गरेकोमा गर्व व्यक्त गर्नुभयो ।

“नेपालले वेस्टइन्डिजजस्तो क्रिकेट महाशक्तिमाथि ऐतिहासिक जित निकालेर सम्पूर्ण नेपालीको मन जितेको छ। यस विजयले खेलकुदमा नेपालको उज्ज्वल भविष्य संकेत गरेको छ,” उपराष्ट्रपतिज्यूले भन्नुभयो । उहाँले आगामी खेलहरूमा पनि नेपाली टोलीले यस्तै उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपाली जनताको तर्फबाट राष्ट्रिय टोलीलाई शुभकामना दिनुभएको छ ।

यस ऐतिहासिक जितले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु-याएको छ र आगामी दिनहरूमा अझ ठूलो उपलब्धिको आधार तयार गरेको विश्वास गरिएको छ ।

 बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज १२ गते ।

राैतहटकाे मौलापुर सब-स्टेशनमा रहेको पावर ट्रान्सफर्मरको एचटि बुसबाट तेल चुहावट (लिकेज) भई ट्रान्सफर्मरको तेलको मात्रा कम भएपछि विद्युत् आपूर्ति अस्थायी रूपमा बन्द गरिने भएको छ ।

मौलापुर वितरण केन्द्रका अनुसार, ट्रान्सफर्मरमा तेल पुनः भर्न आवश्यक भएकाले आज २०८२ असोज १२ गते दिउँसो २:१५ बजेबाट ३:०० बजे सम्मको लागि विद्युत् आपूर्ति बन्द गरिने छ । मर्मत कार्य सम्पन्न भएलगत्तै जुनसुकै समयमा लाइन पुनः सुचारु गरिने जानकारी पनि वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रले यस मर्मत कार्यका क्रममा ग्राहक वर्गमा पर्न सक्ने असुविधाप्रति क्षमाप्रार्थना गरेको छ ।

आरके श्रीवास्तव,राैतहट,असाेज १२ गते । 

देशभर भदौ २३ र २४ गते भएका प्रदर्शनहरूका क्रममा विभिन्न कारागारबाट भागी फरार भएका कैदीवन्दीहरूको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक सूचना जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गतको सूचना सम्प्रेषण शाखाबाट जारी सूचनामा भाद्र २३ र २४ मा देशभर फैलिएको अशान्तिपछि कारागारहरूबाट भागेका कैदीवन्दीहरूलाई आगामी सोमबार,

मिति २०८२ असोज २० गते सम्म स्वेच्छिक रूपमा कारागार फर्कन अन्तिम समयसीमा तोकिएको छ । यो सूचना कारागार व्यवस्थापन विभाग, कालिकास्थान काठमाडौं बाट प्राप्त च.न. २५०, मिति २०८२/०६/१० गतेको आधिकारिक पत्रको आधारमा जारी गरिएको हो । प्रहरीले भनेको छ — यदि तोकिएको म्यादभित्र फरार कैदीवन्दीहरू

नफर्किएमा उनीहरूविरुद्ध कारागार ऐन, २०७९ तथा अन्य प्रचलित कानुन अनुसार कडा कानुनी कारवाही गरिनेछ । त्यसैगरी, फरार व्यक्तिहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिहरूलाई पनि कसूरदार ठहर गरी कानुनी दायरामा ल्याइने जिल्ला प्रहरी कार्यालय रौतहटले चेतावनी दिएको छ । सूचना प्रहरी उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय प्रमुख नेत्रमणि गिरीले हस्ताक्षर गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।