काठमाडौँ । आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस मनाइदैछ ।
यसबर्ष अन्तराष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस ‘ठगीको जालभित्र थुनिएका’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरेर विश्वभर मनाइदै छ ।
यसले अनलाइन ठगी सञ्चालन गरिने केन्द्रहरूमा जबर्जस्ती आपराधिक गतिविधिमा संलग्न गराउन हुने मानव बेचबिखनको गम्भीर समस्यालाई उजागर गरेको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले अनलाइन ठगीको पछाडि शोषणमा परेका पीडितहरूको पहिचान, उनीहरूको संरक्षण र उद्धारका लागि प्रभावकारी कदम चाल्न आह्वान गरेको छ ।
सन् २०१३ मा, संयुक्त राष्ट्र सङ्घको महासभाले विश्वव्यापी कार्य योजनाको मूल्याङ्कन गर्न उच्च स्तरीय बैठकबाट जुलाई ३० लाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रूपमा मनाउने गरि तोकिएको थियो ।
मानव बेचबिखनविरुद्धका राष्ट्रिय कानुन मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा मानव बेचबिखन गरेमा कानुनी उपचारको समेत व्यवस्था गरिएको छ । २०६४ कात्तिक ६ मा यो एन जारी भएको हो । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण गर्न र त्यस्तो कार्यबाट पीडितको संरक्षण तथा पुनर्स्थापना गर्नका लागि यो ऐन जारी गरिएको थियो । ऐनमा देहव्यापारमा लगाउने वा शोषण गर्ने उद्देश्यले गरिने सबै कार्यलाई कडा दण्ड सजाय र क्षतिपूर्तिको व्यवस्था छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू-भागमा सरदर भन्दा उत्तरतर्फ रहेको जनाएको छ ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ साथै मधेश प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका केही स्थान साथै सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भू-भाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ साउन १४ गते विहिबार ईस २०२६ जुलाई ३० नेपाल सम्बत ११४६ दिल्लाथ्व पारु, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल प्रतिपदा, चन्द्रमा मकर राशिमा, उश्रवण नक्षत्र, आयुष्मन योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २६ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५६ मिनेटमा बजे हुनेछ ।
आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस र अन्तर्राष्ट्रिय मित्रता दिवस परेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज आत्मविश्वास र दृढ इच्छाशक्तिका साथ अघि बढ्ने दिन रहेको छ। बिहानैदेखि मनमा नयाँ योजना र सकारात्मक सोचको विकास हुनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनत, लगनशीलता र निर्णय क्षमताको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी प्राप्त भए पनि सहज रूपमा पूरा गर्न सक्नुहुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्ने संकेत देखिएको छ। रोकिएको आर्थिक कारोबार अघि बढ्ने सम्भावना पनि बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। प्रियजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ। स्वास्थ्य राम्रो रहनेछ, तर कामको व्यस्तताबीच आरामलाई पनि प्राथमिकता दिनु आवश्यक हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –
आज धैर्य र विवेकले धेरै चुनौती सहज रूपमा पार गराउनेछ। कार्यक्षेत्रमा सहकर्मी तथा वरिष्ठ व्यक्तिबाट राम्रो सहयोग प्राप्त हुनेछ। विगतका प्रयासको प्रतिफल आजबाट देखिन थाल्नेछ। व्यापार–व्यवसायमा नियमित लाभ कायम रहनेछ र नयाँ योजनाले भविष्यमा राम्रो परिणाम दिने संकेत देखिन्छ। आर्थिक पक्ष सन्तुलित रहनेछ। परिवारमा खुसीको वातावरण रहनेछ र आफन्तसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ। सामाजिक भेटघाटले नयाँ अवसर दिलाउन सक्छ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। मानसिक रूपमा पनि शान्ति र सन्तुष्टि अनुभव हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज सिर्जनशील सोच, स्पष्ट अभिव्यक्ति र मिलनसार व्यवहारका कारण धेरैको मन जित्न सफल हुनुहुनेछ। अध्ययन, शिक्षण, सञ्चार, लेखन तथा सिर्जनात्मक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल हुने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। आर्थिक रूपमा थप आम्दानीको सम्भावना देखिएको छ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सहज रूपमा सम्पन्न हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। नयाँ सम्बन्धले भविष्यमा लाभदायक अवसर सिर्जना गर्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर ऊर्जा तथा उत्साह कायम रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज पारिवारिक जीवन सुखद र खुसीमय रहनेछ। घरमा कुनै शुभ समाचार प्राप्त हुन सक्छ। परिवारका सदस्यहरूको साथ र सहयोगले आत्मविश्वास बढ्नेछ। कार्यक्षेत्रमा तपाईंको जिम्मेवारीबोध, इमानदारी र मेहनतको प्रशंसा हुनेछ। रोकिएका काम पूरा हुने सम्भावना बलियो देखिएको छ। आर्थिक पक्षमा सुधार आउने संकेत छ। घर वा सम्पत्तिसँग सम्बन्धित निर्णयका लागि समय अनुकूल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा शान्ति र सकारात्मक ऊर्जा कायम रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज नेतृत्व क्षमता, साहस र आत्मविश्वासका कारण उल्लेखनीय सफलता प्राप्त गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ र वरिष्ठ व्यक्तिको विश्वास अझ मजबुत बन्नेछ। व्यापार–व्यवसाय विस्तार गर्ने सोच सफल हुन सक्छ। आर्थिक रूपमा लाभदायक दिन रहनेछ। सामाजिक क्षेत्रमा मान–सम्मान र प्रतिष्ठा बढ्नेछ। परिवारको साथ र सहयोगले मनोबल उच्च रहनेछ। प्रियजनसँग बिताएको समय सुखद रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र शरीरमा दिनभर स्फूर्ति कायम रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ ज्ञान हासिल गर्ने कार्यमा राम्रो सफलता मिल्नेछ। कार्यक्षेत्रमा अनुशासन, धैर्य र लगनशीलताले उत्कृष्ट परिणाम दिलाउनेछ। वरिष्ठ व्यक्तिको विश्वास प्राप्त हुनेछ। आर्थिक अवस्था स्थिर रहनेछ। आवश्यक खर्च भए पनि आम्दानीले सन्तुलन कायम गर्नेछ। परिवारमा समझदारी र आत्मीयता बढ्नेछ। छोटो यात्रा वा महत्त्वपूर्ण भेटघाट फलदायी बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। नियमित व्यायामले थप स्फूर्ति प्रदान गर्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज आर्थिक पक्षमा उत्साहजनक सुधार आउने सम्भावना देखिन्छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा नयाँ आम्दानीको स्रोत खुल्न सक्छ। व्यापार–व्यवसायमा विस्तारको अवसर मिल्नेछ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। परिवारसँग रमाइलो समय बिताउने अवसर प्राप्त हुनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र नयाँ चिनजान भविष्यका लागि लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा उत्साह, आत्मविश्वास र सकारात्मक सोच बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज निरन्तर मेहनत र धैर्यको प्रतिफल प्राप्त हुने दिन रहनेछ। कार्यक्षेत्रमा तपाईंको क्षमता र अनुभवको उचित मूल्यांकन हुनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता हात लाग्ने सम्भावना बलियो छ। व्यापार–व्यवसायमा राम्रो लाभ हुनेछ। आर्थिक अवस्था थप मजबुत बन्ने संकेत देखिन्छ। परिवारमा प्रेम, विश्वास र आपसी समझदारी कायम रहनेछ। प्रियजनसँग भविष्यका योजना बनाउने अवसर प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि आत्मविश्वास बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज आशावादी सोच र दृढ इच्छाशक्तिले तपाईंलाई नयाँ उपलब्धितर्फ अघि बढाउनेछ। अध्ययन, व्यापार, वैदेशिक क्षेत्र वा यात्रासँग सम्बन्धित काममा सकारात्मक संकेत देखिएको छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप आत्मीय बन्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्नेछ। नयाँ योजना सुरु गर्न र भविष्यका लक्ष्य निर्धारण गर्न दिन शुभ रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र मन प्रसन्न रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा काम गर्दा राम्रो उपलब्धि हासिल हुनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र मार्गदर्शन प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्न सके बचत बढ्नेछ। भविष्यका लागि दीर्घकालीन योजना बनाउने समय पनि अनुकूल रहनेछ। परिवारका सदस्यहरूको सुझाव उपयोगी सावित हुनेछ। घरमा शान्त र सुखद वातावरण कायम रहनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त आराम गर्न आवश्यक हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज सिर्जनशील सोच, नवीन योजना र सकारात्मक दृष्टिकोणले तपाईंलाई सफलता दिलाउनेछ। कार्यक्षेत्रमा रोकिएका काम पूरा हुनेछन्। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण योजना सफल बन्नेछ। आर्थिक पक्षमा सुधार आउनेछ। परिवारमा प्रेम, विश्वास र समझदारी बढ्नेछ। सामाजिक क्षेत्रमा प्रभाव विस्तार हुनेछ र नयाँ सम्बन्धले भविष्यमा लाभदायक अवसर प्रदान गर्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर स्फूर्ति तथा सकारात्मक ऊर्जा कायम रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –
आज धैर्य, विवेक र सकारात्मक सोचका कारण चुनौतीपूर्ण काम पनि सहज रूपमा सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा तपाईंको मेहनत र अनुभवको उचित मूल्यांकन हुनेछ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। आर्थिक पक्ष सन्तुलित रहनेछ र बचत गर्ने अवसर पनि मिल्नेछ। परिवारको साथ र सहयोगले आत्मविश्वास बढाउनेछ। अधुरा रहेका योजना पूरा हुने दिशामा अघि बढ्नेछन्। साँझतिर प्राप्त हुने शुभ समाचारले मनमा नयाँ आशा र उत्साह जगाउनेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा शान्ति, सन्तुलन र सकारात्मक ऊर्जा दिनभर कायम रहनेछ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । चलचित्र ‘पञ्चमी’को औपचारिक घोषणा गरिएको छ । लामो समयदेखि पर्दापछाडि रहेर नेपाली सिनेमालाई नजिकबाट बुझेका सौगात बस्नेतले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
नेपाली चलचित्र क्षेत्रमा ‘थ्रिलर’ विधामा नयाँ आयाम थप्ने संकेत गर्दै चलचित्र ‘पञ्चमी’ को थिम पोस्टर सार्वजनिक औपचारिक घोषणा गरिएको हो । सौगातका लागि यो पहिलो निर्देशकीय प्रोजेक्ट भए पनि उनले दीपेन्द्र के. खनाल लगायतका निर्देशकसँग चिफ एडी र कार्यकारी निर्माताको भूमिकामा काम गरिसकेका छन् ।
सार्वजनिक गरिएको थिम पोस्टरमा पुरानो टाइपराइटरमा ‘पञ्चमी’ लेखिएको, माथि त्रिशूल र दुई नाग, शब्दलाई घेर्ने पाँचवटा घेरा, बाहिर नाग अंकित रहस्यमयी लकेट र सबैभन्दा माथि शुक्ल पक्षको अर्धचन्द्र । यी सबै संयोग नभई पात्रहरूसँग प्रत्यक्ष सम्बन्धित रहेको निर्देशकको भनाइ छ, जुन सिनेमा हेर्दा मात्र स्पष्ट हुनेछ ।
पोस्टरमा ‘आई हेट हु एभर कमस् लेट’ भन्ने लाइन छ, जसको सन्दर्भ अझै रहस्यमै छ । कुन सन्दर्भमा कसका लागि यो लाइन प्रयोग गरिएको हो भन्ने कुरा भने अझै रहस्यमै छ ।
यसबारे निर्देशक बस्नेतले भने, ‘टाइटलमा जसरी हामीले डिजाइन गरेका छौँ, यो अहिले हेर्दा केही क्लिष्ट भए पनि सिनेमा हेर्दा सरल र सहज देखिनेछ । सिनेमासँग यो सबै रिलेट भएर आउनेछ । त्यतिबेला यो थिमको जस्टिफाइ हुनेछ । यो एक साइकोलोजिकल मिस्ट्री थ्रिलर हुनेछ ।’
‘पञ्चमी’ मौलिक कथा नभई एउटा उपन्यासको रूपान्तरण हो, तर निर्देशक बस्नेतले कुन उपन्यास र कुन लेखकको कृतिमा यो आधारित छ भन्ने कुरा अहिले खुलासा गरेका छैनन् । कलाकार, पटकथा लेखक वा प्राविधिक टिमबारे हाल केही जानकारी सार्वजनिक गरिएको छैन । आगामी दिनहरूमा बिस्तारै जानकारी सार्वजनिक हुँदै जाने र छिट्टै चलचित्रको झलक आउने निर्देशक बस्नेतले बताए ।
एकातिर रहस्यमयी पोस्टर र अर्कोतिर आफ्नो पहिलो निर्देशकीय प्रयासमै साइकोलोजिकल मिस्ट्री थ्रिलर जस्तो जोखिमपूर्ण विधा रोज्ने साहस । ‘पञ्चमी’ले नेपाली चलचित्र उद्योगमा नयाँ किसिमको कुतूहल जन्माइदिएको छ । के हो त ‘पञ्चमी’? त्रिशूल, नाग, चन्द्रमा, पाँचवटा घेरा, र त्यो पुरानो टाइपराइटर , पोस्टरमा राखिएका ठ्याक्कै यी पाँचवटै तत्व के हुन् ? र किन ठ्याक्कै पाँचवटा मात्र ? के यिनको सङ्ख्यामै लुकेको छ शीर्षकको साँचो अर्थ ?एभरेष्ट न्यूज एजेन्सी
झापा । झापाको भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ ।
कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्र१-०१-००२ च ०००५ नम्बरको सेतो कारले जिल्ला प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्किँदै गरेकी भद्रपुर नगरपालिका-९ बस्ने ९२ वर्षीया धनमाया खड्कालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
कार चालकले नै उनलाई सोही गाडीमा अस्पताल पुर्याएका थिए । शव सोही अस्पतालमा रहेको छ । कार र चालक झापा बुद्धशान्ति गाउँपालिका–२ बस्ने ४६ वर्षीय मदन प्रसाईलाई नियन्त्रणमा लिईएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी कार्यालय काठमाडौं वनस्थलीमा बसिरहेको छ । चितवनमा भएको पहिलो महाधिवेशनपछि रास्वपाको दोस्रो पटक केन्द्रीय समिति वैठक बसेको हो ।
आजको बैठकमा महाधिवेशनको समीक्षा, कार्यविधि तय र तर्जुमा, सांगठनिक व्यवस्थापन, मनोनयन र भावी कार्यक्रमहरुका बारेमा छलफल हुने बताइएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई विश्व बाघ दिवसका रूपमा मनाइन्छ ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम थालनी गरिएको हो । त्यसयता हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो ।
यस दिन बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको सङ्ख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।
२०७८ को मङ्सिर १९ देखि फागुन २८ सम्म गरिएको बाघको गणना अनुसार नेपालमा ३५५ बाघ रहेका छन् । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जापानको कुमामोटो प्रान्तमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले भूकम्पका कारण ज्यान गुमाउनेको संख्या बढेर १३ पुगेको पुष्टि गरेकी हुन् ।
भूकम्पपछि सबैभन्दा प्रभावित बनेको एयोन मलमा खोज तथा उद्धार कार्य रातभर जारी रहेको छ । स्थानीय प्रशासनका अनुसार मलभित्र विस्फोट भएको र भवनको दोस्रो तला भत्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
कुमामोटो प्रान्तकी जनसम्पर्क अधिकारी आकिनो सोनोडाका अनुसार एयोन मलबाट हालसम्म आठ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जनाको अवस्था मध्यम गम्भीर, एक जनालाई सामान्य चोट लागेको छ भने एक जना हृदय र श्वासप्रश्वास बन्द भएको अवस्थामा फेला परेका छन् ।
यसअघि चार जनाको उद्धार भएको र १० जना सम्पर्कविहीन रहेको जानकारी सार्वजनिक गरिएको थियो । अहिले भवनभित्र फसेका तथा हराइरहेकाहरूको वास्तविक संख्या यकिन गर्ने काम भइरहेको अधिकारीहरूले जनाएका छन् ।
भूकम्पपछि जापानको अग्नि नियन्त्रण विभाग, प्रहरी र आत्मरक्षा बलले संयुक्त रूपमा रातभर उद्धार अभियान सञ्चालन गरिरहेका छन् ।
मंगलबार स्थानीय समयअनुसार अपराह्न ४: २७ बजे गएको भूकम्पको प्रारम्भिक तीव्रता जापान मौसम विज्ञान एजेन्सीले ७.१ मापन गरेको थियो । पछि अमेरिकी भूगर्भीय सर्वेक्षणले यसको तीव्रता ६.८ रहेको जनाएको छ ।
यसैबीच, कुमामोटोको दक्षिणमा रहेको यात्सुशिरो सहरस्थित कागज उद्योगको चिम्नी भत्किँदा नौ जना अझै बेपत्ता छन् ।
भूकम्पका कारण कुमामोटो सहरका हजारौं घरमा विद्युत् र खानेपानी सेवा अवरुद्ध भएको छ। कम्तीमा ४५ वटा स्वास्थ्य संस्था प्रभावित भएका छन् भने १७औँ शताब्दीमा निर्माण गरिएको ऐतिहासिक किल्लाको बाहिरी पर्खालसमेत भत्किएको छ ।
प्रधानमन्त्री ताकाइचीले उद्धार तथा राहतका लागि तीन हजार ६ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिँदै प्रभावित क्षेत्रमा क्षतिको मूल्यांकन र उद्धार कार्य रातभर निरन्तर सञ्चालन हुने बताइन् ।
प्रत्यक्षदर्शीहरूले भूकम्प अत्यन्त शक्तिशाली रहेको बताएका छन् । एक जनाले भूकम्पका बेला टेलिभिजन आफूमाथि खसेको बताए भने अर्काले भवन नै तरल पदार्थझैँ हल्लिएको अनुभूति भएको बताएका छन् । स्थानीयवासीहरूले मुख्य भूकम्पपछि लगातार परकम्प महसुस भइरहेको बताएका छन् ।
जापान मौसम विज्ञान एजेन्सीका अधिकारी शिन्जी कियोमोतोले थप शक्तिशाली परकम्प आउन सक्ने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले सन् २०१६ मा यही कुमामोटो क्षेत्रमा केही दिनको अन्तरमा आएका भूकम्पहरूको शृंखलामा २७८ जनाको मृत्यु भएको घटनाको स्मरणसमेत गराएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
आज बिहान ११ बजेदेखि बस्ने समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा हुने समितिले जानकारी दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको आज जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको दुःखद समाचारले नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति, पूर्व मन्त्री तथा मधेश प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहलाई मर्माहत बनाएको छ।
नेता सिंहले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत श्रद्धाञ्जली सन्देश जारी गर्दै स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार, आफन्तजन तथा सम्पूर्ण नेपाली कांग्रेस परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।
श्रद्धाञ्जली सन्देशमा नेता सिंहले स्वर्गीय गोपालमान श्रेष्ठ नेपाली लोकतान्त्रिक आन्दोलनका अग्रणी योद्धा, नेपाली कांग्रेसका सिद्धान्तनिष्ठ नेता तथा राष्ट्रप्रति समर्पित व्यक्तित्व रहेको उल्लेख गर्दै उहाँको राजनीतिक, सामाजिक तथा लोकतान्त्रिक योगदान सधैं स्मरणीय रहने बताउनुभएको छ।
सिंहले भन्नुभएको छ, “गोपालमान श्रेष्ठको निधनले नेपाली कांग्रेसले एक अनुभवी, इमानदार र दूरदर्शी नेता गुमाएको छ। उहाँले लोकतन्त्रको सुदृढीकरण, पार्टी संगठनको विकास तथा राष्ट्र निर्माणमा पुर्याउनुभएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्नेछ।”
यस सम्बन्धमा नेता वीरेन्द्र प्रसाद सिंहले आफ्नो आधिकारिक फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको जानकारी नेपाली कांग्रेस निकट मधेश प्रदेशका सूचना तथा सञ्चार विभागका सचिव, वीरेन्द्र प्रसाद सिंहको स्वकीय सचिव समेत रहेका निकेश त्रिपाठीले दिनुभएको छ।