२०८३ जेष्ठ २
२०८३ जेष्ठ २

 

आरके श्रीवास्तव,रौतहट,असार २१ गते

रौतहट जिल्लाको दक्षिणी भेग बौद्धीमाइ नगरपालिकामा सार्वजनिक सुनुवाई जनता सँग मेयर कार्यक्रम सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित विवाह भवन कोपवा बजारमा कार्यक्रम भएको हो ।

बौद्धीमाइ नगरपालिकाको आयोजना र लाल बकैया मिडिया प्रा.लि. कटहरिया २ को संयोजनमा असार २१ गते सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकामा भएको विकास निर्माणको काम, शिक्षा, स्वास्थ्य, कृषि लगायतको विषयमा आमजन समुदायहरूसँग सार्वजनिक सुनवाई गरेको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बौद्धीमाइ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तुरन्तनारायण यादवले अहिलेको सरकारको कार्यकाल एक वर्षमात्रै पुगेको र जनताको अपेक्षा अनुसार काम गर्न नसके पनि विस्तारै सबै अपेक्षा पुरा हुँदै जाने बताउनु भयो ।

कार्यक्रममा सहभागीहरूले विकास निर्माण,मलखाद्द,शिक्षा र बजेट लगायतका विषयमा गुनासो राखेका थिए । सहभागीहरु रामभरोस प्रसाद यादव,अमिना राय यादव,जुगुल राय यादव लगायतका सहभागीहरुले आफनो सवालहरु राखेका थिए ।

उनीहरुले सामुदायिक बिधालयको अवस्था,मलखाद्दको अभाव,सार्वजनिक पोखरी,नगर प्रहरी चयन लगायतका थुप्रै विषयहरुमा सवाल गरेका थिए । नगरपालिकाले प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको हो ।

नगरपालिकाको कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको नगरप्रमुख प्रदिप कुमार यादवले जवाफ दिएका थिए । जवाफ दिदै उनले भने आफुले चुनावी घोषण अनुसार समाजिक सुरक्षाभक्ता घरघरमा पुर्याउन सफल भएको बताए । उनले भने नगरपालिका बाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो ।

नागरिकको समस्या र गुनासोको नगरपालिकाले संवोधन गर्दै आएको र आगामी दिनमा संवोधन हुने बताउनुभयो । उनले उपस्थित आम जनसमुदाय लाइ गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि आग्रह गर्नुभयो । नगर प्रहरी आगामी आर्थिक वर्ष भर्ना गर्ने पनि बताउनु भयो ।

किसानको समस्यालाइ लिएर आफूले केन्द्र सम्म गएर उठाएको स्मरण गराए । लामो समय नगरपालिका कार्यालय प्रमुख विहिन हुँदा समस्या भएको तर अगामी वर्षदेखि कुनै समस्या नहुने आशवासन दिए । साथै उनले उठेको गुनासोहरूलाई आगामी दिनमा संवोधन गर्ने र कमजोरीहरू सच्याउने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमलाइ समापन गर्दै सभाध्यक्ष एवम् सो वडाका वडा अध्यक्ष लक्ष्मीनारायण यादवले हामीले प्रथम पटक गर्न सफल भएको बताउँदै । अब उपरान्त् बृहत् सार्वजनिक सुनवाइ गर्ने तर्फ जोड दिनु भयो । सो सार्वजनिक सुनवाइ कार्यक्रममा उप प्रमुख प्रमिला देवी जयसवाल,

नि.प्रमुख प्रशासकिय अधिकृत प्रमोद राय यादव,नेपाल पत्रकार महासंघ रौतहट शाखा सभापती प्रेमचन्द्र झा,सशस्त्र प्रहरी निरिक्षक नवराज काफले,प्रहरी नायब निरिक्षक प्रमानन्द यादव लगायत स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन पत्रकार किशोरी यादवले गर्नु भएको थियो ।

 

 

काठमाडौं, २१ असार ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

 

सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस (२९), नेकपा माओवादी केन्द्र (१३ सभामुखसहित), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) को समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन् ।

 

प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गरेका हुन् ।  झापा अर्जुनधारा नगरपालिकाको शनिश्चरेका बासिन्दा थापा २०७९ मंसिरको प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद बनेका थिए । उनी अहिले नेपाली कांग्रेसको कोशी प्रदेश सभापतिसमेत छन् ।

 

सत्ताबाट एमाले बहिर्गमित भएको हो ।

काठमाडौं, २१ असार ।

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफल सार्वजनिक भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  उत्तिर्ण सबै विद्यालयलाई बधाई दिएका छन् ।

बधाई दिँदै उनले अब कक्षा ११ मा भर्ना हुँदा विषय छनोट गर्दा आफ्नो रुचीको आधारमा विषय छनोट गर्न सुझाव दिएका छन् ।

 

‘अबको पढाइमा विषय छनौट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिन्छु । शिक्षामा आफूले छनौट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस्,’ ओलीले सामाजिक संजालमा लेखेका छन् ।

धनगढी, २१ असार ।

डडेल्धुरामा यौन दुव्र्यवहार आरोपमा एक युवक पक्राउ परेका छन् । आलितालबाट बाल यौन दुर्व्ययहार गरेको आरोपमा विक्रमबहादुर विष्ट पक्राउ परेका हुन् ।

आलिताल गाँउपालिका वडा नम्बर ६ रन्तोलाका २६ वर्षिय विष्टलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो । उनी विवाहित पुरुष हुन् । उनले १५ वर्षीया बालिकालाई यौन दुव्र्यवाहर गरेको आरोप छ । उनले बुधबार अपरान्न बालिकालाई यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा निवेदन परेको थियो ।

घटनामाथि थप अनुसन्धान जारी रहेको डडेल्धुरा प्रहरीले बताएको छ ।

 

काठमाडौं, २१ असार ।

उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् ।

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक सुवाललाई पक्राउ गरेको हो ।

 

उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको ललितपुरका प्रहरीले जनाएको छ ।

 

काठमाडौं, २१ असार ।

अवैध रूपमा विदेशी विनिमय (अमेरिकी डलर)को कारोबार गरेको अभियोगमा ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३४ वर्षीय सनमोहन श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई ललितपुर महानगरपालिका-६ वकुवहालबाट अमेरिकी डलर १ सय दरको १ सय ९८ थानसहित पक्राउ गरेको हो ।

उनलाई विदेशी विनिमय सम्बन्धी कसूरमा थप आवश्यक अनुसन्धान कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको छ ।

 

मकवानपुर, २१ असार ।

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पास गरेसँगै बजेट पारित भएको हो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको असहमतिका बीच सत्तारुढ दलका बहुमत सदस्यको समर्थनमा सरकारको विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पारित गरिएको हो ।

बजेटमा नेकपा एमाले, राप्रपा र नेकपाका ४३ सांसद विपक्षमा रहेका थिए । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका ६७ जना सांसद बजेटको पक्षमा रहेका थिए ।

प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । जसमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

काठमाडौं, २१ असार ।

असंलग्‍न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन अजरबैजान पुगेका परराष्ट्र मन्त्री एनपी साउद र राष्ट्रपति इल्हाम हयदर ओग्लु अलियभबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री साउदले बिहीबार अजरबैजानका राष्ट्रपति अलियभसँग शिष्टाचार भेट गरेका हुन् ।

 

भेटका क्रममा परराष्ट्र मन्त्री साउदले अजरबैजानका राष्ट्रपति अलियभलाई नामको मन्त्रिस्तरीय बैठकको सफल आयोजनाका लागि बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

बैठकमा दुई देशबीचको द्विपक्षीय र बहुपक्षीय सहयोगलाई थप मजबुत बनाउन पारस्परिक हितका विषयमा छलफल भएको बताइएको छ ।

 

अजरबैजानको राजधानी बाकुमा भएको सम्मेलनमा सहभागी हुन मन्त्री साउद सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । मन्त्री साउदले बुधबार मन्त्रिस्तरीय बैठक सम्बोधन गरेका थिए ।

 

बारा, २१ असार ।

बाराको कोल्हवी नगरपालिका ५ सोनाभार टोलमा बस्ने जितेन्द्र चौधरीको घरबाट प्रहरीले लागूऔषध गाँजा १ सय ६८ किलो फेला पारेको छ ।

अवैध लागूऔषध गाँजा लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमाण्डमा गएको प्रहरी टोलीले उक्त परिणामको गाँजा फेला पारेको हो ।

चौधरीको घरमा कोही मानिसहरु नभएकोले स्थानीय जनप्रतिनिधी तथा स्थानीय मानिसहरूको रोहवरमा घर खानतलासी गर्दा घरको कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा १६८ किलो फेला परेको प्रहरीले जनाएको छ ।

उक्त गाँजा रितपूर्वक बरामद गरी ईलाका प्रहरी कार्यालय कोल्हबी बारामा राखिएको छ । घरधनी जितेन्द्र चौधरी लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोज तलास लगायतको अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

काठमाडौं, २१ असार ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टिका संरक्षक रेशमलाल चौधरीबीच ठाकुरद्वारामा भेटवार्ता भएको छ ।

 

भेटवार्तामा सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने बारे छलफल भएको हो ।

 

भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित, कैलाली क्षेत्र नम्बर ३ का सांसद गंगा चौधरी सहभागी रहेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।