मञ्जय राम, कटहरिया, असार २५ गते ।
वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत सुरु भएको छ । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुःख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रुपमा मनाउने गरेका छन् ।
यस वर्ष साउन २५, ३१, ७ र १४ गते गरी चार वटा सोमारी ब्रत परेका छन । शास्त्रीय मान्यताअनुसार चार वटा सोमबार परेको वर्षबाट पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।
साउने सोमबारको व्रत गरेमा यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त गरिने शिवपुराण लगायत धर्मावलीको विश्वास रहेका छन् ।
साउने सोमबार र तीजको हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतानुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ ।
प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन्छन् । धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन् ।
कतिपयले वर्षमा एकपटक साउन महिनामा घरमा वैदिक रुद्राभिषेक समेत गर्ने परम्परा छ । साउनमा विशेष गरी महिला तथा कुमारीहरुले हरियो रंगको सिंघार, गेरही रंगको लुगा तथा फलफूलले सो व्रत बस्ने गर्दछन् ।
काठमाडौं, २४ असार ।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन् ।
सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्बिर राख्दै मेयर शाहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका हुन् ।
‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा। म आजबाट अपराधी। जय होस् यो देशको,’ उनले लेखेका छन् ।
काठमाडौ, २४ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५४, घिउ सिमी लोकल ११०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४५, भारतीय आलु रातो ३६, टनेल गोलभेडा सानो ३५, लौका ८० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ , बन्दा लोकल १०, ब्रोकाउली ९०, कागती १४० रुपैयाँ, भिण्डी रू ९०, न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १५०,अनार ४०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ,नासपाती ८०, किवि ८००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २४०, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप ९०, हरियो धनिया ९०, लोकल लीच्ची १४०, खु्र्सानी सुकेको ४५०, लसुन १९०, चाइनिज लसुन २४०,रुख कटहर ४०, भेडे खु्र्सानी ६० मा कारोबार भइरहेको छ ।
ओमदुरमान, २४ असार । सुडानका दुई प्रतिद्वन्द्वी सेनापतिबीच जारी द्वन्द्वका बीच भएको हवाई आक्रमणमा २२ जनाको ज्यान गएको छ ।
समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) ले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। उसका अनुसार राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा हवाई आक्रमण भएको हो । देशमा जारी द्वन्द्वका बीच राजधानी नजिकै भएको यो सबैभन्दा घातक हमला हो।
प्रत्यक्षदर्शीसँग कुरा गर्दै बीबीसीले ज्यान गुमाउनेमा महिला र बालबालिका पनि रहेको बताए । उही समयमा र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले ज्यान गुमाउनेको संख्या ३१ रहेको बताएको छ।
समाचार अनुसार सुडानमा देशको सेना र अर्धसैनिक बल (र्यापिड सपोर्ट फोर्स) बीच विगत केही दिनदेखि घातक द्वन्द्व चलिरहेको छ, जसमा मानिसहरूले लगातार ज्यान गुमाइरहेका छन्।
सुडानको राजधानी खार्तुम र ओमदुरमानमा आरएसएफको नियन्त्रण छ। १२ साताभन्दा लामो समयदेखि जारी आन्दोलनका कारण जनताले धेरै समस्या भोग्दै आएका छन् । पसल, बजार र औषधि पसल पनि दिनको अधिकांश समय बन्द रहन्छन् । बीबीसीको एक रिपोर्ट अनुसार देशमा द्वन्द्वका कारण ३० लाख मानिसले आफ्नो घरबार छोड्नु परेको छ ।
काठमाडौं, २४ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य रहनेछ। कोशी प्रदेश सहित देशका तराईका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।
राैतहट,असार २३ गते
राैतहट-नेपाल बिधुत प्राधिकरण माैलापुर वितरण केन्द्र अन्तर्गत दुई तीन दिन देखी सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा उपभोक्ता हैरान भएका छन् । नेपाल विद्युत् प्राधिकरण माैलापुर वितरण केन्द्रको फितलो व्यवस्थापनका कारण यस्तो समस्या हुने गरेको छ ।
यस भेगका विभिन्न स्थानमा दैनिक जसो नै बत्ती आउने जाने भइरहेको छ । तर आज बेलुका त अति नै भयाे भनेर उपभोक्ताले गुणासाे गरेका छन् ।
छिन छिनमा बत्ती जाने र आउने कार्यले कटहरिया नगरपालिका लगायत वितरण केन्द्र अन्तर्गतका उपभोक्ताहरू लाई सास्ती खेप्नु परेकाे छ ।
यसरी हुँदा माेटर, फ्रिज, पंखा, बल्ब, एसि, कुलर, आईरण, हिटर , लगायतका ईलेक्ट्राेनिक सामाग्रीहरू खराब हुन सक्ने उपभोक्ता हरू बताउँछन् । यस विषयमा वितरण केन्द्रमा सम्पर्क गर्न खाेजदा सम्पर्क हुन सकेको छैन् ।
रन्धिर साह, रौतहट, असार २३ गते ।
रौतहटको कटहरिया नगरपालिकामा आज एकल महिला विधवा बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धित कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले शनिबार बालबालीका तथा बृद्धहरुलाई खादा ओढाई सम्मान गरेका छन् ।
बालअधिकार सरक्षण विधवा महिलाहरुलाई कटहरियाका मेयर जयसवालले सम्मान गरेका छन । सो सम्मान कार्यक्रममा ४५ जना बालबालिकाहरुलाई स्कूल ब्याग वितरण गरेका छन् भने एकल विधवा महिलाहरुलाई खादा ओढाई सम्मान गरेका छन ।
कार्यक्रममा पञ्जीकरण शाखाका संजिप साह, हरेन्द्र साह, योजना प्रमुख रामनरेश राय यादव, वडा नम्बर १ का वडा अध्यक्ष भुपेन महतो कोईरी, २ का वडा अध्यक्ष हरिन्द्र साह, ३ का वडा अध्यक्ष श्यामा कान्त यादव, ६ का वडा अध्यक्ष जयराम चौधरी, ७ का वडा अध्यक्ष शहिद मियाँ धोवी,वडा नम्बर ८ का वडा अध्यक्ष समिश बिक्रम साह लगाएत कार्यपालिका सदस्य मनोज साह, जामुन ठाकुर, वडाका सदस्या लगाएतका स्थानीय भद्र भलादमि बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,असार २३ गते
राैतहट-जिल्लाकाे कटहरियामा आधारभूत पत्रकारिता तालिम समापन भएको छ । पत्रकारितामा महिला सहभागीता बढाउने उदेश्यले आयाेजन भएको पाँच दिने आधारभूत पत्रकारिता तालिम शनिबार समापन भएको हाे । लालबकैया मिडिया प्रा.लि.काे आयोजना तथा कटहरिया नगरपालिकाकाे सहयोगमा तालिम भएको हाे । तालिम सञ्चालनका लागि कटहरिया नगरपालिकाले आर्थिक सहयोग गरेको हाे ।

लालबकैया मिडिया प्रा.लि.का अध्यक्ष युवराज झाकाे अध्यक्षतामा भएको पत्रकारिता तालिमकाे समापन कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा कटहरिया बहुमुखी क्याम्पसका प्रमुख गजेन्द्र प्रसाद यादव रह्नु भएको थियाे । तालिम समापन कार्यक्रममा प्रशिक्षक एवम् नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा र प्रेस मञ्चका राैतहट अध्यक्ष किशोरी यादवले तालिममा सिकेका बुँदाहरूलाई व्यवहारमा लागू गर्न सुझाव दिए । वहाँहरूले पत्रकारिता पेसामा दक्षता हासिल गर्न तालिममा महत्वपूर्ण सहयोग गर्ने बताए ।

महासंघ राैतहटका अध्यक्ष झाले जिल्लाको पत्रकारितामा महिला सहभागीता बढ्ने विश्वास व्यक्त गर्नु भयाे । तालिमका सहभागीहरूले तालिम फलदायी भएकोले पत्रकारितालाई व्यहारमा उतार्न सहयोग पुग्ने प्रतिक्रिया दिए । कार्यक्रमकाे प्रमुख अतिथि यादवले पत्रकारिता तेस्रो आँखाका रुपमा रहेको र समाजको वास्तविक सत्य तथ्यलाई उजागर गर्नुपर्ने यसको मुल मर्म भएको हुँदा बिशेषगरी यसतर्फ तालिम समापन पछि पत्रकारिता गर्दा सबैदे ध्यान दिनु हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

साथै वहाँले बिद्यार्थीहरूले चाह्याे भने कटहरिया बहुमुखी क्याम्पसमा पत्रकारिता अध्यापन सुरु हुन सक्ने बताउनु भयाे । यसका लागि कम्तीमा १० बिद्यार्थीहरू आवश्यकता पर्ने प्रष्ट पार्नु भयाे ।

सबैकाे साथ सहयोग भए त्रिभुवन विश्व बिधालय बाट सम्बन्धन प्राप्त गरि पत्रकारिताकाे पढाइ सुरू गर्न सकिने बताउनु भयाे । साे पत्रकारिता तालिममा कटहरिया नगरभरीका १० जना पुरूष र ४० जना महिला गरी करिब ५० जनाको सहभागिता रहेको आयाेजक संस्थाका अध्यक्ष झाले बताउनु भयाे । तालिम समापन पछि सहभागीहरू लाई प्रमाणपत्र पनि प्रदान गरिएको थियोे ।

क्यार्लिफोनिया, २३ असार ।
सामाजिक सञ्जाल बजारमा संघर्षरत माइक्रो-ब्लगिङ प्लेटफर्म ट्विटरलाई हराउन मेटाले लन्च गरेको एप थ्रेड्स सुरु भएको केही घण्टापछि नै कानुनी पेचिलोमा फसेको छ। थ्रेड्स, जसले यसको सुरुवात पछि ३० मिलियन भन्दा बढी प्रयोगकर्ताहरू समेटेन सफल भएकाे थियाे, प्रतिद्वन्द्वी कम्पनीले थ्रेड्सले ट्विटरको ‘बौद्धिक सम्पत्ति अधिकार’ को उल्लङ्घन गरेको भन्दै मुद्दा चलाउने धम्की दिएको छ।
अर्बपति व्यापारी एलोन मस्कका वकिल एलेक्स स्पिरोले मेटाका सीईओ मार्क जुकरबर्गलाई पत्र लेखेका छन् र उनीमाथि ‘ट्विटरको व्यापार गोप्य र अन्य बौद्धिक सम्पत्तिको गैरकानूनी दुरुपयोग गरेको’ आरोप लगाएका छन्। यो पत्र पहिलो पटक ‘सेमाफोर’ पत्रिकाले प्रकाशित गरेको थियो ।
पत्रमा मेटाले दर्जनौं भूतपूर्व ट्विटर कर्मचारीहरूलाई काममा लिएको आरोप लगाएको थियो, जसको ‘ट्विटर व्यापार गोप्य र अन्य अत्यधिक गोप्य जानकारीहरूमा पहुँच थियो ।’
एलेक्स स्पिरोले पत्रमा लेखे, “ट्विटरले आफ्नो बौद्धिक सम्पत्ति अधिकारलाई कडाइका साथ कायम राख्न चाहन्छ, र मेटालाई ट्विटरको व्यापार गोप्य वा अन्य अत्यधिक गोप्य जानकारी प्रयोग गर्न रोक्नको लागि तत्काल कदम चाल्न आग्रह गर्दछ ।’
इलोन मस्कले सोही समाचारलाई उद्धृत गर्दै ट्वीटको जवाफ दिए, “प्रतिस्पर्धा ठीक छ, बेईमानी होइन्।’
मेटाले आफ्नो प्रतिरक्षामा दावी गरेको छ कि थ्रेड्स ईन्जिनियरिङ् टोलीमा कुनै पनि पूर्व ट्विटर कर्मचारीहरू छैनन्।
मेटाका प्रवक्ता एन्डी स्टोनले थ्रेड्सको पोस्टमा भने, “थ्रेड्स इन्जिनियरिङ् टोलीमा कोही पनि पूर्व ट्विटर कर्मचारी छैनन्, त्यहाँ कहिल्यै उनीहरू रहेका छैनन्”
एलोन मस्कको स्वामित्वमा रहेको ट्विटरका लागि थ्रेड्स अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती हो। यसअघि पनि धेरै प्रतिस्पर्धी ट्वीटरको अगाडि आए, संघर्षको सामना गर्नुपर्यो तर विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल मध्येको एक ट्वीटरलाई कसैले प्रतिस्थापन गर्न सकेकाे थिएन् ।
इन्स्टाग्राम र फेसबुक पनि मेटाका उत्पादनहरू हुन्, र तिनीहरूसँग इन्टरनेट संसारमा आफ्ना प्रतिस्पर्धीहरूको उत्पादनहरू प्रतिलिपि गर्ने लामो र सफल इतिहास छ। कम्पनीको रिल्स सुविधा टिकटकको भाइरल भिडियो एपको नक्कल थियो, र मेटाले स्न्यापच्याट बजारमा आएपछि गायब हुने स्टोरीज सुविधा प्रस्तुत गर्यो।
कोलकाता, २३ असार । पश्चिम बंगालमा आज पञ्चायतको चुनाव भइरहेकाे छ। निर्वाचनमा हिंसा हुन सक्ने आशंकाका बीच भारी सुरक्षाकर्मी परिचालन गरिएको छ । यति हुँदाहुँदै पनि पञ्चायत निर्वाचनका क्रममा विभिन्न स्थानमा भएको हिंसात्मक झडपमा ११ जनाको ज्यान गएको समाचार आइरहेका छन् । यसैबीच, कुचबिहारमा मतदान केन्द्रमा तोडफोड र मतपत्र जलाउने घटना पनि बाहिर आएको छ।
राज्य निर्वाचन आयोगका अनुसार २२ जिल्लाका ६३ हजार २ सय २९ ग्राम पञ्चायत सिट, ९ हजार ७३० पञ्चायत समिति र ९ सय २८ जिल्ला परिषद सिटमा उम्मेदवारको भाग्य दाउमा रहेको छ । निर्वाचनमा ५.६७ करोड मतदाताले मतदान गर्नेछन् । चुनावको नतिजा असार ११ गते आउनेछ । अधिकारीहरूका अनुसार राज्यमा चुनाव सम्बन्धी हिंसामा हालसम्म १६ जनाको मृत्यु भइसकेको छ।
पश्चिम बंगाल पञ्चायत चुनावको लागि मतदान भइरहेको छ। यस क्रममा पश्चिम बंगालका गभर्नर सी.वी. आनन्द बोसले मतदान केन्द्रको भ्रमण गरे र मतदाता र उम्मेदवारहरूसँग अन्तरक्रिया गरे।
पश्चिम बङ्गालमा पञ्चायत चुनाव अघि पछिल्ला केही दिनहरूमा मुर्शिदाबाद, उत्तर २४ परगना, दक्षिण २४ परगना, उत्तर दिनाजपुर, मालदा र कुचबिहार जस्ता जिल्लाहरूमा हिंसाका धेरै घटनाहरू रिपोर्ट गरिएका छन्। यसरी, राज्यमा तीन तहको पञ्चायत चुनावको लागि मतदान अत्यन्तै चुनौतीपूर्ण छ।
यी चुनावका लागि केन्द्रीय अर्धसैनिक बलहरू तैनाथ गरिएको छ र नतिजा घोषणा पछि दस दिनसम्म बस्न आदेश दिइएको छ, ताकि चुनाव सञ्चालन होस्। त्यसपछि कुनै पनि प्रकारको हिंसा रोक्न सकिन्छ।