२०८३ जेष्ठ २
२०८३ जेष्ठ २

 

विराटनगर, २६ असार ।

साइकल चालकमाथि कुटपिट गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

मोरङ विराटनगर–४ दुधफारमस्थित कोशी राजमार्गमा साइकल चालक विराटनगर–६ बस्ने २७ वर्षीय पवन साहलाई कुटपिट गरेको आरोपमा १९ वर्षीय आयुष भेटुवाल पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

बा. १५ च ३४४५ नम्बरको कारमा सवार आयुषसहित कुशल भेटुवाल र रोशन कार्कीले साहमाथि कुटपिट गरेको आरोप लागेको छ । कारबाट झरेर साहमाथि मुक्का प्रहार गर्दै घिसारेर घाइते बनाएको उनीहरुमाथि आरोप छ ।

 

आरोपितमध्ये आयुषलाई पक्राउ गरिएको र दुईजना फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ । उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारबाही अगाडिड बढाइएको जनाइएको छ ।

 

दैलेख, २६ असार ।

६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुरास गाउँपालिका-५ कुटिभैरी बस्ने २५ वर्षीय तेज बहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

नेपालीले ती महिलालाई गत असार २१ गते साँझ सोही ठाउँस्थित गोरेटो बाटो छेउको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी माथिल्लो डुङगेश्वलरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

काठमाडौं, २६ असार । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) पूर्व नायवसुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई पक्राउ गरेको हो ।

 

काठमाडौंबाट पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु हुन् भने मिश्र खरिदार हुन् ।

 

काठमाडौं, २६ असार ।

शिक्षक छनोट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गर्दा एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका  छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

कागेश्वरी मनहरा १ गागलफेदीस्थित सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाले सेवाग्राहीसँग १६ हजार घुस लिँदै गर्दा गागलफेदी बसपार्कबाट उनीहरु अख्तियारको टोलीकाे नियन्त्रणमा परेका हुन् ।

 

अख्तियारका अनुसार उनीहरु माथी थप अनुसन्धान भईरहेको छ ।

 

इन्दीप कोइराला,बारा, २६ असार । 

जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा ट्रकबाट अवैध लागुऔषध गाजा बरामद गरेको छ । बरामद गरिएको गाँजासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलबार बिहान करिब ७ बजे प्रहरीलाई सो ट्रकमा लागुऔषध गाँजा लुकाई ओसारपसार भइरहेको जानकारी प्रहरीलाई आएको थियो र प्रहरी सो ट्रकको खोजतलास गर्ने क्रममा चालक तथा सहचालक फरार रहेको एक ट्रक पल्टिएको खबर प्राप्त भए पश्चात प्रहरी घटनास्थलमा पुगेको थियो ।

एक सय पाँच किलो अवैध लागु औषध गाँजासहित जीतपुरसिमरा उपमहानगरपालिका २२ पुर्ब पश्चिम लोक राजमार्ग सडक खण्डको चुरिया माई मन्दिर नजिक सडकको पूर्व साईडको नालामा ना १ क ३२०५ न.को पल्टिएको ट्रक चोक जाँच गर्दा सामान लोड गर्ने पछाडिको भागमा फल्स डब्बाभित्र प्लास्टिकको ५ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको हो ।

ट्रकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा ल्याई राखिएको र ट्रक चालक लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोत तलास लगायतको अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।

 

मुम्बइ, २६ असार ।

बलिउड सुपरस्टार शाहरुख खान आफ्नो आगामी फिल्म ‘जवान’ लाई लिएर निकै चर्चामा छन् । किंग खानका फ्यानहरु उनको बहुप्रतिक्षित फिल्मको प्रतिक्षामा छन् । जहाँ हिजाे अर्थात जुलाइ १० मा साे फिल्मको प्रिभ्यु ट्रेलर सार्वजनिक भएको थियाे । फिल्म निर्माता एटली कुमारले निर्देशन गरेको यस फिल्ममा शाहरुखका धेरै फरक र कूल लुक्स देखिएका छन्, जसलाई देखेपछि फ्यानहरू जवानको रिलिजको उत्सुकताका साथ पर्खिरहेका छन् ।

 

यस फिल्मको रिलिज ट्रेलरको अन्तिम भागमा जब शाहरुखले आफ्नो टाउकोबाट ब्यान्डेज हटाउछन्, तब उनको टाउको नयाँ लुकमा देखिन्छ । सुपरस्टारकाे यस्तो रुप कसैले कल्पना समेत गरेको थिएन । तर सुपरस्टारलाई यस लुकमा देखेपछि फिल्मलाई लिएर सामाजिक सञ्जालमा हलचल मच्चिएको छ । प्रिभ्यु ट्रेलरमा एउटै अभिनेता फरक लुक्समा देखिएका छन् । तर के तपाईलाई थाहा छ कि किंग खान भन्दा अगाडि नै उक्त लुकमा धेरै स्टारले अभिनय देखाइसकेका छन् ।

 

रिलिज भएको यो प्रिभ्यु ट्रेलरमा शाहरुख आधा अनुहारमा मास्क लगाएको देखिएका छन्, जसलाई हेरेर फ्यानमा उनको क्रेज झनै बढेको छ । तर त्यसअघि पनि अभिनेता चियान विक्रमको फिल्म अपरिचितमा यो लुकमा देखिइसकेका छन् । उनले फिल्ममा गरेको अभिनयका लागि धेरै तारिफ पाएका थिए ।

 

यसपछि प्रिभ्यु भिडियोको एउटा दृश्यमा प्रभासको फिल्म बाहुबलीको स्टाइलमा एक बालकले हात उठाउँदै गरेको देखाइएको छ, जुन बाहुबलीबाट कपी पेस्ट भएको देखिन्छ । यस्तै यस्तै दृश्य द लायन किङमा पनि खिचिएको थियाे ।

 

‘जवान’ मा शाहरुखको अनुहारमा पट्टी लगाएको लुकले मानिसहरूलाई फिल्म ‘डार्क म्यान’को याद दिलाउँछ। यसैबीच, पट्टीमा बेरिएको किंग खानको कूल लुक हलिउड वेब सिरिज ‘मून लाइट’सँग धेरै हदसम्म मेल खाएकाे प्रतिक्रिया जनाइएकाे छ ।

 

र, किंग खानको बाल्ड लुकले साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘शिवाजी द बोस’ को सम्झना दिलाउँछ । सामाजिक सञ्जालमा नेटिजन्सले जवानमा उनको लुक रजनीकान्तको फिल्मबाट नक्कल गरिएको महसुस गरेका छन् ।

 

यसै क्रममा जवानको प्रिभ्यु ट्रेलरमा हाइवेमा छायांकन गरिएको बाइक चेसिङ सीन साउथ सुपरस्टार थला अजितको फिल्म ‘वालिमाई’ को कपी–पेस्ट जस्तो देखिन्छ ।

 

मुम्बइ, २६ असार ।

हामीले १९७५ को फिल्म शोलेलाइ अझैसम्म बिर्सेका छैनौं ।

याे फिल्मका हरेक पात्रले फ्यानको मनमा राज गरेको छ । चाहे त्यो जय-वीरुको जोडी होस् वा गब्बर र ठाकुरको दुश्मनी।

यो फिल्मले अमिताभ बच्चन, धर्मेन्द्र, अमजद खान, हेमा मालिनी, जया बच्चन र सञ्जीव कुमार जस्ता दिग्गज स्टारहरूलाई आउने समयको लागि प्रसिद्ध बनायो। तर के तपाईलाई थाहा छ ठाकुरको भूमिकाबाट चर्चित बनेका अभिनेता संजीव कुमार गब्बरको भूमिका खेल्न चाहन्थे । आउनुहोस् हामी तपाईंलाई एउटा रोचक कथा सुनाउ ।

 

 

रिपोर्टमा विश्वास गर्ने हो भने ‘ठाकुर न झुक्न सक्छ न तोड्न सक्छ, ठाकुर मात्र मर्छ…’ जस्ता संवादलाई प्रतिष्ठित बनाएका अभिनेता सञ्जीव कुमार गब्बरको भूमिका खेल्न चाहन्थे । तर रमेश सिप्पीले उनलाई त्यो भूमिकामा हेर्न चाहेनन् । त्यसैले उनले यस भूमिकाका लागि अभिनेता अमजद खानलाई रोजे । यद्यपि ठाकुरको भूमिकाका लागि पहिलो रोजाइ सञ्जीव कुमार नभई दिलिप कुमार थिए, जसलाई दिग्गज अभिनेताले अस्वीकार गरिदिए । यसैबीच, अन्तर्वार्तामा दिलीप कुमारले यो भूमिकालाई पटकपटक अस्वीकार गरेकोमा खेद प्रकट गरेका छन् ।

 

यसबाहेक सुरुमा ‘धर्मेन्द्र’ ठाकुर बलदेव सिंहको भूमिका निभाउन चाहन्थे । तर जब निर्देशकले उनलाई भने कि यदि यस्तो भयो भने, सञ्जीव कुमारले वीरुको भूमिका निभाउनेछन् र उनले नायिका पाउने छन्। यही कारणले सञ्जीव कुमारले हेमा मालिनीको अगाडि विवाहको प्रस्ताव राखेका थिए । यसपछि उनले नरम रुख अपनाए । जहाँ धर्मेन्द्रले उनलाई माया गर्न थालेका थिए र त्यही भएर उनी वीरुको भूमिका खेल्न राजी भए ।

 

यस पछि सबैलाई थाहा छ कि यो फिल्म यति ठूलो हिट साबित भयो र अझै पनि प्रशंसकको मनमा राज गरिरहेको छ।

 

लन्डन, २६ असार ।

एक बेलायती (युके) एयरलाइन इजीजेटले स्पेनको लान्जारोट शहरबाट लिभरपुलको उडानमा सवार २० जना यात्रुहरूलाई विमानबाट ओरालेकाे घटनाले एअरलाइन्स दुनियालाइ चकित बनाएकाे छ ।

किनभने विमान ‘धेरै भारी’ भएकाे भन्दै ती यात्रीलाइ बिमानबाट उतारिएकाे थियाे । यो घटना गत जुलाइ ५ काे हो । खराब मौसम र विमानको तौल बढी भएकाले उडान ढिला भएको थियाे, त्यसपछि बिमानका क्याप्टेनले यात्रुहरूलाई स्वेच्छाले ‘अप्ट आउट’ गर्न भने।

 

बेलायती अनलाइन पत्रिका ‘इन्डिपेन्डेन्ट’को रिपोर्ट अनुसार एक यात्रुले घटनाको भिडियो रेकर्ड गरेका छन् । पछि १९ जनाले आफैं उडान छोड्ने निर्णय गरे पछि मात्रै बिमानले उडान भरेकाे थियाे ।

उडानका क्याप्टेनले लान्जारोटेमा निकै छोटो रनवे र उल्टो दिशामा चल्ने हावाका कारण ठूला विमान अहिले उडान भर्न नसक्ने यात्रुलाई बताए । पाइलटका अनुसार एयर कन्डिसन र सुरक्षाका लागि आफ्नो कम्पनीको प्राथमिकतालाई ध्यानमा राख्दै यो उपाय बाहेक विमान उड्नको लागि अन्य कुनै उपाय नभएकाे पनि जनाए । पाइलटले २० जना यात्रुहरूलाई विमान छोड्न र आज राती लिभरपुलमा उडान छनौट गर्न भने । पाइलटले उडानबाट ओर्लने प्रत्येक यात्रुलाई इजीजेटले ५०० युरोसम्म दिनेसम्म पनि बताए ।

 

इजीजेटका प्रवक्ताले १९ जना यात्रुले स्वेच्छाले छोड्न राजी भएको पुष्टि गरेका छन् । तौल प्रतिबन्धहरू सुरक्षा कारणहरूका लागि सबै एयरलाइनहरूमा लागू हुन्छन्। यस्ता निर्णय प्रायः यस्तो परिस्थितिमा लिइन्छ। प्रवक्ताले भने कि उडानले तौलको सीमा नाघेको अवस्थामा, हामी यात्रुहरूलाई बिना भुक्तानी स्वेच्छिक रूपमा पछिको उडानमा जान आग्रह गर्छौं, जुन यस अवसरमा पनि भयो।

 

यसो गर्नेलाई नियम अनुसार क्षतिपूर्ति दिइएकाे छ । किनभने यात्रु र कर्मचारीको सुरक्षा नै एयरलाइन्सको सबैभन्दा ठूलो प्राथमिकता मानिएकाले उनीहरूलाइ उतारिएकाे थियाे ।

 

भयो भन्दै २० यात्रीलाइ बिमानवाट उतारियो…

 

नयाँदिल्ली, २६ असार।

उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ ।

स्कुल बस र कार एक अापसमा ठोक्किदाँ ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

 

जानकारीका अनुसार मंगलबार बिहान विजय नगर थाना क्षेत्रको दिल्ली-मेरठ एक्सप्रेसवेमा रहेको ताज राजमार्गको फ्लाईओभरमा एउटा स्कूल बस र एउटा कार ठोक्किएको थियो। दुर्घटनामा ६ जनाको मृत्यु भएको समाचार छ ।

 

रौतहट,असार २५ गते
जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद मरासिनीले न्याय दिन कानुन नै पढनु पर्ने जरुरी नरहेको कुरा बताएका छन । बुद्वि विवेकको उचित प्रयोगले न्याय दिन सकिन्छ भने वहाँको तर्क थियो ।मुख्य न्यायधिवक्ताको कार्यालय मधेस प्रदेश जनकपुरधाम द्वारा गौरमा आयोजित सम्बाद कार्यक्रमा बोल्दै न्यायाधीश मरासिनीले जनतालाई छिटो छरितो विना झनझट न्याय दिनु पर्ने हाम्रो कर्तव्य रहेको बताए ।मधेस प्रदेशका मुख्य न्यायधिव्क्ता बिरेन्द्र कुमार ठाकुरको अध्यक्षतामा भएको संवादमा जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या राय यादव, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र , प्रहरी उपरीक्षक वीर बहादुर बुढामगरले न्याय सम्पादनमा भएको कमिकमजोरी बारे आआफ्ना धारणा राखेका थिए । सो सम्वादमा जिल्ला अदालतका श्रेस्तेदार
सुशील कुमार यादव , वार एसोसिएसन रौतहटका अध्यक्ष नन्दकिशोर साह , नागरिक समाजका अध्यक्ष
जगन्नाथ प्रसाद केसरी, पत्रकार प्रभात कुमार झाले दिनानुदिन न्यायपालिका प्रतिजन विश्वास घटदै गएको आरोप लगाएका छन ।


मुख्य न्यायधिवक्ता ठाकुरले पिडितलाई न्याय दिन न्यालयको स्थापना भएको हो। पिडकलाई न्याय दिनलाई आदालतको स्थापना भएको होईन ।समाजको हरेक पिडितले न्याय पाउनु पर्दछ बोल्दै न्यायकर्तालाई भुगोलको पीडा बुझेर काम गर्नेले पकै न्याय दिन्छ । जनता लाई न्याय दिनु पर्छ ।
नगर उपप्रमुखको जिम्मेवारी पनि न्यायधिश जस्तै हो ।समस्याको सामाधान हामी भित्रै छ । नटकमको होईन डटकमको जामाना छ । डटकमबाटै सामाधान खोज्न सुझाव दिनु भयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।