रमेश कुमार यादब असार २७,रौतहट
रौतहटको विर्ता चोकको नजिक मंगलबार साँझ बसको ठक्करबाट एकजना स्कुटी चालकको मृत्यु भएको छ । गरुडा नगरपालिका–८ पाल पेट्रोल पम्पस्थित चन्द्रनिगाहपुरबाट गरुडातर्फ जाँदै गरेको प्र २–०१–००१ च.००६३ नम्बरको म्याजिक जिपले विपरीत दिशाबाट आउँदै गरेको बिआर ३० डब्लु ७१३९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा भारत जिल्ला सितामडी ग्राम पञ्चायत बरगिनिया–१३ का ३५ वर्षीय चन्दन कुमारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश कुँवरका अनुसार म्याजिकको ठक्करबाट गम्भीर घाइते चन्दनलाई उपचारका लागि गरुडास्थित हेल्थ ल्यान्ड हस्पिटलमा ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । प्रहरीले बस नियन्त्रणमा लिएको छ ।
घटनालगत्तै चालक फरार छन् । ठक्कर दिने म्याजिकलाई जाँच गर्दा फेला परेको ब्ल्युबुकमा सिरहा लहान–४ बस्ने जहिद अन्सारी र सवारी चालक अनुमतिपत्रमा अजिम अन्सारी लेखिएको प्रहरीले फेला पारेको छ । उक्त म्याजिक जीपको चालकको खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ ।
सागर संगम ठाकुर रौतहट ,अषाढ २६ गते
रौतहटको देवाही गाेनाही नगरपालिका वडा नं.९ धरहरीमा वडा भेला संम्पन भएको छ।वडा अध्यक्ष वीर बहादुर साहकाे अध्यक्षतामा प्रमुख अतिथि देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह रहनु भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ काे लागि बाेलाईएकाे वडा भेलाबाट नयाँ नयाँ योजना छनौट गर्नु भएकाे हाे ।मंगलबार भएको वडा स्तरीय बजेट अधिवेशनमा स्थानियहरुले राखेको विभिन्न याेजनाहरुकाे बारेमा प्रमुख अतिथि नगर प्रमुख प्रेमलाल साहले वडाकाे बजेटबाट सम्पुर्ण याेजना पूरा हुन नसकने भन्दै त्यसकाे लागि संघिय सरकार प्रदेश सरकार र स्थानीय सरकारको खाचो रहेको बताउनु भयो ।मेयर साहले धरहरीमा बिकास निर्माणका कार्य गर्न ठुलो बजेटकाे आवश्यक्ता रहेकाे भन्दै त्यसकाे लागि आफुले पनि पहलकदमी लिने बताउनु भयो ।
नगर प्रमुख साहले आफू निर्वाचित भएको एक वर्षको अवधिमा यस नगरमा किसानको लागि ७५ वटा बाेरिङ जडान गरिएको बताउनु भयो । त्यस्तै वडा नं.९ धरहरीमा बर्थीङ सेन्टर निर्माण गरिएको बताए ।त्यसतै नगर प्रमुख साहले यस आर्थिक वर्षमा नगर स्तरीय बजेटबाट धरहरी गाेनाही जाेडिएका मुख्य सडक देखि उत्तर तर्फ धरहरी र गाेनाहीका सिमाना जाेडिएका ठाउँ बाट नयाँ कृषि सडक निर्माण गरिने बताउनु भयाे । त्यस्तै वडा अध्यक्ष वीर बहादुर साहले गत आर्थिक वर्ष २०७९/८० वर्षमा पूरा हुन नसकेको याेजनालाई यस आर्थिक वर्षमा संम्पन गरिने बताए ।
कुल बजेट ५५ लाखमा बिषेश गरि कृषि सिचाइ शिक्षा स्वास्थ्य र नयाँ बाटाे निर्माण गरिने वडा अध्यक्ष साहले बताए ।गत आर्थिक वर्षका अधुरा कार्यलाई यस वर्षमा संम्पन गरिने र थप याेजनालाई प्रभावकारी बनाउने बताउनु भयो ।
वडा अध्यक्ष साहले श्री जय किसान नमुना माबिकाे पश्चिम पट्टी रहेको नहर भएर बेलवा टाेल सम्म नयाँ सडक निर्माण गरिने बताउनुभयो ।साहले गाउँका भित्री गल्लीका सडकहरुलाई थप ब्वस्थित गरिने बिजुली बत्तीको काम गरिने बताएका थिए ।
अध्यक्ष साहले बिधुत्त चुहावट नियन्त्रण गर्नकाे लागि आर्थिक अवस्था कमजोर भएका परिवारलाई नि:शुल्क बिधुत्त मिटर वितरण गरिएको बताउदै यसपालि किसानहरूको लागि खेतीयोग्य जमिनमा पाेल तारकाे काम गरिने बताउनु भयो ।साथै वडा अध्यक्ष साहले किसानलाई खेतीपाती गर्न मुख्य सडक नहुदा किसानहरुलाई निकै समस्या भाेग्दै आएको भन्दै त्यसकाे लागि खेतीयोग्य जमिन भएर नै नयाँ सडक निर्माण गरिने बताउनु भयो ।
धरहरीमा सिचाइकाे ब्यवस्था नहुदा किसानहरूले समयमा खेती गर्न नसकेको भन्दै यसपालि बाेरिङ जडान कार्य गराएको र बाकी रहेको बिजुली बत्तीको काम यस वर्ष संम्पन गरिने वडा अध्यक्ष वीर बहादुर साहले बताए ।
वडा भेलामा पुर्व गाबिस सचिव बिरेन्द्र कुमार गुप्ता ,शंकर साह कानु,हनुमान राय यादव,बिवेकान्नद साह,रामनरेश बैठा,रामसिघांसन साह, भुरेन्द्र पंडित भनिन्ने पवन पंडित,नन्दकिशोर यादव,वडा सदस्य गौरी शंकर पंडित लगाएत अन्य ब्यक्तिहरुले याेजनाबारे आफ्नो प्रस्तावहरु राखेका थिए ।कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरुकाे उपस्थित रहेको थियोे ।
आरके श्रीवास्तव,रौतहट,असार २६ गते
रौतहट । रौतहटको बृन्दावन नगरपालिकामा नव निर्मित दलित सामुदायिक भवनको उद्धघाटन गरिएको छ । प्रदेश सभा सदस्य एवम् मधेश प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अबुल कलाम अजाद उर्फ फुलबाबुले बृन्दावन नगरपालिका ८ बहुअरूरीमा निर्माण भएको दलित सामुदायिक भवनको उदघाटन गर्नुभएको छ ।
सामाजिक विकास मन्त्रालय सामाजिक विकास इकाइ मधेस प्रदेश सरकारको २० लाख रूपैयाँ सहयोगमा निर्माण भएको दुई कोठे सामुदायिक भवनको प्रमुख अतिथी बिधायक फुलबाबुले मंगलबार उद्धघाटन गर्नुभएको हो । उद्धघाटन कार्यक्रमको अध्यक्षता नेकपा एसका नेता एवम् मुस्लिम ईक्तेहाद संगठन मधेस प्रदेश अध्यक्ष सलामोदिन दर्जीले गर्नु भएको थियो । भने कार्यक्रम सञ्चालन कार्यपालिका सदस्य राजेश पासवानले गर्नु भएको थियो । स्वागत मन्तव्य बैधनाथ सहनीले राख्नु भएको थियो ।

उक्त ठाउँमा दलित सामुदायिक भवन निर्माणका लागि बृनदावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवानले विशेष पहलगरी प्रदेश सांसद फुलबाबुको बजेट बाट भवन निर्माण गराएका हुन् । यस अघि सो ठाउँमा सामुदायिक भवन नहुँदा विवाह,ब्रतबन्ध,छेका,तालिम,गोष्ठी लगायतका सामाजिक कार्यहरु गर्न समस्या हुने गरेको थियो । अब उपरान्त् उक्त समस्या हटने भएको छ । सो ठाउँमा सामुदायिक भवन निर्माण भएपछि स्थानियहरु हर्षित भएका हुन् ।
उद्धघाटन कार्यक्रमलाइ सम्बोधन गर्दै राज्यमन्त्री फूलबाबुले राम्रो काम गरे सबै पार्टीले सहयोग गर्ने बताउनु भयो । जसको प्रत्यक्ष उदाहरण सामुदायिक भवनको उद्धघाटन रहेको बताए । साथै उनले राम्रो काम गर्नेलाइ प्रोत्साहन गर्नुपर्ने धारणा राख्नु भयो । बहुअरीवासीले आफू सधैं सहयोग गर्दै आएको
स्मरण गराउँदै यस टोल लगायत आफनो क्षेत्रको विकासको लागि कुनै कसर बाँकि नराख्ने बताउनु भयो । सामुदायिक भवन निर्माण आफनो निर्वाचन क्षेत्रको उदाहरणिय काम रहेको बताउनु भयो ।
आगामी आर्थिक वर्ष २०८०।०८१ के लागि सो टोलमा करिब ४० देखि ५० लाख सम्मको योजना राखेको स्थानियहरुलाइ जानकारी गराउनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै बृन्दावन नगरपालिकाकी उपप्रमुख संगिता कुमारी रामले आफुलाइ आफनो हक अधिकार बाट बञ्चित गरिएता पनि जनताको काम लाइ अगाडी बढाउन हरसम्भव प्रयास गरिरहेको बताइत् । कार्यक्रममा अन्य वत्ताहरुले सो भवनमा एक तला थप्न माग माग गरेका थिए ।
उद्धघाटन कार्यक्रममा बृन्दावन नगरपालिकाका पूर्वनगर प्रमुख रामस्नेहि राय यादब ,समाजसेवी अरुण राम,बिभिन्न वार्डका वडाअध्यक्षहरु ,बुद्धजिवि ,नागरिक समाज लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
काठमाडौं, २६ असार।
सोलुखुम्बुमा भएको मनाङ् एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौं ल्याइएको छ। दुई वटा हेलिकोप्टरमार्फत् शव काठमाडौं ल्याइएको हो।
मंगलबार बिहान काठमाडौंबाट उडेको हेलिकोप्टर सोलुखुम्बुबाट फर्किने क्रममा लिखुपिके गाउँपालिका-५ लाम्जुरापास नजिक दुर्घटना भएको थियो। दुर्घटनामा पाइलट क्याप्टेन चेतबहादुर गुरुङ र पाँच जना म्याक्सिन नागरिकको मृत्यु भएको थियो।
सोलुखुम्बुको सुर्केबाट आज बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौंका लागि उडेको कलसाइन ‘एनए-एमभी कलसाइन’ भएको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको थियो।
जनकपुरधाम, २६ असार ।
६ जनाको ज्यान जानेगरी मंगलबार भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गनए छानबिन समिति गठन गरिने भएको छ ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।
सोही दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने संस्कृति संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले जानकारी दिए ।
मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले हेलिकप्टर दुर्घटनाको अध्ययन गर्न छानबिन समिति बनाउने बताएका हुन् । उनका अनुसार मंगलबार वा बुधबारसम्ममा छानबिन समिति गठन गरिनेछ ।
सो हेलिकप्टर दुर्घटना हुँदा पाँचजना मेक्सिकन नागरिकको मृत्यु भएको छ भने एकजना नेपाली क्याप्टेन चेत गुरुङको निधन भएको छ ।
विराटनगर । सोलुको लाम्जुरा पासमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । एक जनाको अवस्था खुल्न सकेको छैन ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्तकुमार भट्टराईले हेलिकप्टरमा सवार ५ जनाको शव भेटिएको बताए । उनले ५ जनाको मृत्यु भइसकेको जानकारी दिए । एक जनाको अवस्था भने अज्ञात रहेको उनले बताए ।
हेलिकप्टरमा आगो लागेका कारण मृतकको पहिचान खुलेको छैन । मनाङ एयरको हेलिकप्टरमा ५ जना मेक्सिकन यात्रु सवार थिए ।
लाम्जुरामा भएको दुर्घटना स्थल ३६ सय ३४ मिटरको उचाइमा रहेको छ । स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन् ।
झापा, २६ असार ।
९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरदह नगरपालिका-९ झमकचौक बस्ने १९ वर्षीय विवेक अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
काठमाडौं, २६ असार ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरको ३ सय ८० थान र श्रीलंकन रूपी ५ हजार दरको ५३ थान,१ हजार दरको ४ थान, ५० दरको ५ थान र २० दरको ५ थान सहित अमेरिकी नागरिक ४९ वर्षीय केभिन वेस्ले फिलिप्सलाई प्रहरीले पक्राउ गरेको छ ।
भिस्टारा एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको ऐक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको व्यागबाट उक्त विदेशी मुद्रा फेला परेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।
काठमाडाैं, २६ असार ।
देशका विभिन्न स्थानबाट १९ जना लागुऔषधसहित पक्राउ परेका छन् । काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-१४ नैकापबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ६८ ट्याब्लेटसहित रामेछाप दोरम्बा गाउँपालिका-७ घर भई हाल काठमाडौं न्यूरोड बस्ने २१ वर्षीय सुनिल तामाङ समेत चारजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
सिन्धुलीकाे कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागुऔषध गाँजा करिब १ सय ५५ केजी र नगद २ लाख रूपैयाँसहित मकवानपुर कैलाश गाउँपालिका-१० बस्ने ३२ वर्षीय रामसिंह मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बा.२० च ९८३ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीको पछाडी ढालाको तल सेफ बनाई लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी गाडीका चालक मोक्तानलाई पक्राउ गरेको हो ।
सुनसरीकाे धरान उपमहानगरपालिका-३ कैलाशपथबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम र नगद १ लाख ९६ हजार ५ सय रूपैयाँसहित सोही ठाउँ बस्ने भारत सुपौल घर भएका २७ वर्षीय हिमाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र नगदसहित पक्राउ गरेको हो ।
कैलालीकाे टिकापुर नगरपालिका-१ ब्लक नम्बर ६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित टीकापुर नगरपालिका-१ ब्लक नम्बर ७ बस्ने २६ वर्षीय शंकर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाकाे मेचिनगर नगरपालिका-१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्रामसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-१ बस्ने २० वर्षीय बिशाल दमाई, २१ वर्षीय गणेश राजवंशी, अर्जुनधारा नगरपालिका बस्ने २७ वर्षीय निकाश अधिकारी, मेचिनगर नगरपालिका-७ बस्ने १७ वर्षीय किशोर र सोही नगरपालिका-६ बस्ने ५५ वर्षीय डम्बर बहादुर तामाङ रहेका छन् । प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाकै मेचिनगर नगरपालिका-१३ फुलबारी टोल बस्ने २५ वर्षीय तुलसी राजवंशीलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो काकडभिट्टा र प्रहरी चौकी चारआलिबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेकाे नेपालगंज उपमहानगरपालिका-११ बिपिचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २० वर्षीय शाहिल आलम जसगढ र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेकै नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्रामसहित कोहलपुर नगरपालिका-४ बस्ने १९ वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
रौतहटकाे गौर नगरपालिका-२ महादेवपट्टीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र नोर्फिन ३ सय एम्पुलसहित गौर नगरपालिका-१ बस्ने १२ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट साईकलमा आउँदै गरेका उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
कञ्चनपुरकाे पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखिमपुर खिरी थाना गौरीफन्टा ग्राम वनगाँउ बस्ने २० वर्षीय राज राना र २१ वर्षीय आकाश राना रहेका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले राज रानालाई २ सय १० मिलिग्राम र आकाश रानालाई १ सय ८० मिलिग्रामसहित पक्राउ गरेको हो ।
काठमाडौं, २६ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम् प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको एघारौंं साधारण बैठकमा कुलपतिको हैसियतले बोल्दै प्रधानमन्त्री प्रचण्डले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा लाग्न निर्देशन दिएका हुन् ।
‘कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा समेत सघाउ पु¥याउने कार्य विश्वविद्यलायले गर्ने अपेक्षा गरेको छु,’ उनले भने ।
प्रधानमन्त्रीको सम्बोधनकाे पूर्णपाठ :
नेपालमा कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान, पशु विज्ञान र वन विज्ञान क्षेत्र लगायतका प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा अध्ययन, अनुसन्धान र प्रविधिको विकास गर्न प्राविधिक विश्वविद्यालयको खाँचो महसुस भएकोले कृषि तथा वन विज्ञान विश्वविद्यालय वि.सं. २०६७ सालमा स्थापना गरिएको हो। देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रूपमा स्थापित यस विश्वविद्यालयले एकीकृत रूपमा शिक्षण, अनुसन्धान तथा प्रविधि प्रसारको कार्य गरी देशको कृषि, पशु तथा वन क्षेत्रको समग्र विकासमा ठूलो योगदान पु¥याउने छ भन्ने अपेक्षा राज्यले गरेको छ। त्यसैले यस विश्वविद्यालयलाई सरकारको सहयोग निरन्तर भइरहने कुरा म यहाँहरूलाई विश्वस्त गराउँछु।

कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा समेत सघाउ पु¥याउने कार्य विश्वविद्यालयले गर्ने अपेक्षा गरेको छु। यस विश्वविद्यालयले देशैभरि सबै प्रदेशहरूमा आंगिक कलेजहरू स्थापना गर्नेे लक्ष्यअनुरूप विभिन्न प्रदेशहरूमा ८ वटा कृषि संकाय र एउटा वन विज्ञान संकायअन्तर्गतका कलेज र २ वटा कृषि विज्ञान केन्द्रको स्थापना गरी सञ्चालनमा आइसकेको जानकारी गराउन पाउँदा खुसी लागेको छ। यस सम्बन्धमा आवश्यक शिक्षक, कर्मचारीको व्यवस्थापनका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (इ७ः) गरिसकेकोमा आउने दिनमा सोअनुसारको व्यवस्थापनमा सरकारको तर्फबाट विशेष सहयोग हुने नै छ।
विश्वविद्यालयको लक्ष्य, उद्वेश्य परिपूर्तिका लागि तयार पारिएको दोस्रो दसवर्षे रणनीतिक योजना (२०२३–२०३२) को कार्यान्वयनको समेत अपेक्षा गर्दछु। त्यसैगरि विश्वविद्यालयका चालु कार्यक्रमहरूको सवलीकरण र गुणस्तरमा विश्वविद्यालयको विशेष जोड हुने विश्वासका साथ अनुसन्धान केन्द्रहरूको बिस्तारमा ध्यान दिन पनि आग्रह गर्दछु।
हेटौंडास्थित वन विज्ञान संकायको आफ्नै भवनमा शैक्षिक कार्यक्रम सञ्चालनमा आएकोमा खुशी लागेको छ। मन्त्रिपरिषद्ले गरेको निर्णयबमोजिम शैक्षिक कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने विश्वासमेत दिलाउँछु।
कृषि र पशुपालनमा आयात प्रतिस्थापन गरी आत्मनिर्भर बन्न नयाँ प्रविधिको विकास र प्रयोग आवश्यक छ। विदेशबाट काठको आयात हुने तर स्वदेशमा उत्पादन जंगलबाट उपभोक्तासम्म नपुग्ने हालको अवस्थामा कसरी काठको अधिकतम प्रयोग गर्न सकिन्छ ? यस्ता विषयलाई पर्यावरण र दीगो विकाससँग जोड्दै अनुसन्धानको आधारमा विश्वविद्यालयले आवश्यक कार्य गर्नेछ भन्ने कुरामा विश्वस्त छु।
सीमित स्रोतको बावजूद पनि विश्वविद्यलायका अनुसन्धानहरूमा सहभागी सबै वैज्ञानिक प्राध्यापकज्यूहरूलाई हार्दिक बधाइ तथा धन्यवाद व्यक्त गर्दछु। भविष्यमा समेत अनुसन्धान कार्यहरूलाई प्राथमिकतामा साथ अघि बढ्न विश्वविद्यालयलाई आग्रह गर्दै नेपाल सरकारको अभिभावकीय भूमिका रहने प्रतिवद्धता व्यक्त गर्दछु।
कृषि र पशुपन्छी विकास रणनीतिको महत्वपूर्ण कार्यक्रममा कृषि शिक्षा तथा प्रसारलाई एकीकृत रूपमा सञ्चालन गर्दै Learning for Entrepreneurial Experiences (LEE) एवं अन्य क्ष्लतभचलकजष्उ कार्यक्रमलाई समावेश गरी प्रभावकारी बनाउनुपर्ने देखिन्छ। साथै, आधुनिक कृषि र वन प्रविधिलाई विश्वविद्यालयका विद्यार्थीमार्फत् कृषक एवं वन उपभोक्तासमक्ष पु¥याउन सञ्चालित (LEE) कार्यक्रमलाई निरन्तरता दिन विश्वविद्यालय समक्ष रहोस् भन्ने अपेक्षा गर्दछु। (LEE) कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग रहने जानकारी गराउँछु।
त्रिभुवन विश्वविद्यालयबाट कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सम्पत्ति हस्तान्तरण र जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यमा सरकारको तर्फबाट आवश्यक सहजीकरण हुने नै छ। महालेखाको प्रतिवेदनमा उल्लेखित बेरूजु सम्बन्धमा आगामी दिनमा विश्वविद्यालयले गम्भीरतापूर्वक लिई आवश्यक पहल लिनसमेत विशेष रूपले निर्देशित गर्दछु।
अन्त्यमा, यस सभा बैठकले लिएका महत्वपूर्ण निर्णयहरूको दृढतापूर्वक कार्यान्वयन गर्न निर्देशित गर्दै विश्वविद्यालयको आगामी कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै आफ्नो मन्तव्य यही अन्त्य गर्दछु र सभा यही समापन भएको घोषणा गर्दछु, धन्यवाद।