रुकुम पश्चिम, २७ असार ।
सानीभेरी गाउँपालिकाका ईन्जिनियर रमेश लम्सालमाथि आक्रमण भएको छ । उनीमाथि माओवादी केन्द्र निकट युवा संगठन वाईसिएलका जिल्ला संयोजक गोविन्द ओलीले हातपात गरेका हुन् ।
स्थानीय रंगशाला निर्माणको जिम्मा लिएका सानीभेरी–३ निवासी ओलीले योजनाको कम मूल्यांकन गरेको भन्दै बुधबार बिहान लम्सालमाथि हातपात गरेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश पूर्वाधार विकासअन्तर्गत रंगशाला निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन भएकोमध्ये ३६ लाख रुपैयाँ भुक्तानी भएको विषयलाई लिएर लम्सालमाथि आक्रमण भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले बताए ।
कर्मचारीमाथि हातपात तथा आक्रमण हुनु दुःखद् भन्दै गाउँपालिका अध्यक्ष वृखबहादुर विष्टले दोषीमाथि आवश्यक कारबाहीको माग गरेका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले आक्रमण गर्ने ओलीलाई प्रहरीले नियन्त्रणमा लिएर सिम्ली प्रहरी चौकीमा राखेर अनुसन्धान थालिएको बताए ।
काठमाडौं, २७ असार ।
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता भएको छ।
राउतका वकील टीकाराम भट्टराईका अनुसार रिट दर्ता भएकोमा प्रारम्भिक सुनुवाइका लागि भोलिलाई पेशी राखिएको छ।
राउत असार २४ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुर उड्नै लाग्दा पक्राउ परेका थिए। सरकारी कागजात कीर्तेसहित संगठित अपराधको कसूरमा उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ।
बिशाल बस्नेत/महोत्तरी, २७ असार
ग्रामिण उधम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोरको कार्यालय बर्दिबासले वर्षभरिको प्रगति विवरण सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा गरेको कामको जानकारी दिँदै कार्यालय प्रमुख रविन्द्र महथाले खर्च भएको लगभग ६ करोडको फेहरिस्ता सुनाए ।
कार्यालयले बजार समबन्धको विकासमा सहजीकरण, उधमशिलाताको विकास, संरचनात्मक विकास र लाभाग्राहीको योगदानमा आधारितसहितका सीमाभित्र रहेर मधेश प्रदेशका ८४ वटा पालिकाहरुमा काम गर्दै आएको छ ।
महेन्द्र राजमार्ग र हुलाकी राजमार्गमा केन्द्रित रहेर उक्त करिडोरभित्र सप्तरीमा १५, सिरहामा १२, धनुषामा ८, महोत्तरीमा १०, सर्लाहीमा ११, रौतहटमा ९, बारामा ११ र पर्सामा ८ वटा पालिकामा काम भईरहेको कार्यालय प्रमुख महथाले जानकारी दिए ।
कृषकलाई ५० प्रतिशत अनुदानको प्रक्रिया समेत अगाडी बढाइएको छ । ८४ वटा पालिकाहरुबाट १०३२ कृषक समुहले अनुदानको लागी निवेदन दिएको आर्थिक करिडोरको कार्यालयले जनाएको छ ।
जसमध्य दुध उत्पादनमा ५३१ जना, मासु उत्पादन(बाख्रा -२१८, कुखुरा तथा हाँसमा-२२, बन्गुरमा-७ जना, रागा-१) -२४८ जना, माछा उत्पादनमा ५७ जना, तरकारी उत्पादनमा ९२ जना, बिज बृदिमा ४९ जना, गंहू, धानमा १५ जना, फलफूल उत्पादनमा १० जना, प्रशोधन उधोगमा ५ जना, मौरिपालनमा १, वन पैदावरमा १ जना, शीर्षक नखुलाई १४ जना गरी १०१३ जना समूहबाट अनुदान माग भएको छ ।
कार्यालयले बनाएको कार्यविधिअनुसार छनोट प्रक्रियामा अगाडी बढीरहेको प्रमुख महाथाले जानकारी दिए । न्युज कारखाना
पाँचथर, २७ असार ।
फिदिम-इलाम सडक खण्डमा लोबेट ट्रेलरको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ ।
फिदिमबाट राँकेतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख. ४८०७ नं.को खाली ट्रेलरले फिदिम नगरपालिका-३ लालीखर्कमा ठक्कर दिँदा पैदल 0यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।
शव पाँचथर अस्पतालको शव गृहमा राखिएको छ । ट्रेलरका चालक र सहचालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।
काठमाडौं, २८ असार ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा शोक व्यक्त गर्दै मृतात्माप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आमा गुमाएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयात्री गुमाएको भन्दै सीताप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
उनले लेखेका छन्, ‘मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्छु । सम्माननिय प्रधानमन्त्री समेत रहनु भएका तपाईंका पिताले सहयात्री, जिवनसंगी गुमाउनु भएको अवस्थामा तपाईंले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु । साथै, स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’
काठमाडौं, २७ असार ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी एवं पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत दाहालको निधनप्रति दुःख गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ प्रधानमन्त्री दाहाललगायत शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गरेका छन् ।
दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न सभापति देउवा पशुपति आर्यघाट पुगेका थिए ।
लन्डन,२७ असार ।
मो समयदेखि चलिरहेको रुस–युक्रेन युद्ध रोकिने नाम लिइरहेको छैन । यसैबीच युक्रेनलाई सहयोग गर्न बेलायत अगाडि आएको छ ।
बेलायती सरकारले युक्रेनलाई उपकरण मर्मत गर्न र सैन्य पुनर्वास केन्द्र स्थापना गर्न ५ करोड पाउण्ड सहायता प्याकेज उपलब्ध गराउने मंगलबार जनाएको छ।
जसअनुसार यस हप्ताको नाटाे सम्मेलनमा छलफल गरिनेछ, बेलायत र जी ७ सदस्यहरूले हजारौं थप राउन्ड च्यालेन्जर २ गोला बारुद र ७० भन्दा बढी रसद वाहनहरू प्रदान गर्नेछन्।
यी कार्यक्रमहरू युक्रेनका लागि नाटाेको व्यापक सहायता प्याकेज मार्फत जानेछन् र गठबन्धनका पुनर्स्थापना विशेषज्ञहरूले समर्थन गर्नेछन्, बेलायती सरकारले एक विज्ञप्तिमा भनेकाे छ ।
संयुक्त घोषणामा सबै जी ७ सदस्यहरूले हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । साे घोषणासँगै आगामी वर्षहरूमा युक्रेनलाई युद्ध अन्त्य गर्न सहयोगी राष्ट्रहरूले कसरी समर्थन गर्ने भनेर रूपरेखा तय गर्ने छन् ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले भने, “नेटो सदस्यताको मार्गमा युक्रेनको प्रगति, औपचारिक, बहुपक्षीय र द्विपक्षीय सम्झौताहरू र नाटो सदस्यहरूको अत्याधिक समर्थनले राष्ट्रपति पुटिनलाई बलियो सङ्केत दिनेछ र युरोपमा शान्ति फिर्ता ल्याउनेछ।”
वेल्स, २७ असार ।
बेलायतलकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौनसम्पर्क गर्ने क्रममा बिरामीकाे मृत्यु भएको घटना सार्बजनिक भएकाे छ ।
ती बिरामीसँगको सम्बन्ध राख्दै अाएकाे र याैन सबन्ध गर्दागर्दै बिरामीकाे मृत्यु भएकाे पता लागे पछि अस्पतालले उनलाइ जागिरवाट निकालिएकाे छ। साे क्रममा मृतकसँग एक वर्षभन्दा बढी समयदेखि सम्बन्ध रहेको नर्सले स्वीकार गरिन् ।
नर्सले बिरामीको यौनसम्पर्कका बेला मृत्युपछि पनि एम्बुलेन्स नबोलाएको आरोप लागेको थियो । भनिएको छ कि, जब मेडिकल आपतकालीन कर्मचारीहरु पार्किङ स्थलमा पुगेका थिए, उनीहरुले बिरामीलाई आंशिक रूपमा नग्न र निष्क्रिय रूपमा भेटेका थिए ।
ती बिरामीको वेल्सको अस्पतालमा डायलासिसको उपचार भइरहेको थियो र याैन सम्पर्क गर्दा गर्दै हृदयघातका कारण उनको मृत्यु भएको थियो। मिडिया रिपोर्टका अनुसार द टाइम्स यूकेका अनुसार बिरामीको मृत्यु कार्डियक अरेस्ट र क्रोनिक मृगौला रोगका कारण भएको थियो।
नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल (एनएमसी) प्यानल समक्ष विस्तृत अनुसन्धान र परीक्षणको माग गरिएकाे थियाे ।
मिडिया रिपोर्ट अनुसार अभियुक्त नर्सका सहकर्मीहरूलाइमृतक बिरामीसँग उनको सम्बन्ध रहेकाे बारेमा थाहा थियो र उनीहरूमध्ये केहीले उनलाई गम्भीर परिणामहरूको चेतावनी पनि दिएका थिए। तर उनले यी सुझावहरूलाई बेवास्ता गर्दै निरन्तर याैन सम्पर्कका लागि बिरामीसँग सबन्धमा रहेकी थिइन् ।
नर्सले आफ्नो पेशाको मर्यादा मात्र उल्लङ्घन गरेकी थिइन्, एम्बुलेन्स नबोलाएर र डाक्टरलाइ पनि हृदयघात भएकाे बारेमा जानकारी नदिइ लुकाएकी थिइन । बरु, उनका साथीहरूले कारमा बिरामी छटपटिएकाे देखे पछि अरूलाइ बाेलाएका थिए ।
द टेलिग्राफका अनुसार, नर्सले भनिन् कि उनले कारको पछाडि ‘३० देखि ४५ मिनेट’ मात्र बिताएकी थिइन । उनले काउन्सिलमा दिएकाे बयान अनुसार साे क्रममा बिरामी एक्कासी कराउन थालेको र मृत्यु भएको बताएकी छिन्। सुरूमा सबन्ध अस्विकार गर्दै अाएकी ती नर्सले पछि भने ती बिरामी पुरुषसँगको सम्बन्ध स्वीकार गरेकी थिइन र आफूले त्यो रात यौनका लागि भेटेको पनि बताएकी थिइन ।
काठमाडौं, २७ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ।
आज विहान ८ बजेर ३३ मिनेटमा प्रधानमन्त्री पत्नी सीताको निधन भएको हो ।
नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाका स्वास्थ्य अवस्था गम्भीर बने पछि सीता दाहाललाई आज विहान अस्पताल ल्याइएको र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन हुन गएको थियो ।
प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव रमेश मल्लको अनुसार पत्नी दाहालको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने भएको छ । बिहान ११ बजे देखी १ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेर २ बजे अन्तिम दाह संस्कारका पशुपतिनाथ लगिनेछ ।
उनी नेकपा माअाेवादी केन्द्रकी सल्लाहकारसमेत हुन् । सीताकाे निधनसँग प्रचण्डले परिवारका तीन सदस्य गुमाएका छन् । यसअघि क्यान्सरका कारण जेठी छाेरी ज्ञानु र एक मात्र छाेरा प्रकाशलाइ गुमाएका थिए ।
काठमाडौं, २७ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ।
आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाले जानकारी दिएका छन । उनका अनुसार स्वास्थ्य अवस्था गम्भीर बने पछि सीता दाहाललाई विहान अस्पताल ल्याइएको र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन हुन पुगेको हो ।
अस्पतालमा अहिले प्रधानमन्त्री दाहाललगायत माओवादीका शीर्ष नेता अस्पतालमा छन्।