२०८३ जेष्ठ २
२०८३ जेष्ठ २

 

काठमाडौ, १ साउन । 

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१।१७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१।७७ रुपैयाँ रहेको कायम गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४७।२९ रुपैयाँ  रहेको छ  भने बिक्री  दर १४७।९६ रुपैयाँ रहेको छ ।

 

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा कायम भएको थियो भने युरो एकको खरिद दर १४७ रूपैयाँ १९ पैसा र बिक्री दर १४७ रूपैयाँ ८६ पैसा रहेको  थियो ।

 

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१।७१ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.५० रुपैयाँ पुग्दा अस्ट्रेलियन डलर एकको खरिद दर  ८९.७१  रुपैयाँ  रहेको छ  भने बिक्री दर ९०.१२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २५ पैसा  र बिक्रीदर  ९९ रुपैयाँ ७० पैसा पुगेको छ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसामा तथा दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ३३ पैसा  र बिक्रीदर १० रूपैयाँ  ३८ पैसामा खरिदबिक्री हुनेछ ।

 

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९९ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१३ रुपैयाँ तथा मलेसियन रिंगिट एकको  खरिद दर २८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर  २९.११ रुपैयाँ कायम गरिएको छ ।

 

 

कराँची, १ साउन ।

पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीमा रहेको १५० वर्ष पुरानो हिन्दू मन्दिरलाई पुरानो र खतरनाक संरचना भन्दै भत्काइएको छ ।

 

मन्दिर भत्किए पछि सो क्षेत्रमा बसोबास गर्ने हिन्दु समुदायका मानिसहरु समस्यामा परेका छन् ।

कराँचीको सोल्जर बजारमा रहेको मारी माताको मन्दिरलाई शुक्रबार राति भारी प्रहरीको उपस्थितिमा बुलडोजरको सहायताले भत्काइएको थियो। यस क्षेत्रका हिन्दू मन्दिरहरूको हेरचाह गर्ने रामनाथ मिश्र महाराजले भने, ‘उनीहरू राति अबेरसम्म मन्दिर भत्काए र हामीलाई थाहा थिएन कि यो भइरहेको छ।’

 

अधिकारीले मन्दिरको बाहिरी पर्खाल र मुख्य गेटलाई अक्षुण्ण राख्दा भित्रको सम्पूर्ण संरचना भत्काएको मिश्रले बताए । उनले करिब डेढ सय वर्षअघि मन्दिर निर्माण भएको र मन्दिरको आँगनमा खजाना गाडिएको बताइन् । उनले चार सयदेखि ५ सय वर्ग गज क्षेत्रफलमा मन्दिर बनेको र वर्षौंदेखि मन्दिरको जग्गा कब्जा गर्ने प्रयास भइरहेको थियो ।

स्थानीय प्रहरी चौकीका एक वरिष्ठ प्रहरी अधिकारीले मन्दिरलाई अधिकारीहरूले खतरनाक संरचना घोषणा गरेकाले भत्काइएको बताए। उनले मन्दिर कराँचीको मद्रासी हिन्दू समुदायले सञ्चालन गरेको र संरचना निकै पुरानो र खतरनाक भएकोमा उनीहरु सहमत भएको बताए । मन्दिर व्यवस्थापनले भारी हृदयले देवताका मूर्तिहरूलाई सानो कोठामा सारेका छन, ती अधिकारीले भने।

 

अर्कोतर्फ हिन्दू समुदायका स्थानीय नेता रमेशले मन्दिरको जग्गा किर्ते कागजपत्रका आधारमा ‘डेभलपर’लाई बिक्री गरेको भन्दै केही समयदेखि मन्दिर व्यवस्थापनलाई परिसर खाली गर्न दबाब परेको बताए । उनले मन्दिरको जग्गामा  ‘डेभलपर’ले व्यावसायिक भवन बनाउन चाहेको बताए । हिन्दू समुदायले पाकिस्तान हिन्दु परिषद, सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाह र सिन्ध प्रहरी महानिरीक्षकलाई यस विषयमा तत्काल ध्यानाकर्षण गर्न अपील गरेका छन्।

 

काठमाडौं, ३१ असार ।

वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आज देखी  कार्यान्वयनमा आउन लागेको हो।

 

तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन्। न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) ले विज्ञप्ति जारी गरेर यो निर्णयको विरोध गरेका हुन्।

 

एफडीएले सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने भएकाले सोही समयमा ओपीडी सुरु गर्दा कक्षाहरूमा असर पर्ने जनाएको छ।

 

एफडीएले नयाम्सको निर्णयप्रति असहमति जनाउँदै सच्याउनसमेत आग्रह गरेको छ।

 

काठमाडौं, १ साउन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज धार्मिक यात्रा गर्ने भएको छ ।

 

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले साउने सोमबारको पहिलो दिन धार्मिक यात्रा गर्न लागेको हो ।

 

सो पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रका अनुसार सो धार्मिक यात्रा मैतीदेवीवाट सुरु भई पशुपतिनाथमा गएर समापन हुनेछ । जसका लागि दिउँसो १ बजे समय तोकिएको छ ।

 

काठमाडौँ, १ साउन ।

सञ्चार सचिव कृष्णबहादुर राउतसहितलाई अदालतमा आज उपस्थित गराईदैँछ ।

सर्वोच्च अदालतको आदेश अनुसार ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई सोमबार अदालतमा उपस्थित गराईन लागिएको हो ।

 

हिजो आइतबार अन्य बन्दीको रिटका कारण उनीहरुको मुद्दा हेर्न नभ्याइए पछि सर्वोच्च अदालतले सोमबार अदालतमा पेश गर्न आदेश दिइए अनुसार आज उनीहरु उपस्थित हुन लागेका हुन् ।

 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आइतबार हेर्न नभ्याइए पछि सर्वोच्चले सोमबारको पेशी दिएर इजलाशमा पेश गर्न आदेश दिएको हो ।

 

रनिधर साह, रौतहट, असार ३१ गते ।

रौतहटको गुजरा नगरपाकिला स्थित रहेको लामहा नदिमा पानीको सतह बढि भएका कारण बाटो अवरुद्ध भएका छन् । सो नदिमा धरै दिनदेखि लमहा पुल निमार्ण कार्य भइरहेको छ । तर, सो पुल निमार्णको ठेका लिएको ठेकेदारका कारण बाटो अवरुद्ध भएकाे तथा स्थानीयलाई सास्ती भएकाे छ ।

सो पुल निमार्ण गर्नु अघि विना कमचलाउ बाटो (डाइर्भजन) को निमार्ण पुलको काम सुरु भएको समयदेखि नै स्थानीय तथा आवत जावत गर्ने सवारी साधनहरुलाई कठिनाई भएको देखिन्छ । केहीदिन पहिला पनि वर्षाका कारण सो बाटो अवरुद्ध भएपश्चात गुजरा नगरपालिकाको निदेर्शनमा ह्युम पाईप राखेर बाटो खुल्याइएको थियो । यो घटना पटक पटक भएका कारण स्थानीयहरुलाई समस्या परेको सो पालिकाको अम्तवा निवासी निरज साहले बताएका छन् । उनका अनुसार वर्षा भएको दिनदेखिर्नै सो बाटो उवरुद्ध भएका कारण आवत जावतमा समस्या भएको हो ।

सो बाटो भएर दैनिक रुपमा जाने एभर ग्रिन विधालय बालचनपुरका शिक्षक नेवालाल चौधरी भन्छन् हाम्रो लागि यो बाटो न भएका कारण धेरै नै समस्या भएको हो । स्थानीय सरकारले चासो नदेखाएका कारण सो समस्याको समाधान हुन नसकेको गुनासो गरेका छन् । उनी भन्छन् लमहा नदिका ठेकेदार सहित स्थानीय सरकारको पनि हुलो लपरवाहीका कारण स्थानीयहरुले सो समस्या भोगनु परेको हो ।

सोही विषयमा गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार अधिकारी भन्छन् , हामी तत्कालका लागि सो बाटो आज विहान देखि संचालन गरेका छौँ । तर, ठेकेदारले लपरवारी गरेसी यास्तो समस्या नहुने कुरानै हुँदैन उनले भने । यो नदिमा पानीको बहाव बढने तथा घटने क्रम जारी नै रहेका कारण हामीले बाटो संचालनमा ल्याएता पनि धेरै समस्यसम्म टिकन सकेको छैन् । अहिले सो समस्याको समाधान भएको उनले बताए ।

 

हनुमत कुमार यादव,गाैर, ३१ गते असार ।

रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं. ४ बमनहर स्थित रहेको पशुसेवा शाखाको भवनमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । यमुनामाइ गाउँपालिका स्तिथ रहेको बमनहरमा आस पासमा गाउँ बस्ती नभएको कारण रातीको समयमा आवत जावत बन्द भए पश्चात अपराधिक घटना हुने सम्भावना लाई ध्यानमा राखी आम जनता लाई सुरक्षामा टेवा पुग्ने उद्देश्यले आज स्थाई प्रहरी पोस्ट स्थापना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको प्रमुख आथित्यतामा नेपाली सेनाका प्रमुख सेनानी गंगा बहादुर बिष्ट जिल्ला प्रहरी कार्यालय रौतहट का प्रमुख प्र.उ. बिर बहादुर बुढा मगर, सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मि ,

उप-अनुसन्धान निर्देशक चन्दन कुमार झा यमुनामाई गा.पा. का प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव , ४ र ५ नं. बडाका बडा अध्यक्ष ज्युहरु, राजपुर न.पा. १ का वडा अध्यक्ष शेख अमिरुल्लाह र पत्रकार , स्थानिय बुध्दजिवी युवा लगायतको सयौं जनाको उपस्थितिमा अस्थाई प्रहरी पोष्ट बमनहरको उद्घाटन कार्यक्रम भव्यता साथ सम्पन्न भएको हो ।

काठमाडौं, १ साउन । नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ ।

 

केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रिय समिति बैठकमा छलफल गर्ने अजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । बैठक दिउसो २ बजे बस्नेछ ।

 

देउवाले भोलि पदाधिकारीसँग छलफल गरेपछि पर्सी बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने बुझिएको छ ।

 

गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सिता दाहालको निधन पछि स्थगित भएको सो बैठक साउन २ गते बस्दैँछ ।
आजको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ ।

काठमाडौं, १ साउन । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखी सामान्य बदली रहेको छ। साथै लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका बाहेकका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

 

दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी  र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।

तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

 

मञ्जय राम,कटहरिया, असार ३१ ।

रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित रहेको लाल बकैया नदिमा डुवेर एक विधार्थीको मृत्यु भएको छ ।

मृत्यु हुँनेमा जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित बलिरामपुर घर रहेका अशोक साह कानुका छोरा सोनु साह कानुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता नायव उपरिक्षक प्रहरी उमासंकर यादवले बताएका छन् ।

प्रहरीका अनुसार सोनुको उमेर करिब १५ वर्षका हुन । र उनी परीक्षा दिएर घर फर्कदै बेलामा नदीमा नुहाउन गएको करिब १ बजेको समयमा नुहाउने क्रममा मृत्यु भएको बताएका छ ।

प्रहरीका अनुसार उनको लाल बकैया नदिमा नुहाउने क्रममा डुवेर मृत्यु भएको बताएका छन् । र उनी ९ कक्षाको विधार्थी हुन । कटहरिया देखि १ किलाे. मिटर पश्चिममा रहेकाे लालबकैया नदिमा पाच जन्ना साथीहरू संग स्नान गर्न गएका थिए ।साहकाे डुबे पक्षि साथीहरू गाउँमा आएर जनकारी दिए कटहरियाकाे ईलाका प्रहरी र गाैर टाेली शवकाे उद्धार गरे ।

शवलाई जिल्ला अस्पताल गाैर पठाएकाे छ ।

सो घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

     

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।