बिरगञ्ज, १३ वीरगंज ।
वीरगंजमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिएको छ।
नागरिक अभिनन्दनपछिको सम्बोधनमा पूर्व राजा शाहले मधेशको मरुभूमिकरण, युवा शक्ति विदेश पलायनबारे चिन्तित हुँदै भने, ‘अन्नको भण्डार भनिने, तराईं मधेशको समथर उब्जाउ फाँट हाम्रो गौरवशाली इतिहास इतिहास थियो, उद्यम, इलम, बजार र व्यवसायको आधार तराईको छुट्टै पहिचान, पौरख र प्रतिष्ठा बनेको थियो तर दुई तीन दशक यता मधेश उजाड बन्दै गइरहेको छ, यहाँका पोखरी, पानीको स्रोत, जलसतह कमजोर भइरहेको छ र मरुभूमिकरण भइरहेको छ, यो गम्भीर चिन्ताको विषय हो ।’
उनले राजपरिवार हत्याकाण्डमा आफ्नो परिवारलाई जोडेर भ्रमको बादल बिच्छाउने काम भएको सम्झिए । भने, ‘राज्यव्यवस्था, राजनीति, अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सुधार, उपकार, विकास, निकासको बाटोमा सबै लाग्नु पर्छ, यसैमा हामी सबैको कल्याण छ ।’
पूर्वराजा ज्ञानेन्द्र शाहले मौलिकता, अस्तित्व पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लैजाने काम भएको बताएका छन् ।
उनले आफूले सत्ता छाड्दा बताएको सनातनदेखि कायम रहेको सुमधुर सामाजिक सम्बन्ध बिथोलेर देशको भलो नहुने विचारमा आफ्नो अडान कायमै रहेको बताए ।न्युजकारखाना
मुम्बइ, १३ माघ ।
तेजा सज्जाको तेलुगु सुपरहिरो ‘हनुमान’ ले महेश बाबुको गुंटुर करम, विजय सेतुपति–कट्रिना कैफ स्टारर मेरी क्रिसमस र धनुषको क्याप्टेन मिलर लगायतका धेरै ठूला फिल्महरू रिलिज भएपछि टक्कर गर्नु परेको थियो।
‘हनुमान’को ओपनिङ सुस्त थियो तर त्यसपछि बक्स अफिसमा जुन गति बढ्यो त्यसले सबैलाई चकित बनाउँदै लग्यो । यो फिल्मले बक्स अफिसमा दमदार कलेक्सन गरेको छ । तर, ऋतिकको फाइटर रिलिज भएसँगै ‘हनुमान’को कमाई भने प्रभावित हुन पुगेको छ । आउनुहोस् जानौं ‘हनुमान’ ले रिलिजको १५ औं दिनसम्ममा कति कमाइ गर्यो ?
तेजा सज्जाको फिल्म ‘हनुमान’ले दर्शकको अत्याधिक माया पाएको छ । ८.०५ करोडको कलेक्सनका साथ ओपनिङ गरेको यो फिल्मको कमाई हरेक दिन बढेको छ । कमाइको सबालमा यस फिल्मले पनि महेश बाबुको ‘गुंटुर करम’ लाई पछाडि छोडेको थियो ।
अब ‘हनुमान’ले ऋतिक रोशनको पछिल्लो रिलिज फिल्म फाइटरसँग कडा प्रतिस्पर्धाको सामना गर्नु परेको छ, यसका बाबजुद ‘हनुमान’ ले बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ।
सैकनिल्कको को प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार, ुहनु मानु ले रिलिजको १५ औं दिन अर्थात् तेस्रो शुक्रबार ८.०५ करोड भारु कलेक्सन गरेको छ। योसँगै ‘हनुमान’को १५ दिनको कुल कलेक्सन १५८.९० करोड रुपैयाँ पुगेको छ ।
‘हनुमान’ ले विश्वभरको कमाई
‘हनुमान’ ले देशमा मात्रै नभई विश्वभर निकै चर्चा पाइरहेको छ । सानो बजेटमा सानो स्टार कास्टमा बनेको यो चलचित्रले विश्वभरका दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
ट्रेड एनालिस्ट मनोबाला विजयबालनले फिल्मको विश्वव्यापी कमाईको तथ्याङ्क बाँडेकी छिन् । जस अनुसार ‘हनुमान’ ले रिलिजको १४ औं दिनमा विश्वभर २३६.२२ करोड भारु कलेक्सन गरेको र १५ औं दिनमा २४० करोडको आँकडा पार गरेको छ ।न्युजकारखाना
हैदारबाद, १३ माघ ।
साउथ सुपरस्टार सूर्याको आगामी फिल्म ‘कंगुवा’ लाइ फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् ।
यो एक काल्पनिक एक्शन ड्रामा मानिन्छ र एक प्यान इन्डिया फिल्म हो भनिन्छ। रोचक कुरा के छ भने यो फिल्ममा अबरार हक अर्थात् ‘एनिमल’का बबी देओल पनि देखिनेछन् । यसैबीच, फ्यानहरू ‘कंगुवा’ मा बबीको भूमिका जान्न उत्सुक छन्।
यस्तो अवस्थामा निर्माताले बबीको ५५ औं जन्मदिनमा फ्यानहरुलाई ठूलो उपहार दिएका छन् र ‘कंगुवा’ बाट अभिनेताको फर्स्ट लुक सार्वजनिक गरेका छन् । यससँगै फिल्ममा बबीको भूमिकाको नाम पनि सार्वजनिक भएको छ ।
‘कंगुवा’ मा बबीको फर्स्ट लुक सार्वजनिक भएपछि उनी फेरि एकपटक डरलाग्दो खलनायकको भूमिकामा देखिने सङ्केत आएको छ । फिल्ममा बबीको पात्रको नाम ‘उधिरन’ हो । ‘कंगुवा’ मा बबीको चरित्र ‘उधिरन’ को पहिलो झलकले फ्यानलाई स्तब्ध बनाएको छ ।
पोस्टर निकै तीव्र छ, जसमा बबी डरलाग्दो रुपमा देखिएका छन् । पोस्टरमा बबीको लामो कपाल देखाइएको छ, जसमा सिङ पनि छन् । यससँगै उनी धेरै महिलाले घेरिएका देखिन्छन् । उनको छातीमा हड्डीले बनेको ढाल छ, जसमा रगत पनि देखिन्छ। समग्र पोस्टर एकदम डरलाग्दो छ। फिल्मबाट बबीको फर्स्ट लुकको झलक शेयर गर्दै निर्माताले क्याप्सनमा लेखेका छन्, ‘ह्याप्पी बर्थडे टु रथलेस, पावरफुल, अविस्मरणीय, हाम्रा उदिरन बबी देओल सर।’
‘कंगुवा’ मा बबी देओलको लुक एनिमलको भन्दा खतरनाक
बबी देओलले एनिमलमा खलनायक अबरार हकको भूमिकामा निकै चर्चा कमाए । फिल्ममा उनको उग्र लुकले मानिसलाई स्तब्ध बनाएको थियो तर अब ‘कंगुवा’ मा अभिनेताको झनै खतरनाक लुक सार्वजनिक भएको छ । यस्तो अवस्थामा बबीले आफ्नो एनिमल भिलेन क्यारेक्टरलाई ‘कंगुवा’ बाट पराजित गर्ने देखिन्छ। अहिले फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित भएका छन् ।
बबी देओल ‘कंगुवा’ बाट साउथ फिल्ममा डेब्यु
कंगुवा सूर्य र शिव बीचको पहिलो सहयोग हो। चलचित्रमा सूरराई पोत्रुले ६ वटा भूमिका निर्वाह गर्ने हल्ला चलेको छ । दिशा पटानी र बबी देओल यो फिल्मबाट तमिलमा डेब्यु गर्दैछन् । चलचित्रमा जगपति बाबु, योगी बाबु, रादिन किङ्स्ले, केएस रविकुमार लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।न्युजकारखाना
काठमाडौं, १३ माघ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले हाल जेलमा रहेका पुर्व जनमुक्ति सेनाका कमाण्डरसँग भेटघाट गरेका छन् ।
हालै पक्राउ गरी डिल्लीबजारस्थित सदरखोरमा राखिएका पुर्व कमाण्डर जीतमान पुन मार्शलसँग भेटबार्ता गरेका हुन । उनी नेसपाका केन्द्रीय सदस्यसमेत हुन् ।
‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेसपाका केन्द्रीय सदस्य जीतमान पुन (मार्शल) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरी डिल्लीबजार कारागारमा राखिएकोमा वहॉलाई कारागार मै गएर भेटे,’ उनले भनेका छन, ‘त्यस लगत्तै प्रधानमन्त्री तथा पूर्व जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर क. प्रचण्डलाई भेटेर क. मार्शलको तत्काल रिहाइको पहल गर्न आग्रह गरेको छु ।’
उनलाइ चरेस तस्करीको आरोपमा पक्राउ परेको बताइँदै आईएको छ । मार्शललाइ भेटेर प्रधानमन्त्री प्रचण्डलाइ भेटन पुगेका पुर्व प्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष भट्टराइले भनेका छन्, ‘यो केस ‘बुढी (बुढो) मरी (मर्यो), हैन काल पल्क्यो’ भनेर बुझ्नु भन्ने जनोक्ति जस्तो हुनसक्छ है, सबैलाई चेतना भया ।’न्युजकारखाना
काठमाडौं, १३ माघ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र वस्तुको यथेष्ट मार्केटिङ गर्न नसकिएको बताएका छन ।
नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले सबै मिलेर नेपाली उत्पादनको मार्केटिङ गर्न जरुरी रहेको बताएका हुन ।
‘युनिकनेस अहिले संसारभरि चलेको ट्रेन्ड हो । युनिकनेसबाट धेरै देश हामीभन्दा धेरै अगाडि छन् । नेपालमा युनिक उत्पादन गरेर संसारभरि मार्केटिङ गर्न सकिन्छ । उपभोक्ताले जहिले पनि अरुभन्दा फरक रुचाउँछन् । नेपालको एडभान्टेज भनेको युनिकनेस हो’ मन्त्री महतले भने, ‘हाम्रो संस्कार, संस्कृति, जनजाति, वन्यजन्तु र एकता नेपालको विशिष्ट पहिचान हो ।’
मन्त्री महतले अगाडी भने, ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ यसलाई मार्केटिङ भनिन्छ । उपभोक्ताको मनमा यो त मैले प्रयोग गर्नैपर्छ, उपयोग गर्नैपर्छ, खानैपर्छ, लाउनैपर्छ, जानैपर्छ, हेर्नैपर्छ र सुन्नै पर्छ, भन्ने छाप जसले छोड्न सक्छ, उसको बिक्छ । विज्ञापनले मात्र पुग्दैन, यसलाई दीगो बनाउनका लागि गुणहरु हुनैपर्छ । गुण भएन भने दीगो हुँदैन ।’
‘देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ । हामीले धेरै राजनीतिक अरोह अवरोह पार गरिसक्यौं । अब अगाडि बढ्ने स्पष्ट मार्गचित्र छ । हामीले राजनीतिक पूर्वाधार तयार पारिसक्यौं, अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ । यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं’ मन्त्री महतले भने, ‘हाम्रो आर्थिक सूचांक सकारात्मक छन् । मूल्यवृद्धि नियन्त्रणमा छ, ब्याजदर घटिरहेको छ । शेयर बजारमा सुधार भइरहेको छ । र, आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको छ ।’
‘अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नुपर्ने छ । त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । अहिलेसम्म हामीले धेरै नकारात्मक कुरा गर्यौं, यसले गर्दा हामी आत्मविश्वास कमजोर बन्यो । यथार्थ विषयवस्तुलाई नकारात्मक सन्देशले बल पुग्यो’ मन्त्री महतले भने, ‘सकारात्मक सन्देश प्रवाहसँगै हाम्रो व्यापार व्यवसायमा आत्मविश्वास बढ्छ । उपभोक्ताको आत्मविश्वास बढ्छ । उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार व्यवसाय बढ्ने हो । व्यापार व्यवसायमा चलपहल हुनेवित्तिकै लगानी वृद्धि हुन्छ । यसले आर्थिक गतिविधि बढाउँछ ।’न्युजकारखाना
काठमाडौं, १३ माघ ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रबाहमा सुदृढिकरण र मानवअधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा पैरबी गर्दै महत्वपूर्ण उपलब्धी हासिल गर्न योगदान दिएको बताएका छन ।
पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ को आज विमोचन गर्दै रक्षा मन्त्री खडकाले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका छन ।
उपप्रधानमन्त्री खड्काले भने, “पत्रकारितालाई सहि गोरेटोमा हिडाउन सक्नुपर्दछ, त्यसका लागि हामी सबैको सामुहिक दायित्व पनि हो । पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि धुप्रै काम गर्नुपर्ने आवश्यकता छ, यसका लागि नीतिगत र संरचनागत सुधारका सम्बन्धमा सरकारले सधै साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।”
उनले नेपालको पत्रकारिता क्षेत्रलाई संस्थागत विकास र उच्च व्यावसायिक अभ्यास गराउने मूल दायित्व नेपाल पत्रकार महासङ्घको भूमिका अग्रणी र महत्वपूर्ण रहेको भन्दै यसका लागि सरकारले पनि आवश्यक सहयोग गर्ने बताए ।
उपप्रधानमन्त्री खड्काले जहानिय राणा शासनकालदेखि सुरु भएको नेपाली पत्रकारिताले राणाशासन विरुद्ध जनजागरण ल्याउनुका साथै, एकदलीय पञ्चायत विरुद्धको अभियान हुँदै बहुदलीय प्रजातन्त्र स्थापना र हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासकासाथै विकास र समृद्धिको यात्रामा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्दै आएकोसमेत उल्लेख गरेका छन ।
उनले भने, “पत्रकारिता आवाजविहीनहरुको आवाज एवं समाजको ऐना भएकोले लोकतन्त्रलाई समुनत र नागरिकलाई सुसूचित गराउने सन्दर्भमा यसको महत्वपूर्ण भूमिका छ र यो आगामी दिनमा पनि कायम रहन्छ भन्ने मेरो विश्वास छ ।”
राज्यका अन्य क्षेत्रजस्तै पत्रकारिता क्षेत्रको पनि आफ्नै मूल्य, मान्यता, सिद्धान्त र आदर्श छवि हुने भन्दै यसले नागरिकको भरोसा अभिवृद्धिमा सहयोगसिद्ध हुनुपर्ने धारणा राखेका छन । “यदाकदा पत्रकारिता क्षेत्रमा समेत अरु क्षेत्रको जस्तै कमि कमजोरी देखिने गरेको छ । पत्रकारले सत्यतथ्य, सन्तुलित र विश्वसनिय समाचार प्रबाह गर्ने मूल दायित्वबाट बिचलित नभई नभई न्यायको पक्षमा सतीसालजस्तो उभिनुपर्छ”, उपप्रधानमन्त्री खड्काले भने ।न्युजकारखाना
काठमाडौं, १३ माघ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले आफ्नो लोकतान्त्रिक चरित्र गुम्न दिन नहुने बताए। कांग्रेस चितवनका नेताहरूसँग शनिबार भएको भेटघाटमा नेता महरले गठबन्धनका नाममा अहिले भइरहेको राजनीतिक अभ्यासले दलीय र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको टिप्पणी गरे।
‘कांग्रेस मुलुकको सबै भन्दा ठूलो लोकतान्त्रिक पार्टी हो। लोकतान्त्रिक चरित्रकै कारण मुलुक अप्ठ्यारोमा पड्दा सधैँ कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ। तर, गठबन्धनका नाममा भइरहेको राजनीतिक अभ्यासले दलीय र लोकतान्त्रिक अभ्यास कमजोर हुन्छ। यसतर्फ कांग्रेस चनाखो बन्नैपर्छ,’ महरले भने।
गठबन्धन गरिसकेपछि जनतामा आसाको ज्योति छर्न सक्नुपर्नेमा त्यो हुन नसकेको उनले बताए। गठबन्धनले जनतामा आसा भन्दा पनि निराशा बढेको उनको टिप्पणी छ।
‘गठबन्धन दल होइन, यो दलहरू मिलेर बनेको अलाइन्स हो। गठबन्धनको काम र यो खालको राजनीतिक अभ्यासप्रति जनता सन्तुष्ट छैनन्। हामीले देश र जनताका लागि राजनीति गर्ने हो। त्यसैले जनभावना अनुरूप दलहरू अगाडि बढ्नुपर्छ,’ उनले भने। राम्रो काम गर्दा जनताले आफैँ बहुमत दिने र गठबन्धनको आवश्यकता नै नपर्ने महरले बताए।
कुनै विशेष परिस्थितिमा गठबन्धन गर्नु पर्ने अवस्था आउनु सामान्य भए पनि लामो समयसम्म गठबन्धनकै संस्कृति कायम राख्ने राजनीतिमा गलत संस्कारको विकास भइरहेको उनको भनाइ छ।
गठबन्धन जनताको लागि भन्दा पनि केही निश्चित नेताहरूको लाभका लागि भइरहेको महरको आरोप छ। ‘गठबन्धन गरेर केही नेतालाई पदमा पुर्याउने र खराब कार्यमा संलग्न भइरहेकाहरूलाई बचाउन सरकार चाहिएको पो हो कि भन्ने जनताले शंका गरिरहेको तसर्थ यस्तो गठबन्धनको के काम। गठबन्धनका माध्यमबाट संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिने खालका काम गर्नु राम्रो होइन,’ उनले भने।
यस्ता सबैखाले घटनाक्रमलाई मध्यनजर गर्दै कांग्रेसले गठबन्धन गर्न नहुने उनले बताए। अब कांग्रेसले एक्लै चुनाव लडेर बहुमततर्फ उन्मुख हुनका लागि पार्टीलाई बलियो बनाउने बेला आएको उनको भनाइ छ। महरले कांग्रेसले लोकतान्त्रिक चरित्रको जगेर्ना गर्न आवश्यक रहेको औंल्याए।न्युजकारखाना
काठमाडौं, १३ माघ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानको शिष्टाचार भेट भएको छ ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त भेटघाट भएको हो । उक्त भेटघाटमा दुइ देशका हित र आपसी समझदारीसहित बिकास निर्माणका बारेमा छलफल भएको छ ।

उक्त भेटघाटमा चिनिया राजदुत तथा एमाले बिदेश बिभाग प्रमुख राजन भट्टराइलगायतकाे उपस्थिति रहेकाे थियाे ।

हिजो मात्र नेपाल आएकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री हायानले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।न्युजकारखाना
(फाेटाेफिचर)



चन्द्रपुर,१३ माघ ।
नेपाल पुस्तक तथा स्टेस्नरी व्यावसायी महासंघ जिल्ला शाखा रौतहटको छैटौ जिल्ला अधिवेसनबाट दुर्योधन चौधरी अध्यक्षमा निर्वाचित भएका छन् ।
शुक्रबार बिर्तामा भएको अधिवेसनाबाट चौधरी सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन ।
अधिवेसनामा महासंघका केन्द्रीय सदस्य उमेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ठ अतिथिमा मुकेश सिंह ,महासंघका मधेश प्देश सचिव सागर ठोकर ,बारा जिल्लाका अध्यक्ष विश्वनाथ गुप्ता लगाएतको उपस्थिती रहेको थियो ।
रौतहट जिल्लाभरीका पुस्तक तथा स्टेस्नरी व्यावसायीको सहभागितामा भएको अधिवेसनले उपाध्यक्षमा सन्तोष तिमलसिना ,सचिवमा अर्जुन कुमार साह ,कोषाध्यक्षमा श्याम नारायण साह सदस्यहरुमा बसन्त कुमार साह ,अनिल साह लगाएत १३ जना निर्बिरोध निर्वाचित भएको व्यावसायी बिशालजित तामाङले जानकारी दिए । अधिवेशनले रौतहट जिल्लामा रहेका पुस्तक तथा स्टेस्नरी व्यावसायीको हकहितका लागि बिभिन्न काम गर्ने निर्णय समेत गरेको थियो ।
पेसागत हकलाई सुनिस्चित गर्नका लागि प्रमुख अतिथि अग्रवालले जोड दिएका थिए । न्युजकारखाना
काठमाडौं, १३ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत जाँदैछन ।
सभापति रवि लामिछाने दुई दिनसम्म भारतमा रहनेछन भने उनी १५ गते स्वदेश फर्कने छन् ।
सो भ्रमणको क्रममा भारतका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सभापति लामिछने सहभागी हुनेछन । जसअनुसार रास्वपा सभापति लामिछाने र उपसभापति डीपी अर्याल आज नयाँ दिल्ली प्रस्थान गरेका हुन । उनीहरूले आज नयाँ दिल्ली र भोलि हैदरवादमा आयोजित कार्यक्रममा सहभागी हुने केन्द्रिय सदस्य दिपक बाेहराले जानकारी दिए ।
माघ १३ र १४ गते भारतका बिभिन्न कार्यक्रममा रहने भएकाले उपसभापति डा. स्वर्णिम वाग्लेलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ ।