कृष्ण तिवारी ,रौतहट ,भदौ २७ गते ।
नेपाल पत्रकार महासंघ रौतहट शाखामा लगाइएको ताला झन्डै तीन महिनापछि बुधबारबाट खुलेको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी सहितका पत्रकारहरुको रोहवरमा महासंघमा गरिएको तालाबन्दी बुधबार दिउँसो तीन बजे खुलाइएको छ । नयाँ सदस्यता र सदस्यता नवीकरण सम्बन्धमा विवाद भएपछि पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष रबिन्द्र साह को नेतृत्वमा केही पत्रकारहरुले गत असार ३ गते पत्रकार महासंघको कार्यालय गौर शाखामा तालाबन्दी गरेका थिए ।
सरकारि सेवा सुविधा लिने र पत्रकारिता पेशाभन्द अन्य पेशामा लागेकालाई सदस्यता नवीकरण नगर्ने पत्रकार महासंघको केन्द्रिय कार्यालय काठमाडौंको परिपत्र अनुसार पत्रकार महासंघ रौतहटले महासंघको सदस्यता लिएर पनि पत्रकारिता पेशा छाडेर अन्य विभिन्न पेसामा लागेका सदस्यलाई यस चालू आर्थिक बर्षमा सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि असन्तुष्ट बनेका पत्रकारहरुले निर्णय सच्याउन माग गर्दै महासंघमा तलाबन्दी गरि आन्दोलित भयका थिए ।

साथै उनिहरुले आफू अनुकुलका ब्यक्तिलाइ नयाँ सदस्यताको लागि नाम सिफारिस गर्नुपर्ने पनि माग गरेका थिए । महासंघमा देखिएको विवाद सल्टाउन पत्रकार महासंघ रौतहटले नयाँ सदस्यताका लागि महासंघमा आबेदन दिएका ५१ जनाकै नाम महासंघको केन्द्रीय कार्यालय काठमाडौंमा केही दिन अघि मात्र पठाएको थियो । नयाँ सदस्यताका लागि परेको सबै आबेदकको नामावलि महासंघको केन्द्रिय कार्यालयमा पठाइएको र सदस्यता नवीकरणमा देखिएको विवाद समेत समाधान भैसकेकोले महासंघमा लगाइएको ताल्चा खोलिएको पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताएका छन ।
सकृय रूपमा निरन्तर पत्रकारिता गरिरहेका सम्पुर्ण पत्रकारलाई सद्स्यता नवीकरण गरि विवाद समाधान गरिएकोले पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी, प्रेस युनियनका केन्द्रिय सदस्री तथा पत्रकार महासंघ रौतहटका सल्लाहकार सन्जय कार्की, प्रेस चौतारिका केन्द्रिय सदस्य रमेश तिमल्सिना, समाजवादि प्रेस संगठनका केन्द्रिय सदस्य कृष्ण तिवारी , फोटो पत्रकार संघका अध्यक्ष प्रभात झा, प्रेस सेन्टरका रौतहट जिल्ला अध्यक्ष सुब्बा कार्की, महासंघ रौतहटका पुर्व उपाध्यक्ष अशोक पहाडी, महासंघका रौतहट जिल्ला सचिव मदन ठाकुर लगाएत पत्रकारको रोहवरमा ताल्चा खोलिएको महासंघका जिल्ला अध्यक्ष झाले बताए ।
आरके श्रीवास्तव,रौतहट,२३ गते भदौ ।
रौतहट । श्री जयकिसान मावि धरहरीलाइ हाइटेक सँग जोडेर उत्कृष्ट बिधालय बनाउने प्रयत्नमा आफू रहेको प्रअ संजय प्रसादले बताउनु भएको छ ।

पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै वहाँले यस्तो बताउनु भएको छ । वहाँले भननु भयो अहिले प्रविधिको जमाना हो । त्यसैले हामी प्राविधिक शिक्षा तर्फ जोड दिनु पर्छ । प्राविधिक शिक्षा नै अहिलेको आवश्यकता हो । २०७९ सालको मध्यतिर प्रअको रुपमा जिम्मेवारी पाउनु भएका प्रसादले आफनो बिधालयलाई जसरी भएपनि जिल्लामै उत्कृष्ट बिधालय बनाएरै छाडने दृढ विश्वासका साथ निरन्तर लागि परेका छन् ।

जिल्लाकोे प्रायः जसो नमुना बिधालय नाम मात्रका हुन् । तर श्री जयकिसान नमुना माविमा युवा प्रअ प्रसाद आएदेखि मुहार नै फेरिएको छ । पहिला भन्दा अहिलेको अवस्था परिवर्तन भएको छ । डिजिटल माध्यमबाट पठनपाठन शुरु भएपछि बिधार्थी र अभिभावकहरु खुशी छन् ।

उनी आएपछि बिधालयमा चार वटा डिजिटल कक्षा कोठा व्यवस्थापन गराएका हुन् । विज्ञान प्रयोगशाला,पुस्तकालय,मिटिङ्ग हल,वि.व्य.स. अध्यक्ष कोठा,प्रअ कोठा सुविधा सम्पन्न व्यवस्थापन गराएका हुन् । बिधालयको तिव्र विकासका लागि विभिन्न समितिहरुको पनि बाँडफाँड गरि दिएका हुन् । उनीहरु आ—आफनो जिम्मेवारी राम्रो तरिकाले बहन गरि रहेको बताउँछन् ।

बालविकासको कक्षाकोठा पनि व्यवस्थित बनाएका हुन् । प्रअ प्रसादले बिधालयको भौतिक संरचना र बिधार्थीको गुणस्तरिय शिक्षाको लागि निरन्तर जोड दिदै आएका छन् । फलस्वरुप अहिले बिधालयमा बिधार्थीहरु गुणस्तरीय शिक्षा हासिल गर्न थालेका छन् । वि.स.२००६ सालमा स्थापना भएको सो बिधालय वि.स.२०७५ सालमा नमुना बिधालयको रुपमा छनौट भएको प्रअ प्रसादले जानकारी गराए ।

नेपाल सरकारको निति अनुसार प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत एउटा बिधालयलाई नमुना बिधालयको रुपमा छनौट गर्ने अभियान अन्तर्गत श्री जय किसान माबि नमुना बिधालयको रुपमा छनौट भएको थियो । प्रअको रुपमा संजय प्रसाद आएपछि बिधालयमा भएका परिवर्तन तस्बिरमाः

सर्लाही, २३ भदौं ।
सर्लाही सदरमुकाम मंलगवामा कफ्यु लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको हो ।
कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि स्थीतिलाई नियन्त्रणमा लिनका लागिग कर्फ्यू आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले जानकारी दिए । उनका अनुसार आज साँझ पाँच बजेदेखि शुरु हुने कर्फ्यू भोलि बिहान ८ बजेसम्म जारी रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदाय बीच झडप र ढुंगामुढा भएको थियो ।
सो असहज स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरे पनि अवस्था नियन्त्रणमा नआए पछि कफ्यु लगाउनु परेको प्रजिअ यादवले जानकारी दिए ।
यद्धपी, जिल्ला प्रशासन कार्यालयले आज दिउँसो सर्वदलीय र सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको छ ।
आरके श्रीवास्तव,रौतहट, २२ गते भदौ ।
रौतहटमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । जिल्लाको कटहरिया नगरपालिका अन्तर्गतको एक बिधालयमा आज चित्रकला प्रतियोगिता आयोजन गरी सो दिवस मनाइएको हो । सो नगरपालिकाको वडा नम्बर २ जमुनिया गाउँमा रहेको श्री माध्यमिक बिद्यालयमा चित्रकला प्रतियोगिता आयोजन गरिएको हो ।

शुक्रबार जिइसी युके एआइडिए नामक संस्थाको आर्थिक र पिन नेपालको प्राबिधिक सहयोग तथा एसओडिसि नामक संस्थाको आयोजनामा उक्त चित्रकला प्रतियोगिता सम्पन्न भएको श्री माध्यमिक बिद्यालय जमुनियाका प्रधानाध्यापक योगेन्द्र प्रसाद कुश्वाहाले जानकारी गराउनु भयो ।
बिधार्थीहरुलाइ चित्र बनाउने तर्फ हौसला बढाउन प्रतियोगिता गरिएको उनले बताए । सो चित्रकला प्रतियोगितामा पहिलो स्थानमा सन्जना कुमारी राम,दोस्रोमा बन्दना कुमारी कुश्वाहा र तेस्रोमा प्रतिक्षा कुमारी चौधरी रहेकी छिन् । राम्रो चित्र बनाउने उनीहरुलाइ पुरस्कार पनि प्रदान गरिएको हो ।

साथै रिन्कु कुमारी पन्डित ,कबिता कुमारी राम, मन्दिप कुमार यादव, रोशनी कुमारी पन्डित, कन्हैया शर्मा सहित ७ जना विधार्थीलाइ सान्तवना पुरस्कार कपि र कलम प्रदान गरिएको उनले बताए । कार्यक्रमलाइ सम्बोधन गर्दै सो वडाका वडा अध्यक्ष हरेन्द्र साहले आउने दिनहरुमा अभिभावकहरुले बिधालयको विकासको लागि सहयोग गर्ने बताए । साथै आफूले पनि वडा बाट हुन सक्ने हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले भने यस्तो कार्यक्रम आयोजन हुँदा बिधार्थीहरुको सीप विकासमा मदत पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधि, जनप्रतिनिधि, अभिभावक, शिक्षक,शिक्षिका,बिधार्थीहरु लगायतको उपस्थिती रहेको थियो । श्री माध्यमिक बिधालय जमुनियमा प्रधानाध्यापकको रुपमा कुश्वाहा आएपछि बिधालयको अवस्था बदलिदै गएको छ ।
उनीमाथि आशा जागेको छ भने बालबालिकाहरु संतुष्ट हुन थालेका छन् । प्रअ कुश्वाहा प्रति अभिभावकहरु पनि उत्साहीत छन् । उनी यसअघि श्री जनता मावि कटहरियामा प्रअको जिम्मेवारी सम्हाल्दा बिधालयको मुहारनै फेरिएको थियो । त्यसबाट अभिभावकहरु उनीप्रति आकर्षित छन् ।
ओम प्रकाश यादव भदौ २० गते, रौतहट ।
रौतहटका विभिन्न राजनीतिजक दलका नेताहरुले पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल संग बिहिबार भेटघाट गरेका छन । बर्सौदेखी बन्द रहेको श्रीराम सुगर मिल्स गरुडा संचालन गराउनु पर्ने माग रख्दै उखु उत्पादक संघ रौतहटको नेतृत्वमा जिल्लाका नेताहरुले आज बिहिबार काठमाडौं स्थित नेकपा एकिकृत समाजवादि पार्टीको कार्यालयमा नेता माधब कुमार नेपालसंग भेटबार्ता गरेका छन ।
भेटघाटमा नेताहरुले बन्द रहेको श्रीराम सुगर मिल्स सुचारु गराउन पहलकदमि लिन नेता नेपाललाई आग्रह गरेका छन । जवाफमा नेता नेपालले बन्द मिल्स सुचारु गराउन आफू कुनै कसर बाकी न राख्ने बताएको भेट्मा सहभागी जनता समाजबादि पार्टीका नेता राज कुमार दासले जान्कारी दिएका छन ।
गरुडा चिनि मिल्स सुचारु गराउन आफुले उधोग मन्त्री देखि लिएर प्रधानमन्त्री प्रचण्डसंग समेत कुरा गर्ने र मिल्स चाडै संचालन गराउने बाताबरण बनाउने नेता माधव नेपालले आश्वासन दिएको भेटघाटमा सह्भागी अर्का उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए । नेपाली कांग्रेसका रौतहत जिल्ला सभापति सुनील कुमार यादव जितेन्द्र, पूर्व माननिय कल्याणी खड़का , नेकपा एसका नेता अशोक प्रसाद यादव, अनिल कुमार यादव नेकपा एसका बृज किशोर यादव, जस्पा नेता राजकुमार दास, नेकपा एसका नेता रेवंत झा, रअरुण यादवले नेता नेपालसंग भेटघाट गरेका छन ।
काठमाडौं, २० भदौं ।
आज श्रीकृष्ण जन्माष्टमी ।
भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी बिभिन्न कार्यक्रम गरी मनाईदैछ ।
पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्दछ ।
उता, श्रीकृष्ण प्रणामी धर्म मान्नेहरुले काठमाडौंको गोठाटार, ललितपुरको इमाडोल, रौतहटको नजरपुर र सुनसरीको इटहरीलगायतका स्थानमा भब्य धार्मिक कार्यक्रमको आयोजना गरेका हुन्छन ।
सो अवसरमा आज सरकारले सार्बजनिक बिदासमेत दिएको छ ।
आरके श्रीवास्तव,रौतहट,भदौं १८ गते ।
गरुडा नगर उधोग वाणिज्य संघको आज चुनाव सम्पन्न भएको छ । आज बिहान ८ बजेदेखि निर्वाचन भई बेलुका ४ बजे सम्पन्न भएको निर्वाचन समिति संयोजक पंडित प्रसाद जैसवालले जानकारी गराउनु भयो । साेमबार भएको चुनावमा शान्तिपूर्ण रूपमा चुनाव भएकाे उनले जानकारी गराएका हुन् ।
अध्यक्ष पदका उमेदवार संतोष कुमार चौधरीको प्यानल बाट सदस्य पदका लागि रामबाबु साह,गजेन्द्र महतो कोईरी,उपेन्द्र कुमार चौधरी, बिनोध कुमार जयसवाल,चुनचुन प्रसाद यादव,रामबचन प्रसाद जयसवाल, रोहित कुमार जयसवाल,रुपेश कुमार जयसवाल, शिवजी प्रसाद चौधरी, रामबाबु प्रसाद रौनियार,महाशक्ति साह निराला,हरिकिशोर प्रसाद साह,शिवम् कुमार सोनी प्रतिस्पर्धामा छन् ।
अर्का अध्यक्ष पदका उम्मेदवार सतिश साहको प्यानल बाट सदस्य पदका उमेदवार सुशिल कुमार साह, अनिल कुमार पंडित, रमेश रौनियार,दिनेश रौनियार,रामईशवर साह,बिनोद दास,सुशिला देवी जयसवाल,मनोज साह गुप्ता,अजय साह सोनार,हेमलाल साह सोनार,छठु प्रसाद साह,दिपेन्द्र यादव ,रामअधार साह कानु रहेका छन् । संघको अध्यक्ष पदमा दुई जनाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कसले बाजी मार्ने हो,त्यो अनुमान लगाउन सजिलो छैन् ।
गरुडा नगर उधोग वाणिज्य संघको विधान २०७३ को परिचछेद ७ को दफा ४५ बमोजिम अगामी ३ वर्ष कार्याकालको लागि आगामी आज अध्यक्ष १ र सदस्य १३ पदका लागि निर्वाचन भएको हो । जसमा ३३ जना प्रतिस्पर्धीहरु छन् । संघको कुल ९ सय ५२ जना मतदाता रहेकाेमा ८ सय ४४ जना मतदातादे मतदान गरेका छन् । चुनाव सके लगत्तै आजै बेलुका ८ देखि मतगणना गरिने संयाेजक जैसवालले जानकारी गराएका हुन् ।
आज भएको मतदानमा ८८.६५ प्रतिशत मत खसेको उनले बताए । उनका अनुसार पहिलो चरणमा सदस्यहरूकाे मतगणना गरिने छ । जसमा दुवै अध्यक्ष पदका उम्मेदवारका २/२ जना प्रतिनिधिहरू मतगणना स्थलमा बस्ने जनाए ।
आरके श्रीवास्तव,रौतहट,भदौं १७ गते ।
गरुडा नगर उधोग वाणिज्य संघको आज चुनाव हुन गइरहेको छ । भदौ १८ गते सोमबार हुन गईरहेको निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन समिति संयोजक पंडित प्रसाद जैसवालले जानकारी गराउनु भयो । चुनावको लागि सम्पूर्ण व्यापारीहरु अहिले तयार छन् ।
अध्यक्ष पदका उमेदवार संतोष कुमार चौधरीको प्यानल बाट सदस्य पदका लागि रामबाबु साह,गजेन्द्र महतो कोईरी,उपेन्द्र कुमार चौधरी, बिनोध कुमार जयसवाल,चुनचुन प्रसाद यादव,रामबचन प्रसाद जयसवाल, रोहित कुमार जयसवाल,रुपेश कुमार जयसवाल, शिवजी प्रसाद चौधरी, रामबाबु प्रसाद रौनियार,महाशक्ति साह निराला,हरिकिशोर प्रसाद साह,शिवम् कुमार सोनी प्रतिस्पर्धामा छन् ।
अर्का अध्यक्ष पदका उम्मेदवार सतिश साहको प्यानल बाट सदस्य पदका उमेदवार सुशिल कुमार साह, अनिल कुमार पंडित, रमेश रौनियार,दिनेश रौनियार,रामईशवर साह,बिनोद दास,सुशिला देवी जयसवाल,मनोज साह गुप्ता,अजय साह सोनार,हेमलाल साह सोनार,छठु प्रसाद साह,दिपेन्द्र यादव ,रामअधार साह कानु रहेका छन् ।
संघको अध्यक्ष पदमा दुई जनाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कसले बाजी मार्ने हो । त्यो अनुमान लगाउन सजिलो छैन् । गरुडा नगर उधोग वाणिज्य संघको विधान २०७३ को परिचछेद ७ को दफा ४५ बमोजिम अगामी ३ वर्ष कार्याकालको लागि आगामी आज अध्यक्ष १ र सदस्य १३ पदका लागि निर्वाचन हुन लागेको हो । जसमा ३३ जना प्रतिस्पर्धीहरु छन् । मतदान कार्यक्रम भने भदौ १८ गते बिहान ८ बजे देखि ४ बजे सम्म राखिएको उनले जानकारी गराएका छन् । संघको कुल ९ सय ५२ जना मतदाता रहेका छन् ।