रौतहट, १५ माघ।
पछिल्लो समय रौतहट स्थित ट्राफिक प्रहरीले सक्रियता बढाएसँगै नियम बिपरित चल्ने सवारीसाधनलाई तिब्ररुपमा कारबाही सुरु भएको छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यको सकृयतामा सवारीसाधन लाई कार्वाही बढे संगै राजश्व संकलनमा समेत वृद्धि भएको छ।
यस आर्थिक बर्षको मात्र ६ महिनाको अवधिमा ट्राफिक नियम बिपरित चलेका १० हजार भन्दा बढी सवारीसाधनलाई कार्वाही गरेर ८८ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरिएको छ। ट्राफिक प्रहरीको बिभिन्न युनिटले गत साउन महिनामा नियम बिपरित चलेका ३ हजार ८२, भदौमा १५ सय ८८ असोजमा ९सय ३९, कार्तिकमा १५ सय ७, मंसिरमा १६ सय २९ र पुस महिनामा १७ सय २३ सवारीसाधनलाई कार्वाही गरेको छ।
गत साउन देखि पुस मसान्तसम्म मात्र ६ महिनाको अवधिमा नियम बिपरित चलेका १० हजार ४५९ सवारीसाधन लाई कारबाहीको दायरामा ल्याईएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन। उक्त कारबाहीबाट कुल ८८ लाख३३ हजार पाँचसय रुपैया राजश्व संकलन गरिएको ईन्सपेक्टर आचार्यले जानकारी दिएका छन।
सोही अवधिमा जिल्ला भरीमा भएको ३०२ सवारी दुर्घटनामा परेर २ बालबालिका ७ महिलासहित २६ जना मानिसको ज्यान गएको छ। त्यस्तै उक्त दुर्घटनामा परेर ४७२ जना मानिस घाईते भएको तथ्याङकमा उल्लेख गरिएको छ।
दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले जिल्ला स्थित बिभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ। साउन देखि पुस मसान्तसम्म जिल्लाको बिभिन्न स्थानमा आयोजना गरिएको ८७९ वटा कार्यक्रममा सवारीचालक,यात्रु,सर्वसाधारण गरी कुल ३७ हजार ३९६ जना मानिस सहभागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
त्यस्तै दुर्घटना न्यूनीकरणको लागि सवारीसाधनहरुमा स्टिकर टाँस देखि पूर्व पश्चिम राजमार्ग छेउछाउमा ठूलो ठूलो हुडिङ बोर्ड राखेको छ। त्यतिमात्र नभई जिल्लाको १८ वटै स्थानिय तहमा बढदो सवारीसाधनको चापलाई मध्यनजर गर्दै सुरक्षाको दृष्टीकोणले हाल रौतहटको गौर, बमनहर,चन्द्रनिगाहपुर, बागमती, डुमरिया, गरुडा, शिवनगर, शुकदेव चौक, बन्कुल, मौलापुर, बिजयपुरलगायतको स्थानमा स्थायी ट्राफिक बिट राखेको जनाएको छ।
बिगतमा सहरी क्षेत्रमा मात्र सीमित रहेको ट्राफिक प्रहरी हाल रौतहटको ग्रामीण क्षेत्रमा समेत सेवा दिइरहेको देखिएको छ।
न्युजकारखाना
रौतहट,१५ माघ ।
नेकपा एमाले रौतहटको जिल्ला अधिवेसको चहल पहल सुरु भएको छ ।
जिल्ला अधिवेसको तयारी तिब्र रुपमा भईरहेको नेकपा एमाले रौतहटका प्रचार बिभाग प्रमुख रुपेश पटेलले जानकारी दिएकाछन् ।
नेकपा एमालेको जिल्ला अधिवेशनको लागी प्रतिनिधि चयन कार्य चन्द्रपुर नगरपालिका
सहितका पालिकाहरुमा सम्पन्न भएको छ । आउदो माघ २५ र २६ गते हुने एमालेको १० औ जिल्ला अधिवेशनको लागी शनिबार जिल्लाभरी नै प्रतिनिधि चयनको कार्य भएको हो ।
चन्द्रपुर नगरपालिकाले निर्बिरोध रुपमा १० वटै वाडबाट ५७ जना प्रतिनिधि चयन कार्य सम्पन्न गरेको नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्यले जानकारी दिएका छन ।
चन्द्रपुरको वाड वाडबाट प्रतिनिधि चयन गरिएको थियो । महिला,युवा,दलित तथा खुल्लाबाट जिल्ला अधिवेशनको लागी ५७ जना प्रतिनिधि चयन भएको अध्यक्ष आचार्यले बताए । चन्द्रपुरमा संघिय संसद तथा प्रदेश कमिटि सदस्य बिना साहलाइ निर्वाचन अधिकृतको रुपमा खटाएको थियो ।
रौतहटको अधिकांश पालिकामा सर्वसहमत रुपमा प्रतिनिधि चयन कार्य सम्पन्न भएको नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मीले जानकारी दिएका छन ।
ति पालिकाहरुमा पनि १-२ दिन भित्र प्रतिनिधि चयन हुने केन्द्रिय सदस्य रेग्मीले बताए ।
रौतहटको १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा पालिकाबाट जिल्ला अधिवेशनको लागी ४ सय ३५ जना प्रतिनिधि चयन हुने भएका छन ।
पार्टीका बिभिन्न जनसंगठनहरुले पनि प्रतिनिधि चयन गरेर पठाएका छन । रौतहटमा एमालेको अधिवेशनको सरमर्गी बढेको छ ।
गरुडामा हुने जिल्ला अधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्ने कार्यक्रम छ ।न्युजकारखाना
काठमाडौं, १५ माघ ।
राप्रपा नेपालले तराई मधेस क्षेत्रमा पर्ने सबै जिल्लामा सघन रुपमा प्रशिक्षण संचालन गर्ने भएको छ ।
आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना हुने पुर्बान्चल क्षेत्र स्तरीय प्रशिक्षण लगत्तै तराई मधेस क्षेत्रमा प्रशिक्षण कार्यक्रम हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार माघ २५ गते सप्तरी र उदयपुर , २६ गते सिरहा र धनुषा ,२७ गते महोत्तरी र सर्लाही, २८ गते रौतहट र बारा तथा २९ गते पर्सामा प्रशिक्षण संचालन हुनेछ ।
मुलुकको अबस्था बदल्नको लागि ब्यबस्था परिबर्तन गर्न जरुरी भएको भन्दै जनआन्दोलनको तयारीमा जुटेको राप्रपा नेपालले प्रशिक्षणलाई आन्दोलनको पुर्ब तयारीको रुपमा अघि बढाईने जनाएको छ ।
स्रोतका अनुसार कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण अभियान, भाबी कार्ययोजना र आन्दोलनको आबश्यकता बारे पार्टी अध्यक्ष कमल थापाले प्रशिक्षण दिने कार्यतालिका तय गरिएको छ ।न्युजकारखाना
विराटनगर, १५ माघ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीबीच शिष्टाचार भेट भएको छ ।
गोर्खा ब्रिगेडको टोलीले पहिलो पटक सात वटै प्रदेशका मुख्यमन्त्रीमध्ये कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँग भेट गरेको हो ।
उक्त शिष्टाचार भेटका क्रममा मुख्यमन्त्री कार्कीले पूर्व ब्रिटिस गोर्खा सेनाको समस्या समाधानका लागि गोर्खा ब्रिगेडको टोलीलाई ध्यानाकर्षण गराएका थिए । वर्षेनी नेपालबाट कति जना गोर्खा सेनामा भर्ति भइरहेको मुख्यमन्त्रीको जिज्ञासामा कर्णेल कमाण्डेन्ट रिचार्डले यस वर्ष ३३६ जना भर्ना भएर गएको जानकारी गराएका थिए ।
गोर्खा वेलफेयर ट्रष्टले नेपालमा गरिरहेको कामको बारेमा मुख्यमन्त्री कार्कीले राखेको जिज्ञासामा रिचार्डले सुरुमा धरानमा पूर्व गोर्खा सेनाका लागि मात्रै गर्दै आएको कामलाई विस्तार गरी आम नेपालीका लागि सुरु गरेको जानकारी गराएका थिए ।
भेटका क्रममा मुख्यमन्त्री कार्कीले गोर्खा सेनाहरुको थलो धरान र इटहरीको खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले तमोर नदीबाट २ दशमलव ५ किलोमिटर सुरुङमार्गबाट पानी ल्याउन चालु आर्थिक वर्षमा डीपीआरका लागि २ करोड बजेट विनियोजन गरेको बताएका छन् ।
उनले सुरुङ मार्गबाट ल्याइने तमोरको पानीसँगै २५ मेघाावाट विद्युत उत्पादनका साथै सिँचाइको समेत योजनामा सहकार्यका लागि गोर्खा ब्रिगेड टोलीलाई आग्रह गरेका हुन् ।
‘पूर्व गोर्खालगायतका गोर्खा सेनाका लागि प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेटमा गोर्खा भिलेज निर्माणका लागि अध्ययन गरिरहेको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘गोर्खा भिलेजको घर ब्रिटिस मोडलमा निर्माणा गर्ने भएकाले प्राविधिक लगायतको सहयोग गर्न आग्रह छ ।’
भेटको क्रममा रिचार्डले संघीयता कार्यान्वयन र हिन्दुत्वको बढ्दो प्रभाव र धार्मिक सहिष्णुताको बारेमा जिज्ञासा राखेका थिए । ‘गोर्खा रेजिमेन्ट नेपाल र बेलायतको सम्बन्धको सेतु भएकोले यसलाई निरन्तर अघि बढाइ रहन पनि गोर्खाको भूमिका अहम् छ,’ उनले भने, ‘गोरखाली सेनाको व्यावसायिकता, समर्पण, क्षमता र अदम्य शाहसले बेलायतको समग्र सुरक्षामा अहम योगदान पु¥याएको छ ।’
गोर्खा ब्रिगेड टोलीले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री र प्रधानसेपतिलाई भेटेर पोखरामा परेड खेलेपछि फर्किने छन् ।न्युजकारखाना
मुम्बइ, १५ माघ ।
बलिउडका धेरै स्टारहरु आफ्नो फिल्मका कारण चर्चामा रहन्छन् ।
कतिपय स्टारहरु आफ्नो पारिश्रमिकका कारण पनि चर्चामा रहन्छन् । कतिपय कलाकार यस्ता छन् जसको पारिश्रमिकले फिल्मको बजेट निकै बढ्छ । फिल्ममा मुख्य भूमिका होस् वा क्यामियो। कतिपय अभिनेत्रीले चलचित्रमा आफ्नो एउटा गीतको लागि ठूलो पारिश्रमिक लिने गरेका छन् ।
त्यसैगरी आज हामी तपाईलाई बलिउड अभिनेत्रीको बारेमा बताउन गइरहेका छौँ जसले एक मिनेटको अभिनयको १ करोड भारु लिन्छिन् ।
यो अरु कोहि नभई बलिउड अभिनेत्री उर्वशी रौतेला हुन । उनी एउटा गीतमा तीन मिनेटको प्रस्तुतिको लागि ३ करोड भारु असुलेको आरोपमा चर्चामा रहेको छ । भल्तेर वीराया र एजेन्ट जस्ता फिल्महरूमा आफ्ना अघिल्ला आइटम गीतहरूका लागि परिचित उर्वशी रौतेलालाई बोयापति श्रीनु राम पोथिनेनी फिल्मको लागि आइटम नम्बर गर्न अप्रोच गरिएको थियो।
समाचार अनुसार उर्वशी रौतेलाले आफ्नो तीन मिनेटको प्रस्तुतिको लागि ३ करोड भारु मागेकी थिइन् ।
यसको मतलब उनले प्रति मिनेट १ करोड रुपैयाँ कमाउनेछिन् र एक मिनेटको प्रदर्शनका लागि भारतमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको रूपमा नयाँ कीर्तिमान कायम गरेकी छिन । यो पहिलो हुनेछ किनभने अन्य कुनै पनि अभिनेत्रीले पर्दामा एक मिनेटको लागि १ करोड भारु पारिश्रमिक लिएको अझैसम्म बाहिर आएको छैन ।
यसअघि उर्वशी रौतेलाले साउथ इन्डियन मेगास्टार चिरञ्जीवीको फिल्म ‘भल्तेयर वीरैया’ मा आइटम नम्बरका लागि २ करोड भारु लिएको खबर आएको थियो ।न्युजकारखाना
जर्जिया, १५ माघ ।
पूर्वी युरोपको जर्जियामा दुई जुम्ल्याहा बहिनीको यस्तै एउटा घटना बाहिर आएको छ, जो १९ बर्ष पछि भेटिएका छन ।
यी दुई जुम्ल्याहा दिदीबहिनी जन्मकै बेला एकअर्काबाट अलग भएका थिए तर यति वर्षपछि सामाजिक सञ्जालमार्फत यी दुई जुम्ल्याहा दिदीबहिनीको भेटघाट भएको हो ।
वास्तवमा, एमी ख्विटिया र आनो सरतानिया जुम्ल्याहा दिदी बहिनी हुन् तर दुवै जन्मने क्रममा नै अलग भएका थिए । यति मात्र होइन, दुवैजना एक अर्काबाट केही माइल टाढा जर्जियामा बस्दै आएका थिए तर उनीहरुलाई यसबारे कुनै जानकारी थिएन । सामाजिक सञ्जाल प्लेटफर्ममा टिकटक भिडियो भाइरल भए पछि यी दुईको पुनर्मिलन भएको छ ।
बीबीसीका अनुसार अस्पतालबाट बालबालिका चोरेर बेच्ने काण्ड दशकौंदेखि जर्जियामा चल्दै आएको छ, जुन आजसम्म पनि समाधान हुन सकेको छैन ।
जुम्ल्याहा बच्चाकी आमा अजा शोनी सन् २००२ मा जन्मजात समस्याका कारण कोमामा गएकी थिइन् । यसपछि गोचा गखरिया र उनका श्रीमानले आनो र एमीलाई विभिन्न परिवारमा बेच्ने निर्णय गरेका थिए ।
एनो टिबिलिसीमा हुर्केका थिए, जबकि एमी जुग्दिदीमा हुर्केका थिए र दुबै एकअर्काको अस्तित्वको बारेमा पूर्ण रूपमा अन्जान थिए। ११ वर्षको उमेरमा ‘जर्जियाज गट ट्यालेन्ट’ मा ठ्याक्कै आफूजस्तै देखिने केटीलाई देखेपछि उनी छक्क परेकी थिइन ।
तर, टिकटक भिडियोपछि मात्र उनीहरु दुबै जुम्ल्याहा बहिनी भएको थाहा भएको थियो । यसपछि जुम्ल्याहा दिदीबहिनीले बिछोडको जवाफ खोज्ने बित्तिकै उनीहरुले चकित पार्ने सत्य थाहा पाए । उनीहरूले थाहा पाए कि उनीहरू जर्जियाको अस्पतालबाट चोरी भएका थिए र अन्य हजारौं बच्चाहरू जस्तै बेचिएका थिए ।
यो घटना दुई वर्षअघि जर्जियाको राजधानी टिबिलिसीको रुस्ताभेली ब्रिजमा भएको थियो जहाँ १९ वर्षअघि एमी र इनोको छुट्टिएपछि पहिलो पटक भेट भएको थियो ।न्युजकारखाना
आरके श्रीवास्तव,रौतहट,१४ गते माघ ।
रौतहट– नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा मधेश प्रदेश बाट २३ जना सदस्य मनोनीत गरिएको छ ।
मधेश प्रदेशको सप्तरी बाट ३ जना,सिरहा बाट ४ जना,सर्लाही बाट २ जना,धनुुषा बाट १ ,महोक्तरी बाट २,रौतहट बाट ३,बारा बाट ५ र पर्सा बाट ३ जना गरी जम्मा २३ जनालाइ मनोनय गरिएको हो । जसमा सप्तरी बाट विरेन्द्र चौधरी,अशोक कुमार चौधरी र दिनेश चौधरी रहेका छन् ।
सिरहा बाट मनोनित हुनेहरुमा दुुर्गानन्द चौधरी,दिपक चौधरी,रामप्रसाद चौधरी र प्रमोद चौधरी रहेका छन् । त्यस्तै सर्लाही बाट मनोनय हुनेहरुमा सुशिल चौधरी,तेजनारायण चौधरी रहेका छन् । धनुुषा बाट मनोनित हुनेमा अशोक कुमार चौधरी रहेका छन् । त्यसैगरी महोक्तरी बाट मनोनित हुनेमा विनोद धामी थारु,राजनारायण सिं थारु रहेका छन् भने रौतहट बाट जितेन्द्र चौधरी,राजकशिोर चौधरी,पुनम चौधरी मनोनित भएकी छिन् ।
बारा बाट मनोनित हुनेमा सुुमित्रा देवी चौधरी,धिरेन्द्रप्रसाद दास थारु,रमन प्रसाद चौधरी,विरेन्द्र प्रसाद चौधरी,कृष्ण बाबु चौधरी छन् । पर्सा बाट शैलेन्द्र चौधरी,मनोज दास थारु,मनोजा चौधरी रहेका छन् । नेपाली कांग्रेसनिकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरिएको छ ।
आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख रहेको छ ।
बज्जिकाञ्चल,रौतहट,१३ गते ।
गौर–रौतहटको गौर नगरपालिकामा भइरहेको मेयर कप क्रिकेट प्रतियोगिता आज दुुइ खेल सम्पन्न भएका छन् । पहिलो खेल वडा नम्बर ४ र ८ बिच भएको छ भने दोस्रो खेल वडा नम्बर ३ र ७ बिच भएको हो ।

दुवै खेलमा क्रमशः वडा नम्बर ४ र ३ विजयी भएका छन् । पहिलो खेलमा वडा नम्बर ८ को टिमले टस जितेर पहिले ब्याटिङ्ख गर्दै १० ओभरमा ६ विकेट गुमाउँदै ६० रन बनाएको थियो । जवाफी ब्याटिङ्ख गर्दै वडा नम्बर ४ को टिमले ८ ओभर ३ बल खेल्दै विजयी लक्ष्य प्राप्त गरेको थियो ।

उसको तर्फ बाट धर्मेन्द्र यादवले २ ओभर बलिङ्ख गर्दै १२ रन खर्चेर ४ विकेट लिइ मैन अफ द मैच घोषित भएका थिए । त्यस्तै आजै भएको दोस्रो खेलमा वडा नम्बर ३ ले जित हात पारेको छ । वडा नम्बर ७ को टिमले टस जितेर पहिले ब्याटिङ्ख गर्दै १९ ओभर १ बलमा १ सय ६ रनमै पुरै टिम समेटिन पुुग्यो ।

जवाफी ब्याटिङ्ख गर्दै वडा नम्बर ३ को टिमले १२ ओभर २ बलमा १ सय ८ रन बनाइ विजयी भएको थियो । खेलमा विवेक साहले ३३ बलमा ६० रन नटआउट रहँदै मैन अफ मैच घोषित भएका थिए । नगर स्तरीय क्रिकेट खेलाडी छनौट गर्ने उदेश्यले सो प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा नगरभरिको ९ वटा टिमको सहभागिता रहेको छ । सो क्रिकेट प्रतियोगिता माघ २२ गते सम्म चल्ने रौतहट क्रिकेट संघका प्रेस संयोजक प्रविण टिबडेवालले जानकारी गराएका हुन् ।

रौतहट जिल्ला क्रिकेट संघको समन्वय तथा गौर नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो । क्रिकेट खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको गराइएको हो । संयोजक टिबडेवालले दिएको जानकारी अनुसार प्रतियोगितामा विजेता हुने टिमलाई २५ हजार र उप विजेता हुने टिमलाई १५ हजार नगद पुरस्कार दिइने छ ।

प्रत्येक खेलमा म्यान फ द म्याच हुनेलाई १५ सय, म्यान अफ द सिरिज हुनेलाई ५ हजार, वेस्ट बलरलाई २१ सय, वेस्ट ब्याट्स म्यान लाई २१ सय र वेस्ट किपरलाई २१ सय नगद पुरस्कार र सिल्ड कप लगायत प्रदान गरिने उनले बताए । भोलीको खेल वडा नम्ब।र ३ र ९ को टिम बिच हुनेछ भने अर्को खेल वडा नम्बर ६ र १ को टिम बिच हुने रौतहट जिल्ला क्रिकेट संघले जनाएको हो ।
बज्जिकाञ्चल,१४ गते माघ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा सरमुजवाको २९ औ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । आज उपशाखाका सभापति तेज नारायण यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा बौधीमाइ नगरपालिकाको नगर प्रमुख प्रदीप कुमार यादव रहनु भएको थियो ।
उपशाखा उपसभापति शिवजी कुशवाहाले स्वागत मन्तव्य राखेका थिए भने उपशाखाका सचिव रामनारायण कुशवाहाले बार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । संस्थाका कोषाध्यक्ष सोना लाल बैठाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्न भएको थियो । संस्थाका पदाधिकारी सदस्य, आजीवन सदस्य,साधारण सदस्य महिला समेतको उपस्थितिमा वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन र आगामी प्रस्तावित कार्यक्रम पारित सहित कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम संचालन आजीवन सदस्य एवम् स्वास्थ्यकर्मी कौस्तुभमणी साहले गर्नु भएको थियो । कार्यक्रममा बिशिस्ट अतिथि रौतहट जिल्ला शाखाका सभापति राज किशोर प्र. यादव, अर्का विशिष्ट अतिथि नगर उप प्रमुख प्रमिला जयसवाल, वडा नं ९ को वडा अध्यक्ष मुक्तिनारायण मिश्र ,८ नम्बर का वडा अध्यक्ष बिन्देश्वर यादव, ३ नम्बरका वडा अध्यक्ष कार्यपालिका सदस्य सुनिल जयसवाल,पुर्व वडा अध्यक्ष वडा नम्बर ७ का विजय कुशवाहा,मन्त्री धर्मेन्द्र प्र . सिंह लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।
मुम्बइ, १५ माघ ।
बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वभर ९१५ करोडभन्दा बढी कमाई गरेपछि एनिमलको दोस्रो भाग पनि चाँडै आउँदैछ ।
सन्दीप रेड्डी वांगाको यो फिल्ममा रणवीर कपूर मुख्य भूमिकामा थिए । यो फिल्मको स्ट्रिमिङ जनवरी २६ बाट नेटफ्लिक्समा सुरु भइसकेको छ ।
फ्यानहरु यो फिल्मको सिक्वेलको प्रतिक्षामा छन् । यस फिल्मको सिक्वेल शीर्षक एनिमल पार्क रहेको बताइएको छ । यस प्रोजेक्टको बारेमा रणवीर आफैंले केही रोचक अपडेट सेयर गरेका छन् ।
नेटफ्लिक्स इन्डियाका लागि स्ट्यान्ड अप कमेडियन अनुभव सिंह बस्सीसँगको कुराकानीमा रणवीरले एनिमलको निर्माणको क्रममा पनि धेरैलाई कथाबारे पूर्ण जानकारी नभएको खुलासा गरेका छन् ।
रणवीरले भने, ‘बबी देओल सरलाई कथाको बारेमा कुनै जानकारी थिएन। अनिल कपुर सरलाई बाबु छोराको कथा थाहा थियो। तर त्यहाँ धेरै पक्षहरू थिए जहाँ सन्दीप आफ्नो स्क्रिप्टको बारेमा धेरै गोप्य राखेका थिए। एनिमल उनी सँग एउटा पार्कको बारेमा दुई दृश्यहरू तयार छन्, जुन उनले मलाई सुनाएका थिए र उनी धेरै उत्साहित छन्।’
‘अब भाग एकको सफलताको कारण उनीहरूमा गहिरो, गाढा र थप जटिल हुने आत्मविश्वास छ,’ उनले भने । सोही कुराकानीका क्रममा रणवीर कपुरले पनि फिल्मले नकारात्मक प्रतिक्रिया पाए पनि यसले समाजमा ‘स्वस्थ’ कुराकानीको जन्म गराएको बताएका छन ।
रणवीरले भने, ‘विषाक्त पुरुषत्वको बारेमा पनि एकदमै स्वस्थ कुराकानी सुरु भएको छ, जुन राम्रो कुरा हो किनभने सिनेमाले कम्तिमा पनि यो वार्तालाप सुरु गरिरहेको छ। यदि केहि गलत छ भने त्यो गलत हो भनेर देखाउनु हुन्न । र, कुराकानी सुरु नभएसम्म समाजमा हामीले यो कहिल्यै महसुस गर्दैनौं।’
उनले भने, ‘त्यसैले हामीले खेलेका भूमिका पात्र हुन् । यो धेरै महत्त्वपूर्ण छ कि अभिनेताको रूपमा हामीले उनीहरूप्रति सहानुभूति राख्छौं किनभने हामीले यो चरित्र खेल्नुपर्छ। एक दर्शकको रूपमा तपाईंले के गलत हो निर्णय गर्नुपर्छ। तपाईंले गलत व्यक्तिमाथि फिल्म बनाउन सक्नुहुन्छ र गर्नुपर्छ किनभने यिनीहरू माथि चलचित्र नबनाएमा समाज कहिल्यै सुध्रने छैन।’न्युजकारखाना