२०८३ श्रावण १८
२०८३ श्रावण १८

रौतहट १५ माघ।

रौतहटको फतुवा बिजयपुर नगरपालिका- १ घुसुकपुरका जसपा नेता बिन्देश्वर यादवको छोरा समाजसेवी मुकेश कुमार यादवले ३० हजार रुपैयाँ पर्ने एकथान ट्राई साइकल सोही वडा गमहरिया गाउँका पूर्ण अपाङ्ग नागेन्द्र यादवलाई सहयोग गरेका छन्।

 

यादवको ढाडमा केहीवर्ष अघि बोन टिबी भएको थियो। उपचारको क्रममा दुईबर्ष अघि ट्रमा सेन्टर काठमाडौंमा ढाडको अपरेसन गर्दा ढाडको नसा काटिएर उनी अपाङ्ग भएका थिए।

 

त्यसपछि ५० बर्षीय पीडित यादव पूर्ण अपाङ्ग बनेर घरभित्रै बसेर जीवन निर्वाह गर्दै आएका थिए। ट्राई साइकलको लागि

पटकपटक वडादेखि नगरपालिकामा भन्दा कसैले नसुनेको उनको गुनासो छ ।

 

यसअघि पनि उनी बोन टिबीको उपचारको क्रममा  जसपाका केन्द्रीय सदस्य यादवले पटकपटक सहयोग गर्दैआएको पीडित यादवले बताए।

 

उनकै सल्लाह अनुसार उनको छोरा मुकेश यादवले सोमबार उनलाई   ट्राई साईकल हस्तान्तरण गरेका हुन। अपाङ्ग यादवको ३ छोरा ३ छोरी छन् भने जग्गाजमिनको नाउँमा मात्र ४ धुर घडेरी रहेको छ।

 

उनीसँग रहेको १० कठ्ठा जग्गा उपचारको क्रममा बिक्री गरिसकेका छन् । हाल गाउँ घरमा अरूको खेतमा श्रीमती छोराहरूले ज्यामी गरेर परिवार धान्दै आएका छन।  डेढ बर्ष देखि अपाङ्ग बनेका यादव ह्वील चेयर पाएपछि हर्षित हुँदै अबको जीवन बिताउन ठूलो सहयोग हुने बताए ।न्युजकारखाना

वीरगञ्ज, १५ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजपीडित लाखौँ किसानहरूले इतिहासमा पहिलोपटक न्याय पाएको बताएका छन् । बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सरकारले कानुन निर्माण गरेर मिटरब्याजलाई जघन्य अपराधका रुपमा परिभाषित गरेको स्पष्ट पारे ।

 

मिटरब्याजपीडितका विषयमा सरकारले उच्चस्तरीय आयोग बनाएर काम गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “हजारौँ किसानले न्याय पाएका छन्, लाखौँले न्याय पाउँदैछन् । यो कुरा आम जनतालाई राम्रोसँग बुझाउनुस् ।” कतिपय सन्दर्भमा राजनीतिक दलका स्थानीय नेताहरू र स्थानीय जनप्रतिनिधिहरू नै मिटरब्याजको पक्षमा लागेको भन्ने जनगुनासो  आइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तपाईंहरूले पीडकको पक्षमा होइन, पीडितमैत्री आचरण, व्यवहार र पक्षधरताका साथ न्यायको प्रत्याभूति गराउनुस् ।”

 

सरकारले लाखौं नागरिकता बिहीन नेपाली युवालाई नागरिकता दिने व्यवस्था गरेको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले भने, “सबैभन्दा धेरै मधेशका युवाहरू छन् । यो निकै ठूलो काम हो । सङ्घीय सरकारले गरेको यो ऐतिहासिक काम जनतासम्म पुर्‍याएर राज्यप्रति नागरिकको विश्वास र सम्बन्ध अभिवृद्धि गर्नुस् ।”न्युजकारखाना

वीरगञ्ज, १५ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र व्यवस्थाबारे बुझाउन स्थानीय तहका जनप्रतिनिधि जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् ।

 

जनतालाई गणतन्त्रको मर्म बुझाउनु नसकिएको भन्दै उनले स्थानीय तहका जनप्रतिनिधिले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, “संविधानमा व्यवस्था भएका अधिकारबारे आम जनसमुदायलाई बुझाउन स्थानीय तहले नागरिकको प्रत्येक घरसम्म पुग्ने गरी जागरण अभियान वा घरदैलो कार्यक्रम सञ्चालन गर्नुस् ।”

 

संविधानले मधेसका नागरिक, महिला, दलितलगायत उत्पीडित वर्ग र समुदायको पहिचान र अधिकारको प्रबन्ध गरेको स्पष्ट पारे । उनले भने, “आम जनसमुदायसम्म संविधानको मर्म र व्यवस्थालाई जसरी प्रस्तुत गर्नुपथ्र्यो, जसरी स्वामित्व लिनुपथ्र्यो, त्यसो हुन सकेको छैन । यसलाई जनतासम्म व्यवस्थित रूपमा बुझाउने जिम्मेवारी तपाईंहरूको हो ।”

 

संविधानमा व्यवस्था भएबमोजिमका सङ्घीय कानुनहरूको निर्माणमा उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको बताए । माध्यमिक शिक्षा विधेयक संसद्मा छलफलको प्रक्रियामा रहेको बताउँदै उहाँले सङ्घीय निजामती सेवा ऐन संसद्मा प्रस्तुत गर्ने तयारीमा रहेको जानकारी दिए ।

 

 

सङ्घीय कानुनहरूको निर्माणलाई तीव्रता दिन आइतबार कार्यविस्तृतिकरण प्रतिवेदनमाथि आफूले उच्चस्तरीय छलफल चलाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले संविधानको अनुसूचिमा व्यवस्था भएबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको एकल र साझा अधिकार सूचिको व्यवस्थित गरिने स्पष्ट पारे । न्युजकारखाना

वीरगञ्ज, १५ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  स्थानीय सरकारको प्रतिष्ठा बढाउनेगरी काम गर्नुपर्ने बताएका छन् ।  बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सङ्घीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिएको गुनासो आउने गरेको भन्दै त्यस्तो गर्न नहुने बताए ।

 

प्रधानमन्त्री प्रचण्डले भने, “सरकारले बढाएको कर्मचारीलाई हाजिर गर्न नदिएर आफूले रूचाएका कनिष्ठहरू ल्याउने र मनपरी रूपमा निमित्त राख्ने प्रवृत्ति बढेको गुनासो छ । स्थानीय सरकारमा आफूले भनेको मान्ने, आफ्ना नाजायज काममा पनि समर्थन गर्ने कार्यकारी होइन, स्थानीय सरकारको प्रतिष्ठा बढाउने कर्मचारी खोज्नुस् ।”

 

स्थानीय सरकार जनताको पहिलो सरकार भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनतासँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गर्नुपर्ने बताए । उनले भने, “तपाईंहरूले जस्तो नीति तथा कार्यक्रम बनाउनुहुन्छ, जस्तो व्यवहार गर्नुहुन्छ वा सेवाप्रवाह हुन्छ, सोहीअनुसार राज्यप्रति जनताको धारणा भन्ने हो ।”

 

जनतामा प्रवाह हुने नकारात्मक भाष्यलाई चिर्न स्थानीय सरकारले मेहेनत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको काम प्रभावकारी हुँदा आमजनताले सङ्घीय सरकारको आलोचना गर्ने र त्यसबाट सिङ्गो व्यवस्थाप्रति नै नकारात्मक सन्देश जानेतर्फ सजग गराउनुभयो । उनले भने, “जनतालाई सरल रूपमा बढीभन्दा बढी राम्रो सेवा दिने कुरालाई प्राथमिकता दिनुस् ।”

 

मधेशका स्थानीय तहहरूमा भ्रष्टाचार र बेरूजु बढी भएको, उपभोक्ता समितिमा आफ्ना नातेदार र आफ्नो पार्टीका मान्छे मात्रै राख्ने गरेको सुनिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “राज्यको प्रचलित नीति र कानुनअनुसार प्रक्रिया पुर्‍याएर योग्यलाई नदिई आफ्नालाई दिएको गुनासो आउनुभएन ।”न्युजकारखाना

वीरगञ्ज, १५ माघ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताएका छन् । वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालकोे २०औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, “नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु ।”

आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामूखि नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमुल सुधार’ गरिने विश्वास दिलाए ।

नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताउँदै प्रधानमन्त्री प्रचण्डले अब नयाँ तवरले सरकार अगाडि बढ्ने बताए ।

 

पुराना योजना पूरा नहुँदै नयाँ योजना निर्माण गर्ने प्रवृत्तिलाई निराकरण गर्ने योजनामा सरकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले केही सिमित मात्रामा अत्यन्त आवश्यक मात्र नयाँ योजना बनाएर बजेट निर्माण गर्नेगरी सरकार अगाडि बढेको बताए ।

सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध ससक्त कदम चालेको भन्दै उहाँले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत समेट्ने महत्वपूर्ण कार्य सरकारले गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।  विचार निर्माण र संश्लेषण गर्ने कार्यमा प्रेस सेन्टरको महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले सरकारले गरेका काम र पार्टीको अभियानलाई जनतासमक्ष पुर्‍याउने कार्यमा लाग्न निर्देशन दिए ।

यसबीचमा आफुले विश्वका धेरै नेता र बुद्धिजिवीका माझमा नेपालको पहिचान र गरीमा बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “राष्ट्रसंघको महासभा र असंलग्न आन्दोलनसम्म आइपुग्दा नेपालको पहिचान धेरै माथि पुगेको छ भन्ने कुरा विश्वका नेताले महसुस गरेको पाएको छु ।”

 

सूचना प्रविधिको क्षेत्रमा विश्वले राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तर सामाजिक सञ्जालमा भने नकारात्मकताको प्रसार भैरहेको बताए । उनले भने, “सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ । परिवर्तनलाई बदनाम गर्ने प्रबृत्ति बढिरहेको छ । त्यसको प्रतिवाद गर्न प्रेस सेन्टर लाग्नुपर्छ । त्यसका लागि अझै महनेत गरेर अगाडि बढ्नुहुनेछ भन्ने मेरो अपेक्षा छ ।’न्युजकारखाना

काठमाडौं, १५ माघ ।

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सञ्चार क्षेत्रको चौतर्फी विकासका लागि मिडियालाई सरकारको नियन्त्रण बाहिर ल्याउनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथि संशोधन राख्दै उनले सरकारको नियन्त्रण बाहिर राखिएमा मात्र सञ्चार क्षेत्रको विकास हुने बताएका हुन् ।

अन्यथा  सरकारको जजमान मात्र गर्ने भए सरकारी मिडियाको अस्तित्व संकटमा आउने उनको चेतावनी छ । विधेयक वर्तमान आवश्यकताअनुसार नआएको बताउँदै उनले प्रसारण विधेयकले डिजिटल मिडियालाई पनि समेट्न नसकेको बताए । न्युजकारखाना

काठमाडौँ, १५ माघ ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।”

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहरू आउन थालेको जानकारी पाउँदा आफूलाई खुसीको महशुस भएको बताए ।


आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए । उनले, “प्रतिष्ठानले विपन्नलाई सेवा मात्र दिइरहेको छैन, दक्ष र कर्मठ स्वास्थ्यकर्मीसमेत उत्पादन गरिरहेको छ ।”

देश र जनतालाई अप्ठ्यारो परेको अवस्थामा प्रतिष्ठानले महत्त्पूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “कोभिड महामारीको त्रासदीपूर्ण परिस्थितिमा होस् वा हालै गएको विनाशकारी भूकम्पको समयमा होस्, यस प्रतिष्ठानले पूर्ण जिम्मेवारीबोधका साथ पूर्वतयारी, आवश्यक सतर्कता, उद्दार र उपचारका क्षेत्रमा निकै महत्त्वपूर्ण काम गरेको छ ।”

आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी प्रतिष्ठानको भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार, दक्ष र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।


पछिल्ला वर्षहरूमा प्रतिष्ठानले उल्लेख्य प्रगति गरेको आफूले महशुस गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तनमा आधारित अध्ययन, अनुसन्धान र आविस्कारमा समेत प्रतिष्ठानले गम्भीरतापूर्वक पहल लिने विश्वास व्यक्त गरे । न्युजकारखाना

काठमाडौँ, १५ माघ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।

 

आइसीसीले तुरुन्तदेखि लागु हुने गरि श्रीलंकामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।

 

आइसीसीले क्रिकेट संघमा सरकारले हस्तक्षेप गरेको भन्दै गत नोभेम्बर १० मा प्रतिबन्ध लगाएको थियो । त्यसपछि नोभेम्बर २१ मा बसेको आइसीसी बोर्डले प्रतिबन्धका बाबजुत श्रीलंकाको क्रिकेट गतिबिधिलाई जारी राख्ने निर्णय गर्दै यू-१९ विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रीका सार्ने निर्णय गरेको थियो ।न्युजकारखाना

काठमाडौं, १५ माघ ।

आगामी फागुन १८ गते रिलिज हुने फिल्म अगस्त्य च्याप्टर १’ को टिजर आज सार्वजनिक भएको छ ।

 

ललितपुरस्थित क्युएफएक्स लबिम मलमा कलाकारको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो । एक्सन प्रधान दुई मिनेटको टिजरमा सौगातलाई प्रेमी देखि ग्याङस्टार हुँदै सडकमा पुगेको अवस्थासम्म देखाइएको छ ।

 

सौरभ चौधरी निर्देशित फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत्त, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलको लगानी छ ।

 

फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरीले टिजर बनाउन मिहिनेत गरेका छन् । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको फिल्मको टिजरलाई पूर्ण रुपमा व्यावसायिक शैलीमा तयार पारिएको छ ।

 

टिजरमा मुख्य कलाकारद्वय सौगात र नाजिरलाई एक्सन अवतारमा देख्न सकिन्छ । साथमा, सौगातको मानसिक सन्तुलन गुमाएको अवतारले पनि दर्शकको मन जित्ने पक्का छ ।

 

यो फिल्मलाई साउथ फिल्मको शैलीमा तयार पारिएको छ । टिजरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोर पनि गज्जब छ । संजय लामाको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, एस डी योगीको संगीत छ ।

 

फिल्मले चेलीबेटी बेचबिखनको कथालाई उठान गरेको टिजरबाट अनुमान गर्न सकिन्छ । तर, टिजरले फिल्मको कथालाई रहस्यमै राखेको छ । यसकाकारण, दर्शकलाई फिल्मप्रति अझै उत्सुकता पैदा गराउन टिजर सफल छ । न्युजकारखाना

 

मुम्बइ, १५ माघ ।

आइतबार गुजरातको गान्धी नगरमा ६९औँ फिल्मफेयर अवार्डको आयोजना गरिएको थियो ।

 

यस पटक करण जोहर र मनिष पलले शो होस्ट गरेका थिए। वरुण धवन, जान्हवी कपूर र करीना कपुर खानजस्ता धेरै सेलिब्रेटीहरू उनीहरूको अभिनयबाट प्रभावित भएका थिए ।  यस वर्ष कुन विधामा कसले जिते अवार्ड ?

 

यो सुचीमा पहिलो नाम बलिउड अभिनेता रणवीर कपुरको छ । ‘एनिमल’मा उत्कृष्ट अभिनयका लागि रणवीरले उत्कृष्ट अभिनेताको अवार्ड पाएका थिए । जहाँ फिल्म  ‘रकी और रानी की प्रेम कहानी’ बाट आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् ।

 

सर्वश्रेष्ठ निर्देशक
यस पटक फिल्मफेयर अवार्ड २०२४ मा ‘१२ वी फेल’ थियो। यस कल्ट फिल्मका लागि विधु विनोद चोपडालाई उत्कृष्ट निर्देशकको अवार्ड दिइएको थियो ।

 

उत्कृष्ट सहायक अभिनेता पुरुष
उनले शाहरुख खानको सुपरहिट फिल्म  ‘डंकी’ मा विक्की कौशलको भूमिकाका लागि उत्कृष्ट सह–अभिनेता पुरुषको अवार्ड पाएका छन् ।

 

सर्वश्रेष्ठ डेब्यू निर्देशक
तरूण धुधेजाले ‘धक धक’ बाट उत्कृष्ट डेब्यु निर्देशकको अवार्ड पाएका छन् ।

 

उत्कृष्ट डेब्यु महिला–पुरुष
उत्कृष्ट डेब्यु फिमेलको अवार्ड ‘फररे’ अभिनेत्री अलिजेह अग्निहोत्रीले जिते भने ‘फराज’ बाट आदित्य रावलले उत्कृष्ट डेब्यु पुरुषको अवार्ड जिते ।

 

लाइफ टाइम अचीवमेंट
यस पटक निर्देशक डेभिड धवनलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । उनले हिन्दी सिनेमामा ठूलो योगदान दिएका छन् । उनले आफ्नो फिल्मबाट मानिसलाई धेरै मनोरञ्जन दिएका छन् ।

 

सर्वश्रेष्ठ क्रिटिक्स अभिनेत्री
रानी मुखर्जीले ‘मिसेस चटर्जी भर्सेस नर्वे’बाट उत्कृष्ट अभिनेत्रीको क्रिटिक अवार्ड प्राप्त गरिन्।

 

उत्कृष्ट पार्श्व गायक पुरुष
एनिमल’को सुपरहिट गीत ‘अर्जन भ्याली’का लागि भुपिन्दर बब्बलले उत्कृष्ट पार्श्व गायकको अवार्ड पाए ।

 

उत्कृष्ट पार्श्व गायिका महिला

शिल्पा रावले ‘बेशराम रंग’ बाट उत्कृष्ट पार्श्व गायिकाको अवार्ड हात पारिन् ।

उत्कृष्ट सहायक अभिनेता पुरुष

शबाना आजमीले सर्वश्रेष्ठ सहअभिनेत्रीको अवार्ड प्राप्त गरिन्।

 

उत्कृष्ट म्युजिक एल्बम अवार्ड – ‘एनिमल’ बाट प्रीतम, विशाल मिश्र, मनन भारद्वाज, श्रेयस पुराणिक, जानी, भूपेन्द्र बब्बल, आशिम केमसन, हर्षवर्धन रामेश्वर र गुरिंदर सिगल

बेस्ट लिरिक्स अवार्डः अमिताभ भट्टाचार्य, (तेरे वास्ते फलक से मैं चाँद लौंगा)

 

उत्कृष्ट स्क्रिन प्लेः विधु विनोद चोपडा (१२ वी फेल)

 

उत्कृष्ट कथा – अमित राई (ओएमजी २) र ‘जोरम’ (देबाशिष माखिजा)

 

उत्कृष्ट अभिनेता समीक्षकः विक्रान्त मेसी (१२ वी फेल)

 

उत्कृष्ट अभिनेत्री समीक्षकः  शेफाली शाह

 

सर्वोत्कृष्ट चलचित्र समीक्षकः देवाशिष माखिजा (जोरम)
न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।