मध्यविन्दु (नवलपरासी), १३ पुस :
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसोे उत्पादन भएको थियो । यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिनुभयो । “डिभिजन वन कार्यालयले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेसामा जोड्न पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको छ”, उहाँले भन्नुभयो, “यसै वर्ष ५५ हजार बोट अम्रिसोको बिरुवा पहाडी क्षेत्रमा वितरण गरी रोपिएको छ, यसले थप क्षेत्रफल बढ्ने र क्रमशः अम्रिसोबाट हुने आम्दानी बढाउँदै लैजाने छ ।” अम्रिसो व्यापारीले खरिद गरी भारत, बङ्गलादेशसम्म निर्यात गर्ने गरेको सूचना अधिकारी गौतमले बताउनुभयो । यसबाहेक स्थानीय बजार कावासोती, दलदले, नारायणगढ र बुटवलमा अम्रिसोको कुचो बिक्री हुने गरेको छ । पहाडी क्षेत्रको जीविकोपार्जनमा अम्रिसो वरदानजस्तै बनेको कबुलियत वन जिल्ला सुपरभाइजर तुलबहादुर रानाले बताउनुभयो । उहाँका अनुसार जिल्लाको पहाडी क्षेत्रलाई चार भागमा विभाजन गरी यहाँ रहेका कबुलियत वनमा अम्रिसो खेती लगाउने गरिएको छ । यसअनुसार हुप्सेकोट गाउँपालिकाको राम्चे क्षेत्रमा १९ वन समूह छन् । यी वन समूहमा अम्रिसो खेती गर्ने घरधुरी सङ्ख्या एक सय ९० रहेको छ । बौदीकाली गाउँपालिकाको रुचाङ क्षेत्रका २५ वन समूहमा दुई सय २८ घरधुरी, बुलिङटार गाउँपालिका क्षेत्रका २५ समूहमा तीन सय २५ र हुप्सेकोट क्षेत्रका २५ समूहमा तीन सय २५ घरधुरी अम्रिसो खेतीमा आबद्ध छन् । “चार क्षेत्रमा गरी एक हजार ६८ घरधुरी कबुलियत वनमा आबद्ध भएर अम्रिसो खेती गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “सामूहिक रूपमा अम्रिसो खेती गर्ने र आएको रकम प्रतिघर बाँड्ने गरिएको छ ।” नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा बस्ने अधिकांश सर्वसाधारणको आम्दानीको बलियो स्रोत अम्रिसो बन्दै गएको हुप्सेकोट गाउँपालिका–५ का वडाअध्यक्ष पदमबहादुर रानाले बताउनुभयो । “केही वर्ष पहिलेसम्म नाङ्गा पाखाका रूपमा रहेको पहाड अहिले आम्दानीको स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “बर्सेनि अम्रिसोको कुचो बिक्री गरेर एक परिवारले तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।” हुप्सेकोट–५ राम्चेका श्यामबहादुर राईले पनि अम्रिसो बेचेर वार्षिक करिब ९५ हजार आम्दानी गर्ने गरेको बताउनुभयो । “धान लगाउने खासै ठाउँ छैन, सबै पाखोबारी छ, लगाएको धानले बढीमा चार महिना पुग्छ”, उहाँले भन्नुभयो, “पहाडको पाखामा अम्रिसो खेती गरी आम्दानी हुन थालेपछि यसबाट चामल खरिद गरेर वर्षभरि खानपुग्ने भएको छ ।” प्रत्येक दुई–दुई वर्षमा काट्न सकिने भएकाले पनि कृषक बर्सेनि फरक–फरक ठाउँमा यो खेती गरेर आम्दानी लिने गरेको बुलिङटार गाउँपालिका–४ देउरालीका मीनबहादुर आलेले बताउनुभयो । उहाँले वार्षिक अम्रिसो बिक्री गरेर करिब ६० हजार आम्दानी गर्ने गर्नुभएको छ । “यहाँ पाखोबारी धेरै रहेकाले सिँचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ, यसले अन्य खाद्यबाली गर्न नसकिने हुनाले अम्रिसो खेती गर्ने गरेका छौँ”, उहाँले भन्नु भयो । प्रत्येक वर्ष जेठ अन्तिमदेखि असार १५ गतेसम्म अम्रिसो लगाउने गरिन्छ भने मङ्सिरदेखि फागुनसम्म अम्रिसो काट्ने गरिएको छ । (रासस)
बाजुरा, १३ पुस :
जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिनुभयो । उहाँका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन् । जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ ।(रासस)
बनियानी (झापा ), १३ पुस
स् हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको घटनास्थलमा नै मृत्यु भएका थियो । हात्तीको तोडफोडबाट रु एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ । (रासस)
आरके श्रीवास्तव,रौतहट पुस १२ गते ।
रौतहट प्रहरीले लुटपाट गर्ने व्यक्तिहरू लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ४ बहादुरपुर टोल बस्ने बाबुलाल बैठाको छोरा अन्दाजी बर्ष ३१ को नसिब बैठा र साही वडा नं।५ पानी ट्याङ्की बस्ने दरोगा साहको छोरा अन्दाजी बर्ष ३६ को हरि शंकर साह सोनार रहेका छन् ।
बिहीबार उनीहरूले गाउँकै बतहु मिया मन्सुरीको छोरा अन्दाजी बर्ष ७० को आलम मिया मन्सुरीलाई ललाई फकाई मदिरा सेवन गराई नियन्त्रणमा लिई उनको साथबाट जबरजस्ती नगद रु।८२ हजार रकम खोसी लुटी भागेका थिए ।
यो खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय कटहरियाका ईन्चार्ज प्रहरी बरिस्ठ नायव निरिक्षक अरूण कुमार सिंहले सक्रियता देखाई त्यहाँबाट खटिएको प्रहरी टोलीले ती भागेका मानिसहरुलाई खोजतलास गर्दै जाने क्रममा पक्रेको हो ।
उनीहरूलाई कटहरिया नगरपालिका वडा नम्बर ५ स्थितबाट निज नसिब बैठा र हरि शंकर साह सोनारलाई नगद रु।५९ हजार सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा,रौतहटमा लगी चोरी तथा डाँका सम्बन्धि कसूरमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक एलिजा गिरिले जानकारी गराएकी हुन् ।
आरके श्रीवास्तव रौतहट,पुस १२ गते ।
बिधुतिय माध्यामबाट ९अरुको बैंक खाताहरुको० रकम चोरी गरेको आरोपमा रौतहट प्रहरीले ३ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको गौर नगरपालीका वडा नम्बर ४ वस्ने वर्ष २५ को जितेन्द्र गिरी,सोही ठाउँको वडा नम्बर ७ बस्ने वर्ष ३७ को दिपेन्द्र कुमार साह,गुजरा नगरपालीका बडा नम्बर ६ घर भई हाल चन्द्रपुर नगरपालीका वडा नम्बर १० बस्ने बर्ष ४२ को राज कुमार साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक एलिजा गिरिले जानकारी अनुसार गौर नगरपालीका वडा नम्बर ४ बस्ने जयप्रकाश राय चनौको एन आई सी एसिया र माछापुच्छे बैंक लि। को खाताबाट मिति २०८० असार २९ गते देखी पटक पटक गरी बाह्र लाख छयालिस हजार चार सय चालिस मात्र,गौर नगरपालीका बड़ा नम्बर ७ बस्ने मिश्रीलाल साहको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट मिति २०८० असार २० गते देखी पटक पटक गरी जम्मा रु।पांच लाख,गौर नगरपालीका वडा नम्बर २ महादेवपट्टी वस्ने विजय किशोर झाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट मिति २०८० कार्तिक २९ गते असी हजार , चन्द्रपुर न। पा।वडा नं।(९ बस्ने कृष्ण प्रसाद तिमल्सिनाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुर रौतहटमा रहेको खाताबाट मिति २०८० कार्तिक ३० गते देखी पटक पटक गरी छ लाख एघार हजार दुई सय आठ रुपैया सन्ताउन्न पैसा गरी कुल रकम चौविस लाख सैतिस हजार छ सय पचासी रुपैया सन्ताउन्न पैसा उनीहरूले निकालेका हुन् ।
उनीहरूले विभिन्न काल्पनिक व्यक्तीहरुको नामको भारतको घोडासहनमा गई किर्ते नागरीकता तथा सवारी चालक अनुमती पत्र बनाई उक्त कागजातहरुबाट सिमकार्डहरु निकाली विभिन्न खल्ती तथा विभिन्न बैंकहरुमा खाता खोली मोवाईल बैंकिङ्ग मार्फत माथी ति मानिसहरुको खाताको रकम अनाधिकृत रुपमा पहुच पुर्याई चोरी गरेको प्रहरीको भनाइ छ ।
घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको तिनै जनालाई पक्राउ गरी अनुसन्धान पश्चात अनुसन्धान प्रतिवेदन सहित मिसिल कागजातहरु मिति २०८० पुस ११ गते जिल्ला सरकारी वकील कार्यालय रौतहटमा पेश गरीएको तथा केही व्यक्तीहरु भागी फरार रहेको, फरार प्रतिवादीहरुको हकमा खोजतलास तथा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
गाजा, १२ पुस,
इजरायली आक्रमणमा गाजामा कम्तीमा ५० जनाको मृत्यु भएको छ । गाजा पट्टीका बेइट लाहिया, खान युनिस र अल-मगाजी शहरहरूमा इजरायली आक्रमणमा बिहीबार ५० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता अशरफ अल-कद्राले विज्ञप्ति जारी गर्दै आक्रमणमा दर्जनौं व्यक्ति घाइते भएको र मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताउनु भएको छ । साथै उत्तरी गाजा बेइट लाहियामा रहेको एउटा आवासीय चौकमा इजरायली बमबारीमा ३० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ ।(रासस-सिन्ह्वा) –
लेबनानमा संयुक्त राष्ट्रसंघ अन्तरिम बलले बिहीबार लेबनानी अधिकारीहरूलाई लेबनानको दक्षिणी गाउँ तेबेहमा आफ्ना एक जना शान्ति सैनिकमाथि भएको आक्रमणको अनुसन्धान गर्न आह्वान गरेको छ। युनिफिलले सोशल मिडिया प्लेटफर्म X मा पोस्ट गर्दै लेखेको छ – “दक्षिण लेबनानको तायबेहमा युवाहरूको समूहले गस्तीमा आक्रमण गरेपछि एक जना शान्ति सेना घाइते भएका थिए।” लेबनानी अधिकारीहरूलाई “पूर्ण र द्रुत अनुसन्धान” गर्न र “सबै अपराधीहरूलाई” न्यायको दायरामा ल्याउन आग्रह गरिएको पोस्टमा उल्लेख छ । “शान्तिका लागि स्थापनार्थ काम गर्ने शानति सैनिकहरूमाथि गरिने आक्रमण निन्दनीय मात्र नभएर संयुक्त राष्ट्र संघको प्रस्ताव १७०१ र लेबनानी कानूनको समेत उल्लङ्घन हो”, पोस्टमा लेखिएको छ । युनिफिलले आक्रमणको बावजुद शान्ति सैनिकहरू काममा रहेको बताउँदै शान्ति सैनिकहरूको “आवागमनको स्वतन्त्रता” लाई जोड दिँदै “ब्लु लाइनमा सुरक्षा र स्थिरता पुनर्स्थापना गर्न” महत्त्वपूर्ण रहेको बताइएको छ। (रासस-सिन्ह्वा)
ढाका, १२ पुस, –
बङ्गलादेशमा सन् २०२३ मा एचआईभी/एड्स सङ्क्रमणका कारण कुल २६६ जनाको मृत्यु भएको छ । यो सङ्ख्या बङ्गलादेशमा सन् १९८९ मा पहिलो पटक एड्स सङ्क्रमित फेला परेयताको सबैभन्दा बढी हो। यसैबीच, बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग, कुष्ठरोग तथा एड्स नियन्त्रण कार्यक्रमले बुधबार पत्रकार सम्मेलन आयोजना गरी यस वर्षको डिसेम्बर २७ सम्म एड्सबाट १ हजार २७६ संक्रमितहरू रेकर्ड गरिएको बताएको छ । यस वर्ष संक्रमितमध्ये १ हजार ११८ बंगलादेशी नागरिक रहेको र बाँकी १ सय ५८ जना म्यानमारका रोहिंग्याहरू बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्लाका विभिन्न शिविरहरूमा बसोबास गरिरहेका व्यक्तिहरू रहेको बताएको बताइएको छ । तथ्याङ्क प्रस्तुत गर्दै कार्यक्रम निर्देशक मोहफुजुर रहमान सरकारले सन् २०२२ मा देशभर २३२ जनाको मृत्यु भएको र ९४७ बिरामी पहिचान भएको बताउनु भएको छ । बङ्गलादेशमा एड्सको पहिलो सङ्क्रमित सन् १९८९ मा पत्ता लागेको थियो । त्यस बेलादेखि हालसम्म १० हजार ९८४ सङ्क्रमितहरूको पहिचान भएको र ती मध्ये २ हजार ८६ जनाको मृत्यु भएको छ।(रासस-सिन्ह्वा)