२०८३ जेष्ठ १
२०८३ जेष्ठ १

काठमाडौं, पुस १७ गते ।

’ काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ ।

No description available.

जापानको जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) ले नेकसँगको सहकार्यमा ‘हावा प्रोजेक्ट २.०’ ल्याउँदै त्यसका लागि आवश्यक उपकरण नेकलाई हस्तान्तरण गरेको छ । आइतबार कलेजमा आयोजित एक कार्यक्रममा जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहरा र जापानका लागि नेपाल प्रतिनिधि निर्देशक नरेश महर्जनले कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेका छन् ।

No description available.

‘हावा प्रोजेक्ट २.०’ अन्तरगत चाँगुनारायण नगरपालिका क्षेत्रभित्र जेइएसएले नेकका विद्यार्थीहरू सँगको सहकार्यमा हावाबाट विद्युत उत्पादन गर्न सकिने विषयमा सम्भाव्यता अध्ययन गर्नेछ । ‘यसअघि पनि नेकसँग सहकार्य गरेर ‘हावा प्रोजेक्ट’ चलाएका थियो । त्यसलाई पुनः नियमितता दिनका लागि ‘हावा प्रोजेक्ट २.०’ ल्याइएको हो । यसले नेपालमा हावाबाट कसरी विद्युत निकाल्छ सकिन्छ, संभाब्यता अध्ययन र अनुसन्धान गर्नेछ ।’

No description available.

नरेश महर्जनले बताए । प्रोजेक्टमा नेकमा अध्ययनरत सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल एण्ड कम्युनिकेसनका विद्यार्थीहरूलाई सहभागिता गराउँदै उनीहरूलाई नवीनतम सोच र अनुसन्धानमा लाग्न प्रेरित गरिने छ । कलेजले ‘हावा प्रोजेक्ट २.०’ कार्यान्वयनका लागि प्राध्यापक दिनेशप्रसाद गुरागाइँको अध्यक्षतामा सिभिल, कम्प्युटर, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल एण्ड कम्युनिकेसनका एक एक जना प्राध्यापकहरू समेत रहने गरी हावा इनर्जी डेभलपमेन्ट ग्रुप गठन गरेको छ ।

सोमबार कलेजमा विद्यार्थीहरू सँगकाे प्रस्तुतिकरणमा बोल्दै जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहराले जापानमा हावाबाट विद्युत निकाल्ने कार्य धेरै अगाडिबाट भइरहेको बताउँदै नेपालमा पनि हावाबाट विद्युत निकाल्न सम्भव रहेको जिकिर गरे । २०७२ सालको विनाशकारी भूकम्पपछि नेपाल आएका एत्सुओ किरिहराले नेपालका कुनकुन स्थानमा हावाबाट विद्युत निकाल्न सम्भव छ भन्ने सोध र अनुसन्धान गरिरहेका छन् । ‘अहिले विश्वभर आणविक उर्जाको विकल्पमा वैकल्पिक उर्जा खोज, उपयोगमा जोड दिइँदै आइएको छ ।

नेपालमा पनि जलश्रोत पछिको वैकल्पिक उर्जाका रुपमा हावाबाट विद्युत निकाल्न सम्भव छ ।’ उनले भने । जेइएसएका इन्जिनियरिङ सल्लाहकार किरिहराका अनुसार नेपालमा जनवरीदेखि मे सम्म हावाबाट विद्युत निकाल्न सकिन्छ । त्यससँगै सौर्य उर्जा समेत उत्पादन गर्न सकिने उनको दावी छ । ‘जनवरी देखि मे सम्म हावाबाट विद्युत निकाल्ने र अन्य समय सौर्य उर्जा प्रयोग गर्न सकिन्छ ।’ ठूल्ठूला स्कुल, कलेज, विश्वविद्यालय र अर्गनाइजेसन हरुमा हावा र सौर्य उर्जा प्रयोग गर्न सकिने उनको भनाई छ ।

नेकका भिजिटिङ प्रोफेसर समेत रहेका ७२ वर्षीय किरिहराले जापान लगायत विकसित देशहरूले न्यूक्लियर उर्जा विस्थापित गर्ने कार्य थालनी गरेकाले नेपालले पनि जलविद्युतको विकल्पका रुपमा वैकल्पिक उर्जातर्फ अग्रसर हुँदा दिगो विकासको लक्ष्य समेत हासिल गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेकका सिभिल एण्ड रुरल इन्जिनियरिङ विभागका प्रा.डा. गणेश साह, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ विभागका सहप्राध्यापक गणेश प्रसाद अधिकारीले ‘हावा प्रोजेक्ट २.०’ले नेपालमा हावाबाट विद्युत उत्पादन गर्ने सवालमा सम्भाव्यता अध्ययनसँगै विद्यार्थीहरूलाई नवीनतम कार्य गर्न र ज्ञान हासिल गर्न प्रेरित गर्ने बताए । प्रोजेक्ट अन्तरगत अब चाँगुनारायण नगरपालिका क्षेत्रका विभिन्न घरहरूमा हावाको गति मापन गरिने उपकरण जडान गरिनेछ ।

त्यसको डेटा संकलन भने नेकलाई हस्तान्तरण गरिएको डिभाइसमा संकलन गरी अध्ययन गरिनेछ । नेकमा अध्ययनरत विद्यार्थीहरूलाई समेत प्रोजेक्टमा सहभागी गराइने भएकाले उनीहरूले नवीनतम उर्जा, वैकल्पिक उर्जाका क्षेत्रमा नयाँ अनुभव हासिल गर्ने कलेजका इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागका विभागीय प्रमुख याम कृष्ण पौडेलले बताए ।

‘हावा प्रोजेक्ट २.०’ सन् २०२४ देखि २०२६ सम्म सञ्चालन हुनेछ । भविष्यमा नेकका विद्यार्थीहरूलाई इन्टरनेसनल एक्सपोज प्राप्त गर्न प्रोजेक्टले ठूलो सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

धरान पुस १७ गते ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । धरानको लाङ्घाली बन उपभोक्ता समुहको भवनमा आयोजित तीन दिवसीय राजनैतिक प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधानबारे, संगठनात्मक कार्यपद्धति, पार्टीको आदर्श, संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद साथै लिम्बुवान र उत्पीडित राष्ट्रियताको मुक्तिका सवालहरु, समाजवादको ऐतिहासिक पृष्ठभूमि र विकासक्रमबारे प्रशिक्षण दिए।

त्यसैगरी पार्टीका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले संघवादका आधारभूत सिद्धान्त र समाजवादको नेपाली बाटो विषयमा प्रशिक्षण दिए। पार्टीका कार्यकारिणी सदस्य रकम चेम्जोङलाई संगठन सुदृढीकरण अभियान तथा कार्यान्वयन र पहिचानको आन्दोलनको विषय रहेको थियो। त्यस्तै पार्टी विधान र संगठानात्मक पद्धतिबारे कार्यकारिणी सदस्य रणध्वोज कन्दङ्वा, राजनीतिमा लैङ्गिक सशक्तिकरण : युवा विद्यार्थी र महिलाको भूमिकाको विषयमा कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठले प्रशिक्षण दिइन् ।

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य परशुराम बस्नेत, डा. महेन्द्र लावती, दिलेन्द्र कुरुम्बाङ र खगेन्द्र माखीमले पनि प्रशिक्षण दिए । लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा सम्पन्न प्रशिक्षणमा एक सय पचास प्रतिनिधि सहभागी थिए।

टोकियो, १७ पुस (रासस/सिन्ह्वा) :

मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमाथुप्रै घाइतेभएको बताइएकोछ । प्रधानमन्त्री किशिदा फुमियोले मङ्गलबार पत्रकार सम्मेलनमा सो अपडेट गराउनुभएको हो ।

“प्रभावित क्षेत्रमा भारी मेसिनरी पठाउन पनि गाह्रो बनाइरहेको छ । हामी मार्गहरू सुरक्षित गर्ने तरिका बारे सोचिरहेका छौँ र तीमध्ये जहाजहरू प्रयोग गर्नु एउटा विकल्प हुन सक्छ,” एनएचकेले प्रधानमन्त्रीलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।

सोमबारदेखि जापानमा कम्तिमा एक सय ५५ वटा भूकम्पका धक्का अनुभन गरिएको छ ।

तेहरान, १७ पुस (रासस/एएफपी) :

इरानले हालका दिनमा लागु पदार्थ तस्करीको आरोपमा नौ जनालाई फाँसी दिएको सरकारी मिडियाले मङ्गलबार बताएको छ । यो विश्वको सबैभन्दा उच्च फाँसी दरमध्येको एक हो ।

आधिकारिक आइआरएनए समाचार समितिका अनुसार हेरोइन र अफिम खरिद गर्ने तथा ओसारपसार गरेको अभियोगमा उत्तरपश्चिमी प्रान्त अर्दबिलको एक कारागारमा तीन जनालाई फाँसी दिइएको छ ।

अन्य छ जनालाई मेथामफेटामाइन, हेरोइन र भाङ तस्करी गरेको आरोपमा छुट्टाछुट्टै फाँसी दिइएको छ । इरान अफगानिस्तान र युरोपबीचको प्रमुख अफिम तस्करी मार्गमा अवस्थित छ र घरेलु अफिमको प्रयोग दर विश्वमा सबैभन्दा धेरै छ । सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घ कार्यालय अन ड्रग्स एन्ड क्राइम (युएनओडिसी) ले उद्धृत गरेको आँकडाले इरानमा २८ लाख मानिसमा लागु पदार्थको समस्या रहेको बताएको छ ।

इरानी अधिकारीहरूले लागु पदार्थको दुरुपयोग र तस्करीसँग लड्नका लागि धेरै अभियान सुरु गरेका छन् र नियमितरूपमा छिमेकी अफगानिस्तानबाट तस्करी गरेर ल्याइएका अफिमहरूको ठूलो बरामदको घोषणा गर्दछन् ।

इरानी अधिकारीहरूले सन् २०२३ को पहिलो पाँच महिनामा लागु पदार्थसँग सम्बन्धित अपराधका कम्तीमा एक सय ७३ दोषीलाई फाँसी दिएको जुनमा एमनेस्टी इन्टरनेसनलले बताएको थियो । उक्त आँकडा सो अवधिमा इरानमा सबै फाँसीको सजायको करिब दुई तिहाइ भएको बताइएको छ ।

इरानले सम्पूर्ण कानूनी कार्यवाहीपछि मात्र फाँसी दिइने बताएको छ । उसका अनुसार लागु पदार्थको तस्करीविरुद्ध मृत्युदण्ड आवश्यक निवारण हो । एमनेस्टीका अनुसार इरानले चीनबाहेक कुनै पनि अन्य मुलुकको तुलनामा प्रतिवर्ष सबैभन्दा धेरै व्यक्तिलाई मृत्युदण्ड दिन्छ ।

इरानले सन् २०२३ मा सात सयभन्दा धेरैलाई मृत्युदण्ड दिएको नर्वेस्थित इरान मानवअधिकार समूहले नोभेम्बरमा बताएको थियो । उक्त आँकडा आठ वर्षमा सबैभन्दा धेरै हो ।

आरके श्रीवास्तव,रौतहट,१७ गते पुस ।

रौतहट । समृद्धि आयोजना आयोजना व्यवस्थापन कार्यालय इटहरि सुनसरीको आयोजनामा जिल्लाको चन्द्रनिगाहपुरमा सहकारी र आइएमइ रेमिटान्स बिच अन्तरक्रिया सम्पन्न भएको छ ।

No description available.

नेपाल सरकारको उधोग वाणिज्य तथा आपूर्ती मन्त्रालय ग्रामीण तथा विप्रेशन आयोजना (समृद्धि) अन्तर्गत एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो ।

No description available.

गत बिहिवार भएको कार्यक्रममा आइएमइ रेमिटान्स कम्पनीका मधेश प्रदेश प्रमुख विजय सुवेदी बाट रेमिटान्सको हालको अवस्था,अवसर, चुनौती र सहकारी संस्थाको माध्यम बाट रेमिटान्स लाइ कसरी लगानी योग्य ऋण र बचतमा प्रोत्साहन गर्ने इत्यादी विषयमा व्यापक छलफल गरिएको थियो ।

No description available.

आइएमइ लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख रवि शंकर सर्राफ बाट वर्तमान अवस्थामा सहकारी संस्थाको ऋणलाइ जोखिमबाट जोगाउन ऋणीको पनि विमा गर्न सकिने र यसको प्रावधान के कस्तो रहेको छ भने जानकारी गराइएको थियो । त्यस्तै ऋणीको विमा गर्दा भुक्तानी गर्नुपर्ने विमा शुल्क र विमितको मृत्यु वा दुर्घटना हुँदा के कस्तो सेवा पाइने कुरामा जानकारी गराइएको थियो ।

No description available.

अन्त्यमा रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा रहेको नव विकास बचत तथा ऋण सहकारी संस्थाको मुख्य व्यवस्थापक यज्ञ प्रसाद प्रसाइ बाट समृद्धिको प्राविधिक सहयोगमा सञ्चालित समृद्धि विप्रेषण खाताको विशेषता,अवस्था,चुनौती र यसको कार्यविधिको छलफल र जानकारी प्रदान गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालक समृद्धि आयोजना विक्तिय समावेशिकरण अधिकृत इन्दिरा श्रेष्ठले समृद्धि आयोजनाको आगामी ६ महिनाको योजना तथा कार्यक्रमको बारेमा प्रष्ट पारेकी थिइन् ।

टोक्यो, १७ पुस (रासस/एएफपी) :

जापानका यातायातमन्त्रीले मङ्गलबार टोक्योको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा ठोक्किँदा तट रक्षकको विमानमा सवार पाँच जनाको मृत्यु भएको बताउनुभएको छ ।

“तट रक्षकको विमानका बारेमा कप्तान भागेको र पाँच जनाको मृत्यु भएको पुष्टि भएको हामीलाई जानकारी गराइएको छ”, मन्त्री तेत्सुओ साइतोले पत्रकारहरूसँग भन्नुभयो ।

जापान एयरलाइन्सको विमान धावनमार्गमा तट रक्षकको विमानसँग ठोक्किएपछि आगलागी भएको मिडिया रिपोर्टले जनाएको छ । प्रसारक एनएचकेमा तस्बिरहरूमा विमानको तल पछाडि सुन्तला रङको आगोको विस्फोट हुनुअघि विमान धावनमार्गमा अगाडि बढिरहेको देखाइएको छ ।

एनएचकेका अनुसार एयरबस विमानमा सवार सबै तीन सय ६७ यात्री र चालक दलका १२ सदस्यलाई सुरक्षित निकालिएको छ । क्योदो समाचारअनुसार विमानमा आठ बालबालिका पनि थिए ।

यसअघि तट रक्षक विमानमा चालक दलका छ सदस्यमा एक जना सुरक्षित रहेको र अन्य पाँच जनाको अवस्था थाहा नभएको एनएचकेले बताएको थियो । घटनाको कारण तत्काल स्पष्ट नभए पनि टेलिभिजन रिपोर्टअनुसार एयरबस तट रक्षक विमानसँग ठोक्किएको थियो ।

जिजी समाचार समितिका अनुसार सोमबार मध्य जापानमा गएको महाभूकम्पपछि उद्धार प्रयासमा सहयोगका लागि तट रक्षक विमान प्रस्थान गर्न लागेको थियो । तट रक्षक विमान भर्खरैमात्र उत्तरी जापानी टापु होक्काइडोको साप्पोरा विमानस्थलबाट आएको थियो ।

काठमाडौँ, १७ पुस :
सर्वोच्च अदादतले जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन दिएको परमादेश बमोजिम हालसम्म कानुन नबनाएको जिकिर गर्दै दायर गरेको अदालतमा अवहेलनासम्बन्धी मुद्दामा सरकारसँग लिखित जवाफ माग गरेको छ ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज जलवायु परिर्वतनसम्बन्धी कानुन किन नबनाएको भन्ने विषयमा सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो । अधिवतmा पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतले २०७५ पुस १० गते दिएको परमादेशअनुसार सरकारले अहिलेसम्म पनि कानुन नबनाएको उल्लेख गर्दै यही पुस ५ गते अवहेलनासम्बन्धी मुद्दा दायर गर्नुभएको थियो ।
जलवायु परिवर्तनलाई अनुकुलन तथा न्यूनिकरण गर्ने सन्दर्भमा छुट्टै कानुन निर्माण गरी समस्याको सम्बोधन हुन जरुरी भएकाले जलवायु परिवर्तनसम्बन्धी एकीकृत कानुन यथासीध्र निर्माण गरी लागू गर्नु गराउनु भन्ने अदालतको आदेशमा उल्लेख छ । (रासस)

जनकपुरधाम, १७ पुस :

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले बेरुजु शून्य बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ ।

आज जनकपुरधाममा आयोजित लेखापरीक्षण, बेरुजु फर्छ्याेट तथा सम्परीक्षणसम्बन्धी छलफल तथा अन्तरक्रियामा मुख्यमन्त्री यादवले प्रदेशमा वित्तीय अनुशासन कायम गर्दै जनभावनाअनुसार काम गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने गरी क्रियाशील हुन पनि सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।

“सङ्घीयता महँगो र अनियमितता मात्रै भइरहेको छ भन्ने ढङ्गले गलत प्रचारबाजी भइरहेको छ । यस्तो गलत भाष्यलाई चिर्न पनि बेरुजु शून्य बनाउनुका साथै सङ्घीयताको जननीका रुपमा रहेको मधेस प्रदेशले जनतालाई अनुभूति गराउने किसिमले काम गर्नुपर्ने आवश्यकता छ । यस कार्यमा सघाउ पुग्ने गरी तपाईं हामी मिलेर काम गरौँ”, मुख्यमन्त्री यादवले भन्नुभयो ।

महालेखापरीक्षकको कार्यालयका कार्यबहाक महालेखापरीक्षक महेश्वर काफ्लेले देशको वित्तीय अवस्थाबारे प्रकाश पार्नुहुँदै वित्तीय अनुशासन कायम गर्न तीनै तहका सरकार र सम्बद्ध पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले तीन तहका सरकारबीचको समन्वयले मात्रै देशको शासकीय प्रबन्ध र अर्थतन्त्रका सूचकलाई राम्रो बनाउन सकिने र त्यसका लागि उपलब्ध स्रोतसाधनको सदुपयोग हुन जरुरी रहेको धारणा राख्नुभयो ।

उपमहालेखा परीक्षक विन्दु विष्टले विगतको तुलनामा बेरुजु क्रमशः घट्दै गएको र थप सुधारका लागि लेखा समिति सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा मधेस प्रदेश सरकारका प्रमुख सचिव दिनेशकुमार घिमिरेले लेखा उत्तरदायी अधिकृतलाई खर्च निगरानी र वित्तीय अनुशासन पालन गर्न आग्रह गर्नुभयो ।

त्यसअवसरमा मुख्यमन्त्री कार्यालयको तर्फबाट सचिव रामकृष्ण पुडासैनीले मधेस प्रदेशबारे प्रस्तुति दिनुभएको थियो भने प्रदेश लेखानियन्त्रक वीरेन्द्रकुमार मिश्रले प्रदेशको वित्तीय क्रियाकलापबारेको प्रतिवेदन कावा महालेखापरीक्षक काफ्लेलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ मा सात प्रदेशका एक हजार दुई सय १८ कार्यालयमा लेखापरीक्षण भएकोमा सात रु अर्ब ५० लाख बेरुजु भएको र त्यसमध्ये ३५ प्रतिशत बेरुजु गम्भीर प्रकृतिका रहेकासमेत जानकारी दिइएको थियो ।(रासस)

काठमाडौँ, १७ पुस :

आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको अभियोगमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिने र त्यसको लागि रु बीस लाख लाग्ने प्रलोभन देखाएका थिए । पक्राउ परेका पौडेले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई रु तीन लाख भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी जम्मा रु १९ लाख ६० हजार ठगी गरेको जनाइएको छ ।

पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । आकर्षक तलबमा विदेश पठाइदिन्छु भनेकै भरमा कसैलाई पनि रकम नदिन पनि प्रहरीले आग्रह गरेको छ । (रासस)

 

 आरके श्रीवास्तव,राैतहट,१६ गते पुस ।

रौतहट । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. चन्द्रकान्त राउत पक्राउको विरोधमा सोमवार गौरमा प्रदर्शन गरिएको छ । राष्ट्रिय धोती दिवस मनाउने क्रममा राजधानी काठमाडौंको माइती घर बाट नेपाल प्रहरी द्वारा पक्राउ गरिएको नेता कार्यकर्ताको रिहाईको माग गर्दै रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरिएको जनमत पार्टीका केन्द्रिय सदस्य विकास कुमार यादवले जानकारी गराएका हुन् ।

प्रर्दशनको क्रममा उनीहरुले पार्टीका नेता कार्यकर्तालाई छिटोभन्दा छिटो रिहा गर,मधेसी माथीको दमन बन्द हो,नश्लिय सरकार मुर्दावाद,धोती हाम्रो पोषाक हो सम्मान हो,राष्ट्रिय धोती दिवस जिन्दावाद,जनमत पार्टी जिन्दावाद लगायतका नारा लगाएका थिए । प्रर्दशन पछि उनीहरुले टायर बालेर विरोध समेत जनाएका थिए ।

राष्ट्रिय धोती दिवस मनाउन माइतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष राउत सहित जनमतका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । निषेधित क्षेत्रमा प्रर्दशन गरेको भन्दै पक्राउ गरिएको प्रहरीले बताएको थियो । विद्यार्थी जनमत सङ्घको आयोजनामा भएको राष्ट्रिय धोती दिवसको कार्यक्रममा अध्यक्ष राउत सहितका नेता कार्यकर्ता त्यहाँ पुुगेका थिए । प्रदर्शनकारीहरुले धोती लगाएर दिवस मनाइरहेका थिए । धोती हाम्रो शान हो लगायतका नारा समेत लगाएका थिए ।

यसैबिच प्रहरीले पक्राउ गरेको विरोधमा ठाउँ ठाउँमा प्रर्दशन हुन थालेपछि पक्राउ परेको अध्यक्ष राउतसहितका कार्यकर्ता केही समयको हिरासतपछि रिहा भएका छन् । राउतसहित सो पार्टीका दर्जनौ नेता कार्यकर्तालाई प्रहरीले हिरासतमा लिएको थियो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायाणकाजी श्रेष्ठ अध्यक्ष राउत सहित कार्यकर्ता राखिएको ठाउँ नेपाल प्रहरी क्लबमा आफै पुुगेर सबैलाई रिहा गर्न आदेश दिनुभएको खबर छ । आदेश पछि अध्यक्ष राउत सहित जनमत पार्टीका नेता कार्यकर्ता रिहा भएका छन् ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।