आरके श्रीवास्तव,राैतहट,०५ गते असार ।
रौतहटकाे कटहरिया नगरपालिकाले बजेट ल्याएको छ । बुधबार कटहरिया नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएकाे छ । कटहरिया स्थित नगरपालिकाकाे प्रांगणमा बजेट अधिवेशन बाेलाईएकाे थियाे । नगर प्रमुख अजय प्रकाश प्रकाश जयवालकाे अध्यक्षतामा साे नगरसभा सम्पन्न भएको हाे ।
नगरसभाकाे १० अाैं अधिवेशन बाट जनमुखी नीती र कार्यक्रम ल्याएकाे छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेकाे निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४६ करोड भन्दा बढी बजेट विनियोजन गरेकाे हाे ।
हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेकाे छ । तर कटहरिया नगरपालिकाले साे समयअवधी आगावै नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । धेरै उत्साहका साथ सम्पन्न भएकाे नगरसभा बाट कटहरिया नगरपालिकाकाे जनताकाे मन जितने किसिमकाे निती तथा कार्यक्रम पारित गरेको हाे । नगर प्रमुख जयसवाल र प्रमुख प्रशाकिय अधिकृत सुरेन्द्र प्रधानले निति तथा कार्यक्रम वाचन गरेर सुनाएका थिए ।
नगरकाे चौतर्फि विकासकाे लागि यसै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४६ करोड ६२ लाख ५४ हजार रुपैयाँकाे बजेट पारित गरिएकाे नगर प्रमुख जयसवालले जानकारी गराउनु भयाे । यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगायतकाे विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको जयसवालले बताए ।
साे नगरपालिकाकाे संघिय वितिय समानीकरण अनुदान ११ कराेड ५२ लाख,संघिय राजश्व बाँडफाँड १० कराेड ११ लाख ,संघिय सशर्त अनुदान चालु १८ कराेड ४३ लाख २९ हजार,संघिय सरकार सशर्त पुँजिगत ३ कराेड ६६ लाख २५ हजार,संघिय सरकार समपुरकमा अनुमानित ५० लाख,वित्तीय समानिकरण प्रदेश सरकार ९० लाख,विशेष अनुदान प्रदेश सरकार २० लाख र आन्तरिक राजस्व १ कराेड
गरि कुल ४६ कराेड ६२ लाख ५४ हजार बजेटकाे आयकाे प्रक्षेपण गरिएको छ ।
कार्यक्रम सञ्चालन अनिल निधिले गर्नु भएको थियाे । साे अवसरमा वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महताे काेईरी,वडा नम्बर ३ का वडा अध्यक्ष श्याकान्त यादव,वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चाैधरी,वडा नम्बर ८ का वडा अध्यक्ष समिश बिक्रम शाह,वडा नम्बर ९ का वडा अध्यक्ष रूपेश यादव,कार्यपालिका सदस्य मनाेज कुमार जयसवाल सहित जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।
आरके श्रीवास्तव,रौतहट,०४ गते असार ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ को आज वडा भेला सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१÷०८२ का लागि गरुडा नगरपालिका अन्तर्गत वडा नम्बर ५ ले वडा परिषद सकाएको छ । सो वडाले आगार्मी वर्षका लागि नगरपालिकाको बजेट अनुसारको योजना छानेको हो ।
मंगलवार आगामी आर्थिक बर्षका लागि योजना छनौट सहित बजेट बिनियोजनका लागि वडा परिषद गरिएको हो । गरुडा नगरपालिका अन्तर्गत वडा नम्वर ५ ले ५० लाख बराबरको योजनाहरु वडा परिषदबाट छनौट गरेको वडा अध्यक्ष रामबिनोद साहले जानकारी गराएका हुन् ।
उनले भने,यसपालिको वडाको बजेटमा कृषि र शिक्षालाइ विशेष जोड दिएका छौं । गत वर्ष १ करोड ८९ लाखको काम गरेको जानकारी गराए । यस वर्ष किसानहरु लक्षित कृषि मिटरको विजुली बिल वडाले तिरिदिने बताए । य
स्तै वडामा रहेको ६ वटा सामुदायिक बिधालयको लागि आवश्यक बजेट विनियोजन गरिएको बताए ।
आफनो वडामा रहेको प्रसिद्ध शिवनगर महादेव मन्दिरका लागि पनि बजेट छुुट्टयाइएको उनको भनाइ छ । यस्तै स्वास्थ्य क्षेत्रलाइपनि प्राथमिकतामा राखिएको बताए । वडाको बजेटमा समावेश गर्न नसकिएका बिभिन्न योजनाहरु बजेट ब्यवस्थापनका लागि नगरपालिका, प्रदेश र संघीय सरकारका सम्वन्धित निकायहरुमा सिफरिस गरी पठाईने वडाध्यक्ष साहको भनाई रहेको छ ।
सो वडा परिषदको अवसरमा गरुडा नगरपालिकाका मेयर प्रत्यासी द्धय ब्रिजकिशोर यादव, विपिन जयसवाल,वडा सदस्यहरु वडामा क्रियाशिल राजनीतिक दल, बुद्धिजिवी, पत्रकार, संघ संस्थाका प्रतिनिधी, स्वास्थ्यकर्मी, शिक्षक र वडावासीको उपस्थिती रहेको थियो ।
रौतहट,०३ गते असार ।
रौतहट कटहरिया नगरपालिका वडा नम्बर ८ पिप्रा पोखरियामा आज नवजात शिशुु तथा बालरोगको एकीकृत व्यवस्थापन सम्बन्धी समता र पहुुँच कार्याक्रम सम्पन्न भएको छ । सो वडा अन्तर्गत रहेको आधारभूत स्वास्थ्य केन्द्रमा एक दिने कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रका इन्चार्ज शिवपुुकार रायको अध्यक्षतामा सोमबार एक दिने गोष्ठी आयोजन गरिएको कटहरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर यादवले जानकारी गराए । उनले भने,बाल मृत्युुदर र मातृ मृत्युदर कम गर्ने उदेश्यले कार्यक्रम आयोजन गरिएको हो ।
कटहरिया नगरपालिकामा एक मात्र बर्थिङ्ग सेन्टर रहेकोमा त्यहाँ पहुुँच कम भएको ठाउँहरुमा यो कार्यक्रम आयोजन गरिएको यादवले बताए ।
कटहरिया नगरभरिको वडा नम्बर १,३,६,८ र ९ मा यो कार्यक्रम भएको उनको भनाइ छ । उनले समुदायस्तरमा रहेको बाल मृत्युुदर र मातृ मृत्युदर न्युनीकरण गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा कटहरिया नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक दिनेश प्रसाद यादवले बाल मृत्युुदर र मातृ मृत्युदर कम गर्ने लगायतका विषयमा सहजीकरण गरेका थिए ।
उनले सहभागीहरुलाइ स्वास्थ्य संस्थामै जाँच गराउनुु पर्ने,कुनै पनि रोग भए तुुरन्त जाँच गराउनुु पर्ने,बच्चाको एकीकृत जाँच, पखाला, ज्वरो ,कुपोषणको जाँच, बच्चालाई खोपको स्थिति, भिटामिन ‘ए’ ,निमोनिया ,झाडापखाला र जुकाको औषधी बारेमा बताएका थिए ।
निमोनिय र झाडापखाला बाट नेपालमा पाँच वर्ष मुनिका बच्चाहरु १ वर्षको अवधीमा ४० हजारको मृत्युु हुने गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।
यस्तो भयावह तथ्यांक बाहिर आइरहँदा यो दर कम गर्न नवजात शिशुु तथा बालरोगको एकीकृत व्यवस्थापन सम्बन्धि कार्यक्रम सरकारले राखेको हो । सो कार्यक्रममा कटहरिया नगरपालिकाका अहेव सुरेश कुमार साह सहित स्थानिय दर्जनौं महिलाहरुको सहभागिता रहेको थियो ।
राैतहट-पेट्रोल पम्पहरु बन्द भएपछि बोतलमा कारोबार फस्टाएको छ । घुम्ती तथा किराना पसलमा बोतलमा राखेर पेट्रोलको कारोबारमा व्यापक बृद्धि भएको छ । पेट्रोलियम ढुवानी मजदुरले श्रम ऐनअनुसार तलब र अन्य सुविधाका साथै विभिन्न मागहरु राखेर आइतवारदेखि आन्दोनलमा उत्रिँदा त्यसको सोझो असर पेट्रोल पम्पमाथि परेको छ ।
सोमवार बिहानदेखि पेट्रोलियम पदार्थको मूल्य घटेको र सोमवारदेखि नै पेट्रोलियम ढुवानी मजदुरहरुको आन्दोलन सुरु भएकोले पेट्रोल पम्पका मालिकलाई मौकामा चौका भएको छ । सर्लाही र रौतहटका करिब सबै पेट्रोल पम्ले पेट्रोल छैन भनिरहेका छन् । करिब करिब पेट्रोलको कारोबार ठप्प भएको छ ।
सर्वसाधारण ग्राहकले पेट्रोल नपाएपछि बोतलको पेट्रोल किन्न बाध्य भएका छन् । पेट्रोल पम्पमा पेट्रोल नपाए पनि घुम्ती तथा किराना पसल र अन्यत्र बोतलका कुनै कमी छैन । सरकारले बोतलमा पेट्रोल बेच्न पूर्ण रुपमा रोक लगाएको भए पनि बोतलमा पेट्रोल बेच्न रोकिएको छैन ।
पेट्रोल पम्पका मालिकहरुले पेट्रोल लुकाएर सर्वसाधारणलाई बेचिरहेका छैनन् । रौतहटको माधव नारायण नगरपािलका ५ का उपभोक्ता ओमप्रकाश यादवले पेट्रोल पम्पवालाहरुले भाउ घटेको समया जहिले पनि नाटक देखाउने गरेको आरोप लगाउँछन् ।
जहिले पेट्रोलको भाउ घट्छ तहिले अभाव देखाएर सर्वसाधारणबाट ठुलो रकम बोतल बिक्रेताको हातमा जाने गरेको छ । रौतहट र सर्लाही लगायत सबै ठाउँको पेट्रोल पम्प बन्द भएपछि घुम्ती तथा पानको दोकानबाट सर्वसाधारण प्रति बोतल २०० रुपैयामा किन्न बाध्य भएका छन् ।
कतिपय पेट्रोल पम्पको छेउमै रहेको किराना, घुम्ती तथा पान दोकानमा बोतलमा पर्याप्त पेट्रोल पाइरहेको छ तर पेट्रोल पम्पमा भने लेखिएको छ – पेट्रोल छैन । रौतहटको कटहरिया नगरपालिका ३ का चन्दन यादवले पेट्रोल पम्पहरुले सर्वसाधारणलाई नदिने तर बोतलमा राखेर बेच्नेलाई पेट्रोल उपलब्ध गराउने गरेको आरोप लगाउँछन् ।
एक लिटरको बोतल भनिए पनि साढे आठ सय मिलिलिटरदेखि साढे नौ सय मिलिलिटरसम्मको बोतल हुन्छ । एक लिटर भनेर उपभोक्ताले किनेको पेट्रोलको नापमा कम हुने र निकै महँगोमा किन्नु पर्ने भएकोले उपभोक्ताहरु दोहोरो मारमा परिरहेका छन् ।
स्थानीय प्रशासनले बोतलमा पेट्रोल बेच्नेमाथि कारबाही गर्नुपर्ने माग उपभोक्ताहरुले गरेका छन् ।
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार रातिपछि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँले घटाइएको छ ।
नयाँ मूल्यानुसार अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ । भने डिजल र मट्टीतेल १५२ रुपियाँ प्रतिलिटर पर्ने छ ।

आरके श्रीवास्तव,राैतहट,३२ गते जेठ । रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद कल्वारले नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गरेका छन् । शुक्रबार एक समारोहका बिच नगर प्रमुख कल्वारले गरुडा नगरपालिका ४ स्थित गोरु बजार लाग्ने ठाउँमा प्रशासकीय भवनको शिलान्यास गरेका हुन् । नगरपालिकाको वर्तमान कार्यपालिका निर्वाचित भएपछि गरेको पहिलो निर्णय नै आफ्नो प्रशासकीय भवन निर्माण गर्ने भन्ने थियो । निर्वाचित भएको दुई वर्षपछि सर्वसम्मत रुपमा कार्यपालिका सदस्यहरुको उपस्थितिमा नगर प्रमुख कल्वारले प्रशासकीय भवनको शिलान्यास गरेका हुन् । शिलान्यासपछि समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख कल्वारले भने – जसरी सर्वसम्मत रुपमा प्रशासकीय भवन बनाउने निर्णय गरेका थियौँ, त्यसरी नै सर्वसम्मत रुपमा शिलान्यास पनि गरेका छौँ । सबै पक्ष तथा राजनीतिक दलका प्रमुख व्यक्तित्वको उपस्थितिले अत्यन्त हर्षित बनाएको बताउँदै नगर प्रमुख कल्वारले भने – आफूसित बोल्नलाई कुनै शब्द नै छैन । समारोहलाई सम्बोधन गर्ने क्रममा नगर प्रमुख कल्वार भावुक बनेका थिए । पाँच करोडको लागतमा तिन तल्ले भवनको निर्माणको लागि टेन्डर गरिएकोमो श्रेष्ट बटुक भैरव जेभि वीरगंजले ३ करोड ३३ लाखको लागतमा निर्माण गर्ने ठेक्का सकार गरेको छ । ठेक्का सकार भएको मितिले एक वर्षभित्र निर्माण गरिसक्नुपर्ने जनाइएको छ । ठेक्काअनुसार काम सम्पन्न भएमा अर्को वर्ष नगर सभा नयाँ भवनमा नै गरिने नगर प्रमुख कल्वारले सार्वजनिक गरेका छन् । रौतहटमा दुई गाउँपालिका र १६ नगरपालिका रहेका छन् । गौर र चन्द्रपुरपछि तेस्रो नगरपालिकाको रुपमा रहेको गरुडाभन्दा पहिले गौर, चन्द्रपुर, मौलापुर, गुजरा, गढीमाई, देवाही गोनाही, ईशनाथ लगायतका नगरपालिकाहरुले आफ्नै प्रशासकीय भवनमा सेवा दिइरहेका छन् । जिल्लामा करिब आधा दर्जनभन्दा बढी पालिकाको प्रशासकीय भवन निर्माण भइरहेका छन् ।
रौतहट,३० गते जेठ ।
रौतहटको मौलापुर नगरपालिकाले नगरका सबै नागरिकको विद्युत महसुल बुझाएको छ । नगर प्रमुख रिनाकुमारी साहले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण शाखा प्रमुख दिनेश यादवलाई चेक हस्तान्तर गरेर नगरका सबै नागरिकको विद्युत महसुल बुझाएकी हुन् ।
नगर प्रमुख साहले विद्युत शाखा प्रमुख यादवलाई ४५ लाख २६ हजार रुपैयाको चेक हस्तान्तरण गरेकी हुन् । नगर प्रमुख साहले सोमवार चेक हस्तान्तरण गर्दै नागरिकले उपभोग गरेको विद्युत महसुल नगरपालिकाले बुझाएको बताएकी छिन् ।
मौलापुर नगरपालिकाभित्र बसोबास सबै नागरिकको घरायसी तथा कृषि विद्युत मिटरको महसुल तिर्दै आएको छ । चुनावको समयमा नगर प्रमुख उम्मेदवार साहले सबै नागरिकको घरायसी तथा कृषि मिटरको विद्युत महसुल तिरिदिने घोषणा गरेअनुसार तिर्दै आएको बताएकी छिन् ।
मौलापुर नगरपालिकाले गत पाँच वर्षदेखि नगरका बासिन्दालाई निशुल्क विद्युत दिँदै आएको छ । चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाले ३ करोड़ ४३ लाख ५० हजार रुपैया विद्युत प्राधिकरणलाई बुझाइसकेको छ ।
कुनै पनि कर जनताबाट नलिइरहेको नगरपालिकाले धेरै सुविधा दिइरहेको छ । मौलापुर नगरपालिकाले खानेपानीको सुविधा पनि निशुल्क उपलब्ध गराएको छ । आफ्नै स्रोतमा प्राविधिक शिक्षा तथा एफएम रेडियो पनि संचालन गरिरहेको मौलापुर नगरपालिकाले शिक्षाको क्षेत्रमा करोडौँ खर्च गर्ने गरेको छ । सम्पूर्ण बजेटको करिब चालिस प्रतिशत शिक्षामा खर्च गर्दै आएको मौलापुर नगरपालिकाले करिब तिन दर्जन शिक्षक आफैँले नियुक्त गरेको छ ।
कृषि, शिक्षा, स्वास्थ्य तथा आवासको क्षेत्रमा मौलापुर नगरपालिकाले उदाहरणीय काम गरेको छ । सकेसम्म स्थानीय सरकार भएको अनुभूति नगरपालिकाले दिन खोजेको बताउँदै नगर प्रमुख साहले जनतालाई सेवा र सुविधा दुवै दिनु नगरपालिकाको कर्तव्य भएको बताउँछिन् ।
रौतहटमा सबैभन्दा बढी सुविधा दिने तथा सबैभन्दा बढी विकास गर्ने नगरपालिकाको रुपमा मौलापुर चिनिएको छ । महिलाको नेतृत्वमा दुई कार्यकालमा मौलापुर नगरपालिकाले अकल्पनीय प्रगति गरेको छ ।
संघ तथा प्रदेश सरकारले घोषणा गरेको बजेट समयमा नै उपलब्ध गराउने हो भने अझै पनि धेरै सकारात्मक काम गर्न सकिने अवस्था रहेको नगर प्रमुख साहको भनाइ छ ।
रौतहट,२२ गते जेठ । रौतहट जिल्लाको कटहरीया नगरपालिकाको वडाहरुमा क्षयरोग खोजपडताल कार्यक्रम भएको छ । सो क्रममा आज कटहरिया नगरपालिका वडा नम्बर १ भसेढवामा स्कृय क्षयरोग खोजपडताल कार्यक्रम सम्पन्न भएको हो । लुप्त अवस्थामा रहेका क्षयरोगीहरूको पहिचान गर्न उक्त खोजपडताल कार्यक्रमको आयोजन गरिएको स्वास्थ्य शाखा प्रमुुख शंकर यादवले जानकारी गराए । कटहरिया नगरपालिका आगमी वर्ष क्षयरोगमुक्त पालिका घोषणा गर्नका लागि अहिले देखिनै क्षयरोगीहरु यकिन तथ्यांक संकल्न गर्न यो कार्यक्रम गरिएको यादवले बताए । ग्रामीण भेगका स्थानियहरुलाइ लक्षित गरेर उक्त कार्यक्रम गरिएको उनको भनाइ छ । क्षयरोग अन्त्य गर्ने लक्ष्य हासिल गर्न समुदायमा रहेका सम्भावित क्षयरोगका बिरामीहरूको द्रुत पहिचान, रोकथाम, निदान र उपचारको लागि क्षयरोगमुक्त पालिका बनाउन कार्यक्रम सञ्चालन गरिएको छ । क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको सहभागीहरुको जोड थियो । उक्त कार्यक्रममा स्वास्थ्यकर्मीहरुले नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ, अन्यथा यो घातक रोग हो भन्ने बुझाई सबैमा हुनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा वडा अध्यक्ष भूपेन्द्र महतो कोइरी,स्वास्थ्य शाखा प्रमुख शंकर यादव,स्वास्थ्य शाखा उपप्रमुख दिनेश यादव,स्वास्थ्य चौकी प्रमुख भाग्यनारायण प्रसाद लगायत,सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । यस्तै सोमबार कटहरिया नगरपालिका वडा नम्बर ३ बिर्ति प्रष्टोकामा क्षयरोग खोजपडताल कार्यक्रम गरिएको थियो । जसमा वडा अध्यक्ष श्यामाकान्त यादव लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो । क्षयरोग खोजपडताल कार्यक्रम कटहरिया नगरपालिकाको दुुइ ग्रामीण भेग वडा नम्बर १ र ३ गरिएको स्वास्थ्य शाखा कटहरियाले जनाएको छ ।

रौतहट,२० गते जेठ । रौतहटको गरुडा नगरपालिकाका बिधालयमा बिधालय स्वास्थ्य तथा पोषण सप्ताह सम्पन्न भएको छ । जेठ १ गते देखि सप्ताहब्यापी विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम गरुडा नगरपालिकामा सञ्चालन गरिएको थियो ।
सो नगरपालिकाको वडा नम्बर ७ भिमडाबर टोलमा रहेको श्री प्राथमिक बिधालयमा आज बिधालय स्वास्थ्य तथा पोषण कार्यक्रम गरिएको प्रधानाध्यापक रिन्कुु यादवले जानकारी गराएकी हुन् । सो कार्यक्रममा बिधार्थीहरुको दाँत,आँख र कान सम्बन्धी उपचार गरिएको हो ।