२०८३ श्रावण १७
२०८३ श्रावण १७

राैतहट,१७ गते असार । राैतहटकाे कटहरिया नगरपालिका ४ मा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ ।Open photo साे वडामा दाेस्राे चाेटी निर्वाचित भएका वडा अध्यक्ष चन्दन कुशवाहाले आफनाे कार्यकाल भएकाे काम र जनताकाे गुणासाहरू सुनवाइ गर्नका लागि सार्वजनिक सुनवाइ कार्यक्रम आयाेजन गरेका थिए । वडामा बिगत ७ वर्षदेखि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेकाे हो ।Open photo कार्यक्रममा वडा अध्यक्ष कुशवाहाले हरेक निकाय पारदर्शी हुनुपर्ने भन्दै आफूले आयाेजना गरेको सार्वजनिक सुनुवाइ गर्नु महत्त्वपूर्ण रहेको बताए । कार्यक्रममा सहभागिको प्रश्नको जबाफ दिँदै वडाअध्यक्ष कुशवाहाले नागरिकबाट आएका सुझाव र गुनासोलाई सम्बोधन गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । Open photoनयाँ उमंग र उत्साहका साथ गरेको सार्वजनिक सुनवाइ कार्यक्रम प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे ।Open photo आफूलाई वाडवासिले दिएको मत सेवाको अवसरलाई कुनै पनि हाल्तमा गुमाउन नचाहेको स्पष्ट पारे । त्यसकारण आफूल सुन्न्नु पर्ने हरेक गुनासो सुनेर सहि मार्ग दिशा निर्धारण गर्ने प्रतिबद्धता जनाए । Open photoउनले भने यदि याे कार्यक्रम नगरको हरेक वडामा भए झन राम्रो हुन्थ्यो । यस कार्यक्रम बाट आएका सल्लाह,सुझाव लाई आत्मसात गर्दै नयाँ साेचका साथ अगाडि बढ्ने बताए ।Open photoसाे अवसरमा स्थानीय भद्रभलादमी, वडावासी, सुरक्षाकर्मी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, वडाका कर्मचारी लगायतका व्यक्तिहरूकाे सहभागीता रहेको वडा सचिव छाेटेलाल मिश्रले जानकारी गराएका हुन् ।

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । गएराती देखि लागु हुने गरि निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ ।

यो मुल्य वृद्धिसँगै  काठमाडौँमा पेट्रोल प्रतिलिटर १६७ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५७ पुगेको निगमले जनाएको छ ।न्युज कारखाना

राैतहट,१५ गते असार । राैतहटकाे कटहरिया नगरपालिकामा न्यायिक समितिहरूकाे क्षमता विकास सम्बन्धि तालिम आज सुरू भएको छ । कटहरिया नगरपालिका नगर प्रमुख अजय प्रकाश जयसवालको प्रमुख अतिथ्यतामा साे तालिम सुरू गरिएको थियो । नगरका न्यायिक समिति सदस्यहरू तथा शाखा प्रमुखहरूको उपस्थितिमा तीन दिने तालिम शनिबार बाट सुरु भएको छ । तालिमका विशिष्ट अतिथी कटहरिया नगरपालिकाकि उपप्रमुख रिता देवि यादव,प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान , कर्यपालिका सदस्य मनोज जयसवाल , वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र महताे काेईरी,वडा नम्बर २ का वडा अध्यक्ष हरिन्द्र साह,वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव,वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चाैधरी,वडा नम्बर ७ का वडा अध्यक्ष शहिद आलम,वडा नम्बर ८ का वडा अध्यक्ष समिश विक्रम शाह लगायत कटहरिया नगरपालिकाको सम्पुर्ण न्यायिक समिति तथा शाखा प्रमुखहरूको उपस्थितिमा कार्यक्रम उदघाटन तथा सन्चालन गरिएको हाे । कटहरिया नगरपालिकाले आयोजना गरेको तीन दिने तालिममा दर्जनौं जना व्यक्तिहरूकाे सहभागिता रहेकाे थियो । गाउँ, टोल र वडा स्तरमै विवाद समाधान गर्न सकेमा नगरपालिका, अदालत, प्रशासन, प्रहरी र वकिल कहाँ धाउन पर्ने समस्या कम हुने र त्यसले समय र पैसाको बचत गर्नुको साथै आत्मीयता पनि रही रहने सहभागीहरूले बताएका थिए ।

आरके श्रीवास्तव,राैतहट,१४ गते असार ।
स्वास्थ्यको क्षेत्रमा प्राविधिक काम गरेको भन्दै एक कर्मचारीलाई मधेश प्रदेशको स्वास्थ्य मन्त्री तथा स्वास्थ्य राज्यमन्त्रीले सम्मानित गरेका छन् । रौतहट जिल्लालाई पूर्ण खोप घोषणा गराउनको लागि खोप राखिने फ्रिजको मर्मत तथा सम्भार गर्ने काममा अत्यन्त महत्वपूर्ण योगदान दिएको भन्दै मधेश प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा प्राविधिकलाई सम्मानित गरिएको हो ।
सम्मानित हुनेमा रौतहटको कटहरिया नगरपालिकामा कार्यरत सिअहेव मदनप्रसाद यादव रहेका छन् । यादवले प्रदेशको आठओटै जिल्लाका सम्पूर्ण पालिकाको फ्रिज मर्मत गर्दै आएका थिए । यादवले कोल्ड चैन इकुपमेन्ट तालिम लिएर फ्रिज मर्मत गर्ने काममा सक्रिय भएका थिए ।


प्राविधिक क्षेत्रमा महत्वपूर्ण काम गरेको भन्दै मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन सिंह र स्वास्थ्य राज्यमन्त्री केशव रायले जनकपुरस्थित मसला कटेजमा आयोजित कार्यक्रममा सम्मानित गरेका हुन् । सम्मानित भएपछि यादवले आफू गौरवान्वित भएको प्रतिक्रिया दिएका छन् । आफ्नो जीवनको एउटा मुख्य उपलब्धि हो भन्दै प्राविधिक यादवले खुसी प्रकट गरेका छन् । साथै यस कार्यमा विशेष सहयोग गर्नु भएका कटहरिया नगरपालिकाका स्वास्थ्य शाखाका सह संयोजक दिनेश प्रसाद यादवलाई उनले धेरै धेरै धन्यवाद ज्ञापन गरेका छन् ।
यससँगै मधेश प्रदेश पूर्ण खोप घोषणा भएको छ ।

रौतहट,१२ गते असार । कटहरिया – रौतहटको कटहरियामा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आज देखि शिविर सुरु भएको हो । दुुइ दिन सम्म चलने प्रजनन स्वास्थ्य शिविरको पहिलो दिन उदघटान समारोह आयोजन गरिएको थियो । Open photoशिविर बुुधवार र विहिवार दुुइ दिन चल्नेछ । उदघाटन समारोह कार्यक्रमलाइ सम्बोधन गर्दै कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले रोग लाग्नुभन्दा अगाडी नै चेकजाँच गरि सुरक्षित रहनु स्वास्थ्यको लागि फाइदाजनक हुने भएकोले यो शिविरको आयोजन गरिएको बताए । यस बाट नगरभरिका महिलाहरु राम्ररी लाभान्वित हुनेछन् भने आफूलाइ पूर्ण विश्वास रहेको बताए । Open photoशिविरलाइ सफल पार्न सबैले सहयोग गर्नुुपर्नेमा जोड दिएका थिए । नगर प्रमुख जयसवालले नगरवासीको स्वास्थ्यको मध्यनजर गरि यो प्रजनन स्वास्थ्य शिविर आयोजन गरिएको उनको भनाइ थियो । कटहरिया नगरपालिकाको आयोजना र ए.डि.आर.ए बागमती सेवा समाज नेपालको आर्थिक सहयोगमा महिलाहरुको निम्ति प्रजनन रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर जारी रहेको छ । Open photoअसार १२ र १३ गते संचालित हुने उक्त शिविरमा कटहरिया नगरपालिकाका नगर प्रमुख जयसवाल सँगै वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो कोइरी,वडा नमबर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चौधरी,स्वास्थ्य संयोजक शंकर प्रसाद यादव,सह संयोजक दिनेश प्रसाद यादव,सबै स्वास्थ्य चौकीका इन्चार्ज,स्वास्थ्य स्वंयम्सेवीका लगायतका व्यक्तीहरु सहभागी थिए ।Open photo यस्तै स्त्रीरोग रोग विशेषज्ञ डा.निभुु साह, बागमती सेवा समाजका मनोपरामर्शदाता पुनम भट्टराइ,आडरा,बागमती सेवा समाज,कटहरिया पिएचसीका स्वास्थ्यकर्मीहको टिम लगायत सहभागी थिए । शिविरमा २५८ जना महिलाहरुलाई जाँच गरिएको थियो । जसमध्ये पाठेघर खसेको स्क्रिनिङ्ग १६८ जना लाइ गरियो जसमध्ये ६ जना पोजिटिभ देखिएको । भिआइए ८ जना,परिवार नियोजनको सेवा लिने ५४ जना रहेका थिए ।

राैतहट,११ गते असार । जनता आवास कार्यक्रमअन्तर्गत निर्माणाधीन घर तथा पुलको भुक्तानीका लागि पीडितहरु धरनामा बसेका छन् । रौतहटको मौलापुर नगरपालिकाका पीडितहरुले रकमको माग गर्दै धरनामा बसेका हुन् ।Open photo मौलापुर नगरपालिका ६ का लखिन्द्र यादवले प्रदेश सरकारको लापरवाहीका कारण निकै समस्या भएको बताएका छन् । प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण कार्य अधुरा राखी निर्माण कार्य बन्द गरेको तथा स्थानीय भकुवा खोलामा पुल निर्माण कार्यलाई वर्षौँदेखि रोकेको बताएका छन् । प्रदेश सरकारको कामले सयौँलाई घरमा बस्न समस्या भएको तथा दुई गाउँलाई आवतजावतमा पनि कठिनाइ भएको स्थानीयको भनाइ छ । स्थानीय संघर्ष समिति गठन गरी प्रदेश सरकारविरुद्ध धरना दिन सुरु गरेका छन् । अधुरा घरहरु निर्माण हुनुपर्ने, घरको भुक्तानी हुनुपर्ने तथा भकुवा खोलामा निर्माण अलपत्र पारिएको पुलको पनि निर्माण सम्पन्न गर्नुपर्ने माग राखी स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् ।Open photo स्थानीयवासीको माग जायज भएकोले आफूहरुले ऐक्यबद्धता जनाउँदै धरनालाई समर्थन गरेको आम जनता पार्टी (आजपा) का महासचिव अमर साहले बताएका छन् । गरिबहरुको घरमा बस्न पाउनुपर्ने अधिकारलाई प्रदेश सरकारले कुन्ठित पारेको आरोप आजपा महासचिव साहको रहेको छ । भकुवा नदीमा करिब दश वर्ष पहिले निर्माण सुरु भएको तर आधा निर्माण भएपछि रोकिएको बताउँदै लखिन्द्र यादवले पुलको निर्माणको लागि विभिन्न कार्यालयमा पटक पटक धाएको भए पनि कतैबाट कुनै सुनुवाई नभएको बताउँछन् ।Open photo पूर्वाधार कार्यालय, जिल्ला समन्वय समिति लगायत विभिन्न कार्यालयहरुमा बारम्बार धाएर पनि कुनै प्रगति नभएको, पहिले नै पटक पटक काम सम्पन्न गर्न ज्ञापनपत्र बुझाइसकेको भए पनि कुनै प्रगति नहुँदा बाध्य भएर आन्दोलन गर्नु परेको यादव बताउँछन् ।

राैतहट,१० गते असार । रौतहटको मौलापुर नगरपालिकाले छोटो समयमा अभुतपूर्व प्रगति गरेको पूर्वमन्त्री प्रभु साहले बताएका छन् । मौलापुर नगरपालिकाको नगरसभाको सोमवार उद्घाटन गर्दै आम जनता पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका संघीय साँसद साहले गएको सात वर्षमा मौलापुर नगरपालिकाले गरेको प्रगति अन्य पालिकाको तुलनामा निकै बढी रहेको बताएका छन् । Open photoनगरबासीसित कुनै पनि किसिमको कर नलिने गरेको मौलापुर नगरपालिकाले सबै नागरिकलाई बिजुली, पानी तथा अन्य सुविधा निशुल्क दिने गरेको छ । भौतिक विकासको क्षेत्रमा गत सात वर्षमा अभूतपूर्व प्रगति गरेकोमा पूर्वमन्त्री साहले नगरप्रमुख रिनाकुमारी साहको प्रशंसा पनि गरेका छन् ।Open photo नगरसभाका सम्पूर्ण सदस्यहरु एकजुट भएर विकासको काममा निरन्तर जुटिरहेको बताउँदै नगरपालिकाको विकासको चर्चा देशभरमा भइरहेको बताएका छन् । जनताको हातमा नगरको पैसा शिक्षा, बिजुली, स्वास्थ्य तथा पानीमार्फत सोझै हातमा गइरहेको बताउँदै जिल्लाको सबैभन्दा कम बजेटमा पालिकाले गरेको प्रगति अत्यन्त खुसी लाग्ने किसिमको भएको बताएका छन् । मौलापुरको विकास मोडेलबाट देशका अन्य जागरुक पालिकाहरुले सिकिरहेको स्पष्ट पारेका छन् । मौलापुर नगरपालिकाले अनेक चुनौतीको सामना गर्दै गरिरहेको प्रगति गौरवपूर्ण रहेको बताएका छन् । सरकारको अर्थनीति विभेदपूर्ण रहेको पनि साहको आरोप रहेको छ । केन्द्र सरकारले शिक्षक दरबन्दी, बैकको लगानी तथा अन्य क्षेत्रमा पनि विभेद गरिरहेको आरोप पनि साहले लगाएका छन् । Open photoकेही विकास विरोधीहरुले ट्रान्सफर्मर चोरी गरेको, विद्यालयको सामग्री तोडफोड गर्ने गरेको, जनप्रतिनिधिबिच फुट ल्याउन खोजेको तथा विकासको काममा अवरोध गर्न खोजेको बताएका छन् । मधेश प्रदेशमा लगातार दुई कार्यकाल नगरप्रमुखमा निर्वाचित भएकी नगरप्रमुख रिनाकुमारी साहले नगरपालिकाको नागरिकलाई अनेक सुविधा दिदै आएकी छन् । साहको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख नागेन्द्र राय यादवले ३९ करोडको आय व्यय प्रस्तुत गरेका छन् । मौलापुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारमा जोड दिएको छ । Open photoविद्यालय भवनहरुको निर्माण तथा शिक्षक दरबन्दीसमेतमा नगरपालिकाले ठुलो बजेट खर्च गर्दै आएको छ । सम्पूर्ण बजेटको करिब ४२ प्रतिशत शिक्षामा लगानी गर्दै आएको मौलापुर नगरपालिकाले हरेक वर्ष पुरातात्विक महादेव मन्दिरको प्रचारप्रसारमा पनि ठुलो खर्च गर्ने गरेको छ । हरेक वर्ष पुरातात्विक महादेव मन्दिरमा लाखौँ दर्शनार्थी आउने गरेका छन् । नगरपालिकाले आगामी आर्थिक वर्षको लागि सन्तुलित बजेट ल्याएको भन्दै विभिन्न वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले प्रशंसा गरेका छन् ।

रौतहट । रौतहटको मौलापुर नगरपालिकाको आठौं बजेट अधिवेशन सोमवार एक समारोहका बिच सम्पन्न भएको छ।

आमजनता पार्टीका अध्यक्ष संघीय सांसद प्रभु साहको प्रमुख आतिथ्यमा सर्वसम्मत ढंगले सम्पन्न नगरसभाले विभिन्न लोकप्रिय कार्यक्रम सहित कुल ३९ करोड़को बजेट घोषणा गरिएकोछ ।

कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरले लिएको ‘शुन्य कर नीति’ को सर्वत्र सराहना भईरहेको बताएका थिए । ‘बिजुली- पानी निःशुल्क, गरिब दलितलाई एकीकृत आवास, छोरीसँग मेयर कार्यक्रममा जनही ३० हजार रुपैया सहयोग, निःशुल्क प्राविधिक शिक्षा जस्ता कार्यक्रमहरुले मौलापुरको ग़ौरब बढ़ाएको उनले  बताए ।

त्यस्तै सभाले धुँवा चूल्हों मुक्त अभियान गरी कच्ची सडकमुक्त अभियान र झुपड़ी मुक्त अभियान अगाड़ी बढ़ाउने घोषणा गरिएकोछ । यसरी जनता केन्द्रित बजेट ल्याएकोमा मौलापुरको सर्वत्र सराहना भईरहेकोछ । देशका विभिन्न स्थानीय तहमा बजेटका विषयमा जनप्रतिनिधिहरुबीच विवाद भइरहेको बेला मौलापुरले भने सर्वसम्मत ढंगले नगरसभा सम्पन्न गरेकोमा उनले सम्पूर्ण जनप्रतिनिधि सहित नगरप्रमुखलाई धन्यवाद दिएका थिए।  उनले मौलापुरले “ शून्य कर नीति” तथा “फ्री बिज़ूली फ्री पानी”को निरन्तरता सहित विभिन्न लोकप्रिय कार्यक्रमहरु घोषणा गरेको बताएका थिए  ।

उनले संघ र प्रदेश सरकारले जिम्मा लिएका जनता आवास, शिक्षा स्वास्थ्य, नदी नियन्त्रण तथा सिचाई सम्बन्धी काम पूरा नगर्दा नगरपालिकाले अनावश्यक आर्थिकभार बहन गर्नुपरेको गुनासो गरेका थिए।मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह र प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले संयुक्त रूपमा प्रस्तुत गरेको बजेटमा यस आर्थिक वर्षमा सहरी पूर्वाधार तथा भवन, सडक पुल, सिचाई, नदी नियन्त्रण, फ्री वाईफाईको कार्यक्रम थप प्रभावकारी बनाउने, सञ्चार, ऊर्जा, सामाजिक विकास तर्फ शिक्षा युवा, खेलकुद, स्वास्थ, खानेपानी, सरसफाई, सामाजिक न्याय, कृषी, पशु पंक्षी, मतस्य, भुमि ब्यवस्था सहकारी, पर्यटन तथा संस्कृति उद्योग बाणिज्य बितिय, बातावरण व्यवस्थापनलाई प्राथमिकतासाथ समेटिएको छ। कार्यक्रममा विशिष्ट अतिथि पूर्व सांसद समिना हुसैन, उपमेयर नागेन्द्र यादव, मालपोत कार्यालयका प्रमुख बबुनन्दन साह, नापी कार्यालयका प्रमुख समसुल हक अन्सारी, लगायतले मौलापुरले लिएको शून्य निति तथा जनमुखी कार्यक्रमको सराहना गरेका थिए ।न्युज कारखाना

रौतहट,०७ गते असार । रौतहट कटहरिया नगरपालिकामा आज हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर १ मा रहेको श्री माध्यमिक बिधालय भसेढवामा प्रतियोगिता आयोजन गरिएको थियो । वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाको अध्यक्षतामा कार्यक्रम भएको थियो । Open photoशुक्रवार कटहरिया नगरपालिका वडा नम्बर ४ को आयोजनामा भएको सो प्रतियोगितामा नगर भरिको ५ वटा मावि सामुदायिक बिधालयको सहभागिता रहेको थियो । बिधालयको तर्फ बाट ४/४ जना बिधार्थी प्रतियोगीहरु सहभागी रहेका थिए । Open photoसो हाजिर जवाफ प्रतियोगितामा श्री जनता मावि कटहरिया प्रथम,श्री मावि भसेढवा द्धितिय र श्री मावि बलिरामपुर तृतिय भएको थियो ।Open photo उनीहरु तिनै बिधालयलाइ पुुरस्कार स्वरुप कपि,कलम, साइन्टिफिक कैलकुलेटर, औजार बकस प्रदान गरिएको थियो ।Open photo यस्तै श्री मावि जमुनिया र श्री मावि बगहीलाइ सान्तवना पुुरस्कार दिइएको थियो । सान्तवना पुरस्कार स्वरुप कपि, कलम र औजार बक्स सहभागी चारै जनालाइ दिइएको थियो । Open photoविधार्थीहरुको चौतर्फी विकासका गर्ने उदेश्यले कार्यक्रम आयोजन गरिएको वडा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन् । बिद्यार्थीहरुको उच्च मनोबल बढाउन आफूले सधै यस्ता कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए ।Open photo कार्यक्रममा सहभागी मध्ये बाट वक्ताहरु श्री मावि भसेढवाका प्रअ राममंगल यादव,श्री जनता मावि कटहरियाका प्रअ सचिन्द्र यादव र श्री मावि बगहीका प्रअ सरोज कुमार साहले धेरै राम्रो कार्यक्रम आयोजन गरेकोमा वडा अध्यक्ष कुशवाहालाइ धन्यवाद ज्ञापन गरेका थिए । Open photoकार्यक्रममा बोल्दै वडा अध्यक्ष कुशवाहाले कटहरिया नगरपालिकामा बुुक फ्रि फ्राइडे बनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बिधालयका शिक्षक प्रतिनिधीहरु १० जना लाइ दोसल्ला ओढाएर वडा अध्यक्ष कुशवाहाले सम्मान गरेका थिए ।Open photo सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथी कटहरिया नगरपालिकाकी उप प्रमुख रिता देवी यादव,श्री मावि भसेढवाका विव्यस अध्यक्ष हरिलाल यादव,पूर्व सभापती रामएकवाल यादव,वडा प्रत्यासी दिपलाल यादव,पूर्व वडा अध्यक्षमा राजकुमार साह ,स्थानिय रामविर ठाकुर लगायत स्थानिय भद्रभलादमी,अभिभावक,शिक्षक शिक्षिका,बिधार्थीहरुको सहभागिता रहेको कार्यक्रमका सञ्चालक श्री मावि कटहरियाका नेपाली शिक्षक अचल शाहीले जानकारी गराएका हुन् । पछिल्लो समय मधेसकाे सान गमछाले सम्मान गर्ने क्रम बढेसँगै उक्त कार्यक्रममा अतिथिहरू करिब ७० जनालाई गमछा ओढाएर सम्मान गरिएको थियोे ।

रौतहट,०६ गते असार । रौतहट–रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ को कार्यालयले पूर्णअपाङ्ग भएका व्यक्तीहरुलाइ सम्मान गर्नुका साथै खेलाडीहरूलाई खेलकुद सामाग्री वितरण गरेको छ । Open photoआज एक कार्यक्रमका बिच सो वडाका वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले पूर्णअपाङ्ग भएका व्यक्तीहरुलाइ सम्मान गर्नुुका साथै खेलाडीहरुलाइ खेलकुद सामाग्री दिएका हुन् ।Open photo छुुट्टाछुुट्टै कार्यक्रम आयोजन गरि उनले सम्मान र खेलकुद सामाग्री दिएका हुन् । सो वडामा रहेको एक दर्जन पूर्णअपाङ्ग भएका व्यक्तीहरुलाइ दोसल्ला ओढाएर सम्मान गरिएको हो । Open photoआफूहरु सम्मानित हुन पाउँदा उनीहरुले हर्षित हुँदै वडा अध्यक्ष लाइ धन्यवाद ज्ञापन गरेका हुन् । Open photoत्यस्तै खेलाडीहरुको मनोबल बढाउन उनले वडा भरिमा रहेको सिनियर र जुनियर गरि ८ वटा टिमलाइ वडा अधयक्ष कुुशवाहाले क्रिकेट सामाग्री प्रदान गरेका हुन् । Open photoकटहरिया क्रिकेट टिमका कप्तान संजिप ठकुरीको अध्यक्षतामा वडा स्तरीय बजेटबाट सो वडाका खेलाडीहरूलाई कार्यालयले ब्याड,बल,विकेट, ग्लभ्स, लगायतका सामाग्री वितरण गरिएको हो । Open photoवडा लाइ दिइने कम बजेट बाट पनि आम सर्वसाधारणको मन जित्ने खालको कार्यक्रमहरु ल्याएर वडा अध्यक्ष कुशवाहा चर्चा बटुल्न सफल भएका छन् । Open photoउनले ९९ हजार रुपैयाँ बराबरको वडा स्तरीय बजेट बाट ति समाग्रीहरु खरिद गरेर वितरण गरेका हुन् । यसैगरि फुुटबल खेलाडीका लागि पनि उनले बाल उपलब्ध गराएका हुन् ।Open photo कार्यक्रमलाइ सम्बोधन गर्दै वडाध्यक्ष कुशवाहाले वडाभित्र खेलको विकासका लागि आफनो निरन्तर सहयोग रहने बताए । Open photoकार्यक्रममा बोल्दै वडा सचिव छोटेलाल मिश्राले स्थानिय सरकार आएपछि खेलाडीहरुलाइ खेलकुुद सामाग्री पाउन सहज भएको बताए । Open photoयता वडा सदस्य रामइश्वर राय यादवले खेलकुद सामाग्री पाएपछि राम्रो सँग खेल्न र वडाको नाम रौशन गर्न खेलाडीहरुलाइ अनुरोध गरेका थिए । Open photoसो अवसरमा स्थानिय बिनोद साह,आशमहम्द,यूवा नेता दिपक दुुब्बे,शिक्षक अचल शाही,गणेश साह कलवार लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।