राैतहट,३१ गते असार ।
राैतहट,३० गते असार । माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ ।
रौतहटको कटहरिया नगरपालिका भरीमा सञ्चालित सामुदायिक बिधालयहरु मध्ये बाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाइ सम्मान तथा पुरस्कार वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले आज एक कार्यक्रमका बिच ३.६० जिपिए भन्दा माथि जिपिए ल्याउने बिधार्थीहरुलाइ सम्मान गर्नु भएको हो ।
आइतवार सम्मान तथा पुरस्कार पाउनेमा ४ जना छात्र र १ जना छात्रा रहेका छन् । कटहरिया नगरपालिका भरिको सामुदायिक बिधालयहरु मध्ये बाट उत्कृष्ट अंक ल्याउनेहरु अनिरुद्ध यादव,धर्मेन्द्र यादव,मधु शाह,बादशाह कुशवाहा र सन्धया कुुमारी कुशवाहा रहेका छन् ।
उनीहरुलाइ वडा अध्यक्ष कुशवाहाले स्कूल ब्याग,कलम र डायरी उपलब्ध गराइएको छ । भने खादा ओढाएर सम्मान पनि गरिएको छ ।
बिधार्थीहरुको मनोबल उच्च बनाउने अभिप्रायले यस वर्ष देखि वडा अध्यक्ष कुशवाहाले एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गर्ने थालनी गरेका छन् ।
कार्यक्रममा वडा अध्यक्ष कुशवाहाले विद्यार्थीले प्राप्त गरेका सफलता परिवार, आफन्त, समाज, जिल्ला र राष्ट्रको नै भएको भन्दै भोलीको पुस्ताको असल नेतृत्व गर्न सक्ने बन्न सक्नुपर्ने तर्क गरे ।
उनले भने बिधार्थीहरुलाइ प्रदान गरिएको स्कूल ब्याग मात्र नभइ समाजको भरोसा,बुवा आमाको आशा,गुरुहरुको मिहिनेत र परिश्रमको फल रहेकोले यो उपलब्धीलाइ निरन्तरता दिन आग्रह गर्दै उज्जवल भविष्यको कामना गर्नुु भयो ।
यस वर्ष रौतहट जिल्लाभरी बाट ३.६० देखि ४ जिपिए ल्याउनेको संख्या ६ सय ५८ रहेको जिल्ला शिक्ष समन्वय इकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंहले जानकारी गराएका हुुन् ।
राैतहट,३० गते असार । माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ ।
रौतहटको कटहरिया नगरपालिका भरीमा सञ्चालित सामुदायिक बिधालयहरु मध्ये बाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाइ सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।
सो नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले आज एक कार्यक्रमका बिच ३.६० जिपिए भन्दा माथि जिपिए ल्याउने बिधार्थीहरुलाइ सम्मान गर्नु भएको हो । आइतवार सम्मान तथा पुरस्कार पाउनेमा ४ जना छात्र र १ जना छात्रा रहेका छन् ।
कटहरिया नगरपालिका भरिको सामुदायिक बिधालयहरु मध्ये बाट उत्कृष्ट अंक ल्याउनेहरु अनिरुद्ध यादव,धर्मेन्द्र यादव,मधु शाह,बादशाह कुशवाहा र सन्धया कुुमारी कुशवाहा रहेका छन् ।
उनीहरुलाइ वडा अध्यक्ष कुशवाहाले स्कूल ब्याग,कलम र डायरी उपलब्ध गराइएको छ । भने खादा ओढाएर सम्मान पनि गरिएको छ ।
बिधार्थीहरुको मनोबल उच्च बनाउने अभिप्रायले यस वर्ष देखि वडा अध्यक्ष कुशवाहाले एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गर्ने थालनी गरेका छन् । कार्यक्रममा वडा अध्यक्ष कुशवाहाले विद्यार्थीले प्राप्त गरेका सफलता परिवार, आफन्त, समाज, जिल्ला र राष्ट्रको नै भएको भन्दै भोलीको पुस्ताको असल नेतृत्व गर्न सक्ने बन्न सक्नुपर्ने तर्क गरे ।
उनले भने बिधार्थीहरुलाइ प्रदान गरिएको स्कूल ब्याग मात्र नभइ समाजको भरोसा,बुवा आमाको आशा,गुरुहरुको मिहिनेत र परिश्रमको फल रहेकोले यो उपलब्धीलाइ निरन्तरता दिन आग्रह गर्दै उज्जवल भविष्यको कामना गर्नुु भयो । यस वर्ष रौतहट जिल्लाभरी बाट ३.६० देखि ४ जिपिए ल्याउनेको संख्या ६ सय ५८ रहेको जिल्ला शिक्ष समन्वय इकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंहले जानकारी गराएका हुुन् ।
राैतहट,२९ गते असार । मधेश प्रदेशमा पनि आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती मनाइएको छ । मधेश प्रदेश आर्थिक नगरी रुपमा प्रख्यात् विरगंज स्थित होटेल मकालुमा आज नारायणी वाङ्गमय कृति पुुरस्कार वितरण तथा कविता वाचन कार्यत्रलम आयोजन गरिएको थियो ।
नेपाली साहित्यका आदिकवि आचार्यको जन्मजयन्तीमा नारायणी वाङ्गमय प्रतिष्ठानको आयोजनाम सो कार्यक्रमको आयोजन गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष डा.विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रध्यापक केशव सुुवेदी रहनुभएको थियो ।
गिता भण्डारीले सञ्चालन गरेको कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अस्कले लेख्नुु भएको कालो गुुलाफ कृति लाइ उत्कृष्ट छनौट गरि पुुरस्कृत पनि गरिएको छ ।
अस्कलाइ नगद २५ हजार रुपैयाँ नगद राशी सहित सम्मानपत्रका साथ दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा आदिकवी भानुभक्तको तस्बिरमा माल्यापर्ण तथा दिप प्रज्जवलन गरि कार्यक्रम उद्धघाटन गरिएको थियो । कार्यक्रममा कविता खडकाले स्वागत मन्तव्य राखेकी थिइन् ।
आरके श्रीवास्तव, राैतहट,२८ गते असार । केही दिनदेखि हरेक दिन पानी परिरहेको छ । वर्षाको प्रवृत्ति कस्तो रहेको छ भने चार पाँच घन्टा पानी पर्छ र रोकिन्छ । चार पाँच घन्टा पानी पर्दा पनि केही बेर मात्र हो भारी वर्षा हुने, हैन भने सामान्य वर्षा हुने र सिमसिम पानी परिरहने देखिएको छ । यसले गर्दा रौतहटका खोलाहरु मुख्य रुपमा बागमती, बकैया तथा लमाहामा बाढी त आएको छ तर खोलाको पानीले खोलाको किनारलाई नाघेको छैन ।
मुख्य गरी पहाड र उत्तरी क्षेत्रको जंगलमा परेको पानीले खोलाको सतह बढाएको हो । वर्षाको पानी यति धेरै भइसकेको छ कि खेतमा रोपाईँ गर्न सजिलो होओस् । गैरी खेतहरुमा पानी भरिएको छ तर सबै ठाउँमा रोपाइँको लागि उपयुक्त पानी परिसकेको छैन । खोलामा बाढी आइसकेकोले खोलाको किनारमा रहेका गाउँमा बासिन्दाहरुलाई भने निकै डर लाग्न थालेको छ ।
खोलाको बाढीले किनारको कटान सुरु गरिसकेकोले किनारका बासिन्दाहरुलाई डर लाग्न थालेको हो । बकैया नदीको तटबन्धमा बाढीको पानीको धक्का दिन थालेको छ । बाढीले नदीको किनारलाई काट्दै जाँदा तटबन्ध चर्किन थालेको छ ।
तटबन्धलाई बाढीले काटेर लगेपछि गाउँमा बाढीको पानी पस्ने र त्यसले ठूलो क्षति पु¥याउने त्रास मौलापुर र बौद्धिमाई नगरपालिकामा व्याप्त रहेको छ । निरन्तर परिरहेको पानीले खोलामा जसरी बाढीको संकेत गर्दछ, स्थानीयबासीलाई बाढीजन्य क्षतिको त्रासले सताउन सुरु गर्दछ ।
मध्यरौतहटको पश्चिमी रौतहटसित लाइफलाइन बनिसकेको मौलापुरस्थित बकैया नदीको पुल पनि चर्केको देखेर स्थानीय त्रसित बनेका छन् । बिचैमा चर्केको पुलको माथिल्लो भाग चर्केको हो कि तलसम्म चर्केको हो ? प्राविधिक जाँच हुनु जरुरी भएको स्थानीयको भनाइ छ । पुलको अर्धपश्चिमी भागमा चिरा परेको देखिएको छ । तटबन्ध र पुल दुवैमा चिरा परेको देखिएपछि स्थानीयमा गत वर्षहरुको भन्दा बढी त्रास देखिएको छ । पहिलोपटक पुलमा पनि चिरा देखिएको हो ।
वर्षाको सुरुमै समस्या देखा परेपछि सम्बन्धित निकायको ध्यान जानुपर्ने स्थानीयवासीको माग रहेको छ । पुल र बाँधको निर्माण तथा मरम्मत र यिनीहरुको प्राविधिक पक्षसित सरोकार राख्ने निकायले उचित समयमा ध्यान दिएर मरम्मतको तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको आग्रह रहेको छ । बकैया नदीको तटबन्धमा चिरा परेपछि रौतहटको सुरक्षा निकायको पनि ध्यान तानिएको छ । मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहसहितको टोलीले स्थलगत निरीक्षण गरिसकेको छ । स्थलगत निरीक्षण गर्दा समस्या तत्काल समाधान गर्नुपर्ने देखिएको नगर प्रमुख साहको भनाइ छ ।
नदीमा बाढी बढिरहेको र तटबन्धलाई नोक्सानी पु¥याइरहेकोले सम्भव भएसम्म छिटो मरम्मत गर्नुपर्ने साहको माग पनि रहेको छ । तटबन्धको मरम्मत नगरपालिकाको क्षमता र क्षेत्र दुवै भन्दा माथि रहेकोले यथाशीघ्र बलियो मरम्मतको काम गर्नुपर्ने स्थानीयको माग छ । साथै तटबन्धतिर खोला फर्किरहेकोले खोलाको तीव्र बहाव भएको ठाउँमा बलियो संरचना निर्माण गर्नुपर्ने माग पनि स्थानीयबासीको रहेको छ । विगतका वर्षहरुको भन्दा केही पहिले वर्षा भइरहेको तथा गत वर्षहरुभन्दा बढी वर्षा हुने चेतावनी आइरहेकोले स्थानीयहरुमा अझ बढी त्रास देखिएको हो । तटबन्धको कटान हुँदा दर्जनौँ गाउँमा समस्या पर्ने भएकोले स्थानीयमा त्रास देखिएको हो ।
राैतहट,२६ गते असार । मौलापुर नगरपालिकाले “हमर नगर हरित शहर” भन्ने अभियान तिव्र रूपमा चलाइरहेको छ । आज साे अभियानमा संघिय सांसद एवम् आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि सहभागी हुँदै बिरुवा राेपेका छन् । आज माैलापुरकाे आईटि चाैक लगायतका ठाउँहरूमा बिरुवा राेपिएकाे हाे । यस अघि माैलापुर नगरपालिकाकाे वडा नम्बर १ मा रहेको एकीकृत नमूना दलित बस्ती लगायतका ठाउँहरूमा वृक्षारोपण भईसकेकाे छ । माैलापुर नगरपालिकाकाे सहभागीता तथा डिभिजन वन कार्यालय राैतहटकाे सहयोगमा ती विरूवाहरू राेपिने काम भईरहेकाे छ । वृक्षारोपण कार्यक्रम पछि बाेल्दै सांसद प्रभु साहले मौलापुर नगरपालिकाको “हमर नगर हरित शहर” को संकल्प छिटै पुरा हुने भन्दै शुभकामना व्यक्त गरेका थिए । मौलापुर नगरपालिकालाई हराभरा बनाउने अभियान अन्तर्गत अहिले विरूवाहरू राेपने काम भईरहेकाे मेयर साहकाे भनाइ छ । बुधबार विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका हुन् । यो अभियानअन्तर्गत नगरभरी बिरुवा रोपिने उनले बताए । कार्यक्रमअन्तर्गत नगरका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था लगायतका सरकारी निकायका साथै बजार र मुख्य सडकमा बृहत वृक्षारोपन गरिने बताइएको छ । यसले नगरपालिका छिटै नै ग्रीन सिटी बन्ने विश्वास लिइएको छ । वृक्षरोपण कार्यक्रमकाे अवसरमा डिभिजन वन कार्यालयका अधिकृत राजेश साह,वडा अनिरूद्व प्रसाद यादव उर्फ संजय,आजपा नेता त्रिभुवन साह,आम बिधार्थी माेर्चाका अध्यक्ष विवेक साह लगायतका व्यक्तिहरूकाे सहभागीता रहेको थियोे ।
राैतहट,२५ गते । कतैको सहयोग बिना आफ्नै तरिकाले कुस्तीको अभ्यास गर्ने रौतहटका युवाहरुको समूहमध्ये एकै गाउँका चार जनाले पदक ल्याएका छन् ।
हालै सम्पन्न मधेश प्रदेशस्तरीय कुस्ती प्रतियोगितामा रौतहटमा आएको ६ पदकमध्ये एकै टोलमा चारओटा पदक भित्रिएको छ । रौतहटको गरुडा नगरपालिका ५ लक्ष्मीपुर टोलका चार जना कुस्ती खेलाडीले एकैपटक चारओटा पदक जित्दै इतिहास रचेका छन् ।
कुस्ती खेलाडीहरुले एउटा रजत पदक र तीनओटा काँस्य पदक जितेका हुन् । पदक विजेतामध्ये दुई जना साख्खै दाजुभाइ हुन् । एकै दिन जन्मेका जुम्ल्याहा दाजुभाइले प्रदेशस्तरीय कुस्ती प्रतियोगितामा दोस्रो र तेस्रो स्थान ग्रहण गरेपछि अहिले जिल्लामा चर्चाको विषय बनेको छ ।
कुस्ती प्रतियोगितामा लागेपछि पहिले जिल्लास्तरीय विभिन्न प्रतियोगितामा सहभागी हुँदै पुरस्कृत र सम्मानित हुँदै गएपछि हौसला बढेको र अहिले प्रदेशस्तरीय प्रतियोगितामा पदक जितेर आएपछि थप जिम्मेवारी बढेको अनुभव भएको विजेताहरुले बताएका छन् । ५७ केजी समूहमा रजत पदक विजेता कृष्णनन्दन यादवले अब आफूले राष्ट्रियस्तरको प्रतियोगिताको तयारी गर्नु परेको तर कुनै पनि सुविधा नभएको गुनासो गरेका छन् ।
कुस्ती खेलाडी यादव भन्छन् – कुस्तीको पोसाक छैन, खेल्ने पिच अर्थात् अखाडा छैन, कुनै कोच पनि छैनन् । बिना सुविधा एकापसमा अभ्यास गरेर कुस्तीको तयारी गर्नु परिरहेको रजत विजेता यादव बताउँछन् । ६५ केजी समूहमा प्रदेशमा तेस्रो स्थान प्राप्त गरेका शिवनन्दन यादवले पनि उही पीडा दोहो¥याउँछन् । कहीँ कतैबाट कुनै किसिमको सुविधा र सहयोग नभए पनि आफूहरुले बिहान दुई घन्टा अभ्यास गर्ने गरेको भरमा प्रदेशस्तरीय प्रतियोगितामा जिल्लाको मान राखेको बताउँछन् । कुस्ती खेलाडी यादवको भनाइ छ – कम्तीमा सकारात्मक वातावरण भइदिए राम्रो हुन्थ्यो । मधेशको कुस्तीमा पहिचान कायम गरेका कृष्णन्दन र शिवनन्दन जुम्ल्याहा हुन् । दाजुभाइ कृषि पेसामा आबद्ध छन् । गरुडा चोकमा पसल पनि संचालन गरेका छन् । बिहान दुई घन्टा कुस्ती अभ्यास गर्न थालेको चार वर्ष मात्र भएको छ ।
चार वर्षको अभ्यासमा जिल्ला र प्रदेशमा कुस्तीको क्षेत्रमा पहिचान स्थापित भएपछि दाजुभाइ भन्छन् – अब कुस्तीमै आफूहरुलाई झन् लाग्नु परेको छ । ९७ केजी समूहमा काँस्य पदक विजेता होसनारायण यादव र ८६ केजी समूहमा काँस्य पदक विजेता उमाशंकर यादव पनि लक्ष्मीपुर टोलकै छन् । सबै जना झाँझपुल चोकभन्दा केही उत्तरमा रहेको जल्फामाई मन्दिरको छेउमा अखाडा बनाई कुस्तीको अभ्यास गर्दै आएका छन् । निकै गर्मी चर्केपछि अखाडामा कोही पनि आउँदैनन् । अहिले अखाडामा दुई फिटसम्मको घाँस उब्जिइसकेको छ तर सबै जना एकै स्वरमा भन्छन् – खेतको रोपाइँ सकिनासाथ हामी अखाडालाई राम्रोसित बनाएर राष्ट्रियस्तरको कुस्ती प्रतियोगिताको अभ्यास गर्ने छौँ ।
कुस्ती प्रतियोगिताको क्षेत्रमा रौतहटले निकै प्रगति गर्न सक्ने सम्भावना रहेको छ । कुस्ती खेलको लागि स्थानीय सरकारले कुस्ती खेलका लागि कम्तीमा आधारभूत आवश्यकता पूरा गरी बाहै्र महिना अभ्यास गर्न सकिने वातावरण बनाइदिए राम्रो हुने अपेक्षा खेलाडीहरुको रहेको छ । तराई मधेशमा निकै लोकप्रिय रहेको कुस्ती खेलमा रौतहटले पुनः वर्चस्व जमाउने आशा जागेको खेलाडीहरुको भनाइ रहेको छ ।
राैतहट,२३ गते । मौलापुर नगरपालिकाले “हमर नगर हरित शहर” भन्ने अभियान अन्तर्गत आज मर्यादपुरमा व्यापक बृक्षारोपण गरेको छ । साे नगरपालिकाकाे वडा नम्बर १ मा रहेको एकीकृत नमूना दलित बस्ती लगायतका ठाउँहरूमा नगर प्रमुख रिना कुमारी साहले वृक्षारोपण गरेकी हुन् । मौलापुरलाई हराभरा बनाउने अभियान अन्तर्गत अहिले विरूवाहरू राेपने काम भईरहेकाे मेयर साहकाे भनाइ छ ।
केही अघि संघिय सांसद एवम् आजपा अध्यक्ष प्रभु साहले वृक्षारोपण गरी सो अभियानलाई शुभारम्भ गरेका थिए ।
दलित बस्ती सहित मावि मर्यादपुर सहितका ठाउँहरूमा विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका हुन् । यो अभियानअन्तर्गत नगरभरी बिरुवा रोपिने उनले बताए ।
कार्यक्रमअन्तर्गत नगरका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था लगायतका सरकारी निकायका साथै बजार र मुख्य सडकमा बृहत वृक्षारोपन गरिने बताइएको छ । यसले नगरपालिका छिटै नै ग्रीन सिटी बन्ने विश्वास लिइएको छ ।
वृक्षरोपण कार्यक्रमकाे अवसरमा माैलापुर नगरपालिकाका उपमेयर नागेन्द्र यादव,आम बिधार्थी माेर्चाका अध्यक्ष विवेक साह,स्थानीय यूवा नेता बालाशंकर कुशवाहा लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियोे ।
रौतहट,२१ गते असार । श्री जनता माध्यमिक बिधालयका शिक्षकहरुले कैजुअल नयाँ पोशाक पाएका हुन् । गर्मी बाट राहत पाउने उदेश्यले कैजुुअल पोशाकको रुपमा एक एक थान टिसर्ट पाएका हुन् । बिधालयमा अध्यापन गराउने ४७ जना शिक्षक,शिक्षिकाहरुले टिसर्ट दिइएको बिधालयका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले जानकारी गराएका हुन् । सो पोशाकलाइ शिक्षकहरुले हप्तामा दुुइ दिन मंगलवार र शुक्रवार लगाउने उनले बताए । बिधालयले आफनो निजी स्रोत बाट शिक्षकहरुको माग अनुसार नै उक्त पोशाक उपलब्ध गराइएको प्रअ यादवको भनाइ छ । उनका अनुसार सधैं एउटै पोशाक लगाउँदा दिक्क लाग्ने गरेकोले अलि नयाँपन ल्याउन उक्त पोशाक वितरण गरिएको बताए । शिक्षकहरुले टिसर्ट पाएपछि हर्षित हुुँदै प्रधानाध्यापक यादव धन्यवाद ज्ञापन गरेका हुन् । श्री जनता मावि कटहरियाले थालनी गरेको यो कार्य सराहनीय रहेकोले अन्य बिधालयले पनि लागुु गर्नुुपर्नेमा शिक्षा विद्धहरुको जोड रहेको छ ।
राैतहट,१८ गते असार । राैतहटकाे माैलापुर नगरपालिकाकाे नगर सभाबाट विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् । संघिय सांसद एवम् आम जनता पार्टीका अध्यक्ष प्रभु साहले एक कार्यक्रमका बिच सम्मान गर्नु भएको छ ।
नगर सभाबाट सम्मानित हुने व्यक्तित्वहरुमा श्री मा वि पथराबुधराम बाट ३.८९ जिपिए ल्याएकी अंकिता कुमारी,
श्री जनता मा वि साेनरनियाबाट ३.७० जिपिए ल्याएका निरन्जन कुमार साह,९० प्रतिशत रिज्ल्ट ल्याएका उत्कृष्ट विद्यालय मा वि गम्हरिया,८९.४७ प्रतिशत ल्याउने श्री लक्ष्मीमिया मा वि,
८० प्रतिशत रिजल्ट ल्याउने मा वि पथराबुधराम,६५.०४ प्रतिशत रिजल्ट ल्याउने श्री जनता मा वि,ब्रह्म्स्थन निर्माण उपभोक्ता समिति पतौरा,युवा प्रतिभा मन्नु पटवा,रेकर्डिङ स्टुडियो राकेश साह,बालकलाकार रोशनी यादव,मनिष सहनी र उत्कृष्ट कर्मचारी अच्छेलाल साहलाई सम्मान गरिएको माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिनु भयाे ।
मौलापुर नगरसभाद्वारा आयोजित बिशेष समारोह मार्फ़त विभिन्न क्षेत्रमा बिशेष योगदान गरेका व्यक्तिहरु खासगरि शिक्षा क्षेत्रमा हालै एसईई को रिजल्टमा मौलापुरको ७५% बिधार्थी उत्तिर्ण भएको सन्दर्भमा शिक्षक बर्ग
र उत्कृष्ट बिधार्थी तथा उपभोक्ता, कर्मचारी र कलाकारहरुलाई सम्मान सहित पूर्व मन्त्री साहले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियाे ।