बज्जिकाञ्चल संवाददाता,०१ गते माघ ।
आज देशैभरी माघे संक्रान्ति मनाउने क्रममा यहाँ पनि मनाइँदै । मदेश प्रदेशमा तिला संक्रान्त खिचडी पर्व रहेको छ ।आज माघ ०१ गते अर्थात् मकर संक्रान्ति ।

देशैभरी विभिन्न समुदायले आ–आफनो नामबाट मनाउने गर्दछन् । तराइ मधेशमा पनि यसको बेग्लै विशेषता छ । मधेशी समुदायहरु बिच तीलको लड्डु पनि लोकप्रिय रहेको छ । आज दहि,चिउरा,तिलको लडु सहित मिठो परिकार बनाएर खाने चलन छ ।

आजको दिन खिचडी खाने पनि परम्परा छ । बिहानै नुहाइ धुवाइ गरी बिहानै चोखो भई सर्वप्रथम तिल र चामल छोइ पितृहरुको निकाले गरिन्छ । यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । चिउरा, मुढि,जनेरा लगायत विभिन्न किसिमका लड्ड बनाइन्छ । यी परिकार पूजापाठ गरी सर्वप्रथम घरका कुल देवतालाई चढाइन्छ । देविदेवतालाइ चढाएर मात्र खाने चलन रहेको छ ।

जाडोमौसममा यो पर्व पर्ने गर्दछ । यस पर्वामा खाने परिकारले शरीरलाई न्यानो राख्न सहयोग पुर्याउने गर्दछ । यस्ता खाने कुराहरु स्वास्थ्यको हिसाबले पनि लाभदायक मान्निछ । आजको दिन सूर्य उत्तरायणमे प्रवेश गर्दछ । दिन लामो र रात सानो हुँदै जान्छ । तिल भर दिन बढने गरेको जानकारहरु बताउँछन् ।
तरुल(अलुुुुुुवा)लाई पुस मसान्तका दिन उसिनेर माघ १ गते आजकै दिन खाने परम्परा छ । तरुल खेती गर्ने किसानहरु लाइ पनि भ्याइनभ्याइ छ ।
रौतहट,२९ गते पुस ।
रौतहटको कटहरिया नगरपालिकाले हिउँदे अधिवेशन आइतबार सम्पन्न गरेको छ । कटहरिया नगरपालिका वडा नम्बर ९ स्थित डुमरियामा एक कार्यक्रमको बिच नगर सभाको ९ औँ अधिवेश २०८० सम्पन्न गरेको हो ।

कटहरिया नगरपालिकाका बहुमत सदस्यहरुले अधिवेशन सम्पन्न गरेका छन् । राष्ट्रियगान बाट सुुरु भएको कार्यक्रममा ज्ञातहज्ञात शहिदहरुको समझानामा एक मिनेट मौन धारण गरिएको थियो । पानसमा दिप प्रजवलन गरी कार्यक्रमलाइ नगर प्रमुख अजय प्रकाश जयसवालले उद्धघाटन गर्नु भएको थियो । आयोजित सभालाई सम्बोधन गर्दै नगरप्रमुख अजय जयसवालले नगरपालिकाको कामकाज अगाडी बढाउने उदेश्यले आफूले हिउँदे अधिवेशन आयोजन गरेको बताए ।

जनताले प्रदान गरेको मैनडेड अनुसार नै आफू अगाडी बढिरहेको बताए । उनले भने,कार्यपालिका बोर्डको सहमतीले नै कामहरु बढन सक्छ । सबै कार्यपालिका सदस्यहरुको अधिकार सामान रहेको बताए । जनताको सुख सुविधाको लागि आफू लडन तयार रहेको प्रष्ट पारे । अहिले जुन नगरपालिकालाइ बिथोल्ने काम भइरहेको छ ।

त्यो गलत रहेको उनको भनाइ छ । नगरपालिकालाइ बन्द गर्ने काम,सेवाग्राहीलाइ मर्कामा पर्नेगरी तालाबन्दी गर्नु गलत हो । जे पनि माग छ त्याृे मागलाइ कार्यपालिका बोर्डमा आएर राख्न आन्दोलनरक्त पक्षलाइ आग्रह गरे । कार्यपालिका बोर्डको निर्णय लाइ आफूू मान्न तयार रहेको प्रष्ट पारे । यदि आफनो दायित्व,कर्तव्य जनताको प्रति इमान्दारी पूर्वक गरिरहेको छ भने कसैले पनि गलत भन्न नसक्ने ठोकुवा गरे ।

सत्यको लडाँइ लडन यथार्थ सँग हिडन् सबै सँग आग्रह गरे । जनताको सुख सुविधा जसले रोक्न प्रयास गरिरहेको छ । त्यसको खुलेर विरोध गर्न आग्रह गरे । कटहरिया वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादवले स्वागत मन्तव्य राख्दै बाध्यताले नगरपालिकामा गर्नुपर्ने कार्यक्रम बाहिर गर्नुपरेको बताए । हिउँदे अधिवेशन गर्नलाइ अति नै जरुरी रहेकोले हामीले अधिवेशन आयोजन गरिएको उनको भनाइ रहेको थियो । त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यपालिका सदस्य मनोज जयसवालले जनताको सेवा सुविधा बन्द गरेर लडाइमा नलाग्न आग्रह गरे ।

उनले तालबन्दी खोलेर कार्यपालिका बैठकमा कुरा राख्न अनुरोध समेत गरे । त्यसैगरि वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चौधरीले आफनो व्यक्तिगत स्वार्थको लागि नगरपालिकामा तालाबन्दी गरेको कारण अन्तै हिउँदे अधिवेशन गर्नुु परेको बताए । कार्यक्रम सञ्चालन योजना शाखा प्रमुख रामनरेश यादवले गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गौरीशंकर कुमार सिंहले पुस मसान्त भित्र हिउँदे अधिवेशन गर्नुपर्ने भएकोले कार्यक्रम गर्नुुपरेको बताए ।

लिजामा बढि मार्क ल्याउन हिउँदे अधिवेशन गर्नुपरेको बताए । जनप्रतिनिधीहरुले आपसी मतभेदले नगरपालिकामा हिउँदे अधिवेशन नगरि अन्तै गर्नुु परेको बताए । हिउँदे अधिवेशन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सिंह सँगै वडा नम्बर ८ का वडा अध्यक्ष समिश बिक्रम साह, वडा नम्बर ९ का वडा अध्यक्ष रुपेश यादव,कार्यपालिका सदस्य दिलिप जयसवाल सहित वडा सदस्यहरु,कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

यता आफूहरुको ८ बुँदे मांगलाइ सम्बोधन नगरी नगर सभा गर्न एकदम गलत रहेको वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले प्रतिक्रिया दिनुभएको हो । कटहरिया नगरपालिकाको उपप्रमुख रिता देवी यादव सहितका जनप्रतिनिधीहरु नगरपालिका कार्यालयमा तालाबन्दी गरि धर्नामा बसिरहेका छन् ।
राजविराज (सप्तरी), २९ पुस :
सप्तरीबाट सशस्त्र प्रहरीले रू १२ लाख बराबरको काठसहित एक पिकअप गाडीलाई आज नियन्त्रणमा लिएको छ । भारदहस्थित कोशी ब्यारेजबाट खटिएको सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस क्याम्पको प्रहरी टोलीले काठसहित सो गाडी नियन्त्रणमा लिएको हो ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र २–०१–००१च ०२६० नं को बोलेरो पिकअप गाडीलाई नियन्त्रणमा लिइएको सप्तरीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं ६ गणका सूचना अधिकृत तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज विष्टले जानकारी दिनुभयो ।
गाडीमा बिनाबिलविजक लोड गरिएको २६ दशमलब ६६ क्यूविक फिट काठ बरामद गरिएको र नियन्त्रणमा लिइएको काठ तथा सवारीसाधनलाई सव डिभिजन वन कार्यालयमा बुझाइएको उहाँको भनाइ थियो । (रासस)
महोत्तरी, २९ पुस :
लामो समयदेखि वनक्षेत्रमा थाक लगाएर राखिएका बहुमूल्य काठ धोत्रिन थालेका छन् । न्यायिक निकायबाट समयमै मुद्दा किनारा नलाग्दा जिल्लाका वनक्षेत्रमा राखिएका काठ सड्न र धोत्रिन थालेका हुन् ।
वनक्षेत्रबाट चोरी तथा कटानका क्रममा वन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका काठ न्यायिक निकायबाट मुद्दाको छिनोफानो नहुँदा लिलामी प्रक्रियामा जान नसकिएको डिभिजन वन कार्यालयले जनाएको छ । यसरी वनसम्बन्धी मुद्दा नछिनिँदा एकातर्फ बहुमूल्य काठ धोत्रिदै सड्न थालेका छन् भने सर्वसाधारणले काठ खरिद गर्न पाउनबाट वञ्चित भएका कार्यालयका प्रमुख सन्तोष झाले बताउनुभयो ।
“हामीले घरायसी काम, बार तथा पर्खाल लगाउन स–साना हाँगाबिगा किन्न समेत पाएका छैनौँ, यहाँ सडेर बसेको छ”, बर्दिबास–२ का भोला महतोले भन्नुभयो, “समयमै बिक्री, लिलामी गरेमा काठ सदुपयोग हुने थियो । स्थानीयले आवशयकता अनुसार खरिद गर्न पाउने थिए ।” वनसम्बद्ध मुद्दा हेर्ने न्यायिक निकायको ढिलाइले थाक लगाइएका काठ वर्षैँदेखि घामपानीले धोत्रिन थालेका उहाँको भनाइ थियो ।
चोेरी कटान भएका काठ नियन्त्रणमा लिएपछि त्यसको प्रारम्भिक न्यायिक सुनवाइ जिल्लास्थित डिभिजन वन कार्यालय र जिल्ला अदालतमा हुने व्यवस्था छ । चोरी निकासीका क्रममा वा चोरी कटान गरी लुकाइछिपाइ राखिएका काठ सम्बन्धी मुद्दाका कारबाही अगाडि बढाउँदा रु दुई लाख बिगोभित्रका मुद्दा वन कार्यालयको इजलासले सुनुवाइ गर्ने व्यवस्था छ । रु दुई लाखभन्दा बढीका काठ बरामद भएका सोसम्बन्धी मुद्दा जिल्ला अदालतमा हुने कानुनी व्यवस्था रहेको कार्यालय प्रमुख झाले जानकारी दिनुभयो ।
प्रमुख झाका अनुसार नियन्त्रणमा लिई कारबाही तथा मुद्दा फछ्र्यौटका क्रममा रहेका काठ वन कार्यालयअन्तर्गत रहेको सशस्त्र वन सुरक्षा शाखा बर्दिबास–४ माइस्थान कार्यालय र यसक्षेत्रका चारवटा सव डिभिजन वन कार्यालय परिसरमा थाक लगाएर राखिएको छ । मुद्दा किनारा नलागी उक्त काठ बिक्री तथा लिलाम गर्न नपाइने व्यवस्थाका कारण राखिएको ठाउँमा नै धोत्रिदै गएका वनसम्बद्ध अधिकारीको भनाइ छ ।
मुद्दा किनारा नलागी काठ लिलाम तथा बिक्री गर्न कानुनी प्रक्रिया नपुग्दा बरामद गरी राखिएका काठ सड्न थालेका प्रमुख झाले बताउनुभयो । उहाँका अनुसार अहिले करिब चार हजार क्यूबीफिट साखु र अन्य काठका गिड (गिण्डा) लिलामीका लागि अदालती निर्णयको पर्खाइमा छन् । लिलामीका लागि अदालती फैसला कुर्नु परेको भन्दै थन्काइएका काठको मूल्य एक करोडसम्म पर्ने वन कार्यालयका कर्मचारीको भनाइ छ ।
“चोरी कटानबाट नियन्त्रणमा लिइएका काठ लामो समयदेखि घामपानीले सड्ने र धोत्रिदै गएका छन्” झाले भन्नुभयो, “थाकमा रहेका काठको लिलामीका लागि अदालती फैसला कुर्नु पर्ने बाध्यात्मक कानुनी व्यवस्थाका कारण बिक्री गर्न सकिएको छैन ।”
डिभिजन वन कार्यालयमा विसं २०४८ यता हालसम्म दुई सय भन्दाबढी वन मुद्दा (काठ चोरी निकासी सम्बन्धी) रहेका डिभिजन प्रमुख झाको भनाइ थियो । उहाँका अनुसार यी मुद्दा दुई लाख बिगोभित्रका हुन् । यसबाहेक दुई लाखभन्दा बढी बिगोका मुद्दा जिल्ला अदालत महोत्तरीमा विचाराधीन रहेका कार्यालयले जनाएको छ ।
अदालतमा मुद्दाको अत्यधिक चापका साथै मुद्दा फैसला प्रक्रियामा पुग्न नसकेका (अभियुक्तमध्ये केही फरार रहेका, साक्षी वकपत्र हुन नसकेका) ले फैसलामा ढिलाइ भएको झाले जानकारी दिनुभयो । उहाँका अनुसार यसबाहेक पूर्व–पश्चिम रेल मार्ग र विद्युत् प्रसारण लाइन निर्माणका लागि कटान गरिएका काठमध्ये साखु बिक्री भए पनि साझेदारी वन उपभोक्ता समितिको जिम्मेवारीमा रहेका काठ अझै वनमा थाक लगाएर राखिएका छन् ।
पछिल्ला केही दिनयता जिल्लाका तीन साझेदारी वन उपभोक्ता समितिमा नयाँ नेतृत्व चयन भएका भन्दै यसअघि नेतृत्वको नहुँदा पनि काममा ढिलाइ भएको प्रमुख झाको भनाइ थियो । “समितिमा केहीदिनअघि मात्रै नयाँ निर्वाचित पदाधिकारीले जिम्मेवारी लिएका छन् । अब केही दिनभित्रै यसको टुङ्गो लाग्छ र डिभिजन कार्यालयले हेर्ने मुद्दाको छिनोफानो गर्ने प्रक्रिया अगाडि बढाउने छौँ”, उहाँले भन्नुभयो । (रासस)
आरके श्रीवास्तव,मधेश,२८ गते पुस ।
रौतहट । ईलाका प्रहरी कार्यालय कटहरियाले आज सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
प्रहरीप्रति नागरिकका गुनासा, प्रहरीले खेल्नुपर्ने भूमिका, स्थानीय समस्या पहिचान र सामाधानको साथै प्रहरी प्रति नागरिकको विश्वास बढाउन सो कार्यक्रम आयोजना गरिएको थियोे । जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा शनिबार सम्पन्न भएको सो सार्वजनिक सुनुवाइ कार्यक्रममा रौतहट प्रहरी प्रमुख उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ,जिल्ला प्रहरी प्रवक्ता डिएसपि एलिजा गिरी,ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओमप्रकाश प्रकाश खनाल समेतको सहभागीता सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायव निरीक्षक अरूण कुमार सिंहले आगमन भएको दिन नै पत्रकारहरु संग कुरा गर्दै अबको केही दिनमै सार्वजनिक सुनुवाइ कार्यक्रम राख्ने प्रतिबद्धता अनुसार आज सो कार्यक्रमको आयोजना गरेका थिए । सिंह हाजिर भइ आएको एक महिना पनि नबित्दै सो इप्रकामा प्रतिक्षालय ,चमेनागृह र सौचालयको रंगरोदन गराउने देखि लिएर सो क्षेत्रमा शान्ति सुरक्षामा पनि एकदमै सुधार आएको छ ।

उक्त कार्यक्रम कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल,उपप्रमुख रिता देवी यादव,पूर्व नगर प्रमुख सियाराम कुशवाहा, माओवादी केन्द्रका नेता तथा मेयर प्रत्यासी नसरुदिन अन्सारी,वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो,वडा नम्बर ५ का वडा अध्यक्ष शर्फलाल गुप्ता,वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव,वडा नम्बर ८ का वडा अध्यक्ष समिश विक्रम साह,वडा नम्बर ९ का वडा अध्यक्ष रुपेश यादव लगायत विभिन्न आम नागरिक,बुद्धिजीवी,व्यापारी सहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको समेत सहभागीतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै मेयर प्रत्यासी नसरुदिन अन्सारीले कटहरिया ईलाका प्रहरी कार्यालयमा प्रहरी जनशक्तिको कमिले गर्दा सो क्षेत्रमा विभिन्न अपराधीक गतिविधिहरु बढिरहेकोले अझ थप जन शक्तिको व्यवस्था मिलाउन महेन्द्र कुमार श्रेष्ठसंग आग्रह गर्दै ईलाका प्रहरी कार्यालय कटहरियामा भवन र जमिनको कमि रहेकोले त्यस प्रति जनप्रतिनिधि र प्रहरी प्रमुखलाई समेत लाग्न ध्यानाकर्षण गाराए ।

कार्यक्रममा सहभागीहरुले अत्याधिक तीब्र गतिमा सवारी चलाउँदा दुर्घटना बढ्ने गरेको,कटहरिया नगर भरिमा अबैध रुपमा अबेर सम्म भइरहेको मदिरा बिक्रीवितरण,सामाजिक अपराध न्यूनीकर, चोरी, तस्करी,बाल हिंसा,महिला हिंसा लगायत सचेतना मूलक विद्यालय सम्पर्क कार्यक्रम,प्रहरी ईकाईको स्थापना,विद्यालय लगायत सबै क्षेत्रमा हुने लागू औषध नियन्त्रण तथा यौनजन्य हिंसा न्यूनीकरण गर्ने लगायतका बिषय सन्दर्भमा सवाल उठाएका थिए । नागरिकबाट उठेका हरेक प्रश्नको सम्बोधन गर्नु हुँदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले आमनागरीक पनि बिना बर्दीको प्रहरी नै रहेको भन्दै अपराध नियन्त्रणको लागी प्रहरीलाई समयमै सूचना दिएर सहयोग गर्न सकियो भने मात्रै केही हदसम्म अपराध न्यूनीकरणमा टेवा पुग्ने बताए ।
प्रहरीसँग हातेमालो गरी कानून कार्यन्वयनमा सचेत रहनुपर्ने बताउँदै प्रमुख श्रेष्ठले प्रहरीको एक्लो प्रयासले केही गर्न नसक्ने बताएका थिए । प्रमुख श्रेष्ठ ईप्रका कटहरियामा स्थानीय सरकार सहयोगले एउटा राम्रो भवन बनाउन खोजिरहेको तर, यदि स्थानीय सरकारले सहयोग गरेन भने पनि आफुले जुनसुकै हालतमा आफ्नो कार्यकालमा एउटा राम्रो भवनको निर्माण गरेर जाने प्रतिबद्धता जनाए । एसपी श्रेष्ठले समाजलाई राम्रो समाज निर्माण गर्न जति प्रहरीको भुमिका छ त्यति नै आम नागरिकको पनि भुमिका रहेकोले सबै जना आ–आफ्नो बाल बच्चालाई राम्रो शिक्षा दिन तथा पढाउन लेखाउन आग्रह गर्दै आफुले समातेको अपराधीहरुको सिफारिसमा कोही पनि न आउन आग्रह गर्नुभयो ।
धनुषा, २८ पुस :
विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ ।
शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । चिसोका कारणले दम तथा रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । उपचारका लागि स्वास्थ्य संस्था आउने सङ्ख्यामा समेत वृद्धि भएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरधामका वरिष्ठ बालरोग विशेषज्ञ डा जामुनप्रसाद सिंहले अत्यधिक चिसो बढेसँगै बालबालिकामा रुघाखोकी, निमोनियाजस्ता स्वास्थ्य समस्या अत्यधिक मात्रामा देखिन थालेको जानकारी दिनुभयो । चिसो अत्यधिक मात्रामा बढेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको छ । धेरैजसो विद्यालयमा जाडो बिदा दिइएको छ ।
शीतलहरका कारणले सानासाना विद्यार्थी प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीद्वारा जारी सूचनामा यही पुस २९ गतेदेखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा जाडो बिदा दिने निर्णय गरिएको उल्लेख छ ।
शीतलहरसँगै चिसो हावाको कारणले जाडो अत्यधिक मात्रामा बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहल घटेको छ । यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले ग्रामीण क्षेत्रमा यातायातका साधन चलेका छैनन् । ग्रामीण भेगमा दाउरा नहुँदा स्थानीय गोबरको गुइँठा, परालको जोहो गर्न लागेका छन् । बाक्लो कुहिरोका कारणले तेलहन, दलहन, आलु खेतीलगायतमा नकारात्मक असर पर्नुका साथै पशु चौपायाह पनि प्रभावित हुन थालेका छन् । आइतबारदेखि हुस्सु लाग्ने क्रम बढेको छ । घाम लाग्न छोडेको छ । लगातारको चिसो सिरेटोले गाईवस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयाका रामविलास यादवले बताउनुभयो ।(रासस)
मुकेश कुमार साह, रौतहट २७ पुस ।
रौतहटको चन्द्रपुरमा अवस्थित साथी शिक्षा सहकारी संस्था लिमिटेडको १०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाद्वारा संचालित बालनिकेतन मा.वीको सभाहलमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । साधारण सभामा बोल्दै प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख नसरे आलमले सहकारीले न्युन आय भएका नागरिकको आर्थिक उपार्जन मात्रै नभई शैक्षिक लगायतका क्षेत्रमा काम गर्न सक्छन् भन्ने ज्वलन्त उदाहरण बन्न सफल भएको बताउनुभयो ।
सहकारी भविष्य निर्माणसँग जोडिएको बताउँदै साथी शिक्षा सहकारीको उदयसँगै बालबलिकालाई शिक्षा प्रदान गर्नु सराहनिय कार्य रहेको बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष रामकुमार भटराईले आगामी योजनाको बारेमा शेयर सदस्यहरुलाइ जानकारी दिनु भएको थियो । उहाँले विद्यालयका लागि आवश्यक भौतीक पूर्वाधार र तथ्यले सहकारी विद्यालय मजबुत रहेको बताउनुभयो ।

बालनिकेतनले जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाउदै लग्दै गरेको उहाँको भनाई थियो । नेपालमा अबका दिनमा विद्यार्थी र शैक्षिक जनशक्तिको चुनौती हुने आंकलन गर्दै उहाँले दीगोपना हुनेगरी सबैले शिक्षा क्षेत्रमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बिधालयका शैक्षिक संयोजक बिपल्प भट्टराईले नियमित क्रियाकलाप, संस्थागत एवं शैक्षिक विकास, कल्याणकारी तथा अतिरिक्त कार्यक्रम, भौतिक पूर्वाधार तथा आर्थिक सक्षमता सम्बन्धि विभिन्न कार्यक्रम प्रस्ताव सहित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष किरण रेग्मीको अनुपस्थितीमा उहाँकै सहमतीमा आर्थिक बर्ष २०७९ ÷२०८० को प्रतिबेदन संस्थाका संचालक समिती सदस्य बालकृष्ण श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । उहाँले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार संस्थाले २५ लाख १४ हजार ४ सय २७ पैसा आम्दानी गरेको छ ।
कार्यक्रमको संचालन संस्थाका महासचिव दिपक रेग्मीले गर्नु भएको थियो । कार्यक्रमको संचालन गर्दै उहाँले बालनिकेतन स्कुलले अगामी दिनमा नागरिकलाई सम्मान,स्वास्थ शिविर ,मन्टेश्वरी संचालन गर्ने लगायत शिक्षकहरुको क्षमता बिस्तारका लागी बिभिन्न कार्यक्रमहरु गर्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य मदन सापकोटाले राख्नु भएको थियो । संस्थाले उत्कृष्ट शिक्षकको रुपमा बिपल्प भट्टराईलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा नव बिकास साकोसका देव बहादुर सापकोटा,संकल्प साकोसका बिभु पोखरेल,लाईन्स कल्वका नारायण सापकोटा,जनजागृती स्कुलका प्रधानाध्यापक सत्रुधन साह,गुजराका शिक्षा संयोजक शिव मंगल साह लगायतको आतिथ्यता रहेको थियो ।
भोजपुर, २७ पुस ।
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डाक्टर सुनिलकुमार शर्माले भोजपुर जिल्लाका दुई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा २४ सय बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् ।
पूर्वी पहाडी जिल्लाहरुको भ्रमणमा रहेका सांसद शर्माले नोबेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर चलाएका हुन् । पुस २३ र २४ गते भोजपुरको हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४१८ जना सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको छ ।

शिविरमा नोबेल मेडिकल कलेजबाट मेडिसिन, प्रसुति तथा स्त्री रोग, सर्जरी, हाडजोर्नी, नाक कान घाँटी, दन्त रोग, बाल रोग, आँखा रोग लगायत विभागका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए ।
पौष २३ गते भोजपुरको हतुवागडी गाउँपलिका वडा नं. २, घोडेटारको सगरमाथा माध्यामिक विद्यालयमा र पौष २४ गते आमचोक गाउँ पालिका वडा नं. ४ स्थित चण्डेश्वर माध्यामिक विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको प्रमुख अतिथी सांसद डा.सुनिलकुमार शर्मा थिए । शिविरलाई संवोधन गर्दै उनले शिक्षा र स्वास्थ्य सेवा सर्वसुलभ तथा निःशुल्क हुनुपर्ने बताए । आम नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउनु पर्ने राज्यको दायित्व भएको जिकीर गर्दै आफु सदैव गरिब, विपन्न नागरिकको पक्षमा रहेको बताए ।

स्वास्थ्य शिविरबाट अपरेशन गर्न रेफर भएका बिरामीहरुलाई विराटनगरको नोबेल शिक्षण अस्पताल तथा काठमाडौं मेडिकल कलेजमा निःशुल्क अपरेशन गर्ने घोषणा गर्दै सांसद शर्माले भने, ‘यो शिविरबाट अपरेशन गर्न रेफर हुनुभएका सम्पूर्ण बिरामीको नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छु ।’
डा.शर्माले शिविरमा आएका १३८ जना अतिविपन्न नागरिकलाई नोबेलमा निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको घोषणा गरे । शिविरमा नोबेल मेडिकल कलेजका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराल, नेपाली काँग्रेस भोजपुर जिल्ला सभापति तथा प्रदेश सभा सदस्यद्वय बिनोद बान्तावा, मान बहादुर लिम्बु, भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आले, नेपाली काँग्रेसका क्षेत्रिय सभापति मदन खुलाल, जिल्ला समन्वय समितिका कोमल तुलुङ्ग राई, आमचोक गाँउपालिका अध्यक्ष अशोक राई लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य शिविरमा २७५ जनाको भिडियो एक्सरे, १२६ जनाको ईसिजि, ३६१ जनाको ल्याब परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । भने, ३१० जनाको आँखा जाँच, ३५३ जनाको जनरल मेडिसिन, १२५ जनाको छाला रोग, १८५ जनाको स्त्री तथा प्रसुति, ११८ जनाको सर्जरी, ३२५ जनाको हाडजोर्नी, १५० जनाको नाक कान घाँटी, ६० जनाको दन्त रोग, ३० जना बाल रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको छ ।
काठमाडाैं मेडिकल कलेजका जनरल मेनेजर नारायण दाहालले सांसद डा. शर्मा जनताले घरदैलाेमै स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने साेच लिएकाे अगाडी बढेकाेले उनकाे साेचलाई पूर्णता दिन काठमाडाैं मेडिकल कलेज पनि सामाजिक उत्तरदायित्व अन्तरगत अगाडी बढिरहेकाे बताए ।
काठमाडौं, २७ पुस ।
कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य सेवा लिन पाउने भएका छन् ।
सञ्चयकर्तालाई कोषले सामाजिक सुरक्षा सुविधा अनुसार साधारण तथा घातक रोगको उपचार गर्न काठमाडौं मेडिकल कलेजलाई पनि समावेश गरेको हो । कोषले एक सूचना प्रकाशित गरी आगामी फागुन १ गतेदेखि लागू हुनेगरी विभिन्न अस्पतालहरुको छनौट गरेको छ ।
छनौट गरिएका अस्पतालहरुमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा अत्याधुनिक उपकरण र स्वास्थ्य सेवा भित्र्याएको काठमाडौं मेडिकल कलेज समेत परेको हो ।
केएमसीका जनरल मेनेजर नारायण दाहालले कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले केएमसीमा सहज रुपमा स्वास्थ्य सेवा लिन सक्ने बताए । कोषले जनाए अनुसारको कागजात लिएर केएमसीमा उपलब्ध जुनसुकै स्वास्थ्य सेवाको लाभ लिन सकिन्छ ।