२०८३ आश्विन २०
२०८३ आश्विन २०

चितवन । चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शाहीचोकमा महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले पैदल हिँडिरहेका अन्दाजी ३५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई प्रहरीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुर पठाएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले बिहान ३ः१५ बजे उनलाई मृत घोषणा गरेका थिए।

मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन । घटनापछि प्रहरीले बस र चालक धादिङको नीलकण्ठ नगरपालिका–१४ का ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कालीकोटको पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा दुर्व्यवहारको निन्दा गरेका छन् ।

पौडेलले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउन नै कठिन भइरहेको अवस्थामा नागरिकको सेवाका लागि ज्यान जोखिममा राखेर दूरदराजमा खटिएका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु दुःखद र चिन्ताजनक विषय भएको बताएका छन् ।

उनले अस्पतालभित्रै प्रवेश गरेर स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनाको तत्काल पूर्ण छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न माग गरेका छन् ।

पौडेलले नागरिकको ज्यान बचाउने स्वास्थ्यकर्मीको आफ्नै ज्यान जोखिममा पर्ने अवस्था आउनु गम्भीर विषय भएको भन्दै सरकारले शान्ति सुरक्षाको व्यवस्थापनमा थप गम्भीरता र संवेदनशीलता देखाउनुपर्ने बताएका छन् ।

उनले देशभरका स्वास्थ्यकर्मीलाई भयरहित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्नसमेत सरकारसँग माग गरेका छन्।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनीमा ३ जना तथा गण्डकी र बागमतीमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १०८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३७ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ११ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २१ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा १६ जना, सुदूरपश्चिममा १० जना र कर्णालीमा ७ जना घाइते भएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा चिकित्सक तथा नर्समाथि दुर्व्यवहार गर्नुका साथै अस्पतालमा तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार २०८३ साउन २२ गते अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार गरिएको थियो । त्यसपछि अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी त्यहाँ रहेका सामानमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि जिल्ला प्रहरी कार्यालय कालीकोटमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान जारी रहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप प्रक्रिया अघि बढाइने जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस लिएको अभियोगमा नापी कार्यालय चाबहिलका अमिन टोप जङ खत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

जग्गा हालसाबिक गरी जग्गाधनी पुर्जा बनाइदिन सहजीकरण गरिदिने भन्दै अमिन खत्रीले सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा खत्रीले आफ्नो पद तथा जिम्मेवारीसँग सम्बन्धित काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

खत्री नापी कार्यालय चाबहिलअन्तर्गत २ र ३ नम्बर नापी टोली, गोकर्ण–माकलबारीमा कार्यरत अमिन रहेको जनाइएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै १ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगो बराबर जरिवाना सजायको मागदाबी गरेको छ। सोही मागदाबीका साथ आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईले प्रधानमन्त्री र मन्त्रीको घरमा ग्यासको अभाव छ की छैन भन्ने प्रश्न गर्दै सरकारको आलोचना गरेका छन् ।

प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद प्रसाईले बजारमा ग्यासको अभाव देख्दा लाज लागेको भन्दै  प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ की छैन भन्ने प्रश्न गरेका छन् ।

उनले चुनावमा रास्वपाको सरकार आए नो लाइन भनेर गरेको भाषण आफैले गरेको भन्दै अहिले ग्यासको लाइन देख्दा आफैलाई लाज लागेको बताए ।

उनले भने- ‘चुनाव ताका गरेका भाषणहरु सम्झिदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन, रास्वपाको सरकारमा वन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रत भरि मध्यरात सम्म लाइन बसेको देख्दा मलाई साच्चिकै लाज लागेको छ ।’

प्रसाईले कृतिम अभाव सिर्जना गरिएको भने सरकारले किन कारवाही गर्न सकेको छैन भन्दै जनताले नयाँ सरकारमा चिल्ला र ह्याण्डसम अनुहार खोजेको होइन नयाँ चरित्र खोजेको बताए ।

उनले भने- ‘मेरा दुई वटा प्रश्न छन् । एउटा यो ग्यासको अभाव देश भरि छ, मेरो प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ की छैन । अर्को यदि कृतिम अभाव सिर्जना भएको हो भने सरकारले ग्यास हवारह्वार्ती आएर पनि कालोबजारी हो भने कालोबजारी गर्नेलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन के ले रोकेको छ दुई तिहाईको सरकारलाई ? जनताले नयाँ सरकार खोजेको भनेको चिल्ला र ह्यान्डसम अनुहार खोजेको होइन नयाँ चरित्र खोजेको हो ।’एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । आज शुक्रबार नेप्से ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३४ कम्पनिका एक करोड ३ लाख १३ हजार ९७९ कित्ता शेयर ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार ५४१ मा कारोबार भएको थियो । आज उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयर ८.६० प्रतिशतले बढेको छ भने सिभिल बैंक डिभेन्चरको शेयर ६.९६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपर लोहोरे खोला हाइड्रोको ६.९३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ३९ करोड २५ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २३ करोड २ लाख बराबरको कारोबार भएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ बस्ने नुवाकोट घर भएका ४१ वर्षीय मनोहर मुडभरी, काठमाडौं महानगरपालिका-१४ बस्ने बाजुरा घर भएका २६ वर्षीय अनिल मल्ल, काठमाडौं टोखा नगरपालिका-१० बस्ने कास्की घर भएकी ३४ वर्षीया कमला पौडेल सुनार र काठमाडौं महानगरपालिका-९ बस्ने पाँचथर घर भएका ४१ वर्षीय तुलसीराम ढुंगेल रहेका छन् ।

पक्राउ मध्ये मनोहरले मौरिसस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, अनिलले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ८४ हजार रूपैयाँ, कमलाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र तुलसीरामले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनोहरलाई ललितपुर महानगरपालिका-३ बाट, अनिललाई काठमाडौं महानगरपालिका-११ बाट, कमलालाई काठमाडौं महानगरपालिका-२६ बाट र तुलसीरामलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।  एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यहि साउन २६ गते स्वदेश फर्किने भएका छन् ।

देउवा निकट कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा साउन २६ गतेकाठमाडौं आइपुग्ने भएका हुन् । गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा दम्पति गत चैत्रमा हङकङ पुगेका थिए ।

काँग्रेस विभाजन उन्मुख भइरहेका बेला देउवाको स्वदेश फिर्तीले थप चर्चा पाएको छ ।

देउवा पक्षले साउन २९ देखि ३१ सम्म राष्ट्रिय भेला आयोजना गरेको छ भने अर्कोतर्फ देउवा र पूर्व उपसभापति पूर्ण बहादुर खड्काले सर्वोच्चमा दिएको यसअघिको आदेशको पुनरावलोकन निवेदन स्वीकृत भएपछि काँग्रेस विवाद बारे सर्वोच्चमा फेरी शुरु देखि सुनुवाई हुने भएको छ ।  एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । युगान्डाका राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा स्पोर्ट्स क्लब भिल्लाका कप्तान डेभिड ओवोरीको राजधानी कम्पालामा लुटेराको आक्रमणमा मृत्यु भएको छ ।

२७ वर्षीय ओवोरीमाथि घरनजिकै मोबाइल फोन र अन्य सामान लुट्ने प्रयास गर्दा प्रतिरोध गरेपछि आक्रमण गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणकारीहरूले ढुंगाले प्रहार गरी उनलाई गम्भीर घाइते बनाएका थिए । उपचारका लागि अस्पताल लगिए पनि बुधबार उनको मृत्यु भएको हो । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ओवोरी युगान्डाको सबैभन्दा सफल क्लबमध्ये एक स्पोर्ट्स क्लब भिल्लाका कप्तान थिए । उनले सन् २०२४ मा क्लबलाई २० वर्षपछि लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए भने राष्ट्रिय टोलीबाट पनि खेल्दै आएका थिए ।

उनको हत्यापछि युगान्डाभर शोक छाएको छ । फुटबल समर्थक, खेलकर्मी तथा राजनीतिक नेताहरूले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।