मुम्बइ, १३ माघ ।
ऋतिक रोशनको फिल्म फाइटरले शुक्रबार भारतमा ३९ करोड कमाएको छ।
यसमा ऋतिक रोशन स्क्वाड्रन लिडर शमशेर पठानियाको भूमिकामा छन्।
सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म बिहीबार हलमा रिलिज भएको थियो । सैकनिल्कका अनुसार फिल्मले रिलिज भएको दुई दिनमै ६० करोड रुपैयाँभन्दा बढी कमाएको छ।
फिल्मले पहिलो दिन भारतमा २२.५ करोडको ओपनिङ गरेको थियो । समाचार अनुसार यसले दोस्रो दिन भारतमा ३९ करोड रुपैयाँ कमाएको छ। हालसम्म फिल्मले घरेलु बक्स अफिसमा ६१.५ करोड कमाइसकेको छ ।
फाइटरले दर्शक र समीक्षकहरुबाट राम्रो प्रंशशा पाएको छ। फाइटरले ऋतिक र दीपिकाको पहिलो पटक अन स्क्रिन सहकार्यमा रहेका छन ।न्युजकारखाना
काठमाडौं, १३ माघ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्याएका छन् ।
देवकोटाको नाटक ‘सावित्री सत्यवान्’मा रहेको ‘आकाशमा शशी छन्’ गजललाई श्रेष्ठ स्वयंले लय भरेर स्वर दिएका छन् ।
शुक्रबार मैतीदेवीमा रहेको देवकोटा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा प्रा.डा. कृष्णहरि बरालले उक्त गजलको भिडियो लोकार्पण गरे ।
सार्वजनिक गजलबारे कवि, समालोचक घनेन्द्र ओझाले टिप्पणी गरे । ओझाले महाकवि देवकोटाले गजल भनेर रचना नगरे पनि उक्त रचना गजलको संरचनामा रहेको बताए । झण्डै सय वर्षअघि लेखिएको देवकोटाको गजल पूर्णत: शास्त्रीय संरचनामा रहेको बताउँदै ओझाले महाकविको गजल रेकर्ड भएर आउनु समग्र गजलप्रेमीका लागि खुसीको कुरा भएको उल्लेख गरे ।

नयाँ र कीर्ति रहने खालका काम गर्न रुचाउने सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले यस्ता अन्य कामहरू पनि गरिरहेका भन्दै ओझाले नेपाली गजललेखनमा शास्त्रीयताको खोजी व्यापक बनिरहेका बेला सङ्गीत र गायनमा पनि शास्त्रीय गजलहरूलाई ल्याउने श्रेष्ठको कदमको सराहना गरे ।
महाकवि देवकोटाका सुपुत्र प्रा.डा. पद्मप्रसाद देवकोटाले आफ्ना पिताको सिर्जनालाई सङ्गीतबद्ध र स्वरबद्ध गरेर बाहिर ल्याएकामा खुसी व्यक्त गरे ।
सङ्गीतकार श्रेष्ठले आफूले अग्रज स्रष्टालाई सम्मान गर्न तथा गजललाई गायनमा ल्याउने प्रयासमा महाकविको गजललाई रेकर्ड गरेको बताए । सङ्गीतमै समर्पित हुनुका कारण पनि स्रष्टा र सङ्गीतलाई जोड्नुुपर्ने उनको भनाइ थियो ।
प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालले आफूले विद्यावारिधि गर्ने क्रममा फेलापारेको देवकोटाको उक्त गजल श्रेष्ठले रेकर्ड गरेर सार्वजनिक गरेकामा प्रशन्नता जनाए । अरबदेखि भारत हुँदै नेपाल छिरेको गजलले नयाँ बाटो पनि बनाउँदै गएको उल्लेख गर्दै बरालले देवकोटाको कृतित्वबारे चर्चासमेत गरे ।
कार्यक्रममा महाकवि देवकोटाकी सुपुत्री अम्बिकादेवी रिमालको समेत उपस्थिति थियो ।
हेम प्रभास अधिकारीले निर्देशन गरेको तथा वीरेन्द्र भाट ‘विपीन’ले छायाङ्कन र सम्पादन गरेको भिडियोमा श्रेष्ठ स्वयंले अभिनय गरेका छन् । गजल युट्युब च्यानल गोल्डेन क्रियसनबाट पनि सार्वजनिक गरिएको छ ।
लिङ्क :
न्युजकारखाना
टोकियो, १३ माघ ।
दशकौं देखि सातोशी किरिशिमाको मुस्कुराउने मगसट जापानभरका पुलिस स्टेशनहरू बाहिर वान्टेड पोस्टरहरूमा चित्रित छ।
४९ वर्षसम्म भागे पछि जापानी अधिकारीहरूले यो सोचेका छन कि उनीहरूले आफ्नो मान्छे पाएको हुन सक्छ।
टोकियो नजिकैको एक अस्पतालका एक बिरामीले आफू सन् १९७० को दशकमा धेरै घातक बम विष्फोट गराउने आतङ्ककारी समूहको सदस्य किरिशिमा भएको दाबी गरेकी छन्। जसले अहिले हंगामा मच्चाएको छ ।
क्यान्सरबाट पीडित उनी अर्कै नाममा भर्ना भएकी छिन, जुन दावी उनले गरे पछि उनको डीएनए परीक्षणको लागि प्रहरीले प्रतिक्षा गरिरहेको छ।
सन् १९७४ मा मित्सुबिसी हेभी इन्डस्ट्रिजको मुख्यालयमा समूहले गरेको आक्रमणमा ८ जनाको मृत्यु भएको थियो । जापानको राष्ट्रिय पुलिस एजेन्सीले आफ्नो वेबसाइटमा किरिशिमाले विस्फोटक पदार्थ नियन्त्रण गर्न आपराधिक नियमहरू उल्लङ्घन गरेको र कम्पनीहरूमा श्रृंखलाबद्ध बम विस्फोट गराएको उल्लेख गरेको छ । जसका लागि उनलाइ खोजी गरिराखिएको छ ।
स्थानिय समाचार संस्थाका अनुसार किरिशिमाले १८ अप्रिल १८७५ मा एक विशेष आक्रमणमा टोकियोको गिन्जा जिल्लाको भवनको एक भाग ध्वस्त पार्न घरेलु बम विस्फोट गराएकी थिइन ।
४९ वर्षपछि अब ७० वर्ष पुगेकी किरिश्मा अन्ततः फेला परे पछि प्रहरीले उनको बारेमा थप अनुसन्धान गरिरहेको छ ।
टोकियोको दक्षिणी भागमा रहेको कानागावाको कामाकुरा शहरको अस्पतालमा चेकजाँच गर्दा उनले सुरुमा अर्कै नाम प्रयोग गरेकी थिइन ।
तर उनले गत बिहीबार अस्पतालका अधिकारीहरूलाई भनिन उनी वास्तवमा किरिशिमा हुन । उनले अगाडी भनिन, ‘ म आफ्नो वास्तविक नाम अन्तिम क्षणहरूमा प्रयोग गर्न चाहन्छु किनकि मसँग बाँच्न केही महिना मात्र बाँकी छ ।’
प्रहरीले अब उनको पहिचान पुष्टि गर्न डीएनए परीक्षण गरिरहेको छ ।
किरिशिमा पूर्वी एसिया एन्टी जापान सशस्त्र मोर्चासँग सम्बन्धित थिइन, जुन एक कट्टरपन्थी वामपन्थी संगठन, जसले १९७२ र १९७५ को बीचमा जापानको राजधानीका बिभिन्न कम्पनीहरू विरुद्ध धेरै बम विष्फोटहरू गराएको थियो ।न्युजकारखाना
क्यार्लिफोनिया, १३ माघ ।
हबल स्पेस टेलिस्कोप प्रयोग गरेर खगोलविद्हरूले पृथ्वीबाट ९७ प्रकाश वर्ष टाढा रहेको सानो ज्वलन्त–तातो एक्सोप्लानेटको वायुमण्डलमा पानीका अणुहरू पत्ता लगाएका छन्।
जिजे ९८२७ डी नामको यो ग्रह पृथ्वीको व्यासको करिब दोब्बर रहेको छ र यसको वायुमण्डलमा पानीको वाफ भएको फेला परेको छ ।
पानी जीवनको लागि आवश्यक छ, जुन हामीलाई थाहा छ तर यो ग्रहले कुनै पनि प्रकारको जीवनको सम्भावना भने छैन किनभने यसको तापक्रम बढी रहेको छ । तातो बाफका कारणले गर्दा सो पानीले चिलाउने कार्य गर्दछ ।
‘खगोलविद्हरूले अझै यस असामान्य संसारको वायुमण्डलको वास्तविक प्रकृति पत्ता लगाउन सकेका छैनन् तर प्रकाशले थप अनुसन्धानको लागि मार्ग प्रशस्त गर्दछ किनकि उनीहरूले हाम्रो सौर्यमण्डलभन्दा बाहिरका ग्रहहरूको उत्पत्ति बुझ्न खोज्छन्,’ अध्ययनमा भनिएको छ ।
द एस्ट्रोफिजिकल जर्नल लेटर्समा बिहीबार प्रकाशित समाचार अनुसार बासयोग्य नभए पनि पानीको अणु रहेका ग्रह पत्ता लाग्नु उपलब्धी भएको जानकारी दिएका छन । न्युजकारखाना
मुम्बइ, १३ माघ ।
बलिउडको त्यो स्टार किड, जसले आफ्नो पहिलो फिल्मबाटै हलचल मच्चाएको थियो ।
बुबाबाट विरासतमा पाएको अभिनय सीपका कारण ती अभिनेताले आफ्नो मिहिनेतले राम्रो स्थान हासिल गरेका थिए । एक समय थियो, जब बलिउडमा यी अभिनेताको नाम चर्चित थियो । हरेक निर्देशक आफ्नो फिल्ममा यी कलाकारलाई कास्ट गर्न चाहन्थे।
हो, आफ्नो पहिलो फिल्मबाट बेस्ट मेल डेब्युको अवार्ड पाएका यी अभिनेताले बलिउडका धेरै उत्कृष्ट फिल्ममा काम गरिसकेका छन् । अभिनयका साथसाथै उनको स्टाइलका पनि मानिसहरु पागल बनेका थिए । ९० को दशकका यी चर्चित अभिनेताले सबैको मनमा राज गर्न थाले । सबै ठीकठाक चलिरहेको थियो तर एक समय यस्तो आयो, जब यी स्टारको चमक अलि धमिलो भयो । उनका एकपछि अर्को फिल्म फ्लप भए र उनको करियरको ग्राफ तीव्र गतिमा खस्किन थाल्यो ।
अचानक काम पाउन छाडेर बिस्तारै चलचित्र क्षेत्रबाट गायब भए । यस अवधिमा उनले दिल्लीको एक नाइट क्लबमा डीजेको रूपमा पनि काम गरे। उनको पतन लामो समयसम्म जारी रह्यो र अभिनेताले १० वर्षसम्म एउटै फिल्म पाएनन्।
तर भनिन्छ नि, ‘जो लडिन्छ, ती फेरी उठ्छ।’ अन्ततः त्यो दिन आयो, जब उनलाई फिल्ममा फर्कने सुनौलो अवसर मिल्यो । यो अवसर अरू कसैले नभई उद्योगका गॉड फादर भनिने सुपरस्टार सलमान खानले दिएका हुन् । सलमानले उनलाई आफ्नो फिल्ममा काम गराए । त्यसपछि उनको वेब सिरिज आयो जसमा उनले फेरि बाबा निरालाको भूमिकामा हलचल मच्चाए ।
अब तपाईले थाहा पाउनु भएको छ कि हामी यहाँ बबी देओलको बारेमा कुरा गर्दैछौं। बबीले आफ्नो करियरमा धेरै उतारचढाव देखे तर हार मानेनन् ।
उनले वेब सिरिज आश्रमबाट फेरि नयाँ पहिचान पाउन सफल भए । सिरिजमा उनको नेगेटिभ क्यारेक्टरको निकै प्रशंसा भयो र उनी चर्चामा आए । तर थप तस्विर आउन बाँकी नै थियो ।
सन् २०२३ मा सन्दीप रेड्डी वांगाको फिल्म एनिमल रिलिज भएको थियो, जुन बक्स अफिसमा ब्लकबस्टर साबित भयो। रणबीर कपूर स्टारर फिल्ममा बबी देओल पनि देखिएका थिए ।
फिल्ममा खलनायकको भूमिका निर्वाह गरेपछि पनि नायकभन्दा बबी देओलले बढी ताली बटुलेका छन । हो, कम स्क्रिन टाइम पाए पनि बबीले रणवीर कपूरलाई पछाडी पारिदिए। फिल्ममा उनले मौन ग्याङ्स्टर अबरार हकको भूमिका निर्वाह गरेका थिए, जसका लागि उनले निकै प्रशंसा पाएका थिए ।
फिल्ममा उनको शरीर परिवर्तन देखेर सबै छक्क परेका छन् । अहिले बबी देओलले फिल्मको लाइन अप गरेका छन् । उनी छिट्टै ठूलो फिल्ममा डेब्यु गर्न लागेका खबर छ ।न्युजकारखाना
मुम्बइ, १३ माघ ।
साउथ इन्डस्ट्री पछि विजय सेतुपति अब बलिउडमा पनि आफ्नो छाप छोड्दैछन् ।
हालै उनी कट्रिना कैफसँग फिल्म मेरी क्रिसमसमा देखिएका थिए । यस फिल्ममा उनको कट्रिनासँगको केमेस्ट्रीलाई पनि निकै मन पराइएको थियो । योसँगै यो फिल्मले दर्शक र समीक्षकबाट पनि राम्रो प्रतिक्रिया पाएका थियो । यसैबीच, विजय सेतुपतिको किट्टीमा अर्को फिल्ममा नजर हुने देखिएको छ ।
भारतीय सञ्चारमाध्यमका दावी अनुसार विजय सेतुपति अब रणवीर कपूरसँग फिल्म रामायणमा देखिने छन्। यो फिल्मको लामो समयदेखि चर्चा भइरहेको छ । चलचित्रको कास्टिङ पनि तिब्र रुपमा भैरहेको छ । केही क्यारेक्टरका लागि कलाकार पनि छनोट भएका छन् । योसँगै अब फिल्ममा विजय सेतुपतिलाई पनि लिने चर्चा बाहिर भएको छ । समाचार अनुसार फिल्ममा विभिषणको भूमिकाका लागि उनलाई छनोट गरिएको छ ।
पिंकभिल्लाको नजिकको स्रोतका अनुसार नितिश तिवारीले विजय सेतुपतिलाई भेटेर स्क्रिप्टको बारेमा छलफल गरेका छन्। यति मात्र होइन, विजयले यो फिल्ममा पनि चासो देखाएका छन् । तर, कलाकारले अहिलेसम्म फिल्म साइन गरेका छैनन् र केही विषयमा टोलीसँग कुराकानी भइरहेको छ ।
रामायणका लागि स्वीकृत भएका कलाकार
रामायणका अन्य पात्रहरूको कुरा गर्दा रणवीर कपूर भगवान श्रीरामको भूमिकामा देखिनेछन् । यससँगै साई पल्लवी आमा सीताको भूमिकामा देखिने भएकी छिन् । यसबाहेक रावणको भूमिकाका लागि यश छनोट भएका छन् । यी तीन जनाको नाम टुंगो लागेको छ । तर हनुमानको भूमिकाका लागि सनी देओलसँग कुराकानी भइरहेको छ ।
यसैबीच यस स्टार कास्टको सूचीमा विजय सेतुपतिको नाम पनि थपिएको हो । अब विजयले फिल्म साइन गर्ने कि गर्दैनन् त्यो हेर्न बाँकी छ ।
कहिले रिलिज हुन्छ रामायण ?
यो फिल्मलाई नितिश तिवारी र नमित मल्होत्राले निर्माण गर्नेछन् । यो फिल्म अर्को वर्ष अर्थात् २०२५ मा दीपावलीको अवसरमा रिलिज हुनेछ । रिपोर्टका अनुसार फिल्मको प्रि–प्रोडक्सनको काम पनि सुरु भइसकेको छ र यो वर्षको मार्च महिनाबाट फिल्म फ्लोरमा जानेछ । योसँगै मार्चमा सबै स्टारकास्ट लिएर फिल्मको छायांकन सुरु हुनेछ ।न्युजकारखाना
म्यानहट, अमेरिका, १२ माघ ।
शुक्रबार, म्यानहट्टन संघीय अदालतले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध यौन उत्पीडन र मानहानिको मुद्दामा आफ्नो फैसला सुनाएको छ।
पुर्व राष्ट्रपति ट्रम्प २०२४ मा राष्ट्रपति पदका उम्मेदवारी अन्तिम अवस्थातर्फ पुग्दा उनलाइ यो सजायँ सुनाइएको हो । अब अदालतको आदेश अनुसार ट्रम्पले लेखक ई जीन क्यारोललाई मानहानि क्षतिपूर्तिको रूपमा ८३.३ मिलियन डलर दिनु पर्नेछ ।
क्यारोलले मानहानिको लागि १० मिलियन डलरको को माग गरेकी थिइन, तर त्यो भन्दा धेरै अदालतले ८३.३ मिलियन डलर क्षतिपूर्तिको आदेश दिएको हो। ट्रम्पले निर्णयपछि आफ्नो वक्तव्यमार्फत उक्त निर्णयलाई हास्यास्पद भन्दै त्यसविरुद्ध अपिल गर्ने बताएका छन् ।
समाचार अनुसार ज्युरीले करिब तीन घण्टाको छलफल र बहस पछि यो निर्णय गरेको थियो। बहस सुरु हुँदा ट्रम्प अदालतमा उपस्थित थिए तर बीचमै बाहिर निस्केका थिए । अदालतमा फैसला पढ्दा ट्रम्प त्यहाँ थिएनन् । जूरीले पत्ता लगाए कि ट्रम्पले क्यारोलको बारेमा भनेको कुराले उनको छवि कलंकित गरेको थियो।
यी मामिलाहरूमा क्षतिपूर्ति आदेश
अदालतकाे आदेशमा ६५ मिलियन क्षतिपूर्ति र ७.३ मिलियन प्रतिष्ठित मर्मतको लागि समावेश छ। ७७ वर्षीय ट्रम्पले यो निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ट्रम्पले पनि आफ्नो बयान मार्फत क्यारोललाई हानि पुर्याउन कसैलाई निर्देशन दिएको कुरा अस्वीकार गरे।
वकिल रोबर्टा कपलानले म्यानहट्टन संघीय अदालतमा आफ्नो समापन तर्क सुरु गरेको केही मिनेट पछि ट्रम्प अचानक आफ्नो सुरक्षा पक्षको सिटबाट उठे र बाहिर निस्कन थाले। समापन तर्कको क्रममा जब लेखक ई जीन क्यारोलका वकिलले निर्णायकलाई आफ्ना ग्राहकलाई क्षतिपूर्ति दिन आग्रह गरे, डोनाल्ड ट्रम्प अदालतबाट बाहिरिएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
बाहिर निस्कने क्रममा ट्रम्प खचाखच भरिएको अदालतको कोठामा एक छिन रोकिए र यसै क्रममा गुप्तचर विभागका सदस्यहरूले उनलाई पछ्याउन थाले । पूर्व राष्ट्रपतिको अचानक प्रस्थानले न्यायाधीश लुइस ए कपलानलाई बहसमा हस्तक्षेप गर्न बाध्य तुल्यायो। न्यायाधीश लुइस ए कपलानले भने ट्रम्प अदालतबाट उठेर बाहिर निस्केको रेकर्डमा देखाइने छ।न्युजकारखाना
रौतहट,१३ माघ ।
पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ ।
सर्लाहीबाट नारायणगढ जान लागेको बा ३ ख ३४५५ नम्बरको बसले आज बिहान ४ बजेको समयमा ठक्कर दिदा चन्द्रपुर ५ का ५५ बर्षका बोधनाथ पौडेललाई ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशिल आचार्यले जानकारी दिएका छन् ।
बिहान मर्निङवाकमा निस्केका पौडेललाई चन्द्रनिगाहपुरमा रहेको जगत पेट्रोल पम्म अगाडी बसले ठक्कर दिएको थियो । अत्याधिक हुस्सुका कारण बाटो नदेखेका कारण पौडेललाई बसले ठक्कर दिएको अनुमान गरिएको छ ।
ठक्कर दिने बस र बसका चालक चन्द्रपुर नगरपालिका-४ का विजय राई लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । न्युजकारखाना
रौतहट, १३ माघ ।
नेकपा एमालेका सचिब तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले एमाले नेतृत्वको सरकारका पालामा शुरु भएका बिकाशका योजनाहरु गठबन्धन सरकारले ठप्प पारेको बताएका छन ।
रौतहटको गरुडामा शुक्रवार आयोजित राष्ट्रिय युवा संघको जिल्ला भेलालाइ सम्बोधन गदै सचिव भट्टराईले यस्तो बताएका हुन ।
देशलाइ सम्बृद्धि बनाउने अभियान अन्र्तगत एमाले सरकारको पालामा ल्याएको बिकाशका योजनाहरु यो गठबन्धनको सरकारले ठप्प बनाएको र देशमै अहिले बिकाशका कामहरु ठप्प अबस्थामा रहेको सचिब भट्टराईको भनाइ थियो ।
युवाहरुलाइ स्वरोगार बनाउने, औधोगिक क्षेत्रको बिकाशका योजनाहरु, भौतिक पुर्वाधारका बिकाशका योजनाहरु जस्ता काम अहिले ठप्प रहेको सचिब भट्टराईले बताएका हुन । ‘अहिलेको अबस्थामा अन्य दलहरु एकातर्फ छन भने नेकपा एमाले मात्रै एकातर्फ छ तर पनि नेकपा एमाले आफनो बिचारमा उभिएको पार्टी भएकाले सबैको भरोसाको पार्टी बनेको छ,’ पुर्वमन्त्री समेत रहेका भट्टराईले भने ।
नेकपा एमाले सबै जाती र सबै धर्मको एकताको पक्षमा रहेको बताउदै अगाडी भने, ‘नेकपा एमाले अहिले तराइ मधेशको भरोसाको पार्टी बनेको र अर्को निर्वाचनमा मधेशका एमालेमय बन्ने छ ।’ यस्तै उहाँले पार्टी बिभाजनलाई मेटदै रौतहट बिस्तारै पुरानै अबस्थामा पुगिरहेकोसमेत बताए ।
राष्ट्रिय सभाको निर्वाचनको कोशी प्रदेशको मत परिणामले गठबन्धनको सरकारमा अन्तर बिरोध शुरु भएको बताउदै सचिब भट्टराईले बिस्तारै यो गठबन्धन भत्किने ठोकुवा समेत गरेका छन । एमालेको जनमत अझै बढदै गएको उल्लेख गर्दै भट्टराईले देशको सम्बृद्धिको लागि आउदो निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहमा एमाले जित्नुपर्ने बताए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोतम पौडेल, केन्द्रीय सदस्य उद्धब रेग्मी, अजयकुमार गुप्ता, रेखा झालगायतले युवाको परिचालनको बारेमा आ आफनो धारणा राखेका छन । आउदो माघ २५ र २६ गते नेकपा एमाले रौतहटको जिल्ला अधिवेशन हुदैछ ।
अधिवेशनलाई भब्य रुपमा सफल बनाउन युवा परिचालनको लागी युवा संघको शुक्रबार बैठक राखिएको थियो । बैठक युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादबको अध्यक्षतामा बसेको थियो । जिल्ला अधिवेशनको लागि आज १८ वटै पालिकामा प्रतिनिधि चयन हुदैछ । अधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।न्युजकारखाना
रौतहट,१२ माघ ।
गृहणी महिला संघ नेपाल काठमाडौँले रौतहटका विपन्न परिवारहरुलाई न्याना कपडा वितरण गरेको छ।
सो संस्थाले जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ७ उचिडीका सय घरधुरीलाई ब्ल्याकेन्ट, स्विटर , सारी लगायतका न्याना कपडाहरू वितरण गरेको हो।
संस्थाकी अध्यक्ष अमृता शर्माको नेतृत्वमा आएको टोलीले शुक्रबार सो टोलमा पुगेर स्थानीयलाई न्याना कपडाहरू वितरण गरेको संस्थाले जनाएको छ ।
गृहणी महिला संघले सदैव सामाजिक कार्यहरु गर्दै आएको र आज रौतहटका विपन्न परिवारहरुलाई न्याना कपडाहरू सहयोग गर्न पाउँदा निकै खुशी लागेको बताईन्।
उनले आगामी दिनहरुमा पनि रौतहट आएर सामाजिक कार्यहरु गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो कार्यका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरिन्। चिसोको कहरमा रहेका नागरिकहरुलाई सक्दो सहयोग गर्न संस्थाका सदस्यहरुले आफुले आर्थिक संकलन गरेर न्याना कपडाहरू खरिद गरेर रौतहट आएको संस्थाकी सरिता आचार्यले बताइन्।
चन्द्रपुर ५ मा रहेको नमुना इंग्लिस आवासीय स्कुलको सहकार्यमा सम्पन्न सो कार्यक्रममा विद्यालयकी संचालक लक्ष्मी श्रेष्ठ, नेकपा एमाले रौतहट प्रचार विभाग प्रमुख रुपेश कुमार पटेल लगायतको उपस्थिति रहेको थियो।
राज्यका निकायहरुले चिसोको कहरमा आफुहरुलाई वेवास्ता गरेको बेला गृहणी आएर न्याना कपडाहरू प्रदान गरेकोमा स्थानीयले खुसी व्यक्त गरेका थिए ।न्युजकारखाना