न्यूयोर्क २०८१ ।
मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङसंग भेटवार्ता गरेका छन् । न्यूयोर्क स्थित सयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटमा सांसद ढकालले नेपालको शान्ति प्रक्रियामा सयुक्त राष्ट्र संघको योगदानको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट शुभकामना संदेश दिनुभयो । महासभाका अध्यक्ष फिलिमेन याङले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भएको महत्वपुर्ण भेटवार्ताको स्मरण गर्दै नेपालको शान्ति र संमृद्धिको यात्रामा सयुक्त राष्ट्र संघको सदैव सदभाव रहने बताउनु भयो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन अमेरिका पुगेका ढकालले वाशिंटन डिसीमा रिपब्लिकन र डेमोक्र्याट पार्टीका छ जना सांसदहरुसंग समेत भेट गरेका थिए । पूर्वमन्त्री समेत रहेका ढकालले क्यपिटोल हिल (संसद भवन) मा अमेरिकी सांसदहरु बेथ भान डाइन, डानी देविज, जोहन टाईलर डूलिटल, जोनाथन ज्याकसन्, लुइए गोहमेर्ट लगाएत संग संसद भवनमा द्विपक्षीय हित र नेपाल –अमेरिका संसदीय आदानप्रदान बारे छुट्टा छुट्टै कुराकानी गरेका थिए ।
सांसद ढकालले अमेरिकी पत्रिका “द वाशिंगटन टाइम्स“ को मुख्यालयको समेत भ्रमण गरि उक्त पत्रिकाको अध्यक्ष थोमस म्याकडेभिट लगाएतसंग अन्तरक्रिया गरेका छन् । ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् र उनि नेपाल – अमेरिका संसदीय मैत्री समुहमा आबद्ध छन् । सांसद ढकालको भ्रमणलाइ अमेरिकी नेताहरुले बिशेष महत्व दिएका छन् ।
जनकपुर, माघ ९ गते २०८१ ।
मधेश प्रदेश सभा सदस्य किशोरी देवी दासले दलित सशक्तिकरण ऐन २०७६ पारित भएको ६ वर्ष बितिसक्दा यसको कार्यान्वयनका लागि सरकारका कदमहरू अस्पष्ट भएको भन्दै जवाफ मागेकी छिन्।

मंगलबार मधेश प्रदेश सभाको चौथो अधिवेशनको ९औं बैठकमा बोल्दै दासले मधेश प्रदेश सरकारले ऐन कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा कति बजेट विनियोजन गरेको छ भन्ने विषयमा जानकारी दिन आग्रह गरिन्। उनले ऐन पारित भए पनि दलित समुदायको अवस्था दयनीय रहेको र ऐनको प्रभावकारी कार्यान्वयनमा सरकार गम्भीर नदेखिएको बताइन्।

नेपाल सरकारद्वारा २०७६ सालमा पारित दलित सशक्तिकरण ऐन दलित समुदायको अधिकार सुनिश्चित गर्न तथा उनीहरूमाथि हुने जातीय विभेद, हिंसा, र अन्याय अन्त्य गर्न कानूनी व्यवस्था गर्नका लागि तयार गरिएको हो। ऐनले दलितहरूको राजनीतिक, आर्थिक, सामाजिक, र सांस्कृतिक अधिकार संरक्षण गर्न आवश्यक आधार प्रदान गरेको छ।
तर, ऐन लागू भए पनि यसको कार्यान्वयनमा कमजोर व्यवस्थापन, बजेट अभाव, र राजनीतिक इच्छाशक्तिको कमीले गर्दा अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन।
प्रदेश सभा सदस्य दासले आफ्नो सम्बोधनमा मधेश प्रदेशमा दलित समुदायमाथि दैनिक रूपमा हत्या, हिंसा, र जातीय भेदभावका घटनाहरू भइरहेका बताए। तर, यस्ता घटनाहरूमा दोषीलाई कानूनी कारबाही नहुनु दुखद भएको उनको भनाइ छ। उनले सरकारको गैरजिम्मेवारीपनले दलित समुदायलाई अन्याय सहन बाध्य बनाएको र उनीहरूको बाँच्ने अधिकारसमेत कुण्ठित भएको बताइन्।
दासले मधेश प्रदेश सरकारसँग ऐन कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा कति बजेट छुट्याइएको छ भन्ने स्पष्ट पार्न पनि आग्रह गरिन्।
दलित सशक्तिकरण ऐन २०७६ पारित भए पनि यसको कार्यान्वयनका लागि प्रदेश सरकारका ठोस कदमहरूको अभावले दलित समुदायले अझै पनि अन्याय, भेदभाव, र हिंसा सहनुपरेको छ। यसै सन्दर्भमा, प्रदेश सभा सदस्य किशोरी दासले उठाएको मुद्दा दलित समुदायको अवस्था सुधार गर्न आवश्यक सरकारी प्रतिबद्धताको माग हो। यो मुद्दालाई तत्काल सम्बोधन गर्न सरकारले कदम चाल्नुपर्ने आवश्यकता छ।
आरेक श्रीवास्तव,राैतहट,०९ गते माघ २०८१ ।
राैतहट । पुलहरू अधुरै छाेड्ने ठेकेदारहरूलाई कडाइसाथ नियमन गर्न प्रदेश सांसद केशव रायले जाेडदार रूपमा माग गरेका छन् । मधेश प्रदेश सभाकाे चौथो अधिवेशनकाे दशौं बैठकमा बाेल्दै राैतहट निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ का प्रदेश सांसद एवम् मधेस प्रदेश सरकारका पूर्व राज्यमन्त्री समेत रहेका रायले आफनाे निर्वाचन क्षेत्रमा बनिरहेका थुप्रै पुलहरू अलपत्र अवस्थामा छाडने ठेकेदारहरू लाई कानुनी दायरा ल्याइ ती पुलहरूलाई चाँडोभन्दा चाँडो निर्माण सम्पन्नहाेस् भन्ने धारणा राख्नु भयाे ।

मधेस प्रदेश सरकारका हालका भाैतीक पूर्वाधार मन्त्रीले ल्याउनु भएको एक क्षेत्र एक पुलकाे अवधारणा सराहनीय गर्नु भयाे । साथै उनले मदरासा शिक्षाकाे विधेयक लाई नियमन गर्न माग गर्नु भएको हाे ।
सांसद रायले, ‘मलखादकाे समस्या सधैं यस्तै विकराल हुने हाे की? यसलाई समाधान पनि गर्न सकिन्छ ।´भन्दै सदनमा प्रश्न गरे । अब आउने दिनहरूमा मलखादकाे समस्या नहाेस् भन्ने म चाहन्छु!

साथसाथै उनले कर्मचारीकाे कमीले गर्दा स्वास्थ्य सेवा दिन समस्या भइरहेको अवगत गराउनु भयाे । प्रदेश लाेक सेवा आयाेगका अध्यक्षलाई स्वास्थ्यका कर्मचारी भर्ना गर्ने प्रक्रिया अविलम्ब अपनाउन आग्रह समेत गर्नु भयाे ।
प्रदेश सांसद रायले पछिल्लो आर्थिक वर्षमा बनेको बर्थिङ्ग सेन्टरहरूलाई समेत व्यवस्थित गर्न माग गर्नु भयाे । स्वास्थ्य क्षेत्रकाे समस्याहरू तत्काल निराकरणकाे प्रयास गरियोस् भन्ने उनकाे चाहना रहेको उल्लेख गर्नुभयाे ।
पछिल्लो समय वन जंगलमा जंगली जनावरकाे आक्रमण बढेकाे प्रति चिन्ता व्यक्त गर्दै यसतर्फ वनमन्त्रीकाे ध्यानाकर्षण गराउनु भयाे । सांसद रायले-अहिले जाडाेमा जनजिवन कष्टकर छ । स्थानीयलाई आगाे ताप्नका दाउरा लिन जंगलमा जानुपर्ने बाध्यता छ । जंगलमा जानेक्रममा नै स्थानीयहरू जंगली जनावरकाे सिकार बन्नुपरेकाे छ । यसबाट स्थानीयलाई जाेगाउन जरुरी छ ।
यसका लागि वन मन्त्रीलाई प्रत्येक पालिकामा दाउरा उपलब्ध गराउन अनुराेध समेत गर्नुभयाे । जंगलकाे काठ दाउरालाई सदुपयोग गर्न सुझाव दिएका छन् ।
चन्दन यादव, रौहतट, ०९ गते माघ २०८१ ।
रौहतटमा एक जना नक्कली पेस्तोल देखाई ठगी गर्ने मानिसलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक जिल्ला मोतिहारी ग्राम पञ्चायत खरोही वडा नम्बर ४ मा बस्ने मो. जाविर आलमको छोरा अन्दाजी बर्ष २०को अब्दुल कलाम रहेको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सुचना अधिकारी तथा प्रहरी निरीक्षक राम कुमार महतोले दिएको जानकारी अनुसार जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नम्बर ४ मठिया स्थित सिमावर्ती ईलाकामा नक्कली चाईनिज पेस्तोल (खेलौना) देखाईसिमा क्षेत्रमा हिलडुल गर्ने व्यक्तिहरुलाई डर त्रास देखाई पैसा मांगदै थियो ।

२०८१ माघ ०७ गते अन्दाजी ७ बजेर ३० मिनटको समयमा नक्कली पेस्तोल देखाई ठगी गरिरेहको सुचना प्राप्त भएपछि प्रहरी चौकी मठिया महुलिया रौतहटबाट खटिएको प्रहरी टोलीले अब्दुल कलाम भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ गरेर कार्यालयमा ल्याई म्याद थपगरी अनुसन्धान कार्य भईरहेको निमित्त सुचना अधिकारी तथा प्रहरी निरिक्षक राम कुमार महतोले जनाएको छ । अहिले चोरी तथा ठगी गर्ने व्यक्तिको सक्रियता बढेकोले सर्वसाधारनलाई आफु सचेत भई बस्नको लागी यस समाचारबाट अनुरोध गरिएको छ ।
आरके श्रीवास्तव,रौतहट,०८ गते माघ २०८१ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर २ सितलपुरमा रहेको सातोबहिनिकोे मन्दिरमा ओहोरदोहोर गर्न समस्या भएपछि बाटो निर्माण कार्य भइरेको छ । वर्षौदेखि बाटो विहिन रहेको सो मन्दिरमा आउजाउ गर्न सहजहोस् भन्ने उदेश्यले बाटो निर्माण हुन लागेको हो ।

उक्त वडाका वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव संजयले नयाँ बाटो निर्माण गराइरहेका छन् । त्यस वडामा सधैं सो बाटो चुनावी एजेण्डा बन्दै आएको थियो । तर बाटो भने निर्माण भइरहेको थिएन् । वडा अध्यक्ष यादवले चुनावको बेला गरेको वाचा पुरा गर्दै बाटो निर्माण धमाधम गराइरहेका छन् ।

मन्दिर आसपासको जमिन समेत केही स्थानियहरुले अतिक्रमण गरि राखेका थिए । भने केहीले आफनै जग्गा दिएर भए पनि सो काममा सघाइरहेका छन् । स्थानियको सहयोग पनि त्यतीकै छ । अहिले धेरै जसो जनप्रतिनिधी आफूसँग बजेट नै नभएपछि कसरी काम गर्ने भने गुणासो गरिरहेका हुनछन् ।

तर नागरिकका समस्या समाधान गर्नका लागि सबै ठाउँमा बजेट र पैसा नै चाहिन्छ भन्ने पनि होइन् । यसको उदाहरण पात्र हुन् वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव । उनको नगरपालिकामा अन्य दलको बहुमत छ । अलपमतमा रहेका वडा अध्यक्ष यादवले आफनो वडाको कमै बजेट पनि यस्ता सराहनिय कामहरु गरेर सर्वत्र चर्चामा छन् ।

सो मन्दिरमा जाने बाटो निर्माण हुन थालेपछि स्थानिय ब्रहमदेव यादव भन्छन्–‘विगत ५ वर्ष स्थानिय सरकारको कार्यकाल बित्यो तर हाम्रो समस्या सुन्न कोही आएन् । अहिलेका वडा अध्यक्षले सामान्य पहल मात्र गरिदिदाँ हाम्रो वर्षौदेखि रहँदै आएको समस्या समाधान भएको छ । ’

अर्का स्थानिय जयमंगल पटेलले भने–‘सधैं आलीको बाटो भएर ओहोरदोहोर गर्न हामी बाध्य थियौं । अब उपरान्त सो समस्या हटेको छ । ’
चन्दन यादव, रौतहट, ०८ गते माघ २०८१ ।
जाडो बढेसँगै रौतहट जिल्लाको सदरमुकाम रहेको गौर नगरपालिकाले सामुदायिक विद्यालयहरुमा पठनपाठन बन्द गरेको छ । चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि गौर नगरपालिकाले जाडो बिदा दिएको हो ।
गौर नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तम कुमार उपाध्याय द्धारा हस्ताक्षरित सूचनामा उल्लेख भए अनुसार २०८१ माघ ८ गते मंगलरवार देखि माघ ११ गते शुक्रवारसम्म समुदायिक तथा संस्थागत विद्यालयहरुमा पठनपाठन बन्द गरिएको जनाइएको छ ।
चिसोको कारण पठनपाठनमा कठीनाई भएको हुनाले वर्षे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा दिएको शिक्षा शाखा प्रमुख उत्तम कुमार उपाध्यायले जनाएका हुन् । गौर नगरपालिकामा रहेको सम्पुर्ण विद्यालयहरु आज मंगलरवार देखी शुक्रवारसम्म बन्द गरिएको समेत उनले जनाएका हुन् ।
अहिले अत्याधिक चिसोको कारण विधालयहरुमा विधार्थीको संख्यामा कमी हुदै गएको हुनाले सो नगरपालिकामा जाडो बिदा दिएको छ । रौतहट लगायत पुरै तराई मधेशमा नै जाडोको अत्याधिक प्रभाव परिरहेको कारण धेरै स्थानिय सरकारले पनि बिदा दिएका छन् ।
अत्याधिक चिसोको कारण बच्चाहरुको स्वास्थ्यमा पर्न सक्न प्रतिकुल असरलाई मध्य नजर गर्दै विधालयहरुको पठनपाठन बन्द गरिएको गौर नगरपालिकाले प्रकाशन गरेको सुचनामा उल्लेख छ ।
चन्दन यादव, रौतहट, ०८ गते माघ ।
रौतहटबाट लागु औषध सहित एक जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ बस्ने गिरी बहादुर थापाको छोरा अन्दाजी बर्ष ३४ को प्रचण्ड बहादुर थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सुचना अधिकारी तथा प्रहरी निरीक्षक राम कुमार महतोले दिएको जानकारी अनुसार चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित हाईवे ट्रामा हस्पिटल प्रा.लि अगाडी पुर्व पश्चिम लोक राजमार्गमा एक जना पुरुष व्यक्तीले लागु औषध साथमा बोकी हिडिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेको बताएका छन् ।
उनले भने — ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी गस्ती टोलीले थापालाई नियन्त्रणमा लिइ चेक जाँच गर्दा उनको साथबाट १ ग्राम खैरो हिरोईनफेला परेको हो ।
उक्त खैरो हिरोईन बरामद गरी थापालाई पक्राउ गरी लागू औषध मुद्दामा सम्मानित रौतहट जिल्ला अदालत रौतहटबाट म्याद लिई थप अनुसन्धान कार्य भईरहेकोे प्रहरी निरीक्षक राम कुमार महतोले बताएका छन् ।
चन्दन यादव, रौतहट, ०८ गते माघ ।
रौतहटमा सजाय पाएका ११ जना फरार प्रतिवादीहरुलाई रौतरहट प्रहरीले पक्राउ गरेको छ । उनीहरु माथी अदालत बाट कैद तथा जरिजावा सजाय तोकिए पछि फरार भएका थिए । माघ ६ गते आइतवारका दिन उनीहरु माथि जिल्ला अदालतले फैसला कार्यान्वयन अन्तर्गत तोकिएको थियो ।
पक्राउ पर्ने प्रतिवादीहरुमा शेख नेपाली अपराध बहुविवाह कैद अवधी १ वर्ष तथा जरिवाना पाँच हजार, जमिला शेखिन अपराध किर्ते जरिवाना दुई सय र कैद एक वर्ष, जमिल अख्तर अपराध किर्ते कैद अवधी एक वर्ष तथा जरिवाना दुई सय, शेख अजिज मियाँ दर्जी अपराध किर्ते कैद अवधी एक वर्ष रहेको छ । उनको जरिवाना दुई सय रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै ओली महम्मद अपराध किर्ते त्यस्तै कैद अवधी एक वर्ष तथा जरिवाना दुई सय, शेख हफिज अपराध किर्ते कैद अवधी एक वर्ष र जरिवाना दुई सय, महेन्द्र महरा चमार अपराध कुटपिट कैद अवधी एक वर्ष तथा जरिवाना एक हजार, पुनकलिया देवी अपराध कुटपिट कैद अवधी एक वर्ष र जरिवाना एक हजार रहेको छ ।
त्यसैगरी मनिता कुमारी अपराध कुटपिट कैद अवधी एक वर्ष र जरिवाना एक हजार, निलम देवी अपराध कुटपिट कैद अवधी एक वर्ष र जरिवाना एक हजार र उषा देवी भन्ने उषा कुमारी राम अपराध कुटपिट कैद अवधी एक वर्ष र जरिवाना एक हजार जिल्ला रौतहट बाट उनीहरु माथी कैद तथा सजाय तोकिएको थियो ।
जिल्ला रौतहट कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले खोज तलास तथा पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित रौतहट जिल्ला अदालतमा पठाईएको जानकारी निमित्त सुचना अधिकारी तथा प्रहरी निरीक्षक राम कुमार महतोले बताएका हुन् ।
बज्जिकाञ्चल संवाददाता,०७ गते माघ २०८१ ।
काठमाडौं । दैनिक १८ घण्टासम्मको लोड सेडिङ अन्त्य गर्न आफुलाई उपभोक्ताले ठूलो सहयोग गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भएको छ । २०७३ सालको तिहारदेखि काठमाडौंलाई लोडसेडिङ मुक्त गरेसँगै २ वर्षभित्रै देशलाई लोडसेडिङ मुक्त बनाउने अभियानमा आफुलाई उपभोक्ताले ठूलो साथ दिएको उहाँले जिकीर गर्नु भयो ।
शनिबार नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक पुरागरी विदा भएका विद्यार्थीहरुलाई संवोधन गर्दै कार्यकारी निर्देशक घिसिङले उपभोक्ताले विद्युत प्रयोग गर्ने बानी व्यवहार परिवर्तन गरेकाले आफु लोडसेडिङ हटाउन सफल भएको बताउनु भयो । ‘उपभोक्ताको मागलाई कसरी म्यानेज गर्ने, उपभोगको शैली कसरी सुधार गर्ने कसैले सोचेकै थिएन । मैले एक नम्बरमा उपभोक्ताको व्यवहार र उपभोगको शैलीलाई परिवर्तन गरे ।

उपभोक्ताले पनि साथ दिनुभयो, त्यसपछि म सफल भए ।’ लोडसेडिङ एकै पटक अन्त्य गर्न नसकिने अवस्थामा आफुले काठमाडौंबाट सुरुवात गर्दा देशभरका जनताले साथ दिएको उहाँको जिकीर छ ।
कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौदाको विषय जनतालाई दैनिक १८ घण्टासम्म अन्धकारमा राखेर उद्योगहरुलाई दिइएको विद्युत भएको बताउँदै उक्त विद्युत उपभोगको रकम तिर्नैपर्ने बताउनु भयो । ‘जनतालाई लोड सेडिङमा पारेर तत्कालिन म्यानेजमेन्टसँग पनि मिलेर उद्योगीले २० घण्टा २४ घण्टासम्म विद्युत उपभोग गरेको पैसा नतिरेको आज मात्र हैन त्यो बेलादेखि नै लिन खोजेको हो । विचमा उहाँहरुले धेरै अदालत र मुद्दा गर्नुभयो । त्यो लिनुपर्छ ।’ उहाँले भन्नुभयो ।

लोडसेडिङको समय एउटै उद्योगलाई ४० मेगावाट सम्म सप्लाई हुने गरेको जिकीर गर्दै कार्यकारी निर्देशक घिसिङले ४० मेगावाट विद्युतले ४० वटा पहाडी जिल्लालाई पुग्ने दावी गर्नुभयो । ‘४० मेगावाट एउटै उद्योगमा सप्लाई हुन्थ्यो । ४० मेगावाटले १० वटा जिल्लालाई पुग्छ । बेलुकाको टाइममा एउटै उद्योगले ४० मेगावाट चलायो भने १० वटा जिल्ला अन्धकार हुन्छ ।’ पहाडी जिल्लामा ४ मेगावाट पनि खपत नहुने घिसिङ भन्नुहुन्छ ।

सप्लाई साइटको म्यानेजमेन्ट र डिमाण्ड साइटको म्यानेजमेन्टमा काम गर्दा लोडसेडिङ अन्त्य गर्न सफल भएको उहाँको दावी छ । २०७३ सालमा ५० प्रतिशत जनतामा विद्युत पुगेकोमा आजको दिन ९९ प्रतिशत जनताको घरमा विद्युत पुगेको उहाँको दावी छ । ‘लोडसेडिङको अन्त्य शहरी क्षेत्रको मात्र गरिराख्यौं, तर, काठमाडौं वरीपरीमै विद्युत पुगेको थिएन । जहाँ २४ सै घण्टा लोडसेडिङ थियो त्यहाँ विद्युत पुर्याउने हाम्रो काम नै महान काम हो । अहिले ९९ प्रतिशत जनताले विद्युत पाईरहेका छन् ।’ १ प्रतिशत जनताको घरमा आफ्नै कार्यकालमा प्ुर्याउने भन्दै उहाँले भन्नुभयो, ‘अब ६, ७ महिना छ यही कार्यकालमा १ प्रतिशत जनताका घरमा विद्युत पुर्याउँछु ।’
लोडसेडिङ अन्त्यसँगै अरबौं घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानु आफ्नो सबैभन्दा ठूलो उपलब्धी रहेको कार्यकारी निर्देशक घिसिङको जिकीर छ । ‘२०६९ सम्म २७ अर्बजति घाटा थियो त्यसलाई सरकारले जिरो बनायो । त्यसपछि ५ वर्षमा ०७२ सालसम्म ३५ अर्ब घाटा पुगेछ । म आउनुअघि एक वर्ष करिब ९ अर्ब जति घाटा थियो । म आएपछि ०७३÷०७४ मा एकै वर्ष त्यसलाई नाफामा कन्भर्ट गर्यौं । करिब डेढ अर्ब नाफाबाट सुरुभयो, त्यसपछि लगालग नाफामा गयौं । अहिले करिब ८५ अरब जति ब्यालेन्स बनाउन सफल भएका छौं ।’ प्राधिकरणमा नाफामा पुर्याउन चुहावट नियन्त्रणको पनि महत्वपूर्ण भूमिका रहेको घिसिङको भनाई छ ।
इन्जिनियरिङका विद्यार्थीलाई संवोधन गर्दै कार्यकारी निर्देशक घिसिङले इन्जिनियरका विद्यार्थीहरुका लागि विद्युत प्राधिकरण पाठशाला रहेको बताउनु भयो । ‘तपाईहरु अहिले जति पास आउट गर्नुभएको छ त्यो सबै बेसिक छ । अब प्रोफेसनल लाइफमा धेरै सिक्नुहुन्छ त्यो चैं ठूलो पाठशाला हो । विद्युत प्राधिकरण सबै प्रकारका इन्जिनियरहरुको लागि ठूलो पाठशाला हो ।’ आफुले प्राधिकरणमा ३१ वर्ष सेवा गर्दा ठूलो अनुभव हासिल गरेको उहाँको भनाई छ ।
उहाँले इन्जिनियरहरुका लागि सरकारी र प्राइभेटमा दुवै क्षेत्रमा धेरै अवसर र संभावनाहरु रहेको जनाउनु भयो । साथै, इन्जिनियरहरुले नेतृत्व पनि गर्न सक्ने दावी गर्नुभयो । ‘इन्जिनियर भनेको टेक्नोक्रयाट मात्र हैन, इन्जिनियर भनेको समाज बुझ्ने, वातावरण बुझ्ने हुनुपर्छ । जब प्रोफेसनल लाइफमा जानु हुन्छ तपाई ठूलो म्यानेजर हो ।’ इन्जिनियरिङमा प्राविधिक क्षेत्रमा परामर्श दिएर अगाडी बढ्ने प्राविधिक फिल्डमा पनि व्यवसायिक नेतृत्व गर्न सकिने घिसिङको भनाई छ ।
कार्यकारी प्रमुख घिसिङले लिडरसिपमा आएका इन्जिनियरहरु सफल भएको जिकीर गर्नुभयो । ‘इन्जिनियरहरुले जहाँ जहाँ नेतृत्व गरेका छन् त्यो राष्ट्र धेरै छोटो समयमा विकास भएको पनि देखिन्छ ।’ एक समय चीनको नौ वटा स्ट्याण्डिङ कमिटीमा इन्जिनियरहरु रहेको उदाहरण दिँदै उहाँले भन्नुभयो । बर्तमान चीनको राष्ट्रपति समेत केमिकल इन्जिनियर भएको भन्दै उहाँले इन्जिनियरहरुले प्राविधिक, सामाजिक, वातावरणीय र राजनीतिक नेतृत्व दिन सक्ने दावी गर्नुभयो ।
कार्यकारी प्रमुख घिसिङले विद्यार्थीहरुलाई पढ्नका लागि विदेश गएपनि देशका लागि सोच्नुपर्ने उल्लेख गर्नुभयो । ‘देशका लागि के गर्न सकिन्छ भनेर अगाडी बढ्नु पर्छ । विदेश जानै हुन्न भन्ने लाग्दैन । जानुपर्छ, अनुभव गर्नुपर्छ तर, तपाईले गर्नुभएको अनुभव राष्ट्रको लागि हुनुपर्छ ।’ नेपालमा इन्जिनियरहरुका लागि धेरै अवसर रहेको भन्दै घिसिङले भन्नुभयो । धेरै चुनौतिहरु भएको स्थानमा अवसर पनि हुने उहाँको अनुभव छ ।
विदाई कार्यक्रममा बोल्दै कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी लगायतले स्नातक तहमा हासिल गरेको ज्ञान र सीपलाई व्यवहारिक जीवनमा इमान्दारिता र लगानशीलताका साथ प्रयोग गर्न सुझाब दिनुभएको थियो ।