मुम्बई, १४ माघ ।
दीपिका पादुकोण अहिले हिन्दी फिल्म उद्योगको सबैभन्दा ठूलो अभिनेत्री हुन्। उनी उद्योगको सबैभन्दा ठूलो बक्स अफिस कमाउने फिल्महरूको एक ठुलाे हिस्सा बनेकी छिन् ।
सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ऋतिक रोशन अभिनित फिल्म ‘फाइटर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । अहिलेसम्म फाइटरले विश्वभर १०० करोडभन्दा बढी कमाइसकेको छ । पहिलो दिन करिब ३७ करोड, दोस्रो दिन करिब ५५ करोड र तेस्रो दिन करिब ४५ करोड कमाएर १०० कराेड नघाएकाे हाे ।
तर यीनै फाइटरबाट दीपिका पादुकोणले विश्वभर १५० करोडभन्दा बढी कमाउने १५ फिल्म दिएकी छिन् । यो उपलब्धि अझ विशेष के हो भने उनले अहिलेसम्म २५ वटा हिन्दी फिल्ममा काम गरेकी छन् । दीपिका आफ्नो पहिलो फिल्म ‘ओम शान्ति ओम’ बाट विश्वभर १०० करोड क्लबमा प्रवेश गरेकी थिइन् ।
सन २००७ को दिवाली ब्लकबस्टरले एक शानदार फिल्म करियरको जग बसाएकाे थियाे । त्यहाँ धेरै फिल्महरू छन् जहाँ दीपिका पादुकोणले आफ्ना फिल्महरूको बक्स अफिस बढाएका छन् र यो एक भरपर्दो अभिनेत्रीको चिन्ह हो। उनी हाल भारतीय फिल्म उद्योगमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री पनि हुन्।
दीपिका पादुकोणको विश्वभर १०० करोड कमाउनेहरूको सूचीः
१. ओम शान्ति ओमः १४९.९० करोड
२. लव आज कलः ११९.५० करोड
३. हाउसफुलः ११४.२५ करोड
४. ककटेलः १२५.२५ करोड
५. रेस–२ः १६१.५० करोड
६. ये जवानी है दिवानीः २९५.६५ करोड
७. चेन्नई एक्सप्रेसः ३९६ करोड
८. रामलीलाः २२१.५ करोड
९. ह्यापी न्यु इअरः ३४२.७५ करोड
१०. पिंकुः १४१.२५ करोड
११. तमाशाः १३६.६५ करोड
१२. बाजीराव मस्तानीः ३५६.२५ करोड
१३. पद्मावतः ५४६ करोड
१४. पठानः १०४० करोड
१५. फाइटरः १०० करोड (जारी)
न्युजकारखाना
मुम्बई, १२ माघ ।
नितिश तिवारीले रामायण बनाइरहेका छन् र यस महाकाव्यमा भगवान हनुमानको भूमिकाका लागि सनी देओलसँग कुराकानी भइरहेको समाचार बाहिरिएको थियो।
पछिल्लो ३ महिनामा रामायणका कलाकारलाई लिएर धेरै कुराहरु भइरहेका थिए । यसले विश्वभरका दर्शकहरूमाझ निकै उत्साह पैदा गरेको छ । अब चार महिना लामो छलफल पछि रामायणमा भगवान हनुमानको भूमिकाका लागि सनी देओल रहने पुष्टि भएको छ।
भारतीय समाचार संस्थाका अनुसार नितिश तिवारीको निर्देशनमा बन्न लागेको यो फिल्ममा सनी देओलको भूमिका तय गरिएको छ । उनी यो भूमिकामा सहमत भइसकेका छन् र यसका लागि निकै उत्साहित छन् । स्रोतले भन्यो, ‘जीवनमा एक पटक भगवान हनुमानको भूमिका निभाउने मौका पाउँदा सनी देओल निकै उत्साहित छन्। यो भगवान आफैंले सेट गरेको स्टार कास्ट हो। भगवान हनुमान शक्तिको प्रतीक हुन् र अहिले उनी यो भूमिका खेलिरहेका छन्। यो भूमिकालाई दृढताका साथ अगाडि बढाउनुहोस्। भूमिका निर्वाह गर्न सनी देओल भन्दा राम्रो को हुन सक्छ।’
अभिनेताले मे २०२४ मा ‘रामायणः पार्ट वन’ मा आफ्नो भागको छायांकन सुरु गर्ने छन्। जसमा सनी देओल अतिथि भूमिकामा देखिने छन् । फिल्मको दोस्रो र तेस्रो भागमा उनको पूर्ण उपस्थिति रहनेछ । दारा सिंह पछि आजको समयमा भगवान हनुमानको पर्यायवाची बन्ने सनी देओल नै हो भन्नेमा निर्माता ढुक्क छन् ।
यससँगै रामायणको पुष्टि भएका नाममा भगवान रामको भूमिकामा रणवीर कपुर र साई पल्लवी पनि छन् । सीता, रावण, हनुमानको रूपमा यश, हनुमानको रूपमा सन्नी देवल र कैकेयीको रूपमा लारा दत्तले भुमिका निभाउँदैछन । न्युजकारखाना
न्युयोर्क, १४ माघ ।
इरान समर्थित हुथी बिद्रोहीले लाल सागरमा प्रहार गर्न खोजेको मिसाइल माथी आक्रमण गरेको छ ।
अमेरिकाको सेनाले यमनमा लाल सागरमा लक्षित तथा अडेनको खाडीमा एक ब्रिटिश तेल ट्याङ्करमा आक्रमण गरेपछि प्रक्षेपण गर्न तयार रहेको यमनको हुथी एन्टिशिप मिसाइललाई नष्ट गरेको हो ।
अमेरिकी नौसेनाका अनुसार जनवरी २७ मा लगभग ३ः४५ बजे अमेरिकी केन्द्रीय कमान्ड फोर्सले लाल सागरमा लक्षित हुथी एन्टी–शिप मिसाइल विरुद्ध आक्रमण गर्यो र जुन प्रक्षेपण गर्न तयारी अवस्था थियो।
‘अमे
रिकी सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रहरूमा मिसाइल पहिचान गर्यो, जसले व्यापारिक जहाजहरू र यस क्षेत्रमा अमेरिकी नौसेना जहाजहरूका लागि आसन्न खतरा प्रस्तुत गर्नेवाला थियो तर अमेरिकी सेनाले पछि आत्मरक्षामा मिसाइल प्रहार गरी नष्ट गरेको छ, यो कार्यले नेभिगेसनको स्वतन्त्रताको रक्षा गर्नेछ भने अमेरिकी नौसेनाका जहाजहरू र व्यापारी जहाजहरूका लागि अन्तर्राष्ट्रिय महासागरका यात्रालाई अझ सुरक्षित बनाउने छ,’ अमेरिकी नाैसेनाले जारी गरेकाे बिज्ञप्तिमा भनिएको छ ।
गाजामा इजरायलको सैन्य कारबाहीको जवाफमा हुथी समूहले नोभेम्बर १९ देखि लाल सागर हुदैँ जाने इजरायली, बेलायती र अमेरिकालगायत पश्चिमा देश समर्थित कार्गो जहाजमा ड्रोन र मिसाइलहरू प्रहार गरेर क्षति पुर्याउँदै आएको छ ।
हुथी विद्रोहीले गत शुक्रबार साँझ बेलायती इन्धन ट्याङ्करमा गरेको आक्रमण गरेर क्षति पुर्याएका थिए तर जवाफमा अमेरिकी नौसेनाले प्रक्षेपणका लागि तयारी अवस्थामा हुथीको मिसाइल आक्रमण गरी ध्वस्त बनाएको हो ।
सिंगापुरस्थित ट्राफिगुरा व्यापारिक फर्मको स्वामित्वमा रहेको मार्लिन लुआन्डा क्षतिग्रस्त भएको थियो तर ब्यक्तिलाइ भने चालक दलका कुनै पनि सदस्यलाइ चोटपटक नलागेको जनाउँदै अमेरिकी नौसेनाको जहाज यूएसएस कार्नीले सहयोग गरिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
साे जहाज अहिले सुरक्षित बन्दरगाहतर्फ जाँदैछ । ‘हामी पुष्टि गर्न पाउँदा खुसी छौं कि मार्लिन लुआन्डा बोर्डमा सबै चालक दल सुरक्षित छन् र कार्गो ट्यांकमा आगो पूर्ण रूपमा निभाइएको छ। जहाज अब सुरक्षित बन्दरगाह तर्फ जाँदैछ,’ ट्राफिगुराले अपडेट गर्दै भनेको छ ।न्युजकारखाना
न्युर्योक, १४ माघ ।
आज हामी विश्वको सबैभन्दा ठूलो रेलवे स्टेशनको कुरा गर्दैछौं।
अमेरिकाको न्यूयोर्क शहरमा अवस्थित ग्रान्ड सेन्ट्रल टर्मिनल संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो।
प्लेटफर्मको अधिकतम संख्याको हिसाबले यो संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। ग्राण्ड सेन्ट्रल टर्मिनलको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि लेखिएको छ ।
तपाईलाई थाहा पाउँदा छक्क पर्नुहुनेछ कि यस टर्मिनलमा जम्मा ४४ प्लेटफर्महरू छन्। अर्थात् यहाँ जम्मा ४४ वटा रेल एकै पटक उभिन सक्छन् । बाँकी विश्वमा यो सुविधा उपलब्ध भएको कुनै पनि रेलवे स्टेशन छैन। गिनिज वल्र्ड रेकर्डको रिपोर्टका अनुसार यो रेलवे स्टेशन सन् १९०३–१९१३ को बीचमा निर्माण भएको हो।
अमेरिकी समाचार संस्थाहरूका अनुसार यहाँबाट दैनिक १.२५ लाख यात्रु आउने जाने गर्दछन । यसको साथमा कुल ६६० ट्रेनहरू यस स्टेशनबाट गुज्र्छन्। ग्रान्ड सेन्ट्रल टर्मिनल कुल ४८ एकडमा फैलिएको छ। यति मात्र होइन, यस स्टेशनमा दुईवटा भूमिगत स्तरहरू छन्।
त्यहाँ एक खुफिया प्लेटफर्म पनि छ, जुन स्टेशनको छेउमा वाल्डोर्फ अस्टोरिया होटेलको तल छ। वास्तवमा यो निर्माण गरिएको हो किनभने राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्ट एक ह्वीलचेयरमा यो खुफिया प्लेटफर्ममा होटेलबाट सीधै ओर्लेका थिए ताकि उनी जनता र मिडियाको सामना गर्नबाट बच्न सकून्।
यस बाहेक यहाँ धेरै सुविधाहरू रहेको छन्, जुन आश्चर्यजनकले भरिएको छ।न्युजकारखाना
वासिंगटन डिसी, १४ माघ ।
संयुक्त राज्य अमेरिकाले टर्कीलाई एफ–१६ लडाकु विमान बेच्ने भएको छ ।
टर्की संसदले यसै हप्ता स्वीडेनको नेटो सदस्यतालाई अनुमोदन गरे पछि अमेरिकाले सैन्य बिमान बेच्ने निर्णय लिएको हो ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार नाटोको सहयोगी टर्कीलाई युद्ध विमान बेच्नको लागि ८.६ बिलियन अमेरिकी डलरको सम्झौताको बारेमा कांग्रेसलाई सूचित गरिएको छ ।, साथै पश्चिमी सैन्य ब्लकमा एक सहयोगीग्रीसलाई उन्नत एफ–३ ५लडाकु विमानहरू पनि बेच्ने पनि निर्णय लिएको छ।
टर्कीलाई बिक्रीमा ४० वटा लकहिड मार्टिन एफ १६ र यसको अवस्थित एफ १६ फ्लीटमध्ये ७९ वटालाई आधुनिकीकरण गर्ने उपकरणहरू समावेश रहेका छन । ग्रीसले ४० एफ ३५ लाइटनिंग संयुक्त स्ट्राइक फाइटर र सम्बन्धित उपकरणहरू पाउने छ।
टर्कीले लामो समयदेखि आफ्नो एफ १६ फ्लीट अपग्रेड गर्न खोजेको थियो भने अक्टोबर २०२२ मा जेटहरूका लागि अमेरिकासँग अनुरोध गरेको थियो । तर, स्वीडेनको नाटो सदस्यतालाई अनुमोदन गर्न ढिलाइ गरे पछि अमेरिकन कांग्रेसको स्वीकृति लिन समय लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।न्युजकारखाना
रौतहट, १४ माघ ।
गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानूले क्रिकेट खेलको मैदानको रुपमा गौर बासीले देखेका सपना छिटै पूरा हुने बताएका छन् ।
गौर नगरपालिकाको आर्थिक सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा गौर राईस मिलको मैदानमा आयोजना गरिएको मेयर कप २०८० को उदघाटन समारोहमा सम्बोधन गर्दै मेयर साहले जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढ़ी सकेकोले गौर राइस मिलको जग्गा चालू आर्थिक वर्षको अन्त्य सम्म अधिग्रहण हुने दावी गरे।
मेयर साहले भने वर्षो देखि क्रिकेट खिलाड़ीहरुले खेल मैदानको लागि देख्दै आएको सपना अब पूरा हुने बताए । जग्गा अधिग्रहणको ७५ प्रतिशत काम आषाढ़ मसान्तसम्म सकिने र त्यस पछि स्टेडियम निर्माणको लागि पहल समेत गरिने मेयर साहले आश्वासन दिएका छन ।
रौतहटमा पहिलो पटक आयोजना हुन लागेको पालिका क्रिकेट कप प्रतियोगिताको लागि खेलाडी छनौट गर्ने मेयर कपको आयोजना गरिएकोले खेलाडीहरुलाई अनुसाशनमा बसेर आफ्नो प्रतिभा देखाउन आग्रह गरे ।
गौर राइस मिलको जग्गा अधिग्रहण गर्नको लागि २०७५ साल देखि नै प्रक्रिया जारी रहेकोमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले सार्वजानिक सरोकारका विषय रहेको गौर राइस मिलको जग्गा अधिग्रहण गर्नका लागि १५ करोड़ रुपैया विनियोजन गरेर अधिग्रहणको प्रक्रिया अगाडी बढाउन जिल्ला प्रशासन कार्यालय रौतहटलाइ प्रदेश सरकारले पत्राचार समेत गरिसकेको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको पालामा प्रदेश सरकारले पत्र पठाउदा पनि जिल्ला प्रशासन कार्यालयले पत्र अनुसार कार्यवाही अगाडी बढाउन नसक्दा प्रक्रिया ओझलमा परेको छ ।
क्रिकेट संघका अध्यक्ष पवन साहको सभापतित्वमा सम्पन मेयर कप उदघाटन कार्यक्रम नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा , क्रिकेट संघका कोषाध्यक्ष बिक्रान्त विक्रम नेपाल लगायतले आ आफ्नो मंतव्य राखेका थिए भने कार्यक्रममा नगर पालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुर, सशस्त्र प्रहरी बल नेपाल बीओपी गौर भन्सारका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक अमर लामाको सहभागिता रहेको थियाे ।
मेयर कपको पहिलो दिन भएको खेलमा गौर नगरपालिका- १ ले गौर नगरपालिका- ५ को टीम लाइ पराजित गर्दै विजयी शुरुवात गरेको हो।न्युजकारखाना
काठमाडौं, १४ माघ ।
काठमाडौँ महानगरपालिकाले धरहरामा आज देखी निःशुल्क पार्किङ दिने भएको छ ।
काठमाडौं महानगरपालिकाका अनुसार धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आज देखि निःशुल्क पार्किङ सेवा सर्वसाधारणका लागि खुल्ला हुन लागेको हो ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार धरहरा क्षेत्रका साथै पुरानो बसपार्क (काठमाडौं टावर) क्षेत्रमा सर्वसाधारणका लागि निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ ।
उनका अनुसार न्युरोड क्षेत्रमा महानगरले पार्किङ निषेध गरे पछि विकल्पको रूपमा धरहरा र काठमाडौं टावरमा निःशुल्क पार्किङको ब्यवस्था मिलाइएको हो । सो पार्किङ क्षेत्रमा पार्किङ गरे बापत कुनै शुल्क लाग्ने छैन । न्युजकारखाना
काठमाडौं, १३ माघ ।
जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैँछन् ।
आज टियु मैदानमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुदैँछ ।
अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ६ खेलमा सबै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अंकनै हासिल गर्दै दोस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ८ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ।
त्यस्तै, त्रिभुवन आर्मी क्लबले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर चौथो स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै, एपीएफ ७ खेलमा ८ अंकसहित छैटौं स्थानमा रहेको छ भने कर्णाली प्रदेश ७ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ ।
त्यसैगरी गण्डकी प्रदेशले ७ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ६ खेलमा एक जित र ५ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ । न्युजकारखाना
काठमाडौं, १४ माघ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै, तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।न्युजकारखाना
काठमाडौं, १३ माघ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पाँच वर्ष भित्र नेपाललाई मेडिकल शिक्षाको स्वर्ग बनाउने बताएका छन् ।
२१५१औं ह्योल्मो सोनाम ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले १०० देखि ३०० शैयाका अस्पतालहरुमा नर्स र प्यारामेडिक्सको पढाई हुने र ३०० शैयाभन्दा माथिका अस्पतालहरुमा एममिविविएस र विशेषज्ञ चिकित्सकको पढाई गर्ने गरि स्वास्थ्य मन्त्रालयले निर्णय गरि मन्त्रीपरिषदमा पठाएको र चिकित्सा शिक्षा आयोगमा पनि परामर्श भइरहेकोले ऐन परिवर्तन गरेर पाँच वर्ष भित्रै नेपाल मेडिकल शिक्षाको हव बनाएरै छाड्ने दावी गरेका हुन्।
मेडिकल शिक्षाका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउँदै मन्त्री बस्नेतले स्वदेशमा प्रसस्त संभावना भएर पनि चिकित्सा शिक्षा ऐनका केही प्रावधानका कारण हजारौं नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि विदेश जान वाध्य भएको जानकारी दिए। चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर स्वदेशमै मेडिकलका कोटा बढाउने विषयमा मन्त्रिपरिषद् मात्र नभएर चिकित्सा शिक्षा आयोग पनि सकारात्मक भएकाले केही दिनमै चिकित्सा शिक्षा ऐन परिमार्जन हुने मन्त्री बस्नेतले बताए।
नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि सार्क देशहरुका हजारौ विद्यार्थी समेत आउने संभावना भएकाले भविश्यमा नेपाल चिकित्सा शिक्षाको हव हुने मन्त्रीले औंल्याए। समयमै चिकित्सा शिक्षा ऐन परिमार्जन गर्न नसकिए अवको पाँच वर्ष पछि नेपालमा डाक्टर, नर्स र प्यारामेडिक्सको अभाव हुने दावी गर्दै स्वास्थ्य मन्त्रीले राज्यले बेलैमा यस बिषयमा आवश्यक कदम चाल्न लागेको जानकारी दिए।
आफ्नो देशमा सर्वसुलव रुपमा पढ्न नपाएर कयौं विद्यार्थी मानसिक रुपमा तनावमा रहेको बताउदै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधन भएर यही पढ्न पाउने प्रसस्त संभावना सिर्जना गरिए धेरै हदसम्म मानसिक समस्या समेत समाधान गर्न सकिनेमा जोड दिए।
नेपालमा मेडिकल कलेजहरु र अस्पतालहरुसँग वर्षमा ५ हजार भन्दा बढी एमविविएस पढाउन सक्ने क्षमता भए पनि विद्यमान चिकित्सा शिक्षा ऐनका प्रावधानका कारण १९ सय विद्यार्थीले मात्र स्वदेशमा पढ्ने अवसर पाईरहेका छन् भने दर्जनौ नर्स र प्यारामेडिक्स पढाउने कलेज बन्द भएका छन्।न्युजकारखाना