आरके श्रीवास्तव,रौतहट,२० गते माघ ।
रौतहटको कटहरिया नगरपालिकामा एचपिभि खोप अभियान सम्बन्धि नगर स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुको अभिमूखिकरण बैठक सम्पन्न भएको छ । स्वास्थ्य शाखाको अयोजनामा नगरपालिकाको सभाहल सो बैठक बसेको थियो ।
खोप कार्यक्रमको लक्ष्य,उदेश्य,उपलब्धी,अवस्थाबारे जानकारी गराउने,पाठेघरको मुखको क्यान्सर निवारण,रणनिती,एच.पि.भि.खोप अभियानको औचित्य र सञ्चालन प्रक्रिया बारे जानकारी गराउने,खोप समन्वय समिति संचार क्षेत्र र सरोकारवालाहरुको भूमिका र जिम्मेवारी बारे जानकारी गराउने उदेश्यलेले बैठक बसेको थियो ।
साथै अभियान संचालन योजना,तयारी अवस्था बारे जानकारी गराइ अभियान सफल बनाउन स्थानिय स्तरबाट आवश्यक थप सहयोग बारे छलफल,श्रोतको पहिचान,परिचालन र जिम्मेवारी बाँडफाँडको योजना बनाउने लगायतको विषयमा छलफल गर्न बैठक बसेको थियो ।
कटहरिया नगरभरिमा आगामी माघ २३ गतेदेखि २६ गते सम्म सञ्चालन हुने एच.पि.भि. खोप अभियानमा २ हजार ४ सय १३ छात्रा र किशोरीहरुलाइ खोप दिने लक्ष्य राखिएको स्वास्थ्य संयोजक दिनेश यादवले जानकारी गराएका हुन् । यो लक्ष्यमा ९० प्रतिशत अनिवार्य खोप लगाउनुु पर्ने उनको भनाइ छ ।
औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्य हुने गरेको भन्ने अनुमान गरिएकोले १० वर्ष देखि १४ वर्ष मुनिमा किशोरीहरु कोही पनि नछुटाउन हुनेमा उनको जोड थियो ।
अभिमूखिकरण कार्यक्रममा कटहरिया वडा नम्बर ८ का वडा अध्यक्ष समिश बिक्रम शाह,कार्यपालिका सदस्य दिलिप सा,मनोज जयसवाल,जामुन ठाकुर,जनस्वास्थ्य निरिक्षक संतोष कुमार साह,सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश दुधियाभारका प्रहरी निरिक्षक चुनराज थापा,इप्रका कटहरियाका इन्चार्ज मुकेश कुमार सिंह,सञ्चारकर्मीहरु लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो ।
यस्तै परिवार पोषण लेखाजोखा पद्धति परिवार मुुआक अवधारण कार्यक्रम अन्तर्गत पालिका स्तरीय समन्वय बैठक पनि बसेको थियो । सो बैठकमा कटहरिया नगरभरि रहेका कुपोषित बालबालिकाहरुको सर्वेक्षण गर्ने जानकारी गराइएको थियो ।
आरएन पटेल,रौतहट,माघ २० गते ।
राैतहट । बौधिमाई-१ अजगैबीमा जसपा नेपालको वडा स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ। रौतहटको बौधिमाई नगरपालिकाको वडा नं. १ बौधा अजगैबीमा जनता समाजवादी पार्टी नेपालको वडा स्तरीय विस्तारित बैठकबाट ३१ सदस्यीय वडा कमिटी गठन कार्य सम्पन्न गरिएको हो।
पालिकाको वडा नं.१ अजगैबी स्थित माईस्थानमा नगर कमिटि अध्यक्ष हृदय नारायण राय यादवको अध्यक्षतामा वडा नं.१ अजगैबीमा जसपा नेपालको वडा कमिटिको विस्तारित बैठकबाट रामजोधी राउत कुर्मीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरिएको नगर अध्यक्ष यादवले जानकारी गराएका हुन। कार्यक्रमको प्रमुख वक्ता बौधिमाई नगरपालिकाको पूर्व मेयर राजीव रंजन यादवले नव गठित जसपा नेपालको बौधिमाई नपा-१ बौधा अजगैबीको सम्पुर्ण वडा कमिटीका पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ।
साथै कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी युवा संघ नेपालको केन्द्रीय महासचिव दिलीप कुमार पटेलले सयौ वर्ष देखी देश चलाएका नेपाली कांग्रेस र नेकपा एमालेले मधेश र मधेशीको लागि एक पटक पनि आवाज नउठाएको तर समग्र मधेश र मधेशीको हकअधिकारको लागि अगाडी बढ़ने एक मात्र माननीय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल रहेको बताए।
देश निर्माण तथा विभिन्न मधेशी आन्दोलनमा लगायत मधेश र मधेशीको अधिकार प्राप्तिमा युवा वर्गको ठुलो भूमिका रहेकोले बौधिमाईमा गठन भएको समाजवादी युवा संघ नेपालको नगर स्तरीय युवा कमिटीले असल विचार तथा जोस जागर सहित संगठन निर्माण गरि पार्टी तथा देश निर्माणमा सहयोग गर्न अपिल गरेका छन।
कार्यक्रममा समाजवादी युवा संघ नेपालको केन्द्रीय महासचिव दिलीप कुमार पटेल, जसपा रौतहट जिल्ला राजकुमार पटेल, वडा नं.१ को वडा अध्यक्ष रामजोधी राउत, वडा नं.३ को वडा अध्यक्ष मणिभूषण प्रसाद साह,वडा नं.७ को वडा अध्यक्ष नरेन्द्र प्रसाद सिन्हा, वडा सदस्य लगायत समाजवादी युवा संघ नेपाल रौतहटको कार्यवाहक जिल्ला अध्यक्ष अजय यादव, नगर उपाध्यक्ष मोतिम हासमी, नगर सचिव रामाकान्त कुमार पटेल, वडा नं.६ पिपरिया निवासी युवा नेता गजाधर राय यादव, युवा नेता असेशर राय यादव लगायत वडा नं.१ बौधा अजगैबीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।
सप्तरी, २०८१ माघ २० –
वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल, रौतहटका अध्यक्ष राजेश पासवान ९निर्माणी० विरुद्ध लगाइएको झूटा मुद्दाको विरोध गर्दै दलित सरोकार मञ्च नेपालले भर्त्सना गरेको छ।
मञ्चका कार्यकारी निर्देशक भोला पासवानले प्रेस विज्ञप्ति जारी गर्दै जातीय भेदभावविरुद्ध संघर्षरत एक अभियन्तामाथि झूटा आरोप लगाएर फसाउन खोजिएको गम्भीर षड्यन्त्र भएको बताएका छन्। २०७९ सालको छठ पर्वमा राजेश पासवानमाथि भएको जातीय दुर्व्यवहार र आक्रमणका दोषीहरू अझै पनि कानूनी कारबाहीबाहिर रहेका बेला, उनीहरूकै दबाबमा प्रहरीले पीडितलाई नै अपराधी बनाउन खोजेको सरोकार मञ्चले जनाएको छ।
गत २०८१ मंसिर १९ गते वृन्दावन८, बहुअरी गाउँमा पोखरी विवादका क्रममा पुनः आक्रमणमा परेका पासवानमाथि झूटा मुद्दा लगाइनु गम्भीर अन्याय भएको दलित अगुवाहरूको भनाइ छ। प्रहरी भूमिकामाथि प्रश्न, निष्पक्ष छानबिनको माग दलित सरोकार मञ्च नेपालले प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै झूटा मुद्दा तत्काल खारेज गर्न माग गरेको छ।
साथै, जातीय भेदभाव तथा छुवाछूत मुद्दाका दोषीहरूलाई कानूनी कठघरामा ल्याई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरिएको छ। विज्ञप्तिमा न्याय सुनिश्चित नभएमा दलित समुदाय र मानव अधिकारकर्मीहरू सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ। साथै, सम्पूर्ण न्यायप्रेमी नागरिक, अधिकारकर्मी, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूसँग ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ।
बज्जिकाञ्चल संवाददाता, काठमाण्डौं, २० गते माघ २०८१ ।
रौतहट जिल्ला अदालतले प्रतिनिधि सभा सदस्य प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।
आम जनता पार्टीका अध्यक्षसमेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।
उक्त मुद्दामा आइतबार भएको सुनुवाईपछि प्रतिनिधि सभा सदस्यसमेत रहेका साह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध रौतहट जिल्ला अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।
रौतहट जिल्ला अदालतको ६ नम्वर न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलाशमा मुद्दाको सुनुवाइ भएको श्रेष्तेदार उद्धव ढोडारीले बताए ।
उनका अनुसार कारण देखाउ आदेश जारी भइसकेको भएपनि पूर्णपाठ आउन समय लाग्नेछ । इजलाशबाट पूर्णपाठको विवरण आएपछि मात्रै जानकारी गराउने उनले बताए । आम जनता पार्टीका अध्यक्ष साह रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन ।
सभार ः फरकधार
आरएन पटेल,रौतहट, २० गते माघ ।
राैतहट । मधेशी लगायत विभिन्न आरक्षण कोटा उपलब्धिमा जसपा नेपालको ठुलो भूमिका रहेको बौधिमाई नगरपालिकाको पूर्व मेयर राजीव रंजन उर्फ राजू यादवले दाबी गरेका छन। रौतहटको बौधिमाई नगरपालिका वडा नं. २ इनर्वामा जनता समाजवादी पार्टी नेपालको वडा कमिटी गठन तथा समाजवादी युवा संघ नेपालको नगर स्तरीय भेलालाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख वक्ता बौधिमाई नगरपालिकाको पूर्व मेयर राजीव रंजन यादवले समग्र मधेश र मधेशी समुदायको भविष्य सुनिश्चितता तथा हक अधिकार प्राप्तिको लागि जसपा नेपाल बाहेक अन्य केहि विकल्प नरहेको बताएका छन।
पालिकाको नगर कमिटि अध्यक्ष हृदय नारायण राय यादवको अध्यक्षतामा शनिबार वडा नं.२ मा जसपा नेपालको वडा कमिटिको तथा समाजवादी युवा संघ नेपालको विस्तारित बैठकबाट बौधिमाई नपा २ ईनवामा आदेश प्रसाद पटेलको अध्यक्षतामा ४१ सदस्यीय जसपा नेपालको वडा कमिटी तथा बैनाथ प्रसाद पटेलको अध्यक्षतामा ५१ सदस्यीय युवा संघको नगर कमिटी गठन कार्यक्रममा नव गठित जसपा नेपालको वडा कमिटी पदाधिकारी लगायत युवा संघ नेपालको नगर कमिटिका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व नगर प्रमुख यादवले समग्र गाउँ विकासका मधेसको विकासका लागि जनता समाजवादी पार्टी नेपाल बाहेक विकल्प नरहेको बताएका छन। हाल बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादव जन निर्वाचित भएपछि अहिलेसम्म विकासको नाममा भ्रष्ट्रचार बाहेक अन्य केही गर्न नसकेको जिकिर गरेका छन।
बौधीमाई नगरपालिकाका अधिकाँश निर्वाचित जनप्रतिनिधिहरु बजेटको भागभण्डाका कारण ३ वर्ष बितिसक्दा पनि हेर्न लायक कुनै ठोस विकास गर्न नसकेको उनले आरोप लगाए। जसपा नेपालको राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवले मधेसीहरुको लागि विभिन्न आरक्षण कोटा समेत उपलब्ध गराएको एवं समग्र मधेश तथा मधेशीको हकहितको लागि मधेश आन्दोलन समेत गरि अधिकार प्राप्तिमा ठुलो भूमिका खेलेको स्पष्ट पारेका छन।
वास्तवमा रौतहटको क्षेत्र नम्बर दुईका सांसद,प्रदेश सांसद तथा नगर प्रमुख विकासको नाममा भ्रष्ट्रचार बाहेक अन्य केही नगरेको उनले बताए। बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादवले ३ वर्षको कार्यकालमा विद्यार्थी देखि जनप्रतिनिधिहरुलाई कसरी मुद्दा मामिलामा भसाउने सड्यन्त्र चाल्ने बाहेक अरु केहि गर्न नसकेको उनले बताए।
आफ्नो कार्यकालमा आफुले कसैलाई बनाउन नभयाएको खण्डमा उसलाई बिगार्न समेत कुनै पहल नगरेको बताउदै, आउने दिनमा समाजमा भाईचरा कायम राख्ने, मेलमिलाप गराउने जस्ता क्रियाकलाप एवं गतिविधि गर्ने जनप्रतिनिधिलाई मात्र अवसर दिन उनले सम्पूर्ण जनसमुदायलाई आग्रह गरेका छन। कार्यक्रमलाई सम्बोधन गरिदै समाजवादी युवा संघ नेपालको केन्द्रीय महासचिव दिलीप कुमार पटेलले सयौ वर्ष देखी देश चलाएका नेपाली कांग्रेस र नेकपा एमालेले मधेश र मधेशीको लागि एक पटक पनि आवाज नउठाएको तर समग्र मधेश र मधेशीको हकअधिकारको लागि एक मात्र माननीय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल रहेको बताए।
देश निर्माण तथा विभिन्न मधेशी आन्दोलनमा लगायत मधेश र मधेशीको अधिकार प्राप्तिमा युवा वर्गको ठुलो भूमिका रहेकोले आज गठन हुने समाजवादी युवा संघ नेपालको नगर स्तरीय युवा कमिटीले असल विचार तथा जोस जागर सहित संगठन निर्माण गरि पार्टी तथा देश निर्माणमा सहयोग गर्न अपिल गरेका छन। अहिलेको जननिर्वाचित जनप्रतिनिधिहरुले विकासको नाउमा खुद्रा बिकास गरेर भ्रष्टाचार बाहेक अरु केहि गर्न नसकेको आरोप लगाएका छन।
नगर क्षेत्र लगायत वडा नं.२ इनर्वामा पूर्व मेयर राजीव रंजन यादवको कार्यकालमा भएको सम्पूर्ण बिकास निर्माणको कार्य ठोस रहेको तथा आफु मन्त्रालयमा कार्यरत हुदा आफुले गरेको सम्पूर्ण बिकास निर्माणको कार्य पनि अविष्मरणीय रहेको दाबी गरेका छन। अहिलेको जनप्रतिनिधिले गरेको बिकास निर्माणको कार्य मात्र प्रचार प्रसारमा सीमित रहेको उनले बताए।
बज्जिकाञ्चल संवाददाता,चन्द्रपुर,२० गते माघ ।
रौतहटको चन्द्रपुर नगर क्षेत्रमा चौथो चन्द्रपुर महोत्सव २०८१ हुने भएको छ । मधेस प्रदेश सरकार उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय जनकपुरको मुख्य सहयोगमा र नेपाल पर्यटन बोर्डको प्रवर्धकमा र नेपाल उद्योग बाणिज्य महासंघको सह आयोजना तथा चन्द्रपुर उद्योग बाणिज्य संघको आयोजनामा हुने भएको हो ।
चौथो चन्द्रपुर महोत्सव यहि फाल्गुन ५ गतेदेखि १७ गतेसम्म चन्द्रपुर नगर क्षेत्रमा हुने चन्द्रपुर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताए । उनका अनुसार लामो समयपछी चन्द्रपुरमा महोत्सव हुन लागेको हो ।
उक्त महोत्सवको मुख्य नारा कृषि पर्यटन उद्योग ब्यापार , समृद्धिको मुख्य आधार तय भएको उनलेे जानकारी दिए । प्रादेशिक औधोगिक मेलाको रूपमा चन्द्रपुर महोत्सव रहने आयोजक संघका अध्यक्ष सापकोटाले बताए ।
महोत्सवमा कृषि , पर्यटन , उद्योग , ब्यापारका स्टल समेत रहने उनको भनाइ छ ।अहिले सचिवालय स्थापना गरी स्टल बुकिङ लगायतको काम भै रहेको उनले उल्लेख गरेका छन ।महोत्सवमा ख्याति प्राप्त कलाकारहरुले मनोरञ्जन दिने आयोजक संस्था चन्द्रपुर उद्योग बाणिज्य संघले जनाएको छ ।
संघका अनुसार फाल्गुन ९ गते गिनिज बुकमा रेकर्ड दर्ज गराउन सफल चर्चित जादुगर बलराम सरकार,१० गते चर्चित गायिका रचना रिमाल ,१३ गते चर्चित गायिका/ ब्याटल प्रीति आले , १३ र १४ गते गायिका तथा कुशल कार्यक्रम प्रस्तोता मञ्जु पौडेल , १६ गते गायक दुर्गेश थापा र मोडल तथा नृत्यांगना रचना शिवाकोटीको प्रस्तुति रहने छ ।
बज्जिकाञ्चल संवाददाता,गाैर,२० गते माघ ।
रौतहटको गौरमा रहेको यातायात व्यवस्था कार्यालय विभिन्न शिर्षकमा ४ करोड ६६ लाख ९७ हजार ३ सय ४७ राजश्व संकलन गरेको छ । यातायात व्यवस्था कार्यालय गौरले २०८१ साल श्रावण १ गते देखि माघ १८ गते सम्मको राजश्व विवरण सार्वजनिक गरेको हो ।
विवरण अनुसार यातयात क्षेत्रको आम्दानी १३ लाख ६१ हजार ३ सय १८, सवारी साधन कर २ करोड ९९ लाख ५२ हजार २ सय ३३ , चालक अनुमति पत्र सवारी दर्ता किताव सम्वन्धी दस्तुर १ करोड ५३ लाख ८३ हजार ७ सय १६ राजश्व संकलन भएको छ । यस अवधीमा अन्य प्रशासनिक सेवा शुल्क , अन्य राजश्व, बेरुजु, व्यवसायिक रजिष्टेशन दस्तुरको शिर्षकबाट राजश्व संकलन नभएको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।२०७९ साल फागुन १८ गते यातायात व्यवस्था कार्यालय गौरबाट सवारी चालक अनुमती पत्र दिन थालेको हो ।
कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी तथा नवीकरण, सवारी किताब दर्ता तथा नवीकरणका लगायतका सेवा प्रदान गर्दै आएको छ । विशेष गरी सवारी चालक अनुमति पत्र (लाईसेन्स) लिनका लागि बर्दिबास, जनकपुर, वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो । गौरमा नै यातायात व्यवस्था कार्यालय खुलेपछि सहज भएको स्थानियहरु बताउँछन् । यातयात व्यवस्था कार्यालय गौरका प्रमुख जितेन्द्र किशोर गुप्ताका अनुसार सवारी चालक अनुमति पत्रका लागि कार्यालयले नियामनुसार नै लिखित तथा प्रयोगात्मक परीक्षा संचालन गर्दै आएको छ ।
प्राय ः सवारी चालक अनुमति पत्र नविकरण वा नयाँ बनाउनका लागि आउने सेवाग्राहीको कार्यालयमा भिड रहने गरेको उनको भनाई छ ।गौरमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि उल्लेखनियले सेवा पाउनुका साथै राजश्वमा समेत वृद्धि भएको जनाएको छ । मधेस प्रदेशका प्राय सवै जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना भएको छ ।
१९ माघ, रौतहट ।
स्रोत नखुलेको १६ लाख भन्दा बढी रकमसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजपुर नगरपालिका– ४ का शिवमंगल साह र प्रवेज आलम रहेको सशस्त्र प्रहरी बल नम्बर ११ गणका उपरीक्षक विक्रम हुमागाईंले जानकारी दिए ।
भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरू पक्राउ परेको एसपी हुमागाईंले जानकारी दिए ।
सत्येन्द्र प्रताप सिंह,गाैर,माघ १९ गते २०८१ ।
रौतहट । स्राेत नखुलेको १६ लाख भन्दा बढी रकम सहित २ जनालाई भारतबाट नेपाल तर्फ आउँदै गरेको मधेस प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा १६ लाख ४९ हजार २०० रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको हो ।
नगद सहित राजपुर नगरपालिका ४ का शिव कुमार साह, मो. प्रवेज आलमलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ११ गणका उपरीक्षक विक्रम हुमागाइले बताए ।बरामद गरिएको नगद, मोटरसाइकल सहित दुवै जनालाई आवश्यक कारवाहीका लागि गौर भंन्सार कार्यालय पठाइएको उपरीक्षक हुंमागाइले बताए ।
आरएन पटेल,बाैधीमाई,१९ गते माघ २०८१ ।
रौतहटको बौधिमाई नगरपालिकाको वडा नम्बर २ मा जनता समाजवादी पार्टी नेपालको वडा कमिटी गठन तथा समाजवादी युवा संघ नेपालको नगर कमिटी गठन कार्य वडा नम्बर २ इनर्वा स्थित दिलीप कुमार पटेलको निवास स्थानमा सम्पन्न गरिएको हो।
पालिकाको नगर कमिटि अध्यक्ष हृदय नारायण राय यादवको अध्यक्षतामा शनिबार पालिकाको वडा नं.२ मा जसपा नेपालको वडा कमिटिको तथा समाजवादी युवा संघ नेपालको विस्तारित बैठक सम्पन्न भएको हो। जसपा नेपालको यस बौधिमाई नपा २ ईनवामा भएको जसपाको वडा कमिटी गठन कार्यमा आदेश प्रसाद पटेलको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटि तथा बैनाथ प्रसाद पटेलको अध्यक्षतामा ५१ सदस्यीय युवा संघको बौधिमाई नगर कमिटी गठन गरिएको सामाजवादी युवा संघ नेपालका महासचिव दिलीप कुमार पटेलले जानकारी गराएका हुन।