काठमाडौं, १९ माघ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रम पनि बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा विहिवार मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा रसिया जाने क्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो ।
संघले बिगतदेखी रसियामा काम गर्दै आएका नेपालीहरुको हकमा श्रम नविकरण र अध्यागमनमा भएको अवरोध हटाई उहांहरुलाई निर्वाध रुपमा आवतजावत गर्ने वातावरण निर्माण गरिदिन अनुरोध गरेको हो ।
संघले यसअघि विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सुचना मस्कोस्थित नेपाली दुतावासलाइ दिइ मानव तस्करीलाई कम गर्न सहयोग गरेको जानकारी दिएको छ ।
नेपाल सरकारका विभिन्न निकायकाबीच समन्वयको कमीले गर्दा विगत लामो समय देखी रसियामा स्थायी रुपमा बसोबास गर्ने, अध्यन तथा व्यवसाय गर्ने नेपालीहरुको ठूलो संख्या अप्ठ्यारोमा परेको जनाएको छ । यसरी बसोबास गर्दै आएका नेपालीहरू छुट्टिमा नेपाल आउँदा अध्यागमनबाट रुस जाने नेपालीहरुलाई रोक्ने, श्रम स्वीकृति नर्गने जस्ता घटनाहरु भईरहेकोप्रति समेत संघले ध्यान आकर्षण गराएको छ ।
भेटमा मन्त्री भण्डारीले एनआरएनएका प्रतिनिधिसँग नयाँ गन्तव्य र श्रम बजारको सम्भावनाका विषयमा चासो राख्दै गैरआवासीय नेपालीहरुसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन । संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङलगायतका पदाधिकारीको सहभागीता थियो ।न्युजकारखाना
काठमाडौं, १९ माघ
। नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे देखी सुरु हुनेछ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबार देखि सुरु हुने हिँउदे अधिवेशनमा पार्टीले खेल्ने भुमिका तथा आगामी रणनीतिका बारेमा बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो ।
संसदको हिउँदो अधिवेसन माघ २२ गते देखी सुरु हुदैँछ । न्युजकारखाना
काठमाडौं, १९ माघ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ। देशका तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।न्युजकारखाना
आजमिति २०८० साल माघ १९ गते तदअनुसार २ फरवरी सन् २०२४ शुक्रबार, अभिजित् मुहूर्तस् बिहान ११ः५५देखि १२ः३७ सम्म, काठमाण्डौंमा सुर्योदयः बिहान ०६ः५०, सुर्यास्तस् बेलुका ०५ः३७ बजे
मेषः नवीकरण ऊर्जाले तपाइँको कसरतलाई ईन्धन गर्दछ र तपाइँको समग्र कल्याणलाई बढावा दिन्छ। साझेदारी वा सहकार्यबाट अप्रत्याशित आर्थिक लाभ हुनेछ। बुद्धिमानीपूर्वक लगानी गर्नुहोस्। सहयोगी परिवारका सदस्यहरूले सहयोगी हात उधारो दिन्छन्। आफ्नो कृतज्ञता व्यक्त गर्नुहोस्। अविवाहितहरूले साहसी र रोमाञ्चक व्यक्तिसँग भेटघाट हुनेछ। दम्पतीहरूले रमाईलो गतिविधिहरूको साथ स्पार्कलाई पुनस् प्रज्वलित गर्छन्।
शुभ रंगस् रातो
शुभ अंक स् १
वृषः पाचन सम्बन्धी सामान्य समस्या आउन सक्छ। स्वस्थ र सन्तुलित भोजनको लागि रोज्नुहोस्। आर्थिक स्थिरता कायम छ, तर आवेगपूर्ण खर्चबाट जोगिन। दीर्घकालीन लगानीमा ध्यान दिनुहोस्। धैर्य र समझदारीले पारिवारिक मतभेद समाधान गर्न मद्दत गर्नेछ। खुलेर कुराकानी गर्नुहोस्। अविवाहितहरूले आफ्नो डाउन(टु(अर्थ आकर्षणले ध्यान आकर्षित गर्नेछन्। दम्पतीहरूले घरमा आरामदायी क्षणहरूको आनन्द लिन्छन्।
शुभ रंगस् हरियो, शुभ अंक स् ६
मिथुनः मानसिक स्पष्टतामा ध्यान दिनुहोस् र बहुकार्यबाट टाढा रहनुहोस्। आवश्यक पर्दा कार्यहरू प्रत्यायोजन गर्नुहोस्।अप्रत्याशित खर्च बढ्न सक्छ। बुद्धिमानीपूर्वक बजेट बनाउनुहोस् र आवश्यक आवश्यकताहरूलाई प्राथमिकता दिनुहोस्। सञ्चार बिग्रने सम्भावना छ। सक्रिय रूपमा सुन्नुहोस् र आफैलाई स्पष्ट रूपमा व्यक्त गर्नुहोस्।अविवाहितहरूले साझा बौद्धिक रूचिहरू मार्फत मित्रता पाउँछन्। दम्पतीहरू उत्तेजक कुराकानीको आनन्द लिन्छन्।
शुभ रंगः पहेंलो, शुभ अंक स् ३
कर्कटः बढ्दो संवेदनशीलताले तपाईंलाई भावनात्मक उतार(चढ़ावको जोखिममा पार्न सक्छ। आत्म(हेरचाह अभ्यास गर्नुहोस्। रचनात्मक प्रयासहरूले आर्थिक पुरस्कार ल्याउँदछ। नवीन विचारहरू र सहकार्यहरू अन्वेषण गर्नुहोस्। खुला संचारले पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ। आफ्नो भावना साझा गर्नुहोस् र समानुभूति संग सुन्नुहोस् । अविवाहितहरूले भावनात्मक रूपमा सहयोगी र समझदार व्यक्तिसँग भेटघाट हुनेछ। जोडीहरूले गहिरो भावनात्मक सम्बन्ध अनुभव गर्छन्।
शुभ रंगः सेतो
शुभ अंक ७
सिंहः आफ्नो शारीरिक बनावटमा ध्यान दिनुहोस्। व्यायाम र स्वस्थ खाने बानीले तपाईंको ऊर्जा बढाउँछ। ढिलो भुक्तानीले अस्थायी आर्थिक झमेला निम्त्याउन सक्छ। शान्त र धैर्य रहनुहोस्। सकारात्मक संचारले घरमा आनन्द र हाँसो ल्याउँछ। पारिवारिक समयको आनन्द लिनुहोस्।अविवाहितहरूले आफ्नो आत्मविश्वास र करिश्माको साथ ध्यान आकर्षित गर्नेछन्। जोडीहरूले भावुक क्षणहरू मनाउँछन्।
शुभ रंगः सुनौलो
शुभ अंकः ५
कन्याः मानसिक स्वास्थ्यमा ध्यान दिनुहोस्। प्रकृतिमा समय बिताउनुहोस् र विश्राम प्रविधिहरू अभ्यास गर्नुहोस्। वित्तीय योजना र संगठनले स्थिरता ल्याउँछ। आफ्नो बजेट र बचत लक्ष्यहरू परिमार्जन गर्नुहोस्। प्रियजनहरूसँग असमझदारी हुन सक्छ। तपाईंको अपेक्षाहरू स्पष्ट गर्नुहोस् र धैर्यता देखाउनुहोस्। अविवाहितहरूले व्यावहारिक र आधारभूत व्यक्तिसँग भेटघाट हुनेछ। जोडीहरूले साझा लक्ष्य र मूल्यहरूलाई प्राथमिकता दिन्छन्।
शुभ रंगः खैरो
शुभ अंकः १
तुलाः बढ्दो शारीरिक गतिविधिले तपाईंलाई ऊर्जावान राख्छ र तपाईंको कल्याणमा सुधार गर्दछ। सहयोग र टोली कार्यले आर्थिक सफलता ल्याउँछ। भरपर्दो साझेदार बन्नुहोस् र प्रभावकारी रूपमा योगदान गर्नुहोस्। सहयोगी परिवारका सदस्यहरूले मार्गदर्शन र प्रोत्साहन प्रदान गर्छन्। तिनीहरूको बुद्धिमा भरोसा राख्नुहोस्। अविवाहितहरूले सामाजिक जमघटमा र नयाँ व्यक्तिहरूसँग भेटघाटमा खुशी पाउनुहुनेछ। दम्पतीहरूले सुमधुर साझेदारीको आनन्द लिन्छन्।
शुभ रंगः गुलाबी
शुभ अंक २
वृश्चिकः भावनात्मक तीव्रता उच्च हुन सक्छ। आफ्नो उर्जालाई रचनात्मक कार्य वा व्यायाममा फोकस गर्नुहोस्। अप्रत्याशित आर्थिक लाभ सम्भव छ, तर तिनीहरूलाई जिम्मेवारीपूर्वक ह्यान्डल गर्नुहोस् र अपव्ययबाट बच्नुहोला। प्रियजनहरूसँग गहिरो कुराकानीले समझ र बन्धनलाई बलियो बनाउँछ। आफ्नो भित्री सेयर गर्नुहोस्। अविवाहितहरूले चाखलाग्दो र रहस्यमय व्यक्तिसँग भेटघाट हुनेछ। जोडीहरूले आत्मीयताको नयाँ गहिराइहरू खोज्छन्।
शुभ रंगः बैजनी
शुभ अंक ८
धनुः आशावादी र उत्साहले तपाईंको शारीरिक र मानसिक स्वास्थ्यलाई बढावा दिनेछ। आफ्नो सकारात्मक भाईब्स साझा गर्नुहोस्। आर्थिक स्थायित्व कायम छ, तर अप्रत्याशित यात्रा खर्च हुन सक्छ। तदनुसार आफ्नो बजेट समायोजन गर्नुहोस्।सहयोगी परिवारका सदस्यहरूले सहयोग र प्रोत्साहन प्रदान गर्छन्। आफ्नो प्रशंसा देखाउनुहोस्। अविवाहितहरूले आफ्नो साहसी भावना र बौद्धिक जिज्ञासाले ध्यान आकर्षित गर्नेछन्। जोडीहरू सँगै रोमाञ्चक यात्रामा लाग्छन्।
शुभ रङः निलो
शुभ अंकः ४
मकरः अनुशासन र दिनचर्यामा ध्यान दिनुहोस्। स्वस्थ खाने बानी र नियमित व्यायाम प्रमुख छन्। कडा परिश्रम र समर्पणले आर्थिक प्रतिफल ल्याउँछ। दृढ रहनुहोस् र आफ्नो लक्ष्यहरूमा ध्यान केन्द्रित गर्नुहोस्। सहयोगी परिवारका सदस्यहरूले तपाईंलाई चुनौतीहरू पार गर्न मद्दत गर्छन्। खुला र इमानदारीपूर्वक कुराकानी गर्नुहोस्। अविवाहितहरूले महत्वाकांक्षी र प्रेरित व्यक्तिसँग भेट गर्नेछन्। जोडीहरूले एकअर्काको सफलतामा प्रेरणा पाउँछन्।
शुभ रंगः कालो
शुभ अंकः १०
कुम्भः मानसिक स्वास्थ्यमा ध्यान दिनुहोला । ध्यान वा प्रकृतिमा समय बिताउनु उपयोगी हुन सक्छ। अप्रत्याशित आर्थिक लाभ नवीन विचार र सहयोग मार्फत आउँछ। नयाँ अवसरहरूको लागि खुला हुनुहोस्।सञ्चारमा कमीका कारण असमझदारी हुन सक्छ। सक्रिय सुन्न अभ्यास गर्नुहोस् र आफ्नो विचार स्पष्ट गर्नुहोस्।अविवाहितहरूले बौद्धिक र उत्तेजक व्यक्तिसँग भेटघाट हुनेछ। जोडीहरू जीवन्त कुराकानी र साझा रुचिहरूको आनन्द लिन्छन्।
शुभ रङः फिक्का निलो
शुभ अंकः ११
मीनः बढ्दो अन्तर्ज्ञानले तपाईंलाई भावनात्मक उपचारको आवश्यकता पर्ने क्षेत्रहरू पहिचान गर्न मद्दत गर्दछ। आवश्यक भएमा मार्गदर्शन खोज्नुहोस्। आर्थिक स्थिरता कायम छ, तर आवेगपूर्ण खर्चबाट जोगिन। भविष्यका लक्ष्यहरूको लागि बचतलाई प्राथमिकता दिनुहोस्। रचनात्मक गतिविधिहरूले पारिवारिक बन्धनलाई बलियो बनाउँछ। विचारशील इशाराहरू मार्फत आफ्नो प्रेम र प्रशंसा व्यक्त गर्नुहोस्। अविवाहितहरूले दयालु र समझदार व्यक्तिसँग भेटघाट हुनेछ। जोडीहरूले भावनात्मक घनिष्ठता र समर्थनलाई प्राथमिकता दिन्छन्।
शुभ रंगः समुद्री हरियो
शुभ अंकः १२
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युजकारखाना
काठमाडौं, १८ माघ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेसको भाग्य निर्माण गर्ने पार्टी नेकपा एमाले भएको बताएका छन्।
नेकपा एमाले रौतहटको प्रथम प्रतिनिधि परिषद् बैठकलाई बिहीबार गौरमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले मधेस निर्माणको योजना अघि सारेको बताए।
आफूलाई मधेसका मसिया हौँ भनेर गफ दिनेहरूले मधेसका जनताको हितमा काम नगरेको पोखरेलले बताउनुभयो । उनीहरूले मधेसका जनतालाई झुक्क्याउने र ठग्ने काम मात्र गरेका पोखरेलको भनाई छ।
तराईमा बाह्रै महिना सिँचाई सुविधा पुर्याउन सुनकोसी-मरिण डाइभर्सन आयोजना केपी ओलीले सुरु गरेको उनले स्मरण गराए। त्यस्तै पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग विस्तार र स्तरोन्नतिको काम पनि नेकपा एमाले नेतृत्वको सरकारले नगै गरेको पोखरेलले बताए। ‘एमाले नभएको भए कसैले सुनकोसी मरिण डाइभर्सनको योजना बनाउन सक्थ्यो,?’ पोखरेलले प्रश्न गरे।
जसले जनताको भाग्य निर्माण गर्न सक्छ त्यो नै मधेसको मसीया हुने उनले बताए। ‘एमालेले हुलाकी सडक बनायो, जसले मधेसका सदरमुकामको रूप-रङ बदल्यो, सुनकोसी–मरिण डाइभर्सन आयोजना अगाडि बढायो’, उनले भने।
पोखरेलले देश विकासका लागि केपी शर्मा ओली नै चाहिन्छ भन्ने कुरा पुष्टि भइसकेको बताए। एमाले र केपी ओली सरकारको नेतृत्वमा नहुँदा देश विकासको काम ठप्प भएको उनको भनाइ छ।
पोखरेलले माधव नेपालले कैयौँ पटक जिते पनि रौतहट र मधेसको विकासमा ध्यान नदिइएको बताए। ‘माधव नेपाललाई हामीले पार्टीको प्रमुख बनायौँ, पटक पटक सरकारमा पठायौँ, उपप्रधानमन्त्री, प्रधानमन्त्री, पार्टी सरकारमा जाँदा हर्ताकर्ता भए पनि रौतहटको अवस्था बदलिएन, रौतहटको, मदेसको अवस्था बदल्नका लागि यो पार्टीमा केपी ओलीको नेतृत्व चाहिने रहेछ भन्ने तपाईँहरूले अनुभूत गर्नुभएको छ, केपी ओली सरकारमा आएपछि मधेस बदलियो’, महासचिव पोखरेलले भने।
प्रधानमन्त्री बनेपछि भारतले भ्रमणको निम्तो दिएको बेला केपी ओलीले जनता नाकाबन्दीका कारण पीडामा भएका बेला म भारत आउँदिन भनेर भन्नुभएको महासचिव पोखरेलले स्मरण गरे। केपी ओलीको अडानकै कारण नाकाबन्दी अन्त्य भएको उहाँले बताउनुभयो । यदि त्यस बेला अरू कोही भएको भए नाकाबन्दी विरुद्ध खडा हुनै नसक्ने समेत महासचिव पोखरेलले बताए।
भारत भ्रमणका क्रममा मोदीले एक मिनेटमा सडक बन्ने लगायत कुरा सुनाउँदा त्यसको जवाफमा ओलीले त्यसो भए नेपालमा भारतका लगानीका हुलाकी राजमार्ग लगायत आयोजना किन समयमै सम्पन्न हुँदैनन् भन्ने प्रश्न उठाउनुभएको उनले बताए। केपी ओलीकै पहलमा हुलाकी राजमार्ग अगाडि बढाउने काम भएको महासचिव पोखरेलले स्मरण गरे।न्युजकारखाना
झापा, १८ माघ ।
कम्पनीको व्यापक असहयोग, कानुनी झन्झट र व्यवहारिक जटिलताका कारण घर दुबईबाट घर फर्कन नपाएर कष्टकर जीवन बिताइरहेका झापालीका एक युवाको उद्दार गरिएको छ।
भद्रपुर नगरपालिका-१० का अजीत राजवंशीलाई उद्दार गरी स्वदेश ल्याइएका हो। झापा १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा उनलाई स्वदेश फर्काइएको नेपाली जनसम्पर्क समिति युएइका अध्यक्ष भुवानीप्रसाद तिम्सिनाले बताए।
उनलाई नेपाल ल्याउन १ महिनाभन्दा बढी समयदेखि कोसिस गरिँदै आएको थियो। पछिल्लोपटक दुबईमै रहेका भद्रपुरकै युवा प्रवीण चौहानले फेसबुकमा राजवंशी अलपत्र परेको सन्देश पोस्ट गरेर शर्मालाई लिङ्क पठाएका थिए ।
त्यसलगत्तै सांसद शर्माले दुबईस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष तिम्सिनालाई सम्पर्क गरेर अजीतको जसरी पनि उद्दार गर्न आग्रह गरेका थिए। त्यसपछि अजीतको उद्दारको प्रक्रिया सुरु भएको थियो।
माघ १७ गते राति काठमाडौं आइपुगेका राजवंशी आजै झापा पुग्ने कार्यक्रम रहेको कांग्रेसका नेता प्रज्वल कोइरालाले बताए।
रोजगारीका लागि दुबई पुगेका राजवंशी काम गर्दागर्दै अचानक बिरामी परेका थिए।न्युजकारखाना
जनकपुरधाम, १८ माघ ।
सर्लाही प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी टोलीले हरिवन नगरपालिका-११ कडरिया चौकबाट दुई जनालाई पक्राउ गरेको हो।
सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण धितालका अनुसार बरामद नक्कली नोट गणाको काम भइरहेको छ। प्रहरीका अनुसार नोटबारेको विस्तृत विवरण केही बेरमा आउने छ।
यसअघि मंगलबार राति करिब ९ बजे मलंगवा नगरपालिका-३ नगरपालिका चोकस्थित अण्डा पसलबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित प्रहरीले श्रीमान् र श्रीमतीलाई पक्राउ गरेको थियो।न्युजकारखाना
जनकपुरधाम, १८ माघ ।
सर्लाही प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी टोलीले हरिवन नगरपालिका-११ कडरिया चौकबाट दुई जनालाई पक्राउ गरेको हो।
सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण धितालका अनुसार बरामद नक्कली नोट गणाको काम भइरहेको छ। प्रहरीका अनुसार नोटबारेको विस्तृत विवरण केही बेरमा आउने छ।
यसअघि मंगलबार राति करिब ९ बजे मलंगवा नगरपालिका-३ नगरपालिका चोकस्थित अण्डा पसलबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित प्रहरीले श्रीमान् र श्रीमतीलाई पक्राउ गरेको थियो।न्युजकारखाना
रौतहट १८ माघ।
रौतहटमा सुन चाँदी व्यवसायीहरुले माउ संस्था नेपाल सुन चाँदी व्यवसायी संघको विकल्पमा नेपाल सुनचाँदी रत्न आभूषण व्यवसायी संघ रौतहट गठन गरेका छन् । माउ संघले साना व्यवसायिहरुको कहिल्यै वास्ता नगरेको तथा केन्द्रबाट पाइने सुविधाबाट बञ्चित गरेको भन्दै रौतहटमा सुन चाँदीका साना व्यवसायीहरुले विकल्प खोजेका हुन् ।
यहाँका व्यवसायीहरु जिल्ला प्रसाशन कार्यालय रौतहटमा नेपाल सुन चाँदी रत्न आभूषण व्यवसायी संघ विधिवत रूपमा दर्ता गरी जिल्लाको मध्यभाग गरुडामा पहिलो साधारणसभा तथा अधिवेशन सम्पन गरेका छन्। बुधवार सम्पन्न पहिलो साधारणसभा तथा अधिवेशनबाट उमेश प्रसाद साहको अध्यक्षतामा १३ सदस्यीय नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ रौतहट चयन गरिएको छ। संघको प्रथम बरिष्ठ उपाध्यक्षमा सन्नी कुमार सर्राफ, द्वितीय उपाध्यक्षमा शिवम कुमार सोनी, महासचिवमा रामवरण कुमार सोनी, सचिव तथा प्रवक्तामा चन्दन सागर, कोषाध्यक्षमा मिना देवी, सल्लाहाकारमा कृष्ण कुमार साह, गान्धि साह सर्वसहमतिमा चयन भएका हुन् ।
यस्तै सदस्यहरुमा सचिन्द्र साह सोनार, शान्ति देवी, उमेश साह सोनार, शिवशंकर साह, अनिता कुमारी, दिपक कुमार साह निर्वाचित भएका छन् । दुईजना सदस्य भने समितिको अर्को बैठकले मनोनित गर्ने जनाईएको छ ।
संघका अध्यक्ष उमेश प्रसाद साहका अनुसार रौतहटमा सुनचाँदी व्यवसायीको माउ संस्था गठन भएदेखि नै गर्दै आएको बवास्ताका कारण एक दशकपछि अर्को संघ गठन गर्न बाध्य भएको बताए । जिल्लामा २०७० सालमा पहिलोपटक संघ दर्ता हुँदा आफू सचिव रहेको उनले बताए ।
सुनचाँदी व्यवसायी संघ दर्ता भएको जिल्लामा केन्द्र अर्थात महासंघले (सहुलियत) राष्ट्र बैँकले तोकेको दरभाउमा माग तथा आयातको आधारमा मासिक १ देखि ५ किलोग्रामसम्म सुन दिने गर्दछ। बजार भाउभन्दा ३ देखि ५ हजार प्रतितोला सस्तो हुने उक्त सुन संघमा दर्ता भएका सबै व्यापारीलाई कारोबारको मूल्याङ्कन गर्दै दामासाही अनुसार वितरण गर्नुपर्ने महासंघले व्यवस्था गरेको छ। उक्त व्यवस्थाअनुसार जिल्लाको संघले कहिलै सुन वितरण नगरेकाे आराेप छ ।
पछिल्लो १० वर्ष देखि बहालवाला अध्यक्षकै हालिमुहालीका दुईचार जना व्यापारीले उक्त सुविधा लिँदैआएको वैकल्पिक नवगठित संघका अध्यक्ष उमेश प्रसाद साहले बताए । त्यतिमात्र नभई नेपाल सुनचाँदी व्यवसायी संघ रौतहटमा तीन तीनजना वरिष्ठ उपाध्यक्षलाई पाखा लगाउँदै पावर पहुँचको भरमा साधारण सदस्य समेत नरहेका व्यक्तिलाई अध्यक्ष बनाएको कारण अर्को संघ गठन गर्न बाध्य भएको उनले बताए ।
सदरमुकाम गौर, गरुडा, चन्द्रपुर , कटहरिया लगायत जिल्लाभरिका झण्डै १५० मध्ये १२५ ब्यवसायी आफूहरुको साथ रहेको नवगठित नेपाल सुनचाँदी रत्न आभूषण व्यवसायी संघ रौतहटका महासचिव रामवरण साह सोनारले बताएका छन् । नेपाल सुन चाँदी व्यवसायी संघका पूर्वअध्यक्ष प्रकाश गहतराजले आरोपहरुको खण्डन गर्दै प्रजातान्त्रीक अभ्यास अनुसार अर्को संघ दर्ता गर्ने ब्यापारीको अधिकार भएको प्रतिक्रिया दिएका छन् ।न्युजकारखाना
काठमाडाैं, १८ माघ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताएका छन् ।

ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले आफ्नो पूरै जीवन यो देश, देशको माटो, जनता र लोकतन्त्रका लागि समर्पित गर्ने सन्तनेता भट्टराई सधै प्रेरणाको श्रोत भएको बताए ।

उपप्रधानमन्त्री खड्काले स्वर्गीय भट्टराई नेपाली राजनीति, देश र जनताका अतुलनीय नेता भएको भन्दै उहाँसँगको सामिप्यतामा आफूले पनि राजनीतिक यात्रा गर्न पाएको स्मरण गरे । नेपाली खेलाडीहरूले देशको शीर विश्वमा उच्च बनाएको भन्दै सरकारले पनि खेल संरचना निर्माण र खेलाडीलाई थप सुविधा उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखेको उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

उनले सबै खेलाडीलाई सफलताको शुभकामना दिँदै खेल प्रतियोगिताको अवधिमा खेल भावनाका साथ अनुशासित र मर्यादित हुने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टीम सहभागी छन् ।न्युजकारखाना