२०८३ बैशाख २२
२०८३ बैशाख २२

काठमाडौं, १९ माघ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सामान्य मूल्य मान्यतामा पनि चल्न नसकेको बताएका छन् । बैङ्क, बिमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताएका हुन् ।

 

‘ यो सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट सरकार हो’, ओलीले भने ।  गठबन्धन सरकारले देशमा बेथिति निम्त्याएको उनले बताए ।

‘यो सरकार कानुन अनुसार चल्ने, कानुनी मूल्य मान्यता अनुसार चल्ने सरकार होइन, गैरकानुनी बेथितिसँग चल्ने सरकार हो, यसका दृष्टान्त जति दिए पनि कम हुन्छन्’, ओलीले भने ।

 

गठबन्धनको कारण देश बरबाद भएको ओलीले बताए । अहिलेको सरकारका कारण देशको राजनीति, अर्थतन्त्र, सामाजिक, सांस्कृतिक अवस्था सबै खराब  भएको ओलीले टिप्पणी गरे ।न्युजकारखाना

 

सिरहा, १९ माघ।

सिरहामा पिकअप भ्यान अनियन्त्रित भई घरमा ठोकिँदा घुर तापिरहेका एकजनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


जिल्लाको सुखिपुर नगरपालिका १ शिवनगरका जितन मोची र भोरिल रामको घरमा प्र. २–०१–००१ च ०६३१ नम्वरको पिकप भ्यान अनियन्त्रित भइ ठोक्किँदा ७२ वर्षिय जितन मोचीको मृत्यु भएको प्रहरीले जनाएकाे छ। दुर्घटनाम परी गम्भीर घाईते मोचीलाई उपचारको लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। शव रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको छ।

घटनामा ७० वर्षीय गुजरी राम र चालक १८ वर्षीय शंकर यादव गम्भीर घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रवीन्द्र राज पाण्डेले जानकारी दिए। अन्य तीनजनाको लहान र धनगढीका स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ। प्रहरीले राति नै गाडी र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। न्युजकारखाना

 

काठमाडौं, १९ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटबार्ता भएको छ।

 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा साे भेटबार्ता भएको हो । माघ २२ गते संसदको हिउँदे अधिवेसन सुरू हुनु अघि सो भेट भएको हो । संसद अधिवेसनको बिषयमा दुबै नेताबिच छलफल भएको हो । न्युजकारखाना

 

 

काठमाडौं, १९ माघ ।

यती एयरलाइन्सले एकैसाथ दुइवटा जहाज थपेको छ। निजी वायुसेवा कम्पनी यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो।
जहाजले नेपाली दर्ता नम्बर ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ पाएका छन्। विमान थप गरेसँगै यतीसँग एटीआर ७२–५०० सिरिजको जहाज ७ पुगेको छ। यी जहाज बिहीबार साँझ ५:२० र ५:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो।

यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो।

हाल यतीले सुगम गन्तव्य काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज तथा पर्वतीय उडान गर्दै आएको छ।न्युजकारखाना

बारा, १९ माघ । 

बाराको निजगढ नगरपालिका- ४ स्थित चारघरे टोलमा विद्युत सट हुँदा एक घरमा आगलागी भएको छ ।

 

स्थानीय हिरा तिमिल्सिनाको घरको भुई तलामा विद्युत लाईन सर्ट भई आगलागी सुरु भएको थियो ।

 

तिमिल्सिनाको काठको घरको मुख्य राखनधरन गरिने कोठामा रकेको बिजुली बक्सबाट विद्युत सर्ट भइ आगलागी भएको हो । आगलागीबाट तिमिल्सिनाको घरमा रहेका लत्ताकपडा, सामानहरु जल्दा अन्दाजी एक दुई लाख बराबरको क्षति भएको बताइएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।

आगलागी स्थानीयवासी मिलेर रातीनै नियन्त्रणमा लिएका छन ।न्युजकारखाना

 

मुम्बई, १९ माघ ।

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सले हरेक क्षेत्रमा आफ्नो हस्तक्षेप सुरु गरेको छ ।

 

अहिले संगीतको दुनियाँमा पनि यसको प्रयोग हुन थालेको छ । ओस्कार विजेता संगीतकार एआर रहमानले आफ्नो आगामी प्रोजेक्ट फिल्म  ‘लाल सलाम’ मा दुई गायकको स्वर प्रयोग गरेको बताएका छन्, जो यस संसारमा छैनन् । उनले गायक बम्बा बक्या र शाहुल हमिदको आवाजलाई पुनर्जीवित गर्न एआई प्रयोग गरिएको बताए ।

 

यो खबर बाहिरिए पछि इन्टरनेटमा प्रयोगकर्ताहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । कतिपयले एआर रहमानको प्रतिभाको तारिफ गरिरहेका छन् भने धेरैले यो सही नभएको विश्वास गरेका छन् ।

 

रजनीकान्तको आगामी फिल्म  ‘लाल सलाम’को  ‘थिमिरी येजुदा’ गीतमा दुवै दिवंगत गायकको स्वर सुनिने भएको छ । एआर रहमानले गायकको परिवारबाट अनुमति लिएको र आवाज प्रयोग गर्दा पैसा पनि तिरेको बताउँछन् ।

 

रहमानले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेखेका छन् कि हामीले गायकहरूको परिवारबाट अनुमति लिएका छौं र उनीहरूको आवाज एल्गोरिदम प्रयोग गर्न पैसा पनि तिरेका छौं। रहमान भन्छन्,  ‘प्रविधिको सही प्रयोग गरेमा खतरा हुँदैन । उनले लेखेका छन्, नोस्टाल्जियालाई सम्मान गर्नुहोस्।’

 

यद्यपि, केही प्रयोगकर्ताहरूले यो कदमलाई समर्थन गर्दैनन्। एक प्रयोगकर्ताले लेखेका छन् कि यसले उद्योगका ती गायकहरूलाई स्तब्ध पार्छ, जो आफूलाई स्थापित गर्न संघर्ष गरिरहेका छन्। अन्य प्रयोगकर्ताहरूले रहमानको रचनात्मकताको प्रशंसा गरिरहेका छन्। फिल्म ‘लाल सलाम’लाई ऐश्वर्या रजनीकान्तले निर्देशन गर्दैछिन् । मिडिया रिपोर्टका अनुसार रजनीकान्त फिल्ममा एक्सन गर्दै देखिने छन् ।

 

एआईको सहयोगमा दिवंगत गायकको आवाजलाई उद्योगमा पहिलो पटक ‘रिक्रिएट’ गर्न लागिएको पनि मिडिया रिपोर्टमा लेखिएको छ ।न्युजकारखाना

न्युयोर्क, १९ माघ ।

एउटा क्षुद्रग्रह हाम्रो पृथ्वीको नजिक आउँदैछ ।

 

यी आकाशीय चट्टानहरूले वैज्ञानिकहरूलाई सतर्क राख्छन् किनकि यदि कुनै क्षुद्रग्रह हाम्रो ग्रहसँग ठोक्किएमा यसले ठूलो मात्रामा विनाश निम्त्याउने सक्छन । क्षुद्रग्रहको ठक्करबाट भएको विनाशका कारण करोडौं वर्ष अघि पृथ्वीबाट डायनासोर मेटिएको वैज्ञानिकहरूले विश्वास गर्दै आएका छन् । तर, फेब्रुअरी २ तारिखमा एउटा विशाल क्षुद्रग्रह पृथ्वीको नजिकबाट गुज्रिने भएको छ ।

 

क्षुद्रग्रह २००८ ०एस ७ अर्को केही दिनमा पृथ्वीको नजिक आउने क्षुद्रग्रहहरूमध्ये सबैभन्दा ठूलो हो। नासा जेपीएलका अनुसार यो फेब्रुअरी २ मा २८ लाख ५० हजार किलोमिटरको दुरीमा हाम्रो ग्रहको नजिकबाट जान्छ। ८९० फीट आकारको क्षुद्र ग्रह एउटा इनडोर स्टेडियमको आकार जत्रै रहेको छ ।

 

तर, यो पृथ्वीसँग ठोक्किने सम्भावना भने छैन । तर, यो पृथ्वीबाट धेरै टाढा नगएसम्म वैज्ञानिकहरूले यसमा नजर भने राख्ने छन्।

 

फेब्रुअरी २ मा दुई अन्य क्षुद्रग्रहहरू पनि पृथ्वीको नजिक आउँदैछन्। तिनीहरूको आकार एक विमान बराबर हुन सक्छ। जसमध्ये क्षुद्रग्रह (२०२४ बीजे ३) को आकार करिब ७१ फिट रहेको छ र यसले ८ लाख ५७ हजार किलोमिटरको दुरीमा हाम्रो ग्रह पार गर्नेछ।

 

नासाका अनुसार क्षुद्रग्रहलाई माइनर ग्रह पनि भनिन्छ। जसरी हाम्रो सौर्यमण्डलका सबै ग्रहहरू सूर्यको वरिपरि घुम्छन्, त्यसैगरी क्षुद्रग्रहहरू पनि सूर्यको वरिपरि घुम्छन्। क्षुद्रग्रहहरू ४.६ बिलियन वर्ष पहिले हाम्रो सौर्यमण्डलको प्रारम्भिक गठनदेखि बाँकी रहेका चट्टानी अवशेषहरू हुन्। वैज्ञानिकहरूले हालसम्म ११ लाख १३ हजार ५२७ क्षुद्रग्रह पत्ता लगाएका छन् ।

 

अधिकांश क्षुद्रग्रहहरू मुख्य क्षुद्रग्रह बेल्टमा पाइन्छ। यो मंगल र बृहस्पतिको बीचमा छ। तिनीहरूको आकार १० मिटर देखि ५३० किलोमिटर सम्म हुन सक्छ। अहिलेसम्म पत्ता लागेका सबै क्षुद्रग्रहहरूको कुल पिण्ड पृथ्वीको चन्द्रमाको भन्दा कम छ।न्युजकारखाना

मुम्बई, १९ माघ ।

बलिउड सुपरस्टार शाहरुख खान र सलमान खानले बक्स अफिसमा राज गरिरहेका छन् ।

 

उनीहरुको फिल्मको गीत र ट्रेलरको पनि युट्युबमा निकै चर्चा परिचर्चा भइरहेको हुन्छ ।

 

के तपाईंलाई थाहा छ युट्युबमा सबैभन्दा धेरै हेरिएको भजन कुनै फिल्मको होइन, यो त श्री हनुमान चालिसा हो, जसलाई ३ अर्ब ६७ करोड भन्दा बढी भ्युज प्राप्त भएको छ ।

 

मानिसहरु पनि दिनहुँ बारम्बार सुन्ने गरेको देखिन्छ । जसका कारण दिन प्रतिदिन यस भजनको हेराइ बढिरहेको छ । समाचार अनुसार टिभी सिरिज भक्ति सागरको युट्युब पेजमा सेयर गरिएको श्री हनुमान चालिसाको भिडियो ३ अर्ब ६ करोडभन्दा बढी पटक हेरिएको छ । यो गीतलाई गुलशन कुमार र हरिहरनले स्वर दिएका छन् । आज पनि यो भजन सुनेर मानिसहरु भक्तिमय बन्छन् ।

 

उल्लेखनीय छ कि गुलशन कुमार एक भारतीय व्यापारी र निर्माता थिए, जसको १२ अगस्त १९९७ मा हत्या गरिएको थियो। संगीत क्षेत्रमा प्रवेश गर्ने बित्तिकै सबै परिस्थिति बदलियो। एक मध्यमवर्गीय परिवारमा जन्मेका गुलशन कुमारले जुलाई ११, १९८३ मा टि सिरिजको स्थापना गरेका थिए, त्यसपछि उनले १९८८ मा ‘कयामत से कयामत तक’ सँग पहिलो ब्रेक पाए र ८० लाख क्यासेट बेचेका थिए।

 

यसपछि फिल्म आशिकीका गीतले रेकर्ड तोडेका छन् । गुलशन कुमार क्यासेट किङ भनेर चिनिन थाले । तर, सन् १९९७ मा गुलशन कुमारलाई सार्वजनिक रूपमा गोली हानेर हत्या गरियो, जसले मानिसलाई स्तब्ध बनाएको थियो ।न्युजकारखाना

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।