२०८३ बैशाख २२
२०८३ बैशाख २२

राैतहट,०२ गते फाल्गुन । 

वृन्दावन-माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने सरस्वती पूजा तथा वसन्त पञ्चमीको अवसरमा बुधबार वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले आफ्नो पालिका भित्रका सम्पूर्ण विधालयहरुमा सरस्वती माताको पुजा स्थलमा पुगी सरस्वती पुजा गरेर वसन्त पञ्चमी मनाउनु भएको छ।

बुधबार नगर प्रमुख कुर्मीले आफ्नो पालिका अन्तरगतको विभिन्न विधालय तथा शैक्षिक संस्थामाहरुमा अनुगमन तथा दर्शन गर्दै
उनले बिद्यालयलाई विद्याको मन्दिर ठानिने र विद्याकी देवी सरस्वतीको मन्दिर विद्यालय परिसरमा निर्माण हुँदा यसले बालबालिकालाई पठन लगावमा केन्द्रित गर्न बल पुग्ने अपेक्षा लिए।
र विद्यार्थीहरूले सरस्वती वन्दना गर्दै भगवतीसँग विद्या, बुद्धि र विवेक प्राप्तिको इच्छा राखेका थिए ।

शिक्षाकी अधिष्ठात्री देवी मानिने सरस्वतीलाई विशेषतः विद्यार्थी, कलाकार तथा सृजनाका क्षेत्रमा लागेका मानिसहरूले पुज्ने प्रचलन रहँदै आएकोछ भने सरस्वती पूजालाई श्रीपञ्चमी तथा वसन्त पञ्चमीको नामले पनि चिन्ने गरिन्छ ।

नगर प्रमुख कुर्मीले बिधार्थीहरुको हौषसलाका निम्ति नगर भित्रका हरेक बिधालयहरुमा आयोजित सरस्वती पुजा तथा सांस्कृतिक कार्यक्रमको लागि मा.वि.तहका बिधालयलाई,२५ हजार, नि.मा.वि. लाई १५ हजार र प्रा.वि.तहका बिधालयलाई १० हजार गरि सरस्वती पुजामा सहयोग स्वरूप रकम प्रदान गर्नुभएको छ।

बुधबार निरक्षण तथा अनुगमन गर्ने क्रममा नगर प्रमुख कुर्मी लागायत सो पालिकाका प्रमुख प्रसासकिय अधिकृत रनजय पटेल,शिक्षा संयोजक उपेन्द्र महतो,जिन्सी शाखा तथा स्वास्थ्य शाखा प्रमुख रासनरायण पटेल,योजना प्रमुख हरिदुलाल र नगरपालिकाका ईन्जिनियर दिलीप यादवको साथै विभिन्न शिक्षा प्रेमी तथा बुद्धिजीवीहरुको सहभागीता रहेको थियोे ।

रौतहट २९ माघ । 

स्थानिय फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचार बढेको भन्दै आम जनता पार्टीका नगर अध्यक्ष बिजय यादवले १० बुदेँ ज्ञापनपत्र बुझाएका छन्।

मेयर प्रत्याशी समेत रहेका यादवले मेयर अम्ब्या खातुन र प्रमूख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधान लाई सोमवार १० बुँदे ज्ञापन पत्र बुझाएका हुन्।

‘देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजिवन कष्टकर बन्दै गएको र आर्थिक संकटबाट सबै भन्दा बढी हाम्रो नगरपालिका प्रभावित भएकोछ । यस नगरपालिकामा आर्थिक उत्पादनको श्रोत साधन सिमित रहेको, परम्परागत खेतीप्रणलीमा आश्रित कृषि रहेको, व्यापार व्यवसाय सुक्दै गएको, बेरोजगार गुणात्मक ढंगले बढिरहेको तथा मजदूरहरु बाधयभएर कष्टकर बैदेशिक रोजगारबाट जिवनयापन गर्नु परेको अवस्था छ । यस्तो संकटपूर्ण अवस्थामा जनता माथी अनावश्यक करको भार थुपार्ने र जनताको खुन पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठ्ठीभर निर्वाचित जनप्रतिनिधिहरु आफु खुशी भागवण्डा गरि चाटने कार्यले नगरको बिकास सम्भव छैन ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

जनताको पिरमार्कामा राज्यको विभिन्न निकाय र तहहरुद्वारा सहयोग गर्नुको सट्टा आज कर आतंक खडा गरिएकोछ । जनताको आमदानीमा कर लिने तर उत्पादन नोक्सान हुदाँ वा घाटामा पर्दा हेर्न समेत नआउने उल्टै समयमा कर नतिर्दा सजायको भागीदार बनाउने जस्ता जनबिरोधी कार्य खुलेआम भईरहेकोछ । यो नगरपालिकाले समेत जन्मिदा देखि मर्दा सम्म अर्थात जन्मदर्ता देखि मृत्युदर्तासम्म समेत कर लगाउने, कर संकलन तथा सदुपयोग नगर्ने, आन्तरिक राजस्वलाई समेत पारदर्शी नबनाउने जस्ता कार्य गरिरहेको उल्लेख गरिएकाे छ ।

 

यस्ता गलत कार्यहरु पुनः हुन न दिन र जनताका अधारभूत समस्या समयमा समाधान गर्न तथा यस नगरपालिका प्रति आम जनताको विश्वसनियता अभिवृद्धि गर्न निम्न मागहरु सहित यो ज्ञापन पत्र पेश गरेका छौं मेयर प्रत्याशी बिजय यादवले भने।

 

‘नगरपालिकाले शून्य कर नीति लागू गरोस अर्थात् जनताबाट उठाउने प्रत्येक कर माफ होस् ।नगरपालिकामा बसोवास गर्ने सम्पूर्ण जनताको बिजुली र पानी महशुल फ्रि होस् । यस नगरपालिकामा भइरहेको सम्पूर्ण भागवण्डा बन्द होस् । उपभोक्तालाई नेपाल विद्युत प्राधिकरणले नगरपालिकाले समयमा पैसा न तिर्दा आम नागरिकको लाईनको समस्या समधान गरियोस। सेप्टी टयानकी सरसफाई निःशुल्क होस, मालपोतको कर निःशुल्क होस, शिक्षक, कर्मचारी र समाजिक सुरक्षा भता वितरण कार्य समयमा गरियोस, नगर भरीको सम्पूर्ण सुकुम्बासीको समस्या चाडै समधान गरियोस,नगर भरीका सम्पूर्ण अस्पतालमा औषधी आपृती गरियोस,सिँचाइको ब्यवस्था प्रत्येक वडामा अनिवार्य हुनुपर्ने , हाम्रा मागहरु प्रति बेवस्ता गरिएमा हामी चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौ,’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

 

उक्त अवसरमा मेयर प्रत्यासी विजय यादवसँगै आजपा स्थायी कमिटी सदस्य पूर्व उपमेयर कान्त्ती देबी महतो, प्रदिप पटेल, केन्द्रीय सदस्य ब्रहृमानरायण यादव, रामासंकर पासवान, सहेन्द्र साह, रामशरण यादव, मुकेश साह महिला नेतृ सुनिता महतो लगायतका उपस्थीती रहेको थियो।

काठमाडौं, २८ माघ ।

कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दामा पेसी आइतबार (आज)का लागि तोकिएको छ । आइतबारदेखि निरन्तर सुनुवाइ हुने बताइएको छ ।

ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरलगायतका आरोपमा आलमसहित ११ जनाविरुद्ध दायर रिटको सुनुवाइ हुन थाालेको हो ।

 

यसअघि गत २२ कात्तिकमा न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीले बहस नोट बुझाइसकेका छन् ।

 

१८ कात्तिक २०७६ रौतहट जिल्ला अदालतमा उनीहरुसवरुद्ध मुद्दा दर्ता भएको थियो ।

पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते रौतहट गाविसको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको प्रतिवादी आलमको काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको र सो क्रममा घाइते भएकालाई आफ्नै इँटा भट्टाको चिम्नीमा जलाएर मारेको आरोप आलममाथि लगाइएको छ । तर, आलमले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । न्युज कारखाना

राैतहट,२६ गते माघ ।

राैतहट-माैलापुरमा’असाहय सँग मेयर’ कार्यक्रममा आफूलाई बदनाम गर्न खाेजिएकाे वडा नम्बर ९ का वडा अध्यक्ष श्याम किशोर साहले बताएका छन् । आज(शुक्रबार) पत्रकारहरू सँग कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् ।

बिवाह कार्डकाे आधारमा आफूले गरेकाे सिफारिसमा बदनाम गराउन खाेजिएकाे उनकाे भनाइ छ । नगर प्रमुख रिना कुमारी साहले राजनीतिक रिसिबी साधन खाेजेकाे उनले आराेप लगाएका छन् । बिबाहको कार्डको आधारमा गरेको सिफारिश माथि नगर प्रमुखले छानबिन नै नगरेकाे उनकाे भनाइ छ ।

नगर प्रमुख र हाकिमले आफ्नो गल्ती ढाक छोप गर्न अफवाह फैलाएको आरोप लगाएका छन् । नेकपा एमाले बाट निर्वाचित भएका वडा अध्यक्ष साहले नगर प्रमुख आफ्नो नजिकको व्यक्तिलाइ वडाको सिफारिश बिना रकम दिने गरेको पनि आराेप लगाए । गरिब असहायलाइ सिफारिश गरेर पठाउदा फाइल नै गायब गराई दिने कार्य गर्दै आएको उनकाे आराेप छ । यतिमात्र हाेईन् कि आफूहरूलाई वडाकाे बजेट बाट बञ्चित गरिदिएका छन् ।

माैलापुर वडा नम्बर ९ का स्थानीय महेन्द्र राय यादवले आफनाे छोरी सन्जु कुमारीको विवाह हुँदै गरेकाले पालिकाको निर्णय अनुसार अनुदान सहयोग उपलब्ध गराई दिन वडा अध्यक्ष साह सँग सिफारिस गराएका थिए । यता निवेदक महेन्द्र राय यादव सँग बुझदा आफनाे छाेरीकाे विवाह पाेहाेर साल भएकाे स्विकार गरे ।

तर अनुदान रकमका लागि फाईल पेश गर्दा फाईल नै नगरपालिका बाट गायब भएपछि आफू बाध्यताबस अर्काे नयाँ फाइल बनाएर पेश गरेकाे बताए । नगरपालिकाले आफूलाई सहयोग रकम बाट बञ्चित गर्न थालेपछि बाध्य भएर नयाँ बिवाह कार्ड बनाउनु परेको बताए ।

त्यसैगरी स्थानीय ठगा साहले आफनाे छाेरीकाे बिहेमा आर्थिक सहायताका लागि आवेदन दिदाँ पनि सुनुवाइ नभएको बताए । अहिलेसम्म पैसा पाउन नसकेको उनकाे भनाइ छ । मेयर सँग माग्न जादाँ पैसाकाे भकारी खुलेकाे हाे? भनेर उल्टै थर्काउने गरेकाे आराेप लगाए । अर्का स्थानीय नरेश राय यादवले आफनाे बहिनीकाे बिहेमा नगरपालिका बाट प्रदान हुँदै आएको सहयाेग माग्न जाँदा पाउन नसकेको बताए ।

नगरपालिकामा यसका लागि धाउँदा धाउँदा थाकि सकेको बताए । यता यस विषयमा माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहकाे माेबाईलमा सम्पर्क गर्दा फाेन उठन सकेको छैन् ।

 रौतहट,२५ गते माघ ।

गरुडा–पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहिबार रौतहटको गरुडा स्थित चिनी मिलमा हुुने कार्यक्रममा सहभागी हुन आउने भएका छन् ।

नेकपा एमालेको १० औं जिल्ला अधिवेशनको उद्धघाटन सत्रको कार्यक्रमलाइ सम्बोधन गर्न रौतहट आउन लाग्नु भएको अधिवेशका प्रचार विभाग प्रमुख रुपेश पटेलले जानकारी गराउनुु भएको हो । आज माघ २५ गते बुधवार देखि नेकपा एमालेको जिल्ला अधिवेशन मध्य रौतहटको गरुडामा शुरु हुँदैछ ।

No description available.

जसको चहलपहल समेत बढेको छ । अधिवेशनको सम्पूर्ण तयारी पुुरा भएको प्रचार विभाग प्रमुख पटेलले बताए । नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका चार जना आकांक्षी उम्मेदवार देखिएका छन् । अध्यक्षको उम्मेदवारमा रुपेश पटेल,अखिलेश्वर चौधरी, सचिदानन्द साह र बवन सिंह रहेका छन् ।

उनीहरुले आफ्नो उम्मेदवारी घोषणा समेत गरि सकेका छन् । अध्यक्ष पदका उम्मेदवार मध्ये रुपेश पटेलले आफूलाइ यूवाहरुको साथ रहेको भन्दै अध्यक्ष पदमा उम्मेदवारी रहने बताएका छन् । पटेलका अनुसार नेकपा एमालेको १० औं जिल्ला अधिवेशनको लागि करिब ४ सय मतदाता रहेका छन् ।

रौतहट २५ माघ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली बिहीबार रौतहट आउने भएका छन् ।

 

नेकपा एमालेको १० औ  जिल्ला अधिवेशन उदघाटन गर्न प्रमुख अतिथि बनेर अध्यक्ष ओली रौतहट आउन लागेका हुन् ।

 

एमालेको १० औ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुँदै छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको तथा भोलिदेखि हुने जिल्ला अधिवेशनको उदघाटन गर्न अध्यक्ष केपी शर्मा ओली आउने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य उद्धब रेग्मीले जानकारी दिएका छन् ।

 

दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागि चारजनाको नाम चर्चामा रहेको छ। अध्यक्षको लागि अखिलेश्वर चौधरी,सचितानन्द साह,रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानीय नेताहरुले बताएका छन ।न्युजकारखाना

रौतहट २४ माघ।
रौतहटको कटरिया नगरपालिका- ९ स्थित बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका  पत्रकार कृष्ण तिवारीमाथि सांघातिक आक्रमण  गर्नेलाई कारबाहीको दायरामा ल्याउन चौतर्फी मागसहित दबाब आउन थालेको छ। चिनीमिल सञ्चालकको ईशारामा मिलका बाउनसरहरुको कुटाईबाट गम्भीर अवस्थामा रहेका पत्रकार  तिवारीको अहिले वीरगञ्जस्थित सूर्या अस्पतालमा उपचार भइरहेको छ। सूर्या अस्पताल वीरगञ्जका प्रमुख डाक्टर सरोज कुमार सिंहले पत्रकार तिवारीको छातीलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको र भर्ना गरेर उपचार भईरहेको बताए ।

 

पछिल्लो केही दिनदेखि मिलमा उद्योगीले प्रति ट्रली २० देखि ३०, क्विन्टल उखुको तौल घटाइरहेको बताउँदै आएका बारा र सर्लाहीको किसानले ल्याएको उखुको तौल घटेपछि मंगलवार किसानहरू मिल प्रशासनविरुद्ध नारा लगाउँदै आन्दोलनमा उत्रिएका थिए। किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएको  किसानहरूले आन्दोलन सुरुगरेको उखु उत्पादक किसान संघ रौतहटका उपाध्यक्ष प्रमोद यादव बच्चा बाबुले बताएका छन्।

मंगलबार आन्दोलन गरिरहेका केही किसानलाई समेत मिल सञ्चालकका बाउन्सरहरुले कुटपिट गरेको उपाध्यक्ष बच्चा बाबुले बताए। किसानहरूले उखु काटा गर्ने ठाउँमा बिहानैदेखि नारा जुलुस गरेपछि मंगलबार दिउँसो समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले निर्घात कुटपिट गरेको पीडितले बताएका छन्।

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश मिल सञ्चालक ओम प्रकाश जैसवालका छोरा हुन् । उनकै संलग्नतामा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्। तिवारीका अनुसार मेयरले इसारा गरेलगत्तै उनका भाइ पिन्टु भन्ने अभयप्रकाश जैसवालले आफूमाथि सबभन्दा पहिले आक्रमण गरेका थिए । जैसवालले हात छोडेलगतै उनको दर्जनौं बाउनसरले पत्रकार तिवारीलाई भुइँमा बजारेर मुड्की, लाती, लठी र उँखुले प्रहार सुरु गरेका थिए। सोही समय त्यहाँ पुगेका ईलाका प्रहरी कार्यालय कटहरियाको टोलीले जसोतसो पत्रकार तिवारीलाई बचाएका थिए। घटनास्थल पुगेका वरिष्ट सई अरुण सिंहका अनुसार यदी प्रहरी त्यहाँ मात्र १० मिनेट ढिलो पुगेको तिवारीकाे ज्यान जे पनि हुन सक्थ्याे ।

पत्रकार तिवारीको मोबाइल र क्यामरासमेत मिल सञ्चालकका बाउन्सरहरुले लुटपाट गरेको बताइएको छ। मिलकै बाउनसरले एकजना अर्का पत्रकार धीरज यादवलाई समेत कुटपिट गरेका छन्। किसानको पीडाबारे भिडियो रेकर्ड गर्ने क्रममा पहिले यादव र लगत्तै तिवारीमाथि एकैपटक दर्जनौं मानिसले आक्रमण गरेको सई अरुण कुमार सिंहले जानकारी दिएका छन्।

मंगलवार घटनाले उग्ररुप लिएपछि ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालको टोलीसँगै उखु उत्पादक किसान संघ रौतहटका पदाधिकारी  बाबा बैजुनाथ सुगर मिलको स्थलगत निरीक्षणमा गएको थियो। टोलीले उखुको तौल घटाएकोबारे जाँच बुझ गर्नु अघि नै मिलले राखेको केही ठेकदारहरुले तौल गर्ने काँटा ठीक भयो भनेर होहल्ला गरिरहेको थिए। सो पछि त्यही काँटामा पहिले तौल भईसकेको तीनवटा टयाक्टरको उखुको पुनः तौल गर्दा डिएसपी खनालको रोहवरमा प्रति ट्रली १६,१४,१२ क्विन्टल घटी देखिएको उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक कुमार यादवले बताएका छन्।

उखुको तौल घटेको बारेमा डिएसपी खनालको उपस्थितिमा मिलका निर्देशक बैजु बाबरासँग कुरा गर्दा गैरजिम्मेवारी तरिकाले जथाभावी कुरा गर्दै थर्काउने  व्यवहार गरेको अध्यक्ष यादवले गुनासो गरेका छन्। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी खनालले घटनामा संलग्न रहेको आशंकामा एकजना पक्राउ गरिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको बताएका छन।यसैबिच घटनामा संलग्न मिल्स सञ्चालक संगै दोषीमाथि कडा कारबाहीको गर्न चौतर्फी दबाब उठ्न थालेको छ।

आमजनता पार्टीका अध्यक्ष पूर्व मन्त्री प्रभु साहले समाचार सङ्कलन गर्न पुगेका रौतहटका एक पत्रकारमाथि कुटपिट गर्नु निन्दनीय भएको बताएका छन। प्रेस समाजवादी सङ्गठनको केन्द्रीय सदस्य पत्रकार तिवारीको छाती र आँखा छेउमा चोट लागेको छ ।

साहले आफ्नो आधिकारिक समाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार तिवारी लगायतका पत्रकारहरुमाथि भएको सांघातिक हमला एवं निर्घात कुटपिटको घोर भत्सर्ना गर्दै दोषीलाई कड़ा करवायीको जोड़दार माग गरेका गरेका छन्। नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, समाजवादी प्रेस संगठनका अध्यक्ष दिनेश यादव संगमले छुट्टा छुटै बिज्ञप्ती निकालेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

न्युजकारखाना

रौतहट, २३ माघ ।

 रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका एक पत्रकारलाई निर्घात कुटपिट गरिएको छ।

किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएपछि किसानहरूले आन्दोलन गरेका थिए।

No description available.

किसानहरूले उखु काटा गर्ने ठाउँमा नारा जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले निर्घात कुटपिट गरेका हुन्।

कटहरियाका मेयरसमेत रहेका बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिका सञ्चालककै मिलोमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्। कटहरिया नगरपालिकाका मेयर अजय प्रकाशकै संलग्नतामा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्।

No description available.

पत्रकार तिवारीको मोबाइल र क्यामरासमेत मिल सञ्चालकले लुटपाट गरेको बताइएको छ।

घाइते पत्रकार तिवारीको अहिले गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ।

घटनामा संलग्न मिल्स सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।न्युजकारखाना

 ओम प्रकाश् यादव माघ २२ गते, रौतहट।

एक महिनाको लामो तलाबन्दी पछि रौतहटको गरुडा नगरपालिकाको ताल्चा आज खुलेको छ । एक महिना भन्दा बढी दिन्देखी गरुडा नगरपालिका कार्यालयमा लगाइएको ताला सोमबार बेलुका ७ बजे खुलेको हो ।

 

नगर उपप्रमुख पुनम देवि चौधरी सहित ६ जना वडा अध्यNo description available.क्षहरुले विभिन्न माग राख्दै बिगत एक महिना देखि नगरपालिका कार्यालयमा तालाबन्दी गरि मुलगेटमा धार्ना दिदै आएका थिए । नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले आन्दोलनरत जनप्रतिनिधिहरुको माग सम्बोधन गर्ने लिखित सहमति गरेपछी नगर उप प्रमुख चौधरी सहित आन्दोलनरत वडा अध्यक्षहरुले आज ताल्चा खोलेका हुन ।

No description available.

जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा मेयर जयस्वाल र आन्दोलनरत पक्ष बीच विभिन्न बुदामा लिखित सहमति भएपछी आन्दोलनरत जनप्रतिनिधिहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिदै पालिका कार्यालयमा लगाएको ताल्चा खोलेका छन । ताल्चा खुलाउन जिल्ला प्रशासन कार्यालय रौतहटमा यस् अघि दुबै पक्ष बिच पटक पटक वार्ता हुँदै आएपनि कुरा न मिलेपछी उक्त वार्ता असफल हुँदै आएको थियो ।

No description available.

तर सोमबार पुनः जिल्ला प्रशासन कार्यालयमा दुबै पक्ष बिच भएको वार्तामा सहमति जुटेको थियो । आजको वार्ता सफल भएपछी गरुडा नगरपालिकाका मेयर, उप मेयर, वडा अध्यक्षहरुबिच लामो समय देखि हुँदै आएको आपसी द्वन्द, मनमुटाव, मतभेद र विवाद अन्त्य भएको छ ।

रौतहट २० माघ।
रौतहटको  जिल्लाको मुख्य व्यापारिक केन्द्र गरुडा बजारमा निर्धारित दर भाउ भन्दा बढीमा खसीको मासुको बिक्री गर्ने व्यवसायीलाई कार्वाही हुने निर्णय गरिएको छ।

 

बजार क्षेत्रमा केही व्यवसायीले मनपरी दरभाउमा खसीको मासु बिक्री गरेको पाइए पनि खसीको मासुको मूल्य निर्धारण गरिएको छ। स्थानिय खसीको मासु ब्यवसायी र उद्योग बाणिज्य संघ गरुडाको संयुक्त बैठकले खसीको मासुको दुईथरीको भाउ निर्धारण गरेको छ।

 

आन्द्रा भुँडी समेतको प्रतिकिलो खसीको ताजा मासु प्रतिकिलो ९०० रुपैयाँ र आन्द्रा भुँडी नभएको मासु प्रतिकिलो ९५० को दरले बिक्री गर्नु पर्ने निर्णय भएको छ। निर्धारित दर भन्दा बढी भाउँमा बिक्रि बितरण गर्ने ब्यवसायीलाई ५१ हजार रुपैयाँ जरिबाना गरिने उद्योग बाणीज्य संघ गरुडाका अध्यक्ष सतीश कुमार साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

पछिल्लो समय गरुडा बजार क्षेत्र अन्तर्गत केही व्यवसायीले मनपर्दी भाउमा खसीको मासु बिक्रि गरिरहेको गुनासो बढेपछि संघले उक्त पहल गरेको हो । गरुडा बजार क्षेत्रमा खसीको मासुको भाउ निर्धारण गरिए पनि सदरमुकाम गौर, कटहरिया लगायतको बजारमा हुन सकेको छैन।

 

गतमा खसीको मासु प्रतिकिलो १ हजार रुपैयाँमा बिक्रि भईसकेको भएपनि पछिल्लो समय देशमा देखिएको आर्थिक तरलताको प्रभावले अहिले भाउ घटेको विजय मिट तथा कटीया हाउस कटहरियाका सञ्चालक विजय साहले बताएका छन।न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।