२०८३ बैशाख २२
२०८३ बैशाख २२

बारा, १७ चैत ।

जिल्ला अदालत बाराले निजगढ विष्फोटनको घटनामा दोषि देखिएका सबै जना धरौटीमा रिहा भएका छन्।

अदालतले बम विष्पोटनमा दोषि देखिएका भनिएका निजगढ ९ का कवाडी पसले निजगढ ९ का राज भनिने रमेश जयसवाल, धारापानीबाट सो विष्पोटन पदार्थ ट्रकमा राखेर ल्याउने ना ५ ख ९७२७ का ट्रक चालक निजगढ ९ नदीकट्टाका बासु लामा र सहचालक सोही ठाउ बस्ने टिकाराम पाख्रिन शुक्रबार जनही १ लाख रुपैया धरौटीमा रिहा भएका छन्।

यसअघि गत बुधवार अदालतले सोही अभियोगमा पक्राउ परेका धनुषा धारापानीका कवाडी पसले शिवशंकर माली र सोही कडाड पसलमा कवाडको सामान संकलन गर्ने सर्लाहीका बिल्टु महतोलाई जनही १ लाख रुपैया धरौटी लिएर रिहा गर्ने निर्णय गरेको थियो ।

जिल्ला न्यायाधिवक्ता कैलाश खत्री क्षेत्रीका अनुसार निजगढ नगरपालिका ९ मा कबाडी सञ्चालन गरी बसेका भारत मोतिहारी घर भएका भारतीय नागरिक राज भनिने रमेश प्रसाद जयसवाल, कबाडीको सामान बोक्ने ना ५ ख ९७२७ ट्रकचालक निजगढ नगरपालिका ९ स्याक्तान टोलका ४२ वर्षीय बासु तामाङ्ग, सोही ठाउँका सहचालक २५ वर्षीय टीकाराम पाख्रिन, धनुषा गणेशमान चारनाथ नगरपालिका– २ स्थित न्यू शिव स्क्र्यापका सञ्चालक सर्लाही चक्रघट्टा गाउँपालिका– १ निवासी वर्षीय ४१ शिवशंकर साह, कबाडी संकलक सर्लाही ईश्वरपुर नगरपालिका– ७ निवासी ४६ वर्षीय बिल्टु महतोलाई जनही १ लाख रुपैया धरौटी लिएर रिहा गर्ने निर्णय गरिएको थियो। उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुर्दा दर्ता गरी ११ चैतमा बारा जिल्ला अदालतमा पेश गरिएको उनले बताए।

ग्यारेजमा भएको विस्फोटमा परी तीनको मृत्यु भएको थियो भने तीनजना घाइते भएका छन्। कवाडी पसले रमेशले लगेको सो बस्तु काटने क्रममा गत फागुन १४ गते भएको विष्फोटमा परेर निजगढ ७ स्थित रोहित वर्कशप संचालक ४३ वर्षीय रेशम मगर, रौतहटको देवाहीगोनाही नगरपालिका वडा नम्बर ९ का २० वर्षिय रिपु रजक धोबी र भारतीय नागरिक राकेश जयसवालको ज्यान गएको थियो । त्यसैगरी घटनामा भारतीय नागरिक अरबिन्द्र साह, निजगढ ५ का रामबहादुर थापा र वीरगन्ज महानगारपालिका ९ का फिरोज देवान घाइते बनेका थिए ।

प्रहरीले करिब २३ दिनको अनुसन्धान पछि घटका आरोपिहरुलाई जिल्ला अदालत बारामा पेश गरेको छ। उनीहरुलाई प्रहरीले ९ चैतमा जिल्ला सरकारी वकील कार्यालय बारामा बुझाएको थियो।

यता विस्फोट भएको उक्त वस्तु हेर्दा बमजस्तै देखिन्छ प्रोजोक्टाइल हो वा अन्य विस्फोटक भन्नेबारेमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको रिपोर्ट कुरेर बसेको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

त्यसैगरी घटनामा भारतीय नागरिक अरबिन्द्र साह, निजगढ ५ का रामबहादुर थापा र वीरगन्ज महानगारपालिका ९ का फिरोज देवान घाइते बनेका थिए। सैनिकले प्रयोग गेर्न भनिएको उक्त विष्पोटक पदार्थ कहाँबाट बाहिरिएको हो भन्ने बारेमा भने प्रहरी अनुसन्धानबाट पनि खुल्न सकेको छैन । उक्त विष्फोटक पदार्थ कहाँबाट कसरी बाहिरिएको हो भन्ने बारेमा भने अझै खुल्न सकेको छैन। प्रहरीका अनुसार मालीको कवाडी पसलमा सामान संकलनको काम गर्ने महतोले गाउँकी एकजना बालकले बेवारिसे अवस्थमा फेला पारेर उनलाई बेचेको बताइएको छ।

घटनामा मृतक परिवारका आफन्तले भने अहिलेसम्म कुनै क्षतिपूर्ति नपाएको गुुनासो गर्दैआएका छन्।  न्युज कारखाना

राैतहट, १४ चैत्र
रौतहट जिल्लाको बृन्दाबन नगरपालिका वड़ा नम्बर १ भोटिया टोलमा बिबाद हुदा श्रीमानले श्रीमतीको हत्या गरेका छन !
श्रीमती संग विबाद हुदा श्रीमान तीर्थ वाइबाले आफ्नै श्रीमती ३५ वर्षीय सेतीमाया तामांगलाइ धारिलो हथियार प्रयोग गरी घाटी रेतेर हत्या गरेको हो ! श्रीमतीको हत्या गरेपछि लोग्ने तीर्थ वाइबाले आत्म हत्याको समेत प्रयास गरेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ !
प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार घाइते अवस्थामा छटपटाई रहेका वाइबालाइ देखेर स्थानीयले प्रहरीलाइ खबर गरेपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालको नेतृत्व गएको टोलीले सोध्दा श्रीमती संग विबाद हुदा हसियाले घाटी काटेर हत्या गरेको बताएपछि खोज्दै जादा घर देखि १ किलो मीटर पूर्व बागमती खोलाको छेउमा रहेको मकै बारीमा मृत अवस्थामा लाश फेला परेका छन !
गंभीर घाइते भएको तीर्थ बाइबाको उपचारको लागि पठाइएको र अवस्था गंभीर नै रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ! घटना स्थलबाट २ थान धारिलो हसिया बरामद गरी प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ !

रौतहट, ११ चैत ।

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकटको आम इन्जिनियर्श एण्ड टेक्निकल एसोसिएशन गठन भएको छ। आजपाको केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार इन्जिनियर्शहरूको भेलाले कमिटी गठन गरेको हो।

 

इन्जिनियर गोपाल साहको संयोजकत्वमा ५१ सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीको सदस्यमा मनोजकुमार कर्ण, अनन्त रञ्जन साह, गोपाल कर्ण, कपिल ढुङ्गेल, प्रेमकुमार साह, प्रदिप साह, रामप्रित साह, बिजया श्री बरुण, रचना न्याइच्यई श्रीजना होना रहेका छन्।

 

यसैगरी अरुणकुमार साह, रमेश साह, कृष्णा पञ्जियार, मनिषकुमार साह, रामशंकर महतो, रितु राज साह, श्यामकुमार यादव, चन्दनप्रसाद साह, ललेन्द्र इसर, रविन्द्र कुमार साह, संजिव कुमार, रपेश कुशवाहा, चन्दन कुशवाहा, ब्रजेश्वर साह, निरज झा, राजेश रविदास, राजदेव साह, संजीव यादव, खगेन्द्र साह, रञ्जित साह, गोविन्द प्रसाद गुप्ता सदस्य रहेका छन्।

 

यसैगरी सदस्यहरुमा दीलिप साह, प्रेमकुमार साह, अनिल साह, योगेश कर्ण, श्याम साह, अनिश न्याइच्याई, रिसव साह साहिल, गोवन्द प्रसाद साह, रवि कुशवाहा, घनश्याम साह, कौशल साह, मन्तोस पाईक, रुपेशकुमार साह, विकेश तामाङ, पशान्त थापालगायत रहेका आइटी आर्मीको केन्द्रीय सदस्य रामसरण यादवले बताए।

 

कमिटी गठन पश्चात आजपा अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले देश निर्माणको मेरुदण्डका रुपमा क्रियाशील इन्जिनियरहरूको पेशागत हक अधिकारको प्राप्ति, रक्षा एवम् विकासका लागि शुभकामना व्यक्त गरेका थिए।न्युज कारखाना

 राैतहट,०७ गते ।

कटहरिया-राैतहटकाे कटहरिया नगरपालिकामा रहेकाे एक बिधालयमा आज छात्रवृत्ति वितरण गरिएको छ ।

No description available.

साे नगरपालिकाकाे वडा नम्बर १ पारसनगरमा रहेकाे श्री काेपिला प्राथमिक बिधालयका बिधार्थीहरूले छात्रवृत्ति पाएका छन् । उक्त बिद्यालयका १ सय ३५ जना बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बिच वडा अध्यक्ष भूपेन्द्र महताेले छात्रवृत्ति वितरण गरेका छन् ।

No description available.

आर्थिक वर्ष २०७९/८० सालमा आएकाे छात्रवृत्ति रकम बाट प्रति बिधार्थी ४ सयका दरले छात्रवृत्ति दिईएकाे प्रधानाध्यापक सुशिला कुशवाहाले जानकारी गराएकी हुन् ।

No description available.

वितरण पछि बाेल्दै वडा अध्यक्ष महताेले बिधार्थीहरूलाई पढाइमा सहयाेग पुग्ने उदेश्यले छात्रवृत्ति दिईएकाे बताए । यसले केही हदसम्म भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

No description available.

साे अवसरमा शिक्षक,शिक्षिका,अभिभाव,बिधार्थी र स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेकाे थियाे ।

No description available.

यता कटहरिया नगरपालिकाका शिक्षा संयाेजक अनिल निधीले आ.व.२०७९/८० काे छात्रवृत्ति रकम गत असारमा नै गईसकेकाे अधिकांश नगरका सामुदायिक बिधालयले छात्रवृत्ति वितरण गरेको जानकारी गराए ।

No description available.

छिट्टै नै चालू आ.व.२०८०/८१ काे छात्रवृत्ति पनि वितरण गरिने बताए ।

रौतहट,७ चैत ।

रौतहटमा बिजुलीको ट्रान्समिटर नै चोरी भएको छ ।

 

ल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा रहेको बाल्चनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बिजुलीको ट्रान्सफर्मर चोरी भएको हो ।

 

५० केभीए पावरको उक्त ट्रान्समिटर चोरहरूले राखेको ठाउँबाट तल झारी त्यसमा रहेको तामा निकालेर लगेका हुन् । ट्रान्समिटरको बोक्रा मात्र रहेको र भित्रको गुदी चोरहरुले चोरेर लगेको बालचनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बलिराम साहले बताए । सोमबार  साँझसम्म सही सलामत रहेको बिजुलीको ट्रान्समिटर मङ्गलबार बिहान हेर्दा खोक्रो मात्र रहेको र त्यसभित्र रहेको तामा चोरहरुले निकालेर लगेको अवस्थामा पाइएको अध्यक्ष साहले जानकारी दिए।

 

बिजुलीको ट्रान्समिटरको भित्र रहेको तामा निकालेर लगि खोक्रो मात्र छोडेका चोर समूहको खोजीका लागि खानेपानी तथा सरसफाई उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा निवेदन दिएको छ ।

 

रौतहट जिल्लामा यसभन्दा अघि पनि बिजुलीको ट्रान्समिटर चोरीका घटनाहरू देखा परेको भएपनि ट्रान्समिटरको तामाचोरीमा संलग्नहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । बिजुलीको ट्रान्समिटरमा रहेको तामा महँगोमा बिक्री हुने भएका कारण चोरहरुले एकान्त स्थानमा रहेका बिजुलीका ट्रान्सफर्मरहरू निकाली त्यसभित्र रहेको तामा झिकी बिक्री वितरण गर्ने गरेको बालचनपुरका स्थानीय बासिन्दा अर्जुन चौधरीको भनाई रहेको छ । न्युज कारखाना

 

 

रौतहट, २ चैत ।

रौतहटको पोरहा नगरपालिका–९ मा रहेको शिव मनि ट्रान्सफरमा प्रवेश गरेर भारतीय लुटेराले गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको छ ।


शुक्रबार दिउँसो भारतीय तीनजनाको हतियारधारी लुटेराको समूहले मनि ट्रान्सफरमा प्रवेश गरेर नगद काउन्टरमा बसेका नितेष शाहलाई गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको रौतहट प्रहरीका प्रवक्ता डीएसपी  एलिजा गिरीले जानकारी दिइन् ।

उनका अनुसार शाहको टाउकोमा लक्षित गरी प्रहार गरेर गोली छल्दा कानमा लागेको छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । भारतीय नम्बरको मोटरसाइलमा आएका उनीहरु ५२ लाख रुपैयाँ लिएर भारततर्फ भाग्न खोज्दा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।


नेपाल प्रहरीले भारत बिहार मोतिहारीका मनिषकुमार यादव र राजाकुमार पासवान र सशस्त्र प्रहरीले चन्द्रभान सिंहलाई नगदसहित नै पक्राउ गरेको डीएसपी गिरीले जानकारी दिइन् ।
न्युज कारखाना

रौतहट ३० फागुन ।

रौतहटको फतुवा बिजयपुर नगरक्षेत्रअन्तर्गत तलबको माग गर्दै धर्नामा बसेका शिक्षकले भोलीदेखि सञ्चालन हुने वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ। शिक्षकहरूको निर्णयसँगै नगर क्षेत्रका ६ हजार विद्यार्थीको भविष्य अन्यौल बनेको छ।

नगर शिक्षा संयोजक शिक्षक राधेश्याम यादवको अध्यक्षतामा बुधबार बसेको शिक्षकहरूको बैठकले भोलिदेखि हुने भनिएको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको हो।

पटकपटक आश्वासन मात्र पाउने र तलबकै लागि सधैँ आन्दोलन गर्नुपर्ने भएकाले अब उधारोमा सहमती नहुने शिक्षा संयोजक यादवले बताएका छन्।

जब सम्म सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीको खातामा हालसम्मको तलब जाँदैन तबसम्म हामी परीक्षा सञ्चालन नगर्ने निर्णय गरिएको संयोजक यादवले जानकारी दिएका छन्। फतुवा बिजयपुर नगरपालिकाका ३२ वटा विद्यालय रहेको छ।

प्रस्तावित सहित ७ मावि, ४ निमावि र २१ वटा प्राथमिक विद्यालय रहेको छ। ती सम्पूर्ण विद्यालयमा गरी कूल २०४ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको मावि सितलपुरका प्रधानाध्यापक बुनिलाल राय यादवले बताए।

त्यहाँ रहेको ३२ विद्यालयमा कक्षा १ देखि ९ सम्मको झण्डै ६ हजार रहेका विद्यार्थीहरू भोलिदेखि हुने वार्षिक परीक्षामा सहभागी हुने रहेका थिए।

यसरी शिक्षकहरूको तलबको विवादकै कारण भोलिदेखि हुने वार्षिक परिक्षा नभएमा फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत कक्षा १ देखी ९ सम्मका ६ हजार बालबालिकाको भबिश्य अन्यौल हुने देखिएको छ।

नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरू बुधबार तलबको माग गर्दै पुनः धर्नामा बसेका थिए। हिन्दूहरूको महान पर्व होली आउनमात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना झिनो देखिएको कारण त्यहाँका शिक्षक कर्मचारी पुनः आन्दोलित भएका हुन्।

नगरक्षेत्रअन्तर्गतका शिक्षक र शिक्षिकाहरू आज कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि नगरपालिका अगाडी धर्नामा बसेका थिए।

नगरभरीको शिक्षकहरूको भेलाले बुधवार अपरान्ह ४ बजे भोलिदेखिको वार्षिक परीक्षा बहिस्कार गर्ने निर्णय गरेका छन्। फतुवा विजयपुर का प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले  पाँच दिनभित्र जुन हालतमा पनि शिक्षक र कर्मचारीको तलब निकासा हुने बताएका छन्। फतुवा विजयपुर का प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले  पाँच दिनभित्र जुन हालतमा पनि शिक्षक र कर्मचारीको तलब निकासा हुने बताए।

फतुवा बिजयपुर नगरपालिकामा कांग्रेस पार्टी बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा दोषी ठहर भएर अख्तियारद्वारा दण्डित भई पद गुमाएपछि कांग्रेसकै उपमेयर अम्बेया खातुन गत वर्षदेखि कार्यबाहकको जिम्मेवारी पाएकी छन्।न्युज कारखाना

 

मधेश प्रदेश, २९ फागुन ।

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले विभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ।

आजपा महासचिव उपेन्द्र साहको नेतृत्वमा जनकपुरधामको बारहविग्घाबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय धनुषासम्म पुगेको थियो। सो क्रममा जनकपुरस्थित राष्ट्र बैंकको कार्यालय अगाडी समेत प्रदर्शनकारीले नारावाजी गरेका थिए।

आजपा मधेस प्रदेश कमिटीको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले आफूहरुको माग सम्बोधन नभए यो भन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन्। प्रदर्शनमा सहभागी आजपाका महासचिव साहले आफूहरूको माग गम्भिर रूपमा लिएर सम्बोधन नगरिए मधेस बन्द गर्नुपर्ने चेतावनी सरकारलाई दिएका छन्।

‘हामीले शान्तिपूर्ण रुपमा विरोधका कार्यक्रम गरिरहेका छौं। किसान, सर्वसधारणदेखी आम जनताका माग सम्बोधन गर्नमा सरकारले ढिलाई गरेमा हामी मधेस बन्दसम्मको कडा आन्दोलनका कार्यक्रम ल्याउँन बाध्य हुनेछौं। त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने हुन्छ,’ आजपा महासचिव साहले भने।

आजपाले बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने, किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने लगायतका माग गरेको छ।

यसैगरी आजपाले मधेसमा भइरहेको सरकारी योजना र बजेटको खरीद बिक्री जस्ता भ्रष्टाचारजन्य कार्य रोक्न भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगायतका माग गरेको छ। आजपा महासचिव साहले पार्टीको हालै सम्पन्न स्थायी कमिटीको बैठक र मधेस प्रदेश कमिटीको बैठकको निर्णय अनुसार सर्वसधारणका मुद्धा सरकार समक्ष पुर्याउँनका लागि पार्टीले संघर्षका विभिन्न कार्यक्रमहरु अगाडी बढाउँने निर्णय अनुसार विरोध प्रदर्शन गरिएको बताए।न्युज कारखाना

रौतहट २८ फागुन।
लामो समयदेखि लथालिङ्ग अवस्थामा रहेको रौतहट बन आपूर्ति समिती ब्यवस्थित हुँदै गएको छ।

 

काठ दाउराको लागी निबेदन दिएर बर्षौ कुर्नुपर्ने अवस्थाको अन्त्य भएर अब सहज रुपमा काठ दाउरा बितरण भईरहेको छ।

डिभिजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्र र समिती अध्यक्ष रामाप्रवेश दास तत्माको सहकार्यमा आपूर्ति समिती ब्यवस्थित हुँदै गएको हो। ब्यवस्थित भएसँगै आपुर्ति समितिमा काठको लागी निबेदन दिएर बर्षौ कुर्नुपर्ने व्यवस्थाको अन्त भएको छ।

अब सेवाग्राहीले घर कामको लागि निबेदन दर्ता गर्नासाथ कार्वाही प्रक्रिया सुरु हुने गरेको अध्यक्ष तत्माले बताएका छन।

दैवीप्रकोप अथवा छोरीको बिहेको लागी फर्नीचर बनाउन प्रक्रिया पूरा भए हातका हात आवश्यक काठ उपलब्ध भईरहेको उनको भनाई छ।

मधेश प्रदेश सरकार बन तथा बाताबरण मन्त्रालय बाट गत साउन १८ गते लोकतान्त्रीक समाजबादी पार्टीको सिफारिसमा कटहरिया नगरपालिका २ जमुनियाका रामाप्रवेश दास तत्मा जिल्ला बन पैदावार आपूर्ति समिति रौतहटको अध्यक्षमा मनोनीत भएका थिए। हाल रौतहट आपुर्ति समिती प्रदेशमै उत्कृष्ट भएको उनको दाबी रहेको छ।

 

दैबि प्रकोप घरमा आगलागी हुँदा प्रती परिवार ४० क्युबि सालको काठ, छोरीको बिहेमा फर्नीचर को लागि सालको ३० क्युबी साल अथवा अन्य जातको काठ हातका हात उपलब्ध गराईरहेको आपुर्ति समितिका अध्यक्ष तत्माले बताएका छन ।

 

त्यसैगरी साना उद्योगीहरु लाई तथा विकास निर्माण, बिद्यालय, धर्मशाला, मठ मन्दिर, अस्पतालमा फर्नीचर निर्माणका लागि १५० क्युबि , घरकाजमा ७० क्युबि काठ बितरण भईरहेको अध्यक्ष रामाप्रवेश दास तत्माले बताएका छन।

बिगतमा काठको लागि निबेदन दिएर तिन चार बर्ष कुर्नुपर्ने अवस्था थियो अहिले त्यो अवस्थाको अन्त भएर आवश्यकता अनुसारको काठ हातका हात बितरण भईरहेको अध्यक्ष तत्माले दाबी गरेका छन।

गत मंसिर देखि काठ बितरणको लागी स्थलगत निरीक्षण पश्चात १२ सय सेवाग्राही लाई काठ उपलब्ध गराउननाम निस्केको छ, आगामी वैशाख महिना भित्र थप ८०० सय सेवाग्राहीको नाम निकाल्ने लक्ष्यका साथ काम अगाडी बढेको उनले बताए। बिगतमा लथालिङ्ग हुँदा उपभोक्ताले आश मारिसकेका थिए। अहिले निवेदन दिएका लाई प्रक्रिया पुर्याएर एकहप्ता भित्र काठ दिने गरिएको छ।

१८ स्थानिय तह रहेको रौतहटमा चन्द्रनिगाहपुर स्थित आपुर्ती समितिले काठ बितरण गर्दा दक्षिणी भेगका जनतालाई कठिनाई भईरहेको छ।आउँदा दिनमा थप पायक एकस्थानमा डिपो राख्ने योजना रहेको अध्यक्ष तत्माले बताएका छन।

त्यसैगरी यस आर्थिक वर्षमा एकघर एक बिरुवा लगाउने उद्देश्यले १० लाख रुपैयाँ छुट्याएको छ। पाँच लाखको आँप लिची बिरुवा किनेर बितरण गर्ने, पाँच लाखको बिरुवा बनको नरसरीमै उत्पादन गराई बितरण गर्ने योजना रहेको तत्माले बताएका छन।

डिभिजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले यस आर्थिक वर्षमा १५६ जना सेवाग्राही लाई घरकाज , दैवीप्रकोप ७८ जनालाई काठ र १३८ जना सेवाग्राहीलाई दाउरा उपलब्ध गराईएको बताएका छन।

घरकाजमा बितरण गरिएको १० हजार ९७६ क्युबि फिट, दैवीप्रकोपमा तीनहजार १सय साढे ७५ क्युबि फिट र ९८ चटा दाउरा बितरण बाट कुल २ करोड,१३ लाख,९२ हजार,२७८ रुपैया राजस्व संकलन गरिएको डिवीजन प्रमुख मिश्रले जानकारी दिएका छन।

रौतहट बन आपूर्ति समिति बिगतको भन्दा ब्यवस्थित भएको छ , हाल देखिएको केही साधनस्रोतको कमीलाई आगामी दिनमा थप ब्यवस्थित गर्ने प्रमुख मिश्रले प्रतिवद्धता जनाएका छन्। बन आपूर्ति समितिले सही उपभोक्ताको पहिचान गरी सहज रुपमा काठ दाउरा बितरण सुरुगर्दा राष्ट्रीय तथा सामुदायिक बनमा बिगतको तुलनामा हानी नोक्सानी कम हुँदै गएको स्थानीयहरूले बताएका छन।

 

यस अघि घरकाज अथवा फर्निचरको लागी डिवीजन बन कार्यालय रौतहटले सहज रुपमा काठ दाउरा उपलब्ध नगराउँदा बाध्य भएर स्थानीयहरु चोरी कटानी गरी साल लगायत जातको काठ बन बाट ल्याउने गरेका थिए।न्युज कारखाना

 राकेश यादव,राैतहट, २५ फाल्गुन।

भारतीय फ़िल्म जगतका चर्चित सुपरस्टार अभिनेता गोबिन्दा आहूजाले आमा बुवालाइ सधै माया स्नेह र सम्मान गर्नु पर्ने बताएका छन ।

No description available.

रौतहट जिल्लाको मौलापुर नगरपालिकाले महाशिव रात्रीको अवसरमा आयोजना गरेका मधानी महोत्सव २०८० को उदघाटन समारोहमा सहभागी हुन आएका बॉलीबुडका अभिनेता गोबिन्दाले आमा बुवा भन्दा ठूलो कोही नभएकोले आदर र सम्मान गर्नु पर्ने सुझाव दिएका हुन । नारी दिवसको सम्पूर्ण नारीलाइ सम्वोधन गर्दै अभिनेता गोविन्दाले भने नारी न भए संसारको विकास नै नहुने भएकोले महिलालाइ उच्च सम्मान गर्नु पर्छ ।

No description available.

मौलापुर नगरपालिकाले छोरीको विवाहमाँ गर्दै आएको सहयोगको सराहना गर्दै उनले भने नगरपालिकाले निशुल्क विजुली ,पानी ,कर जनतालाइ उपलब्ध गराएको कार्य राम्रो हो । १४ वर्षको उमेर देखि २१ बर्ष सम्म भगवान कृष्णको पूजा गर्दा आफु गोबिन्दा भएको स्मरण गराउदौ आफ्नो कर्म गर्दै गए गोविन्दा बन्नू हुन्छ भने विश्वास व्यक्त गरे ।

No description available.

५ वटा गीत गाउँदै बिदा भएका गोविन्दाले मौलापुर नगरपालिकाका मेयर रीना साह र प्रतिनिधि सभा सदस्य प्रभु साहको कारण मौलापुर आउन पाएकोमा हर्षित भएको बताए । मैले सोचेको थिएन यो ठाउमा आउछु उनले भने महादेवको कृपा र प्रभु साह तथा रीना साहको आग्रहमा आऊंन पाए धेरै ख़ुशी छू !

No description available.

मौलापुर नगरपालिकाले पुरातात्विक महादेव मन्दिरलाइ विश्व सम्पदाको सूचीमा सूचीकृत गराउने उदेश्यले २०७६ साल देखि मधानी महोत्सव आयोजना गर्दै आएका छन ।

No description available.

मधानी महोत्सवलाइ सफल बनाउनका लागि भारतीय कलाकार , स्वदेशी कलाकार तथा स्थानीय कलाकारलाइ बोलाउने गरेको छ ।

No description available.

महंगो पारिश्रमिक लिएर महोतस्वमाँ आएका गोविन्दालाइ हेर्नको लागि रौतहट ,बारा, र सर्लाही जिल्लाबाट दर्शक हरु आएका थिए ।

No description available.

गोबिन्दाको साथै भोजपुरी गीतकार बिनय बिहारी , नेपाली चलचित्र का नायक पल शाह , दिनेश डीसी , लगायतका कलाकारले आ आफ्नो प्रस्तुति देखाएका छन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।