२०८३ बैशाख २२
२०८३ बैशाख २२

जेठ ८ गते, रौतहट जनता समाजवादी पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनका लागि रौतहटको चारवटै निर्वाचन क्षेत्रमा आज मंगलवार एकैसाथ प्रतिनिधि छनौट गरिएको छ । आउदो जेष्ठ २८,२९ र ३० गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको लागि रौतहटबाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको छ । जिल्लाको छुट्टाछुट्टै ठाउमा आज बसेको जसपाको बैठकले चारवटै क्षेत्रका लागि विभिन्न नेतालाई प्रतिनिधि छनौट गरेको जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिएका छन् । क्षेत्र नम्बर १ बाट मधेस प्रदेशका पुर्व कृषि राज्य मन्त्री एवं जसपा नेपालका केन्द्रिय सदस्य योगेन्द्र राय यादव, केन्द्रिय सदस्यहरु किरण ठाकुर, चुल्हाई यादव, बिश्वनाथ पटेल, राघो राय यादव, पार्टीका जिल्ला अध्यक्ष श्याम बिहारी राय, माधव नारायण नगरपालिकाका पुर्व मेयर बिरेन्द्र प्रसाद यादव, जयराम महतो, दिलीप यादव, सरोज कुमार यादव निवेश यादव र संगीता देवीलाई चएन गरिएको हो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट पुर्व प्रदेशसभा सदस्य रामकिशोर प्रसाद यादव, बौधिमाइ नगरपालिकाका पुर्व मेयर राजीव रंजन यादव, समाजवादी युवा संघ नेपालका केन्द्रीय महासचिव दिलीप कुमार पटेल, केन्द्रिय सदस्य विवेक कुमार यादव, सुमेश्वरनाथ जयसवाल,दिपेन्द्र पटेल, शोभा सिंह, धर्मेन्द्र प्रसाद पटेल, प्रदेशसभा सदस्य शोभा देवी साह र शेख कलामलाई महाधिवेशन प्रतिनिधिको रूपमा छनौट गरिएको जिल्ला अध्यक्ष यादवले बताए । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ बाट पुर्व मन्त्री गोविन्द चौधरी, मधेश प्रदेशकि रास्ट्रीयसभा सदस्य पुजा कुमारी चौधरी, गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी, जयमंगल् राय यादव, बिन्देश्वर राय यादव, र सिकिल कुमारी यादवलाई प्रतिनिधि छनौट गरिएको हो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ बाट मधेश प्रदेश सरकारका उर्जा सिचाइ तथा खानेपानी राज्य मन्त्री शेख अब्बुल कलाम आजाद उर्फ शेख फुल्बाबु, हरिकिशोर साह, रामइश्वर राउत कुर्मी र रामसर्वी देविलाई सर्वसम्मती बाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको जसपा नेपालका रौतहट जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिए ।No description available.

रौतहट,०७ गते जेठ । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र लाइ औषधी हस्तान्तरण गरिएको छ । वडा स्तरीय योजना बाट अत्यावश्यक औषधी खरिद गरि हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष चन्दन कुशवाहाले नेपाल सरकारबाट प्राप्त हुने भन्दा फरक (स्थानीय स्तरमा आवश्यक) औषधी खरिद गरी सोमबार स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो । कटहरिया नगरपालिका वडा नम्बर ४ को सौजन्यमा ३० प्रकारका औषधी वडाअध्यक्ष कुशवाहाले कटहरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर यादवको रोहबरमा आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज कृष्नन्दन साहलाइ हस्तान्तरण गरेका हुन् । ९९ हजार ७ सय ६६ रुपैयाँ बराबरको औषधी औषधी हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष चन्दन कुशवाहाले भनेका छन् ‘स्थानियको आवश्यकताको आधारमा आधारभूत स्वास्थ्य केन्द्रले माग गरेका औषधीहरु खरिद गरि हस्तान्तरण गरेका हौ ।’ यो सहयोगले सर्वसाधारण लाभान्वित हुन्छन् भन्नेमा आफू विश्वस्त रहेको बताए । ’ हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष कुशवाहाले हरेक सर्वसाधारणमा स्वास्थ्यको पहूँच पु–याउनका लागि औषधी सहयोगले टेवा पुग्ने बताए । सो अवसरमा वडा नम्बर ४ का वडा सचिव वडा सचिव छोटेलाल मिश्रा र स्वास्थ्य केन्द्रका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

रौतहट,०५ गते जेठ । रौतहटको कटहरिया नगरपालिकाले सबै स्वास्थ्य संस्थामा म्याद गुज्रिएको औषधि वितरण भएको फेला परेको छ । कटहरिया नगरपालिकाले गत वैशाख १६ म्याद गुज्रिएको औषधि वितरण गरेको हो । अङ्ग्रेजी महिनाको अप्रिल २०२४ को १ तारिखमा म्याद सकिएका औषधि अप्रिल १८ तारिखमा वितरण गरिएको पाइएको छ । म्याद गुज्रिएको औषधि वितरण गरिएको गुनासो यतिबेला सामाजिक सञ्जालमा हुन थालेको छ। कटहरिया नगरपालिका वडा नम्बर २ जमुनियाका स्थानीय मनोज साहले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत पालिकाले म्याद गुज्रिएको औषधि खरिद गरेको बताएका छन् । साहले नगरपालिकाका मेयर र हाकिमले कमिसन लिएर म्याद गुज्रिएको औषधि खरिद गर्ने कार्य गर्ने गरेको भिडियो सेसनमा बताउँछन् । सो पालिकाले विशेषगरी दाद दिनाइ जस्तो रोगमा काम लाग्ने फुङ्गी एस्ट्ट नामक औषधि म्याद गुज्रिएको खरिद गरेको पाइएको छ। मानव स्वास्थ्यसँग खेलवाड गर्दै सोपालिकाले खरिद गरेको औषधिको चौतर्फी आलोचना भइरहेको छ। म्याद गुज्रिएको औषधि कसरी र किन खरिद भएको विषयमा नगरप्रमुख अजय प्रकाश जयसवालसँग सम्पर्क गर्दा शनिबार दिनभरि उनको मोबाइल स्विच अफ रहेको थियो भने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको फोनमा सम्पर्क हुन सकेन । यता स्वास्थ्य शाखा संयोजक शंकर यादवका अनुसार पालिकाले सबै स्वास्थ्य संस्थामा वितरण गर्नका लागि दिएको औषधिमा फुङ्गी एस्ट्ट म्याद गुज्रेको रहेको स्वीकार गरेका छन् । उनले भने औषधि खरिद गर्नेले म्याद नदेखिएको हो कि ? पठाउनेले त्रुटिपूर्वक पठाइएको हो ? त्यो विषयमा म भन्न सकिँदैन । तर म्याद गुज्रिएको फुङ्गी एस्ट्ट नामक औषधि स्वास्थ्य संस्थाहरूमा पठाइएको छ। स्वास्थ्य शाखा संयोजक यादवका अनुसार म्याद गुज्रिएको औषधि सबै स्वास्थ्य संस्थाबाट फिर्ता ल्याई जिन्सी शाखामा बुझाइएको छ। यसरी मानव स्वास्थ्यसँग खेलबाड गर्दै कमिसनको लोभमा म्याद गुज्रिएको औषधि खरिद गर्नु घृणात्मक रहेको मानव अधिकारकर्मीहरू बताउँछन् । मानिसको स्वास्थ्य जस्तो अति संबेदनसिल विषयमा पनि पालिकाका स्वास्थ्य शाखाले लापरवाही गर्दा पनि त्यसलाई नियमण गर्ने तर्फ सम्बन्धीत निकायको ध्यान जान सकेको छैन

रौतहट,०५ गते जेठ । रौतहटमा संग्रहालय बनाउने प्रयासहरु प्रयासमै सीमित छन् । आधा दशकभन्दा लामो समयदेखि चर्चामा रहेको मधेश संग्रहालय निर्माणकै क्रममा राजनीतिको सिकार भएको छ । रौतहटको गढीमाई नगरपालिकामा बनाइने भनिएको युद्ध संग्रहालय घोषणामै सीमित रहेको छ । अन्य पालिकामा पनि संग्रहालयको चर्चा नभएको होइन तर अन्यत्र खासै कुनै सकारात्मक कदम नचालिएको अवस्थामा रौतहटको मौलापुर नगरपालिकाले भने पहिलो कदम चालेको छ । मौलापुर नगरपालिकाको पतौरा गाउँमा रहेको पुरातात्विक महादेव मन्दिरको प्रांगणमा ‘पुरातात्विक संग्रहालय’ को स्थापना तथा संचालन गरेको छ । कला, संस्कृति र कुस्तीको संरक्षणको लागि हरेक वर्ष विशाल मेला आयोजना आएको मौलापुर नगरपालिका पुरातात्विक दृष्टिकोणले निकै महत्वपूर्ण रहेको छ । मौलापुरको पतौरामा उत्खननबाट महादेवको मन्दिर र मूर्ति प्राप्त भएको तथा अझै पनि उत्खनन भइरहेकोले अझै पनि धेरै महत्वपूर्ण सामग्रीहरु भेटिने क्रम जारी रहेको छ । पुरातात्विक महादेव मन्दिर परिसर तथा अन्य ठाउँको उत्खनन गर्दा देखिएका विभिन्न सामग्रीहरु, उत्खनन हुँदाको अवस्थाका चित्रहरु तथा मधानी महोत्सव गर्दाका विशिष्ट तस्बीरहरु यहाँ राखिएका छन् । महादेवसित सम्बन्धित केही महत्वपूर्ण सामग्रीहरु पनि राखिएका छन् । संग्रहालयको लागि छुट्याएको भवन कुनै विशाल छैन तर संग्रहालयको लागि थालिएको काम चाहिँ विशाल रहेको छ । यो आफैँमा महत्वपूर्ण र विशिष्ट कार्य हो । मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहले मौलापुरको मुख्य पहिचान बनिसकेको पुरातात्विक महादेव मन्दिरको पहिचानलाई अझ विस्तार गर्न यस क्षेत्रमा भेटिएका महत्वपूर्ण सामग्रीलाई भौतिक तथा चित्रको रुपमा भए पनि सुरक्षा गरी भविष्यलाई हस्तान्तरण गर्नु महत्वपूर्ण भएको बताउँछिन् । गत केही वर्षदेखि संचालनमा रहेको पुरातात्विक संग्रहालय दर्शनाथीको एउटा आकर्षणको केन्द्र बनेको छ । पुरातात्विक महादेव मन्दिरको दर्शन गर्न आउने विशिष्ट महानुभावहरु एकपटक पुरातात्विक संग्रहालयको अवलोकन गरेर यहाँको वर्तमान र विगतबारे बुझ्ने मौका पाउँछन् । सयौँ शब्दमा बयान गर्न नसकिने कुरा एउटा चित्रले बयान गरिरहेको हुन्छ । यसै गरी एउटा दृश्यले कैयौँ युगको प्रतिनिधित्व पनि गर्न सकेको हुन्छ । पुरातात्विक संग्रहालयले एक साथ कैयौँ महत्व राखेको हुनाले यसमा दर्शनार्थीको संख्या हरेक वर्ष बढ्दै गएको देखिएको छ । पुरातात्विक महादेव मन्दिर र पुरातात्विक संग्रहालय एक अर्काका लागि प्रचार प्रसारको सहयोगी सिद्ध भएको यहाँका स्थानीयको भनाइ छ । इतिहास तथा पुरातत्वमा अभिरुचि लिनेको लागि पुरातात्विक संग्रहालय आफैँमा आकर्षणको केन्द्र बनेको छ । हरेक पालिकाले आफ्नो क्षेत्रका विशिष्ट पक्षलाई भोलिको लागि सुरक्षा गर्नुपर्ने गरी मौलापुर नगरपालिकाबाट सिक्नुपर्ने धेरै कुरामध्ये एउटा पुरातात्विक संग्रहालय पनि रहेको छ । खासै धेरै सामग्री नरहेको तर केही सयको संख्यामा रहेका भौतिक सामग्री तथा चित्रहरुले मौलापुर पुरातात्विक महादेव मन्दिरको इतिहास तथा संरक्षणको लागि चालिएका प्रयासहरुबारे धेरै कुरा बोल्न सकेको छ । आफ्नो विशिष्टतामा यही कुरा हरेक पालिकाको लागि निकै महत्वपूर्ण हुन्छ । पुरातात्विक संग्रहालय हेर्नका लागि आएका एक पर्यटक भन्छन् – सानो तर अत्यन्त विशिष्ट कार्यको नमुना पेस गरेको मौलापुर नगरपालिकाबाट अन्य स्थानीय सरकारले धेरै थोक सिक्न सकिने देखिन्छ । पुरातात्विक संग्रहालयको काम हरेक वर्ष अगाडि बढिरहेको र यसको महत्व स्थानीय तहमा सर्वसाधारणले पनि बुझ्दै गएकाले अबको दिनमा यसमा थप काम गर्ने हौसला प्राप्त भएको नगर प्रमुख साहको भनाइ छ । संग्रहालयलाई मुख्य गरी कलाकार, साहित्यकार, संस्कृतिकर्मी र इतिहासका अध्येताहरुले हेर्ने गरेको नगर प्रमुख साहको भनाइ छ । आफ्नै पालिकाका साथै विभिन्न पालिकाबाट शिक्षकसहित विद्यार्थीहरु पनि संग्रहालयको अवलोकन भ्रमण गर्ने गरेका छन् । संग्रहालयको अवलोकनमा कुनै शुल्क राखिएको छैन । सबै व्यवस्थापन तथा संचालन पालिकाबाटै हुने गरेको छ । संग्रहालयको प्रचार प्रसारमा अलिकति ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइलाई नगरपालिकाले मनन गर्नुपर्ने आवश्यकता रहेको छ ।

रौतहट,०४ गते जेठ । रौतहटको कटहरियामा आज जानकी जयन्ती मनाइएको छ । कटहरिया नगरपालिकाका पूर्व नगर प्रमुख शियाराम कुशवाहको सक्रियतामा जिल्लाको कटहरिया नगरपालिका स्थित कटहरियामा रहेको जानकि मन्दिर देखि झाकी समेत निकालि धुमधामका साथ जानकी नवमी मनाइएको छ । No description available.कटहरिया स्थित रहेको राम जानकी मठ (त्यागी बाबा)को मन्दिरबाट निकालिएको शोभायात्रा कटहरिया गाउँ बजार परिक्रमा गरिएको थियो । No description available.विभिन्न बजागजा सहित शोभायात्रा निकालिएको हो । शोभायात्रामा कटहरिया नगरपालिकाका पुर्व नगर प्रमुख सियाराम कुशवाहा, स्थानिय भद्र भलादमी, महिला लगायत विभिन्न राजनितिक दलका नेता कार्यकर्ता श्रद्धालु भक्तजन, मन्दिरका महन्थ, साधुसन्त तथा स्थानीयवासीको सहभागिता रहेको थियो । नेपालकी राष्ट्रिय विभूति जगत जननी सिता माताको जन्मोत्सव आज कटहरियामा पुर्व मेयर सियाराम कुशवाहाको नेतृत्वमा बिशेष भव्यताका साथ मनाईएकोछ । सिता माताको रथयात्रा सहित त्यागी बाबा मठमा आयोजित जानकी जयन्ती बिशेष समारोहमा विभिन्न सांस्कृतिक टोलीद्वारा धार्मिक कला प्रस्तुति गरिएको थियो ।No description available. कटहरिया नगरपालिकामा तत्कालीन मेयर सियाराम कुशवाहाले २०७६ साल देखि निरन्तर जानकी जयन्ती मनाउदै आएकोछ । नगरप्रमुखमा सियाराम कुशवाहा पराजित भएपनि व्यक्तिगत पहलमा प्रत्येक वर्ष जानकी जयन्ती मनाईदै आएका छन् ।

रौतहट,०२ गते जेठ । रौतहट–रौतहटको कटहरिया पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । कटहरिया नगरपालिका पूर्ण सुनिश्चित घोषणा भएसँगै अब रौतहटमा कुनै पनि पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा हुन बाँकी छैन । रौतहटमा दुई गाउँपालिका र सोर्ह नगरपालिकासहित अठार पालिका छन् । कटहरिया नगरपालिकामा आयोजित एक समारोहमा जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामअयोध्या राय यादव, नगर प्रमुख अजय प्रकाश र जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख विपिनकुमार साहले नगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका हुन् । नगरका सम्पूर्ण वडाध्यक्ष, युनिसेफ र डब्लुएचओका प्रतिनिधिहरु, संचारकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा भद्रभलादमीको उपस्थितिमा कटहरियालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । योजनाअनुसार क्रमशः कटहरिया नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख शंकर यादवको भनाइ छ । रौतहटका पालिका प्रमुखमध्ये कटहरियाका नगर प्रमुख अजय प्रकाश सबैभन्दा नवयुवा रहेका भए पनि शिक्षा, स्वास्थ्य, विकास निर्माण र तथ्यांकसित सम्बन्धित अन्य काममा पालिका निकै सुस्त रहेको गुनासो रहेको छ । कटहरिया नगरपालिकाले गर्ने गरेको विकास निर्माण तथा कर्मचारीको नियुक्ति र तलब भत्ताको सबालमा जहिले पनि आलोचना हुने गरेको छ । नगरपालिकाले सूचना दिने सबालमा पनि निकै पछाडि रहेको छ । जिल्लाको नवयुवा नगर प्रमुख रहेको पालिका नै जिल्लामा सबैभन्दा पुछारमा पूर्ण खोप सुनिश्चित घोषणा हुनुले पनि पालिकाको सबै गतिविधि सुस्त रहेको देखाएका बुद्धिजीवीहरु आरोप लगाउँछन् । चालु आर्थिक वर्षको लागि जिल्लामा नौ ओटा पालिका पूर्ण खोप सुनिश्चित घोषणा हुन बाँकी रहेकामा गत चैत महिनादेखि घोषणा गर्न सुरु गरिएको हो । जिल्लाका सबै पालिकाले पाँच वर्षभन्दा मुनिका सामान्यतया कुनै पनि बालबालिका खोप नलिएको नदेखिएको मानिएको छ । जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिए पनि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न अझै केही समय लाग्ने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका जनस्वास्थ्य अधिकृत रामजन्म राय यादवले विभिन्न अनुगमन, परीक्षण तथा पुनः खोप दिएर कटहरियालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको बताएका छन् । रौतहटका सबै पालिकाले जिल्ला जनस्वास्थ्य कार्यालयसित गरेको सम्झौता अनुरुप काम गरेको र सबै पालिका पूर्ण सुनिश्चित पालिका घोषणा भएको यादवले जानकारी गराएका छन् । केही सूचकहरु मिलाउने काम भइरहेको र यस वर्ष घोषणा गरिएका पालिकाहरुमा सूचकका आधारमा परीक्षण गरिएपछि मापदन्ड पूरा भएको पाइएमा जेठको दोस्रोदेखि तेस्रो हप्तासम्म रौतहटलाई बालबालिकाको लागि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने सम्भावना रहेको स्रोतको भनाइ छ ।

रौतहट ,जेठ २ गते, रौतहटको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाबाट पछिलो समय पीडितहरु झन पीडित हुन थालेका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाका प्रमुख फुलमाया देवीको गैरजिम्मेवारीपूर्ण रबैया र व्यवहारका कारण पीडितहरु न्याय पाउनुको सट्टा झन पीडित बन्दै गएको पाइएको छ । आर्थिक चलखेल, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुको अनावश्यक दबाबमा परेर केन्द्र प्रमुख फुलमायाले एकपक्षीय ढंगले काम गरी पीडितलाई झन पीडित बनाउने र पीडकलाई उन्मुक्ति दिने काम गरिरहेको पीडितहरुले गुनासो गरेका छन्् । फुलमायाको गैरजिम्मेवारीपूर्ण रबैयाका कारण विभिन्न हिंसा र समस्यामा परेका महिलाहरुले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाबाट न्याय नपाई रित्तैहाथ घर फर्किन बाध्य भइरहेकी छिन । खासगरी गाउँघरमा महिलामाथी हुने घरेलु हिंसा, यौनशोषण, यौनदुराचार, बलात्कार लगाएत समस्यालाई लिएर पीडितले अदालतको ढोका ढकढक्याउन नपरोस र यी समस्याहरु महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रबाट नै समाधान होस भन्ने उद्देश्यले सरकारले जिल्लाको मध्य भाग गरुडामा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गरेको छ । घरेलु हिंसा, बालविवाह, चेलीबेटी बेचबिखन, यौनशोषण, यौनदुराचार, बलात्कार, बालश्रम तथा शोषण र बँधुवा मजदुर जस्ता अपराध तथा शोषणबाट पीडित महिला तथा बालबालिकाहरूलाई न्यायको पहुँच दिलाउन सहयोग गर्ने जिम्मेवारी महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले पाएको छ । तर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाबाट न्यायको आस लिएर जाने पीडितहरु न्याय नै नपाइ उल्टै थप पीडित भएर रित्तैहात घर फर्किने गरेका छन् । पीडककलाई कार्यवाही गर्नु र पीडितलाई न्याय दिलाउनुको सट्टा इन्चार्ज असई फुलमाया देवीले उल्टै पीडितलाई थर्काउने, धम्क्याउने र पीडितको कुरै नसुन्ने जस्ता कारणले पीडितहरुले न्याय पाउनबाट बञ्चित हुने गरेको बताइएको छ । घरेलु हिंसा, यौनशोषण वा अन्य समस्या लिएर केन्द्रमा जाने महिलालाई असई फुलमायाले पञ्चायती अर्थात छलफलको माध्यमले न्याय दिलाउने गर्छिन । पञ्चायतीमा गल्ती गर्ने वा पीडक पक्षले आफनो गल्ती ढाकछोप गर्न गाउँका वडा अध्यक्ष देखी लिएर अन्य समाजसेवी व्यक्तिहरु लगाएत ठुलो संख्यामा मान्छेहरु लिएर गएको हुन्छ तर धेरै पीडितले आफुलाई साथ दिने मान्छे नपाएर थोरै मान्छे लिएर गएको हुन्छ । यस्तो अवस्थामा मध्यस्कर्ता गर्ने प्रहरी संगठनका जिम्मेवारी व्यक्तिले ठुलो जमातको पछि नलागी पक्ष विपक्षी नहेरी वा कसैको दबाव प्रभावमा नपरी वास्तविक पीडित को हो पहिचान गरी उसलाई न्याय दिलाउने भूमिका खेल्नुपर्ने हो । तर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाकी प्रमुख फुलमाया देवीले गलत सही नै नछुटयाइ गाउँका पंच मुखियाले गर्ने निर्णयलाई नै सदर गर्ने गरेका कारण पीडितहरु न्याय पाउनबाट बञ्चित हुने गरेका छन् । केन्द्र प्रमुख फुलमाया देवीले राजनीतिकर्मीहरुको दबावमा परेर पीडितलाई धम्क्याएर र थर्काएर बलजबरजस्ती गलत हो भनी स्वीकार गर्न लगाउने गरेको पीडित महिलाहरुको गुनासो छ । फुलमायाले आफुहरुको कुरै नसुन्ने र पंच मुखियाले जे भन्यो उसैको कुरा मान्ने जस्ता कारणले आफुहरु महिला सेल गरुडाबाट झन पीडित बन्न पुगेको उनिहरुले दुखेसो गरिन । पर पुरुषबाट यौनशोषणको सिकार भएकी गढिमाई नगरपालिका–६ की एक विवाहित महिलाले असई फुलमाया देवीको कारण आफु महिला सेल गरुडाबाट न्याय नपाएको गुनासो गरेकी छन् । आफुलाई यौन शोषण गर्नेलाई कार्यवाही स्वरुप गाउँका पंच मुखियाले दण्डजुरुवाना गर्ने निर्णय गरेको भएपनि आर्थिक चलखेल र नेताको दबावका कारण महिला सेल प्रमुख फुलमायाले पंचमुखियाले गरेको निर्णय कार्यान्वयन नगराएको पीडित महिलाले दुखेसो गरिन । फुलमाया देवीकै रोहवरमा पंच मुखियाले क्षतिपुर्ति स्वरुप केटापक्षबाट आफुलाई दण्ड दिलाउने निर्णय गरेको र त्यो निर्णय कार्यान्वयन गराउन आग्रह गर्दा फुलमाया देवीले त्यो निर्णय कार्यान्वयन गराउन सक्दिन अदालत जानु भनी उल्टै गैरजम्मिेवारीपूर्ण जवाफ दिएको पीडित महिलाको भनाई छ । महिला सेल गरुडाले समेत न्याय नदिएको र आफु निकै गरिव रहेको कारण अदालत गएर मुद्दा लड्न सक्ने अवस्था समेत नरहेकोले आफु अब कहाँ गएर न्याय पाउने भनी पीडित महिलाले प्रश्न गरेकी छिन् । ति महिला एउटा उदाहरण मात्र हुन उनी जस्ता अझै कयौ महिलाले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाबाट न्याय नपाइ न्यायका लागि अदालतको ढोका ढकढक्याउन बाध्य छिन् । विद्यमान लैङ्गिक विभेदका कारण महिला तथा निम्न वर्गका बालबालिकाहरू हिंसाको सिकार भइरहेका छन् । नेपाली समाज परम्परागत मूल्यमान्यता र संस्कृतिमा बढी विश्वास गर्ने हुँदा महिलाविरुद्ध अत्यधिक हिंसा हुने गर्छ । गरिब, निमुखा र दलित महिलाहरूमाथि अनेक प्रकारको हिंसा भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नगरिकहरूले आफ्नो घरपरिवारदेखि समुदाय, बजार, कार्यस्थल, सेवाप्रदायक संस्था र राज्य स्तरबाट विभिन्न प्रकारका हिंसा र अपमानको सामना गरिरहेका छन् । पितृसत्तात्मक सामाजिक संरचना र लैङ्गिक पूर्वाग्रही सोचका कारण हिंसापीडित महिला र बालबालिकाहरू न्यायबाट वञ्चित भएका छन् भने कतिपय अवस्थामा सामाजिक लाञ्छना सहन बाध्य छन् । यस विषयमा असइ फुलमाया देवीसंग कुरा गर्दा पीडितहरुको आरोप निराधार रहेको बताएकी छन । पीडितलाइ न्याय दिलाउने सवालमा आफू निकै गम्भीर नै रहेको उनले बताइन । आफू कसैको दबाब प्रभावमा नपरि निष्पक्ष रूपमा पीडितलाई न्याय दिलाउने काम गर्दै आएको अवस्थामा केही व्यक्तीले आफुमाथी निराधार आरोप लगाएर बदनाम गर्न खोजेको उनले बताइन ।

राैतहट,०२ गते जेठ । राैतहट । गरुडा नगरपालिकाले आफ्नो मातहतका वडा कार्यालय र स्वास्थ्य चाैकीहरूमा छड्के चेकजाँच गरेको छ । साे नगरपालिकाकाे वडा नमबर २ गेडहिगुठी र वडा नमबर ३ मलाही टोलको स्वास्थ्य चौकि तथा वडा कर्यालयमा मंगलबार छडके अनुगमन गरेकाे हाे । गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहमद मुस्ताक आलमकाे नेतृत्वमा गएको टाेलीले कर्मचारी हजिरी छ्ड्के तथा कर्यालय सन्चालन अनुगमन गरिएका हाे । अनुगमनका क्रममा मलाही स्वास्थ्य कर्यालयका २ जना कर्मचारी उपस्थित नरहेकोले स्पष्टीकरण सहित अवश्यक कार्यवाही हुने प्रशासन फाँटका प्रमुख धिरेन्द्र यादवले जनकारी गराएका छन् । साे अनुगमन कार्यमा वडा २ का अध्यक्ष कृष्नन्दन सहनी ,वडा नम्बर ३ का अध्यक्ष अम्बिका सहनीकाे उपस्थिती रहेकाे थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।