२०८३ बैशाख १७
२०८३ बैशाख १७

ओमप्रकाश यादव,माधवनारायण,२० गते पुस २०८१ । 

विकासमा एक कदम अगाडि माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले केही वर्षदेखि रोकिएको नगर अस्पताल भवनको निर्माण कार्य पुनः सुचारु गराएका छन्।

माधवनारायण नगरपालिका -२ खेसरहियामा यस नगरपालिकाको १५ शैयाको नगर अस्पताल निर्माण कार्य सुरु भएको छ।

डीपीआर तयार भएर बन्द भएको नगर अस्पतालको बाँकी काम मेयर बैजनाथ प्रसाद यादवले आजदेखि पुनः सुचारु गराएका हुन्।

मेयर यादवले उक्त नगर अस्पतालको आज अनुगमन निरीक्षण गर्दै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।

मेयर बैजनाथ प्रसाद यादवको दूरदर्शी सोच, मास्टरप्लान भिजन र विकासका काममा देखाउने गरेको ताद्रुक्ताका कारण माधवनारायण नगरवासीले चाडै नगर अस्पतालको सेवा पाउने भएका छन्।

त्यस्तै मेयर यादवले आजै सखुअवामा निर्माण हुँदै गरेको विद्यालय भवनको छत ढलान कार्यको पनि अनुगमन निरीक्षण गरेका थिए।

प्रेमचन्द्र झा,राैतहट,पुस २० गते २०८१ । 

रौतहट क्षेत्र नम्बर १ का सांसद एवम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल गढिमाई नगरपालिका वडा नम्बर ८ का नवनिर्वाचित वडा अध्यक्ष बजरंगी यादवको घरमा शनिवार पुगि शोक सभा तथा शान्ति भाेजमा सहभागी भएका छन् । नेकपा एस पार्टीका  नेता हरिनारायण यादवको भाई मेघु राय यादवको  तेरहाै पुन्यतिथिको अवसरमा आयोजित शोक सभा तथा शान्तिभोजमा सहभागी भएका थिए।

 

 नेकपा एसका केन्द्रीय सदस्य कल्याणी खडका, मधेस प्रदेस सभा सदस्य कनिस पटेल जिल्ला अध्यक्ष कमल यादव, राजदेवी नगर प्रमुख भिखारी यादव र बाैधिमाई नगरप्रमुख प्रदिप यादव ,देवाही गोनाही नगरप्रमुख प्रेमलाल साह माधव कुमार नेपालको राैतहट स्थित सहयोगी रेवन्त झा सहितका उपस्थिति रहेको थियो ।

संजय सहनी,राैतहट,पुस २० गते शनिबार २०८१ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले अबैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ बरामद गरि शनिबार नष्ट गरेको छ ।

रौतहटको गौर नगरपालिका वडा नम्बर ५ स्थित विभिन्न स्थानमा लुकाई छिपाई संचालन गरेको ३ ओटा अबैध दारु भट्टीहरुमा प्रहरी टोलीले विशेष सुचनाको आधारमा  छापा हानी ठुलो परिणाममा घरेलु मदिरा ,कच्चा पदार्थ र विभिन्न सामाग्री नियन्त्रणमा लिएर पत्रकारहरुको रोहवरमा नष्ट गरिएको प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिनु भएका छन् ।

 

जसअन्तर्गत बेच्न तथा तयारी अवस्थामा रहेको ७ सय लिटर घरेलु रक्सी र २८ सय लिटर कच्चा पदार्थ , रक्सी बनाउन प्रयोग गरिएको भाँडा हण्डा ४ थान ,डेक्चि ८ थान ,स्टिल बाल्टिन ३ थान ,ग्यास सिलिन्डर ४ थान ,ग्यास चुल्हो ४ थान ,प्लास्टिक ग्यालन १४० ,प्लास्टिक बाल्टिन १० थान सामान सहित बारामद सबै समान नस्ट गरिएको निरीक्षक गुप्ताले प्रष्ट पारेका छन् ।

 

भट्टी संचालकहरु भागि गएको हुँदा निजहरुको खोजतलास भईरहेको निरीक्षक गुप्ताले बताएका छन् ।

उनले भने “बिना ईजाजत मदिरा बिक्रीबितरण गर्ने, मदिरा सेवन गरेर होहल्ला गर्ने जोकोही भए पनि कारवाहीको भागेदारी हुने छन् यस्तो कार्य रोक्नु हामी सबैको दायित्व हो । मदिरा बिक्रीबितरणका साथै ओसार पसारमा समेत रौतहट प्रहरीले कडाईका साथ चेकजाँज गरिरहेको बताए ।

प्रेमचन्द्र झा,राैतहट,पुस २० गते २०८१ । 
राैतहट क्षेत्र नम्बर एकका सांसद एवंम पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल राजदेवी नगरपालिकाका अग्निपिडितलाई भेटी सहयोग हस्तान्तरण गरेका छन । पिडित सबै परिवारलाई खाद्वान,त्रिपाल कम्बल सहितका सामान हस्तान्तरण गरेको सांसद नेपालको राैतहट स्थित सहयोगी रेवन्त झाले बताए।
सांसद नेपालले अग्नि पिडित परिवारकाे सुरक्षित व्यवस्थित आवास निर्माणका लागि जग्गा व्यवस्थापन गरि तत्काल घर निर्माणका लागि पिडित परिवारलाई आवश्यक सहयोग गर्ने पुर्वप्रधानमन्त्रीबाट प्रतिवद्वता प्राप्त भएको सहयोगी झाले बताए।

सो अवसरमा ननेकपा एसका केन्द्रीय सदस्य कल्याणी खडका, मधेस प्रदेस सभा सदस्य कनिस पटेल जिल्ला अध्यक्ष कमल यादव, राजदेवी नगर प्रमुख भिखारी यादव र बाैधिमाई नगरप्रमुख प्रदिप यादव सहितका उपस्थिति रहेको थियो ।

रुपेन्द्र पटेल,रौतहट, २० पुस २०८१ ।

कर्तव्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तले प्रहरीलाई आत्मसमर्पण गरेका छन् ।
जिल्लाको राजदेवी नगरपालिकाका वडा नं-१ निवासी रामनरेश राय यादवले जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
आफै प्रहरीमा गएर आत्मसमर्पण गरेपछि यादवलाई रौतहट जिल्ला अदालतमा पेश गर्दै थप अनुसन्धानका लागि प्रहरीले म्याद लिइएको हो ।
२०७९ साल फागुन २४ गते साँझ साढे पाँच बजेको समयमा सोही स्थानका २५ वर्षीय गजेन्द्र दासको कुटपिटका कारण मृत्यु भएको घटनामा यादव मुख्य अभियुक्तको रूपमा फरार रहेका थिए । यस घटनाको अनुसन्धानका क्रममा प्रहरीले यादवको परिवारलाई सहयोग गर्न कानूनी परामर्श प्रदान गरेको थियो । परामर्शले सजायमा छुटको व्यवस्था रहेको जानकारी गराएपछि यादव अभिप्रेरित भई बुधबार आत्मसमर्पण गरेको थियो ।
यादव प्रहरी प्रहरी समक्ष बुधबार नै हाजिर भएपनि शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालय रौतहटले औपचारिक रूपमा सार्वजनिक गरेको छ । प्रेस विज्ञप्ति मार्फत जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको जानकारी दिँदै अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ ।
यो घटनाले कानूनी प्रक्रियाको प्रभावकारिता र प्रहरीको अनुसन्धान क्षमताको झल्को दिनुका साथै फरार प्रतिवादीलाई आत्मसमर्पण गराउन कानूनी परामर्शको महत्त्व देखाएको छ । अनुसन्धान सम्पन्न भएपछि यादवविरुद्ध कस्तो कानूनी कारबाही हुने हो, त्यसमा सबैको ध्यान केन्द्रित छ ।

आरके श्रीवास्तव,राैतहट,२० गते पुस २०८१ । 

राैतहटमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १६ बर्ष पछि पक्राउ गर्न सफल भएको छ । जिल्लाकाे कटहरिया नगरपालिका वडा नम्बर १ का ५२ वर्षिय जितन महताे नुनिया कर्तव्य ज्यान मुद्दाको १६ वर्षपछि प्रहरी नियन्त्रणमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय राैतहटका निमित्त सुचना अधिकारी एवं प्रहरी निरिक्षक उमाशंकर प्रसादले दिएको जानकारी अनुसार शुक्रबार उनलाई राैतहट जिल्ला अदालत बाट जारी भए पक्राउ पुर्जी दिई प्रहरीले आफनाे नियन्त्रणमा लिएको हाे ।

राैतहट जिल्ला अदालत बाट म्याद लिई प्रहरीले थप अनुसंधान गरिरहेकाे उनले बताएका छन् । प्रहरी निरिक्षक प्रसादका अनुसार फरार प्रतिवादी महताेले वि.स.२०६५ साल पुस २४ गते आफ्नै भाइ हरिराम महताे नुनियाकाे श्रीमती अन्दाजी वर्ष २२ कि शारदा देवीलाई कर्तव्य गरि मारी वेपता पारेका थिए ।

मृतकको शव वि.स.२०६५ साल पुस २७ गते साेही ठाउँ स्थित खेत बारीमा गाडेको अवस्थामा फेला परेकाे थियो । उक्त घटना पश्चात् प्रतिवादी महताे फरार रहँदै आएका थिए । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय राैतहटले फरार प्रतिवादी पक्राउलाई अभियानकै रुपमा अघि बढाएको छ । केहिदिन अघि एकै दिन राैतहट प्रहरीले ३३ फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको थियोे ।

बज्जिकाञ्चल संवाददाता,१९ पुस २०८१ । 

काठमाडौं । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले नेपाल भ्रमणमा रहनु भएका श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेसंग बिहिबार भेटवार्ता गर्नु भएको छ ।
काठमाडौको एक होटेलमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । सांसद ढकालले पूर्व राष्टपति रनिल विक्रमासिङ्घेले लुम्बिनी भ्रमण गर्नु भएकोमा धन्यवाद समेत दिए। भेटमा दूई देशको आपसी हितको बारेमा पनि छलफल भएको  भेटका सहभागी नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेल जानकारी दिए । सांसद ढकाल  प्रतिनिधी सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य समेत हुन् ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१९ गते पुस २०८१ । 
काठमाडौं । तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले गठन गरेको वार्ता टोलीले विभिन्न दलहरुसँग वार्ता र सम्वादलाई तीव्र पारेको छ ।
जप्रपाका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा गठन भएको वार्ता टोलीले बिहीबार महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतोले हालै गठन गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालसँग वार्ता गरेको हो ।
अशोक राईको जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय वार्ता टोलीसमेत गठन गरिसकेको छ । सो वार्ता टोलीसँग जप्रपाका वार्ता टोलीले सम्वाद गरेको हो । जप्रपाका वार्ता टोली सदस्य ईश्वरदयाल मिश्रका अनुसार जसपा सहकार्य प्रस्तावप्रति सकारात्मक रहेको छ ।
यसैगरी, जप्रपाको वार्ता टोलीले राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोसहितका नेताहरुसँग वार्ता गरेको छ । राजेन्द्र महतोको पार्टी पनि सहकार्यका लागि सहमति जनाइएको मिश्रले बताए ।
त्यस्तै, बिहीबार नै लोसपाका अध्यक्ष महन्थ ठाकुरसँगपनि वार्ता भएको हो ।
सबै दलका नेताहरु सहकार्यका लागि सहमत रहेको बताइएको छ । संविधान, संघीयता र लोकतन्त्रको रक्षाका लागि सबै मधेशी दलहरु एक ठाउँमा आउनै पर्ने सबै साझा धारणा रहेको मिश्रले जानकारी दिए ।
देशको वर्तमान परिस्थिति निरन्तर जटिलता तर्फ उन्मुख भएको हुँदा, बिग्रिदो अर्थतन्त्र झन् गिर्दो तथा आशावाद खस्किँदो, नैराश्यता बढदो अवस्थामा, ग्रामीण जनजीवन आक्रान्त, जनतामा आशावादीको खाँचो महसुस भएकोले राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता महसुस गर्दै जनता प्रगतिशील पार्टीले तीन सदस्यीय वार्ता टोली गरी वार्ता र सम्वादलाई तीव्रता दिएको हो ।

प्रेमचन्द्र झा,राैतहट,पुस १९ गते २०८१ । 

राैतहट । राष्ट्रिय मातृभूमि पार्टी नेपालका केन्द्रीय महासचिव गाेविन्द गिरीले स्थानीय सरकार स्थानीय जनताको जनचाहना अनुसार काम गर्न असफल भएको दाबी  गरेका छन् ।

गढिमाई नगरपालिका वडा नम्बर ८ बरियारपुरमा आयोजित पार्टी प्रवेस कार्यक्रमलाई प्रमुख अतिथि आसनबाट सम्बोधन गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई सुशासनको पक्षमा लाग्न आग्रह गरेका छन ।  गढिमाई नगरपालिकामा सडक,नाला तथा  विभिन्न काम गर्दा भएको भ्रष्टाचार बिरुद्व आवाज बुलन्द गर्न सुझाव दिदै  जनता नबोले सम्म भने जस्तो विकास हुदैन। गढिमाई नगरपालिकामा बाटो,नाला, खानेपानी तथा सरसफाइ लगायत कुनै पनि क्षेत्रमा विकास  नभएको महासचिव गिरीले दाबी गरेका छन । आएको बजेट सदुपयोग नभए सम्म विकास सम्भव नरहेको उनले बताए । पाट्रीका गढिमाई नगर अध्यक्ष शम्भु साहकाे अध्यक्षतामा भएको पाट्री प्रवेश कार्यक्रममा नेपाली कांग्रेस ,नेकपा एमाले र माओवादी सहित  विभिन्न पार्टी परित्याग गरि एकसय पचास जना भन्दा बढि व्यक्ति पार्टी प्रवेश गरेका छन । पार्टी प्रबेश तथा वडा समिति गठन कार्यक्रम वरियारपुर मलाही र समनपुरमा भएको थियो । सो अवसरमा राष्ट्रिय मातृभुमि पार्टीका

केन्द्रीय काेषाध्यक्ष केशव भट्टाराई ,केन्द्रीय सदस्य सविता झा ,जिल्ला अध्यक्ष रन्जित पटेल ,सुरेन्द्र ढकाल सुरेन्द्र प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र  ढकाल सहितले मन्तव्य राखेका थिए ।

प्रेमचन्द्र झा,राैतहट,पुस १९ गते २०८१ । 

सुरेन्द्र ढकाल प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले राजनीति सेवा हाे पेशा नरहे बताएका छन् । राष्ट्रिय मातृभूमि पार्टि नेपालकाे अनुराेधमा गढिमाई नगरपालिकाको समनपुरमा आयोजित न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै आफुले कुनै राजनितिक पद पाए,निशुल्क सेवा गर्ने छु । सेवा बापत कुनै सुबिधा नलिने घाेषणा समेत गर्नु भयो ।

सो अवसरमा महासचिव गाेविन्द गिरि, काेषाध्यक्ष केशव भट्टराई, केन्द्रीय सदस्य सविता झा ,जिल्ला अध्यक्ष रन्जित पटेल, नग, अध्यक्ष शम्भु साह,दायाँ देवी सहितले वाेलेका थिए । साे प्रतिष्ठानले गढिमाई नपा १,८ र ९ नम्बर वडाको  विभिन्न स्थानमा कार्यक्रम गरि ३ सय जना भन्दा बढि विपन्न परिवारका ब्यक्तिलाई कम्बल बाडेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।