आरके श्रीवास्तव,रौतहट,२०८१ जेठ १६ गते ।
“जहाँ दुख, त्यहाँ रेडक्रस” भन्ने सेवाभावलाई आत्मसात गर्दै मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र) आज नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाको ७ औं वार्षिक साधारण सभामा सहभागी भएका छन् । कार्यक्रममा मन्त्री यादवको सम्बोधनले नीति, दृष्टिकोण र संवेदनशीलताको अद्भुत संगम प्रस्तुत गर्यो ।

उनले रौतहटमा रक्त सञ्चार सेवा (ब्लड बैंक) स्थापनादेखि बागमती र लाल बकैया नदीको डुबान समस्याको दिगो समाधान सम्मका विषयमा स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् ।

“मन्दिर र सडक मात्र हैन, शिक्षा र स्वास्थ्यमा लगानी नगरेसम्म दिगो विकास सम्भव छैन,” भन्ने मन्त्री यादवको भनाइले विकासप्रतिको दूरदर्शी सोच झल्काएकाे छ । साथै, साना योजनालाई उपभोक्ता समितिबाट हटाएर पारदर्शी टेन्डर प्रणालीमार्फत अघि बढाउने नीति ल्याउने घोषणाले नयाँ शासकीय संस्कृतिको संकेत गरेको छ ।
उनले नदी नियन्त्रण, शिक्षा सुधार तथा स्वास्थ्य क्षेत्रमा दीर्घकालीन बजेट सुनिश्चित गरिने आश्वासन दिएका छन् । यसले रौतहटको समृद्ध भविष्यको आधार तयार गर्ने विश्वास दिलाएको छ ।

कार्यक्रममा मन्त्री यादवले रेडक्रस जस्तो सेवा मूलक संस्थालाई प्रभावकारी बनाउन स्थानीयदेखि प्रदेश र संघीय तहसम्मको सहकार्य आवश्यक रहेको सन्देश पनि दिए ।
“भाषण होइन, भरोसा दिन आएको छु,” भन्ने मन्त्री यादवको शैलीले सहभागीहरूमा सकारात्मक ऊर्जा र विश्वास भरेको थियो ।
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।अर्थमन्त्री पौडेलले रासायनिक मल आपूर्तिको मात्रा बढाएर ६ लाख टन पुर्याउने भएको बताएका छन् ।

अर्थमन्त्री पौडेलले रासायनिक मलमा रहेको अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन गरेको बताएछन् । साथै मल उद्योग स्थापनाका लागि लगानी बोर्ड आवश्यक तयारी भइरहेको पनि उनले बताए । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैले नेता छनोट गर्नपाउने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नरेको बताएका छन् ।गणतन्त्र दिवसका २०८२ को उपलक्ष्यमा टुडिँखेलमा ओयोजित विशेष समाराहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्मससम्मान सुरक्षित रहने गणतन्त्रान्त्रिक व्यवस्थाको विकल्प अरु हुननसक्ने बताए ।
गणतान्त्रिक शासन व्यवस्थामा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी पूर्वाधारलगायतका क्षेत्रमा अतुलनीय उपलब्धिसहित परिवर्तन भएको उल्लेख गर्दै उनले गणतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन हामी सबै एक हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले भने, “सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रि व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलिय बनाउन लागेका छौँ । समृद्ध नेपाल सुशी नेपाली को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लागिपरेका छौँ ।”उनले भने- “गणतन्त्र कुनै दलको स्वामित्व होइन यसको मालिक जनता हुन् । लोकतान्त्रिक गणतन्त्र ‘जनताका लागि जनताद्वारा जनताको शासन प्रणाली’ हो । यसको मर्मअनुसार हाम्रो प्रणालीमा जनताले नै वडा सदस्यदेनिख राष्ट्रपतिसम्म आफैँले छान्न र फेर्न सक्छन् ।
त्यसैले राम्रो वा नराम्रोको उत्त्रदायित्व पनि जनताकै हातमा छ ।”प्रधानमन्त्री ओलीले अहिले जनता आले मतदान गरेर, वडाका सदस्यादेखि देशको राष्ट्रपतिसम्म समावेशी रुपमा विभिन्न जात÷जाति र समुदायका कम्तिमा ३६ हजार ५७ प्रतिनिधिहरु चुनिने व्यवस्था रहेको स्पष्ट गरे ।उनले भने- “गणतन्त्र आउनुअघि देशको विकासका सूचकाङ्कहरु कहाँ थिए, आज कहाँ पुग्यो । गणतन्त्र आउनुअघि मानव विकास सूचकाङ्क कहाँ थियो, आज कहाँ पुग्यो । राजतन्त्र हुँदाका अढाइसय वर्षमा कति विद्यालय थिए, कति अस्पताल थिए, अहिले कति पुगे । राजतन्त्रकालमा सडक कति किलोमिटर थियो, अहिले कति पुग्यो, गरिवी कति थियो, कति घट्यो, खानेपानी र बिजुलीको सुविधा कति जनतामा थियो र आज कतिमा पुग्यो । जनताको जीवनस्तर कहाँ थियो, अहिले कहाँ पुग्यो ।
यी सवै उपलब्धि लोकतान्त्रिक गणतन्त्रबाट सम्भव भएको हो ।”उनले भने- “आजको दिन, हाम्रा लागि विशेष दिन हो । वर्षौं लामो सङ्घर्ष, हजारौँ दिदीबहिनी दाजुभाइहरुको बलिदान र हामी सबैको अथक मेहेनतबाट २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको दिन । त्यस ऐतिहासिक दिनको सम्झनामा आज हामी गणतन्त्र दिवस मनाइरहेका छौँ ।
गणतन्त्र– हामीले प्राप्त गरेका होइनौँ, अर्जन गरेका हौँ–हजारौं जनताको बलिदानबाट र त्यागबाट । मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेका हौं । हाम्रो समाजले हासिल गरेको त्यस गौरवपूर्ण दिवसको मूल्य हामीले कहिल्यै बिर्सनु हुँदैन, बिर्सने छैनौँ ।” एभरेष्ट न्यूज एजेन्सी
जनकपुरधाम । मधेश प्रदेश सभाको पाँचौ अधिवेशन जेठ २१ गतेदेखि शुरु हुने भएको छ ।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जेठ २१ गतेदेखिप्रदेश सभाको पाँचौं अधिवेशन आव्हान गरेकी हुन् ।प्रदेश सभा सचिवालयका अनुसार मधेश प्रदेश सभाको पाँचौ अधिवेशनको पहिलो बैठक जेठ २१ गते बुधबार अपराहन्न १ बजेदेखि शुरु हुने भएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । आज जेठ १५ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन आज विभिन्न कार्यक्रम गरेर मनाइदैछ ।जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो ।

तत्कालिन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाए । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)का बीच १२ बुँदे समझदारी गरेर पूर्ण लोकतन्त्र स्थापनाका लागि आन्दोलन गर्ने समझदारी भएको थियो ।विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीपछि आन्दोलनले गति लिदै विसं २०६२ फागुनदेखि सुरु भएको आन्दोलन चैतमा निर्णायक मोडमा पुगेको थियो ।
लाखौँ जनता सडकमा आएआएर चक्रपथमा मानवसागर बनाएपछि राजा ज्ञानेन्द्रले आन्दोलनरत दलहरुकै मस्यौदा अनुसार वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो ।विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो भने बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो ।
यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो ।
विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो र लोकतान्त्रिक गणतन्त्रको नयाँ अध्याय शुरु भएको थियो । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम जेलबाट रिहा भएका छन् ।उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएपछि नख्खु कारागारमा रहेका आलम रिहा भएका हुन् ।न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाएको हो ।

आलममाथि पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित उनका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरुलाई जिउदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोप थियो ।
उच्च अदालतले आलमसहित उनका भाइ मोहम्मद महताव आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीलाई सफाइ दिएको हो । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

अर्थमन्त्री पौडेलले चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०. १ प्रतिशत,पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड २०.८ प्रतिशत र वित्तीय व्यवस्थापन तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशतको बजेट सार्वजनिक गरेका हुन् ।
अघिल्लो आर्थिक बर्षमा १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याइएको थियो । एभरेष्ट न्यूज एजेन्सी
आरके श्रीवास्तव,राैतहट, जेठ १४ गते ।
चमार कल्याण समाज नेपाल राष्ट्रिय समन्वय परिषद्, साउदी अरबका महासचिव राम बलिराम महराकाे जन्मदिनकाे अवसरमा गरिब तथा जेहेन्दार दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

सर्लाही जिल्लाका रामनगर गाउँपालिका–१, धुर्वा टोल निवासी महरा हाल साउदी अरबमा वैदेशिक रोजगारीमा छन् । उनको जन्मदिनको अवसर पारेर रौतहटको कटहरिया नगरपालिका–५ स्थित दलित धर्मशालामा आयोजित विशेष कार्यक्रममा दलित समुदायका छात्र–छात्रालाई कापी, पेन्सिल लगायत शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रम चमार कल्याण समाज नेपाल रौतहटका अध्यक्ष धर्मेन्द्र रामकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । उद्घोषकको भूमिकामा नीलम कुमारी रामले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा चमार कल्याण समाज नेपालका वरिष्ठ उपाध्यक्ष पुनित राम प्रमुख अतिथिका रूपमा, विशिष्ट अतिथिका रूपमा दिपनारायण राम तथा मलेसिया शाखाका संयोजक नन्दलाल राम, किशोरी दास, निर्मल दास लगायतको उपस्थिति रहेको थियो । साथै, विभिन्न सञ्चारकर्मीहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त कार्यक्रममा उपस्थित अतिथिहरूले दलित समुदायका बालबालिकाको शिक्षा र सशक्तीकरणका लागि यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।
आरके श्रीवास्तव,राैतहट,१३ गते जेठ ।
राैतहटकाे राजपुर नगरपालिकाले कृषक हितमा एक ऐतिहासिक र अत्यन्त सराहनीय कदम चालेको छ । नगरप्रमुख डा. राजिक आलमको नेतृत्वमा नगरपालिका भित्रका सम्पूर्ण सिंचाई ग्राहकहरूको विद्युत महसुल स्वरूप जम्मा रु ६ लाख ९२ हजार ८ सय २२ रूपैयाँ ९१ पैसाको चेक नेपाल विद्युत प्राधिकरण गाैर कार्यालय प्रमुख रामअयोध्या यादवलाई हस्तान्तरण गरिएको छ ।
नगरप्रमुख डा. आलमको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरको नेतृत्वमा गएको टोलिले उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

यो सहयोगले कृषक वर्गलाई तत्काल राहत पुर्याउने विश्वास गरिएको छ भने दीर्घकालीन रूपमा सिंचाई प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउने लक्ष्य लिएको छ । नगरपालिकाको यो कदमले कृषकहरूको उत्पादनशक्ति बढाउने र आर्थिक स्थायित्वमा टेवा पुर्याउने देखिन्छ ।
स्थानीय तहबाट लिइएका यस्ता दूरदर्शी र किसानमैत्री निर्णयहरूले मात्र आत्मनिर्भर, समृद्ध समाजको निर्माण सम्भव हुन्छ । कृषकहरूले नगर प्रमुख डा. राजिक आलम र सम्पूर्ण राजपुर नगरपालिका परिवारप्रति गहिरो आभार व्यक्त गरेका छन् ।
यसप्रकारका पहलहरू नै सामाजिक उत्तरदायित्व र सेवा प्रवाहको उत्कृष्ट नमूना हुन् ।
संजय गुप्ता,सर्लाही,२०८२ जेठ १३ गते ।
बरहथवा — सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित श्री जनता आधारभूत विद्यालयमा दुई तले नयाँ विद्यालय भवनको शिलान्यास गरिएको छ । एक विशेष समारोहका बीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य प्रमोद प्रसाद रौनियारले भवनको शिलान्यास गरेका हुन् ।

मधेश प्रदेश सरकारको ४० लाख रुपैयाँको बजेटबाट निर्माण हुने उक्त भवनले विद्यालयको भौतिक संरचना मजबुत पार्ने विश्वास लिइएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमप्रसाद सापकोटा, सदस्य विजय महतो, वडा सदस्य रामउदेस महतो, माओवादी केन्द्रका नेता विरेन्द्र महतो, लोसपा जिल्ला सदस्य रविन्द्र यादव, दिनेश यादव लगायतको उपस्थिति रहेको थियो ।

शिलान्यास कार्यक्रममा वक्ताहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको पूर्वाधार सुदृढ हुनु आवश्यक रहेको धारणा राखेका थिए । भवन निर्माण सम्पन्न भएपछि विद्यार्थिहरूको सिकाइ वातावरण थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
