२०८३ बैशाख १४
२०८३ बैशाख १४

आरके श्रीवास्तव,रौतहट,१० गते चैत ।

रौतहट । रौतहटमा माछापालक कृषकले आज दबाबमूलक धर्ना दिएका छन् । माछा कृषकको आम्दानी भन्दा लागत मूल्य बढाउने उधोग मिटर हटाइ कृषि मिटर कायम गर्न एक दिने दबाबमूलक धर्ना कार्यक्रम गरिएको मत्सय पालक कृषक रामबाबु चौरीले जानकारी गराएका हुन् ।


नेपाल मत्सय व्यवसायी संघ रौतहटको आयोजनामा आइतवार माछा कृषकहरुले धर्ना दिएका थिए । नेपाल विधुत प्राधिकरण चन्द्रनिगाहपुर वितराण केन्द्रको अगाडी उनीहरुले एक दिने धर्ना दिएका हुन् ।
माछापालन कृषि अन्तर्गत पर्ने भएपनि विधुत प्राधिरकणले औधोगिक मिटर थमाएर माछापालक किसानको ढाँड सेक्ने काम गरेकोले यसलाइ तुरुन्त सच्चयाउन माग गरेका छन् । उनले भने—माछापालन कृषि अन्तर्गत पर्ने गर्दछ । तर हामीलाइ बढी विधुत महसुल तिर्नु परेको छ ।


कृषि मिटर कायम नहुँदा आफूहरुलाइ घाटा भइरहेको बताए । जसले गर्दा हाम्रो कारोबार नै धरासायी बन्ने कागार पुगेको उनी बताउँछन् । राज्यले यसलाइ तुरुन्त सम्बोधन गर्नु पर्दछ ।
आफूहरुको मागलाइ समयमा सम्बोधन नगरे कडा रुपमा आन्दोलन गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् । रौतहटमा रहेको नेपाल विधुत प्राधिरकणको प्रत्येक वितरण केन्द्रको अगाडी यसरी नै चेनरुल अनुसार आइतवारका दिन धर्ना दिने कार्यक्रम रहेको चौधरीले बताएका हुन् ।

आरके श्रीवास्तव,रौतहट,१० गते चैत ।

रौतहट । थारु कल्याणकारिणी सभा रौतहटको भवन धमाधम निर्माण भइरहेको छ । जसको लागि आज दोस्रो तल्लाको ढलान कार्य भएको छ । सो नगरपालिकाको वडा नम्बर ९ दयालपुरमा सभाहल भवन निर्माण भइरहेको छ ।
गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले एक कार्यक्रमका बिच आज छत ढलान कार्यको प्रारम्भ गर्नु भएको थियो । कल्याणकारीणी सभाको भवन नगरपालिका,विभिन्न वडाका वडा अध्यक्ष,सहयोगी चन्दादाताहरुको सहयोगमा भवन निर्माण कार्य भइरहेको वडा अध्यक्ष प्रेम चौधरीले जानकारी गराएका हुन् ।

उनले दिएको जानकारी अनुसार आर्थिक २०८०।०८१ म १० लाख रुपैयाँ गुजरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामजित चौधरी र ३० लाख बजेट आफनै वडा बाट छुट्टयाएर भवन काम गरिएको बताए ।
त्यस्तै चालु आर्थिक वर्ष २०८१।०८२ मा गुजरा नपा २ का वडा अध्यक्ष अशोक चौधरीको ५ लाख,वडा नम्बर ३ का वडा अध्यक्ष गजेन्द्र चौधरीको ५ र आफनो वडा बाट १० लाख ५० हजार छुट्टयाएर छत् ढलानको कार्य भइहरेको उनको भनाइ छ ।

वडा अध्यक्ष चौधरीले दयालपुरमा थाकसको भवन निर्माण गर्नको लागि पहल गर्नु हुने सम्पूर्ण जनालाइ धन्यवाद ज्ञापन गर्नु भएको छ । स्थानिय सुजित चौधरीले थाकसको भवन नमूना भवन रहेको भन्दै हाम्रो गाउँ दयालपुरको यसले मान,सम्मान बढाउने काम गरेको छ । थाकस भवन सँगै रहेको सडकलाइ ढलान गर्न करिब २५ लाख बजेट व्यवस्था व्यवस्थापन गरि दिनुहुने मेयर चौधरीलाइ धन्यवाद पनि व्यक्त गर्नु भएको छ ।

वि.स.२००५ सालमा स्थापना भएको थाकस रौतहटको भवन विहिन रहेको थियो । नगर प्रमुख सन्तलाल चौधरी,वडा अध्यक्ष प्रेम चौधरी र विभिन्न व्यक्तीत्वहरुको सहयोगमा सो भवन बनिरहेको छ । वडा अध्यक्ष चौधरीले थाकसको भवन निर्माणको लागि आफनो वडामा रहेको १० कठ्ठा जग्गा उपलब्ध गराए पछि सो भवन बन्न सम्भव भएको हो ।

सो अवसरमा नगरप्रमुख सन्तलाल चौधरी सँगै वडा नम्बर १ का वडा अध्यक्ष रामजीत चौधरी,थाकसका पूर्व सभापती रामाश्रय चौधरी,थाकस रौतहटका सह सचिव रामबाबु चौधरी,बलिराम चौधरी,सुजित चौधरी,अनुठा चौधरी सहित जिल्ला भरीका थारु समाज अगुवा व्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,१० गते चैत ।

आज चैत १० गते रौतहटको साहित्य इतिहासमा आजदेखी नयाँ दिनको सुरुआत भएको छ । देवकोटा पदार्पण दिवस मनाइएको छ । महाकवी लक्ष्मीप्रसाद देवकोटाको रौतहट आगमनको अवसरमा यो दिवस मनाउन प्रारम्भ गरिएको हो ।
सम्भवतः रौतहटबाट नै पदार्पण दिवसको थालनी भएको हो । आजकै दिन देवकोटा रौतहटमा आएको समझना पारेर यो दिवस मनाउने नयाँ परम्पराको अभ्यास सुरु भएको हो ।
आइतवार किसान आन्दोलनको ऐतिहासिक ठाउँ जिल्लाको मध्यभाग गरुडा नगरपालिका वडा नम्बर ५ स्थित महम्दपुरमा रहेको गोपाल सेवा समितिको प्रांगणमा देवकोटा पदार्पण दिवस मनाउन जिल्लाका साहित्यकारहरु भेला भएका थिए ।

कार्यक्रमका इतिहासका जानकार सञ्जय साह मित्रले महाकवि देवकोटा रौतहट सदरमुकाम गौर स्थित कलाकुञ्ज पुस्तकालयले २०१० चैत १० गते आयोजना गरेको साहित्यिक समारोहमा सहभागी भएको जानकारी गराएका थिए ।


सो पुस्तकालय तत्कालीन शारदा पुस्तकालयको रुपमा पनि चिनिन्थ्यो । उनले भने—देवकोटालाई प्रगतिशील साहित्यकार श्यामप्रसाद शर्माले गौर पु¥याएर वीरगंजसम्म लगेको पनि बताए ।
त्यो बेला महाकवि देवकोटाको हस्ताक्षर लामो समयसम्म पुस्तकालयमा सुरक्षित रहेको बताइएको थियो । अहिले पनि देवकोटाको हस्ताक्षरलाई पुस्तकालयले सुरक्षित राखेको जानकारी पुस्तकालय स्रोतबाट प्राप्त भएको साहित्यकार बिन्दा साहनीले जानकारी गराएका छन् ।

कार्यक्रममा मन्तव्य राख्दै साहनीले देवकोटालाई साहित्यको ब्रह्माण्डसित तुलना गर्दै देवकोटाको रौतहट आगमन भएको दिवसलाई ‘देवकोटा पदार्पण दिवस’को रुपमा मनाउन पाउँदा उनको व्यक्तित्व र कृतित्वबाट नयाँ पुस्ता लाभान्वित हुने विश्वास लिएको बताएका छन् । साहनीले यस किसिमको कार्यक्रम कलाकुञ्ज पुस्तकालयमै मनाउन पाए अझ राम्रो हुने बताउँदै परिस्थिति मिलेसम्म आगामी वर्ष अझ भव्यरुपमा मनाइने बताएका छन् ।

महाकवि देवकोटा र रौतहटको साहित्यसित उनको नाताको विषयमा व्यापक खोजतलास हुन बाँकी रहेको बताउँदै एउटा राम्रो सुरुआत भएको कार्यक्रमका परिकल्पनाकार सञ्जय साह मित्रले जनाएका छन् । देवकोटाबारे अध्ययनको नयाँ आयाम विस्तार भएको बताउँदै मित्रले देवकोटा रौतहट आएको ७१ वर्षमा सम्झना गर्नु पनि नयाँ सुरुआत भएको बताएका छन् ।

बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले देवकोटा जहाँ जहाँ पुगेका छन् र जहाँ जहाँ बास बसेका छन्, ती सबै ठाउँमा यसरी गर्व गरेर कार्यक्रम आयोजन गर्न सकिने बताएका छन् । देवकोटाजस्तो विराट व्यक्तित्बारे नयाँ पुस्तालाई जान्ने नयाँ किसिमको कार्यक्रम भएको श्रीकृष्णले बताएका छन् ।

कार्यक्रममा साहित्यकार तथा प्रअ रामअधार पासवान, विपिनबिहारी सिंह, पत्रकार तथा लेखक राजुकुमार श्रीवास्तव, पत्रकार चन्दन यादव, नवसर्जक साहित्य चौतारी नेपालकी रौतहट उपाध्यक्ष रोशनी यादव, रामप्रसाद साह लगायतले मन्तव्य राख्दै देवकोटाबारे नयाँ किसिमले कार्यक्रमको सुरुवातले नयाँ पुस्ता लाभान्वित हुने र आफ्नो क्षेत्रको महत्वबारे बुझ्न पाउने विचार व्यक्त गरेका छन् ।

काठमाडौँ ।

स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ।

तर, हामीले यो पनि देखेका छौं कि बालबालिकाहरू पनि मोबाइल फोनको लतमा फसेका छन्। जसका कारण बालबालिका पढाइमा पनि ध्यान दिन सक्दैनन् ।

मोबाइलका कारण उनीहरु कुनै पनि शारीरिक गतिविधि गर्न सक्दैनन् । पहिले केटाकेटी खेल्न बाहिर जान्थे, अहिले उनीहरु बाहिर निस्कनुको सट्टा मोबाइल फोनमै व्यस्त रहने गरेका छन् । जसका कारण उनीहरुको शारीरिक विकास पनि हुन सकेको छैन । राम्रोसँग पढाइसमेत गर्न पाएका छैनन् ।

यस्तो अवस्थामा आफ्ना छोराछोरीलाई मोबाइलको लतबाट कसरी मुक्त गर्ने भन्ने चिन्तामा अभिभावकहरु निकै चिन्तित छन् । यदि तपाई पनि यसबाट चिन्तित हुनुहुन्छ भने चिन्ता लिनु पर्दैन । हामी तपाईलाई केही यस्ता टिप्सहरु दिदैछौ, जसको पालना गरेर तपाईले पनि आफ्ना बच्चाहरुलाई मोबाइलबाट टाढा राख्न सक्नुहुन्छ । हामी  ती सुझावहरूको बारेमा विस्तृत रूपमा बताउने छौं ।

बाहिरी खेलाउनुहोस्

यदि तपाईं आफ्ना बच्चाहरूलाई स्मार्टफोनबाट टाढा राख्न चाहनुहुन्छ भने, तिनीहरूलाई बाहिरी खेलहरू र फिटनेस गतिविधिहरूको लागि प्रोत्साहित गर्नुहोस्। यसका लागि तपाईंले पौडी, साइक्लिङ वा मार्शल आर्टजस्ता खेलहरू खेल्न सक्नु हुन्छ साथै तिनीहरूका लागि फुटबल, बास्केटबल वा टेनिसजस्ता टिम गेमहरू खेल्न सक्नु हुन्छ। यी गतिविधिहरूले स्मार्ट फोनको प्रयोग घटाउन मद्दत गर्नुका साथै सामाजिक जडान, सहकार्य र सफलताको भावना प्रदान गर्नेछ।

फोनबाट बालबालिकालाइ टाढा राख्नुहोस्

यदि तपाई आफ्ना बालबालिकालाई फोनको लतबाट मुक्त गर्न चाहनुहुन्छ भने फोनलाई बालबालिकाको नजरबाट टाढा राख्नुहोस् । सुत्न जाँदा मोबाइल नजिकै राख्ने प्रयास नगर्नुहोस् । सानै उमेरमा आफ्नो बच्चाको लागि फोन किन्ने गल्ती नगर्नुहोस्। यसले उनीहरूको बानी तोड्न गाह्रो हुनेछ।

स्क्रिन समय सेट गर्नुहोस्
बच्चाहरूलाई मोबाइल फोनबाट पूर्ण रूपमा हटाउन सम्भव छैन तर तिनीहरूको स्क्रिन समय सीमित भने बनाउन सकिन्छ । दिनभर मोबाइल चलाउनको लागि समय तय गर्नुहोस् र सोही अनुसार फोन दिनुहोस्। यसबाट उनीहरुले बिस्तारै आफ्नो बानी कम गर्न थाल्छन् ।

 परिवारसँग समय बिताउनुहोस्

प्रायः बालबालिकाले एक्लो महसुस गर्ने भएकाले मोबाइल फोन बढी प्रयोग गर्छन्। उनीहरूसँग समय बिताउनु होस्, कुराकानी गर्नु होस् र घरमा यस्तो वातावरण सिर्जना गर्नुहोस् कि उनीहरू स्क्रिनलाई भन्दा परिवारलाई प्राथमिकता दिन थालुन् ।

फोन आफै प्रयोग नगर्नुहोस्

यदि तपाईं अभिभावक हुनुहुन्छ भने आफैँ मोबाइलमा व्यस्त रहनु भयो भने तपाईंका बच्चाहरूले पनि त्यही सिक्ने छन्। तसर्थ, यो महत्त्वपूर्ण छ कि तपाईले आफ्नो मोबाइलको प्रयोगलाई पनि सीमित गर्नुपर्छ । हाम्रा कुरा

 

 

काठमाडौं ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको अनावश्यक र मनोमानी कर आतंकले मुलुकको अर्थतन्त्र धरासायी बन्दै गईरहेको टिप्पणी गरेका छन् ।

‘दलाल एवं लुटकारी दलतन्त्र तथा भ्रष्टाचारको बिरोध गरौं, चैत २४ गतेको आन्दोलनमा सहभागि बनौं’ भन्ने मुल नारा सहित आजपा निकटको आम सम्पर्क मञ्चको आज कोटेश्वर, काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारको अनावश्यक एवं मनोमानी कर आतंक रोक्न आन्दोलनको बिकल्प नभएको बताए ।

‘अहिलेको व्यवस्थाले तीनै तहका सरकारलाई कानून बनाउने र कर उठाउँने अधिकार दिएको छ । सरकारपिच्छे सरकारको अनावश्यक र मनोमानी कर उठाउने प्रतिस्पर्धा चलेको छ । त्यसैले हामीले भनिरहेका छौं, सरकारको अनावश्यक र मनोमानी कर आतंक रोक्न यो व्यवस्था नै खारेज गर्नुपर्छ । त्यसका लागि हामी सडकमा आउँनै पर्छ, आन्दोलन गर्नैपर्छ, आन्दोलनको विकल्प हामीसंग छैन्’, आजपा अध्यक्ष साहले भने ।

जनतासंग कर लिने तर रिटर्नी नदिने सरकारलाई दण्डित गर्नुपर्ने उनले बताए । करको नाममा जनतासंग सरकारले लुट मचाइरहेको भए पनि जनतालाई त्यसको रिटर्नी केही पनि नदिने सरकार के कामका लागि भन्दै साहले प्रश्न उठाएका छन् । राज्यको ढुकुटी सिध्याएर नेपाली जनतामाथि विदेशी ऋणको भारी बोकाउने वर्तमान सरकार फाल्नुको विकल्प नभएको उनले बताए ।

उनले सरकार र संविधान दुवै असफल भईसकेकाले नागरिकको सर्वोच्चता सहितको व्यवस्थाका लागि पार्टीद्धारा घोषित तेस्रो जनआन्दोलन सफल बनाउन आह्वान गरे । गतबर्ष नै तेस्रो जनआन्दोलनको आह्वान गरेका साहले वर्तमान संविधान र सरकारकै कारण अहिले मुलुकमा संकट आएको टिप्पणी गर्दै अहिलेको व्यवस्थाको खारेजीका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको बताए ।

आउँदो २४ मा आजपाले काठमाडौंमा खबरदारी सभाका साथै बिरोध प्रदर्शन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा बसेको बैठकले व्यापक जनसहभागिता जुटाउने निर्णय समेत गरेको छ ।

२४ चैतमा जनआन्दोलन दिवशकै दिन भ्रष्टाचार बिरुद्ध खबरदारी सभा र विशेष प्रदर्शन गर्न लागेको आजपाले सरकारको मनोमानी कर आतंक, भ्रष्टाचार, अनियमितता बिरुद्ध संघर्ष गर्दै आएको छ । गत बर्ष २४ चैतकै दिन आजपा अध्यक्ष साहले काठमाडौंको भृकुटी मण्डपबाट दलाल दलतन्त्रको बिरुद्ध तेस्रो जनआन्दोलनको घोषणा गरेका थिए ।

बैठकमा आजपा वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगर, उपाध्यक्ष विल्टु यादव, महासचिव त्रिभुवन साह अमर, सचिवद्धय देवी पण्डित, नारायण पाण्डे, नेताहरु किशोरी साह, श्रीनारायण साह, उपेन्द्र साह, रन्जु साह, देव कुमारी, मिनादेवी साह, लखिन्द्रकुमार साह लगायतको विशेष सहभागिता रहेको थियो ।

काठमाडौं : अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकीकरण हुने पक्का भएको छ। जनमतका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले शनिबार दुई पार्टीलाई एकीकरण गरेर राष्ट्रिय शक्ति बनाउने उद्‍घोष गरेका हुन्।

पार्टी एकीकरणलाई मुख्य एजेन्डा बनाएर बोलाइएको नाउपाको केन्द्रीय कार्यसमिति बैठकमा राउतले विशेष सम्बोधन गरेका थिए। विगतामा नाउपासँग एकीकरण नगरेर ठूलो गल्ती भएको उनले स्वीकारे।  चुनावकै बेला एकीकरण भएको भए हामीसँग अहिले २०–२१ सिट हुन्थ्यो। त्यतिबेला कसैले राष्ट्रिय पार्टी बन्छ कि बन्दैन भनेर हामीलाई भोट दिएका थिएनन्। उनीहरूले विश्वासको मत दिएका थिए। त्यही बेला एकता हुन सकेको भए ठूलो संख्यामा सिट पनि ल्याउँथ्यौं,’ अध्यक्ष राउतले भने।

त्यही गल्तीलाई सच्याउन आफूहरू तयार भएको उनको भनाइ छ। उनले मधेसी र थारू पार्टी एकीकरण हुँदै गर्दा कसैलाई पनि चित्त नदुखाउन आग्रह गरे। उनले थारुको पहिचानसमेत रहेको ढकियालाई गर्व गर्न लायक बनाउने उद्‍घोष गरे। ‘तपाईंहरूको सहमति बिना यो एकता सम्भव छैन। सबैको सहमति र सम्मानले मात्रै हामी अन्तरमनदेखि एक हुन सक्छौं। तपाईंहरूलाई म वाचा गर्छु, ढकियामै गर्व गर्न सक्ने पार्टी बनाउँछौं,’ उनले भने । ढकिया नाउपाको चुनाव चिह्न पनि हो।अध्यक्ष राउतले जनमत र नाउपालाई एकीकरण हुन नदिन षड्यन्त्र पनि भइरहेको बताए। तर, त्यसलाई वास्तै नगरी आफूहरू एकढिक्का हुन लागेको उनले बताए। बैठकपछि अन्नपूर्णसँग कुरा गर्दै अध्यक्ष राउतले नाउपा बैठकमा माहोल राम्रो देखिएको र पार्टी एकता निश्चित भएको दाबी गरे।

‘बैठकमा निकै राम्रो माहोल देखेँ । दुई पार्टीबीच एकता हुने सम्भवतः निश्चित भएको छ,’ उनले भने। उनले आफू र रेशम चौधरीमा कुनै स्वार्थ नहेकाले पार्टी संरचनामा पनि कुनै विवाद नआउने दाबी गरे। ‘म र रेशमजीमा कुनै स्वार्थ छैन। हामी दुवै जना पदबाट धेरै टाढा छौं। जनताबाट उठेका पार्टी भएकाले हामीबीच कुनै विवाद हुँदैन,’ उनले भने। नाउपाका संरक्षक चौधरीले हातमात्र होइन, मनबाट मिल्न जरुरी रहेको बताए। उनले अध्यक्ष राउतलाई विपक्षी सिटमा बस्न तयार हुन आग्रह पनि गरे। ‘न्याय पाएनौं भने डाक्टर साप संसद्भवनको विपक्षीको सिटमा पनि बस्नुपर्ने हुनसक्छ । मन्त्री पद छोडेर सडकमा पनि आउनुपर्ने हुनसक्छ,’ चौधरीले भने।

नाउपाको दुई दिन चलेको बैठकले जनमतसँग पार्टीसँग एकीकरण गर्न कार्यदल गठन गरेको छ। प्रतिनिधिसभा सदस्यसमेत रहेका गंगाराम चौधरीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ। सदस्यमा सुनिता चौधरी र रामलाल डंगौरा छन्। यसअघि फागुन अन्तिम साता बसेको जनमतको केन्द्रीय समितिको बैठकले नाउपासँग पार्टी एकीकरणका लागि कार्यदल बनाएको थियो। कार्यदलमा प्रतिनिधिसभा सदस्य अब्दुल खान संयोजक र डा. शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य छन्।

रेशमले पत्नी रञ्जितालाई भने– अब मिलौं

नाउपा संरक्षक चौधरीले अध्यक्षसमेत रहेकी पत्नी रञ्जिता श्रेष्ठलाई सँगै मिलेर जान आह्वान गरे। केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरूकै कारण सबै बर्बाद भइसकेको बताए। ‘तिम्रो र मेरो कारण सबै प्रदेश सरकार बर्बाद भयो। आजदेखि तिमी र म हात मिलाउँ। सबैको साझेदारीमा जाउँ। भोलिदेखि ती सब ठेगानमा आउँछन्,’ उनले भने।

संरक्षण चौधरीले पत्नी श्रेष्ठलाई नाउपाको प्रदेश र संघमा रहेका १६ सांसदकै कारण बालुवाटार प्रवेशमा सहज भएको सुनाए। भोलि त्यो सांसद नरहे बुढाबाहेक केही बाँकी नरहने उनले सुझाए। ‘१६ सांसद नभएको भए रञ्जितालाई बालुवाटारको ढोका खुला हुन्नँ। १६ सांसदले नै हो ‘आउ आउ कान्छी, आउ आउ छोरी, आउ आउ बहिनी भन्छन्। सांसद नभए कसले सोध्छ ? उही बुढोले त हो,’ उनले भने।

बज्जिकाञ्चल संवाददाता,राैतहट,०८ गते चैत । रौतहटको इशनाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताले नगर क्षेत्रका बिद्यालय, स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षणलाई तिब्रता दिएका छन ।
बिद्यालयमा शिक्षकको उपस्थिति रहेको / नरहेको , विद्यार्थीलाई दिवा खाजा खुवाउने गरे / नगरेको लगायतका कार्यको प्रभावकारी रुपमा अनुगमन गर्ने कार्यलाइ निरन्तरता दिनु भएको छ ।
बिद्यालय सङै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी समयमा आउने गरे / नगरेको , निशुल्क औषधि उपलब्ध रहे / नरहेको लगायतको सुक्ष्म रुपमा अनुगमन गरि रहेको प्रमुख प्रशासकिय अधिकृत गुप्ताले बताएका छन ।
अनुगमनका क्रममा कहि कतै कमजोरि देखिएमा कारबाही समेत गर्ने गरिएको प्रमुख प्रशासकिय अधिकृत गुप्ताको दावी छ । राैतहट अनलाइन

बज्जिकाञ्चल संवाददाता,जनकपुर,०८ गते चैत । 

जनकपुर । मधेस प्रदेशअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले स्तरवृद्धिको माग गर्दै आज जनकपुरधामस्थित प्रदेश भवन अगाडि प्रदर्शन गरेका छन् ।

स्वास्थ्यकर्मीहरूले स्तरवृद्धिको मागसहित ब्यानर तथा प्लेकार्डमार्फत प्रदर्शन गरेका हुन् ।

सिनियर अहेव र सिनियर अनमी (पाँचौँ तह)का कर्मचारी संघर्ष समिति मधेस प्रदेशको आयोजनामा प्रदर्शन गरिएको हो ।

प्रदेशका आठ जिल्लामा करिब एक हजार आठ सय स्वास्थ्य क्षेत्रका कर्मचारीको बढुवामा मधेस सरकारले रोका गरेकाले नियमित बढुवाको माग गर्दै प्रदर्शन गरिएको संघर्ष समितिका कोषाध्यक्ष रुपेश साहले बताए ।

पटक पटक नियमित बढुवाको माग गरे पनि प्रदेश सरकारले सुनुवाइ नगरेपछि आज मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा हुँदै मुरलीचोकमा प्रदर्शन गरी प्रदेश सभा भवन अघि पुगेर कोणसभा गरिएको उनले जानकारी दिए । उनका अनुसार प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई माग सुनुवाइ गर्नेसम्बन्धी तीन बुँदे ज्ञापन पत्रसमेत बुझाइएको छ ।

उक्त ज्ञापन पत्रमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम विगतदेखि पाउँदै आएको दुई तह स्तर वृद्धि गर्नुपर्ने, स्वास्थ्य सेवामा प्रथम प्रवेश बिन्दु चौथो तह भएकाले खुलाबाट पदपूर्ति शतप्रतिशत हुनुपर्नेलगायत माग राखिएका छन् ।  यसैबीच, आज प्रदेशसभा बैठक भएकाले प्रदेशसभा भवन वरपरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रशासन

आरके श्रीवास्तव,रौतहट,०८ गते चैत ।
रौतहट । काठ दाउरा समयमा आपूर्ति गर्ने शर्तमा डिभिजन वन कार्यालयमा लगाइएको तालाबन्दी खोलीएको छ । सेवाग्राहीलाइ कठिनाइ असहजता र काठ दाउरा समयमा पूर्ति गर्न नसकेको भन्दै आज दिउँसो जिल्ला वन पैदावार आपूर्ती समिति र सेवाग्राही द्धारा तालाबन्दी गरिएको थियो ।
समितिको तर्फबाट विकास कुमार यादवको नेतृत्वमा गएको समूहले वन कार्यालयमा तालाबन्दी गरेका थिए । चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालयले हालसम्म उपभोक्ता काठ दाउरा उपलब्ध गराउन आपूर्ती खोलेकै थिएन् । जसकारण उपभोक्ताहरु काठ पाउन बाट बञ्चित छन् ।
डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहले आपूर्ती नखुलाएर दिनहुँ काठ गायब गर्न थालेको आरोपहरु लाग्दै आएको छ । कमिसन पाउने लोभमा निलामी प्रक्रियाबाट काठहरु विक्री गर्ने गरेको चुरे तथा वन जंगल संरक्षण अभियान नेपालका अभियन्ता नन्दकिशोर राम आरोप लगाएका छन् ।
शुक्रवार तालाबन्दी गर्ने पक्षले निलामी लगायतका कार्यहरुमा आपूर्ती समितिलाइ वेवास्ता गरेको,कटान,मुछान काठ दाउरा निलामी लागयतको कार्यहरुमा आपूर्ती समिति सँग समन्वय नगरी काठ दाउरा विक्री वितरण गरेको,सेवाग्राहीलाइ काठ दाउरा समयमा उपलब्ध नगराएको आरोप लगाएका थिए ।
त्यस्तै आपूर्ती समितिले पाउनुपर्ने नियमानुसारको काठ दाउरा समयमा उपलब्ध नगराएको,राम्राराम्रा काठदाउराहरु सबै निलामी गरेको र आपूर्ती द्धारा सेवाग्राहीलाइ दिनुपर्ने काठहरु कमसल र नराम्रा काठहरु छोडेको, आपूर्तीको वार्षिक कार्ययोजना अनुसार गर्नुपर्ने योजनाहरुको कार्यान्वयनमा वेवास्ता गरेको उनीहरुको आरोप थियो ।
त्यसैगरी वन कार्यालय अन्तर्गतका योजनाहरु कार्यान्वयनको प्रक्रियामा डिभिजनल अधिकृत साहले ढिलाइ गरेको भन्दै समितिका मान्छेहरु र उपभोक्ताहरु आक्रोशित बनेका थिए । समितिका नेतृत्वकर्ता यादवले दिएको जानकारी अनुसार डिभिजन वन कार्यालयले आफूहरुको माग सम्बोधन गर्ने भएपछि तालाबन्दी खोलिएको बताएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।