आरके श्रीवास्तव,गरुडा,१५ गते चैत ।
रौतहटको मध्य भाग गरुडामा रहेको तरकारी बजार आज बिहान आगलागीको घटना घटेको छ । सो नगरपालिका वडा नम्बर ४ गरुडा बाजारमा आगलागी भएको हो । जसबाट लाखौंको क्षती भएको छ ।
घटनालाइ पुष्टी गर्दै ईलाका प्रहरी कार्यालय गरुडाका डिएपी राजन कार्कीले त्यहाँ स्थित रहेको ७ वटा फुसको घरमा संचालनमा पसलहरुमा आगजनी भएको बताए । घरमा लता कपडा गरि करिब १३ भन्दा बढीको सामान जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।
शुक्रवार बिहान करिब ९ बजेको समयमा अचानक भिषण आगलागी भएको थियो । आगलागीबाट घरमा राखिएको दुईवटा ग्याँस सिलिण्डर समेत विष्फोट भएको थियो । ग्याँस सिलिण्डर विष्फोट भएपनि मानवीय क्षती भने नभएको डिएसपी कार्कीले जानाकरी दिएका छन् ।
प्रहरीका अनुसार आगलागी बाट गरुडा नगरपालिका वडा नम्बर ८ जिंगडिया बस्ने शेख कमाउदिन फुसको घर मासु पसलमा १ लाख,गरुडा ४ बस्ने नेवालाल चौरसिया फुसको घर किराना पसल ३ लाख,वडा नं.८ जिंगडिया बस्ने जयमंगल चौधरी फुसको घर खाजा पसल २ लाख,वडा नं.८ जिंगडिया बस्ने राजेन्द्र साह फुसको घरमा २० हजार बराबरको सामान जलेर नष्ट भएको छ ।
त्यस्तै गरुडा वडा नम्बर ८ जिंगडिया बस्ने सुजित कुमार चौधरी फुसको घर खाजा पसल ३ लाख पचास हजार,कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरिया बस्ने सतेन्द्र ठाकुर फुसको घर फलामको समान बनाउने पसलमा ३ लाख,गरुडा न.पा. ४ बस्ने कृष्ण दासको पकी घर कपडा पसलमा पचास हजार गरी अन्दाजी जम्मा लाख बिस हजार बराबरको क्षेती भएको डिएसपी कार्कीले जानकारी गराएका हुन् ।
आगलागी भएको खबर प्राप्त भएपछि आगोलाई नियन्त्रणमा लिनका लागी इप्रका गरुडाका प्रहरी निरिक्षक ओमप्रकाश यादवको कमाण्डमा १५ जनाको टोली पुगेको थियो । गरुडा नगरपालिकाबाट दमकल पुगेको थियो । तर उक्त दमकलले आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिन नसकेपछि गौर नगरपालिकाको बारुण यन्त्र समेत पुगी प्रहरीको सहयोगमा आगोलाइ नियन्त्रणमा लिएका थिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
आरके श्रीवास्तव,गरुडा,१५ गते चैत ।
रौतहट । गरिबी रहित नेपाल निर्माणको परिकल्पना सहित २०७५ साल फागुन १६ गते देखि वित्तिय सेवा प्रदान गरिरहेको जीवन विकास लघुवित वित्तिय संस्था लिमिटेडले मधेश प्रदेशका करिब १ हजार भन्दा बढी बालबालिकाको शिक्षाको जिम्मा लिएको छ ।

बारा जिल्लाको पचरौता नगरपालिकाको वडा नम्बर ८ अमरपट्टी लंगडाचौकमा रहेको शाखाले आज आयोजना गरेको केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रममा सो जानकारी गराइएको हो । संस्थाका जिल्ला प्रमुख पंकज मण्डलले दिएको जानकारी अनुसार मधेश प्रदेशमा ४८ वटा शाखा रहेको जिवन विकास लघुवितले हालसम्म १ हजार १ सय ४७ बालबालिकाहरुको शिक्षाको जिम्मा लिइसकेको बताए ।

गत आर्थिक वर्ष २०८०।०८१ मा ७ सय ७४ र चाल आर्थिक वर्ष २०८१।०८२ मा ३ सय ७३ बालबालिकाको शिक्षामा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने जिम्मा लिएको हो । संस्थामा आबद्ध गरिब,विपन्न र खासगरी एकल महिलाका बालबालिकाहरुलाइ छात्रवृत्ति प्रदान गर्ने हाम्रो लघुवित्तको योजना रहेको मण्डलले बताएका छन् ।

शुक्रवार लंगडाचौक स्थित रहेको तराइ पब्लिक बोर्डिंग स्कूलमा भएको कार्यक्रममा अमरपट्टी शाखा अन्तर्गत संस्थामा सदस्य रहेका ५ जना परिवारको १० जना छात्रछात्राहरुलाइ छात्रवृक्ति पनि जीवन विकास लघुवितले प्रदान गरेको छ । आज उनीहरुलाइ ब्याग,कपी कलम,पानी बोतल,औजार बक्स प्रदान गरिएको छ भने पछि आवश्यकता अनुसार पढाइमा सम्पुर्ण खर्च व्यहोर्ने जिवन विकास लघुवित्तका जिल्ला प्रमुख मण्डलले बताएका हुन् ।

केन्द्रिय कार्यालयको निर्देशन अनुसार केन्द्रका प्रमुख,उपप्रमुख र सदस्यहरु सँग छलफल गर्ने,वित्तिय साक्षरता प्रदान गर्ने,संस्थाको कार्यको बारेमा विस्तृत रुपमा जानकारी गराउने उदेश्यले केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम आयोजन गरिएको संस्थाका व्यवस्थापन सूचना विभागका विभागीय प्रमुख कुमोद कुमार मण्डलले जानकारी गराएका थिए ।

अमरपट्टी शाखा प्रमुख परसुराम मण्डलले शाखाको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले कुल १ हजार ५५ सदस्य संख्या रहेको अमरपट्टी शाखा अन्तर्गत ७० वडा केन्द्र संख्या रहेको उनले जानकारी गराएका थिए । जसमा ५ सय ५६ जना ऋणीमा ६ करोड ३ लाख १९ हजार १ सय ११ रुपैयाँ ऋण लगानी रहेको तथ्यांक प्रस्तुत गरेका थिए ।

साथै जम्मा ४ जना कर्मचारी रहेको सो शाखामा १ करोड १९ लाख ४० हजार ४ सय १२ रुपैयाँ बचत रहेको मण्डलले बताए । उदघाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथी पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनले समयमा ऋण तिर्न सुझाव दिएकी थिइन् ।

कार्यक्रममा संस्थाका व्यवस्थापन सूचना विभागका विभागीय प्रमुख मण्डलले वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत ऋण,बचत,डिजिटल सेवाको बारेमा सहभागीहरुलाइ विस्तृत रुपमा जानकारी गराएका थिए ।

कार्यक्रममा अन्य वक्ताहरुले पनि ऋणको सही सदुपयोग गरि संस्थालाइ राम्रो तवर चलाउन आग्रह गरेका थिए । त्यस्तै उनीहरुले अहिले बजारमा लघुवत्त बैंकको बारेमा भैलाइएको हल्लाको पछाडी नलग्न आग्रह समेत गरेका थिए ।
उदघाटनसत्रलाइ समापन गर्दै संस्थाका आन्तिरिक लेखा परिक्षण विभागका प्रमुख बिनोद प्रसाद साहले महिलाहरु इमान्दार बढी हुने भएकोले नै लघुवित्त बैंकले महिलालाइ नै समावेश गराइ कार्यक्रम सञ्चालन गरिरहेको बताए । लघुवित्त बैंले महिलाहरुलाइ साक्षरण बनाउने काम पनि गरेको उनले दाबी गरेका थिए ।
यता कार्यक्रममा उत्कृट उधमी,उत्कृष्ट बचतकर्ता,उत्कृट ऋणी र उत्कृष्ट केन्द्रलाइ पनि उपहार सहित सम्मानपत्र पनि अतिथीहरुको हाथबाट प्रदान गरिएको थियो । उत्कृष्ट उधमीमा केन्द्र नम्बर ३८ कि प्रभा कुमारी देवी,२ की रन्जु साह कानु,२० की कान्ती कुमारी परेकी छिन् ।
त्यस्तै उत्कृष्ट ऋणीहरु लालती देवी,राजमती देवी र रिना कुमारी लाइ उपहार सहित सम्मानपत्र पनि प्रदान गरिएको थियो । उत्कृष्ट बचतकर्ता कान्ति देवी बरै,खुशबुन खातुन र राधिका देवी तथा उत्कृष्ट केन्दलाई पनि सम्मान गरिएको छ । यसवर्ष अमरपट्टी शाखाको
उत्कृष्ट केन्द्रको रुपमा ८ नम्बर केन्द्र हनुमान जिवन विकास लघुवितलाइ घोषणा गरिएको शाखा प्रमुख मण्डलले जानकारी गराएका हुन् । यसैगरी केन्द्र ३२ द्धितिय,केन्द्र ५७ तृतिय घोषणगरी सम्मान गरिएको छ भने केन्द्र ६७ र केन्द्र ६ लाइ सान्तवना पुरस्कार दिइएको थियो ।
सो अवसरमा पचरौता वडा नम्बर ८ का वडा अध्यक्ष प्रेमनारायण चौधरी,वडा नम्बर ९ का वडा अध्यक्ष गगनदेव यादव,बारागढी ४ का वडा अध्यक्ष पनालाल साह,प्रहरी चौकी लंगडा चौकका इन्चार्ज शिवशंकर साह,ट्राफिक इन्चार्ज रामबालक यादव , बोर्डिंग स्कूलका सञ्चालक चन्दन यादव लगायत विभिन्न केन्द्र प्रमुख,उपप्रमुख, सदस्यहरु, अभिभावक, सुरक्षाकर्मी र पत्रकारको सहभागिता रहेको थियो ।
काठमाडौं,१५ गते चैत ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पुर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
आजपा अध्यक्ष साहले आज एक बिज्ञप्ती जारी गर्दै पछिल्लो घटनाक्रमको नैतिक जिम्मेवारी लिदै नयाँ निकासका लागि प्रधानमन्त्री ओलीले राजिनामा गरि निकास दिनुपर्ने जनाएका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकार शान्ति सुव्यवस्था कायम गर्न असफल रहेको साहले जनाएका छन् ।
`वर्तमान सरकारले शान्ति सुव्यवस्था कायम गर्न नसकेर आज देशको राजधानी काठमाण्डौंमा ठुलो धनजनको क्षति भएको छ । पत्रकार सुरेश रजक र संजिव महर्जनको दुःखद निधन एवं कयौ व्यक्ति घाइते भएकाछन । सरकारको अलोकतान्त्रिक रवैया, उदासिनता एवं निकम्मापनकै कारण जनतामा चरम असन्तुष्टि एंव आक्रोश बढ्दो छ´ आजपा अध्यक्ष साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै उनले विपक्षी दलहरूको अवरुद्धले सिंगै संसद ठप्प रहेको र सत्तागठबन्धन भित्रको बिवादले आफैले ल्याएको अध्यादेश होल्ड गर्नु परेको, देशको आर्थिक सूचिकांक सम्पूर्ण नकरात्मक रहेको, संविधान कार्यान्वयन तथा शान्तिप्रक्रिया समेत अवरुद्ध भएको, अन्तराष्ट्रिय कुटनीति सम्बन्ध पनि मृत भएको, सुशासन, स्थिरता एंव बिकासमा समेतमा सरकार असफल देखिएको तथा आफ्नै कार्य सम्पादन मूल्यांकनमा पनि फेल भएकाले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने साहको माग रहेको छ ।
पछिल्लो समय बसेको आजपा पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै मुलुकको संकट समाधानका लागि अन्तरिम सरकार गठनको माग गरेको थियो ।
बज्जिकाञ्चल संवाददाता, २०८१ चैत १५ गते
काठमाडौँ । लागलागि भएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।
काठमाडौँको तीनकुनेस्थित राजावादीले गरेको आगजनीमा परेर फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको उनका सहकर्मीले बताए ।
उनी एभिन्यूज टेलिभिजनमा कार्यरत थिए । उनी सो भवनको छतबाट आन्दोलनका दृश्य खिची रहेका थिए ।
राजावादीहरूले उग्र प्रदर्शनका क्रममा सो घरमा प्रहरी बसेको भन्दै आगो लगाएका थिए ।
सोही क्रममा जिउँदै जलेर फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको हो ।
तर प्रहरीले औपचारिक रुपमा उनको विस्तृत विवरण खुलाउन मानेको छैन ।
उक्त भवनमा आगो लगाइएपछि रजकको शव नचिनिने अवस्थामा भेटिएको हो । सभार मकालुखबर
बज्जिकाञ्चल संवाददाता, काठमाडौं १५ गते चैत २०८१ ।
सत्तारुढ दल नेकपा एमालेले तीनकुने क्षेत्रमा राजावादीहरूले प्रदर्शनका नाममा गरेको अराजकताको भर्त्सना गरेको छ। एमाले महासचिव शंकर पोखरेलले राजावदीले प्रदर्शनका नाममा उदण्डता, अराजकता र हिंसा मच्चाइएको आरोप लगाएका छन्।
सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारणका घर, व्यवसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमा गरिएको आगजनी र लुटपाटले आतंकलाई दुरुत्साहन गरेको आरोप लगाइएको छ।
‘शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्। नेकपा (एमाले) लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दछ ।
सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गर्दछ। आजका आपराधिक क्रियाकलापमा सङ्लग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
सभार अन्नपुर्ण पोस्ट
बज्जिकाञ्चल संवाददाता, काठमाडौं १५ गते चैत २०८१ ।
राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत पक्षलाई हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा आन्दोलरत पक्षलाई आफ्ना प्रदर्शन र कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आग्रह गर्दै हिंसात्मक गतिविधि बन्द गर्न अनुरोध गरेका हुन् ।
उनले कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरूको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न नसकिने भन्दै सरकारलाई हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न आग्रह गरेको छ ।
‘समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरूले आज चैत १५ गते उपत्यकामा गरेको प्रदर्शन र आमसभाको आयोगले चार वटा उच्चस्तरीय टोलीहरू बनाइ अनुगमन गरेको थियो’, उनले भनेका छन्, ‘काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको अनुगमनबाट पाइएको छ ।’
आयोगले अनुगमन गर्दा प्रदर्शनकारी तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँबानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको, व्यक्तिको घरमा ढुङ्गा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको जनाइएको छ ।
झडपमा परी प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । प्रदर्शनकारीले तीनकुने क्षेत्रमा सञ्चारमाध्यमका भवन, कलेजका भवन, तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेका दमकल तथा सशस्त्र प्रहरीको गाडीमा समेत ढुङ्गा प्रहार गरेका आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता डा. पोखरेलले अनुगमनका क्रममा हिँडेको आयोगको अनुगमन टोलीमाथि प्रदर्शनकारीबाट कोटेश्वरमा साङ्घातिक आक्रमण गरी अनुगमन टोलीमा संलग्न कर्मचारीलाई घाइते बनाएका बताए ।
‘प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहराको प्रयोग र हवाई फायर गरेको तथा व्यक्तिको निजी आवास प्रयोग गरी अश्रु ग्यास प्रहार गरेको देखिएको छ,’ उनले भनेका छन् ।
आयोगले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको विषय भएता पनि आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारमा असर पार्नु मानव अधिकारको मूल्य मान्यताविपरीत हुन जाने बताएको छ ।
सभार फरकधार
बज्जिकाञ्चल संवाददाता, काठमाडौं १५ गते चैत २०८१ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज तीनकुनेमा राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक क्रियाकलापमा राप्रपाको संलग्नता नभएको दाबी गरेका छन् ।
कान्तिपुरसँग संक्षिप्त कुराकानी गर्दै उनले आफ्नो पार्टीका मान्छेहरुको संलग्नता नभएको दाबी गरे । ‘हाम्रो शान्तिपूर्ण प्रदर्शन हो, हाम्रा मान्छेहरु हिंसात्मक प्रदर्शनमा संलग्न छैनन् । त्यसको छानबिन हुनुपर्छ । त्यो सार्वजनिक हुने नै छ,’ उनले भने ।
अध्यक्ष लिङ्देनले प्रदर्शनकारीको मागलाई वार्ता, संवादबाट समाधान खोज्न सरकारसँग आग्रह गरे । ‘सबै प्रकारका प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सरकारलाई पनि संयमता अपनाउन र प्रदर्शनकारीको मागलाई राजनीतिक रुपमै सम्बोधन गर्न सरकारसँग माग गर्छु, दमनबाट होइन । वार्ता, संवादबाट समाधान खोज्न सरकारसँग आग्रह गर्छु,’ उनले भने ।
राजावादीको आन्दोलनका क्रममा आज तीनकुनेमा भएको झडपका क्रममा पत्रकारसहित २ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते छन् । निजी घर, पार्टी कार्यालय र सञ्चारमाध्यमको कार्यालयका भौतिक संरचनामा पनि क्षति पुगेको छ ।
सभार कान्तिपुर
बज्जिकाञ्चल संवाददाता, काठमाडौं १५ गते चैत २०८१ ।
सत्तारुढ नेकपा एमालेले पूर्वराजाका समर्थकले आज गरेको प्रदर्शन उद्दण्ड, अराजक र हिंसात्मक भएको जनाएको छ । पार्टी महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गरी आजको प्रदर्शन हिंसा र आतंकलाई दुरुत्साहन गर्ने खालको प्रदर्शन भएको स्पष्ट पारेका छन् ।
आज पूर्व राजावादीहरुको अराजक समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा देखाएको उद्दण्डता, अराजकता र हिंसाको नेकपा एमाले घोर भत्र्सना गर्दछ, शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्’, विज्ञप्तिमा उल्लेख छ ।
नेकपा एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने पोखरेलले स्पष्ट पारेका छन् । सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्च गमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन पनि एमालेले आह्वान गरेको छ । आजका आपराधिक क्रियाकलापमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न एमालले सरकारसँग माग गरेको छ ।
सभार नयाँ पेज
बज्जिकाञ्चल संवाददाता, काठमाडौं १५ गते चैत २०८१ ।
राजावादीको नेतृत्व गरेर प्रदर्शनमा उत्रिएका दुर्गा प्रसाईंं सम्पर्कविहीन भएका छन् । भक्तपुरस्थित उनको घरमा प्रहरी टोलीले खोजी गर्दा पनि प्रसाईं त्यहाँ फेला परेका छैनन् ।
उपत्यका प्रहरी कार्यालय र काठमाडौं जिल्ला प्रहरी परिसरका टोलीहरूले उनलाई पक्राउ गर्न खोजी कार्यलाई तीव्र बनाएका छन् ।
प्रसाईंको नेतृत्वमा प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रमा अराजकता मच्चाएका थिए, जसको परिणामस्वरूप प्रहरीले अवस्थामा नियन्त्रण ल्याउन गोली चलाएको थियो । सो घटनामा कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ ।
यसैगरी, प्रदर्शनकारीले एक घरमा आगो लगाउँदा पत्रकार सुरेश रजकको निधन भएको छ । घटनापछि प्रहरीले स्थिति नियन्त्रणमा लिन सक्रियता बढाएको छ ।
सभार फरकधार
चन्दन यादव, रौटहत, १५ गते चैत ।
रौतहटमा फेरी २१ जना फरार प्रतिवादीहरु प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएका हुन् । चैत १४ गते अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका २१ जना फरार प्रतिवादीहरुलाई पक्राउ प्रहरीले जनाए ।
जिल्ला कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले खोज तलास तथा पक्राउ गरी आवश्यक कार्यवाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतमा पठाईएको प्रहरीले सुचना मार्फत जर्नाका हुन् ।
पक्राउ परेको मानिसहरुको अपराध शिर्षक, कैद तथा जरिवाना यस प्रकार रहेको हो । पक्राउ परेका अपराधीहरु शेख राज महमद, मनिरा खातुन, अमिरखा देवी तथा गनेश साह कानु यि अपराधीहरु कुटपिट जस्ता अपराध गरेका प्रहरीले जानकारी गराएका हुन् ।
उनीहरुको जरिवाना शुल्क रु.२०, रु. ५० र रु. ३१ रहेको प्रहरीले जनाएका हुन् । त्यस्तै अर्का अपराधीहरु भोला पासवान, गणेश राय यादव, सुकदेव राय यादव र महमद अनुप रहेका छन् । यि अपराधीहरु जालसाजी अपराध गरेका छन् ।
जरिवाना शुल्क रु. ६७, रु. १० र रु.२००/२०० रहेको प्रहरीले बताए । घरेलु हिंसा जस्ता अपराध गरेको अपराधी रूपेश महता रहेको प्रहरीले जानकारी गराएका हुन् । उसलाइ तिर्नु पर्ने जरिवाना शुल्क रु. ३००० रहेको हो । त्यसैगरी अर्का दुइ जना अपराधीले किर्ते जस्ता अपराध गरेका छन् ।
उनीहरु शेख उल्लाह तथा मोनिका शेखिन रहेकी छिन् । जरिवाना शुल्क रु.५/५ रहेको प्रहरीले बताएका हुन् । रामअश्रे रायले किर्ते मुद्दा जस्ता अपराध गरेको प्रहरीले बताए उसको जरिवाना शुल्क रु. ५० रहेको हो । ब्रहमदेव कुमरले वन मुद्दा अपराध गरेको हो ।
उसको जरिवाना शुल्क रु. ५१२५ रहेको प्रहरीले जनाएका हुन् । मुदसिर हुसेन सिद्दिकी तथा बन्दना मिश्राले चेक अनादर जस्ता अपराध गरेका छन् । उनीहरुको जरिवाना शुल्क रु. १५०० तथा १००० रहेको प्रहरीले निकालेको विज्ञप्तीमा उल्लेख रहेको हो ।
अर्का तिन जना अपराधीहरु राम बिजय सहनी, निलम देवी र गणेश राय यादव यिनिहरु अभद्र व्यवहार, सम्बन्ध बिच्छेद तथा लुटपिट जस्ता अपराध गरेका छन् । जरिवाना शुल्क रु. ७३००, २५ तथा २३४० रहेको प्रहरीले बताएका हुन् ।
अन्मि तिन जना अपराधी मैरूदिन, छविलाल चौधरी तथा मिर मुस्तुफा रहेका छन् । यिनिहरुले लेनदेन बिगो र सवारी ज्यान जस्ता अपराध गरेका छन् । यिनिहरुको जरिवाना शुल्क नराखी यिनिहरुलाइ कैद सजाए तोकिएको हो ।
कैद अवधि २ बर्ष, ६ महिना र १ महिना रहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीषक दिपक कुमार रायले विशेष जानकारी गराएका हुन् ।